लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन
झापा । अर्थमन्त्री डा.प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए ।
उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । “राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।”
उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिट्टा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएका थिए ।
निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।
नेपाल vs मरिसस: पहिलो हाफसम्म गोलरहित बराबरी
काठमाडौं, १५ । नेपाल र मरिससबीच अहिले भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भइरहेको हो । खेलको शुरुदेखि नै नेपालमाथि आक्रामक दबाब राख्न सफल मौरिससका खेलाडीले गोल भने गर्न सकेनन् । नेपाललाई समेत गोल गर्ने केही मौका पाइएको भएपनि नेपालले समेत गोल गर्न नसक्दा पहिलो हाफसम्म कुनै टीमले गोल गर्न सकेनन् । नेपलाका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको दुई प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा मोरिससले एउटा राम्रो ‘मुभ’ बनाएको थियो । तर, एड्रिइन फ्रोन्कोइसको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । दर्शक बढेसँगै कोरोनाबाट सुरक्षा मापदण्ड भने पालना गरिएको छैन । नेपालको टिम गोलकिपर : किरण चेम्जोङ (कप्तान) रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजवंशी, देवेन्द्र तामाङ र गौतम श्रेष्ठ मिडफिल्ड : सुरजज्यु ठकुरी, सुमन लामा र तेज तामाङ फरवार्ड : अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बल । वैकल्पिक खेलाडी : सुदीप गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, आशिष लामा, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढागमर, क्रितिशरन्त छुन्जु र जगजित श्रेष्ठ ।
चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं
काठमाडौंः कोरोना महामारी (कोभिड-१९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला । कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा।मेलिना अमात्य भन्नुहुन्छ, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पुर्याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो । उनका अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ । डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थप्नुभयो, हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ । उनले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि प्रष्ट पारे । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न डा.अमात्यले सुझाव दिए। कोभिडको डरले अत्याधिक मात्रामा सेनिटाइजर प्रयोग गरेर विभिन्न एलर्जी भएर आफू कहाँ विरामी आएको सम्झदै भने, हाम्रो शरीरमा हानी गर्ने र फाइदा गर्ने दुबै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, धेरै सेनिटाइजर दल्नाले शरीरलाई फाइदा गर्ने ब्याक्टेरिया पनि मर्न सक्छ । हातमा देखिने फोहोर वा चिल्लो छ भने सेनिटाइजर प्रयोग गर्नु हुँदैन डा. आमात्यले शौचालय गएपछि सेनिटाइजरभन्दा साबुन पानी नै प्रयोग गर्नुपर्ने बताए । ह्यान्ड सेनिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो अर्का छाला रोग विशेषज्ञ धर्मेन्द कर्णले भने, स्वास्थ्य संस्थामा अल्कोहल युक्त सेनिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ । औषधि व्यवस्था विभागका अनुसार सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलमा इथेन वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ । अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सक्ने संभावनाको ख्याल राख्नुपर्ने डा.कर्णको भनाइ छ । उनले सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड सेनिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस, एचआइभी तथा कोरोना भाइरस लाई पनि नष्ट गर्ने जानकारी दिए । उनले अल्कोहलयुक्त सेनिटाइजरले ३० सेकेन्डभित्र ९९.९ प्रतिशत तथा १ मिनेटभित्र ९९.९९ प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्ने प्रष्ट पार्दै कीटनाशक लगायत विभिन्न रसायनहरु विरुद्ध ह्यान्ड सेनिटाइजर प्रभावकारी नहुने पनि बताए । सेनिटाइजरको सही तरिकाले प्रयोग गर्नु फाइदाजनक हुने भए पनि सही तरिकाले प्रयोग नगरेमा शतप्रतिशत प्रभावकारी हुँदैन ।सेनिटाइजरको प्रयोग गर्दा सही मात्रा, अवस्था, गुणस्तरीयता तथा विधि पालना गर्नुपर्नेबारे समुदायमा सचेतना जगाउन आवश्यक हुन्छ डा।कर्णले बताउनुभयो अन्यथा प्रभावकारी नभई क्षति हुन सक्छ ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा दुई प्रमुखबीच हस्ताक्षर
काठमाडौं, चैत ३ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउनेछ भन्ने विस्वास प्रकट गरे । बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईईएलटिएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९,५०० रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेशन सम्पन्न
युएई,माघ १८।स्याङ्गजा जिल्लाको गल्याङ्ग नगरपालिकावासीहरुको समाज गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । समाजका तदर्थ समितिका विष्णु गैरेको स्वागत मन्तव्यबाट शुरु भएकोे उक्त कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक उपाध्यक्ष एकेन्द्र थापाको प्रमुख अतिथ्यता रहेका थिए । कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष खगेन्द्र गैरे विशेष अतिथि रहेका थिए भने स्याङ्गजा जिल्लाका अध्य गाउपालिका नगरपालिका स्तरिय संस्था प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । युएईको बरदुबईमा रहेको लुम्बिनि गेष्ट हाउसमा आयोजना गरिएको प्रथम अधिवेशनले पिताम्बर अर्यालको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजु वस्याल र गोपाल भट्टराई रहेका छन । त्यसैगरी महासचिवमा कल्पित भण्डारी, सचिव तुल्सीराम भुषाल, कोषध्यक्ष रेशमराज खनाल, सहकोषाध्यक्ष प्रकृति रेग्मी निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा क्रमशः विष्णु गैरे, मुक्ति भट्टराई, जमुना चापागाई, विष्णु भण्डारी, विकास कर्मचार्य, राजु अधिकारी, टिका भण्डारी र प्रदिप चापागाई रहेका छन । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक लक्ष्मण खनाल र समिति सचिव ओमकार पोखरेलले खादा तथा ओहोदाको प्रमाणपत्र प्रदान गरि वधाई तथा शुभकामना दिएका थिए ।
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
काठमाडौं । विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पार्दै सम्मेलन सफल हुनेमा आफु विश्वस्त रहेको बताइन् । अध्यक्ष खानामले सम्मेलन समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका पक्षमा महत्वपूर्ण रहने समेत जानकारी दिइन् । पत्रकार सम्मेलनमा महासंघका महासचिव अमिया कुमार मोहन्तीले विश्वभरका शिक्षकहरु नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए । भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने समेत उनको भनाई थियो । नेपालको तर्फबाट महासंघमा आवद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारले विश्वमा नवउदारवादीहरुले शिक्षा, शिक्षक र ट्रेड युनियनमा हमला गर्दै निजीकरण स्थापित गर्न खोजिरहेको अवस्थामा विश्व शिक्षक महासंघले त्यस हमलाको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले शिक्षकहरुसँग विभिन्न सहमति गर्ने तर सहमतिको मसी सुक्न नपाउँदै त्यसलाई तोड्ने गरेको तितो यथार्थ बीच महासंघको अन्तर्रा्ष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको पुजीवादी हमलाहरुको न्युनिकरणका सम्बन्धमा विशेष निर्णय गर्ने अधिकारीले स्पष्ट पारे । सम्मेलनमा सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकहरु बीच एकता र भाइचारा सम्बन्ध निर्माण, समावेशी शिक्षा, शिक्षकहरुको अधिकार र कर्तव्यको बोध गराउनका साथै, विभिन्न देशका शैक्षिक सीप र ज्ञान बाड्ने काम हुने महासंघका सचिव डा. एमडी जहानगीरले जानकारी दिए । विश्व शिक्षक महासंघको १८ अन्तर्राष्ट्रिय सम्मेलन बंगलादेशमा भएको थियो । १९ औं सम्मेलनले चारवर्षका लागि नयाँ नेतृत्वसँगै आगामी कार्यायोजना तय गर्ने महासंघले जनाएको छ । महासंघमा रसिया, चीन, क्युवा, भियनताम, भारत, श्रीलंका, बंगलादेश, नेपाल, उत्तर कोरिया, भेनेजोयला, पेरु, रोमानिया, इटाली, फ्रान्स लगायतका १५० बढी देशका १ करोड बढी शिक्षकहरु आवद्ध रहेका जनाइएको छ । महासंघमा नेपालका एकीकृत अखिल नेपाल शिक्षक संगठन, माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल (हिस्टान), अखिन नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ आवद्ध रहेका छन् । महासंघको टोली सम्मेलन तयारीका लागि एकहप्ता नेपाल बसेर आज फर्किएका छन् । यसबीच उनीहरुले बिहीवार शिक्षामन्त्री गिरिराजमणी पोखरेल र शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । महासंघमा विश्वभरका समाजवादी विचारका शिक्षकहरु आवद्ध रहेका छन् । महासंघले समाजवादी शिक्षाको माग गर्दै आएको छ ।
हत्या आरोपमा तीन वर्षदेखि साउदी जेलमा
काठमाडाैं ,साउन १९ । हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन् । सोमप्रसादको हत्या आरोपमा तीन वर्षअघि प्युठानका सतिउल्लाह मियाँसँगै टीकाराम पनि पक्राउ परेका थिए । मियाँले हत्या आफूले मात्र गरेको स्वीकार गरेपछि गत १७ वैशाखमा साउदीको तल्लो अदालतले टीकारामलाई निर्दोष घोषणा गरेको थियो । तर, तल्लो अदालतको फैसला अपिल कोर्टले सदर गरिनसकेकाले उनी अझै रिहा हुन सकेका छैनन् । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवतीरमण पौडेलका अनुसार तल्लो अदालतले गरेको फैसला अपिल कोर्टले सदर गरेपछि मात्रै कार्यान्वयनमा आउँछ । ‘प्युठानका सतिउल्लाहले ब्लडमनी आफूले मात्र तिर्न नपरोस् भनेर टीकारामले पनि हत्या गरेको हो भनेका रहेछन् । उनले पछिल्लो बयानमा टीकाराम निर्दोष रहेको भनेर स्विकारेका छन् । तल्लो अदालतले टीकारामको पक्षमा फैसला दिएको छ, अपिल कोर्टले तल्लो अदालतको निर्णय सदर गरेपछि कार्यान्वयनमा आउँछ,’ उनले भने,नयाँ पत्रिकामा खबर छ । साउदीमा अहिले हजको समय रहेको र अपिल कोर्टका एक न्यायाधीश बिदामा रहेकाले टीकाराम निर्दोष भएको निर्णय सदर भइनसकेको महावाणिज्यदूत पौडेलले बताए । ‘अहिले यहाँ हजको समय छ । मुस्लिम समुदायको तीर्थयात्राको समय हो । अगस्ट पहिलो हप्तातिर हामी अपिल कोर्टका न्यायाधीशसमक्ष कुरा गर्न जान्छौँ । उहाँ छुट्नलाई अब धेरै समय नलाग्ने देखिन्छ । तर, अपिल कोर्टले तल्लो अदालतको निर्णय मान्नुपर्छ,’ उनले भने । सोही घटनाको शव ३ वर्षदेखि अलपत्र मृतक सोमप्रसादका दाइ नवदीप सिलवालका अनुसार हत्या भएको तीन वर्ष पूरा भयो । उनको कंकाल पनि नेपाल ल्याउन सकिएको छैन । जसले गर्दा धार्मिक परम्पराअनुसार परिवारले दाहसंस्कार पनि गर्न पाएको छैन । ‘घरमा बुढा बाआमा छन् । भाइ नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए,’ नवदीपले भने । सोमप्रसादको जलेको शरीरको कंकाल संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । पटक–पटक पहल गर्दा पनि कंकालसमेत नेपाल ल्याउन नसकेको नवदीपले बताए । यसरी भएको थियो घटना चितवनको खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसाद, टीकाराम सापकोटा र प्युठानका सतिउल्लाह मियाँले सँगै बसेर मदिरा सेवन गरे । व्यक्तिगत रिसइबीका कारण त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा सहयोग रहेको आशंकामा प्रहरीले टीकारामलाई पनि पक्राउ गरेर जेलमा राख्यो । सतिउल्लाहको पछिल्लो बयानका आधारमा तल्लो अदालतले टीकाराम निर्दोष रहेको फैसला दिएको छ । उनी निर्दोष साबित भए पनि तीन वर्ष जेल राखिएकोमा क्षतिपूर्ति पाउने–नपाउने भन्ने अझै स्पष्ट भएको छैन ।
देउवा ज्यू ! ११ महिना भयो, अझै केन्द्रीय समितिले पूर्णता पाएन नी ?
नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको ११ महिना सकिँदापनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । पार्टी विद्यान अनुसार महाधिवेशन सम्पन्न भएको दुइमहिनाभित्रै सम्पूर्ण पदाधिकारी नियुक्त गरिसक्नुपर्ने व्यवस्था भएपनि कांग्रेसमा त्यस्तो देखिएन् । आफ्नै पार्टीको विधानको कार्यान्वयन भएन । विद्यान अुनसार ८५ केन्द्रीय समितिमा ६४ प्रत्यक्ष निर्वाचित र अन्य २१ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ । महाधिवेशन सम्पन्न लगत्तै नयाँ कार्यसमितिको बैठकले ७ सदस्यलाई मनोनयन गरेको थियो जसमा सभापतिका प्रयासि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापा अनि कोषाध्यक्षका पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका थिए भने नरहरी आचार्यलाई पनि मनोनयन गरेर ७१ जना पु¥याइएको थियो । विभिन्न किचलोका कारण सन्तुलन मिलाउन नसक्दा मनोनयन गर्नुपर्ने उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित १४ जना पदाधिकारी मनोनयनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मनोनयन गर्न बाँकी भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको कारण समितिले पूर्णता पाउन सकेको छैन । उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरिरहेका नेता खुमबहादुर खड्का र विमलेन्द्र निधिको दाबीले गर्दापनि सन्तुलनमा कठिनाइ भएको नेताहरू बताउँछन् । सभापतिले प्रस्ताव गर्ने पदाधिकारीलाई निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ । खुमबहादुर खड्कासँग ५, रामचन्द्र पौडेलसँग २८ र सभापति देउवासँग ३१ निर्वाचित केन्द्रीय सदस्यहरू रहेका छन् । यसकारण गणितिय हिसावमा तलमाथि पर्ने सम्भावनाका कारण समितिलाई पूर्णता दिने प्रस्ताव अघि नबढेको देखिन्छ । यहि विवाद लम्बिँदै जाँदा पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ भने पछिल्ला गतिविधिमा समेत असर पर्दै गएको कार्यकर्ताको गुनासो छ । एकातिर तीन तहका निर्वाचनको तयारी र अर्कोतिर पार्टीको आन्तरिक बेमेलताले चुनावको मितिमा समेत असर परेको जानकारहरूले बताइरहेको बेला काँग्रेसभित्र सर्बप्रथम केन्द्रीय समितिको पूर्णतालाई जोड दिइरहेको बुझिन्छ । अधिकाँश नेताहरू स्थानीय निर्वाचन अघि नै यो समस्या समाधान गर्नुपर्नेमा अडिग् देखिएका छन् । उसैपनि अनेक लफडाबाजीले प्रहार गरिरहेको बेला सभापति शेरबहादुर देउवापनि केहिदिनभित्रै यो पूर्णता दिनेमा आक्रमक बनेको पार्टी स्रोतले बताएको छ । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर काँग्रेसले ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेपनि चुस्त दुरुस्त बनाउन सकेको छैन । देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई जुन गतिमा दुरुस्त बनाउन मंसीरमै ७५ केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएपनि चुस्तता नआएको हो । पार्टीको निर्देशन अनुसार केन्द्रीय नेताहरू तोकिएको जिल्लामा गएर पार्टीको अवस्था, समन्वय, चुनावी रणनीति लगायतका विषयमा अन्यौलता देखिएको छ । तरपनि केन्द्रीय प्रतिनिधिहरूले जिल्ला, क्षेत्र, नगर र गाउँ, भातृ संगठनलाई चलायमान बनाउन भने छुट्टै रणनीति लिएको देखिन्छ । तराईको समस्या समाधान भएको छैन, संविधान संशोधनले पूर्णता पाएको छैन अर्कोतिर सरकार निर्वाचनको तयारीमा जुटिसकेको छ । फेरी विद्यार्थीहरूको कुम्भ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभूवन विश्वविद्यालय जुटेको छ । एमाले लगायत अन्य दलहरूको असन्तुष्टि कायमै छ । यी चार कारण पछिल्लो समयको समकालीन मुद्धा बनिरहँदा काँग्रेसको आन्तरिक पदाधिकारी चयन अझै लम्बिन सक्ने सहजै अनुमान गर्न सकिन्छ । फेरी विद्यार्थीमा लगाइएको राजनीतिक उमेरको शिकारमा काँग्रेस नपर्ला भन्न सक्ने अवस्थापनि आँकलनभन्दा बाहिर छैन । समस्याको चाङ बोकेको समयमा आफ्नै केन्द्रीय समितिले पूर्णता नपाउनु विडम्बना सावित भएको छ अहिले देउवालाई । प्रणालीगत् सुधारमा देउवासँग थोरै आशा गरिएपनि घरघरको गुट्गत् व्यवहारमा कमी आउन सकेको छैन । फलत देउवाको कार्यशैलीबाट आम कार्यकर्ताहरू निराश हुनु स्वभाविक देखिएको छ । दलहरूलाई चिढ्याउने भन्दापनि समिपमा लिँदै अगाडि बढ्नसकेमात्र समस्या नजिक हुने देखिन्छ । फेरी जतापनि भ्वाङपरेको पार्टीको सँरचनामा सुधार ल्याउनमा देउवामाथिको अपेक्षालाई उनले नै टेक्दै हिँडेका छन् । वुढानिलकण्ठ रंगीन बनाएका छन् तर संगठनमा विकृतिको पनि उत्तिकै बिजारोपण गरिदिएको भातृसंगठनको महाधिवेशनले पुष्टि गरिदिएको छ । काँग्रेसले दुरगामी निर्णयहरू नगरी झिनामसिना आन्तरिक किचलोमा समय बिताउनाले नेपालको सँविधान २०७२ जारीभएपनि कार्यान्वयनमा गतिलिन सकेको स्वीकार्नै पर्छ । स्वतन्त्रताको नाममा अनुशासनमा चुकेको छ । मूलुकको पुरानो पार्टी समय अनुसार हिँड्न खोजेपनि पुरानो ढंगमा अहिलेको नेतृत्वलेपनि सुधार्न सकेको छैन । फलतः आज देशमा स्थिर सरकार र स्वदेशी सफल योजनाहरू सफल बन्न सकेनन् । एकताका काँग्रेस भन्ने बित्तिकै तन्, मन र धनले स्वागतमा कमी नहुने हातहरू पछिल्लो अवस्थामा उचित व्यवस्थापनको अभावमा काँग्रेसीजनबाटै नेतृत्वको ठाडो बिरोधको शिकार हुँदै आएको छ । जसको समाधान यो नेतृत्वले थोरबहुत् कम गर्छ भन्ने सोचेका थिए आम कार्यकर्ताहरूले जुन महशुष हुन सकेको देखिँदैन । कम्तीमा अघिल्ला आफ्ना बाणीहरूलाई देउवा कार्यकालमा पुरा गराउन जुन क्षमता राख्न सक्नुपथ्र्यो त्यो देउवामा पनि देखिएन । अहिले नेता तथा कार्यकर्ताहरूनै भन्न थालेका छन् — देउवाजी यो एकवर्षसम्म सुत्या त छैनन् भनेर । अतः केन्द्रीय समितिलाई पूर्णता दिँदै संविधान कार्यान्वयनमा असन्तुष्टिलाई अन्त्य गरी निर्वाचनमा जानुपर्नेमा देउवाले ढिला गर्नु हुँदैन । एकजनाको लिँडे ढिप्पीमा सम्पूर्ण संगठनलाई अग्रगामी कामहरू गर्नबाट वञ्चित गर्नुहुँदैन भन्नेमा देउवाले एकइन्च ढिला गर्नुहुँदैन ।
बुधबार राती ३९ एसएसपीको सरुवा
काठमाडौं, माघ १३ । लामो समयदेखि रोकिएका एसएसपीहरुलाई रातारात सरुवा गरिएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएका छन् । अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दिपक थापाको लुम्विनी प्रहरी प्रमुखमा, ठुले राईको ललितपुर प्रहरी प्रमुखमा र उत्तम कार्कीको कोशी प्रहरी प्रमुखमा सरुवा भएको छ । लागू औषाध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ । त्यसैगरी एसएसपी सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालय, शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, वलराम शर्मा सगरमाथा प्रहरी प्रमुख र उत्तम कार्की कोशी अंचल प्रहरी प्रमुखमा सरुवा भएका छन् । एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं ।प्रतिनिधिसभा बैठक जारी छ ।आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी छ।
जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्नुपर्ने बताएका छन् । सभामुख घिमिरेले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । “शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयंगम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।” लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं संक्रमणपछि मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उनले बताएका छन् । नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भए पनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ । रासस
छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने विपक्षी दलको निर्णय
काठमाडौं । विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।यससँगै आज बोलाइएको संसद् बैठक पनि विपक्षी दलले अवरुद्ध गर्ने भएका हुन् ।
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।” प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले भने, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।” भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस
युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिद्वारा प्रमाणिकरण
वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् । युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् । इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौँको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो । “मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।” रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबिच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए । संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठुलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ । मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ । रासस/एएफपी
संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सो बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
भाइको एसईई १२ पढ्ने दाइले दिएपछि पक्राउ
सुर्खेत । दैलेखबाट एसईईका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका १, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा दिएको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख दिपक मगराठीले जानकारी दिए । उनका अनुसार न्यौपानेले गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिलप्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेको प्रहरीले जनाएको छ । न्यौपाने त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पनि पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।