पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।”

उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए।

“पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।”

लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे।

साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत

काठमाडौं । १६ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेर सहज जीत निकालेको हो । नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको थियो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गर्न सफल भईन । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको थियो । खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएपनि नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् । दोस्रो हाफमा दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो भने भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

माओवादी स्थायी समिति बैठक जारी

  काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने  बताइएको छ । नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका फेरि पनि प्रथम

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ । आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेरनगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ । १० असारभित्र बजेट ल्याएरनल्याएको, ३० असार भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिएरनदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विषेश गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरल ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९ , विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ , ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् । जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाँउपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क पाएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन् । गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो काम राखेकोमा खुसी व्यक्त गरिन । महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङकनमा सधै उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ । देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्धा फ¥र्यौटलगायतका विषयमा सधै उकृष्ट बन्दै आइरहेको छ ।

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताएकी छिन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।  नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन्।विगत र अहिले केही परिवर्तन भएपनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने बताइन्। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने उल्लेख गरे ।अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरु हस्तान्तरण गरे । विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरो

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् । नेपालकी कबिता जोशीले दुई विकेट लिइन् ।यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् । मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् । एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

१९ जना नयाँ कोरोना संक्रमित थपिए, ६४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २९ हजार ३९९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २८३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्। संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

‘दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त’

काठमाडौँ । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया : नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म नेपालको स्तरोन्नति अति कठिन हुने बताए । कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायिकीकरण, विमानस्थल, द्रुतमार्गजस्ता भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन, पर्यटकीय महत्वका देशभरका क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालन, विशेष आर्थिक क्षेत्र सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग, उत्पादन र सेवा क्षेत्रको विस्तार तथा तिनको दिगोपनाको सुनिश्चितता पनि स्तरोन्नतिका निम्ति अपरिहार्य भएको उनीहरुको कथन थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशासन, प्रवद्र्धन, दिगो आर्थिक विकासबाट नै विकासशील राष्ट्रमा स्तरोन्नति हुने आधार भएका बताउँदै पर्यटन ऊर्जा उत्पादनका क्षेत्रबाट नै राष्ट्र अधिक लाभान्वित हुने बताउनुभयो । उहाँले बंगलादेशले गरेको प्रगति नेपालका निम्ति प्रेरणाको विषय भएको बताउँदै सार्कको सदस्य राष्ट्रका नाताले दुवै देशले अनुभव आदान प्रदान गरी विकास स्तरोन्नतिको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालबाट प्राप्त नैतिक एवं भौतिक सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध शताब्दिऔँदेखि प्रगाढ रहेको बताउनुभयो । आफ्नो देशले अल्प विकसित मुलुकबाट स्तरोन्नतिमा हासिल गरेको उपलब्धिलाई ऐतिहासिक भन्दै उहाँले उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताका कारण त्यो सम्भव भएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शंकर शर्माले व्यापार विस्तार, आम्दानीका स्रोतहरुमा दिगोपनाको सुनिश्चितता, भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिले पनि स्तरोन्नतिको लक्ष्य हासिलमा बाधा पु¥याउन सक्ने भएकाले हरेक पक्षलाई दृष्टिगत गरी कार्ययोजना बनाएर अघि बढ्न सकिने बताउनुभयो । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले अन्तर्राष्ट्रिय समुदायले अल्प विकसित मुलुकलाई उपलब्ध गराउने विकास सहायता समयमै प्रदान हुनुपर्ने तथा दिगो विकासका अन्य क्षेत्रमा नेपालले गम्भीर भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । आइएसएसआरका कायममुकायम अध्यक्ष प्रा गोविन्द नेपालको सभापतित्वमा भएको उक्त कार्यशालामा सार्क मुलुकका कूटनीतिक नियोगका पदाधिकारी तथा पूर्व राजदूतहरुको उपस्थिति थियो । गत मार्चमा संयुक्त राष्ट्रसंघले बंगलादेशलाई अल्प विकसित राष्ट्रबाट स्तरोन्नति भएको सूचना प्रदान गरेको थियो । रासस

ओली सरकारमा महिलालाई वञ्चित गरेको महिला आयोगको निश्कर्ष

काठमाडौं। महिला आयोगले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् समानुपातिक समावेशिता नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार विज्ञप्ति निकालेर २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा ९ प्रतिशत मात्रै महिलामन्त्री नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाइएको हो ।  अध्यक्ष कमला पराजुलीले जारी गरेको विज्ञप्तिमा ९ प्रतिशतमात्र महिलामन्त्री नियुक्ति हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनीतिक दलहरुबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको उल्लेख छ ।  आयोगले संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहने व्यवस्था गरिएको स्मरण पनि गराएको छ ।  ओली नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट आरजु राणा देउवा परराष्ट्रमन्त्री र एमालेबाट विद्या भट्टराई शिक्षामन्त्री मात्रै रहेका छन् ।

आफ्नै प्रस्तावमा बनेको गठबन्धन भत्काउनुको कारण ओलीले प्रष्ट पार्नुपर्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले कांग्रेस–एमालेबीचको सहमतिलाई प्रतिगामीको संज्ञा दिएका छन्।  मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संविधान संशोधनको एजेण्डासहित गरिएको भनिएको ७ बुँदेले देशलाई फाइदा नगर्ने उनले बताए ।   माओवादी युवा नेता दाहाललले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भएपनि बिना कारण समीकरण भत्काइएको बताए।  उनले समीकरण सुरू गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पानुपर्ने बताए। ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई। यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो। अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नु भयो? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य सुरु गर्‍यौँ, जतिबेला हामीले सत्ता सहकार्य सुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन। उहाँलाई थाहा थियो,’ उनले भने, ‘पछिल्लो समय के कारणले हामी बिचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ। के कारणले सहकार्य सुरु गर्‍यौँ ? र के कारणले हाम्रा समीकरण भत्किए? चार महिनाको बीचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपर्थ्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो ? भनी प्रश्न गरे।   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न समेत गरे।   चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी उनले दिए। ‘के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो। त्यही कारणले सहकार्य टुट्यो? जवाफ त दिनैपर्छ,’ उनले भने।

राष्ट्रपति आज साँझ जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गरेका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन्।

भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा नष्ट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा कुखुरा नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका ७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक गिरीले नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको हुने बताए ।  बुधबार नियन्त्रणमा ल्याइएको बोइलर कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।  राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डप्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति  पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।  राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको उक्त दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा जारी छ ।

२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ। सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो। स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन । कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरुमा चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन रौतहट, दीपेन्द्र विकको उमंग ट्रेडर्स रौतहट, रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन रौतहट राजेन्द्र चाईको साहनी विल्डर्स रुपन्देही, दिपेश कर्माचार्यको न्यू जगतदेवी निर्माण सेवा नवलपरासी, रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन इलाम, पुष्पनाथ यादवको शोभा विल्डर्स एण्ड सप्लायर्स भक्तपुर, विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन काठमाडौं लगायत छन् । यसैगरी सन्तोष प्रसाद भट्टको युसब कन्स्ट्रक्सन डडेलधुरा, ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा बझाङ, दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स डोटी, सतिश आचार्यको सुप्रभात निर्माण सेवा बाँके, कृष्णप्रसाद ओलीको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन बाजुरा, घनश्याम बस्नेतको भुमा निर्माण सेवा दाङ, साविर मियाको मान्यता निर्माण सेवा सुर्खेत, गुनेश्वर साहको जी।एस।एण्ड एम।एस। कन्स्ट्रक्सन, अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरुमा पदमबहादुर तामाङको मस्टा जे.बी.डी. कन्स्ट्रक्सन काठमाडौं, प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशहश्वी कन्स्ट्रक्सन काठमाडौं, सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन काठमाडौं, कृष्ण पौडेलको कृशव निर्माण सेवा रुपन्देही, रामु खनालको खनाल कान्छा सप्लायर्स रुपन्देही, दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, राजिव गर्गको भारत कन्स्ट्रक्सन, अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर भारत र सु फुगुईको शुफा एन्हे ग्रुप सिचुवान (चीन) छन् । हेर्नुहोस् सूचना

सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो तीन छत्रे चीर

काठमाडौं । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ।  रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो। चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएका थिए । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ । पूर्णिमा चैत्र ११ गते परेको छ । त्यसदिन देशभर होलीको रङ्गमा रमेर होलीलाई बिदाई गर्ने परम्परा रहेको छ ।