राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । शुक्रबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले परिवारसहित अपरान्ह पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिमा उनको परिवारले पशुपतिनाथको पूजाआराधना गर्नका साथै उनले प्रसाद ग्रहणसमेत गरेका थिए । 

शहीद भगतसिंहको जीन्दगीका अन्तिम १० घण्टा….

लाहौर सेन्ट्रल जेलमा २३ मार्च १९३१ को शुरुआत अरु दिनजस्तै भएको थियो । फरक के मात्रै थियो भने त्यो दिन सखारै जोडको आँधी आएको थियो । तर जेलका कैदीहरुलाई भने एउटा कुरामा अचम्म लाग्यो । बिहान चार बजे नै वार्डेन चरत सिंहले उनीहरुलाई आ–आफ्नो कोठामा जान आदेश दिए । तर यसको कारण भने बताएनन् । उनले यति मात्रै भने, “यो माथिको आदेश हो ।” कैदीहरु विष्मयमा परेकै बेला जेलको नाउ बरकत भने हरेक कोठा अगाडि गएर खासखुस गर्दै थियो– आज राती भगत सिंह, राजगुरु र सुखदेलाई फाँसी दिइने भएको छ । कैदीहरुले बरकत सिंहसँग भगतसिंहको कुनै कुरा जस्तो कि कलम, काईंयो, घडी या यस्तै केही ल्याएर दिन नाउ बरकतसिँहसँग अनुरोध गरे । “हाम्रा नाति नातिनीलाई हामी पनि कुनैबेला भगतसिंहसँग जेलमा थियौं भनेर भन्नेछौं ।” बरकतलाई अनुरोध गर्दै उनीहरुले भने । बरकत सिंह भगत सिंहको कोठामा गएर त्यहाँबाट उनको कलम र काईंयो लिएर आए । सबै कैदीबन्दीमा त्यो पाउन होडबाजी नै भयो । पछि कसले पाउने भनेर ड्र गरियो । अब भने सबै कैदी मौन थिए । उनीहरुका आँखा कोठाबाहिरको बाटोमा तेर्सिएका थिए । भगतसिंह र उनका साथीहरुलाई फाँसीमा झुण्ड्याउन त्यही बाटोबाट लगिने भएको थियो । त्यसअघि पनि भगत सिंहलाई त्यही बाटो लगेर जाँदा पञ्जाब कांग्रेसका नेता भीमसेन सच्चले ठूलो स्वरमा उनीसँग सोधेका थिए, “तपाई र तपाईका साथीहरुले लाहौर षडयन्त्र केसमा आफ्नो बचाऊ किन गर्नुभएन ?” भगतसिंहको उत्तर थियो, “इन्कलाबीहरुलाई मर्नु नै पर्ने हुन्छ, किनभने उनीहरु मरेपछि मात्रै उनीहरुको अभियान मजबूत हुन्छ, अदालतमा अपील गरेर होइन ।” भगतसिंहले मुस्कुराउँदै मेहताको स्वागत गरे सोधे, “मैले भनेको रिभोलुसनरी लेनिन नामक किताब ल्याउनु भएको कि भएन ? ।” बार्डेन चरत सिंह भगतसिंहका शुभचिन्तक थिए र आफ्नोतर्फबाट भगतका लागि केही गर्न सके सकेको गर्दथे । उनकै कारण लाहौरको द्वारकादास पुस्तकालयबाट किताब निकालेर भगतसिंहकी श्रीमती जेलभित्र आउन पाउँथिन। जेलको कठीन जिन्दगी भगत सिंहलाई किताब पढ्ने रुचि यतिविधि थियो कि एकपटक उनले आफ्नो स्कूलका साथी जयदेव कपूरसलाई लेखेका थिए, “मलाई कार्ल बिलनेख्तको ‘मिलिट्रिज्म’, लेनिनको ‘लेफ्ट विङ कम्युनिज्म’ र ओप्टन सिंक्लेयरको उपन्यास जासुस कुलबीरको माध्यमबाट पठाइदिनु” भगतसिंह भने जेलको कठीन जिन्दगीसँग अभ्यस्त हुँदै गएका थिए । उनको कोठा नम्बर १४ को भूईं पक्की थिएन । त्यसमा घाँस उम्रेको थियो । कोठामा यति साँघुरो थियो उनको पाँच फुट, दश इन्चको शरीर मुस्किलले सुत्न सक्थ्यो । भगतसिंहलाई फाँसी दिनुभन्दा दुई घण्टा अघि उनका वकिल प्राणनाथ मेहता उनीसँग भेट्न आए । मेहताले पछि लेखेका थिए, “भगतसिंह आफ्नो साँघुरो कोठरीमा पिँजरामा बन्द सिंहजस्तै चक्कर लगाइरहेका थिए ।” भगतसिंहले मुस्कुराउँदै मेहताको स्वागत गरे सोधे, “मैले भनेको रिभोलुसनरी लेनिन नामक किताब ल्याउनु भएको कि भएन ? ।” मेहताले उनलाई पुस्तक दिएपछि उनी त्यतिखेर नै त्यसलाई पढन थाले मानौं कि अब उनीहसँग धेरै समय बाँकी छैन ।  त्यसाे त समय पनि कहाँ बाँकी थियाे र जम्मा २ घण्टामात्र । मेहताले उनलाई देशका लागि केही सन्देश दिन चाहनुहुन्छ भनेर सोधेपछि भगतसिंहले किताबाट टाउको उठाउँदै भने, “मात्र दुईवटा सन्देश, साम्राज्यवाद मूर्दावाद र इन्कलाब जिन्दाबाद ।” केही समयपछि तीनैजना क्रान्तिकारीहरुलाई फाँसीको तयारीका लागि उनको कोठाबाहिर निकालियो । भगतसिंह, राजगुरु र सुखदेवले आफ्ना हात जोडे र प्रिय स्वतन्त्रताको गीत गाउन थाले । यसपछि भगतसिंहले मेहतासँग आफ्नो मुद्दामा गहिरो रुचि लिएको कारण पण्डित नेहरु र सुभासचन्द्र बोसलाई आफ्नो धन्यवाद पु¥याइदिन भने । भगतसिंहसँग भेटेपछि मेहता राजगुरुलाई भेटन उनको कोठामा पुगे । राजगुरुका अन्तिम शब्द थिए, “हामी चाँडै भेट्नेछौं ।” सुखदेवले मेहतालाई उनको मृत्युपछि जेलरसँग मागेर केही महिना किनेको क्यारमबोर्ड लगेर जान समेत भने । मेहता फर्केको केही समयपछि जेल अधिकारीहरुले तिनैजना क्रान्तिकारीहरुलाई उनीहरुलाई निर्धारित समयभन्दा १२ घण्टा अघि नै फाँसी दिइन लागेको बताए । अर्को दिन बिहान ६ बजेको स्थानमा उनीहरुलाई त्यहिदिन साँझ सात बजे फाँसीमा चढाउने योजना भएको बताइएको थियो । भगत सिंहले मेहताले दिएका पुस्तकका केही पानामात्रै पढन पाएका थिए । उनको मुखबाट निस्कियो, “के तपाई मलाई यो किताबको एउटा अध्याय पनि समाप्त गर्न दिनुहुन्न र ?” भगत सिंहले जेलका मुस्लिम सफाई कर्मचारी बेबेसँग फासी दिनुभन्दा एकदिन अघि साँझ उनको घरबाट खाना ल्याइदिन अनुरोध गरे । तर बेबेले भने भगतसिंहको इच्छा पुरा गर्न सकेनन् । किनभने भगतसिंहलाई १२ घण्टा अघि नै फाँसी दिने फैसला लिइएको थियो । र, बेबे जेलको गेटभित्र पस्न नै पाएन । केही समयपछि तीनैजना क्रान्तिकारीहरुलाई फाँसीको तयारीका लागि उनको कोठाबाहिर निकालियो । भगतसिंह, राजगुरु र सुखदेवले आफ्ना हात जोडे र प्रिय स्वतन्त्रताको गीत गाउन थाले । कहिले त्यो दिन आउनेछ कि हामी स्वतन्त्र हुनेछौं । यो भूमि हाम्रो हुनेछ यो आकास हाम्रो हुनेछ । त्यसपछि यी तिनैजनाको एक एक गरी तौल लिइयो । सबैको तौल बढेको थियो । सबैलाई जीन्दगीको अन्तिम स्नान गर्न भनियो । त्यसपछि उनीहरुलाई कालो कपडा लगाइयो । तर अनुहार भने खुला नै रहन दिइयो । चरत सिंहले भगत सिंहको कानमा सुस्तरी भन्यो, “वाहे गुरु (सिख भगवान)लाई याद गर्नुस् ।” उनको आवाज सुन्नेबित्तिकै अरु कैदीहरु पनि नारा लगाउन थाले । तीनैजना युवा क्रान्तिकारीहरुको घाँटीमा फाँसीको डोरी हालियो । उनीहरुका हातखुट्टा बाँधिए । भगत सिंहले भने, “मैले सिँगो जीवन इश्वरलाई सम्झिनँ । त्यसो त मैले कैयनपटक गरिबहरुको दुखका लागि इश्वरलाई सरापेको पनि छु । यति अहिले आएर मैले माफी मागे भने पनि उनले म भन्दा कमजोर र डरपोक कोही छैन भन्नेछन् । यसको अन्त्य नजिक आउन थालेको भएर माफी माग्न आएको भन्नेछन् ।” जसै जेलको घडीले ६ बजेको घण्टी बजायो, कैदीहरुले टाढाबाट आइरहेका केही पदचाप सुने । त्योसँगै भारी बूटहरु जमिनमा बजारिएको आवाज पनि आइरहेको थियो साथै सुस्त आवाजमा एउटा स्वर पनि सुनिँदै थियो, “सरफरोशी की तमन्ना अब हमारे दिल में है ।” अचानक सबैलाई जोडजोडले नारा लगाएको सुनियो– इन्कलाब जिन्दाबाद, हिन्दुस्तान आजाद होस्” भगतसिंह यी तीनैजनाको बीचमा उभिएका थिए । भगतसिंहले मर्नुअघि फाँसीको तख्ताबाट इन्कलाब जिन्दावादको नारा लगाउने भनेर आफ्नी आमालाई दिएको वाचा पुरा गर्न चाहन्थे । लाहौर जिल्ला कांग्रेसका सचिव पिन्डी दास सोंधीको घर लाहौर सेन्ट्रल जेल नजिकै थियो । भगतसिंहले यति जोडले इन्कलाब जिन्दाबाद भने कि उनको आवाज सोंधीको घरसम्म सुनिन पुग्यो । उनको आवाज सुन्नेबित्तिकै अरु कैदीहरु पनि नारा लगाउन थाले । तीनैजना युवा क्रान्तिकारीहरुको घाँटीमा फाँसीको डोरी हालियो । उनीहरुका हातखुट्टा बाँधिए । त्यसैबेला जल्लाद (फाँसी लगाउने मानिस)ले सोध्यो– सबैभन्दा पहिला को जाने हो ? सुखदेवले सबैभन्दा पहिला फाँसीमा झुण्डिने बताए । जल्लादले एकएक गरेर डोरी तान्यो र उनीहरुको खुट्टामुनि राखिएको काठको तख्तालाई खुट्टाले हानेर पर फाल्यो । निकै बेरसम्म उनीहरुका शब डोरीमा झुण्डिदै रहे । अन्तमा उनीहरुलाई तल उतारियो र त्यहाँ उपस्थित डाक्टरहरु लेफ्टिनेन्ट जर्नल जेजे नेल्सन र लेफ्टिनेन्ट कर्नल एनएस सोधीले उनीहरुलाई मृत घोषित गरे । त्यसैले जेलको पछाडिको पर्खाल तोडियो अनि त्यही बाटो एउटा ट्रक जेलभित्र ल्याइयो । त्यसमा निकै अपमानजनक तरिकाले उनी शवहरुलाई एउटा सामानको जस्तै फालियो । उनीहरुलाई दिइएको फाँसीको असर एकजना जेल अधिकारीलाई यतिसम्म पर्यो कि उनले मृतकहरुको पहिचान गर्नका लागि अस्वीकार गरे । त्यहिबेला उनलाई निलम्बित गरियो । पछि अर्को जुनियर अफिसरलाई यो काम दिइयो । शुरुमा सबैको अन्तिम संस्कार जेलभित्रै गर्ने योजना थियो । तर जेलभित्र धुवाँ उठेको देखेपछि बाहिर जम्मा भएको भीडले जेलभित्र हमला गर्नसक्ने आशंका गरेपछि यो योजना परिवर्तन गरियो । त्यसैले जेलको पछाडिको पर्खाल तोडियो अनि त्यही बाटो एउटा ट्रक जेलभित्र ल्याइयो । त्यसमा निकै अपमानजनक तरिकाले उनी शवहरुलाई एउटा सामानको जस्तै फालियो । अन्तिम संस्कार रावी नदीको तटमा गर्ने योजना भएपनि त्यहाँ पानी कम भएको कारण सतलजको किनारमा शवहरु जलाउने निर्णय लिइयो । उनीहरुको पार्थिव शरीरलाई फिोरजपुर नजिकै सतलजको किनारमा ल्याइयो । यतिखेरसम्म रातीको १० बजिरसकेको थियो । यसैबीच प्रहरी अधिक्षक सुदर्शन सिंह कसुरले गाउँबाट एकजना पुजारी जगदीश अचरजलाई बोलाएर ल्याए । शवहरुमा आगो मात्रै के लगाइएको थियो कि मानिसहरुलाई यसबारेमा थाहा भयो । ब्रिटिश सैनिकहरुले मानिसहरु आफूतर्फ आइरहेको देखेपछि शवहरुलाई त्यहीँ छोडेर उनीहरु गाडीतर्फ भागे । गाउँलेहरुले पुरै रात ती शवलाई चारैतिरबाट पहरा दिए । अर्कोदिन दिउँसो जिल्ला मेजिस्ट्रटको हस्ताक्षसँगै लाहौरका कैयन क्षेत्रमा सूचना टाँसियो । सूचनामा भगतसिंह, सुखदेव र राजगुरुलाई सतलज किनारमा हिन्दू र सिख रितिरिवाजबाट अन्तिम संस्कार गरियो भन्ने उल्लेख थियो । फूलहरुले ढाकिएका तीन ताबुतमा उनीहरुको शव त्यहाँ पुगेपछि भीड भावुक बन्यो । मानिसहरुले आफ्नो आँसु रोक्न सकेनन् । यो खबरमाथि मानिसहरुको कडा प्रतिक्रिया आयो । अन्तिम संस्कार गर्नु त परै जावोस, शवहरुलाई राम्रोसँग जलाउन पनि नजलाएको भनेर मानिसहरुले आलोचना गरे । जिल्ला मेजिष्ट्रटले यसको खण्डन गरेपनि उनीमाथि कसैले विश्वास गर्ने कुरा थिएन । तिनैजना क्रान्तिकारीहरुको सम्मानमा तीन माइल लामो शोक जुलुस नीला गुम्बदबाट सुरु भयो । पुरुषहरुले बिरोधस्वरुप आफ्नो पाखुरामा कालो पट्टी बाँधेका थिए भने महिलाहरुले कालो साडी लगाएका थिए । सबैका हातमा कालो झण्डा थिए । लाहौरको मलबाट अघि बढ्दै जुलुस अनारकली बजारको मध्यमा रोकियो । त्यसैबेला एउटा घोषणाले भने पुरै भीड स्तब्ध भयो । तीनजना सहीदहरुका बचेका अवशेस बोकेर भगत सिंहको परिवार फिरोजपुरबाट त्यहाँ आएको घोषणा गरिएको थियो । फूलहरुले ढाकिएका तीन ताबुतमा उनीहरुको शव त्यहाँ पुगेपछि भीड भावुक बन्यो । मानिसहरुले आफ्नो आँसु रोक्न सकेनन् । त्यहीँ एकजना प्रख्यात अखबारका सम्पादक मौलाना जफर अलिले कविताको एउटा लाइन पडे जसको अर्थ थियो, “कसरी यी शहीदहरुका आधा जलेको शवलाई खुला आकासमुनि जमिनमा छोएिको थियो ।” उता वार्डन चरत सिंह सुस्त पाइला चाल्दै आफ्नो कोठामा पुगे र धुरुधुरु रुन थाले । आफ्नो ३० वर्षको जागीरे जिन्दगीमा उनले सैयौं फाँसी देखेका थिए । तर भगत सिंह र उनका दुई कमरेडले जस्तो कसैले यति बहादुरीपूर्वक मृत्यु अँगालेको देखेका थिएनन् । त्यो बेला कसैलाई १६ वर्षपछि उनीहरुको शहादत ब्रिटिश साम्राज्यको अन्त्यको एउटा कारण बन्न पुग्ने छ र भारतको जमीनबाट सबै बेलाइती सेना सधैंका लागि जानेछन् भन्ने कुराको अलिकति पनि आभास थिएन । (यो लेख मालबिन्दर सिंह वडाइचको पुस्तक ‘इटर्नल रेबलु’, चमनलालको ‘भगत सिंह डकुमेन्ट्स’ र कुलदीप नैयरको पुस्तक ‘विदआउट फियर’ मा प्रकाशित सामग्रीमा आधारित छ । यो मूलरुपमा वर्ष २०१७ मा पहिलोपटक प्रकाशित भएको थियो ।) बिबिसी हिन्दीको अनलाईन संस्करणमा प्रकाशित यो आलेखलाई एभरेष्टदैनिकडटकमका लागि गोकर्ण भट्टले अनुवाद गरेका हुन ।

तपार्इ स्मरणशक्ति बढाउन चाहानु हुन्छ ? खानुस् यी चीज

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्। बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ। जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ। पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ। कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन। अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल(वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल(वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन। प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा ९जाम० सेवन गर्नु सर्वोत्तम हुन्छ। स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ। बदामस्बदाम ९आलमन्ड० ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो। ओखरस्बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ। अंकुरित गेडागुडीस्अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ। अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ु ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ । नेपाली स्वास्थ्य खबरबाट साभार गरिएकाे ।

सुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

पाल्पा, माघ १२ । पाल्पामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेट क्षेत्र छनोट गरिएको छ । केन्द्र अन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेटक्षेत्रअन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिची छनोट गरी कार्यक्रम सुरु गरिएको छ । दुईवटा केन्द्र मकैको बीउ उत्पादन र अदुवाखेतीका लागि रु एक करोड १३ हजार र २५ वटा पकेटक्षेत्रमा सञ्चालन हुने तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिचीका लागि रु ७५ लाख १३ हजार बजेट रकम प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिए । यस परियोजनाबाट जिल्लाका करिब दुई हजार कृषक लाभान्वित हुने छन् । कार्यालयले तानसेन नगरपालिकामा मकैखेती, आर्यभन्ज्याङ कृषि सेवा केन्द्रअन्तर्गत तरकारी र सुन्तला खेती, छहरा कृषि सेवा केन्द्रअन्तर्गत तरकारी, धान र सुन्तलाखेती, कृषिसेवा केन्द्र रामपुरअन्तर्गत मकै, अदुवा, धान र कोदो, रिङनेहर कृषि सेवा केन्द्रअन्तर्गत अदुवाखेती, खस्यौली कृषिसेवा केन्द्रअन्तर्गत मकै, अदुवा, तरकारी र सुन्तलाखेती, मदनपोखरा कृषि सेवा केन्द्रअन्तर्गत धानखेती, कृषि सम्पर्क केन्द्र दोभानमार्फत तरकारीखेती र हुँगी सम्पर्क केन्द्रअन्तर्गत लिचीखेती छनोटमा परेको बागबानी विकास अधिकृत निशा कँडेलले जानकारी दिए । कृषि समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रिकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम सञ्चालनका लागि किसान समिति गठन गरेर कृषि विकास कार्यालयले जिम्मेवारी दिएको छ ।

मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै माधव नेपालले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

जिबी राईलाई नेपाल ल्याउन मलेसियाका गृहमन्त्रीसँग संवाद भइरहेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिबी राई मलेसियामा रहेको र उनलाई पक्राउ गरी नोपल ल्याउने प्रयास भईरहेको बताएका छन् । सोमबार संसदमा सांसदहरुको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले राईलाई नेपाल ल्याउने विषयमा मलेसियाका गृहमन्त्रीसँग २ पटक टेलिफोन संवाद भएको र संवाद सकारात्मक भएको जानकारी गराएका हुन् ।  प्रहरीले खोजी गरिरहेका बेला उनी कसरी विदेशीय प्रश्न गर्ने ठाउँ रहेको बताउँदै उनले भने, ‘बिभिन्न अु्नसन्धानबाट राज्यका निकायले उनी मलेसियामा रहेको पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले मलेसियाका गृहमन्त्रीसँग २ पटक टेलिफोनबाट कुराकानी गरेको छु । मैले सम्मानित सदनलाई जानकारी गराउनैपर्छ । दुबै तर्फका राज्यस्तरीय संयन्त्रहरु संवादमा छन् । कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा सम्मानित सदनलाई जानकारी गारउन चाहन्छु ।’ नेपाल र मलेसियाबीच सुपुर्दुगी सन्धी नभएको जानकारी गराउँदै २ पटकको वार्तामा आग्रह गर्दा सकारात्मक जवाफ पाएको उनले जानकारी गराए । साथै उनले जिवी राईको राहदानी खारेजीको प्रक्रिया बढाइएपनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको बताए ।  लामिछानेले राई आकाशमा भएपनि पातालमा भएपनि पक्राउ गर्छु भन्ने आफ्नो भनाईका अडिग रहेको समेत बताएका छन् । बिभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लामिगेपछि जिल्ला अदालत कास्कीले १९ जनाविरुद्ध  पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये हालसम्म ५ जना पक्राउ परेका छन् ।  राई विदेशमा रहेको सूचनापछि प्रहरीले प्रहरीले इन्टरपोलबाट १२ माघ, २०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो २५ गते रेड नोटिस जारी गरेको थियो । उनी मलेसियामा छन् भन्ने जानकारीका आधारमा रेड नोटिस जारी गरिएको गृहमन्त्री लामिछानेले जानकारी दिए । 

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।  “आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सिपको आधारमा प्रकृतिको संरक्षण, सम्वर्द्धन गरिरहेका छन्,” प्रधानमन्त्रीले भने, “आदिवासी जनजातिको जनजीविकामा क्षति पुर्‍याउन हुन्न, उनीहरूको पुर्ख्यौली जमिन र प्राकृतिक स्रोतमा हुने हानी नोक्सानी, सामूहिक अधिकारको हनन् हुनबाट जोगाउनुपर्छ ।” संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे।   “संविधानले अवसर तथा लाभमा आदिवासी जनजातिलाई अग्राधिकार दिइएको छ,” प्रधानमन्त्रीले भने, “समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिँदा राजनीतिक दलले जनसङ्ख्याको आधारमा आदिवासी जनजातिको पनि प्रतिनिधित्त्व गराउनुपर्ने व्यवस्था छ ।”उनले जनजाति समुदायको सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि मातृभाषाको संरक्षणसहितको आदीवासी जनजाति लक्षित खुला र जीवन्त सग्रहालय र नमुना सांस्कृतिक सम्पदा संरक्षण र विकास गर्न जरूरी बताए।   “आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, र परम्पराको संरक्षण गर्नका लागि राष्ट्रिय स्तरमा आदीवासी जनजाति विश्वविधालय सञ्चालन गर्न आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न प्राथमिक तहदेखि नै मातृभाषामा पठनपाठन गर्न जरूरी छ ।”    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जाति, भाषा, धर्म, संस्कार संस्कृति, साहित्य र समाज विकासमा प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रको स्थापनापश्चात नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचानलाई संस्थागत गरिएको बताए।  

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण प्रारम्भ

कञ्चनपुर । दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम प्रारम्भ हुने भएको छ । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन गरिएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए। ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ‘, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ।’ उनले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह निर्माणलाई समावेश गरिएको उनको भनाइ छ। दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा निर्माण प्रस्ताव भएर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिको विषय मन्त्रिपरिषबाट निर्णय गराउन बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणगर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।

मेयर कप फुटबलको छनौट खेल शुक्रबार र शनिबार हुने

चितवन। प्रथम अन्तर स्कुल मेयर कप फुटबलको छनौट चरण शुक्रबार र शनिबार हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक भएको हो । प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका छन् । जसमध्ये ९ टोली बाइ पाउँदै लिग चरणका लागि छनौट भइसकेका छन् । तालिका अनुसार छनौट चरणमा ३० टोली सहभागी हुनेछन् । सामुदायिक विद्यालयबाट २४ टोली छनौट चरणमा सहभागी हुनेछन् । जसबाट १२ टोली लिगका लागि छनौट हुने सह-आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए । संस्थागत विद्यालयबाट सहभागी भएका १५ मध्ये ९ विद्यालय बाइ पाउँदै लिग चरणका लागि छनौट भएका छन् । बाँकी ६ टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गरेर तीन टोलीले लिगमा स्थान बनाउनेछन् । लिगका लागि सामुदायिक र संस्थागतबाट १२/१२ गरी २४ टोली छनौट हुनेछन् । छनौट चरणका खेलहरु अमर मावि पटिहानी, गौरीगञ्ज चौर र शारदानगर खेल मैदानमा हुनेछ । पहिलो चरण सम्पन्न भएपछि लिगका लागि २४ टोलीको खेल तालिका सार्वजनिक गरिने घलेले बताए । प्रतियोगिता बैशाख अन्तिम सातादेखि सुरु हुनेछ । लिग करिब दुई महिना चल्नेछ । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सह(आयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।  

ऐन परिमार्जन गरेर अधिकार स्थापित गर्छौं : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताए। बुधबार इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन्। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको बताए। मन्त्री चौधरीले आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताए। उनले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताए। कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताए। त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको मन्त्री चौधरीले बताएका हुन् ।

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १० औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो भने गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल नै विजयी भएको छ । निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीका अनुसार प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको शाहीले जानकारी दिए ।

कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्रा.डा.पन्त

नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ । संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्। एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ।करिब २२ सय जना सहभागी रहने उक्त बैठकको कार्यसूची तय गर्न लागिएको एमालेले बताएको छ। यसका अतिरिक्त एमालेले सचिवालयको बैठक पनि बोलाउने तयारी गरेको छ।इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारको प्रचार, संगठन परिचालनका विषयमा पनि छलफल हुने एमालेले बताएको छ। महासचिवको नेतृत्वमा हुने केन्द्र्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू हुने व्यवस्था छ।