कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ८ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष ०७४/७५ मा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदार समेतले नापजाँच मूल्यांकन परिमाण भन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।
तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले लगायत विरुद्ध मुद्दा दायर भएको छ ।
फिफा अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह परेका हुन् । वर्ष खेलाडी महिलातर्फ भने अस्ट्रेलियन साम केर, स्पेनकी जेनिफर हेर्मोसो र स्पेनकै एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल परेका छन् भने महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् । यस्तै, वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा अनोनितको अन्तिम सूचीमा परेका छन। त्यस्तै, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् । अवार्डका लागि कोच, क्याप्टेन, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।
प्रचण्डलाई प्रश्न गर्ने रायमाझीको हैसियत र नैतिकता के ?
समाचार टिप्पणी .नेकपा माओवादी केन्द्रले पार्टीको निर्णयविरुद्ध लागेका चार जना संसदहरुलाई पार्टीबाट निष्काशन गरेको भन्दै संसद सचिवालयमा सूचित ग¥यो । संसदमा सभामुखले चार जना संसदलाई संसदीय दलबाट निष्काशित गरेको निवेदनको जानकारी गराउँदै उनीहरुलाई पदमुक्त भएको घोषणा गरे । लगत्तै एकजना संसद तथा केपी ओली सरकारका मन्त्रीले प्रश्न गरे– “मलाई हटाउने प्रचण्डको हैसियत के ?” सामाजिक सञ्जालमा माझीलाई प्रश्नको ओइरो लाग्यो– प्रचण्डको हैसियत सोध्ने तपाई को हो ? उनको हैसियत सोधाईबारे कतिपयले रमाइलो टिप्पणी पनि गरे र भनेँ –पोइल गइसकेकी महिलाले पुरानै लोग्नेलाई किन घरबाट निस्कि जा भनेर प्रश्न सोध्ने ? साँच्चिकै प्रचण्डको हैसियत सोध्ने सामथ्र्य राख्छन् त माझीले ? माझीको भनाईमा उनीलाई पद हैन, पार्टी चाहिन्छ रे ? जनता चाहिन्छ रे । पदका लागि मरिहत्ते गर्ने त प्रचण्ड हुन ? रायमाझीलाई नचिन्नेहरुका लागि उनले भनेको कुरा ठीकै हो पर्न सक्ला । तर इतिहासका कतिपय घटनाक्रमहरुले रायमाझीको यो निर्लज्ज अभिव्यक्ति मात्रै रहेको पुष्टि गर्दछ । रायमाझीलाई नजिकबाट चिन्नेहरु र अझ माओवादी आन्दोलनमा उनीसँग संगत गरेकाहरुका लागि उनको परिचय ‘अवसरवादी’को हो । अर्थात् उनले खुला राजनीतिमा आइसकेपछि जहिल्यै पनि पद र पैसाको बार्गेनिङ गरे । बाबुराम भट्टराईले माओवादी केन्द्र विभाजन गरे । टोपबहादुर बाबुरामका प्रिय मानिस थिए । टोपबहादुर पनि बाबुरामसँगै जान्छन् भन्ने कतिपयलाई पर्यो । त्यो दिनभरी टोपबहादुर सम्पर्कमा देखिएनन् । भोलीपल्ट उनले प्रचण्डसँगै बस्ने निर्णय गरे । त्यतिखेर उनले प्रचण्डको हैसियत के हो भनेर सोधेनन् । किनभने उनले मन्त्री पदको बार्गेनिङ गरेका थिए । र, त्यो पद सुनिश्चित गर्ने प्रतिबद्धतापछि उनले आफू बाबुरामसँग नजाने भनेर घोषणा गरे । जबकि त्यसअघि उनले बाबुरामसँग नयाँशक्ति निर्माणका लागि दर्जनौपटक छलफल गरेको नयाँ शक्तिमा लागेका नेताहरु बारम्बार चर्चा गर्दछन् । यसपाली नेकपाभित्रको अन्तर्संघर्ष हुँदा टोपबहादुरले बालुवाटार र खुमलटार निकै धाए । उनी बिहान खुमलटार जान्थे, दिउँसो र साँझ उनको संगत लेखराज भट्ट र ओली निकटका व्यक्तिहरुसँग हुन्थ्यो । उनलाई एकातिर मन्त्रीपदको लोभ देखाइएको थियो, अर्कोतर्फ आफ्ना कार्यकर्ता र हिजो सपना देखाएका जनताहरुले के भन्लान भन्ने सकसक थियो । तर अन्तिममा उनले र मणि थापाले मन्त्री पद ठूलो देखे । र, अहिले मन्त्रीपदबाट फुस्किएपछि उनले प्रचण्डलाई हैसियत सोध्ने हिम्मत गरे । प्रचण्ड पदलोलुप होइनन् भनेर यिनै माझीले बेलाबखत भाषण गरेको अहिले पनि भेटिएला । किनभने प्रचण्डले उनको पदलोलुपतालाई कतिपय संगठनात्मक बाध्यताका कारण मलजल अवश्य नै गरेका थिए । तर उनले पद नपाउने बेला भने प्रचण्डमाथि नै प्रश्न गरे । मानौं टोपबहादुर भनेका क्रान्तिकारी हुन र प्रचण्ड भनेका पद नपाएर छटपटिएका हुन । टोपबहादुर जी (तपाईलाई कमरेड भन्न पनि लाज लाग्छ), आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको अवस्थामा पनि ‘तपाई नै ५ वर्षका लागि प्रधानमन्त्री बन्नुस्, मलाई पार्टीमा कार्यकारी भूमिका भए पुग्छ’ भन्ने यिनै प्रचण्ड होइनन् । त्यतिखेर तपाईले किन भन्नुसक्नुभएन– सजिलै पाएको प्रधानमन्त्री पद देशलाई अस्थिरता र अराजकताबाट जोगाउन छोडेने प्रचण्डको हैसियत के हो भनेर ? प्रचण्डको हैसियत त्यही हो । प्रचण्डको हैसियत त्याग र सहमतिका लागि अधिकतम लचकता हो । तर तपाई हैसियत नि ? तपाईको हैसियत पद र पैसाका लागि नैतिकता पनि ताकमा राख्ने होइन र ? जनयुद्धको कठीन कालखण्डलाई सहजतापूर्वक अवतरण गरेर जनताका मुद्दाहरु स्थापित गर्न अहम रभूमिका निर्वाह गर्ने हैसियत हो प्रचण्डको, सामन्तचवादको नाइकेलाई परास्त गरेर बाँकी अवेशस अन्त्य गर्न सधै गतिशील हैसियत हो प्रचण्डको । राष्टिय स्वाधिनता र स्वभामिनका पक्षमा निरन्तर खबरदारी गर्ने हैसियतको प्रचण्डको । अनि तपाईको हैसियत सम्झिनुस त ? संघीयताको मुद्दामा पार्टीको निर्णयविपरित हिडने तपाईको हैसियत के हो ? माओवादी पार्टी छँदा संशोधनवादी लाइनमा उभिने तपाईको हैसियत के हो ? अहिले अग्रगमन र प्रतिगमनको लडाइे बेला प्रतिगमनको मतियार बन्नु पुग्ने तपाईको हैसियत के हो ? तपाईका मतदातालाई जसरी सपना बाँडनु भयो तर ती सपनाहरुलाई मन्त्री पदसँग साटनुभयो, आम जनताका आँखामा तपाईको हैसियत के हो भन्ने कुरा तपाईले अर्घाखाँचीमा तपाई ओली कित्तामा गइसकेपछि पाएको रेस्पोन्सले पुष्टि गर्दैन र ? राजनीतिमा हैसियत सोध्ने सामथ्र्य हैसियतवालाको मात्रै हुन्छ, कि जनताको हुन्छ । तपाईले प्रचण्डलाई हैसियत सोध्दै गर्दा अस्तिमात्रै जिल्ला भ्रमणको बेला तपाईको हैसियत सोधेका जनतालाई जवाफ दिन नसकि फर्किनु परेको होइन तपाई ? अनि तपाईले अरुलाई हैसियत सोध्ने ? राजनीतिमा इमानको पनि अर्थ हुन्छ टोपबहादुर जी । असहमति भयो भन्दैमा मुख छोडेर बोल्नु राजनीतिक नैतिकताभित्र पर्दैन । प्रचण्ड नहुन्थे भने तपाई पनि हुनुहुन्थेन ।
चुटकिला : फन्टुसले ल्याएछ
हाम्रो फन्टुसले ल्याएछ श्रीमति – सुन्नुभो त ! पल्लो घरकि साँईला दाईको छोरीले 100 मा 99 नंबर पो ल्याईछ । शेरे – अनि 1 नंबरचाहि किन कम भा होला है ? . . . श्रीमती – त्यो 1 नंबर त हाम्रो फन्टुसले ल्याएछ नि त :XD!
चुट्किला : बाठी बुडी
शेरेकी श्रीमती : बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, शेरेः लौ मरिछे, अनि ….अनि के गरिस त ? श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि…..जेठाजु जस्तो मान्छे आउँदा…..हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!”
पर्यटक आगमनको सिजन सुरुसँगै एयरक्राफ्ट म्युजियम हेर्नेको भीड
धनगढी, कात्तिक १० । कैलालीको धनगढीमा रहेको एअरक्राफ्ट म्युजियम अर्थात वायुयान संग्रहालयको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्न थालेको छ । विश्वकै पहिलो वायुयान अवलोकन गर्न नेपालका विभिन्न जिल्ला देखि भारतबाट पर्यटक आउने गरेका छन् । पर्यटन आवागमनको मुख्य सिजन सुरु भएकाले अहिले म्यूजियम हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ । आजभोली म्युजियम एअर क्राफ्ट प्रदेश नम्बर ७ घुम्न आउने पर्यटकको पहीलो रोजाइ बन्न थालेको छ । दुई सय भन्दा बढी एअरक्राप्टका नमुना, जेट ककपिट, सुन्दर फोटो ग्यालरी, ककपिट क्याफे, पन्ध्र मिनेट सम्मको डकुमेन्ट्री लगायतका आकर्षणहरु सजिलै हेर्न पाइने भए पछि धनगढीमा रहेको विश्वकै पहिलो वायुयान संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या बढेको हो । अहिले म्यूजियम हेर्न नेपाल लगायत भारतका विभिन्न स्थानबाट दैनिक एक सयसम्म पर्यटक आउने गरेको म्यूजियमका म्यानेजर राजबहादुर सिंहले बताए । इन्डोनेसियाको लायन एयरमा प्रशिक्षक पाइलटका रुपमा कार्यरत नेपाली पाइलट बेद उप्रेतीको एकल प्रयासमा २०७१ असोज १ गते पहिलो एअरक्राप्ट म्युजियम संचालनमा ल्याइएको हो । अहिले एअरक्राप्ट म्यूजियम धनगढीमा आउने हरेक व्यक्तिको प्रमुख आकर्षणको केन्द्रविन्दु बनेको छ । अहिले शैक्षिक भ्रमण गर्ने देखि विदाको समय सदुपयोग गर्नेको पहिलो गन्तव्य म्यूजियम बन्न पुगेको छ । म्यूजियमको नाम मात्रै सुनेकाले प्रत्यक्ष हेर्नका लागि बझाङबाट आएको म्यूजियम अवलोकनका क्रममा भेटिएका दल बहादुर बोहराले बताए । अहिले विभिन्न संचार माध्यम तथा सामाजिक संजालले गर्दा म्यूजियमको व्यापक प्रचार–प्रसार भइरहेको छ । जस कारण पनि पर्यटकको आवागमन बढ्दै गएको हो । अवलोकनकर्ताले पनि मन खोलेर म्यूजियम हेर्न गर्दछन् । देशका अन्य प्रशिद्ध पर्यटकीय स्थल मध्ये म्यूजियम पनि रहेकाले एक चोटी अवलोकन गर्न म्युजियममा आउने हरेक पर्यटकको आग्रह छ । म्युजियम हेर्नका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैया शुल्क तोकिएको छ । सुदूरपश्चिमको पर्यटकीय विकासमा एअरक्राप्टले इटा थप्ने काम गरेको पर्यटन व्यवसायीको भनाई छ । संचालनमा आएका तिन वर्षमा नै हजारौं पर्यटकले अवलोकन गरि सकेकाले पनि पर्यटन व्यवासायीको नजरमा यहाको विकासका लागि म्यूजियमको ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । म्यूजियम २०७१ असोज १ गते वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । कुल १ करोड २५ लाख रुपैया लागतमा म्यूजियम निर्माण भएको हो ।
घिउचाकु दलेर नारायण मेला सुरु
भक्तपुर, माघ १ । माघे सङ्क्रान्तिका अवसरमा आज यहाँका नारायण मन्दिरमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी प्राप्त हुने जनविश्वास छ । नेवारी भाषामा ‘घ्यचाकु सल्हुँ’ भनिने आजको दिन भक्तपुरका चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । आज नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउचाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने ह्रष्टपुष्ट हुने धार्मिक मान्यता छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ । आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विभिन्न परिकार चढाई विशेष पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । रासस
दुई नेपाली कतारको सडकमा अलपत्र
कतार, पुस ८ । कतारको सैलियामा दुई नेपाली श्रमिक अलपत्र अबस्थामा भेटिएका छन् । बारा भलायोखोरका कृष्ण प्रसाद न्यौपाने र धनुषा भट्टियानका राजकुमार सादा अलपत्र अबस्थामा भेटिएका हुन् । उनिहरु १६ महिना पहिले अलग–अलग मेनपावर एजेन्सी मार्फत कतार आएको पीडित कृष्ण न्यौपानेले बताए । रोडमा भौतारिएर हिड्ने क्रममा उनीहरुको भेट सैलियामा भए पछि सँगै बस्दै आएका छन् । खाली गोदामको एउटा कुनामा बाहिर रोडमा फालिएको ओढ्ने ओछ्याउने भेला पारेर बस्दै आएका उनिहरु सँग खाने बस्ने कुनै व्यबस्था नभएको उनीहरुले बताए । ‘अलपत्र अवस्थामा बाटोमा कसैले भेटे र देखे कहिलेकाही खाने कुरा दिन्छन् कसैले पैसा दिन्छन त्यही पैसाले खाने कुरा किनेर खान्छौ’– सिरानीमा चाउचाउको पोको देखाउदै उनिहरुले भने– चार महिना देखि हामी यहि अबस्थामा छौ ।’ सूचना र सञ्चारको माध्यम नहुँदा घर –परिवार सँग पनि सम्पर्क बाहिर रहेको उनिहरुले गुनासो गरे । पीडित न्यौपानेले पहिला नेपालीले सञ्चालन गरेको बम्पनीमा काम गरेको बताए । ‘मलाई नेपाल पुगेर त्यहीँबाट यहाँ ल्याइएको हो, महिनाको एक हजार रियल दिएका थिए तर यहाँको कानुनअनुसार पाउनुपर्ने कतारी आइडी नबनाइदिए पछि मैले गरेको कामको वाँकी पैसा दिएनन्, अनि त्यो कम्पनि छाडेर अर्काे कम्पनीमा काम गर्न गएँ ।’ गहँभरी आँसु पार्दै उनले भने । नेपालीले सञ्चालन गरेको उक्त कम्पनी छोड्न उनीसँगै काम गर्ने अर्का नेपाली थिए । भागेर काम गर्दा धेरै कमाइ हुने सुनेर भागेको उनले बताए । ‘म कम्पनी छोडेर भाग्न त भागे तर, साथीसँग सम्पर्क हुन सकेन साथमा भएको मोबाइल हरायो अनि म बिचल्ली जस्तै परेँ ।’ उनले भने । धनुषा मट्टियानिका राजकुमार सादा कतार आएदेखि कम्पनीबाट जम्मा नेपाली रुपैयाँ सा७ी हजार मात्रै बुझेको बताउँछन् । आएदेखि जम्मा साठी हजारमात्रै बुझे अरु दिएनन् उनले गुनासो गरे । लेख पढ नगरेका उनलाई नेपालबाट कुन म्यानपावर कम्पनीले कतार पठाएको पनि याद नभएको बताउँछन् । नेपालबाट कतार आएर कम्पनीबाट उनीहरु ठगिएको भन्ने जानकारी रोल्पाका युबराज बस्नेतले नेपाली जनप्रगतिसिल मञ्चका सूचना तथा सञ्चार प्रमुख होम बहादुर बस्नेतलाई गराएपछि मञ्चका महासचिव जैबी राई र होम बहादुर बस्नेत पीडित लाई भेट्न पुगेका थिए । पीडित लाई भेट्न पुग्दा खुल्ला गोदाम भित्र एउटा कुनामा बसि रहेको उनीहरुको अबस्था अत्यन्तै दयनीय रहेको पाए पछि तत्काल मञ्चका अध्यक्ष शनि कुमार ओलि र प्रमुख सल्लाहकार होमनाथ शर्मालाई जानकारी गराइ पीडितहरुलाइ नेपाली दूतावास दोहा कतारको सेल्टरमा पुर्याउन थालिएको उनले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए । यसअघि कतार सरकारले तीन महिनाको लागि विभिन्न रुपले अवैध रहेका कामदारलाई आफ्नो मुलुक फर्कन आम माफी समेत दिएको थियो । तर ती दुई पीडितहरुले कतार सरकारले दिएको आममाफीको समयमा नेपाल फर्कन हवाइ टिकटका लागि लाग्ने पैसा नभएको बताए । ‘कतार सरकारले दिने आममाफीमा घर जान चाहन्छौं, तर, घर जाने हवाई टिकटको लागि पैसा र आवश्यक कागज अभावमा जान सएिको छैन ।’ उनीहरुले आफूहरुलाई उद्धार गरिदिन कतारमा रहेका विभिन्न संघसँस्थासँग अनुरोध गरेका छन् ।
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल
काठमाडौं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखसहित शीर्ष नेताहरुसँग छलफल गरिरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी भएको स्रोतले जानकारी दियो । साथै बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्। सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो। संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन् ।जसलाई संसद्का सिनियर कर्मचारीले पनि समर्थन गरेका छन् ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ ।बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धितसम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै, आइएसएको स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अर्थमन्त्री वर्षमान पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी, विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज
काठमाडौँ । सहकारी ठगीविरुद्ध विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाएर कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको काँग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो । सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।
आज शिक्षा समितिको बैठक बस्दै
काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
गृहमन्त्री बनेपछि रबि लामिछानेप्रति कांग्रेसको प्रश्न
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछाने नियुक्त भएपछि सहकारीको अपचलनमा जोडिएका व्यक्ति गृहमन्त्री बनेको भन्दै विषयमा प्रश्न उठाएको छ । यद्यपि रास्वपाका नेताहरुकै नेताहरुले उनी गृहमन्त्री बन्नु अगाडि प्रधानमन्त्रीको अफर गरेको बताउँदै आएका छन् । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले गृमन्त्री बनाएकोप्रति प्रश्न उठाएको हो ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे । सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे । त्यसैगरी अर्का सांसद सीता मिजारले ‘आरोपित नै कानुन कार्यान्वयनको नेतृत्वमा बस्दा कसरी न्याय निरूपण हुन्छ ?’ भनी प्रश्न गरिन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला प्रशासनमा उजुरी रहेको भन्दै उनले ‘त्यसको कार्यान्वयन गर्ने मुख्य नेतृत्वमा आरोपी बस्दा कसरी निष्पक्ष न्याय निरूपण हुन्छ ? भनी प्रश्न गरेकी हुन् । न्यायाधीशले समेत स्वार्थ बाझिने मुद्दामा फैसला गर्न नमिल्ने कानुनी प्रावधान रहेको उनले उल्लेख गरिन् । “बहालवाला गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको भन्दै कास्की जिल्ला प्रशासनमा मुद्दा परेको छ । यसले आम रूपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ,” उनले बिहीबार प्रतिनिधिसभा बैठकमा भनिन्, “मुलुकमा कानुनी शासन स्थापना गर्ने मुख्य अभिभारा बोकेको गृह प्रशासनको बागडोर सम्हालेको नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुँदा समेत बहालवाला रहिरहनुले प्राकृतिक न्यायको सिद्धान्तको पालना कसरी हुन्छ ? ” उनले ‘गृहमन्त्रीले कसरी नागरिकलाई न्याय दिने ?’ भनी थप प्रश्न गरिन् । “मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भनिएको छ– स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले संलग्न हुन हुँदैन भनेको,” सांसद मिजारले भनिन्, “गृहमन्त्री पदमा बसिरहने, यसको जिम्मेवारी गृहमन्त्रीले लिने कि नलिने ?”
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।
सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो : रेखा शर्मा
घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनले बताइन्। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् । “मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पु¥याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, उनले भनिन्, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।” उहाँले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।
संघीय संसद्का कानून तथा मानवअधिकार समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्को एक समितिको बैठक बस्दै छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । सो बैठक बिहान ८ बजे बोलाइएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायहरूसँग छलफल’ गरिने संसद् सचिवालयले जनाएको छ ।