चुटकिला : डाक्टर कै उपचार

एकजना B. Ed गरेको
टिचरले Job नभेटेपछी
उसले
एउटा क्लिनिक खोल्यो ,
र बाहिर बोर्डमा
लेखिदियो , तीन सय
रुपैयामा उपचार गर्नुस
र यदी
रोग निको भएन भने एक
हजार रुपैया फिर्ता

लिएर
जानुस ,

एक Doctor ले सोच्यो कि
एक हजार कमाउने यहि
राम्रो मौका हो , उ
क्लिनिक मा गयो र
भन्यो , ”
मलाई कुनैपनी चिजको
स्वाद आउदैन ?

Teacher : बक्स नम्वर 22
बाट औषधि निकाल , र
तीन बुन्द पिलाउ , नर्सले
पिलाइदिइन ।।

Doctor : यो त पेट्रोल हो

Teacher : बधाइछ
तपाइलाई स्वाद महसुस
भयो ,
ल्याउनुस तीन सय
रुपैया !!

डाक्टरलाई धेरै रिस
उठ्यो र केही दिन पछि
फेरि
पैसा असुल्नको लागि
गयो ,

Doctor : साप मेरो सम्झने
शक्ति कमजोर भएको छ ,

Teacher : बक्स नम्बर 22
बाट औषधि निकाल , तीन
बुन्द पिलाउ ,

Doctor : तर यो औषधी त
जिब्रोको स्वादको
लागि हो ,

Teacher : Wow !
तपाइको सम्झने शक्ति
बलियो
भएछ , ल्याउनुस तीन सय
रुपैया ,
यसपटक डाक्टर धेरै
रिसाएर गयो ,

Doctor : मेरो दृष्टि
कमजोर भएको छ

Teacher : यसको औषधि
मसित छैन यो लिनुस एक
हजार रुपैया !!

Doctor : यो त पाँच सय
को नोट हो ,

Teacher : Wow ! दृष्टि
फर्किएछ , खोइ ल्याउनुस
तीन सय रुपैया ,

हाहाहा …. एकछिन हास्नुस

भयावह बन्दै डेंगुः पाँच हजारमा पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ  । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ ।  प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ४८६, गण्डकी प्रदेशमा दुई हजार ४४०, कोशी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ४१८, सुदूरपश्चिम प्रदेशमा ३३४, मधेश प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ ।

सञ्चारकर्मी धमलामाथिको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलामाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धमलालाई सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो । असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाई कार्यक्रममा आफूअनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए । सो क्रममा नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटकसमेत लागेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ । ‘सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’  महासंघको जारी विज्ञप्तिमा भनिएको छ । प्रेसविरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ ।

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ। नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुंगाबाट सिर्जना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिए। प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए। इजिप्टका सांसद डा.माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।  इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरिएको बताए ।  कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए। 

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको  प्रतिनिधि सभा बैठक सुरु भएको छ। बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ। त्यस्तै,  सभामुख घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने र प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर हुने कार्यसूची छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सहकारी प्रकरण छानबिन गर्न गठित समितिको पहिलो बैठक बस्दै

काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक बुधबार बस्दैछ । अहिले जारी प्रतिनिधि सभाको बैठकलगत्तै सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको पहिलो बैठक बस्न लागेको हो । सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले काम थालिसकेको छ। सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ । समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद राखिएको छ । समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा

काठमाडौँ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ । कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो । श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो । गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए । लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो । बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।

नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् । उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।  उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

पूर्वमन्त्रीले वर्तमानमन्त्री समक्ष गरे आफैंमाथि छानविनको माग

काठमाडौं ।पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले आफैंमाथि छानविनको माग गरेका छन्।एक सांचारमाध्ययमले भोजपुरबाट निर्वाचित माओवादीका सांसद समेत रहेका किरातीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाएपछि किरातीले आज पर्यटनमन्त्री हितबहादुर तामाङलाई भेटेर यस विषयमा छानविनको माग गरेका हुन्।  मन्त्री तामाङलाई लिखित माग पत्र नै बुझाएका किरातीले भनेका छन्, ‘विद्युतीय उपकरणद्धारा निःशुल्क शव दहन गर्ने कार्यक्रम हाम्रो कार्यकालमा अघि बढाईएको थियो।सोही कार्यक्रमलाई लिएर उठाईएका विषयको छानविन गर्न तत्काल छानविन समिति गठन गरिदिनुहुनका लागि जोडदार माग गर्दछु।’   

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।  कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। यस्तै, सोमबार नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।  बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। 

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । हेर्नुस् सूची

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ ।  बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । विदेशमन्त्री योकोले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ। वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपाल आउने योको चौथो विदेशमन्त्री हुन्।

बझाङमा मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभामुख घिमिरले सन्देशमा लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गरेका छन् । उनले भने, ‘जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।’ विसं २०६२–६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

पाँचथर । भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारूदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका ४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ ।  खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  भरूवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।