मुलुकका यी स्थानमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ । 

आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।


काठमाडौंमा भने आइतबारसम्म वर्षाको सम्भावना रहेको छैन् । शनिबार र आइतबार दिउँसो पनि बदली हुने भएपनि वर्षाको सम्भावना भने छैन् ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

दलित समुदायको व्यक्ति मन्त्री बनाउँछौं : ओली

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व गराउने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रम उनले मन्त्रीका निम्ति ठाउँ खाली रहेको बताएका हुन् । “यसपल्ट पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनेरि । यसपटक पनि मन्त्री हुन्छ म तपाईंहरूलाई भनिराख्छु,” उनले भने । मन्त्रिपरिषद्‌मा सबै जातजातिलाई एकैपटक पठाउन नसकिने समेत उनले बताए। पहिले पहिलेको मन्त्रिपरिषद्मा सो समुदायबाट विभिन्न व्यक्तिले नेतृत्व गरिसकेको उनले उल्लेख गरे । पार्टीको सचिवालयमा दलित समुदायको प्रतिनिधित्व भएको उनले बताए । उनले पार्टी सचिव छविलाल विश्वकर्मा पटक–पटक मन्त्री भएको सुनाए । पार्टीमा क्षमता अभिवृद्धि गर्ने विषयमा सधैँ प्रोत्साहन गरिने उनले स्पष्ट पारे । यस अघि ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज बालुवाटारमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद्मा दलित समुदायलाई समेटिने बताएका थिए । 

नयाँ गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले साझा न्यूनतम तयार गरी मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार दिउसो २ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।  नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र) सहित ६ दलको सहकार्यमा फागुन २१ गते सुरु भएको नयाँ गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसैबिच मङ्गलवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको प्रमको सचिवालय जनाएको छ ।  

तीन दिनभित्र होर्डिङ बोर्ड हटाउन चक्रपथ सुधार आयोजनाको निर्देशन

काठमाडौं । सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं चक्रपथ सुधार आयोजनाले निर्देशन दिएको छ । शुक्रबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको  भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो । सूचनामा भनिएको छ, ‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाण्डौ महानगरपालिका मातहत पर्दैन उल्लेख गरी होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को वर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र होडिङ्ग बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ, ।’  केही दिनअघि काठमाडौं महानगरप्रमुख बालेन शाहले सडकमा राखिएको उक्त होर्डिङ बोर्डको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले उक्त होर्डिङ बोर्ड काठमाडौं महानगरपालिकाले नै राखेको बताए । ‘उक्त सडकबारे गुनासो हामीलाई आउन थालेपछि हामीले हाम्रो मातहतमा पर्दैन भनेर सार्वजनिक जानकारीका लागि होर्डिङ बोर्ड राखेका हौं,’ उनले भने । स्थायी संरचना नभई जानकारीका लागि राखिएका कारण होर्डिङ बोर्ड हटाउन आवश्यक नभएको पनि उनले बताए ।

विनियोजक विधयेकका सिद्धान्त र प्राथमिकता छलफल

काठमाडौं । प्रतिनिधिसभामा आजबाट विनियोजक विधयेकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।  बिहीबार बिहान ११ बजे देखि बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजक विधयेकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु भएको हो । बजेटमा सबै दलको सुझाव समावेश गर्न मिल्ने गरी गत फागुन १४ मा तत्कालीन अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका थिए।  संघीय सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाको तीन महिना अगावै आगामी वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस गरेको हो ।  यसअघि विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिनअघि मात्रै सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेस गर्ने व्यवस्था थियो ।  संसदमा पेश भएको विनियोजक विधयेकका सिद्धान्त र प्राथमिकतामा फागुन २१ बाट छलफल गर्ने कार्यतालिका तय भएपनि सत्ता समीकरण फेरिका कारण प्रभावित भएको थियो ।  प्रतिनिधिसभामा आजबाट सुरु भएको विनियोजक विधयेकका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले धारणा राखिरहेका छन् ।

टी २० आई सिरिजः टस जितेर नेपालले पपुवा न्युगिनीविरुद्व फिल्डिङ रोज्यो

काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी विरुद्व बलिङ गर्ने भएको छ । मोगं कोगंमा हुने खेलमा टस जितेर नेपालले फिल्डङ रोजेको हो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनी नेपालसँग ८५ रनले पराजित भएपनि हङकङलाई १० विकेटले हराएर फाइनल पुगेको थियो । 

कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो । बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखापरीक्षण प्रतिवेदन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो । वक्ताहरुलाई आफ्नो सुझाव र धारणा राख्न पाँच मिनेटको समय तोकिएको छ । वक्ताहरुले समयको परिधिभित्र रहेर आफ्नो धारणा राखिरहेका छन् । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको पार्टीका प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा धारणा राख्ने वक्ताहरुले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिको पदेन सदस्य बनाइनुपर्ने, निर्वाचन अगाडि गठबन्धन गर्न नहुने, अहिलेको गठबन्धनलाई निरन्तर राख्नुपर्ने, पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनुपर्ने, महिलालाई पार्टीभित्र पदाधिकारीलगायतका पदमा ३३ प्रतिशत अधिकार दिनुपर्नेलगायत धारणा राखेका छन् ।

विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल र नामिबिया भिड्ने

काठमाडौं  । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ। घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ।  यो खेल आज बिहान ९ बजेर ३० मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं, ६ फागुन । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए । उनले भने, ‘मोर्चाको संयोजक चार–चार महिनामा रोटेसन गर्ने, आलोपालो गर्ने कार्यविधि बनेको अवस्थामा अहिलेसम्म दुई टर्म कमरेड माधव कुमार नेपालले नेतृत्व गर्नुभयो । अबको टर्म चाहिँ नेकपाको महासचिव कमरेड विप्लवले नेतृत्व गर्ने भन्ने कुरा भएको छ । आज संयोजक परिवर्तन गर्ने निर्णय भएको छ ।’

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

दुर्गाथलि गाउँपालिका अध्यक्षमा माओवादीका दिलबहादुर थापा विजयी

बझाङ । बझाङ जिल्लाको दुर्गाथलि गाउँपालिका अध्यक्षमा वाईसिएल नेपाल सुदुर पश्चिम इन्चार्ज रहेका दिलबहादुर थापा (तुफान) विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार उनी दुर्गाथलि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

तपाईं विद्युतीय कारोबार गर्दै हुनुहुन्छ? ठगिने खतरा रहेको भन्दै राष्ट्र बैंकको चेतावनी

काठमाडौं । विद्युतीय कारोबारमा ठगी बढेको गुनासो बढिरहेको भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन भन्दै ७ बुँदे सुझाव दिएको छ। सामाजिक सञ्जालमा चिनजानको मान्छेका नामबाट रकम माग गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा ओपीटी कोड मागे नदिन, आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गोप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको हो। बैंकले यी ७ कुरामा सचेत भई विद्युतीय कारोबार गर्न सुझाएको छ। हेर्नुस् के के छन् राष्ट्र बैंकका सुझाव ? १. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ। २. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ। यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ। ३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ। ४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन। यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्। ५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआरकोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक छैन। ६. कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट होरहोइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ। कुनै पनि वेबसाइटको ठेगाना एचटीटीपीएसबाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले एचटीटीपीएसबाट सुरु भए नभएको यकीन गर्नुपर्दछ। ७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल ‘गुनासोडट एनआरबीडट ओआरजी डट एनपी’मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।

भारत: ८४% को कमाई खस्कियो, १४ % धनीको सम्पत्ती आकासियो

नयाँ दिल्ली । कोरोना महामारीमा एकातिर गरिबहरुलाई छाक जुटाउन संकट भयो भने अर्बपतिहरुको संख्या भने बढेको छ । अक्सफामले जारी गरेको एक रिपोर्ट अनुसार, भारतमा कोरोनाकालमा ८४ प्रतिशत परिवारको आय खस्किएको छ भने अर्बपतिहरुको संख्या भने १०२ बाट बढेर १४२ पुगेको छ । विश्व आर्थिक मञ्च २०२२ को पहिलो दिन अक्सफामले जारी गरेको सर्वेक्षणको नतिजा अनुसार, कोरोनाकालमा भारतीय अर्बपतिहरुको कूल सम्पत्ति दोब्बर भएको छ । दश धनी अर्बपतिहरुसँग यतिविधि सम्पत्ति थुप्रिएको छ कि उनीहरुले देशका सबै स्कूल र कलेजलाई आगामी २५ वर्षसम्म सञ्चालन गर्न सक्छन् । १० प्रतिशतसँग ४५ प्रतिशत पैसा कोरोनाका कारण असमानता यति चुलिएको छ कि भारतका १० प्रतिशत सबैभन्दा धनी व्यक्तिहरुसँग देशको ४५ प्रतिशत सम्पत्ति रहेको छ । तर अर्कोतर्फ ५० प्रतिशत गरिब जनतासँग भने जम्मा ६ प्रतिशत सम्पत्ति रहेको छ । १ प्रतिशत करबाट मात्रै १७.७ लाख अक्सिजन सिलिण्डर किन्न सकिने रिपोर्टमा भारतका मुख्य १० प्रतिशत धनीहरुमाथि राज्यले १ प्रतिशत मात्रै अतिरिक्त कर लगाउने हो भने त्यो पैसाबाट देशलाई १७.७ लाख अतिरिक्त अक्सिजन सिलिण्डर पाइन सक्छ । यदि देशका ९८ धनी परिवारमा एक प्रतिशत अतिरिक्त कर लगाउने हो भने त्यसबाट आयुस्मान भारत कार्यक्रमलाई आगामी ७ वर्षसम्म चलाउन सकिन्छ । भारतको आयुस्मान कार्यक्रम संसारकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम हो । ९८ धनीहरुको सम्पत्ति ५५.५ करोड गरीबको सम्पत्ति बराबर भारतका १४२ अर्बपतिहरुको कूल सम्पत्ति ७१९ बिलियन डलर अर्थाट् करिब ८३ लाख करोड नेपाली रुपैयाँ बराबर छ । ९८ सबैभन्दा धनीहरुसँग ५५.५ करोड गरीब जनतासँग भएको सम्पत्ति बराबर पैसा छ । यो करिब ६५७ बिलियन डलर अर्थात ८० करोड नेपाली रुपैयाँ हो । यी ९८ परिवारको कूल सम्पत्ति भारत सरकारको कूल बजेटको करिब ४१ प्रतिशत हो । ८४ वर्षसम्म धनीहरुले प्रतिदिन ७.४ करोड रुपैयाँ खर्च गर्न सक्ने प्रतिवेदनमा भारतका दश मुख्य धनीहरुले प्रतिदिन १ मिलियन डलर अर्थात नेपाली करिब १२ क्रोड खर्च गरे भनेपनि उनीहरुलाई आफ्नो सम्पत्ति खर्च गर्न ९४ वर्ष लाग्नेछ । यदि देशका धनीहरुमाथि सम्पत्ति कर लगाएमा ७८.३ बिलियन डलर अर्थात् करिब ९२ करोड नेपाली रुपैयाँ बराबर संकलन गर्न सकिन्छ । यो पैसाबाट सरकारको स्वास्थ्य बजेट २७१ प्रतिशत बढन सक्छ । कोरोनाकालमा २८ प्रतिशत महिलाले जागिर गुमाए कोरोना कालमा २८ प्रतिशत महिलाहरुले जागिर गुमाएको पनि प्रतिवेदनमा उल्लेख छ । यसबाट नीहरुको आयमा दुई तिहाई कमी आएको छ । सरकारले महिला मन्त्रालयमार्फत वर्ष २०२१ मा गरेको खर्च भारतका पुछारमा रहेका धनीहरुको कूल सम्पत्तिको आधा पनि छैन । अक्सफामको रिपोर्टमा शिक्षाका लागि सरकारको बजेट वितरणमा ६ प्रतिशत कमी आएको उललेख । अर्कोतर्फ सामाजिक सुरक्षा योजनाहरुमा कूल केन्द्रयि बजेटको १.५ प्रतिशत घटेर ०.६ प्रतिशत रहन पुगेको छ ।

वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु

वीरगञ्ज । पाेखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो। वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिएका छन् । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए । मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो । आशिष सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा र प्रितम कक्षा ६ मा अध्ययनरत् थिए ।

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावी रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू