सेक्सलाई आनन्ददायक बनाउन कस्तो आसन उपयुक्त हुन्छ ?

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ ।महिलालाई सबैभन्दा बढी मज्जा दिने सेक्स पोजिसन के -के छन् त :

Dog position.डग पोजिसनः डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् ।

Cow girl.काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल हुन्छन् । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहन्छन्।

eye contact. मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो । प्रायःजसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ । यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकषिर्त हुन्छन् ।

Spoon. स्पुन्स पोजिसनः यो पोजिसनमा यौनसाथीहरू एक-अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् । यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ ।

स्ट्यान्डिङ पोजिसनः यो पोजिसन पनि धेरै महिलाले मन पराउँछन् । यसमा यौनसाथीहरू दुवै जना उठेर सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि बढी सन्तुष्टि पाइन्छ ।

डा. सुबोध पोख्रेलको पेजबाट

प्रचण्डले फाेन गरे : बालकृष्ण ढुंगेल जेलमुक्त हुँदै

काठमाडौं, चैत ५ । यतिवेला माओवादी केन्द्र सरकारमा छ । पछिल्ला केही महिनायता माओवादी नेताहरू प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य बन्ने दौडमा थिए । अझ केही दिनयता मन्त्री र अन्य सार्वजनिक लाभका पदमा पुग्न । त्यसैले १० वर्षे जनयुद्धमा भाग लिएका नाम चलेका करिब करिब सबै नेता कुनै न कुनै लाभको पदमा आसिन भइसकेका छन् । तर, तिनैमध्येक एक बालकृष्ण ढुंगेल अपराधिका रूपमा कारागारमा कैद भुक्तान गरिरहेका छन् । त्यसैले यतिवेला उनलाई भेट्ने रहर मनमा जाग्यो । र, लागियो डिल्लीबजारस्थित सदरखोर कारागार । मसँग अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि थिए । गेटमा बसेका प्रहरीले सोधपुछ सुरु गरे । हामीले बालकृष्ण ढुंगेलसँग भेट गर्न चाहेको बतायौँ । त्यसपछि सोधपुछ अलि बढी नै भयो । तीनपुस्ते खुलाएपछि हामीलाई भित्र जान दिइयो । कुनामा जस्तापाताले छाएको एउटा ओडार जस्तो ठाउँमा हरियो कार्पेट ओछ्याइएको थियो । वरपर स–साना रुख र फेदमा चौतारो पनि बनाएको रहेछ । त्यहाँ कैदी भेट्नेदेखि प्रतीक्षा गर्नेको ठूलै हुल हुने रहेछ । त्यहीँ आइपुगे पूर्वसभासद् ढुंगेल । हामीलाई देख्नेबित्तिकै उनको गहभरी आँसु छचल्कियो । माओवादी जनयुद्धका थुप्रै नेता र कमान्डर स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको तर, त्यही युद्धको अर्का एक कमान्डर जनयुद्धकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भुक्तान गरिरहेको देख्दा हाम्रो मन पनि अमिलो भयो । कुराकानी थालनी भयो । उनले विद्यार्थी नेताद्वयबाट पछिल्लो राजनीतिक घटनाक्रमको अपडेट चाहे । उनीहरूले वाम गठबन्धनको सरकार गठनदेखि आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकताको तयारीसम्मका अपडेट सुनाए । त्यतिबेलासम्म ढुंगेलले गाँठो परेको मनलाई सम्हालिसकेका थिए । सञ्चारका माध्यमसँग सधैँ जोडिइरहन रुचाउने उनी यी विषयमा अनभिज्ञ त थिएनन् । तर, किन हो उनले विद्यार्थी नेताद्वयबाटै सुन्न चाहे । अपडेट सुनिसकेपछि ती दुवै प्रसंगमा उनले आफ्ना धारणा सुनाए । पार्टी एकताप्रति सकारात्मक रहेका उनले दुवै पार्टीका राम्रा नेता मिलेर समाजवादसँगै साम्यवादको यात्रा तय गर्ने विश्वास व्यक्त गरे । तर, सरकारमा मन्त्री चयनदेखि सरकारका प्राथमिकताबारे चित्तदुखाई सुनाए । गरिब निमुखा जनताका घरमा अझैसम्म सरकार पुग्न नसकेको भन्दै उनले भने, ‘भालेबाँसेदेखि गोधुलीसाँझ पर्दासम्म मेहनत गर्ने तै पनि चुलो/अगेनोमा आगो बाल्न नसक्ने जनताको मझेरीमा लागेको अनिकाल टार्न माओवादी मन्त्रीहरू जुट्नुपर्छ ।’ तर, सधैँ मन्त्री बन्न र लाभको पद हासिल गर्न खोज्नेहरू पार्टीमा हावी हुँदै गएको चिन्ता पनि उनले साथसाथै व्यक्त गरे । नेताले जनता बिर्सिंदा पार्टीको जनआधार कमजोर भएको, विश्वास गुमेको भन्दाभन्दै आफ्नै सहकर्मीलाई समेत अचेत माओवादी नेताले भुल्ने गरेको भन्दै उनी भक्कानिए । ‘आजसम्म पहुँचमा भएकाले भेटेनन्, नभएकाहरूले दिनहुँ भेटिरहनुभएको छ । यसरी नै दिनचर्या बितिरहेको छ । जसको नेतृत्व स्वीकारेर जनगणतन्त्रसहित समाजवाद र साम्यवादसम्म जाने सुनौलो सपना देखेर जनयुद्धमा लाग्यौँ । आज म शान्तिप्रक्रियापछि जेलमा हुँदा तिनैले खोरखबरसम्म गरेनन्,भेट्न आएनन्’ पार्टी अध्यक्ष प्रचण्डप्रति दुखेसो पोख्दै उनले भने । तर, उनले पाँच दिनअघि मात्रै प्रचण्डले फोन गरेको बताए । उनले प्रचण्डले त्यसदिन भनेका कुरा सम्झिए, ‘पाँच दिनअघि अध्यक्षले फोन गर्नुभएको थियो । कामको चापाचापले भेट्न पाइनँ नरिसाउनुहोला भन्नुभयो । तपाईं जेलबाट चाँडै बाहिरिनुहुँदैछ र द्वन्द्वकालीन घटनाका सबै मुद्दा सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमार्फत् टुंगोमा पु¥याउने गरी काम भइरहेको छ ।’ ऊर्जामन्त्री भएपछि वर्षमान पुन अनन्तले पनि फोन गरेका रहेछन् । त्यसवेला उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र अब जनयुद्धकालीन मुद्दा किनारा लगाउने गृहकार्यमा खटिने बताएको हामीलाई जानकारी दिए । त्यसवेला आफूले देश विकासका लागि पहिलो प्राथमिकतामा ऊर्जा, कृषि, पर्यटन र सडकबाटा राख्न सुझाव दिएको सुनाए । ऊर्जामा फैलिएको जलमाफियाको जालो तोडी जनताको लगानीमा प्रत्येक प्रदेशमा ७ मेगावाटभन्दा ठूला परियोजना निर्माणमा जुट्न पनि उनले सुझाव दिएका रहेछन् । आगामी जेठ १५ गते जेलबाट बाहिरिने बताएका ढुंगेलले सर्वोच्च अदालतको फैसलामा भने हस्ताक्षर नगर्ने बरु ‘उज्जनको पोस्मार्टम रिपोर्ट’ माग्ने बताए । बेपत्ता भनिएका उज्जनको कुन पोस्टमार्टम रिपोर्टका आधारमा जन्मकैद भनेर फैसला गरियो ? यसबारे यसबारे अवश्य सोध्नेछु । एमालेले निकै सुझबुझका साथ मन्त्री छनोट गरेको तर माओवादीमा ‘कतिपटक मन्त्री बनेँ’ भनेर रेकर्ड राख्नकै लागि मात्रै मन्त्री बनेको उनले टिप्पणी गरे । प्रचण्डलाई धम्क्याउनेहरू सँधै सत्ताको वरिपरी पुग्ने गरेको अनुभव पनि सुनाउन भ्याए । ‘प्रचण्ड कहाँ पुगेर मन्त्री वा सांसद नबनाए वैद्य वा विप्लवको पार्टीमा जान्छु भनेर घुक्र्याउने, धम्क्याउने देखि त्यो पद नपाए मर्छु, झण्डिन्छु भनेर प्रचण्डलाई तनाव दिनेहरू पनि धेरै छन् । माओवादी जनयुद्धमा दुई सन्तान गुमाएकी धीरेन्द्र बस्नेतकी आमालाई मात्रै थाहा छ, उनको कलेजो चुडिँदाको पीडा,’ उनले अघि भने, ‘धीरेन्द्रकी आमालाई सांसद बनाएको भए के बिग्रिन्थ्यो, सावित्रीकुमार काफ्लेकै श्रीमतिलाई किन बनाउनुपथ्र्यो । श्रीमतीलाई नै पद दिने परिपाटी हो भने म जेलमा थिएँ, मेरी श्रीमतीलाई बनाएको भए पनि हुन्थ्यो ।’ उनले अगाडि भने, ‘मलाई निकै लोभ लाग्ने मन्त्रालय भनेको ऊर्जा र कृषि नै हो । बाँजो रहेको बारीमा दशनंग्रा नख्याएसम्म देश बन्दै भने खोलामा बगेको पैसालाई एकमुष्ठ नपारेसम्म पनि देश बन्दैन । त्यसैले बाँजा बारीमा पानी पुर्‍याउनु पर्‍यो र कानमा सुन लगाउनुभन्दा जनताले जलस्रोतमा लगानी गर्नुपर्‍यो । अनि मात्रै देश बन्छ । नत्र मन्त्री कतिपटक भएँ भनेर गणना गर्नुबाहेक केही हुँदैन ।’ करिब १५ मिनेटमा यतिधेरै बातचित हुन भ्याए । हामीलाई दिइएको समय सकिँदै थियो । त्यसैले विदा माग्यौँ । हामी तीन युवा बसेको ठाउँबाट जुरुक्क उठ्यौँ । उनले उठेर हामी तीनैजनालाई धाप मारे र भने,‘हाम्रो भौतिक शरीर त यसैयसै जाने भो । तपाईं युवाहरूबाट देशको भविष्य देखेको छु ।’ यति भनिसक्दा नसक्दै उनका गहबाट बलिद्रधारा आँशु बगिसकेका थिए ।-सन्तोष भट्टराईले लेखेका यो खबर नयाँ पत्रिकाबाट लिइएको हो।

चितवनका कम्युनिष्टको अपत्यारिलो र अनौठो हर्कत

‘कम्युनिष्टहरु विचित्रका हुन्छन्, आलोचना गर्न परे भित्तामैं पुग्ने गरी गर्छन्, मिल्न परे अङ्गाल्नो हाल्न बेर लाग्दैन ।’ प्रचण्डले मञ्चबाट यसोभन्दा तालीसँगै हाँसोको फोहोरा छुट्यो । ‘केपीजी र मेरो स्वभाव अलिअलि मिल्छ जस्तो छ ।’ प्रचण्डले अगाडि थपे, ‘अलिअलि अटेरी, अलिअलि घमण्डी । लचक हुनु परे पनि बेर नलाग्ने ।’ प्रचण्डले विहीबार मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै थिए । दृश्य चितवनको थियो । चितवन । यो त्यही चितवन हो, जहाँ एमाले र माओवादीबीच शत्रुतापूर्ण सम्बन्धको विकास भएको थियो । देश र विदेशमा यो कटुताले निकै ठूलो चर्चा पायो । यो शत्रुतापूर्ण सम्बन्धले दुई पात्रलाई विशेष चर्चामा ल्यायो । एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहाल । दुबै मेयरका प्रतिष्पर्धी थिए । एमाले अध्यक्ष ओलीले समेत बेलामौकामा चितवनको चर्चा निकै गरे । माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर उम्मेदवार भएकाले प्रचण्डको उछितो काढ्न चितवन एउटा नमूना नै बन्यो आलोचनाको । स्थानीय चुनावमा कांग्रेसको साथ पाएको थियो माओवादीले । एमाले दुश्मनजस्तै थियो चुनावी मैदानमा । यता एमालेका लागि सरकारमा भएका एमाले र कांगे्रस शत्रुजस्तै बनेका थिए । यो माहौलबीच भरतपुर महानगरपालिको निर्वाचन सम्पन्न भयो । त्यो दृश्य भोग्ने र देख्नेहरुका लागि चितवनमा फेरि एमाले र माओवादी एक भएर अघि बढ्लान् भन्ने कल्पनाझैं थियो । तर, अचम्म १ अहिले त्यही चितवनमा सबैभन्दा बढी आत्मिक एकता यी दुई दलबीच देखिएको छ । एउटा सौहाद्र वातावरण, आशंकारहित सम्बन्ध । प्रचण्ड र देवी ज्ञवाली एउटै मञ्चमा कुम जोडेर बस्न थालेका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म आइपुग्दा समय फेरियो । प्रचण्डले भने झैं भित्तैमा पुग्ने गरी आलोचना गरिरहेका माओवादी र एमालेबीच बेग्लै सम्बन्धको विकास भयो । ‘अब इतिहासलाई थन्क्याएर राखिदिऊँ, हामी समाजवादको महान यात्रामा अघि बढ्न एकतावद्ध बनेका छौं,’ देवी ज्ञवालीले कार्यक्रम सञ्चालन गर्दै भनिरहेका थिए, ‘तीता कुरा सम्झिएर नेपाली समाजको रुपान्तरण हुँदैन । एकताको यो महान अभियानको पहिलो चरण चुनाव हो ।’ नेपाली कांग्रेससँग सत्तामा सहयात्रा गरिरहेकै बेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको निर्णय भएपछि यसले राजनीतिलाई नयाँ ढंगबाट ध्रुवीकरण गरेको छ । अहिले एकातिर वामपन्थी शक्तिहरु छन् र अर्कोतर्फ नेपाली कांग्रेसलगायतका शक्तिहरु । विगतमा वामपन्थीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध र दुई भिन्न विचार भएका नेपाली कांग्रेस र माओवादी या नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध तत्कालका लागि सहज देखिए पनि त्यो अस्वाभाविक थियो । एउटा निर्णाायक अवस्थामा यो सम्बन्ध भत्कियो । जेजस्तो सम्बन्ध भए पनि वापमन्थीहरु एक ठाउँ आइपुगे । भरतपुरको सभामा बिभिन्न नेताहरुको सम्बोधन सुन्दा अब यो सम्बन्धले एउटा नयाँ उर्जा र प्रेरणा थपेको देखिन्छ । त्यसो त नेपालमा आम कम्युनिष्ट समर्थक जनताले कम्युनिष्टहरु विभाजित भएको मन पराएका थिएनन् । सधैं एउटा प्र्र्रश्न उनीहरुको मनमा हुन्थ्यो, “सबै कम्युनिष्टहरुले गरीबदुखीका कुरा गर्छन्, तर मिलेर सरकार किन बनाउँदैनन् रु सर्वहारा र मजदूरको कुरा गर्छन्, तर मजदूरहरुकै १० वटा ट्रेड यूनियन बनाउँछन । उनीहरु न जनजीविकाका मुद्दामा मिल्न सक्छन्, न त सरकारमा नै ।” समर्थकको यो मनोभाव भने कम्युनिष्ट नेताहरुले कहिल्यै बुझेनन् । उनीहरु सधैं विभाजित नै भइरहे । कहिले सिद्धान्तका नाममा, कहिले नेतृत्वका नाममा । दरभंगा प्लेनम हुँदै दोश्रो राष्ट्रिय सम्मेलनपछि नेपालका कम्युनिष्टहरु कहिल्यै एक देखिएनन् । किताबका पानामा लेखेका शब्द–शब्दमा उनीहरुले मनोगत विश्लेषण र तर्क गरेर कित्ताहरु बाँडफाँड गरे । यी कित्ताहरुमा नेपाली समाजको रुपान्तरणको मर्मभन्दा बेसी सिद्धान्तको बास्ना झल्किने गथ्र्यो । विगत छोडौं, कम्तिमा शान्ति प्रक्रियापछिको पहिलो संविधान सभामा यति कम्युनिष्टहरु मिलेको भए के हुन्यो रु मूलभूत राजनीतिक मुद्दामा उनीहरु एक हुन्थे भने त्यतिखेर समाजवादी संविधान नै लेख्न पनि कसैले रोक्न सक्थ्यो र ? अहिले कांग्रेसदेखि राप्रपासम्म ‘समाजवादोन्मुख’ संविधानमा राजी भएका बेला एमाले र माओवादी त्यतिखेरै मिलेको भए उनीहरुले संविधानका शब्द–शब्द आफुखुसी परिवर्तन गर्न सक्दैनथे र रु न भूमिसुधार गर्न उनीहरुलाई बाधा पुग्थ्यो, न त सर्वहारा, किसान मजदूरका मुद्दाहरु सम्बोधन गर्न । तर बिडम्बना, अस्तित्वको दम्भमा कम्युनिष्टहरु एक भएनन् या उनीहरुलाई एक हुन दिइएन । एमाले बरु कांग्रेससँग मिल्यो, माओवादीले बरु कांग्रेसलाई रोज्यो तर उनीहरुले एकअर्कालाई विश्वास गरेनन् । यही अविश्वासमा भरतपुरको स्थानीय निर्वाचनले झनै कटुता थपेको थियो । यही सन्दर्भ बताउँदै भरतपुरको सभामा प्रचण्डले मदन भण्डारीको प्रसंग निकाल्दै एउटा गम्भीर कुरा गरे । इतिहासका संयोगहरुलाई छोप्न नसक्दा त्यसको परिणाम गम्भीर हुन्छ भन्ने प्रचण्डले बताए । प्रचण्डसँग जेठ ११ गते नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने गरी बिस्तृत छलफल गर्ने कार्यक्रम तय भएको तर जेष्ठ ३ गते नै वहाँको हत्या भएपछि त्यो जेठ ११ कहिल्यै नआएको प्रचण्डले सुनाए । “कल्पना गर्नुस् त रु यदि त्यो जेष्ठ ११ आइदिएको भए के हुन्थ्यो होला ?’ सम्भवतः यदि अहिले ओली र प्रचण्डबीच पार्टी एकता गर्ने निर्णय भएझैं भण्डारी र प्रचण्डबीच एउटै कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको भए रु ०५२ फागुन १ आउने थिएन । राजतन्त्रविरुद्ध निर्णायक संघर्ष हुन्थ्यो, सत्ताले दमन गथ्र्यो र मदन भण्डारीसमेत बल प्रयोगको अनिवार्य सिद्धान्त स्वीकार्न बाध्य हुन्थे या माओवादीले बल प्रयोग नभइकन पनि बहुमतबाट सुधारात्मक काम गरेर अघि बढने बाटो समात्थे । या ०६३ पछि माथि भनिएझैंको अवस्थामा पुगिन्थ्यो । यी इतिहासका सम्भावना थिए । जो भएनन् । तर, ढिलै भए पनि नेपालमा अहिले कम्युनिष्टहरु एक ठाउँ आएका छन् । चितवनको संयुक्त जनसभामा प्रचण्डदेखि सुरेन्द्र पाण्डे र देवी ज्ञवालीदेखि नवीना लामासम्मले वाम एकताको अपरिहार्यता, कम्युनिष्टहरुबीचको जीवित र हार्दिक सम्बन्धमा जोड दिए । चितवनको सभामा सबै वक्ताहरुले वाम एकताको औचित्य र त्यसले दिन खोजेको सन्देशका बारेमा बढी समय खर्च गरे । सुरेन्द्र पाण्डेले झापा विद्रोह र माओवादी विद्रोहका नायकको चर्चा गर्दै एउटा महान उद्देश्यका लागि आफ्ना तमाम व्यक्तिगत असहमति, विगतका तीता सम्बन्धहरुलाई अन्त्य गर्दै यी दुबै विद्रोहबाट विकास भएका दुई पार्टीबीच एकता हुने कुरा गरे । प्रचण्डले पार्टी एकताका लागि मदन भण्डारी छँदै र त्यसपछि ०६४ सालमा समेत प्रयास भएको चर्चा गरे । अन्य नेताहरुले समेत एकताका पक्षमा कुरा गरे । समग्र कार्यक्रमले लौ, अब हामी एक भयौं, हिजो कार्यगतरुपमा कतिपय आलोचना प्रतिआलोचना भए पनि हामी सामूहिकतामा विश्वास गर्ने शक्तिहरु अग्रगमन र रुपान्तरणका लागि एक भएको सन्देश दिए । विगतमा यही चितवनमा एकले अर्कोलाई सिध्याउन ज्यान फालेका दुबै शक्तिबीचको यो एकताको प्रस्तुति आश्चार्यजनक थियो । हो, कतिपय जिल्लाहरुमा माओवादी र एमालेभित्रै चरम अन्तरविरोध देखिएको छ । एकाअर्काको अस्तित्व स्वीकार्ने कुरामा समस्या देखिएको छ । तर, चितवनमा भने त्यो छनक देखिँदैन । जबकि चितवनमा एक अर्काप्रतिको कटुता सबैभन्दा बढी देखिनु पर्ने हो । तर त्यो चितवनमा देखिएन । बरु दुबै राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गरेर व्यवस्थित एवं एकीकृत चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको सार्वजनिक गरे । ‘अब वडास्तरमा संयुक्त बैठक बस्नेछन्, संयुक्त चुनावी कार्यक्रम हुनेछन्, हामी कोही पनि एक अर्काप्रति नकारात्मक किसिमका टिप्पणी गर्ने छैनौं’ देवी ज्ञवाली आफैंले यो कुरा मञ्चमा बारम्बार भनिरहेका थिए । कतिपय जिल्लामा अहिले पनि एमाले र माओवादीबीच आशंका व्याप्त छ । चुनावको टिकट पाउन एमाले र माओवादीबीच भएको विवाद र स्थानीयस्तरमा एमाले र माओवादीकै नेताहरुले एक अर्कालाई उपयोग गरेर आफ्ना पक्षमा टिकट पार्न गरेको चलखेल र दौडधुपले यस्ता आशंका र अविश्वासलाई थप बढाएको छ । चितवनमा भने सहज वातावरणमा दुबैबीच सीटको बाँडफाँड भएको छ । क्षेत्र नं। १ देखि ३ र प्रदेशका उम्मेदवार सर्वस्वीकार्य भएका छन् । मन खिन्न पार्ने एक दुईजना नेताहरु समेत विहीबारको कार्यक्रमपछि एक ढिक्का भएको नेताहरुले दाबी गरेका छन् । हठात् एवं यान्त्रिक ढंगले गरिएको वाम एकता र गठबन्धनको निर्णय जैविकरुपमा एक अर्कासँग घनिभूत र एकाकार हुने दाबी दुबै दलका नेताहरुको छ । (अनलाइनखबरबाट साभार)

आजदेखि मुस्लिम धार्मिक प्रवचन कार्यक्रम सुरु

बाँके, असोज ९ । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको मुस्लिम धार्मिक प्रवचन कार्यक्रम आज बिहीबारदेखि सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवीयता र अशान्ति विरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी, केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताए । भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मियाअनुसार ४ दिनसम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताए । हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रहरीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगञ्ज आइपुगेको छन् । आज बिहिबार १ बजेदेखि धार्मिक प्रवचन सुरु हुँदै छ । उक्त धार्मिक प्रचवन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

निर्वाचन क्षेत्र निर्धारणकाे प्रतिवेदन लेखन सुरु

काठमाडौं, साउन २१  । निर्वाचन क्षेत्र निर्धारण आयोगले शनिबारदेखि मूल प्रतिवेदन लेखनको काम सुरु गरेकाे छ । कार्यालय र पत्रपत्रिकामार्फत सुझाव संकलन गरिसकिएकाले अाजदेखि तथ्यांक संकलन र मूल प्रतिवेदन लेखनको काम सुरु भएकाे आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए । आयोगले प्रमुख दलका शीर्ष नेतालाई कार्यालयमै बोलाएर सुझाव लिएको थियो । आयोगका प्रवक्ता गणेशराज कार्कीले संविधान बमोजिम जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरिने जानकारी दिए । उनका अनुसार साउन ३१ गते प्रतिवेदन बुझाउने गरी आयोगले काम गरिरहेको छ । सरकारले संघीय संसदका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा साउन ५ गते पाँच सदस्यीय आयोग गठन गरेको हो ।

धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

पर्वत, २ जेठ । धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ । स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको हो । उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन नसकेको जिल्ला समन्वय समिले जनाएको छ । साविकको फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ मा दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले चियाखेतीको सम्भाबना थियो । आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएर स्थानीयवासीलाई चियाखेती विस्तारमा हौसला दिए पनि स्थानीवासीको बेवास्ताका कारण चिया बगान अस्तव्यस्त बनेको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले बताउनुभयो । ‘दलित समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो’ उहाँले भन्नुभयोे “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको छैन” एक हजार ८०० मिटरको उचाइमा रहेको फलामखानी गाविसलाई चियाखेतीको पकेटक्षेत्र बनाउने गरी पाँचवर्ष अगाडि २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा जिविसले झन्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयवासीले संरक्षण नगर्दा नष्ट भए पनि वडा न ७, ८ र ९ मा भने बिरुवा अझै जीवितै छन् । सुवेदी भन्नुहुन्छ–“यस क्षेत्रमा चियाखेती सफल हुने लक्षण देखिएको छ ।” स्थानीय डाडाँकटेरी क्षेत्रमा हालसम्म रोपिएका बिरुवा छन् तर ती बिरुवालाई संरक्षण गर्ने अभियानमा भने स्थानीयवासीको चासोे छैन । अरुले गरिदिने आशमा मात्र बस्ने नेपालीको पुरानो प्रचलन भएका कारण स्थानीयवासीमा संरक्षण सम्बन्धी चेतना पलाउन छैन भने जिल्ला समन्वय समितिले गोडमेलका लागि तालिम प्रदान गर्नुका साथै बजेट विनियोजन गरेको छ तर स्थानीयवासीले बजेट ल्याउने र चिया बगानको संरक्षण गर्नमा हालसम्म पनि चासो नदेखाएको सामाजिक विकास अधिकृत सुवेदीले दुःख व्यक्त गर्नुभयो ।

इस्काभेटर चलाएर सडक बचाउ अभियानमा प्रधानमन्त्री

रौतहट, माघ २९,  । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भए । माओवादी नेता तथा रौतहट क्षेत्र नं.–३ का निर्वाचन सांसद प्रभू शाहले २ वर्षयता चलाउँदै आएको सडक बचाउ अभियानमा प्रधानमन्त्री प्रचण्डले आफै इस्काभेटर चलाएर सडक बिस्तार र संरक्षणमा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले सडक बचाउ अभियानले राष्ट्रिय विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए । इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका प्रचण्डले भने, ‘रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ ।यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रौतहटका २ गाविसका १५०० छात्राहरुलाई साइकल बितरण गरेका थिए । मधेशी समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल बितरण गरिएको सो अवसरमा सांसद प्रभू शाहले बताए ।

मानव तस्करी गर्ने ३६ बंगलादेशी ठमेलबाट पक्राउ

काठमाडौं, माघ २७ ।   युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन्। तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ। कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन्। बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन्। दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ। दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ। नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो। केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन्। नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ। राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन्। दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन्। विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन्। नेपालमा ३ हजारभन्दा बढी संख्यामा बंगलादेशी बिनाप्रवेशाज्ञा बस्दै आएको स्रोतले बताएको छ। अध्यामगन विभागले नेपालमा अवैध बसोवास र काम गर्दै आएका विदेशीको अनुगमन गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु भएको छैन। अध्यागमनको कमजोर कार्यशैलीका कारण हजारौं अवैध विदेशी कामदार नेपालमा छन्। यसैबीच अध्यामगन विभागले गत आइबार अवैध रूपमा नेपाल बस्दै आएको आरोपमा पक्राउ परेका ३६ बंगलादेशीलाई जेल चलान गरेको छ। गत आइतबार महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले ठमेल र त्यसआसपास क्षेत्रबाट ती बंगलादेशीलाई पक्राउ गरेको थियो। विभागले उनीहरूलाई भिसा र विलम्ब शुल्कबापत थोरैमा ९ सय ५० र बढीमा ८ हजार ५ सय अमेरिकी डलर तोकिदिएको थियो। उक्त रकम तिर्न नसकेपछि उनीहरूलाई विभागले कारागार पठाएको हो। कागजपत्र नभएका कारण विभागले उनीहरूले नेपाल छिरेको मिति भनेबमोजिम जरिवाना तोकिदिएको हो। मजदुरी गर्दै आएका ती बंगलादेशीले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए। विभागले मंगलबार अपराह्न उनीहरूसँग सामूहिक बयान लिएको थियो। बयानका क्रममा बंगलादेशबाट दलालले भारतको कोलकाता हुँदै झापाका विभिन्न क्षेत्रबाट नेपाल छिराएको बताएका छन्। उनीहरूले बंगलादेशबाट कोलकातासम्म ल्याउने दलालले नै नेपाल छिराउने गरेको बयान दिएका छन्। दलालले जति माग्यो त्यति रकम दिनुपर्ने उनीहरूले बताएका छन्। अध्यागमन कानुनअनुसार कुनै पनि विदेशी नागरिकले बिना श्रमस्वीकृति काम गर्न पाउँदैनन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

राजधानीमा बिहानको समयमा सबैभन्दा बढी प्रदुषण

काठमाडौं, माघ १९ ।  सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ । वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई नागरिक दैनिकले बुधबारबाट नियमित प्रकाशन गर्दै आएको छ । ६ दिनयताको तथ्यांक नियाल्दा प्रदूषणको मात्रामा खासै कमी आएको देखिँदैन । यद्यपि, यसै साता परेको वर्षात्का कारण भने शनिबार प्रदूषणमा केही कमी आएको थियो । शनिबार बेलुका सूचक सरकारी मापदण्डभित्रै सीमित रहेको थियो । ‘तीन महिनापछि उपत्यकाको प्रदूषण शनिबार सरकारी मापदण्डभित्र देखियो,’ काठमाडौंको प्रदूषण मापन गरिरहेको दृष्टिका शिशिर शर्माले भने, ‘वर्षात्ले हावामा रहेका धुलोका मसिना कणलाई जमिनमा ओराल्दा प्रदूषण घटेको हो ।’ शनिबार २ देखि ५ बजेसम्म सूचक २५ भन्दा तल झरेको थियो । अरु बेला पनि सूचक ४० कै हारहारी देखिएको थियो । त्यसैगरी शनिबारयता बेलुकाको समयमा पनि सूचक ४० हाराहारी छ । सूचक २५ तल हुनुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ठिकै मान्छ । डब्लुएचओको मापदण्ड सूचक २५ रहेको छ । सूचक एक सय ८० हाराहारी बुधबार, बिहीबारको तथ्यांक एक सय ८० हाराहारी छ । त्यसैगरी शुक्रबार दिउँसो १० बजे प्रदूषण सूचक एक सय ८५ अंक पुगेको थियो । बेलुका यो सूचक सरकारी मापदण्डभन्दा झन्डै पाँच गुणा बढी हो भने डब्लुएचओ मापदण्डभन्दा झन्डै १० गुणा नै बढी । पानी परेका कारण शुक्रबार बेलुका, शनिबार, आइतबार, सोमबार र मंगलबारको तथ्यांकमा भने कमी देखिएको छ । शनिबार सबैभन्दा कम देखिएको थियो । शनिबार बढीमा सूचक ७७, आइतबार बढीमा एक सय २४ देखिएको थियो । सोमबारबाट भने उही पहिलाकै सूचक अंकलाई पछ्याउन खोजेको देखिन्छ । सोमबार सूचक एक सय ५५ पुगेको छ । शनिबारयता पानी परेका कारण सूचक ओरालो लागेको हो । शनिबार धेरै कम भए पनि आइतबार केही मात्रै कम र सोमबारदेखि पहिलेकै प्रणालीलाई पछ्याउन खोजेको शर्माले बताए । शनिबार कम मानिस घरबाट बाहिर निस्कने र यातायातका साधन पनि सडकमा कमै चल्नाले प्रदूषणमा कमी आउने गरेको शर्माले बताए । बिहान बढी प्रदूषण बिहानको समय अत्यधिक प्रदूषण हुने गरेको देखिएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी प्रदूषण बिहान ५ देखि १२ बजे मध्याह्नसम्म हुन्छ । सूचक ७६ देखि एक सय ५० सम्म हुनुलाई अति प्रदूषित भएको मानिन्छ । यस्तो अति प्रदूषित १२ बजेअघि र बेलुका ६ बजेपछि हुने तथ्यांकमा देखिन्छ । यो समय कुनै प्रकारको खेलकुद, व्यायाम नगर्न विज्ञले सुझाव दिँदै आएका छन् । प्रदूषणको सूचक एक सय ५० भन्दा माथि हुनुलाई खतराजनक मानिन्छ । बिहानको समयमा सूचक भने एक सय ५० भन्दा माथि नै देखिने गरेको छ । दृष्टि, काठमाडौंका अनुसार उपत्यकाको प्रदूषण सूचक चार सयसम्म पुगेको तथ्यांक छ। यो खबर आजको नागरिकमा छ ।

शान्ति मिसनमा कुन–कुन देशमा छन् नेपाल प्रहरी ?

काठमाडौँ, मंसिर २९ ।  द्वन्द्वग्रस्त देशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको हाल दुई–दुईवटा एफपियू मिसन छन् । नेपाल प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई एफपियू मिसन छन् । एक एफपियू मिसनमा करिब एक सय ४० प्रहरी हुन्छन् । एकवर्षे सो मिसनमा काम गर्दा १५ देखि २० लाख रुपैयाँ आम्दानी हुने भएकाले शान्ति मिसन प्रहरी जागिरको आकर्षक अवसर बन्दै आएको छ । त्यस्तै, अनपोल मिसनअन्तर्गत सुडान, दक्षिण सुडान र हाइटीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू कार्यरत छन् । लाइबेरिया मिसन भने हालै बन्द भएको छ । हाइटी मिसनबाट सेनालाई हटाइएको छ भने प्रहरीको मिसन पनि कटौती भइरहेको छ । राष्ट्रसंघमा नेपाली सुरक्षा अधिकारीले बहादुरीका साथ काम गरेर प्रशंसा कमाए पनि बन्दोबस्तीका सामान मापदण्डअनुसार किन्न नसक्दा पछिल्लो समय छवि बिग्रँदै गएको छ । राष्ट्रसंघीय शान्ति मिसनमा संख्याका हिसाबले नेपाल छैटौँ स्थानमा छ । विभिन्न १६ वटा देशमा चार हजार पाँच सय ४६ सैनिक अधिकारी राष्ट्रसंघीय शान्ति मिसनमा काम गर्दै आएका छन् । सेना र प्रहरी गरेर शान्ति मिसनमा करिब पाँच हजार कार्यरत छन् । राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले सन् १९९२ देखि काम गर्न थालेको  हो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

मंसिर २८ मा राष्ट्रिय ज्यापू दिवस मनाइने

काठमाडौं, मंसिर १९। यही मंसिर २८ गते ज्यापू संस्कृति विकास कोषले तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ । अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ । दाहाल निवास लाजिम्पाटमा आज बाजागाजा सहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली (माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का) समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाएको छ । हरेक वर्ष योमरी पूर्णिमा (यस वर्ष मंसिर २८ गते) का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिएको छ ।

कविता: ‘परदेशको कुनाबाट’

    ओम प्रसाद फुयाँल अलि पर छ मनले पुज्ने मेरो भगवान उ त्यो लमतन्न सुतेको कन्चनजंगाले क्षितिजलाई छोएर हाँसेको हिमाल सँगसँगै । गुराँस, डाँफे अनि मुनाल छमछमी नाचेको आवाज सुन त लस्करै भारी बोकी हिडेका खच्चरको घाटीमा झुन्डाइएको टिन–टिन आवाज सुन त सेतो फुलेको दाह्री, कपाल लिएर मुसुक्क हाँस्दै छन् सेर्पा बूढा सायद आज खच्चर तिर्खाएको छैन होला । इतिहासले ठगेको मेरो भाग्य रेखा कोर्नु अघि नै खै के गरेछन बाजेहरुले यो धमिलो आँखा, रोएको मनले सधै सगरमाथाको काख सम्झिरहन्छु म पशुपतिको आशीर्वाद अनि स्वयम्भूको आँखा तसर्थ अचेल सुगौली सन्धिले पोलिरेहेछ छटपटी मन शान्ति खोज्दै परदेशको एउटा कुनाबाट मैले पुज्ने भगवान चिहाइरहेछु कन्चनजंगाले क्षितिजसँग लुकामारी खेलेको दिशातिर !

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद दिनुभयो । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उहाँले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताउनुभयो । यसपटक विपतबाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताउनुभयो ।

दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिजो काठमाडौं लगायतका विभिन्न ठाउँमा यस वर्षकै गर्मी महशुस गरिएको थियो । देशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

सांसदको शपथ लिए सुहाङले

काठमाडौं । उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पद तथा गोपनियताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो पनि लगाइदिएका छन्। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन र नियमका सामग्री प्रदान गरेका छन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो ।  सुहाङ नेम्वाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन् । इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनी एमालेकै तर्फबाट निर्वाचित भएका हुन्। चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका हुन्।