सुदूरपश्चिम सेवा समाज बहराइन अध्यक्षमा जोशी

यूएई माघ १५ । बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यीय  सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् ।

जसको प्रथम उपाध्यक्षमा पदम खड्का दित्तिय उपाध्यक्षमा गीता नेपाली महासचिब दीपेन्द्र चन्द र कोषाध्यक्ष भान सिंह ठगुन्ना रहेका छन् ।

बहराइनमा रहेका नेपालीहरुलाई अाई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा मा २७ जनवरी २०१७ शुक्रबारका दिन बसेको बैठकले

नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्नु अनुरोध गर्नु भएको छ, भने बहराइनको हरेक प्रान्तमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने नवगठित समाजका प्रथम उपाध्यक्ष पदम खड्काले बताउनु भयो ।

अध्यक्ष उमेश जोशीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ ।
१. अध्यक्ष श्री उमेश जोशी ( कैलाली )
२. प्रथम उपाध्यक्ष श्री पदम खड्का ( कञ्चनपुर )
३. दित्तिय उपाध्यक्ष श्री गीता नेपाली ( कञ्चनपुर )
४. महासचिव श्री दीपेन्द्र चन्द ( बैतडी )
५. सचिब श्री बिसाल भण्डारी ( बझाङ )
६. कोषाध्यक्ष श्री भान सिंह ठगुन्ना ( बझाङ )
७. सह-कोषाध्यक्ष श्री सुर्जन बोकटी(बझाङ)
८. सदस्य श्री पदम ओखडा ( बाजुरा )
९. सदस्य श्री मान बहादुर सुनार ( कञ्चनपुर )
१०. सदस्य श्री वीर सिंह उडाल ( दार्चुल्ला )
११. सदस्य श्री पुरुशोतम भट्ट ( कञ्चनपुर )
१२. सदस्य श्री दीपेन्द्र चन्द ( दार्चुल्ला )
१३. सदस्य श्री रमेस ठगुन्ना ( बैतडी )
१४. सदस्य श्री ईन्द्र बिष्ट ( कञ्चनपुर )
१५. सदस्य श्री बिक्रम चन्द ( दार्चुल्ला )
१६. सदस्य श्री मान बहादुर चन्द ( बैतडी )

प्रतिनिधि सभाको बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा केही ढिलो गरी सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ः३० बजेसम्म पनि सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गृहमन्त्री रवि लामिछानेबारे पनि जवाफ दिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेको भन्दै पदमा बस्न उचित नहुने तर्क गर्दै आएको छ।  प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन सम्बन्धी व्यवस्था छ। सोही नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ। त्यस्तै, आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि–बजेट छलफल जारी रहने कार्यसूची पनि छ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २९ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोड बराबरको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.३५ अंकले घटेर एक हजार ९ सय ४१ दशमलब ७७ विन्दुमा बन्द भएको हो । नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

फिफा अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह परेका हुन् । वर्ष खेलाडी महिलातर्फ भने अस्ट्रेलियन साम केर, स्पेनकी जेनिफर हेर्मोसो र स्पेनकै एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल परेका छन् भने महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् । यस्तै, वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा अनोनितको अन्तिम सूचीमा परेका छन। त्यस्तै, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् । अवार्डका लागि कोच, क्याप्टेन, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।

प्रचण्डलाई प्रश्न गर्ने रायमाझीको हैसियत र नैतिकता के ?

समाचार टिप्पणी .नेकपा माओवादी केन्द्रले पार्टीको निर्णयविरुद्ध लागेका चार जना संसदहरुलाई पार्टीबाट निष्काशन गरेको भन्दै संसद सचिवालयमा सूचित ग¥यो । संसदमा सभामुखले चार जना संसदलाई संसदीय दलबाट निष्काशित गरेको निवेदनको जानकारी गराउँदै उनीहरुलाई पदमुक्त भएको घोषणा गरे । लगत्तै एकजना संसद तथा केपी ओली सरकारका मन्त्रीले प्रश्न गरे– “मलाई हटाउने प्रचण्डको हैसियत के ?” सामाजिक सञ्जालमा माझीलाई प्रश्नको ओइरो लाग्यो– प्रचण्डको हैसियत सोध्ने तपाई को हो ? उनको हैसियत सोधाईबारे कतिपयले रमाइलो टिप्पणी पनि गरे र भनेँ –पोइल गइसकेकी महिलाले पुरानै लोग्नेलाई किन घरबाट निस्कि जा भनेर प्रश्न सोध्ने ? साँच्चिकै प्रचण्डको हैसियत सोध्ने सामथ्र्य राख्छन् त माझीले ? माझीको भनाईमा उनीलाई पद हैन, पार्टी चाहिन्छ रे ? जनता चाहिन्छ रे । पदका लागि मरिहत्ते गर्ने त प्रचण्ड हुन ? रायमाझीलाई नचिन्नेहरुका लागि उनले भनेको कुरा ठीकै हो पर्न सक्ला । तर इतिहासका कतिपय घटनाक्रमहरुले रायमाझीको यो निर्लज्ज अभिव्यक्ति मात्रै रहेको पुष्टि गर्दछ । रायमाझीलाई नजिकबाट चिन्नेहरु र अझ माओवादी आन्दोलनमा उनीसँग संगत गरेकाहरुका लागि उनको परिचय ‘अवसरवादी’को हो । अर्थात् उनले खुला राजनीतिमा आइसकेपछि जहिल्यै पनि पद र पैसाको बार्गेनिङ गरे । बाबुराम भट्टराईले माओवादी केन्द्र विभाजन गरे । टोपबहादुर बाबुरामका प्रिय मानिस थिए । टोपबहादुर पनि बाबुरामसँगै जान्छन् भन्ने कतिपयलाई पर्यो । त्यो दिनभरी टोपबहादुर सम्पर्कमा देखिएनन् । भोलीपल्ट उनले प्रचण्डसँगै बस्ने निर्णय गरे । त्यतिखेर उनले प्रचण्डको हैसियत के हो भनेर सोधेनन् । किनभने उनले मन्त्री पदको बार्गेनिङ गरेका थिए । र, त्यो पद सुनिश्चित गर्ने प्रतिबद्धतापछि उनले आफू बाबुरामसँग नजाने भनेर घोषणा गरे । जबकि त्यसअघि उनले बाबुरामसँग नयाँशक्ति निर्माणका लागि दर्जनौपटक छलफल गरेको नयाँ शक्तिमा लागेका नेताहरु बारम्बार चर्चा गर्दछन् । यसपाली नेकपाभित्रको अन्तर्संघर्ष हुँदा टोपबहादुरले बालुवाटार र खुमलटार निकै धाए । उनी बिहान खुमलटार जान्थे, दिउँसो र साँझ उनको संगत लेखराज भट्ट र ओली निकटका व्यक्तिहरुसँग हुन्थ्यो । उनलाई एकातिर मन्त्रीपदको लोभ देखाइएको थियो, अर्कोतर्फ आफ्ना कार्यकर्ता र हिजो सपना देखाएका जनताहरुले के भन्लान भन्ने सकसक थियो । तर अन्तिममा उनले र मणि थापाले मन्त्री पद ठूलो देखे । र, अहिले मन्त्रीपदबाट फुस्किएपछि उनले प्रचण्डलाई हैसियत सोध्ने हिम्मत गरे । प्रचण्ड पदलोलुप होइनन् भनेर यिनै माझीले बेलाबखत भाषण गरेको अहिले पनि भेटिएला । किनभने प्रचण्डले उनको पदलोलुपतालाई कतिपय संगठनात्मक बाध्यताका कारण मलजल अवश्य नै गरेका थिए । तर उनले पद नपाउने बेला भने प्रचण्डमाथि नै प्रश्न गरे । मानौं टोपबहादुर भनेका क्रान्तिकारी हुन र प्रचण्ड भनेका पद नपाएर छटपटिएका हुन । टोपबहादुर जी (तपाईलाई कमरेड भन्न पनि लाज लाग्छ), आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको अवस्थामा पनि ‘तपाई नै ५ वर्षका लागि प्रधानमन्त्री बन्नुस्, मलाई पार्टीमा कार्यकारी भूमिका भए पुग्छ’ भन्ने यिनै प्रचण्ड होइनन् । त्यतिखेर तपाईले किन भन्नुसक्नुभएन– सजिलै पाएको प्रधानमन्त्री पद देशलाई अस्थिरता र अराजकताबाट जोगाउन छोडेने प्रचण्डको हैसियत के हो भनेर ? प्रचण्डको हैसियत त्यही हो । प्रचण्डको हैसियत त्याग र सहमतिका लागि अधिकतम लचकता हो । तर तपाई हैसियत नि ? तपाईको हैसियत पद र पैसाका लागि नैतिकता पनि ताकमा राख्ने होइन र ? जनयुद्धको कठीन कालखण्डलाई सहजतापूर्वक अवतरण गरेर जनताका मुद्दाहरु स्थापित गर्न अहम रभूमिका निर्वाह गर्ने हैसियत हो प्रचण्डको, सामन्तचवादको नाइकेलाई परास्त गरेर बाँकी अवेशस अन्त्य गर्न सधै गतिशील हैसियत हो प्रचण्डको । राष्टिय स्वाधिनता र स्वभामिनका पक्षमा निरन्तर खबरदारी गर्ने हैसियतको प्रचण्डको । अनि तपाईको हैसियत सम्झिनुस त ? संघीयताको मुद्दामा पार्टीको निर्णयविपरित हिडने तपाईको हैसियत के हो ? माओवादी पार्टी छँदा संशोधनवादी लाइनमा उभिने तपाईको हैसियत के हो ? अहिले अग्रगमन र प्रतिगमनको लडाइे बेला प्रतिगमनको मतियार बन्नु पुग्ने तपाईको हैसियत के हो ? तपाईका मतदातालाई जसरी सपना बाँडनु भयो तर ती सपनाहरुलाई मन्त्री पदसँग साटनुभयो, आम जनताका आँखामा तपाईको हैसियत के हो भन्ने कुरा तपाईले अर्घाखाँचीमा तपाई ओली कित्तामा गइसकेपछि पाएको रेस्पोन्सले पुष्टि गर्दैन र ? राजनीतिमा हैसियत सोध्ने सामथ्र्य हैसियतवालाको मात्रै हुन्छ, कि जनताको हुन्छ । तपाईले प्रचण्डलाई हैसियत सोध्दै गर्दा अस्तिमात्रै जिल्ला भ्रमणको बेला तपाईको हैसियत सोधेका जनतालाई जवाफ दिन नसकि फर्किनु परेको होइन तपाई ? अनि तपाईले अरुलाई हैसियत सोध्ने ? राजनीतिमा इमानको पनि अर्थ हुन्छ टोपबहादुर जी । असहमति भयो भन्दैमा मुख छोडेर बोल्नु राजनीतिक नैतिकताभित्र पर्दैन । प्रचण्ड नहुन्थे भने तपाई पनि हुनुहुन्थेन ।  

कमलपोखरीलाई कुरुप बनाएको भन्दै नागरिक आन्दोलनले भत्कायो कमलको कंक्रिट

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए। कमलपोखरीलाई सुन्दर बनाउन काठमाडौं महानगरपालिकाले पोखरीको बीचमा कंक्रिटको कमल फूल रोप्ने योजनासहित ढलान संरचना बनाएपछि माटोको टीका लगाएका अभियन्ताहरूले भत्काएर विरोध जनाएका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। ‘यो सरकार कति नालायक अनि भ्रष्ट छ भनेर आफैंले उदांगो गर्‍यो,’ अभियन्ता तथा लेखक नारायण वाग्लेले भने, ‘हामीले कालो माटो दलेर बालुवाटार मार्चपास गरेका थियौं। पानीको फोहोरा र लाठी खाँदै संघर्ष अगाडि बढाएका थियौं। सरकारसँग कथित विकासको सोच छ। जसलाई माटो चाहिन्न, सिमेन्ट चाहिन्छ। उनीहरूलाई पोखरी चाहिन्न, ढलान चाहिन्छ।’ उनले काठमाडौं माटोको भूमि भएको तर्क गरेका थिए। ‘काठमाडौं माटोको भूमि हो,’ उनले भने, ‘हाम्रो संविधानले माटो र मातृभाषाको सुरक्षा गर भन्छ। त्यसैले हामीले प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामाथिको भद्दा मजाकलाई गोलबद्ध भएर सम्बोधन गरेका छौं। यही क्रमले निरन्तरता पाइरहेको खण्डमा नागरिक थप बृहत् रूपमा आन्दोलित भएर संघर्ष भूमिमा उत्रिनेछन्।’ कमलपोखरीमा काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाएपछि पुरातŒव विभागले निर्माण गतिविधि रोक्न आदेश दिएको थियो। अभियन्ता गणपतिलाल श्रेष्ठले कमल फूल फुलाउने ठाउँमा कंक्रिट फूल निर्माण गर्नु गलत भएको तर्क गरेका थिए। ‘मेयर, हामी तपाईंलाई मन पराउँछौं,’ सभामा बोल्दै अभियन्ता सुसन वैद्यले भने, ‘हामीले महानगरलाई कमलपोखरीको विषयमा पटकपटक ध्यानाकर्षण गराइरहेका थियौं। सांकेतिक रूपमा विरोध गर्दा कंक्रिटका केही पनि संरचना बनेको छैन भनिएको थियो। तर महानगरका ठेकेदारले छापामार शैलीमा कंक्रिटको फूल बनाउने संरचना बनाए। यसको विरोधमा हामी उपस्थित भएका हौं। महानगरले यही रवैया दोहोर्‍याएर काठमाडौंका सम्पदा मास्ने क्रम जारी राख्यो भने हामी दोस्रो चरणको आन्दोलन सुरु गर्छौं। त्यो अहिले जस्तो शान्तिपूर्ण नहुन पनि सक्छ।’ उनीहरूले विरोधस्वरूप आइतबार काठमाडौं महानगरपालिका अगाडि धर्ना दिने भएका छन्। काठमाडौं महानगरपालिकाले सुरू गरेको कमलपोखरी सौन्दर्यकरण आयोजनाअन्तर्गत पोखरीका बीचमा कंक्रिटको कमल फुलाउने र त्यसबाट पानीको फोहोरा फाल्ने गरी पुनर्निर्माणको काम भइरहेको थियो। ३५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्रमा महानगरले कंक्रिटको संरचना बनाइरहेको थियो। खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट र बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना थियो। पोखरी सौन्दर्यकरणको जिम्मा जयधनञ्जय र कँडेल जेभीले पाएको थियो। महानगरले अनुमान गरेको लागतभन्दा कममा काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो। महानगरले ९ करोड ४६ लाख ९९ हजार रूपैयाँ लाग्ने अनुमान गरे पनि ६ करोड ३६ लाख ५८ हजार रूपैयाँमा ठेक्का पारेको थियो। गत असार १५ गतेसम्म सम्पन्न गर्ने समय तोकिए पनि महानगरले चैतसम्म म्याद थप गरेको थियो। शुक्रबार काठमाडौंको बालाजु बाइपासमा सडक विस्तारविरुद्ध पीडित र अभियन्ताहरूलाई गिरफ्तार गरेको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो। सरकारले फागुन १२ मा उनीहरू गिरफ्तार गरेर अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, विभिन्न खलःपुचः/मोर्चा अभियानको ठहर थियो। अभियन्ताहरूले वर्षोंदेखि संघर्षको सिलसिलामा सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको निहुँमा स्थानीय जग्गाधनी तथा पीडित मीन शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमन सायमी र विरोचन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बालाजुले गिरफ्तार गर्दै जथाभावी मुद्दा चलाउन लागेको उनीहरूको भनाइ थियो। नागरिक दैनिकबाट

५० हजार वर्षअघि आदिमानवबीच भएको सेक्स प्रमाण भेटियो

एजेन्सीः रुसको एउटा गुफामा धेरै वर्षअघिका मानिसका दुई अलग–अलग प्रजाति फेला परेको छ । करिब ५० हजार वर्षपछि वैज्ञानिकहरुको एउटा समूहले पत्ता लगाएको छ कि ती दुई नश्लबाट एक छोरीको जन्म भएको थियो । गुफामा फेला परेको हड्डीका टुक्राको डीएनएबाट ती दुई अलग–अलग प्रजातिका सन्तान रहेको खुल्न आएको हो । आमाचाहिँ निएन्डरथल प्रजातिकी थिइन् भने बुवा डेनिसोवन प्रजातिका थिए । उनीहरु समयसँगै लोप भए । छोरी ती दुई प्रजातिकी मिश्रण थिइन् । हराइसकेको निएन्डरथल प्रजाति आधुनिक मानवसँग सबैभन्दा नजिकको प्रजाति मानिन्छ । जब प्ररम्भिक चरणमा आधुनिक मनुष्य अफ्रीकाबाट युरोप पुग्यो, सोही समयदेखि आस–पास यो लोप भएको थियो । निएन्डरथल करिब ५० हजार वर्षअघि करिब पूरै यूरोप र एसियामा फैलिएका थिए । ‘नेचर’मा प्रकाशित यस खोजबाट आदि मानवको जिन्दगी कस्तो हुन्थ्यो भन्ने कुराको केही अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् । निएन्डरथल र डेनिसोवन अहिलेका मानिसजस्तै थिए । तर, फरक प्रजातिसँग सम्बन्ध राख्ने गर्थे । जर्मनीका म्याक्स प्ल्याङक इन्स्टीच्यूट फर इभोल्यूशनरी एन्थ्रोपोलोजीका शोधकर्ता डा. भिभिएन स्लोनले भने, ‘पहिलाको अध्ययनबाट हामीले यो जान्यौँ कि निएन्डरथल र डेनिसोवन कुनै बेला भेट भएका थिए र दुबैले बच्चा पनि पैदा गरे । तर, मैले कहिले सोचेको थिइन हामी यति भाग्यशाली हुन्छौँ कि यसको प्रमाण हामिलाई मिल्नेछ ।’ अहिले गैर–अफ्रीकी मानिसको डीएनएको केही हिस्सा निएन्डरथल प्रजातिसँग मेल खान्छ । त्यसो त, गैर–अफ्रीकी मानिसको डीएनए केही हदसम्म एसियाली मानिसको डेनिसोवन प्रजातिसँग पनि मिल्छ । कैयौँ पिढीँसम्म चलेको आपसी सम्बन्ध र डीएनएमा भएको परिवर्तनले यो कुरा स्पष्ट भएको छ कि विभिन्न नश्लले मिलेर बच्चा पैदा गरेका थिए । यद्यपि, यस तथ्यको सबूत मात्र साइबेरियाको अलताई पहाडबाट मिलेको छ । २० भन्दा कम भनिएको पुरातन मुनष्यहरुमा यसको प्रमाण मिलेको छ कि उनीहरु अलग–अलग नश्लका मिश्रण थिए । डा. स्लोनले भने, ‘यी प्रमाणहरुमध्ये निकै कममा दुई प्रजातिको हिस्सा बराबर पाइएको छ ।’ अन्य कतिपय अध्ययनले पनि मानव विकासको इतिहास मिश्रित नश्लबाट भएको देखाएका छन् । यी दुई प्रजाति ४० हजार वर्ष पहिलेसम्म आफ्नो अस्तित्वमा थिए । निएन्डरथल पश्चिममा रहन्थे भने डेनिसवोन पूर्वमा बस्थे । ‘निएन्डरथल जब पूर्व्तिर बढ्न थाले, डेनिसोवन र आजका शुरुवाती मान्छेसँग सम्पर्कमा आएका हुन सक्छन्,’संस्थानका निर्देशक स्वान्टे पाबो भन्छन्, ‘निएन्डरथल र डेनिसोवनलाई मिलनको धेरै मौका नमिलेको हुन सक्छ, तर मिलेपछि उनीहरुबीच कैयौँपटक सम्पर्क भएको हुनुपर्छ, हामी पहिले जति सोच्थ्यौँ, त्योभन्दा निकै बढी ।’ रुसका पुरातत्वविदहरुले कैयौँ वर्ष पहिले एक हड्डीको टुक्रा डेनिसोवाको पहाडमा पाएका थिए । ती टुक्राबाट नै दुई नश्लको सन्तान हुने कुरा पत्ता लागेको थियो ।

‘सामान्य ज्ञानको अध्ययनले करोडपति बनायो’

काठमाडौं, जेठ १ । विराटनगरका राजीव जैन स्कुल पढ्दादेखि नै हाजिरीजबाफमा भाग लिइरहन्थे । त्यहीँबाट सामान्य ज्ञान अध्ययनको जग बसालेका उनले ‘को बन्छ करोडपति?’ मा एक करोड रुपैयाँ जितेका छन्। उनले भने, ‘स्कुल पढ्दा हाजिरीजबाफ, वादविवाद, अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ। त्यही बानीले सामान्य ज्ञान अध्ययनमा आकर्षित भएँ। अहिले करोड रुपैयाँ जित्न सफल भएँ।’ एपीवान टेलिभिजनले ‘को बन्छ करोडपति?’ सुरु गरेपछि उनलाई करोडपति बन्न सक्छु भन्ने आँट पलायो । अन्तिम प्रश्नको उत्तर मिलेपछि आफू ‘शब्दविहीन’ भएको उनले बताए । उनले भने, ‘अगाडि महानायक राजेश हमाल हुनुहुन्थ्यो तर मैले केही देखिनँ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

राजनेताका लागि औपचारिक शिक्षा अपरिहार्य छ ?

मनोज भट्ट/ वाम गठबन्धनबीच प्रदेश नंम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको छ । प्रदेश नंम्बर ७ मा माओवादी केन्द्रले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा डोटी जिल्लाको प्रदेश ‘ख’ बाट विजयी त्रिलोचन भट्टको नाम केन्द्रमा सिफारिस गरेको कुरा सार्वजनिक भएको छ । तर यो लेख तयार पार्दासम्म त्रिलोचन भट्टलाई मुख्यमन्त्रीको रूपमा केन्द्रीय कार्यालयले अनुमोदन गरेको समाचार सार्वजनिक भएको छैन । माओवादी केन्द्रको केन्द्रीय निकायले कसलाई मुख्यमन्त्री बनाउने हो ? त्यो अहिले नै भन्न गाह्राे पर्दछ । कसलाई बनाउने वा नबनाउने ? त्यो माओवादीको क्षेत्राधिकारभित्रको प्रश्न हो । त्यसबारे टिका–टिप्पणी गर्नु मेरो वा म सम्बद्ध दलको अधिकार क्षेत्रभित्र पर्दैन र यो लेखको उद्देश्य पनि त्यो होइन । कुनै व्यक्तिलाई जाति, भूगोल, रङ वा कम औपचारिक शिक्षा प्राप्त गरेका कारण खिसीट्युरी गर्नु वा जनताको प्रतिनिधित्व गर्न वा सरकार सञ्चालन गर्न सक्दैन भनेर उपेक्षा वा अवमूल्यन गर्ने सोचाइ लोकतन्त्र विरोधी र हेपाहा प्रवृति बाहेक अरू केही होइन । त्रिलोचनलाई मुख्यमन्त्रीको उम्मेदवारको रूपमा प्रादेशिक पार्टीले सिफारिस गरी सकेपछि त्यसबारे राजनीतिक तथा सामाजिक तहमा उहाँको शैक्षिक योग्यता, विगतको पेशा र आर्थिक अवस्थाका बारेमा विभिन्न टिका–टिप्पणीहरु भई रहेका छन् । विभिन्न कोणवाट उठी रहेका टिका–टिप्पणीमध्ये उहाँको शैक्षिक योग्यताको प्रश्न जोडदार ढङ्गबाट उठी रहेको छ । गलत रूपमा त्यसबारे देखा परेका जुन सोचाइ र विचारहरु छन्, ती कति ठिक र बेठिक छन् ? त्यसबारे हामीले चर्चा र छलफल गर्ने छौँ । मनोज भट्ट प्रादेशिक निर्वाचनको सन्र्दभमा पनि त्रिलोचन भट्टको सम्बन्धमा त्यस प्रकारको नकारात्मक सोचाइहरु विपक्षी वा निकटतम प्रतिद्वन्द्वीबाट आउने गरेका थिए । एउटा चौकिदार सांसद भएर जनताको प्रतिनिधित्व गर्न सक्दैन, औपचारिक शिक्षा प्राप्त नगरेको व्यक्तिले वा कम शिक्षा पढेको व्यक्तिले मुख्यमन्त्री जस्तो पद सम्हाल्न वा त्यसलाई सक्षमतापूर्वक सञ्चालन गर्न सक्दैन, माओवादीले पढेलेखेका विद्धान वा योग्यता भएका व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा सिफारिस गर्नु पर्दथ्यो, यो सिफारिसलाई ठिक मान्न सकिन्न—यस कोणवाट अनौपचारिक छलफल, कुराकानी र टिका–टिप्पणीहरु चली रहेका छन् । त्यस प्रकारको सोचाइलाई सही मान्न सकिन्न । महान् साहित्यकार म्याक्सिम गोर्किले कहिल्यै पनि विद्यालय जान पाएनन् । उनले वाल्यावस्थादेखि नै मजदुरी गर्नु परेको थियो । अर्काका जुठा भाँडा माझ्नु परेको थियो । तर निरन्तरको साधनाले उनलाई संसारकै प्रगतिवादी फाँटका महान् साहित्यकार बनायो । त्यो अत्यन्त पिछडिएको र सामन्ती सोचाइ हो । त्यो सत्ता सञ्चालन र जनताको प्रतिनिधित्व गरिब, मजदुर, कम पढेलेखेका वा औपचारिक शिक्षा प्राप्त नगरेका व्यक्तिहरुले होइन, हुनेखाने ठुलाठालु जमिन्दार वर्गले मात्र गर्नु पर्दछ भन्ने सामन्ती सोचाइको परिचायक हो । अहिले वुर्जुवा प्रजातन्त्र जुन रूपमा देखा परेको छ, यो अवस्थासम्म आई पुग्न सयकडौँ वर्ष लागेको छ । प्रजातन्त्रका प्रारम्भिक दिनहरुमा निश्चित भू स्वामित्व र सम्पत्ति भएका व्यक्तिहरुले मात्र मत दिन पाउने, जनताको नामबाट प्रतिनिधि हुन पाउने, राज्य सञ्चालनमा सहभागी हुन पाउने व्यवस्था रहेको हामी पाउँछौँ अर्थात् धन–सम्पत्तिका मालिक, जग्गाजमिनका मालिक र जमिन्दारहरुलाई मात्र त्यो अधिकार थियो, सर्वसाधारणलाई थिएन । त्यसका विरुद्धको सङ्घर्षले यो परिणाम दियो कि महिला बाहेक सबैलाई त्यो अधिकार प्राप्त भयो । महिलालाई मताधिकारवाट वञ्चित गरी दोस्रो दर्जाको नागरिक बनाउने राज्यको नीतिका विरुद्ध पनि सङ्घर्ष चल्यो । अन्ततः महिला र पुरुष दुई वटैलाई केही मुलुक बाहेक सबै ठाउँमा मताधिकार प्राप्त भएको छ । आजभन्दा झण्डै ३०÷३५ वर्ष अगाडिसम्म अफ्रिकाका कतिपय मुलुकहरुमा काला जातिलाई प्रजातान्त्रिक हक–अधिकारबाट वञ्चित गरिएको थियो । रङ्गभेद विरोधी आन्दोलनले काला जातिको प्रजातान्त्रिक हक–अधिकारलाई सुनिश्चित ग¥यो । काला भएकै कारणले गर्दा प्रजातान्त्रिक हक–अधिकारबाट वञ्चित हुनु पर्ने स्थितिको अन्त्य भयो । नेपालको सन्दर्भमा बहुलवादी विचारमाथि प्रजातन्त्रलाई खडा गरिएको छ । बहुलवादको अर्थ हुन्छ– सबैलाई समावेश गरेर शासन सञ्चालन गर्नु । उनको विचारमा राष्ट्रिपतिको उम्मेदवार हुनका लागि पिएचडी गरेको हुनु पर्ने, प्रधानमन्त्री हुन चाहने व्यक्तिले डबल डिग्री गरेको हुनु पर्ने, मन्त्री हुन डिग्री हुनु पर्ने र सांसदको उम्मेदवार हुन स्नातक हुनु पर्ने मापदण्ड बनाएका थिए । यस प्रकारको गुणतन्त्रले वास्तवमा जनताको जनमतको प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले गर्दा नेपालको संविधानले प्रजातन्त्रलाई समावेशी बनाउने संवैधानिक व्यवस्थाहरु कायम गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश तथा केन्द्रीय संसदमा महिला, मदेशी, दलित, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक समुदाय तथा राष्ट्रिय सभातर्फ अनिवार्य रूपमा निश्चित प्रतिशत महिला र अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने प्रावधान छ । त्यस अनुसार उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ अर्थात् नेपालमा महिला, जनजाति बाहेक पनि अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई समेत चुन्न र चुनिन पाउने अधिकारको संवैधानिक ग्यारेन्टी छ । वुर्जुवा प्रजातन्त्रलाई यस रूपमा आई पुग्न लामो सङ्घर्षबाट गुज्रिनु परेको छ, तैपनि वुर्जुवा प्रजातन्त्रको जनविरोधी चरित्रमा कुनै अन्तर आएको छैन् । तसर्थ यो एउटा प्रतिक्रियावादी राजनीतिक व्यवस्था भए पनि कानुनी रूपमा चुन्न र चुनिन पाउने, जनताको मतबाट राज्य सञ्चालन गर्न पाउने सबै पक्षलाई त्यो अधिकार छ । यो स्थितिमा कोही व्यक्तिले औपचारिक शिक्षा प्राप्त नगरेका कारण वा मजदुर, गरिब भएका कारण ऊ अयोग्य हुन्छ भन्न सोचाइले यसै वुर्जुवा राजनीतिक व्यवस्थाको पनि मूल्य–मान्यता नबुझेको ठहरिन्छ । पढेलेखेको वा औपचारिक डिग्री प्राप्त व्यक्तिले मात्र चुनावमा उठ्न पाउने र सरकार सञ्चालनमा सहभागी हुन पाउने, अरूले नपाउने व्यवस्था संसारको कुनै पनि मुलुकमा छैन । त्यस प्रकारको व्यवस्थालाई लोकतन्त्र होइन, गुणतन्त्र भनिन्छ । ओशो रजनिश राजनीतिप्रति अत्यन्तै घृणा भाव राख्ने दार्शनिकमध्येका एक हुन् । उनले गुणतन्त्रमाथि जोड दिएको पाइन्छ । उनको विचारमा राष्ट्रिपतिको उम्मेदवार हुनका लागि पिएचडी गरेको हुनु पर्ने, प्रधानमन्त्री हुन चाहने व्यक्तिले डबल डिग्री गरेको हुनु पर्ने, मन्त्री हुन डिग्री हुनु पर्ने र सांसदको उम्मेदवार हुन स्नातक हुनु पर्ने मापदण्ड बनाएका थिए । यस प्रकारको गुणतन्त्रले वास्तवमा जनताको जनमतको प्रतिनिधित्व गर्न सक्दैन । सर्वहारा मजदुर, किसान र गरिबहरुको वास्तविक लोकतन्त्र कम्युनिस्ट शासनभित्र मात्र हुन्छ । लेनिन नेतृत्वको रुसी कम्युनिस्ट पार्टीको इतिहास हेर्ने हो भने त्यसका कुल सदस्यहरुको ९७ प्रतिशत सदस्यहरु मजदुर वर्गबाट भर्ना भएको देखिन्छ । ती मजदुर वर्गबाट आएका कम्युनिस्ट पार्टीका सदस्यहरुले स्वअध्यनबाट गहिरो बौद्विकता आर्जन गरेका थिए । त्यही पार्टीले विश्व साम्राज्यवादबाट आक्रमणको केन्द्र बनाइएको समाजवादी व्यवस्थालाई अत्यन्त व्यवस्थित ढङ्गबाट सञ्चालन ग¥यो । रुसमा विकास र समृद्धिको नयाँ इतिहास कायम ग¥यो । माओले सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिमा पढेलेखेका, डिग्री प्राप्त व्यक्तिहरुलाई किसानको खेत र मजदुरको कारखानामा श्रम गर्न पठाए भने मजदुरहरुलाई बौद्धिक कार्य र सत्ता सञ्चालनमा सहभागी गराए । उनले श्रम तथा बौद्धिकताबीचको अन्तरविरोधलाई क्रमिक रूपले घटाउँदै लगेर उन्मूलन गर्ने लक्ष्य राखेका थिए । आज हामीले देख्छौँ, संसारका कैयौँ लब्ध–प्रतिष्ठित व्यक्तिहरु साहित्यकार, राजनेता, वैज्ञानिक, दार्शनिक, कलाकार लगायतले विद्यालयको औपचारिक शिक्षा प्राप्त गर्न नसके पनि महान् साहित्यकार, वैज्ञानिक, दार्शनिक र राजनेताको रूपमा स्थापित भएका कैयौँ उदाहरणहरु छन् । महान् साहित्यकार म्याक्सिम गोर्किले कहिल्यै पनि विद्यालय जान पाएनन् । उनले वाल्यावस्थादेखि नै मजदुरी गर्नु परेको थियो । अर्काका जुठा भाँडा माझ्नु परेको थियो । तर निरन्तरको साधनाले उनलाई संसारकै प्रगतिवादी फाँटका महान् साहित्यकार बनायो । उनी रुसी समाजवादी राज्यको महत्वपूर्ण पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी बहन गरे । भियतनामका महान् क्रान्ति नायक र क्रान्ति पश्चात्् भियतनामका राष्ट्रपति होचि मिन्ह मजदुर फाँटबाट आएका र औपचारिक शिक्षा प्राप्त नगरेका व्यक्तिभित्र पर्दछन् । उनले कुशलतापूर्वक भियतनामी जनताको क्रान्तिका साथै क्रान्ति पश्चात् स्थापना भएको समाजवादी व्यवस्थाको समेत नेतृत्व गरे । औपचारिक शिक्षा प्राप्त नगरेकै कारण उनको योग्यतामा कुनै कमी वा अभाव देखिएन । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीका संस्थापक तथा नेता पुष्पलाल पनि कम औपचारिक शिक्षा प्राप्त गर्ने नेता हुन् । गणेश मान सिंहकै कुरा गर्ने हो भने उनले जम्मा म्याट्रिक मात्र उत्तिर्ण गरेका थिए । त्यस बेला म्याट्रिक चार कक्षा उत्तिर्णलाई मानिन्थ्यो । गिरिजा प्रसाद कोइराला कम लेखेपढेकै कारण स्वयं काङ्ग्रेसी वृत्तमा पनि उनलाई हवलदार भनेर खिसीट्युरी गरिन्थ्यो । आखिर उनले कैयौँ पटक सरकार र पार्टीको नेतृत्व सम्हाले । कैयौँ कमी–कमजोरीका बाबजुद पनि देशको प्रजातान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा उनले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका थिए । नेपालको भावी प्रधानमन्त्रीको लाइनमा रहेका केपी शर्मा ओलीको पनि औपचारिक शिक्षा सामान्य प्रकारको नै हो । तर उहाँले विगत लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् भने नौ महिना सरकारको नेतृत्व समेत कुशलतापूर्वक सञ्चालन गरेका थिए । भारत संसारकै धेरै जनसङ्ख्या भएको र ठुलो भुगोल भएको मुलुकहरुमध्ये एउटा हो । त्यहाँको प्रधानमन्त्री मोदीले गुजरात विश्व विद्यालयबाट डिग्रीको मानपदवी प्राप्त गरेका छन् । यस प्रकारको मानपदवी जोसुकै राजनीतिक व्यक्तिलाई दिने संसारभरि प्रचलन पाइन्छ । नेपालको सन्दर्भमा कृष्ण प्रसाद भट्टराईलाई बनारस हिन्दू विश्व विद्यालयबाट डाक्टरको मानपदवी प्राप्त भए जस्तै हो । त्यति विशाल मुलुक भारतको प्रधानमन्त्रीले स्नातक तह तेस्रो श्रेणीमा उत्तिर्ण गरेका छन् । त्यस कारण कुनै व्यक्तिलाई जाति, भूगोल, रङ वा कम औपचारिक शिक्षा प्राप्त गरेका कारण खिसीट्युरी गर्नु वा जनताको प्रतिनिधित्व गर्न वा सरकार सञ्चालन गर्न सक्दैन भनेर उपेक्षा वा अवमूल्यन गर्ने सोचाइ लोकतन्त्र विरोधी र हेपाहा प्रवृति बाहेक अरू केही होइन ।

कहिलेदेखि मानिसले मकैलाई अाफ्नो अाहारा बनाए ?

मकै नेपालीहरुको रोजाईकै आहराअन्तर्गत पर्दछ । खासगरी भुटेर फुल उठेको मकै सजिलै बजारमा किन्न पाइन्छ । मकै स्वास्थ्यका दृष्ट्रिकोणले पनि निकै स्वस्थवद्धर्क मानिन्छ । मकै खान मानिसले कहिलेदेखि शुरु गरे होलान् त ? यो विषयमा निकै रोचक कुरा बाहिर आएको छ । नयाँ शोधका अनुसार उत्तरी पेरुमा भने झण्डै १ हजार वर्ष अगाडी पर्पकर्न अर्थात मकै भुटेर खाने गरेको तथ्य भेटिएको छ । शोधकर्ताहरुले पेरुमा मकैको फूला भएको दाना भेट्टाएपछि हजारौं वर्षअअि देखि त्याहाँका मानिसहरुले मकै भुटेर खाने गर्दथे भन्ने तथ्य बाहिर आएकोछ । तर अमेरीकाको वासिङटनको प्राकृतिक इतिहास संग्रालयमा राखिएको मकैको फूला उठेको दानामध्ये सबैभन्दा पुरानो दाना ६ हजार ७ सय वर्ष अगाडीको छ । यसबाट के पुष्टि हुन्छ भने मानिसहरुले आफ्नो आहरमा मकैलाई हजारौ वर्षदलेखि सामेल गर्दै आइरहेका छन् । पौष्टिक तत्वले भरिपूर्ण मकैका विभिन्न परिकारहरु अहिले विश्वमा प्रचलित भएपनि मकैलाई शुरुमा घाँसका रुपमा मात्र प्रयोग गरिने गरको शोधकर्ताहरुको भनाई छ । स्मिथसोनियन म्यूजियम अफ नेचुरल हिस्ट्रीको न्यू वल्र्ड अर्कोलोजी विभागका निरीक्षक डोलोर्स पिपर्नाका अनुसार मेक्सिकोमा ९ हजार वर्ष पहिले मकै घाँसका लागि रोपिएको थियो । उनले शोध रिपोर्टलाई आधार मान्दै भनेका छन् की साउथ अमेरीकामा मकै भित्त्रिनु १ हजार वर्ष पहिला महाद्धिपको अन्य क्षेत्रमा विभिन्न रुपमा भेटिएको थियो । शोधकर्ताहरुको टीमले मर्कै बालीको अवशेष पारेदोन्स तथा हुआका प्रीटा नाम को प्राचिन स्थलमा भेट्टाएका थिए । उनीहरुका अनुसार त्यतिबेला मकै मानिसको आहार भन्दा पनि वस्तुभाउको लागि घाँसका रुपमा लगाउने गरिन्थ्यो । बीबीसी  

कामदारको न्युनतम तलब तोक्न कतार तयार

कतार, कात्तिक १० । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो । ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ । यो निर्णयलाई यथासक्य छिटो कार्यान्वयन गर्ने हामीलाई जानकारी दिइएको छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘यो निर्णय कार्यान्वयनमा आउन साथ नेपाली कामदारले प्रमुख रुपमा भोग्दै आएको दोहोरा करारपत्र बोकाउने समस्या हट्नेछ ।’ कतारले रोजगारदाता र कामदारबीच सहमति भएको तलबलाई मात्रै कार्यान्वयन गर्दा नेपालले निर्धारण गरेको न्युनतम तलब लागु भएको छैन ।   पछिल्लो पटक नेपालले ६ वर्ष अघि सामान्य कामदारको न्युनतम तलब खानासहित १२ सय रियाल (झन्डै ३६ हजार रुपैयाँ) निर्धारण गरेको थियो ।   तर वैदेशिक रोजगार व्यवसायीसँगको मिलोमतोमा कतारका कम्पनीहरुले १२ सय रियाल दिने सर्तमा श्रम स्वीकृति गराउने र कतारमा पुगेपछि ७ सय वा ८ सय रियाल दिने गरेका छन । नेपालले तोकेको न्युनतम लागु नभएपछि सरकारले बजारभाउ उच्च हुँदा पनि नयाँ तलब तोकेको थिएन । राजदूत कोइरालाका अनुसार कामदारले तलब पाउने अवस्था सुनिश्चित गर्न कतारले ‘कामदारलाई सहयोग र बिमा कोष’ स्थापना गर्ने घोषणा गरेको छ । रोजगारदाताबाट तलब नपाएमा त्यस कोषबाट कामदारलाई तलब उपलब्ध गराउने श्रम मन्त्रालयले जनाएको छ । ‘तलब नपाउने कामदारहरु त्यतिकै स्वदेश फर्किनुपर्ने अवस्था छ । यो कोषबाट पीडितलाई तलब दिने अवस्था आए कामदारलाई ठुलो राहत हुनेछ,’ उनले भने । कतारी श्रम मन्त्री इशा अलनुएमीका अनुसार कोषबाट बाँकी बक्यौता तलब भुक्तानी हुनेछ ।   कामदारको हितको पक्षमा कतारलाई निरन्तर दबाब दिंदै आएको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी)ले कतारको यो घोषणा एउटा क्रमभंगता भएको टिप्पणी गरेको छ । ‘कतारी सरकारको पछिल्लो छलफल र प्रतिबद्धताहरुले औद्योगिक वातावरणलाई सामान्य बनाउन र कामदारको अधिकार प्रत्याभुति गर्न सहयोग गर्छ,’ आईटियुसीका महासचिव शरन बुरोले भनिन् । आइटियुसीले कतारले यसलाई जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

जेष्ठताको चिता जलेपछि…

ठ्याक्कै तिथिमिति नमिलेपनि नेपालमा बिक्रम सम्बत् २०४८ मा अाम निर्वाचन भएर नयाँ सरकार गठनपछि हरेक प्रणालीमा जेष्ठता अन्त्य भयो । सिकारु नेताहरूले प्रजातन्त्रको नाममा गलत शक्तिको प्रयोग गरे । त्यसपछिका हरेक तह र तप्कामा बहुमतको आधारमा बाँडफाँड हुनथाल्यो । फलानो र ढिस्कानाको नामको कोटा भनेरै इङ्गित गर्नथाले । दलहरूपनि यहीकुरामा गर्व गर्नथाले । फलस्वरुप आज जेष्ठता र वरिष्ठ कार्यसम्पादन मूल्याङ्कनलाई हरेक तहले दुरुपयोग गर्नपुगे । परिणाम गलत नजिरहरू स्थापित हुनथाले । अहिले पछिल्लो चरणमा धेरै क्षेत्रमा हस्तक्षेप बढेको छ । लेखक:रुद्रप्रसाद भट्टराई आज विश्वविद्यालय हेर्नुस् फलानोको उपकुलपति, ढिस्कानोको शिक्षाध्यक्ष र मसिनेको रजिष्टार । निजामती उस्तै । सेनामा हेर्नुस् त्यो दलको मुख्य मान्छे, बनाउन लिँडेढिप्पी ! व्यापारीमा हेर्नुस नेतामा हाम्रै मान्छे ल्याउनुपर्छ रे, फलानो कार्यालयमा भनेकै मान्छे नियुक्त गर्नुपर्ने रे ! भर्खरैको प्रहरी महानिरिक्षकको सकस पनि हेर्नुस् न—बाझाबाझमा टुँगिएको छ । तपाइँको आफ्नो मान्छे छैनन् भने तपाइँको काम बन्नेवाला छैन तसर्थ तपाइँ हामीपनि आफ्नै तरिकाले अभ्यासरत छौँ, हैँसेमा हैँठे गरिरहेकै छौँ । भागको पछाडी लागेका छौँ र लोकतन्त्रको खिल्लिमात्र हैन खरानी धसिरहेका छौँ । यहि अनियमिततालाई सहयोग पुर्याउन लोकतन्त्र र संघीयता ल्याइएको हो भने हाम्रो रोजाइ र सन्देश गलत छ । हरेक प्रणालीलाई जेष्ठताको आधारमा लैजानुपर्नेमा पहुँचताको आधारमा मान्छे चयन गर्दैजाँदा समाज बहुलाएको छ । राजनीतिक व्यवस्थाबाट दिक्क मान्न थालेका छन् सर्बसाधारण । राजनीतिको कुरा गर्न मान्दैनन् आजकल, नेतालाई भित्रभित्र थुक्न थालेका छन् । प्रणाली बिगारेर लोकतन्त्रको रक्षा हैन बेग्र्याल्ती बेथिति जन्माएका छन् । थोरै महशुष गरेपनि दक्षता र अब्बलताको खिल्ली उडाउँदै केहीतन्त्रको कोठरीमा ध्यान गर्न व्यस्त छन् । यसको दुष्परिणाम अहिले हामीले भोगिरहेका छौँ, यस्तै अवस्था झाँगिदै जाने हो भने नेपालमा छिट्टै अर्को व्यवस्था आउने आँकलन सहजै गर्न सकिन्छ । निजी त प्रा.लि. हुने नै भए सरकारीपनि प्रा.लि. अन्तर्गत दर्ता हो कि जस्तो भएको छ । मानौँ मनलागी चल्छ ! राजनीतिक नियुक्ति प्रजातन्त्रमा सामान्य सिद्धान्त अन्तर्गत नै परेपनि हचुवाको तालमा जेष्ठता मिच्दै तल्लो तहको व्यक्ति हेडसर बन्ने गलत परम्पराले आन्तरिक र बाह्य रुपमा गलत सन्देश दिएको छ । धन्न मान्नुपर्छ त्यहिँभित्र विद्रोह हुँदै संगठन ढलेको छैन । यदी यस्तै अवस्था हो भने बुझे हुन्छ त्यो दिनपनि त्यति टाढा छैन । त्यहि भएर हुनसक्छ बजारमा हल्ला चल्न थालेको छ ‘थर्डले मुलुक चलाउने फस्ट खाडीमा जाने’ । यसै बिकारले न विकास भयो न हुन्छ न हुनेवाला नै छ । जनता आशा गर्ने तर नेता समस्या खडा गर्ने । यो बीचको बेमेलताले आज जेष्ठताको क्रमभंगतालाई जनताले पलपलमा सम्झेका छन् । नेतृत्वमा पुग्ने छोटो आशाले समग्र नेतृत्वशैलीमा हुनुपर्ने गुणहरू मेटिँदै गएको छ । सो प्राप्तिको लागि बिक्नेदेखि बिकाउने परम्परा बन्दो छ । विधि छाडेर खाने बिकृति बढ्दो छ । यहि अनियमितता हेर्ने जिम्मेवार सँस्थालाई मरणको अवस्थामा यीनै दलालीले पुर्याएका छन् । अहिले त लाग्छ मुलुक दलालले चलाएको छ । सक्नेले खाने नसक्ने मर्ने कुविद्यानका कारण देश झनै कतिवर्ष पछि धकेलिने हो आँकलन भन्दा बाहिर छ । खान पाइन्जेल ठिक अनि खान नपाएपछि डुक्रिने शैलीले देश कता जाँदैछ ? चिन्ता झनै बढ्दो छ । लोकमान महाअभियोग र ओली राष्ट्रवादले केही अघिसम्म तताएको नेपाली राजनीतिक माहौल पछिल्ला दिनमा फरक शिर्षकमा सरेका छन् । संविधान संशोधन, स्थानीय निर्वाचन, एमालेको अडान, स्ववियु निर्वाचन, आइजिपीको नियुक्ति र सरकार परिवर्तन अहिले छिप्पीएका राजनीतिक मुद्धाहरू हुन् । केन्द्रीय बृत्तमा त चर्चा हुने नै भयो, चोक तथा सार्वजनिक स्थलहरूमा यहि विषयमा बहस हुने गरेका छन् । आखिर स्थानीय निर्वाचन संविधान संशोधन बेगर सम्भव छ त ! सरकार परिवर्तन भएरैमात्र यावत समस्याहरूको समाधान निस्कन्छ त ! समाधान के त ? आदि प्रश्नहरू धरातलमा आउने नै भए । झनै आइजिपीको खेल त चिया पसलमै ‘लु बधाई छ मित्र तपाइँको मान्छे हुँदैछ’ भन्न थालेका छन् । यो पाराले मुलुक चल्नु अनि चलाउनु, जनता मुकदर्शक बन्नु, पीडा होइन धन्न बाँचेको भन्नुपर्छ । लाज लाग्छ, चर्चा जति गर्यो त्यति गन्हाउने भएको छ । जेष्ठताको चिता खरानी पारेर त्यहि खरानी धसेर राज्य सञ्चालनमा अहम भूमिका निभाएको भन्न छाडेका छैनन् । लाज यसकारण मान जनार्दन शर्मा र कुलमानलाई मात्रै हेर, उदाहरण खोज्न टाढा भौतारिनु पर्दैन । सस्तो चिजले पखला चलाएपनि किन्नैपर्ने वाध्यतालाई रोक्नुको साटो दक्षता र क्षमतालाई पाखा लगाएर प्रणाली बिगार्ने खेललाई अब बन्द गर्नुपर्ने होइन र ? अब्बल व्यक्तिको चयनले विकासको मुल फुटाउँदा राजनीति सक्कीने गलत सोचका कारण अस्तव्यस्तता रुचाइएको हो भने अब जनताले मान्छे चिन्न ढिला गर्नुहुँदैन । विधि र विद्यानलाई कुल्चिएर गरिएका निर्णयहरू अबपनि सच्याउन नसक्ने हो भने भोली भन्ने शब्द शब्दकोषबाट झिकिदिए हुन्छ, किनकी भोली कहिल्यै आउँदैन रे ! जेष्ठता र प्रणालीको चिता जलाएर आगो ताप्ने खेल तुरुन्त बन्द नगरे नरोपेको विउले उत्पादन नदिएजस्तै सृजनशिलता, दक्षता र अनुभव हराएर एकादेशको कथा हुन्छ । सरकार फेरिरहन्छ तर व्यवस्था जर्जर बन्दै जान्छ । सबैँमा जाँगर हटेर जान्छ र वितृष्णाले बास गर्छ । कम्तीमा यावत कुराहरूले भ्रष्टाचार र बेथिति जन्माउँदै गएको महशुस गरी कठोर विधिमा एकमत हुन सक्यौँ भनेमात्र देश बच्छ अनि हामी । तसर्थ सम्मुनत् नेपाल र नेपालीको भविश्यनिर्माणमा जेष्ठता र अनुभवलाई तिलान्जली नदिउँ, जसले प्रणाली नै ध्वस्त बनाउँदैँछ ।

रुपन्देहीमा पनि रवि लामिछानेविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो। रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले यसअघि २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ । सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै अदालतमा मुद्दा लगेको हो । शुक्रबार नै मुद्दा लैजाने तयारी गरिए पनि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि सरकारी वकिल कार्यालयले आइतबार १४ जनाविरुद्ध पूरक मुद्दा दर्ता गराएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जीबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्रै कसुर लगाई २०८१ वैशाख ३ मा सुरु मुद्दा दर्ता गरेको थियो। प्रहरीले थप १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको थियो । यसअघि रवि जिल्ला अदालत कास्कीमा ६५ लाख र जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् । उता कास्कीमा ८८ लाख धरौटी तिरेर छुटेका छविलालको भने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चल्दैछ ।

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल

काठमाडौं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखसहित शीर्ष नेताहरुसँग छलफल गरिरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी भएको स्रोतले जानकारी दियो । साथै बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्। सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो। संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन् ।जसलाई संसद्का सिनियर कर्मचारीले पनि समर्थन गरेका छन् ।

बस र पिक अप ठोकिँदा १ को मृत्यु ८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस  पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट  सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए । ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए ।