नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका  हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् ।

हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिँदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता जनाए।

उनले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटिय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै सहभागीको ध्यानाकर्षण गराए । जलवायु उत्थानशीलालाई सम्बोधन गर्न जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।

“विकसित देशले ८१ प्रतिशत कार्बन उत्सर्जन गर्छन् । त्यसले गर्दा नेपाल, बङ्गलादेशजस्ता विकासोन्मुख मुलुकहरूले समस्या भोग्नुपरेको छ,” उनले भने, “विकसित देशले विभिन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा गरेको प्रतिबद्धता कार्यन्वयन गर्न सकिरहेका छैनन् । अब उनीहरुलाई झक्झक्याउनुपर्छ ।” 

मन्त्री हुसैनले सरकारले मात्रै गरिबी निवारण र जलवायु परिवर्तनको असर रोक्ने नसक्ने भन्दै अनुकूलन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न लाग्नुपर्ने समेत बताए । जलवायु परिवर्तनको प्रभावले ल्याएका समस्या निराकरण गर्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको उनको भनाई छ ।

चन्द्रगिरीमा सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा विभिन्न २५ देशका विज्ञहरूको सहभागिता रहेको छ । संवादमा नेपाललगायत पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी रहेका छन् । पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने विषयमा विज्ञहरूबिच छलफल हुनेछ । 

जनतामा आशा जगाउने काम गर्छौं : मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्ने बताएका छन्।  प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो ।  देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”  सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताए । उनले ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि दिए।  वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।” 

रास्वपाले परिवादबादलाई निषेध गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रास्वपाको बैठकले परिवारवादलाई निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने निर्णय गरेको हो ।  बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले  ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ ।’  उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि गरेको जानकारी दिए । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको  ढकालले जानकारी दिए । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनालले पाएका छन् । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गरेको छ । आजको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको प्रबक्ता ढकालले बताए । उनका अनुसार बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको छ ।  वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन्। उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन्। मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए। यी तीनैजनालाई बर्खास्त गरिएको हो।

प्रकृति संरक्षण साझा चासो र चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावणीय चुनौतीहरू शिखरमा उभिएको बताए ।  राष्ट्रपति पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्म विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म जानु पर्नेमा जोड दिए ।  राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । 

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ औं जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापित भएका छन्, अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आम जनसमुदायलाई अपील समेत गरेका छन् । उनले भनेका छन् जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु। यस्तो छ प्रधानमन्त्री प्रचण्डद्धारा व्यक्त शुभकामना

बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रधानमन्त्रीको घोषणा, सिंहदरबारमा विज्ञहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरण सम्भव नभएको बताए । हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए। सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो । छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत नै छलफल आयोजना गरेको बताए । “सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ ।”उनले भने, “यपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव संकेन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।” देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसंगबारे चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए । “म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु ।” उनको भनाई थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।” राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा विभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोहैं योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिएका थिए । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच कसरी पु¥याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए । यसैगरी वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उनीहरुको थियो । छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको बिरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताए। यसैगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी, विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च बृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दवावमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

विराटनगर, २५ माघ । कोशी प्रदेश सरकार र पहिचान पक्षधर बीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि सरकारसँग वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुने तय भएको छ । माघ छ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । माघ २४ गते बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । वार्ता समितिमा आन्दोलनरत पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोबिन्दबहादुर आङबुहाङ, किरात राई यायोखा उपाध्यक्ष युवराज राई, नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक), नेकपा एकीकृत समाजवादी सम्बद्ध लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई लगायत छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् । तत्कालिन सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता टोलीसँग २०८० असार ४ गते पहिचान पक्षधरले पहिलो पटक वार्ता गरेको थियो । कोशीमा सरकार अस्थिर भएका कारण त्यसपछि वार्ता हुन सकेको थिएन ।

बर्दियामा विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया — बर्दियामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका—३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही ठाउँका बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जनाए । शुक्रबार राति करिब ११ बजे माछा मार्न गएका तीनजना घर फर्कने क्रममा श्रीमती धरापमा परेकी थिइन् । अँध्यारोमा श्रीमती सुनिताको खोजी गर्दा श्रीमान् बालकृष्ण पनि धरापमा परेका थिए । त्यसलगत्तै भाउजू वेलमतियाको पनि धरापमा परी मृत्यु भएको सहायक संरक्षण अधिकृत थापाले बताए । घटनालगत्तै निकुञ्ज सुरक्षाका लागि खटिएका टोली घटनास्थल पुगेका थिए । उनीहरु तीनै जनाको विद्युतीय धरापमा परी मृत्यु भएको पुष्टि प्रहरी उपरीक्षक ईश्वर कार्कीले गरेका छन् । अनुसन्धानका लागि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कार्कीले बताए । घटनास्थल मध्यवर्ती क्षेत्रबाहिर रहेको निकुञ्जले जनाएको छ ।

अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा, पुस ११ । सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो । विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको भएको र आसामी भाषामा रक्तमुल भनिने गरेको वनविज्ञ नरेन्द्र पराशरले जानकारी दिए । उनका अनुसार उक्त वृक्षको उचाइ २० मिटर हुने र गुदीदार फल लाग्ने हँुदा चराहरूले मन पराएर खाने गर्दछन् । उक्त वृक्ष पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा पाइए पनि हालसम्म सीमितरूपमा मात्र उपलब्ध छन् । उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता रहेको छ । त्यसको फल सुपारी आकारको हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भाग काँचो नरिवलको स्वादको हुन्छ । खाँदा मीठो लागेपनि एक/दुई दानासम्म खाँदा केही नहुने र त्योभन्दा बढी खाए रिँगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लाग्ने र विरामी पर्ने वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताए । विसं २०५२ मा सामुदायिक वन उपभोक्ता समिति गठन हुनु अगाडी देखिनै त्यहाँ सो वृक्ष रहेको थापाको भनाइ छ । करीब चार मिटर गोलाइको उक्त वृक्ष हाल ८०/९० को सङ्ख्यामा रहेको थापाको भनाइ छ । कसैले रामवुआ र कसैले रावुआ जस्ता भिन्नभिन्न नामबाट पुकारिने उक्त वृक्षको काठदाउरा स्थानीय कसैले पनि प्रयोगमा ल्याउने गरेका छैनन् । केही वर्षअघि एक स्थानीयले काठदाउरा प्रयोग गरेका र संयोगवश उनले परिवारका दुई सदस्यलाई गुमाउनुपरेपछि स्थानीयले त्यसैलाई दोषी मान्न थालेका छन् । वृक्षको नाममा भगवान् रामको नाम जोेडिएकाले अनिष्ट हुने आशङ्कामा कसैले प्रयोग नगरेको अध्यक्ष थापा बताउँछन् । वृक्षमा लाग्ने फल जेठको पहिलो सातादेखि फल्न सुरु भई असारको पहिलो सातासम्म रहने र त्यस पछि फुटेर झर्ने गर्दछ । गुदीदार फल भएकोले चराचुरुङ्गी र बाँदरले बढी रुचाउने गर्दछन् । त्यसको पात सिउँडी आकारको हुने र चौपायाले समेत नरुचाउने स्थानीयको भनाइ छ । उक्त वुक्षको फललाई यस वर्षदेखि चौताराको पातलेपानी वन नर्सरीमा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत तुलाराम घिमिरेले बताए । उक्त वृक्षबाट निस्कने रक्त पदार्थको गहनरूपमा अनुसन्धान हुनसकेको खण्डमा औषधिका रूपमा प्रयोग हुनसक्ने सम्भावना देखिएको अधिकृत पराशरले बताए । रासस

पर्वत समाज कतारको समिक्षा बैठक सम्पन्न

सन्तोष क्षत्री ।दोहा, पुष ७।पर्वत समाज कतारको चौथो अधिवेशनको समिक्षा तथा पदभार हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सन् २००३ मा स्थापना भइ विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाको २०१९-२०२१ का लागि गत डिसेम्बर ७ तारिखमा चौथो अधिवेशन बाट नव निर्वाचित कार्यसमिती लाई पदभार हस्तान्तरण गरेको छ । कार्यक्रममा निवर्तमान कार्यसमितीका अध्यक्ष चिन्तामणी पौडेल, सचीव याम क्षत्री(अनिल), रघुनाथ शर्मा र आर्थिक संयोजक लेखनाथ रिमालले नवनिर्वाचित कार्यसमितीका क्रमश अध्यक्ष सबिन्द्र श्रेष्ठ, सचिव शेषराज तिमिल्सिना र कोशाध्यक्ष सन्जय तिवारीलाई आआफ्नो पदभार हस्तान्तरण गरे । पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष चिन्तामणी पौडेलले सन् २०१७-२०१९ को कार्यकाल सफल पार्न सहयोग गर्नुहुने ब्यक्तीत्वलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितीलाई सबै सङ्ग सहकार्य गर्दै पर्वत समाजको गरिमालाई उच्च राख्न अनुरोध गरे । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले मोदिबेनी बृद्दाआश्रममा रहनु भएका वृद्ध हरुलाइ भोजन तथा सम्मान साथै सेतिबेनी संरक्षण मुल समितिलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संस्थाको सह-सचिवमा मिलन पौडेल र सह-कोसाध्यक्षमा सोम केसी तथा प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष चिन्तामणी पौडेल, सल्लाहकारमा आनान्द सुवेदी, याम क्षत्री(अनिल) र याम केसिलाई चयन गरेको छ ।

स्थायी जागिर पाउन चाहनुहुन्छ भने यसरी पढ्नुहोस्

१. खाने, बस्ने, सुत्ने, उठ्ने तथा अध्ययन गर्ने निश्चित समय तालिका बनाई सोहीअनुसार गर्ने । २. अध्ययनका लागि सान्दर्भिक तथा उपयुक्त पाठ्य सामग्री छनोट गरी निरन्तर अध्ययन गर्दै सिलसिला मिलाई मुख्यमुख्य बुँदाहरू टिपोट गर्दै जाने। ३. एकैपटकमा सफल नहुन पनि सकिन्छ । अतः ‘फेलियर इज द वेस्ट सिजन टु सो द सिड्स अफ सक्सेस’ भन्ने भनाइलाई आफ्नो सफलताको मूल मन्त्र बनाउने । स्मरणमा राख्नुहोस् असफलताको अनुभव नै आगामी सफलताका लागि प्राप्त अनुपम उपहार हो । ५. सम्झनुहोस् कि ‘लर्निङ इज द कन्टिनियस प्रोसेस द्याट रिमेन्स अन्टिल वी डाई । ६. दैनिकरूपमा निरन्तर अध्ययन गरी सम्बन्धित अध्ययनपछि आफैंले आफ्नो मूल्यांकन गर्दै जाने । ७. प्रारम्भिक चरणमा तोकिएको पाठ्यक्रमलाई अद्योपान्त स्मरण गर्ने र प्रयास गर्दै क्रस कटिङ इस्यूप्रति चनाखो रहने । ८.पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई समान महत्वका साथ अध्ययन गर्ने । वस्तुगत प्रश्नको हल गर्दा निम्न पक्षलाई मुख्य रूपमा ध्यान दिनुपर्छ : १. ‘कि’ लेख्नुपर्ने उत्तरपुस्तिकामा आफूलाई परेको कि ए, बी, सी, डी वा यस्तै अन्य भए सो ध्यानपूर्वक हेरी उल्लेख गर्न नछुटाउने । २. दिइएका विकल्पमा नमिल्दा तथा मिल्ने सम्भावना बोकेका गरी दुई थरी अप्सन ग्रुपलाई पहिचान गरी नमिल्दालाई छोडी मिल्दालाई ध्यानपूर्वक अध्ययन गरी छनोट गर्ने । ३. वस्तुगत प्रश्नको उत्तर लेख्दा वा अप्सनको बबल रंग्याउँदा होसियारपूर्वक लेख्ने र रंग्याउने । ४. बौद्धिक परीक्षण बाहेकका वस्तुगत बहुउत्तर प्रश्नका नकारात्मक उत्तरबापत २० प्रतिशत अंक काटिने कुराप्रति सचेत रहने । ५. प्रश्नमा कहिलेकाहीँ सुरुकै अप्सन पूर्णउत्तर हुन सक्ने पक्षलाई हेक्का राख्ने । ६. बौद्धिक परीक्षण (आईक्यु टेस्ट)का लागि तोकिएका प्रश्नमा कुन अवस्थामा कुन कुन लजिकले काम गर्छ, सोलाई विशेष ध्यान दिने । विषयगत उत्तर कसरी लेख्ने ? १.सम्बन्धित शीर्षक-विषयका पछिल्ला तथा विश्वव्यापी मुद्दालाई लिंक गरी सिलसिलेबार टिपोट गर्दै जाने, २.मुलुकको विद्यमान संविधान, निजामती सेवा तथा अन्य संगठित संस्थाका ऐन, नियम÷विनियम तथा अन्य कानुनको अध्ययन गर्दा तिनका महत्वपूर्ण पक्ष तथा विगतमा भन्दा थप भएका विषयवस्तुमा जोड दिँदै स्मरण गर्दै जाने, ३.दिइएका प्रश्नमा प्रस्तुत भएका प्रश्न शब्द के के हुन्, तिनको पहिचान गरी मागेको तथा खोजेको जवाफ मात्र लेख्ने न कि सो शीर्षकमा जानेका सबै कुरा । ४. समय व्यवस्थापनमा ध्यान दिने । अंकभार हेरी प्राप्त समयमा मागेको उत्तर सरल तथा मौलिक रूपमा दिने। ५. उत्तर लेख्दा प्रस्तुतिलाई भरसक सरल, सटिक तथा मिठासपूर्ण बनाउने । ६. प्रश्नले कुनै विषयको प्रभाव-असर मागको अवस्थामा सोको सकारात्मक तथा नकारात्क दुवै पक्षलाई सम्बोधन गर्ने । ७. अक्षर सबैको राम्रो र सुन्दर हुनुपर्छ भन्ने छैन । तर, सफा, स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्छ । ८. सम्झनुहोस् कि जसले फरक किसिमले अभिव्यक्त गर्छ, ऊ सफल हुन्छ । अतः लेखन अभिव्यक्ति मार्फत प्रस्तुत गर्ने तपार्इंको पहिचान अरूको भन्दा फरक र मौलिक खालको देखाउनुहोस् । अन्त्यमा, कुनै पनि पदका लागि दरखास्त पेस गर्दा समयमैै गर्ने, परीक्षाको दिन परीक्षा केन्द्रमा समयमा पुग्ने, आफूलाई तनाव र अति दबाबमुक्त राख्ने र दृढतासाथ परीक्षा हलमा बसी आफूलाई उच्च मनोबलयुक्त राखिरहने ९. लिखित परीक्षबाट उत्तीर्ण भइसकेपश्चात् प्रयोगात्मक परीक्षा तथा सामूहिक परीक्षण परीक्षामा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गर्ने तथा प्रत्यक्ष व्यक्तिगत मौखिक अन्तर्वार्ताका क्रममा सुहाउँदिलो औपचारिक पोसाक तथा आफ्नो व्यक्तित्व सुहाउँदो हाउभाउ तथा आत्मविश्वासका साथ आफूलाई शालीन, शिष्ट, सन्तुलित र तार्किक व्यक्तिका रूपमा अन्तर्वार्तामा समितिका सदस्यसामु प्रस्तुत गर्ने ।

बनेपामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

काभ्रे, चैत्र ३ । काभ्रेको बनेपामा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। स्थिति नियन्त्रण लिन प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको बताइएको छ। केही दिनअघि हतियारसहित राजधानीबाट पक्राउ परेका कांग्रेस नेता गणेश लामाको रिहाको माग गर्दै शनिबार साँझ करीब ६ बजेतिर निकालेको मसाल जुलुस प्रहरीले नियन्त्रण गर्ने खोज्दा झडप भएको प्रहरीले जनाएको छ । मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए। लामा गएको बुधवार राजधानीको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामाको रिहाको माग गर्दै कांग्रेस काभ्रेले आन्दोलनको नेतृत्व गरेको हो। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी काभ्रे कांग्रेसले रिहाइको माग गरेको थियो । साथै विनाशर्त रिहा नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।

मार्मिक लोकदोहोरी गीत ‘परदेशीको पीडा भाग २ दिदी’ (भिडियोसहित)

काठमाडौं, फागुन २६ । बहुचर्चित गायिका तुलसी धर्ति मगर र गायकहरु हिमाल केसी र यमराज कुँवरको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत “परदेशीको पीडा भाग २ दिदी” सार्वजनिक भएको छ । पूजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा रुक्मेली नव सर्जक रमेश ओली र रिमाल मगरको संयुक्त एल्बम “परदेशीको पिडा भाग २ दिदी” गीत रमेश ओलीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको गीतमा पदेशी भुमिमा नेपालीहरुले भोग्नुपरेको पिडालाई मौलिक भाकाका साथमा समावेश गरिएको छ । “परदेशीको पिडा भाग २ दिदि”मा संगित संयोजन भद्र नकलले गरेका छन । दिदी भाईको वार्तालापलाई गीतको विषयवस्तुको रुपमा चित्रण गरिएको छ । खाडी मुलुकमा दुख गरेर परिवारका सदस्यलाई पैसा पठाउन लाग्दा विच वाटोमा चोरी पर्दाको पिडा र मरुभूमि ठाउँमा पाएको पिडालाई निकै कलात्मक ढगंबाट गितमा समावेश गरिएको छ । रमेश ओली र याम कवरको मुख्य अभिनय रहेको छ भने उनलाई सोनिया विष्टले साथ दिएकी छिन । अधिनायक मान शेरचनले सम्पादन गरेको भिडियोलाई कमल संसारले निर्देशन गरेका हुन ।

सेक्स गर्नका लागि बिहानको साँढे सात बजेको समय उपयुक्त हुने

कार्तिक २२ । यदि तपाईं बिहान चाँडै उठेर आफ्नो क्रियाकलाप सुरु गर्ने प्रयास गर्नु हुन्छ अब त्यसलाई केही समयकालागि रोकिदिनुस् । एक नयाँ अध्ययनका अनुसार बिहान यौनसम्बन्ध राख्नाले तपाईँलाई अनेक फाइदा हुन सक्छ । जानौँ फाइदा र कारण अध्ययनमा के आयो नयाँ रु हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनमा विहानको समय यौन सम्बन्ध राख्नाले फाइदा हुने तथ्य सामने आएको हो । उक्त अध्ययनका अनुसार प्रायःजसो व्यक्तिले बिहान साढे सात बजेको समयमा यौनसम्बन्ध राख्नाले तनाव कमहुने र दिनको सुरुवातपनि राम्रो हुने बताए । अध्ययनमा सहभागी मानिसहरुले बिहानको समय यौनसम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम ९स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि० लाई अवलोक नगर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए । अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तै स् व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन ९फरफम० गर्ने गर्छन् ती सबैलाई ध्यान दिनका लागि भनेका थिए । के यसो गर्नाले साच्चि हुन्छ फाइदारु के बिहान उठेर यौन सम्पर्क गर्नुको कुनै फाइदा छ त रु पक्कै पनि छ १ आफ्नो दिनचर्यामा एउटा सानो परिवर्तन गरेर तपाईँ आफ्नो तौल कम गर्न सक्नु हुन्छ साथै फिट रहन र कार्य क्षमतापनि बढाउन सक्नुुहुन्छ । अन्त्यमा फाइदाका साथै तपाईँ रोमान्टिक पार्टनर हुनुको कम्प्लिमेन्ट पनिपाउन सक्नु हुन्छ । एजेन्सीको सहयोगमा