एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए । “मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्त्वपूर्ण रहने छन्”, उनले भने । राष्ट्रपति पौडेलले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक संवृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए । विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । उनले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए । राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल जापानबिचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताए । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा। रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गरेका थिए । रासस

स्याङ्जा उवासंघ निर्वाचन बिरुद्ध उजुरी

स्याङ्जा, २४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया बिरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरु मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेसनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकुल भएको भन्दै उजुरी परेको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरि निर्वाचन रद्द गरि पाउँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरि एक दर्जन बढि व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरुले हालै सम्पन्न भएको निर्वाचन प्रक्रियालाई रद्द गरि पुनः निर्वाचन गर्न माग समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तरिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताको लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पुरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको र दफा १४ अनुसार सदस्यता नविकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरि २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ । संघको विधानको परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरि पान नम्बर प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नं. प्राप्त गरेपछि संघको सदस्यताका लागि निबेदन दिने र निबेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नविकरण भएपछि मात्रै मताधिकार सहितको सदस्य हुने व्यवस्था छ । संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९/०८० को असार मासान्तमा दर्ता गरि आर्थिक वर्ष २०७८/०७९ को समेत विधान विपरित नविकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् । उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नवनिर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिबेदन दिन भन्दै पत्र काटेको छ । प्रतिबेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेश गर्न बिपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ । संघको ३७ औं साधारण सभा तथा अधिबेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ । २०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन संचालकका नाताले हालका अध्यक्ष महादेब श्रेष्ठ संघको द्धितिय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको उजुरीकर्ताको दावी छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेवार भएर निर्वाचित भएका हुन् । संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्धितिय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्र्ता मार्फत सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाईएको छ । संघको हालै सम्पन्न निर्वाचनमा ५ सय ८६ सदस्यको मतदाता नामावलीमा नाम रहेपनि ४ सय ७५ जनाले मतदानमा सहभागिता जनाएका थिए । नामावली र मतदानमा नाम उल्लेख भएका करिब २ सय सदस्य विधान विपरित संघको सदस्यता प्राप्त गरेको उजुरीकर्ता व्यवसायीको आरोप छ । निर्वाचित अध्यक्ष महादेब श्रेष्ठले भने उजुरीमा कुनै सत्यता नरहेको बताए । एभरेष्ट दैनिकसँगको कुराकानीमा उनले छानविन प्रक्रियामा सघाउने प्रतिक्रिया दिए ।

अन्तराष्ट्रिय महिला दिवस आज : विश्वभर विविध कार्यक्रम गरिंदै

काठमाडौं । मार्च ८ आज (बुधबार) ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कस्थित कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण तथा असमानता विरुद्ध सडक आन्दोलन गरेको दिनको सम्झनामा यो दिवस मनाउँदै आइएको छ । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिला अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरेका थिए । जसमा १७ देशका एकसय महिलाको सहभागिता थियो । १९११ मा पहिलो पटक, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्डलगायत देशहरुमा पनि नारी दिवस मनाइएको थियो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।

सुत्केरी बिदा छ महिना !

काठमाडौँ, साउन २० । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ । नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैरसरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसित छैन । व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्रावधान लागू हुने व्यवस्था गरिएको छ । प्रस्तावित विधेयकका प्रावधान तथा स्तनपानको महत्वका बारेमा स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाद्वारा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सदस्यलाई जानकारी दिन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । अर्कोतर्फ, अन्तर्राष्ट्रिय श्रम संगठनमा सुत्केरी बिदा १०३, श्रम नियमावली २०५० ले ९० दिन पारिश्रमिकसहित बिदा पाउने प्रावधान रहेको छ । शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले सो विधेयक मस्यौदा तयार गरी सो विधेयक प्रस्तुत गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी बिदा छ महिनासम्म पु¥याउने विधेयकमा प्रस्ताव गरिएको कार्यक्रममा जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यो प्रतिशत वर्षेनी घट्दो छ । हेलेन केलर इन्टरनेशनलका प्रमुख कार्यक्रम संयोजक डा अतुल उपाध्याय स्तनपान महत्वबारेमा ग्रामीण क्षेत्रमा जनचेतना अभाव तथा शहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्ने बढ्दो रहेको जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक आफ्नो समितिमा आएपछि छलफल अगाडि बढाइने जानकारी दिए । सांसद धनीराम पौडेलले स्तनपान गराउनेको संख्या वर्षेनी घट्नु चिन्ताको विषय रहेको चर्चा गर्दै आमाको दूधको महत्वबारेमा घरपरिवारलाई चेतना जगाउन आवश्यक भएको बताए । सांसद रुकमिणी चौधरीले आफू सामाजिक परिचालक हुँदै सांसद बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै सुत्केरी बिदा छ महिना पु¥याउन आवश्यक भएको बताए । कार्यक्रममा सांसद शारदा पौडेल, रीता रावल, निशाकुमारी साह, सिन्धुजलेसी बुढाथोकी, जयन्ती राई, श्रीमाया थकाली, रामहरि सुवेदी र रत्ना गुरुङले स्तनपानका बारेमा सुत्केरी आमा, तिनका अभिभावकलाई जागरुक बनाउन आवश्यक भएको धारणा व्यक्त गरे । बालस्वास्थ्य महाशाखा, पोषण शाखाका प्रमुख राजकुमार पोखरेल तथा राष्ट्रसंघीय बालकोष (युनिसेफ)का पोषणविद् प्रद्युम्न दाहालले स्तनपान तथा पोषणका बारेमा चर्चा गरेका थिए । रासस

आज पुष्पलालको ४६ औँ स्मृति दिवस : यसरी सम्झिँदैछन् कम्युनिष्ट पार्टीहरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले)लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर ४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ ।  कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्य दृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै, विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्नेछन्।  शान्तिपूर्ण आन्दोलनका साथै सशस्त्र सङ्घर्ष, कम्युनिष्ट पार्टीमा आएका विभाजन, कम्युनिष्ट एकताका प्रयास, कम्युनिष्ट नेतृत्वको सरकारले गरेका काम र जनमुखी कार्यक्रमबारे कार्यपत्रमा समेटिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ ।  सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

अब भाडाका गाडीमा टिकट प्रणाली अनिवार्य

काठमाडौंं । सरकारले काठमाडौं बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज (शुक्रबार) बसेको सरोकारवाला सहितको बैठकले यस्तो निर्णय गरेको हो ।  यात्रुको लगत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।  यस्तै, सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउने पनि निर्णय गरेको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र मौसम प्रतिकूल भएका जिल्लामा रात्रकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर मात्रै सवारी चलाउने गरी निर्णय भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ।

सभामुख घिमिरे र अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।  सोमबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा सरकारको नीति तथा कार्यक्रमको तयारीका बारेमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएको छ।  सरकारको बार्षिक नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार ३ बजे राष्ट्रपतिले बाचन गर्ने कार्यक्रम रहेको छ ।

सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । सोमबार निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो । आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भएको हो । 

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको सकर हलमा सुरु भएको हो।    बैठकमा संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइएको छ। संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ ।  त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

रेडियो नेपालका कार्यक्रमले सबैलाई एकताबद्ध गर्न योगदान पुगिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्रीले रेडियो नेपालले आफूलाई बदलिँदो राजनीतिक परिस्थिति एवम् सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप उभ्याई सकारात्मक सञ्चार सम्प्रेषण गर्न सफल भइरहेको बताए। परिवर्तित सन्दर्भका नीतिगत, कानुनी र व्यवस्थापकीय उपलब्धिहरू केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट जनताको घरघरमा पुऱ्याउन रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवम् भावनाअनुरूप रेडियो नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुगिरहेको उल्लेख गरे। सन्देशमा प्रधानमन्त्री प्रचण्डले रेडियो नेपालको संस्थागत, प्रविधिगत, संरचनागत र व्यवस्थापकीय सुधार गरी अन्य प्रसारण संस्थासँग प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको जानकारी दिए । बुधबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् । राष्ट्रिय सभाले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार पनि गरेको छ । राष्ट्रिय सभाले कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन पनि गरेको छ । मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह छन् ।

त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण (बायोडेटा) माग गरिएको छ।  त्रिविल‍े मंगलबार सूचना जारी गर्दै दुई पदका लागि व्यक्तिगत विवरण मागेको हो। मंगलबार प्रकाशित सूचनामा भनिएको छ-'हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना [email protected] मा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।' तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि गत कात्तिकदेखि सो पद रिक्त थियो।रजिष्ट्रार रहेका पेशल दाहालको कार्यकाल सकिएपछि पनि मंसिरदेखि उक्त पद पनि खाली छ। यसअघि सो पदका लागि सहप्राध्यपक योग्य हुने प्रावधान रहेको भएपनि यो सूचनामा भने प्राध्यापक भएको हुनुपर्ने उल्लेख गरिएको छ ।भरखरै नियुक्त उपकुलपति केशरजंग बरालले भने त्रिविमा शिक्षाध्यक्ष र राजिष्ट्रार हुन कम्तीमा प्राध्यापक चाहिने कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई पोहोर जस्तै विश्वासको मत दिन कांग्रेसलाई केपी ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक भोट नमाग्दा नमाग्दै हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको बताउदै कांग्रेसलाई अहिले पनि विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’ उनले कांग्रेसले राम्रो काम गरेको जस अरुलाई नदिने भएपनि नयाँ समीकरण बनाएको जस प्रचण्ड र आफूलाई दिन आग्रह गरे ।