स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ
बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका ४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका ९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, नेपालगंज उपमहानगरपालिका २ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुरको बिस्केट जात्रामा मध्यरातमा भैरबको रथ अलपत्र, ढल्यो रथको गजुर
भक्तपुर, चैत २८ । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको मध्यरातमा अलपत्र छाडिएपछि स्थानीयवासीले आफैँ तानेर वुधवार दिउँसो गःहिटी पुऱ्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुऱ्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको थियो । स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलका अनुसार विगतमा यसरी जनशक्ति अभाव भए पनि सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुऱ्याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुऱ्याएको धौभडेलको भनाइ छ । राति नै रथलाई गःहिटी पुऱ्याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुऱ्याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो । रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनी भन्छन्, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।” आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुऱ्याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन: गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।
खतरनाक हुनसक्छ राती बढी पसीना आउनु, ध्यान दिनुस् यी कुरा
काठमाडौं, त्यसो त पसीना आउनु सामान्य कुरा नै हो । हरेक मानिसपिच्छे पसीना आउने कुरा पनि फरक फरक हुन्छ । तर कतिपय बेला पसीना आउनु गम्भीर प्रकृतिको रोगको संकेत पनि हुनसक्छ । नियमित र स्वभाविक पसीना आउँदैन भने यसलाई त्यसै उपेक्षा गर्न भने मिल्दैन । कतिपय व्यक्तिहरुलाई राती निकै बढी पसीना आउने हुनसक्छ । यो सामान्य मानिँदैन । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । यसरी पसीना आएको खण्डमा यसको कारण पत्ता लगाउर चिकित्सकसँग छलफल गर्नु जरुरी हुन्छ । किन आउँछ त पसीना ? पसीना आउने कतिपय कारणहरु यसप्रकार छन् । क्षयरोग क्षयरोगबाट प्रभावित केही मानिसहरुमा राती पसीना आउनसक्छ । त्यसैले अत्यधिक पसीना आउने अवस्थामा क्षयरोग हुनसक्छ । त्यसैले यस्तो भएमा क्षयरोगको परीक्षण गर्ने अथवा चिकित्सकसँग सल्लाह लिनुपर्छ । इन्फेक्सन केही मानिसहरुमा व्याक्टेरियाको इन्फेक्सनको कारण राती पसीना आउन सक्छ । यसमा मुटुको भल्भ सुन्निनु, हाडहरुसँग जोडिएका संक्रमणका साथै एचआईभी संक्रमण पनि हुनसक्छ । यस्तो भएमा तत्काल चिकित्सकसँग सल्लाह लिनु पर्छ । हाइपोग्लाइसिमिया शरीरमा ब्लड ग्लुकोज कम भएमा पनि पसीना आउँछ । इन्सुलिन या ओरल एन्टिबायोटिक औषधीहरु लिने मानिसहरुमो राती पसीना आउनुका साथै हाइपोग्लासिमियिाको समस्या पनि हुनसक्छ । क्यान्सर राती पसिना आउनुलाई क्यान्सरको प्रारम्भिक लक्षणका रुपमा पनि लिइन्छ । यो खासगरी फोक्सोजन्य क्यान्सरमा बढी देखिन्छ । त्यसो त तौल घटनु र ज्वरो आउनु पन िक्यान्सरको लक्षण हुनसक्छ । औषधीहरु कोसेवनका कारण कतिपय मानसिक तनाव क मगर्ने औषधी या डिप्रेसनका औषधीहरुका कारण पनि राती अत्यधिक पसीना आउने गर्दछ । एस्प्रिनि, एसितोमिनोफन जस्ता औषधीमा पनि पसीना आउने गर्दछ। हर्मोनमा असन्तुलन शरीरका हर्मोनमा हुने असन्तुलनका कारण पनि पसीना आउनसक्छ । खासगरी कार्सिनाइड सिन्ड्रोम, फियोक्रामोसाइटोम जस्ता अवस्थामा पसीना आउने गर्छ । मेनोपजः महिलाहरुमा एउटा निश्चित उमेरपछि महिनावारी रोकिन्छ । यतिखेरको अवस्थालाई मेनोपज भनिन्छ । यो बेला पनि हर्मोनमा आउने परिवर्तनका कारण पसीना आउन सक्छ । त्यसैले चिकित्सकसँग सल्लाह लिनुपर्छ । आइडियोप्याथिक हाइपरहाइड्रोसिस कैयन् घटनामा राती पसिना आउने कुराको खासै कारण देखिदैन । यसलाई आइडियोप्याथिक हाइपरहाइड्रोसिस भनिन्छ । यो अवस्थामा कुनै कारण बिना नै शरीरमा पसीना आउँछ ।
नेपाल टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, अब २४ सै घण्टा इन्टरनेट सुविधा लिन सकिने
काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले इन्टरनेट डाटा शुल्क घटाई सस्तो अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अलटाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफरअन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एकमहिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एकमहिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, एकमहिने अवधिका लागि अलटाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ । डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ । जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिने छ । टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि ८१४१५३ डायल गर्न टेलिकमले अनुरोध गरेको छ ।
पत्रकार गौतमलाई उपचारार्थ कलाकार ओलीको ५० हजार सहयोग
काठमाडौ, चैत्र ५ । दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार नेमिश गौतमलाई उपचारका लागि कलाकार सरोज ओलीले सहयोगार्थ ५० हजार रुपैयाँ प्रदान गरेका छन् । चलचित्र पत्रकार संघमार्फत ओलीले ५० हजार रुपैयाँ नगद दिएका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सन्दीप सापकोटालाई ओलीले ५० हजार नगद दिए । सञ्चार उद्यमीसमेत रहेका ओलीले यसअघि पनि कलाकारको उपचारका लागि सहयोग गरेका थिए । हाल वीर अस्पतालमा उपचाररत गौतमलाई कलाकार लक्ष्मी गिरीले १६ हजार रुपैयाँ, निर्माता सुशील पोखरेल, निर्देशक सोभित बस्नेत, निर्देशक सौरभ ढकाल, निर्माता देवीप्रसाद पाण्डे र निर्देशक मधुसुधन भट्टराई, पत्रकार कुमार आचार्यले १०–१० हजार रुपैयाँ तथा कलाकार उत्तम केसी र संगीतकार टंक बुढाथोकीले ५–५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला
काठमाडौं । रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो । युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन् । सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ । युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन् । खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन् । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन । शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन् । खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ ।
विधायन व्यवस्था समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सैनिकमञ्चमा गणतन्त्र दिवस समारोह(तस्बिर)
काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ।
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्। सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन्। “आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ। कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन”, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, “गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ। जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ । हामीले अधिकार पाएका छौँ। सँगसँगै कर्तव्य पनि नभुलौँ।”
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : प्रमुख रेनु दाहाल
चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताइन्। भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ। यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उनले भनिन्,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ। ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ। भरतपुर दूधमा अत्मनिर्भर छ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन्। उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उनले भनिन्। प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन्। साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले धारणा राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।
नेपालमा न्यून चापीय प्रणालीको प्रभाव यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक/दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाल र चिनबीच सम्बन्ध थप बलियो बनाउन भ्रमण सफल : देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए। चीनको दश दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङको टोलीले आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धी र राजनीतिक स्थायीत्वको लागि सधै तत्पर रहेको बताउँदै गुरुङले भने,“चिनियाँ उच्च अधिकारीहरुसँगको भेटले हामी उत्साहित भयौं कि चीन सधैं नेपालको समृद्धी,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।” महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै भने,“उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।” भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए । एक अर्को प्रसंगमा गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने बताए । उनले भने, “संसदको बाँकी समयसम्म यही समिकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समिकरण यो संसदको बाँकी समयसम्म जान्छ ।” नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए । महासचिव गुरुङले हालै सकिएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजि भएपनि बाह्य पुँजि भित्र्याएर अगाडि बढ्नु पर्ने बताए । “देश विकासको लागि आन्तरिक पुँजि मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजि भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो” गुरुङले भने । कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा। दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै रोकायाले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । मजदूर दिवसको सन्दर्भमा डा।रोकायाले औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडी बढाउन नसक्दासम्म देश अगडी नबढ्ने बताउँदै भने “वस्तु उत्पादन गरेर निर्यात गर्न सकिएन भने हामी वेरोजगार उत्पादन गर्ने करखाना मात्रै बन्ने हो, त्यसैले यो सरकारले उद्योग खोल्न पहल गर्नु पर्छ ।”
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको कारण बिहान गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
माओवादी नभएको ठाउँ छैन : विप्लव
काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले माओवादी नभएको ठाउँ नभएको दाबी गरेका छन् ।२४ औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीहरु जुर्मुराए व्यवस्थाविरोधीहरु टिक्न नसक्ने बताए। उनले भने, ‘हामी थाकेका छैनौं । देशलाई समाजवादतिर लैजाने अभियानको नेतृत्व गर्छौं । हामीले सामन्तवादलाई तोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो हामीले गरेका हौं एमाले र कांग्रेसको पनि भूमिका छ । तर, हामीले गरेका हौं । हामीले यो गणतन्त्रलाई यहाँसम्म ल्याएका हौं । प्रधानमन्त्री पनि अहिले लडाइँमा हुनुहुन्छ । माओवादीहरु विभिन्न मोर्चामा लडिरहेका छन् । हामी सरकार, सडक र जेलमा पनि छौं । माओवादी नभएको ठाउँ छैन । एमाले र कांग्रेसभित्र पनि माओवादी छ । सेना, कर्मचारीदेखि विदेशसम्ममा माओवादीहरु छन् । ती सबै जुर्मुराए संघीय लोकतान्त्रिक गणतन्त्रलाई खोस्न खोज्नेहरुको हालत के हुन्छ ?’ उनले विभिन्न शक्तिहरुले संघीय गणतन्त्रलाई कब्जा गर्न षड्यन्त्र गरिरहेको बताउँदै हरेक ठाउँमा भएको माओवादी भित्र रहेको वर्गिय भावना जुर्मुराए ती षडयन्त्र सकिन बेर नलाग्ने बताए ।
देउवाले गरे आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत
काठमाडौं ।पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपेका छन् । उनले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् । पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र
काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवारी पाएका सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।आइतबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताएका छन्। उनले भनेका छन्, ‘बुवाले देख्नुभएको सपना र गर्नुभएको सङ्कल्प पुरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ हार्दिक आभार तथा धन्यवाद आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं.२ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा ९एमाले० इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु । हो १ म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । धन्यवाद । नमस्कार ! सुहाङ नेम्वाङ नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम क्षेत्र नं.२