एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को तयारी तिब्र

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र पारेको छ ।महाधिवेशन यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरी हुने तय गरीएको छ ।

नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।

सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ ।

समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

निसीखोला बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, घाइते २८ जनाको उपचार हुँदै

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका(६ को जाउलेपानीमा सोमबार साँझ पख भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुने ५ पुरुष र ४ महिला छन्। घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा २८ जना घाइते भएका छन् ।जिल्ला प्रहरी रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतक ३ महिला र ६ पुरुष छन् ।मृतकमध्ये रुकुम पश्चिम घर भएका बस चालक सुवास गौतम, बस मालिक बबि नेपालीको मात्रै सनाखत भएको छ ।७ जनाको पहिचान खुल्न बाँकी छ। रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस साँझ सवा ५ बजे दुर्घटनामा परेको हो। चालकसहित ३३ जना सवार बस सडकबाट १ सय ५० मिटर तल खसेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए। ओरालो घुम्तीबाट बस तल भीरको खोंचमा खसेकाले उद्धारमा कठिनाइ भएको उनले बताए। दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताए। दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन्। घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो। दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् । यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।

पारदर्शिता कायम गर्न सहकारीलाई डिजिटाइजेशनमा लैजानूपर्छ : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे ।  सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो? उनले प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखःद् भएको उनको भनाई छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए । सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई  । यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले क  हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने । ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’ सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ । सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भैसकेको मन्त्री गिरीले बताए । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न उनले सुझाए ।  

भुर्तेल आउट, नेपालको ३५ रन

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ३.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । कुशलले नेपाली टिमको स्कोरबोर्डमा २० रन थपे । जारी खेलमा नेपालले १ विकेट गुमाएर ३५ रन जोडेको छ ।

भाइरसको संक्रमण देखिएमा आइसोलेशनमा बस्न मन्त्रालयको अनुरोध

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएकाले कोरोना भाइरसविरुद्ध खोप लगाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । हरेक दिन ५० भन्दा बढीको संख्यामा संक्रमित देखिएकाले पहिलो, दोस्रो र बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको सहप्रवक्ता डा समिरकमार अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको थियो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ। ुशन्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । अहिले काठमाडौंसहित उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा कोराना भाइरस विरुद्धको बुस्टर डोज लगाइदै छ ।

किसानका समस्या समाधान गर्न मन्त्रीको नेतृत्वमा समिति गठन

जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ। शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो। समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ छन्। समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि र यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं मधेस सरकारले कृषि सुधारका लागि गरेका कामको समीक्षा एवं अगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसादसाहले जानकारी दिए। उच्च स्तरीय समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन तथा १ महिनामा पूर्ण प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने समय सीमा दिइएको प्रवक्ता साहले बताए।

दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

काठमाडौं । दार्चुला घटनाको विरोधमा नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जनाएका हुन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी०ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

काठमाडौंः सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको छ। ‘कन्टयाक्ट ट्रेसिङ’ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताए। उनले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिए। तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उनले बताए। नेपालमा अहिलेसम्म देखिएका नौ वटा घटनामा एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको थियो। ‘कन्ट्याक्ट ट्रेसिङ सम्पन्न’ स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचानको काम सम्पन्न गरिएको बताएका हुन्। उनले भने, “आठवटा घटना देखिएका छन्, जसमध्ये धनगढीमा चारवटा, बाग्लुङमा दुईवटा र टेकु अस्पतालमा दुईवटा रहेका छन्।””विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङका सबै काम सम्पन्न भएको छ।” उक्त काम सम्पन्न भएको भन्दै इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसका महानिर्देशक डा. वासुदेव पाण्डेले बीबीसीसँग भने, “हामीले पहिलोदेखि आठौँ सङ्क्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान खोज्ने काम विस्तृत रूपमा गरेका छौँ।” “र, डब्ल्यूएचको मापदण्ड अनुसार उनीहरूसँग नजिक पुगेका व्यक्तिहरूको परीक्षण गर्दा पनि कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको पाइएन।” सङ्क्रमितसँगको सम्पर्कमा पुगेकाबाट जोखिम छैन ! उनले भारतको मुम्बईबाट आएका भनिएका एक सङ्क्रमितसँग सम्पर्कमा आएका १४ जना, भारतकै उत्तराखण्डबाट आएका भनिएका अर्कासँग क्वारन्टीनमा सम्पर्कमा आएका भनिएका १२ जना र कोभिड-१९ का बिरामीका कारण नेपालभित्रै सङ्क्रमित भएकी एक महिलासँग सम्पर्कमा आएका अरू ७ जनाको परीक्षण गरिएको बताए। डा. पाण्डे थप्छन्, “भारतबाट रेलमा आएकाका हकमा उनीहरूले यात्रा गर्दा कहाँ के भयो त्यो भन्न सक्ने वा केही गर्न सक्ने अवस्थामा हामी छैनौँ। तर नेपालमा होटलदेखि, क्वारन्टीलस्थल र घरसम्मको पहिचान गरी आवश्यक मापदण्ड अनुसारको परीक्षण हामीले गरेका छौँ।” यसअघि अधिकारीहरूले फ्रान्सबाट दोहाहुँदै आएकी १९ वर्षीया नेपाली विद्यार्थीसँग कतार एअरवेजमार्फत् चैत ४ गते काठमाण्डू आएका १५८ मध्ये कतिपय यात्रु सम्पर्कमा नआएको बताउने गरेका थिए। इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका महानिर्देशक पाण्डेले विमानमार्फत् आएका दुईजनाको ‘कन्टयाक्ट ट्रेसिङ’ हुन नसकेको आफ्नो जानकारीमा रहेको बताए। उनले उक्त सङ्क्रमण देखिएको अवधि दुई हप्ताभन्दा बढी भइसकेकाले कुनै जोखिम नरहेको आकलन आफूले गरेको बताए। नेपाल प्रहरीले सङ्क्रमित यात्रुहरू सवार तीनवटा अन्तर्राष्ट्रिय उडान र दुई आन्तरिक उडानमा रहेका मानिसहरूको पहिचानमा सरकारलाई मद्दत गरेको थियो। प्रहरीको तथ्याङ्क भने इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको भन्दा फरक पाइएको छ। कोभिड-१९ सङ्क्रमण यात्रु सवार भनिएका कतार एअरवेजको विमानमा यात्रा गरेका तीनजना पहिचान हुन बाँकी रहेको, एअर अरेबीयाको उडानका दुईजना र विस्तरा एअरको १९ जनाको पहिचान हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार सङ्क्रमित यात्रुसँगै दुईवटा आन्तरिक उडानमा सवार सवा सय यात्रुभन्दा बढी मध्ये २२ जनासँग सम्पर्क हुन बाँकी छ। कार्यविधिले के भन्छ? नेपाल प्रहरीले तयार पारेको कार्यविधिमा कोभिड-१९ प्रमाणित भएका घटनाका आधारमा उच्च र कम जोखिमका सम्पर्क भनेर वर्गीकरण गरिएको छ। त्यस अनुसार सङ्क्रमित व्यक्तिसँग १५ मिनेटभन्दा बढी समय र छ फिटको दूरीको दायरामा बस्ने व्यक्तिलाई बढी जोखिमको भनिएको छ। त्यसबाहेक शारीरिक सम्पर्क, सङ्क्रामक पीपीई प्रयोग नगरी स्वाबसँगको सम्पर्कमा पुगेको, बन्द वातावरणमा १५ मिनेटभन्दा बढी विताएको र विमान यात्राको हकमा दुई सीट वरिपरिको खण्डमा बसेको तर सङ्क्रमित यात्रुले शौचालयको प्रयोग गरेको अनि अत्यधिक चहलपहल गरेको भए सबैलाई उच्च जोखिममा राख्नुपर्ने उल्लेख गरिएको छ। श्वासप्रश्वाससम्बन्धी रोग अनि ज्वरो वा खोकीसहितका लक्षण देखिएका वा १४ दिन पहिले कोरोनाभाइरसको सङ्क्रमण फैलिएको क्षेत्रबाट आएको वा त्यस देशका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्तिलाई भने शङ्कास्पदको बिरामी भनिएको छ। सरकारले सङ्क्रमण वा सङ्क्रमणको स्रोतसँग पहिलो सम्पर्क कायम भएपछि १४ दिनसम्म निगरानी गर्ने भन्दै त्यसबेलासम्म कुनै लक्षण नदेखिएमा पनि घरमै सात दिन बस्नुपर्ने बताएको छ। बीबीसी नेपाली

करिअर टिप्सः यस्तो छ फास्ट ट्रयाक बढुवाका ७ सिँढी

बोसबाट स्पष्ट अपेक्षा राख्नुहोस् जीवनका हरेक पाइलामा उत्कृष्ट प्रदर्शन गर्न चाहनुहुन्छ भने बोसलाई खुसी बनाउनुहोस् । म्यानेजरसँग बसेर स्पष्ट लक्ष्य तय गर्नुहोस् र भन्नुहोस्, ‘म तपाईंको लक्ष्य र योजना पूरा गर्न सदैव तयार छु, त्यसका लागि मैले के गर्न सक्छु ?’ आफ्नो कामको त्रैमासिक समीक्षा होस् भन्ने चाहेको कुरा बताउनुहोस् । उपलब्धिको डकुमेन्टेसन गर्नुहोस् तपाईंले गर्नुभएका सबै काम र उपलब्धीबारे बोसले ख्याल गरिरहेको नहुन सक्छ । त्यसैले त्यस्ता काम र उपलब्धीहरूको फेहरिस्त नै राख्नुहोस्, जसले तपाईंलाई प्रमोसन माग गर्न सहज हुनेछ । तपाईंले प्राप्त गर्नुभएको थप सीप, तालिम तथा क्षमता पनि आफ्नो बायोडाटामा थप्नुहोस् । मानव स्रोत विभागसँग नजिक बन्नुहोस् मानवस्रोत विभागका साथी तपाईंको प्रमोसनको कडी बन्न सक्छन् । तपाईंलाई रोजगारीका बारेमा जानकारी दिने व्यक्तिलाई कहिलेकाहीँ सँगै खान लानुहोस् र त्यही मौकामा आफूले गरेका कामका बारेमा भन्नुहोस् । त्यस्ता बसाइले तपाईंलाई चाहेको विभागमा जान वा प्रमोसनका लागि सहज वातावरण बनाउन सक्ने छ । दिइएको दायित्वमा सीमित नरहनुहोस् जब तपाईंले एकपटक आफूलाई ठूला काम र जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने प्रमाणित गर्नुहुनेछ, तब आफ्ना म्यानेजरलाई थप जिम्मेवारी माग गर्नुहोस् । तर, त्यस्तो विशेष काम मात्र दिन आग्रह गर्नुहोस्, जुन जिम्मेवारी र पदका लागि तपाईंले आँखा लगाइरहनुभएको छ । त्यो तपाईंका लागि आफूलाई परीक्षण र प्रमाणित गर्ने आधार बन्ने छ । नेतृत्वकर्ता हुन सक्ने प्रमाणित गर्नुहोस् बोसले चाहेका वेला तपाईंले आफूलाई टिमका अन्य सदस्यभन्दा राम्रो रहेको प्रमाणित गर्नुहोस् । टिमको होइन, प्रमोसन एक व्यक्तिको हुन्छ । कोही कसैलाई नेतृत्वकर्ता नतोकिएको भए पनि आफू नै अन्तिम प्रस्तुतिका लागि छानिएको नेता रहेको ठान्नुहोस् र बोसलाई हरेक कुराको अपडेट गराउनुहोस् । प्रमोसनको माग गर्नुहोस् अधिकांश कर्मचारीले प्रमोसनका लागि बोसको निगाहा आफूलाई प्राप्त होस् भन्ने चाहिरहेका हुन्छन्, तर यो सत्य हो कि तपाईंले माग नगरेसम्म हत्तपत्त प्रमोसन पाइँदैन । कुनै कारणले आफू प्रमोसनमा परिएन भने आफूले आफैँलाई एकपटक नियाल्नुहोस् र प्रश्न गर्नुहोस् म किन प्रमोसन भइनँ । र, आफ्नो बारेमा प्रतिक्रिया लिनुहोस् ता कि त्यसले अर्को प्रमोसनमा तपाईंको नाम पार्ने गरी सुधार गर्न सहयोग पुगोस् । प्रमोसनको विकल्प खोज्नुहोस् तपाईं आफूले सकेसम्म राम्रो प्रदर्शन गरिरहनुभएको छ, तैपनि तपाईंको बढुवा हुन सकेको छैन र तलब पनि बढेको छैन भने विकल्प सोच्नुहोस् । कतिपय अवस्थामा प्रमोसन कुरिरहनुभन्दा नयाँ ठाउँमा रोजगारी सुरु गर्नु लाभदायक हुन सक्छ । कार्यालय परिवर्तन गर्दा तलबमा वृद्धि त छँदैछ, नयाँ जिम्मेवारी र नेतृत्व पनि आउन सक्छ । त्यसैले बोसलाई आफू योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्नुहोस् । नयाँपत्रिकादैनिकबाट

सुताईले पनि व्यक्तित्वको पहिचान झल्काउँछ !

डा हेमराज कोइराला यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस् । किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ। एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ। स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन गर्ने संस्था ‘स्लिप असेस्मेन्ट एन्ड एड्भाइजरी सर्भिस’ का निर्देशक प्रोफेसर क्रिस इजिकोवाक्सीले सयन स्थितिका मुख्य ६ आसनको अध्ययन गरेर व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लंग पार्ने कोशिस गरेका थिए । क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको बडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्ष नखुल्न सक्छ। परन्तु सुप्त अवस्थामा व्यक्तिको व्यक्तिगत सजगता नहुने भएकाले सयन–आसनबाटै उसको सही व्यक्तित्वको धेर–थोर जानकारी लिन सकिन्छ। प्रोफेसर क्रिसका अनुसार सयन शैलीका ६ मुख्य आसन फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन्। प्रोफेसर क्रिसका अनुसार यी सयन आसन र व्यक्तिको व्यक्तित्व यस प्रकार छः फिटसः यो गर्भास्थ शिशुको जस्तो दायाँ वा बायाँतिर कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने स्थिति हो। यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाइएको छ । यस्ता व्यक्ति पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गएपछि चाँढै सामान्य भई घुलमिल हुन थाल्दछन्। यो आसनको सबैभन्दा सामान्य स्थिति हो। प्रा. क्रिसको अध्ययनबाट प्राप्त तथ्यांकअनुसार पुरुषभन्दा महिलामा प्रचलित सयन स्थिति प्रयोग गर्नेहरुको हिस्सा ४१ प्रतिशत छ। । फिटस स्थितिमा बायाँपट्टि कोल्टे परेर सुत्नेहरुमा आमासय, कलेजो र फोक्सो जस्ता अति संवेदनशील अंगहरुमा केही न केही समस्या भएको पनि पाइएको छ भने दायाँपट्टि कोल्टे परेर सुत्नेहरु तुलनात्मक रुपले स्वस्थ पाइएको छ। लगः सर्वेक्षणमा सामेल १५ प्रतिशत सर्वेक्षित व्यक्तिहरु दायाँ अथवा बायाँतिर कोल्टे परेर हातलाई शरीरसँग टाँसेर सामानन्तर राखी खुट्टा नखुम्च्याई सुत्ने गरेको पाइएको छ। यो सयन स्थितिमा सुत्नेहरु सोझा–सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् भने नचिनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन्। फलतः यिनलाई कसैले पनि उल्लु बनाउन सक्छ। यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको सयन आसन पनि भनिन्छ। ढाडलाई नमोडी सुत्नुपर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा कम्मर तथा ढाडको समस्या कम भएको पनि पाइएको छ। यार्नरः सर्वेक्षणमा सामेल भएकामध्ये १३ प्रतिशतले यो सयन विधि अपनाइएको पाइयो। यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्बवत, अगाडिपट्टि सिधै वा हल्का मोडेर सुत्ने गर्छन्। यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर संदिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिइसकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाइदा–बेफाइदाको तराजुमा तौलिने र नयाँ कुरा तुरुन्त सिक्नसक्ने क्षमताका हुन्छन्। प्रा क्रिसका अनुसार यो सयन विधि अपनाउनेहरुमा एसिडिटी र निद्रामा निसास्सिने समस्या धेरै पाइएको छ। सोल्जरः सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्ति यस स्थितिमा सुत्ने गरेको पाइयो। यो स्थितिमा हात शरीरसँग अभिन्न राखी, ड्युटी गरेको सैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन्। यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसँग हत्तपत्त नखुल्ने, सानातिना कुरामा नअल्झी आफ्नो र अरुको उच्च भलाइ चाहने प्रवृत्तिका हुन्छन्। घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाउनेहरुमा पाइएको छ। फ्रिफलः सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो। यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन्। यो सयन विधि अपनाउनेहरु मिलनसार, बहिर्मुखी, चाँडै उत्तेजित भइहाल्ने, कठिन परिस्थितिमा अत्तालिने, व्यक्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरै नाजुक र घुसघुसे हुन्छन्। कामुकता र चञ्चलता यस आसनमा सुत्नेहरुको एउटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो। स्टारफिसः सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता ५ प्रतिशत थियो। यस स्थितिमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन्। यो स्थितिमा ढाडको बलले, उत्तानो परी, खुट्टा फट्याएर, हात तकियाको आसपासमा राखी स्टारफिस माछाको आकृतिमा सुत्ने गरिन्छ। यो सयन विधि अपनाउनेहरु प्रायः सबैको कुरा सुन्न तयार हुन्छन्। यिनीहरु आकर्षणको केन्द्र बन्न चाहँदैनन्। स्टारफिस स्थितिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ), दुस्वप्न देख्ने र निद्रामा निसास्सिने समस्याबाट ग्रसित भएको पाइयो। प्रा क्रिसका अनुसार यी विभिन्न विशेष स्थितिमा सुत्नेहरु आम रुपमा अर्को सयन स्थिति परिवर्तन गरेर सुत्दैनन् तर ५ प्रतिशतले भने आसन परिवर्तन गरी सुत्ने गर्दछन् । स्वास्थ्यखबरबाट

मासु नखानेले खानै पर्ने यी ८ चीज

मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ ? तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ । त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ । शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ । १. तोफूः तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ । २. मुसुरोको दालः प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ । ३. स्पिरुलिनाः स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् । ४. ब्रोकोलीः ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ । ५. बदामः बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो । ६. जईः जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ । ७. सोया दुधः सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो । ८. टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।

रास्वपाले भोलिदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो  । उहाँका अनुसार पोखराको आन्दोलन आज अन्तिम हो ।’  

पोखरामा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाउने

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले शहीदचोक आसपास पूर्वतर्फ वाई चोक(उत्तर पूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ– फिस्टेल गेट (वैदाम), उत्तरतर्फ– मातपोत कार्यालय र दक्षिणतर्फ– मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यलय अगाडि, ड्यामसाईड) र गैह्रापाटन आसपास अन्तर्गत पालिखेचोकदेखि नवीन मावि सम्मको सडक क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भइ धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ । आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा पुर्‍याइएको थियो ।

संवैधानिक परिषद्लाई हेरेर उपसभामुखको चरित्र हत्या गरिएको हो भने सशक्त प्रतिवाद गर्छौँ  : माधव सापकोटा

काठमाडौँ । माओवादी केन्द्र सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद  गर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिएका छन् ।  उनले भने– ‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषदमा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ । राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात के निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्छौं । यो कुरा सबैलाई हेक्का होस् ।’  यस्तै सत्तापक्षका वरिष्ठ नेताले भारतमा गएर अर्को चुनावमा माओवादीलाई नबोक्ने बताएको उल्लेख भ्रष्ट्राचारले डुङ्डुङुती गन्हाएकाहरूले बोक्न आवश्यक नभएको बताए ।

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ।  समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।  समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।  त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो। विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरू गरिएको थियो। दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।  समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए।  यादवका अनुसार पुस्तकालयमा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन्। यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन्। यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए।  पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए। 

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ ।बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।