Top 10 Most Beautiful South Korean Actresses – 2017

There is no that South Korean women are glamorous and among the most beautiful women in the world. Talking about the actresses in the country, they are fair women with pretty faces. Beautiful South Korean actresses look different from other actresses in the world as they are fair, gorgeous and look like dolls in real life. Infact Korean actresses are so gorgeous that they will make your heart skip a beat.

We have listed down the top 10 most beautiful South Korean actresses as of 2017. These actresses work in both movies as well as TV soap operas. The flawless beauty and shining skin are few of the trademarks of these beautiful South Korean actresses. Have a look at these beautiful faces below.

10. Han Hyo-joo

Han Hyo-joo is a South Korean actress who is best known for playing lead roles in South Korean TV dramas Brilliant Legacy and Dong Yi. The 30-year-old actress has won numerous Best Actress awards for her roles in TV dramas as well as Korean movies. Apart from movies and TV drama shows, Han has also appeared in a couple of music videos. Her rising popularity has made her one of the famous Asian celebrities in the world.

9. Park Shin-hye

One of the beautiful South Korean actresses, Park Shin-hye started working in the Korean entertainment industry when she was just 13 years old. Since then she has established herself as one of the established Korean actresses of her generation. In 2010, 2015 and 2017, Park was included in Forbes’ Korea Power Celebrity list. Park is considered as a modern style icon in South Korea.

8. Yoon Eun-hye

The multi-talented South Korean women, Yoon Eun-hye is an actress, director, singer and a model. She is best known for acting in Korean TV dramas like Princess HoursThe 1st Shop of Coffee PrinceMissing You and Marry Him If You Dare. Yoon is one of the most famous South Korean celebrities in the world. Apart from acting, she is also well-known for her musical performances.

7. Kim So-eun

The 27-year-old gorgeous South Korean actress, Kim So-eun is one of the cutest and most beautiful South Korean actresses of all time. The recipient of numerous acting awards, Kim is one of the finest actresses in the country. In her childhood, Kim was trained as a national athletic skier but later had to leave the training after being scouted as a professional model.

6. Park Min-young

If you need a perfect example of what’s called beautiful?, then have a look at Park Min-young. The 31-year-old South Korean actress is sheer hotness. Her beauty will definitely make you weak at the knees. Although she is a very talented and popular actress in South Korea but the first thing you will notice about her is her beauty. Park has appeared in a number of TV series and a couple of movies. She is considered as a fashion icon in the country.

5. Jun Ji-hyun

The 35-year-old Jun Ji-hyun has already established herself as one of the most successful South Korean actresses of all time. You may have seen her pretty face in some Hollywood movies like Blood: The Last Vampire where she played the lead role. Apart from movies, Jun has also appeared in a couple of TV shows. Undoubtedly, she is one of the most beautiful South Korean actresses of her generation.

4. Kim Tae-hee

She might be one of the most senior South Korean actresses on this list but her flawless beauty will make you believe that she is still one of the most beautiful South Korean actresses. Moreover, Kim Tae-hee is often cited as the most beautiful women in South Korea. The 37-year-old actress is famous for her roles in Korean dramas such as Stairway to Heaven, Iris, and Yong-pal.

3. Ha Ji-won

Having starred in several movies and television series, Ha Ji-won is one of South Korea’s most sought after and critically acclaimed actresses. She is famous for simultaneously portraying a North and South Korean character on the small and big screen and was dubbed as “The Flower of Reunification” for playing character representing both the nations. Despite being 38-year-old, Ha beauty can still give goosebumps to all the men in the world.

2. Bae Suzy

The epitome of beauty and hotness, Bae Suzy is a South Korean singer and actress. She is considered as one of the most beautiful girls in Asian continent. Bae usually appears in musical dramas on-screen, mainly because of her connection with the musical world. She is surely one of the most beautiful South Korean actresses of the current generation. At such a young age, Bae has already achieved what many of the senior actresses dream of.

1. Song Hye-kyo

Song Hye-kyo is one of the most popular South Korean actresses globally. For so many years, she has continuously topped every list of most beautiful South Korean actresses. We think it’s needless to mention her achievements in Korean entertainment industry. Earlier this year, Song ranked 7th in Forbes’ Korea Power Celebrity list. Her flawless beauty and shinning beauty are the few trademarks of this talented Korean actress.

 

प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।” प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले)को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।  बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने बताइएको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

नारायणगढ। नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ ।  चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताइन्।  “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उनले भनिन् ।  भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रीको उत्पादनमा जोड दिने कार्यक्रम हुने पनि उनले बताइन्।  उनले अहिले कोभिडले धराशायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्री क्षेत्रको विकास हुने बताइन्।  भरतपुरमा भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रियस्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उहाँले आयोजकलाई धन्यवाद पनि दिइन्।  नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इकयुप्मेन्ट एसोसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रीका क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी, सेमिनार तथा अन्तव्रिर्mयाहरू  सञ्चालन गर्न पोल्ट्री पाठशालासमेत सञ्चालनमा ल्याइएको छ । प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष  गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुराजन्य वस्तुको विकासमा उल्लेखनीय उपलब्धि हुने बताइन्।  प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्यान्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञको सहभागिता रहेको छ।   

पूर्वमन्त्री गोविन्दराज जोसीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोसीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा यही जेठ १ गतेदेखि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलबार(आज) फैसला आउने सम्भावना रहेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जोसीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासु दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले मुद्दा खारेजी गरेपछि जोसीले सफाइ पाएका थिए। त्यसविरुद्ध अख्तियार र जोसीको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ०७० भदौ १२ मा झगडिया झिकाउने आदेश गरेका थियो।

न्यायपालिका सुदृढीकरणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।काठमाडौँमा शुक्रबारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।  उनले न्यायालयको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउन सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए। उनले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एशोसिएशनले पुर्‍याएको योगदान सदैव अतुलनीय रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको बताए। उनले न्यायपालिकाको पुनर्संरचना, संविधान र कार्यान्वयनको पक्ष कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र दण्डहीनता, सुशासन, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण, विकृति, विसंगति र भ्रष्टाचारमुक्त न्यायपालिका तथा न्यायपालिकाको जनआस्था अभिवृद्धि र मर्यादित बारका आधार न्यायपरिषद्, न्यायाधीशको सेवा, शर्त र सुविधा, मौलिक हक कार्यान्वयन र मानवअधिकारको संरक्षण र प्रवर्धन, निर्वाचन प्रणाली लगायतका विभिन्न गहन विषयवस्तुमाथि विषयविज्ञबाट अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत भई त्यसउपर छलफल भई जारी गरिने काठमाडौँ घोषणापत्र न्याय र कानूनको क्षेत्रमा मेरुदण्डको रूपमा रहने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एशोसिएशनले पु¥याएको योगदान सदैव अतुलनीय छ। सरकारका तर्फबाट न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउन सरकारका तर्फबाट गर्ने सबै किसिमका सहयोग गर्न सरकार प्रतिबद्ध छ।’ प्रधानमन्त्री प्रचण्डले सम्मेलनको आयोजनाको सन्दर्भमा पनि सरकारले विगतमा दिने गरेको अनुदानको एक तिहाइ बढाएको बताए।

संसद् बैठक सूचना टाँस गरेर २ बजेलाई सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेसम्म सूचना टाँसेर सारिएको छ ।

उद्योग समितिको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको छ ।

उपनिर्वाचन : छापियो मतपत्र, भोलि जिल्ला निर्वाचन कार्यालय पठाइने

काठमाडौं । आउँदो वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ । मतपत्र बुधबार जिल्ला पठाइने उनले बताए । मतपत्र छपाइ गर्ने काम सोमबार छपाइ सम्पन्न भएर आज प्याकिङको काम भइरहेको आयोगले जनाएको छ । मतपत्र भोलि जिल्ला निर्वाचन कार्यालय पठाइने छ ।  मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क)मा ११ उमेदवार रहेका छन् ।  इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन्। बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ । आयोगको वेबसाइटमा नमुना मतपत्र राखिएको छ । नमुना मतपत्र हेर्नुहोस् 

विधेयकका संशोधनकर्तासँग छलफल गर्दै शिक्षा समिति

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।  दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग  छलफल गर्ने कार्यसूची छ ।  स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडामा रहेको नेपाल टेलिकम (एनटिसी) को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सीके राउतको प्रस्ताव - 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गरौं'

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नेपर्ने आवश्यकता औंल्याएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीलाई सांसदहरुले विश्वासको मत कहिले कता कहिले कता हाल्नुपरेको गुनासो गर्दै जनताले विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गर्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभा बैठकमा उनले निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए । “निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,” राउतले भने, “हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखारहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन कानुन ल्याउन सक्नुपर्‍यो । कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्‍यो ।”  उनले आफ्नो पार्टीले विश्वासको मत नदिने भएपनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरे ।  

काठमाडौंको गोंगबु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध नहुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो । 

सरकारले आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्दै,  ५७ लाख बालबालिकालाई दिइँदै

काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ । जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् । यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । कोभिडकालमा भएको एक सर्वेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा। अभियान गौतमले बताए । यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ  । करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने डा. गौतमले बताए । अन्य जिल्लामा भने नियमित खोप दिइने स्थानहरू र बस्तीको पायक पर्ने स्थानलाई खोप केन्द्र तोकिएको छ । आश्रम, इँटा भट्टा, बाल मन्दिर आदि स्थानको नजिक पारेर केन्द्र तोकिएको डा। गौतमले बताए । देशभर खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३० हजार बढी जनशक्ति खटाइने उनको भनाइ छ । अभियानअन्तर्गत नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइनेछ । १५ महिनाभित्र लगाउनुपर्ने नौवटा खोपका १८ मात्रामध्ये कुनै पनि खोप छुटेको भए सोही केन्द्रबाट उपलब्ध गराइनेछ । डी।पी।टी र हेप बी खोप सोही केन्द्रबाट दिइने र उपलब्ध नभए स्वास्थ्य संस्था रिफर गरिनेछ । खोप शाखाको तथ्यांकमा डी।पी।टी र हेप बी खोपका पहिलो मात्रा लगाउन लगाउन छुटेका बालबालिकाको संख्या एक लाख ६९ हजार ७९० छ । त्यस्तै, दुई लाख १२ हजार २८७ जनाले दोस्रो मात्रा नलगाएको र दुई लाख २५ हजार ९ बालबालिकाले तीनवटै मात्रा नलगाएको शाखाको तथ्यांक छ । यसकारण लगाउने दादुरा–रुबेलाको खोप नियमित खोपअन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो । यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने डा। गौतम बताउँछन् । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको डा। गौतमले बताए ।

प्रधानमन्त्रीसँग बेलायती विकासमन्त्रीको भेट, प्रचण्डले राखे गोर्खा सैनिकका माग

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए । आजै नेपाल र बेलायतबीच ‘ग्रिन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ । यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा  सघन सहकार्य गर्न बताए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रूपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो । रासस

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।