सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन्। उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन्।

मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए। यी तीनैजनालाई बर्खास्त गरिएको हो।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई  आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए । “परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,” प्रधानमन्त्रीले भने, “रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।”  प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।    लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, “लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुन सक्छ ।” जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारका मूल्य र मान्यता लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने बताए।

बालकुमारी घटनाका दोषिलाई  प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।  आईतबार प्रतिनीधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए । उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए । उनले भने, छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु। आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । उनले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाइ छ । 

माओवादीको विधान सम्मेलन सुरु, तीन दिनसम्म चल्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज संघीय राजधानी काठमाडौंमा आजबाट सुरु भएको छ । अधिवेसनको आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उद्घाटन गरिएको हो । सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयकाले जनाएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेकाे छ । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य रहेका थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो । प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।

सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नागरिकको राति २ बजेदेखिको ठेलमठेल भीड अहिले देख्न सकिँदैन । सुन तस्करी तथा नक्कली कागजात तयार पारी राज्यलाई नै हानि पु¥याउने (नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) कार्यको सञ्जाललाई नै ध्वस्त बनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा यी र यस्ता केही देखिने तथ्यहरुले गएको वर्ष तस्करी र अपराध नियन्त्रणका दृष्टिले सफल मान्न सकिने राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । सरकारबाट अझै धेरै गर्न भने बाँकी रहेको उहाँहरुको प्रतिक्रिया छ । छिटफुट केही योजना सोचेअनुसार सफल हुन नसकेकाले गति बढाउनुपर्ने स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । अर्को वर्ष लागेसँगै नयाँ ढङ्गले जाने उहाँले यसअघि नै उद्घोष गरिसकेका छन्। अहिले उहाँ मन्त्रालयगत प्रगति विवरण अध्ययनकै चरणमा हुनुहुन्छ भने अधिकांश मन्त्रालयले प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेका छन् । कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहाल सबै अध्ययन र समीक्षापछि अर्को नयाँ चरणको घोषणा गरेर अघि बढ्ने तयारीमा हुनुहुन्छ । सरकारले पहलकदमी लिएको एक वर्ष नपुग्दै मिटरब्याजी पीडितका समस्या समाधानको चरणमा अघि बढेको छ । नागरिकता समस्या तथा प्रशासनिक निकायमा हुने ढिलासुस्ती र हैरानी पनि कम भएको छ । छिटोछरितो रुपमा राष्ट्रिय परिचयपत्र पाउने वातावरण बनेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अब जनताले हैरानी खेप्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । दशकौँदेखि जकडिएर रहेको मिटरब्याजी समस्याका कारण तराईका कैयौँ नागरिक घरबारविहीन भएका थिए । कतिपय पीडित हिंसामा परेका थिए । आफ्नै छोरी चेलीहरु साहुबाट जोगाउन मुस्किल भएको थियो । अझ दिन दुई गुणा रात चौगुणा मिटरब्याजको थिचोमिचोले भयभित नागरिक घर छाडेर हिँड्न बाध्य परेको अवस्थाबाट पीडितले विस्तारै राहत पाउन थालेका छन् । झण्डै नौ महिनाको अवधिमा उक्त समस्या एक चरणमा हल भएर मिटरब्याज अपराधका रुपमा परिभाषित भई कानुन तर्जुमा भएकाले अब विगतमा जस्तो मिटरब्याजबाट नेपाली नागरिकले हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताए। सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग तयार पारे। यसले हरेक महिना गृहमन्त्री र सचिवले कानुनी आधार बिनै लिन पाउने लाखौँ रकम जोगिएको छ । त्यसपछिका दिनहरुमा गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ । अर्को महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने केही कारागार बाहिर बसेर मुद्दा लडिरहेका छन् । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमति आवेदन दिने तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने काम पनि भएको छ । दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक यसपटक भने टुङ्गोमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित विधेयक ऐनका रूपमा कार्यान्वयन आइसकेको छ । यसले लामो समयदेखि आफ्नै देशमा पनि अनागरिक भएर बसेका नागरिकले नेपाली नागरिकता प्राप्त गर्न थालेका छन् । यस्तै गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । धेरैले नागरिकता समेत प्राप्त गरिसकेका छन् । गृह मन्त्रालयअन्तर्गतका निकायमा योग ध्यान शिविर चलाएर सरकारले कर्मचारी वर्गमै नयाँ सन्देश दिएको छ । सुराकी खर्च खारेज गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल हुनुभएको थियो । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उनले पदबहाली गरेका थिए । त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ । मिटरब्याजी समस्या समाधान गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ । विशेषत तराईमा मिटरब्याजमा लगाउने चलन थियो । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यस विषयमा गृहमन्त्री श्रेष्ठ पहिलै जानकार हुनुहुन्थ्यो । मधेसमा एक लाख दिएर पाँच लाखको चेक लिने, पाँच लाख दिँदा २५ लाखको चेक लिने वा जग्गा जमिन लिने गरिन्थ्यो । विदेश जानेले एक(डेढ लाख रकम सापटी लिँदा १०(१५ लाखको जग्गा लिने पुरानो जकडिएको अपराध थियो । कानुनको अभावमा नहुँदा साहुले बनाएको कागज नै कानुनी आधार हुँदा धेरै पीडितहरु मुद्दा खेपेर थप पीडित बनेका थिए । मन्त्रालयमा आएको एक सातामै उनले मिटरब्याजीपीडितको माग सम्बोधन गर्नुभएको गिरी स्मरण गर्नुहुन्छ । त्यसबेला गृहमन्त्री श्रेष्ठले भन्नुभएको थियो, “ऐन ल्याएर समस्या हल गर्छु अहिलेको अवस्थामा सामन्तवादीजस्तो अपराध र अन्यायपूर्ण कुरालाई हल गर्छु ।” त्यति सहज नभएको उक्त काम प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ र गृहमन्त्रीको आफ्नै पहलमा कानुन नै बनेर आएको र जाँचबुझ आयोगले काम सम्पन्न गरेको छ । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा २८ हजार निवेदन परेकामा हासम्ममा पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ । आयोगका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी २१८ बिघा, १० कट्टा, ०७ धुर जग्गा ९७९३ कित्ता० साहुबाट पीडितलाई फिर्ता गराइएको छ । कूल रु एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र भएको छ । अहिलेसम्म ३९ जिल्लामा अनुचित लेनदेनको समस्या समाप्त भएको छ । अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृहमन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टङ्गङ्गो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ । भुटानी शरणार्थी काण्ड अर्को डरलाग्दो काण्ड हो सक्कली नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध । यो राज्य संयन्त्रकै उपस्थितिमा भएको जघन्य अपराध थियो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुका बयानका आधारमा प्रहरीले लहरो तान्दै जाँदा बहालवाला सचिव तथा राजनीतिक उच्च नेतृत्वसम्म पुग्यो । उक्त मुद्दामा ३० जनाविरुद्ध झण्डै रु २९ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकामा पछि पुनरावेदन हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही व्यक्तिहरु धरौटीमा छाडिएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलगायत कारागारमै छन् । सुन काण्ड अघिल्लो माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको नौ किलो सुन प्रकरण र ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन गत साउन २ गते विमानस्थलको भन्सार कार्यालय अगाडि बरामद गरिएको प्रकरणले नेपालमा सुन कसरी भित्रिन्छ भन्ने तथ्य उजागर गरिदिएको छ । उक्त प्रकरण अनुसन्धानमा स्वदेश र विदेशका ठूलो गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले असोज १४ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेकोमा अहिले आयोगले काम गरिरहेको छ । ती ठूला सुन काण्डको अनुसन्धान जारी रहँदा गत भदौ ३ र असोज १३ गते रसुवा नाकाबाट तीन किलो, असोज १० र ११ गते दोलखाबाट सात किलो सुनसहित केही व्यक्तिलाई समात्यो । मङ्सिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घलेसहितका व्यक्तिहरु समातिएका छन् । त्यसको केही दिनमै न्युरोड र नागढुङ्गाबाट नौ किलो सुन बरामद गरी पाँच जना पक्राउ परे । प्रहरीबाट प्राप्त विवरणमा पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको सात सय किलो सुन बरामद भएको छ । सुन ओसारपसारमा संलग्न छ सयभन्दा बढी समातिएका छन् । सुन भित्रिने अवैध बाटोको पहिचान र सुन ल्याउने तस्कर खोज्ने काम अझै पनि जारी छ । ललिता निवास काण्डमा उथलपुथल अर्को सरकारी जमिन घोटालाको नमूना उदाहरण रहेको ललिता निवास काण्ड २०४९ देखि २०६९ को समयभित्रको हो । त्यसको फाइल खोलेर सरकारले अर्को महत्वपूर्ण कदम अघि बढाएको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले भदौ १० गते उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । गृह प्रशासन सुधारको पहल सरकारले गृह प्रशासन सुधारको पहल पनि सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको परामर्शपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि यही कात्तिक २६ गतेको निर्णयले पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने गरी पौडेलको नेतृत्वमा समिति बनाइएको हो । “गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त हुनु जरुरी छ”, श्रेष्ठले भने, “यस प्रक्रियामा देखिएका समस्या तथा कमीकमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपायहरू र त्यसको कार्ययोजनासमेत तयार गर्नु जरुरी देखिएकाले यो समिति बनाइएको हो ।” शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, सङ्गठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवम् जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्ययोजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझवा पेस गर्ने छ । केही बाँकी गर्न काम केही कामहरु भने थाती नै छन् । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेकाले त्यसलाई अघि बढाउन जरुरी रहेको छ । एक चरणको छलफल भइसकेको र प्रदेशका मन्त्रीहरुबाट ध्यानाकर्षण गराइसकेकाले पनि सरकारले यसलाई गम्भीर चासोका साथ काम गरिरहेको जनाइएको छ । तीनै तहका सरकारको कामकारबाहीका बारेमा भएका बेमेल, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेदेखि सुरक्षा निकायबाट हुने गरेका कमीकमजोरीमा अझै पनि ठोस काम हुन नसकेको गुनासाहरु देखिएका छन् । चोरी तस्करी नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहहरुको सक्रियता बढिरहेको छ । युवाहरु विदेश पलायन हुने क्रम जारी छ, रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसतर्फ पनि सरकारले कदम अघि बढाउन जरुरी छ । यद्यपि सरकारी कर्मचारीले कमिसन खाएर भिजिट भिसामा नक्कली कागजातका आधारमा विदेश पठाउने गरेको पाइएकाले त्यसविरुद्ध अहिले कारबाही अभियान चलिरहेको छ । अहिलेसम्म ३५ जनाभन्दा बढीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । अझै पनि नागरिकले सोचेअनुसारको सेवा पाउन नसकेकोतर्फ पनि सरकार सचेत हुनुपर्ने नागरिकहरुबाट गुनासो छ ।

आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जन चट्याङ्गसहित भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राती भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू(-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

प्रदेश ७ को बजेटमा चार क्षेत्र मुख्य प्राथमिकतामा

धनगढी, जेठ ३० । प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५÷७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताउनुभएको छ । बुधबार बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उहाँले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उहाँले भन्नुभयो, “सोहीअनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ ।” कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले आफ्नो समुदाय सूचीकृत हुनुपर्ने माग राख्दै आएको बताउँदै उहाँले उक्त समुदायलाई पर्यटनसँग जोड्नसमेत गृहकार्य गरिने वचनबद्धता प्रकट गर्नुभयो । आगामी असार १ गते प्रस्तुत हुने प्रदेश सरकारको बजेटमा छुवाछूत, छाउपडी, बोक्सी, लैंगिक हिंसा जस्ता कुरीति तथा कानूनले वञ्चित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालालाई प्रोत्साहित गरिने उहाँको भनाइ थियो । प्रदेश ७ मा बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालन गर्न आवश्यक पहल गर्ने, पश्चिम गड्डाचौकीदेखि कैलालीको चिसापनीसम्मको सडकलाई छ लेनको बनाउन डिपिआर तयार पारिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । उहाँका अनुसार विपन्न समुदायका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाको सुदृढीकरण एवं ‘एक गाउँ एक स्वास्थ्य चौकी’, ‘एक स्थानीय तह एक अस्पताल’का लागि नीतिगत संरचनाको प्रबन्ध गर्न बजेटमार्फत शुरु गरिनेछ । प्रदेश नं ७ को नीति तथा कार्यक्रमको परिधिभित्र रही आगामी आवका लागि उपलब्ध सीमित स्रोत र साधनलाई अधिकतम प्रतिफल हासिल हुने गरी बजेटमा बाँडफाँड गर्ने प्रदेश सरकारले जनाएको छ । मानव संसाधन विकास सूचकांक र भौतिक पूर्वाधारका दृष्टिले देशकै पुछारमा रहेको प्रदेश नं ७ को पिछडिएको दुर्गम पहाडी जिल्ला बाजुराको भौतिक पूर्वाधार विकास र मानव संसाधन विकासका लागि प्राथमिकताका साथ कार्यक्रम संचालन गरिने बताइएको छ । ५० शय्याको अस्पतालको माग बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरमा ५० शय्याको अस्पतालसहित विभिन्न विकास निर्माणमा सहयोग र बजेट प्रबन्धका लागि ज्ञापनपत्र बुझाएको छ । प्रदेशसभा सदस्य महेशदत्त जोशी, शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंह सम्मिलित टोली ज्ञापन बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेको थियो । सो क्रममा शुक्लाफाँटाका नगरप्रमुख ऐरले केही दिनअघिको हावाहुरीले नगरपालिकामा सयौँ परिवारको घरमा पु¥याएको क्षतिबारे जानकारी गराएका थिए । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको समस्या समाधान, नदी कटान नियन्त्रण, आधुनिक खेलमैदानसहितको ‘फन पार्क’समेत निर्माणका लागि बजेटको व्यवस्था गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ । भेटका क्रममा मुख्यमन्त्री भट्टले ठूला आयोजना अघि बढाउन प्रदेश सरकार लागिपरेको बताउँदै साना योजना स्थानीय तहबाट पनि सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । “स्थानीय तहको बजेटबाट तपाईँहरु योजना शुरु गर्नुस्,” उहाँले भन्नुभयो, “प्रदेश सरकार थप सहयोग गर्न तयार छ ।”– रासस

सेक्स गर्दा योनिबाहिर वीर्य खस्यो, त्यसलाई औंलाले टिपेर योनिमा राख्दा गर्भ रहन सक्छ ?                                                    

यौनसम्पर्कमा गर्भ रहने सम्भावना कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ अर्थात् शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाहरूमा १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ, किनभने यो भरपर्दो नहुन सक्छ । तपाईंले आफ्नो महिनावारीका बारेमा केही पनि जानकारी दिनुभएका छैन । गर्भको सम्भावना महिनावारी अर्थात् डिम्ब निष्कासनसँग सम्बन्धित हुन्छ । बाह्य स्खलन बाह्य स्खलन विधि : किशोरकिशोरीमाझ प्राय: अपनाइने उपायमध्ये एक भए पनि वयस्कमा यो बढ्दो रूपमा देखिएको छ । यो यौनसम्पर्कका बेला अब वीर्य स्खलन हुनै लाग्यो भन्ने स्थितिमा योनिबाट लिङ्ग झिकेर वीर्य योनिभन्दा बाहिर स्लखन गराउने विधि हो । वीर्य योनिमा नपरेपछि शुक्रकीट पाठेघरमा जान पाउने भएन र गर्भ रहने सम्भावना नै रहेन । अभ्यस्त नभएका व्यक्तिका लागि यसलाई प्रभावकारी तरिकाले अवलम्बन गर्न गाह्रो हुन्छ । लिङ्ग झिक्न ढिलो भै वीर्य योनिभित्रै वा योनिक्षेत्रमा झर्न सक्छ । यसले प्रभावकारिता कम गराउँछ । एकदम राम्रोसँग प्रयोग गरिएको स्थितिमा यसको प्रभावकारिता ४ प्रतिशत भए पनि सामान्यत: विभिन्न अध्ययनले यो विधी अपनाउँदा १५ देखि २५ प्रतिशत सम्म गर्भ रोक्न नसकेको देखाएको छ । यो विधि अपनाउँदा यौनरोग तथा एचआईभी सर्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन । वीर्यलाई योनिमा  धकेल्दा गर्भको कुरा गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारणका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निसेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यहि नै पछि विकसित भएर शिशु बन्छ । तपाईंलाई पक्कै थाहा होला, वीर्यमै शुक्रकीट हुन्छन् र त्यसको मिलन नै महिलाको डिम्बसँग हुन्छ । योनिमा वीर्य पर्दा त्यसमा भएका मध्ये केही शुक्रकीट पाठेघरको मुख हुँदै पाठेघर अनि डिम्ब नलीसम्म पुग्न सक्छ । तपाईंले वीर्य योनिमा धकेल्नुभएको स्थितिमा पनि वीर्यमा भएको शुक्रकीटले गर्भधारण गराउन सक्छ । गर्भ चाहेको कि नचाहेको ? तपाईंको सन्देशमा तपाईंले गर्भ चाहेको हो कि नचाहेको हो भन्ने कुरामा केही अस्पष्टता पाइन्छ । तपाईंको यौन साथीसँगको यौन सम्पर्कमा बाह्य स्खलन गरिएको कुरा बुझिन्छ । यसको अर्थ गर्भ नरहोस् भन्ने नै हुन्छ, तर तपाईंको साथीले वीर्य बाहिर किन स्खलित गराएको हो भन्ने कुराका सन्दर्भमा चाहेर गराइएको वा नचाहेर परिस्थितिवश बाहिर निस्कन पुगेको हो, स्पष्ट छैन । बाहिर निस्किएको वीर्य किन भित्रतिर पसाउन खोज्नुभएको हो, भन्ने कुरा पनि स्पष्ट छैन । तपाईंलाई थाहै होला, यौनसम्पर्कपछि पुरुषको वीर्य योनिमा स्खलित भएपछि बिस्तारै योनिद्वारबाट बाहिरतिरै आउँछ । यो स्वाभाविक हो । यसरी बाहिर आयो भन्दैमा गर्भ नै नरहने होइन । योनिमा स्खलित वीर्यमा भएका शुक्रकीटमध्ये केही पाठेघरतिर जान्छन्, जुन गर्भका लागि पर्याप्त हुन्छ । यदि तपाईंको केटासाथीले गर्भ नरहोस् भनेर बाह्य स्खलन गराएको र तपाईंले योनिभित्र उक्त वीर्य राख्न खोज्नुभएको हो भने परिस्थिति अर्कै हो । यहाँ दुवै यौनसाथीलाई गर्भको सम्भावनाका बारेमा जानकारी हुनु जरुरी छ । यसमा छल गरिनु हुँदैन । यसबाहेक पनि गर्भको सम्भावनालाई महिलाको उमेर, यौनसम्पर्क कति पटक राखिन्छ अनि यो महिनावारी चक्रको कुन बेला यौनसम्पर्क गरिन्छ भन्ने जस्ता कुराले प्रभाव पार्छन् । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिव हुन्छ । सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन । पुरुषको सन्दर्भमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट उत्पादन भैरहेको छ कि छैन विचार गर्नुपर्छ । यो वीर्य परीक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ । महिलाको सन्दर्भमा शरीरमा कतिपय हार्मोनको गडबडी भए पनि सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । केही परिस्थितिमा मानसिक कारण पनि यसका लागि जिम्मेवार हुन्छ । महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारणले सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो । यसको उपचार स्त्रीरोग विशेषज्ञको सल्लाहमा गरिनुपर्छ । साप्ताहिकबाट

आलुको बीउ उत्पादनबाट मनग्य अाम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ । कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन । कार्डिनल २०, आइपिवाई आठ ३० र खुमल उज्ज्वल ३० गरी ८० क्विन्टल आलुको बीउ उत्पादन गरिएको समूहका अध्यक्ष पुरनबहादुर डगौराले बताउनुभयो । पहिलो पुस्ताको बीउबाट १५ वर्षसम्म खेती गरी आम्दानी लिन सकिने डगौराले बताउनुभयो। समूहका सदस्यलाई पहिलो प्राथमिकता तथा समूहमा बिक्री नभएको बीउ समूह बाहिर बिक्री गर्ने योजना छ । भण्डारण गृहबाटै खरिद गरेर लैजाने किसानलाई प्रतिकिलो रु ३० का दरले बीउ बिक्री गर्ने समूहका सचिव लक्ष्मणसिंह डगौराले बताउनभुयो । शीतभण्डार गृहमा राखेपछि आलुको बीउ प्रतिकिलो रु ५५ मा बिक्री हुन्छ । भण्डारण गर्दा लाग्ने शुल्क, ढुवानी र लोडअनलोड गरी आलुको बीउको मूल्यमा वृद्धि हुने डगौराले बताउनुभयो । गतवर्ष समूहले ५० क्विन्टल बीउ उत्पादन गरेको थियो । विसं २०६० देखि आलुको बीउ उत्पादन गर्दै आएको उक्त समूहले बीउ बिक्री गरेर रु १७ लाख ४० हजार रकम समूहको बीउ कोषमा जम्मा गरेको छ । कोषमा जम्मा गरेको रकम व्यावसायिक तरकारीखेती गर्ने समूहका सदस्यलाई न्यून ब्याजमा उपलब्ध गराइन्छ । कोषको रकम खर्चेर यहाँका किसान तरकारी खेतीका लागि जिल्लामै चिनिएका छन् । व्यक्तिगत रुपमा व्यावसायिक आलुखेती गर्ने किसानले करिब सात सय क्विन्टल आलु उत्पादन गरेका छन् । यहाँ उत्पादित आलु कञ्चनपुरसहित प्रदेश नं ७ को पहाडी जिल्लामा बिक्री गरिन्छ । रासस

OMG! A 29-Year Old Man Claims That Aishwarya Rai Bachchan is His Mother!

If you thought 2017 had some embarrassing moments in Bollywood, 2018 has started on even a more bizarre note. A 29-year-old man from Andhra Prades, India, has claimed that Aishwarya Rai Bachchan is his mother. Aishwarya Rai Bachchan has often been in the news for various reasons. Whether it’s her awe-inspiring weight loss journey, shooting her much awaited film Fanney Khan, or being spotted with her adorable daughter Aaradhya Bachchan, Ash is always around. However, recently, the actress has been dragged in to a bizarre situation. A man in Andhra Pradesh claims that Aishwarya Rai is his mother! Bizzare, didn’t we tell you? The man named Sangeeth Kumar stated that he was born in 1988 in London through IVF and was raised by Aishwarya’s parents Vrinda Rai and late Krishnaraj Rai. Sangeeth also claims that he was brought to Vishakpatnam by his father, which is where he resides currently. The 29-year old, however doesn’t have a single document to support his claim, but insits that he now wants to reunite with his mother aka Aishwarya Rai. In a surprising statement to Pinkvilla, the man also revealed that Aishwarya is currently separated from Abhishek Bachchan and lives alone. Wow!! We wonder what the Bachchan family will have to say about this!  

मानव तस्करी गर्ने ३६ बंगलादेशी ठमेलबाट पक्राउ

काठमाडौं, माघ २७ ।   युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन्। तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ। कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन्। बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन्। दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ। दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ। नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो। केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन्। नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ। राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन्। दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन्। विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन्। नेपालमा ३ हजारभन्दा बढी संख्यामा बंगलादेशी बिनाप्रवेशाज्ञा बस्दै आएको स्रोतले बताएको छ। अध्यामगन विभागले नेपालमा अवैध बसोवास र काम गर्दै आएका विदेशीको अनुगमन गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु भएको छैन। अध्यागमनको कमजोर कार्यशैलीका कारण हजारौं अवैध विदेशी कामदार नेपालमा छन्। यसैबीच अध्यामगन विभागले गत आइबार अवैध रूपमा नेपाल बस्दै आएको आरोपमा पक्राउ परेका ३६ बंगलादेशीलाई जेल चलान गरेको छ। गत आइतबार महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले ठमेल र त्यसआसपास क्षेत्रबाट ती बंगलादेशीलाई पक्राउ गरेको थियो। विभागले उनीहरूलाई भिसा र विलम्ब शुल्कबापत थोरैमा ९ सय ५० र बढीमा ८ हजार ५ सय अमेरिकी डलर तोकिदिएको थियो। उक्त रकम तिर्न नसकेपछि उनीहरूलाई विभागले कारागार पठाएको हो। कागजपत्र नभएका कारण विभागले उनीहरूले नेपाल छिरेको मिति भनेबमोजिम जरिवाना तोकिदिएको हो। मजदुरी गर्दै आएका ती बंगलादेशीले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए। विभागले मंगलबार अपराह्न उनीहरूसँग सामूहिक बयान लिएको थियो। बयानका क्रममा बंगलादेशबाट दलालले भारतको कोलकाता हुँदै झापाका विभिन्न क्षेत्रबाट नेपाल छिराएको बताएका छन्। उनीहरूले बंगलादेशबाट कोलकातासम्म ल्याउने दलालले नै नेपाल छिराउने गरेको बयान दिएका छन्। दलालले जति माग्यो त्यति रकम दिनुपर्ने उनीहरूले बताएका छन्। अध्यागमन कानुनअनुसार कुनै पनि विदेशी नागरिकले बिना श्रमस्वीकृति काम गर्न पाउँदैनन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

उपसभामुख रानाको चरित्र हत्या गरेर मिडिया ट्रायल गर्न खोजियो : संसदमा सुमना

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई काँग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए । सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के(के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् । ‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो। ल डिक्लियर गरौँ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ?’, श्रेष्ठले भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’ उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन्। साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन्।

नयाँ गठबन्धन निर्माणको उदेश्य संविधानको तोडफोड गर्नु : मन्त्री बस्नेत

काठमाडौँ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको बताएका छन्।मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताए । उनले मुलुकका दुई ठुला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको बताए। उनले भने, ‘‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन। यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो।’ सरकारमा कुन पार्टी छ वा छैन भन्नेकुरा गौण विषय भएको बताउँदै उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए ।नयाँ गठबन्धन बनाउने कुरा जनताको अधिकार कुण्डित गर्ने दृष्टिकोणबाट प्रेरित भएर बनेको उनले बताए ।

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ :  प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए। उनले विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । “केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।” राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याईरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पारे। उनले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई  प्रविधिमा आधारित बनाइएको जानकारी दिए। “राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ,” प्रधानमन्त्री प्रचण्डले भने।