तनहुँ बस दुर्घटना : घाइते दुईजनाको मृत्यु
काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् ।
आज ९बुधबार० बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा अनियन्त्रित भएर बस दुर्घटना भएको थियो ।
धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई खसेको थियो ।
प्रचण्डसँगै नारायणकाजी र अन्य माओवादीका नेताहरुमा पनि देखियो कोरोना
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’ त्यस्तै अध्यक्षका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवाेध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ । केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
५ जीसहित आईफोन १२ सिरिजका ४ मोडल बजारमा, फ्ल्यासबिना राती फोटो लिन सकिने (फिचरसहित)
काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ । यी सबै सेटहरु ५ जी मा आधारित हुनेछन् । आइफोनले यसलाई नयाँ युगको शुरुआत भनेको छ । के के लन्च भए त? आईफ़ोन12 (64, 128, 256 जीबी स्टोरेज), आईफ़ोन12 Mini (64, 128 और 256 जीबी स्टोरेज) आईफ़ोन12 Pro (128, 256 और 512 जीबी स्टोरेज), आईफ़ोन12 Pro Max (128, 256 और 512 जीबी स्टोरेज) के होला मूल्य आइफोनका यी मोडेलहरुको मूल्य १ लाख १० हजारदेखि २ लाख २० हजारसम्म रहेको छ । आइफोन १२ मिनिको मूल्य १ लाख १० हजार, आइफोन १२ को मूल्य १ लाख २० हजार, १२ प्रोको मूल्य १ लाख ९० हजार र १२ प्रो म्याक्सको मूल्य २ लाखको हाराहारिमा रहेको छ । बजारमा भने आगामी ६ नोभेम्बरकाट प्रि अर्डर सुरु हुने छ । यसमा १२ प्रो म्याक्सको प्री अर्डर भने १३ नोभेम्बरबाट शुरु हुने र २० नोभेम्बरदेखि बिक्री शुरु बताइएको छ । यो सिरिजको फोनहरु आकारमा यसअघिको आइफोन भन्दा ठूलो रहेका छन् । तर पहिलोपटक आइफोनमा हेडफोन या चार्जर हुनेछैन । एप्पले वातावरणमा यसको प्रभाव क मगर्न यस्तो गरेको बताएको छ । आइफोनको स्क्रिन ६.१ इन्च हुने भएपनि पहिलाको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने छ । नयाँ फोनको रेजुलेसन बढी छ । यसमा सिरमिक शिल्डको प्रयोग गरिएको छ । यी नयाँ फोनमा फ्लायसको प्रयोग नगरी नाइटमोडमा सेल्फी लिन सकिने छ । यसका साथै कलर कन्ट्रास्ट र आवाजमा पनि यी अघिल्ला सेट भन्दा उत्कृष्ट छन् । नयाँ सिरिजनमा १२ मेगापिक्सलका दुई वाइड एंगल क्यामरा रहेका छन् । यसबाट कम उज्यालोमा पनि निकै राम्रो तस्वीर लिन सकिने आइफोनको दावी छ । यही कुरा भिडियो रेकर्डमा पनि लागु हुने छ । यो फोनलाई ५ जी र ४ जीका बीचमा रुचि अनुसार परिवर्तन गर्न सकिने छ ।
स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल माघ महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
नेकपामा निर्णायक परिवर्तनको संकेत, बल प्रचण्डको कोर्टमा आउने आँकलन
एभरेष्ट टिप्पणी । पार्टी एकतापछि सुस्त गतिमा अघि बढेको नेकपा एकतामा अचानक ब्रेक थ्रु भयो । यो ब्रेक थ्रु केही अप्रत्याशित निर्णयसँगै भएको थियो । यी निर्णयहरु एकाएक सार्वजनिक भएका थिए । सचिवालयको बैठकले पार्टीका शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँडका क्रममा इश्वर पोखरेललाई स्कूल विभाग प्रमुख र नारायणकाजी श्रेष्ठलाई प्रचार प्रसार प्रमुखका जिम्मेवारी दिने निर्णय गरेको थियो । सँगै बामदेव गौतम नेकपाको उपाध्यक्ष बनेका थिए । त्यो अघि चलेका बहसहरुको सन्दर्भमा यी निर्णय अप्रत्याशित र दूरगामी महत्वका थिए । यो विषयमा अनेकन टिका टिप्पणी भए । कतिपयले यसलाई प्रचण्ड कमजोर भएको अर्थमा बुझे, कतिपयले बामदेवले कित्ता परिवर्तन गरेको सन्दर्भमा बुझे । मान्छेपिच्छे धारणा फरक देखिए । तर यथार्थमा यो नेकपाभित्र लामो समयदेखि गुटवादले सिर्जना गरेको अकण्र्मण्यताको जालो भत्काउने कोशिस थियो । यसको दीर्घकालिन महत्व थियो । यदि त्यो सचिवालयको बैठकले त्यस्तो निर्णय नभएको भए अहिलेसम्म पनि एकता त्यहि बिन्दुमा हुन्थ्यो । त्यसपछि एकतामा ब्रेक थ्रु भयो । एकपछि अर्को एकताका प्रक्रिया टुंगिन थाले । अब केन्द्रीय तहमा करिब करिब एकता टुंगिएको छ । र, यो सँगै नेकपाको तेश्रो, चौथौ गियरलाई पहिलो गियरमा लैजाने चुनौती सिर्जना भएको छ । स्वभाविकरुपमा नेकपाका दुई चालकमध्ये संगठनको यो गियर चलाउने जिम्मेवारी प्रचण्डको काँधमा आइपरेको छ । कारण, ओलीका अगाडि सरकारको जाममा परेको गियर अगाडि बढाउनै पर्ने निर्णायक अवस्था देखा परेको छ । प्रधानमन्त्री ओलीका अगाडि अहिलेको मुख्य चुनौती भनेको सरकारको अलोकप्रियतामा ब्रेक थ्रु गर्नु रहेको छ । सरकारले दीर्घकालिन महत्वका कैयन कामहरु गरेपनि मन्त्रीहरुको कार्यशैली र विपक्षीहरुको बारम्बारको निशानाका कारण सरकारले सोचेजस्तो जनअपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको छैन । कतिपय राम्रा कामहरु पनि आलोच्य बनेका छन् । आलोचनाका अधिकांश विषयहरु सामान्यरुपमा मन्त्री, मन्त्रीको सचिवालय, आम जनतासँग जोडिने विषयहरुमा अल्झिएका छन् । त्यसैले ओलीका अगाडि सरकारको ग्राफ माथि उकास्ने चुनौती मुख्य छ । त्यसैले उनले अब पार्टीको ग्राफ र सरकारको ग्राफ दुबैमा हस्तक्षेप गर्ने अवस्था छैन । बस्तुगत परिस्थितिले उनले अब कि पार्टी, कि सरकारको विकल्प चुन्नैपर्ने अवस्था सिर्जना भएको छ । र, यसको सोझो अर्थ भनेको पार्टीलाई फेरी लोकप्रियताको चुचुरोमा पुर्याउने, सरकारलाई सच्च्याएर अघि बढाउने जिम्मेवारी प्रचण्डको काँधमा आइपुगेको छ । अर्थात्, अब बल प्रचण्डको कोर्टमा आएको छ । एउटा पुरानो प्रसंगको चर्चा गरौं, नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको निर्णय भइसकेपछि प्रचण्डले देशैभरीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा आफूलाई यथास्थितिमा बस्न नरुचाउने नेताको रुपमा प्रस्तुत गरे । उनले माक्र्सको एउटा कविता उदृत गरे । “मलाई आवेग र गतिको जीवन मन पर्छ..” भन्ने आशयको उक्त कवितामार्फत प्रचण्डले यथास्थितिमा बस्न नचाहने बरु समाजलाई एक कदम अघि धक्का दिन जोखिम मोल्न चाहेको बताएका थिए । प्रचण्डको यो जोखिमको कतिपय पक्षबाट आलोचना भएपनि अहिले उनी त्यही जोखिम पुष्टि गर्ने मुख्य अभिभारामा आउने देखिएको छ । यदि उनले हिजो आफैले प्रतिक्रियावादी र संशोधनवादी भनिएको एमालेसँगको एकतालाई अग्रगमनको पक्षमा उभ्याउने यो जोखिम पुष्टि गर्न नसके उनीमात्रै होइन, इतिहासमा नै ठूलो प्रश्नचिन्ह उठ्ने कुरामा उनी सचेत भएको अनुमान गर्न सकिन्छ । अहिले नेकपाभित्रको एकता करिब करिब टुंगिएको छ । यो एकता नटुंगिदा स्थानीय र केन्द्रीय सरकारलाई नियन्त्रण गर्ने, सुपरिवेक्षण गर्ने सल्लाह दिने र एउटा दिशामा डोर्याउने कडीको कमी देखिन्थ्यो । अब भने यो अवस्था फेरिने र जनतासँग पार्टीको सम्बन्धमा देखिएका कतिपय कमजोरी अन्त्य हुने प्रक्रिया आरम्भ हुने छ । प्रचण्डले बारम्बार अग्रगमनको कुरा गरिरहेका छन् । समाजवादी क्रान्तिको आधार तयार गर्ने कुरा गरिरहेका छन् । उनको विचार र स्पिरिट सरकार या सरकारका मन्त्रीहरुले बुझेको देखिन्न । भूमि ऐन र कतिपय मन्त्रीका काम कारवाही यसको उदाहरण हुन । यद्यपी प्रधानमन्त्री ओलीमा भने केही उदाहरणीय र केही निर्णायक काम गर्ने हुटहुटी र चाहना भएको देखिन्छ । रेल या ग्यासको जति माखौल उडाइएपनि यो केही गर्ने एउटा सपना अवश्य नै हो । त्यसलाई उनको टीमले बुझ्न नसक्नु उनको नेतृत्वको कमजोरी हो । कतिपय मन्त्री पूर्णरुपमा असफल हुँदा पनि बाह्य दबाबलगायतका कारणले गर्दा चुपचाप टालो हाल्ने रणनीति अपनाउनु उनको बाध्यता हो । तर अब स्थिति फेरिएको छ । अब प्रधानमन्त्रीले टालो हालेर मन्त्रीपरिषद चलाउने र प्रचण्डले सम्झौतामाथि सम्झौता गरेर बस्ने अवस्था देखिन्न । माथि नै भनियो– प्रधानमन्त्रीका अगाडि सरकारको गेयर परिवर्तन गर्नैपर्ने बाध्यता छ । यता प्रचण्डका अगाडि एकता प्रगतिशील छ र अग्रगामी रणनीति अन्तर्गत हो भन्ने पुष्टि गर्नैपर्ने चुनौती छ । यो दुबै चुनौतीले नेकपाभित्र एउटा निर्णायक र गुणात्मक नयाँ समीकरण सिर्जना गर्न बस्तुगत दबाब सिर्जना गरको छ । यो बस्तुगत दबाबले दुईवटा कुराको माग गरेको छ । पहिलो, सरकारले घोषणापत्र अनुरुप समाजवादको आधार तयार पार्ने गरी संरचनात्मक ढाँचा तयार गरी निर्ममतापूर्वक त्यो दिशामा अघि बढ्ने । बाधक बन्ने या त्यो स्पिरिट पक्रिने नसक्ने मन्त्रीहरुको विदाई गर्ने र सरकारलाई साँच्चिकै जनअपेक्षा अनुरुप अघि बढाउने । यो जिम्मेवारी अध्यक्ष ओलीले अघि बढाउने । अर्को, पार्टीभित्र देखिएका गुट, व्यक्तिवादी चरित्र, गैर कम्युनिष्ट चिन्तन र जनताभन्दा पद र आर्थिक पक्षलाई महत्व दिने प्रवृत्तिविरुद्ध लड्ने जुझारु कार्यकर्ता पंक्ति तयार गर्ने चुनौती । पार्टीलाई साँच्चिकै परिवर्तनको हिमायती कम्युनिष्ट पार्टी बनाएर समाजवादी नेपाल निर्माणका लागि सरकारलाई सोही अनुरुप जिम्मेवार बनाउन पाइला पाइलामा सहयोग गर्ने पार्टी बनाउने कठिन कार्य । यसका लागि अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको कमाण्ड सुम्पिनैपर्ने दबाब । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था हेर्दा, नेकपाभित्रको समीकरण हेर्दा र कतिपय अन्य पक्षलाई आँकलन गर्दा अहिले यी दुबै दबाबले नेकपाका आगामी बैठकहरुले यी विषयमा विशेष निर्णय गर्न सक्ने देखिन्छ । पार्टीभित्र माओवादी केन्द्रको तुलनामा पूर्व एमालेका गुटहरु अहिले पार्टी र सरकारको प्रभावकारिताका मुख्य बाधक बनेको कुरा कसैबाट लुकेको छैन । यो भत्काउन, सबै पक्षलाई मिलाएर लैजान र पार्टीलाई रणनैतिक लक्ष्यका लागि अघि बढाउने काम प्रचण्डबाहेक अरुबाट सम्भव देखिन्न । प्रचण्डले मात्रै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र केपी ओलीबीच मध्यस्थताको कुशल भूमिका निर्वाह गर्न सक्छन् । अहिले पनि उनले यो भूमिका खेलिरहेका छन् । एउटा पक्षलाई बोकेर अर्कोसँग जुध्न उनीलाई सजिलो हुनसक्थ्यो होला, तर यसले पार्टीलाई जडतामा मात्रै अल्झ्याएर राख्ने परिस्थिति बुझेर उनले कतिपय आलोचना सहेर पनि रणनीतिक कदमहरु चालिरहेको बुझ्न सकिन्छ । तत्कालका लागि यी कदम कुनै अमुक समूहका लागि अपाच्य भएपनि यसले दीर्घकालमा भने गुटहरु भत्काउने र साझा उद्देश्यका लागि पार्टीलाई समर्पित गर्ने स्तरसम्म विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन । अबका केही हप्ताहरु नेकपाका लागि निर्णायक हुने छन् । यसपछि नेकपाले जनतासँग जोडिने र पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने समय शुरु हुने छ । यी सबै पक्षमा प्रचण्ड अब निर्णायक बन्ने अवस्था देखिन्छ । बल उनको कोर्टमा आउने र उनी नयाँ भूमिकामा पुरानै स्पिरिटका साथ अघि बढने आँकलन गर्न सकिन्छ । प्रचण्डले भनेजस्तै, बिग्रे पनि भत्के पनि नेपाली समाजको रुपान्तरण, अग्रगामी रुपान्तरण नेकपाबाटै सम्भव छ । जति आलोचना गरेपनि यसको विकल्प अन्य शक्ति बन्न सकेका छैनन् । त्यसैले नेकपालाई त्यो स्तरमा पुर्याउन सरकारका तर्फबाट ओली र पार्टीका तर्फबाट प्रचण्ड नै अबको निर्णायक नेतृत्व हुनेमा दुईमत हुन सक्दैन ।
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौंः बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्य निर्धारण भएको छ । बुधबार तेजावी सुन भने प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको हो ।
लोभले लाप ,लापले बिलाप भने झैँ, धेरै कमाउने लोभ नगर्नुस् !
काठमाण्डौ, बैशाख ०३ । तपाईँ कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाण्डौ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरिद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले जानकारी दिए । ुबढी महत्वकांक्षा राखेर छिटो आर्थिक उपार्जन गर्न खोज्दा फसेको पाइयो, कुनै असामान्य क्रियाकलाप देखियो र सस्तो मूल्यमा सामान बिक्री गर्न खोजेको पाइयो भने होसियार हुनुहोस्, प्रहरीलाई तुरुन्त खबर गर्न नभुल्नुहोलाु, सिंहले सबैलाई आग्रह गरे । रातारात धनी बन्ने सपनामा सुनको टुक्रा किन्न खोज्दा फलामको टुक्रा किनेर लाखौँ रुपैयाँ गुमाएका एक व्यक्ति अहिले प्रहरीको शरणमा पुगेका छन् । सुन भनेर फलामको टुक्रा किनेका काठमाण्डौका राजेश विक १९ लाख ठगीमा परेका छन् । यद्यपि ठगीका गिरोह पक्राउ गरिरसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । विकले सामाखुशीस्थित रानीबारीमा गएको पुसमा सुनको टुक्रा भनेर १९ लाख रुपैयाँमा खरिद गरे । फलामको टुक्रालाई सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरेर आकर्षक तरिकाले राखेको अवस्थामा उनले किनृका थिए । पछि खोलेर हेर्दा चार वटा फलामको टुक्रा भेटिएपछि मात्रै ठगीमा परेकोे चाल पाए । उनको उजुरीकै आधारमा खोजी गर्दा वैशख १ गते ठगी गर्ने व्यक्ति सुन्धाराबाट पक्राउ परेको प्रवक्ता बोगटीले जानकारी दिए । बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ परेका उनीहरुले ठगेको पैसा विभिन्न व्यक्ति मिली बाँडेर खाएको पाइएकाले रकम फिर्ता ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङले नौ लाख ५० हजार र काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठले तीन लाख ५० हजार, प्रवीन श्रेष्ठले तीन लाख, सुवास श्रेष्ठले तीन लाख बाँडेर लिएका थिए । उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै महंगोमा डलर साट्न पाइने लोभमा समेत सर्वसाधारण ठगीमा परेको अर्को उदाहरण छ । ठगीका गिरोहले काठमाण्डौको नयाँ बसपार्क, बालाजू, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकालाई डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने लोभ देखाइ ठगी गर्ने गिरोहसमेत पक्राउ परेका छन् । उनीहरुले बीचमा कागज राखी अगाडि र पछाडि सक्कली पैसा राखेर ठगेको अनुसन्धानमा खुलेको छ । ठगीमा एकै परिवारका दाजुभाइ संलग्न छन् । उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखेर भित्र कागज राखी ठग्ने गरेका थिए । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङले स्वयम्भूबाट पाँच तोलाको औँठी, सामाखुशीबाट ४६ हजार रुपैयाँ, गौशालाबाट चार लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । लुटेरा र चोर पक्राउ महानगरीय प्रहरी परिसर काठमाण्डौले लुटपाटमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । परिसरले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी बरामद सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मोतीहारीका दीपकप्रसाद जैसवाल, बैसालीका बिजु साह र सितामढीका राजकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट क्यामरा नौ थान, मोबाइल १० थान, घडी नौ थान, मनी पर्स सात थान, क्यामरा एक, एउटा मिनी प्रोजेक्टर, जेनेरेटर र नगद रु एक लाख ९८ हजार बरामद भएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका मानिसलाई पिछा गर्ने र सामान लुट्ने गरेको खुल्न आएको छ । यसैबीच नागार्जुन नगरपालिका–९ दुर्गा नगर कोलेनीस्थित चोरी गरेर भाग्दै गर्ने दोलखा घर भई काठमाण्डौ –१४ कलङ्की बस्ने सुनिल श्रेष्ठ र सोही ठाउँका अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुले स्थानीय तर्कबहादुर कुँवरको घरको तेस्रो तलाको ताल्चा फुटाएर पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुबाट मोबाइलसहित २८ हजार नगद र ताल्चा फुटाउन प्रयोग भएको फलामे रड बरामद भएको छ । रासस
यो रमाइलो चुट्किला : इञ्जिनियर र डाक्टरको एउटै केटीसँग लभ परेछ
एकपल्ट एउटा Engineer र Doctor को एउटै केटीसँग लव परेछ । यत्तिकै मा एकदिन Engineer लाई कामले गर्दा पोखरा जानुपर्ने भएछ एक हप्ताको लागि…जाने बेलामा Engineer ले केटीलाई ७ वटा स्याउ दिएर गएछ…. किन होला ? * An Apple a day keeps a Doctor away.
चुट्किलाः छोराले सयमा पञ्चानब्बे ल्याउँदा….
एकादेशमा एकजना व्यापारीको छोराले बि.ए. पास गर्दा सयमा पन्चानब्बे प्रतिशत ल्याएको खुशियालीमा आफ्नो बुबालाई मिठाई दिँदै भन्यो । बुबा मैले परिक्षामा सयमा पन्चानब्बे प्रतिशत ल्याए । बुबाले भन्नुभयो– ‘हामीले सयको मालबाट एक सय पचाससम्म ल्याउँछौ तर तैंले सयमा पनि पॉच घटाईस् । नालायक कहीँको । हा हा हा हा हा……
चुटकिला : आइतेको तुजुक
******आइते****** ज्योतिष : तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन । आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! ज्योतिष : धेरै खुसी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।
चुटकिला : ला भुले छु
Vanjo बाइकमा कतै जादै थियो । ट्राफिकले रोकेर भनेछ : २०० निकाल। vanjo : किन ? ट्राफिक : हेल्मेट खोइ ? Vanjo : ला भुलेछु । अर्को दिन हेल्मेट लगाएछ र गएछ। फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल । vanjo : किन ? आज त हेल्मेट लगाको छु त । ट्रफिक् : अनि बाइक खोइ त ? Vanjo : ला भुलेछु
Video: उपचारका लागि पैसा जुटाउन आफ्नै दुध बेच्दै यी आमा
छोरीको उपचारका लागि रकम जुटाउन एकजना आमाले सडकमा आफ्नै दूध बेचेको समाचार अहिले भाइरल बनेको छ । घटना चीनको हो। डेलि मेलमा प्रकाशित समाचार अनुसार आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक भएकोले दुध बेच्न खोजिएको उनीहरुले बताएका छन्। चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्। गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमा भन्छिन्, .‘जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु।’ बुबा भन्छन्, ‘अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले तत्काल रकम जम्मा गर्न भनेका छन् ।’ पछिल्ला वर्षहरूमा चीनमा स्वास्थ्य सेवा पाउन निकै गारो परेको छ । कतिपय अवस्थामा त पालो पाउन समेत घुस तिर्नुपर्ने अवस्था छ । धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् ।
लघुकथा : लाहुरे दाई
सन्तोष रोकाया नरोऊ जानु म छिट्टै आछुनी अनि हाम्रा सुन्दर सपनाहरु सँगै साकार गरौंला नरोऊ है । मल्लो घरको काकालाई मंसिर लगाईदिनु भनेको छु । आमालाई सघाउनु,छिमेकीको प्यारी बन्नु,हन्छ है ? म जान्छु ल जुनु ? यसरी आफ्ना मुहारबिन्दुबाट यी कोमल शब्दहरु उफार्दै भारत हानिएको थियो दिले दाई । जानु भाउजुले भने आफु सँग शब्द भण्डार नै नभए जसरी घुक्कघुक्क रुदैँ आफ्ना हातका दश औंला दिले दाईको पाउमा विसार्दै-ढोग्दै पछारिएकी थिईन् । ९ वर्षको छँदा बुवालाई गुमाउन पुगेको दिले दाईको आफ्नो भन्ने आमा, मल्लोघरको काका र जानु मात्रै छन् क्यारे । वालापनमै बाबा गुमाएको दिले दाईको सबै काम उसकै काँधमा थुपारियो । स्कुलमा सबैको प्यारो दिले ४ कलासमै बिद्यालय छोड्न बाध्य भयो । खेतीपाती लगाउने,खनजोत गर्ने,मेलापात जाने सबै काम उसले सानै उमेरमा आमा सँगै सिक्यो । दिन बित्दै गए अब त दिले दाई पनि १८ वर्षको भइसक्यो । आमाले उसलाई बाबु अब तँपनि ठुलो भईसकिस् मेरो पनि दिनहरु डुब्न लागेको घाम झैँ हुदैछन् । अब त एउटा बुहारी नखोजी भएन । घरमा काम गर्ने पनि त चाहियो हैन त छोरो ? “मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुखसुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरिव घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ,सहमति जनाएकी छौ । मलाई पनि थाहा छनि लाटी बिहे गरेको ३ महिनामै हामी एक अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्नेछौं । सुखदुखका कुरा गर्नेछौ” । दिलेले पनि आमाको वचनलाई अस्विकार गर्न नसकि मल्लोघरको काका सँग आमाले भनेको सबै कुरा राख्यो । काकाले पनि सहमति जनाउँदै आफ्नो ससुराली गाउँको अमरको छोरी जानु भन्ने केटी छ । सोझी छ अनि असाध्यै दुंख पाएकी,सानैमा आमा बित्नु भो रे । घरमा बुवा भाई र उ मात्रै छन् रे । उसैको कुरा गरे कसो होला । काका हजुरले भनेपछि म किन नाईनास्ती गरुँला र । हुन्छ,कुरा गर्नु म राजी छु । यसरी नै दिले दाईको जानु भाउजु सँग लगन जुरेको थियो र पछि विवाह हुन पुग्यो । विवाह भएको ३ महिनामै दिले दाई भारत तिर हानियो । गरिब परिवारको दिले गाडी भाडा र बाट खर्च जसोतसो मिलाएर घर छोड्यो । दिले दाई सँगै एसएलसी परिक्षा उतिर्ण गर्न नसकेका पल्लो गाउँका मुखियाका नाती धने र व्यापारी भनेर चिनिने बिरेको छोरा शैलेस पनि सँगै लागे । कमाउन भनेर भारत लागेको दिले गाँजा तस्करीको अभियुक्त भनेर कञ्चनपुर गड्डाचौकी नाकामा प्रहरीबाट समातियो । झोलामा आफ्ना लगाउने लुगाकपडा र १ जोर जुता मात्र हालेको दिले आफै नै रनभुल्लमा प¥यो कसरी म गाँजा तस्करीमा परेँ ? तराई,पहाड लगायत हिमालका सञ्चार माध्यमहरुमा “गाँजा तस्कीमा १ जना अभियुक्त पक्राउ” भन्ने समाचार सबैको कानकानमा पुग्यो र पुग्यो उसकी प्यारी जुनु र आमाको कानमा । स्वयम दिलेले नै बुझ्न नसकेकको कुरा उसकी जुनु र आमाले बुझ्नु त आकाश पातालकको कुरा थियो । तर पनि जुनु र उसकी सासु आमाले (दिलेकी आमा) दिले प्रति दृढविश्वास गरिन्, ताकी यो काम दिलेबाट भएको हुनै सक्दैन । अरु कोहि नै शत्रु लागेका हुन सक्छन् भन्ने शंका उब्जाईन् । हुँदा पनि त्यस्तै दिले प्रहरी चौकीमा राखेको ३ दिन पछि प्रहरीको अनुसन्धान र दिलेको वयानले उसकै साथी धने र शैलेसले आफु सँग भएको गाँजा दिलेको झोलामा राखेर आफुहरु अर्को टाँगामा गएको र दिलेलाई एक्लै छोडेको प्रहरी अनुसन्धानबाट सावित भयो र दिलेलाई छुटकारा दिईयो भने ति दुई जना धने र सैलेशलाई पक्राउ गर्न प्रहरी तलासमा लागे । पहिलो गासमै ढुङगा’ भनेझैं दिले भारत जानेकी घर फर्किने भनेर दोधारमा पर्यो । घर पो के लगेर फर्किने ? जसोतसो मन बनाएर दिलेदाई भारतको व्यङ्लोर हानियो । व्यङ्लोरमा आाफ्नो मामा भएकाले पनि दिले दाईलाई काम खोज्न त्यति अप्ठेरो परेन । मामा सँगै काम ग¥यो । बेला बेला दिले घरमा आमालाई र आफ्नी प्यारी जुनुलाई फोन ग¥थ्र्याे । आफु सञ्चै भएको र कमाई पनि राम्रै भएको खवर सुनाउँथ्यो । यता उसकी प्यारी जुनु भने दिलेको यति राम्रो खवर सुनेर आफुले बुनेका सपना साकार हुने कल्पिदै मुसुक्क हाँस्दै र बेला बेला आफ्नो श्रीमानले भोग्नु परेको दु.ख सम्झिदै आँसु झार्दै थिईन् । दिन, हप्ता, महिना हुँदै दिलेले अर्को दशैंमा घर आउँछु भनेको पनि गईसक्यो अब त दिले भारत गएको २ वर्ष पुग्नै थालेछ क्यारे । बिहे गरेर ३ महिनामै घर छोडेको दिलेकी प्यारी जुनु अब त यता ऐना हेरेर अनुहारका रेखीहरु गिन्ती गर्न थाली होलिन् । आफ्ना चिल्ला राता गालाहरुलाई थप्पड हान्दि हुन् र भन्दि हुन् तँ अभागी । सँगै बिहे गरेकी तल्लो घरको माईलीको डेढ वर्षको छोरा देख्दा जानु भाउजु आफ्ना इमोस्नल ओर्गानहरुलाई सुम्सुम्याउँछिन होलिन् र दिले दाईलाई कल्पना गर्दि हुन् । उता दिले दाई पनि सोच्छन् होला मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुःख–सुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरीबको घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ, सहमति जनाएकी छौ । मलाई पनि थाहा छ नि लाटी बिहे गरेको ३ महिनामै हामी एक–अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्ने छौं । सुख–दुःखका कुरा गर्ने छौं । हो दिले दाई पनि यस्तै सोच्छ होला । अनि आफ्नो जन्मलाई धिक्कार्छ होला । अब त गाउँघरका साना नानीहरु जानु भाउजुलाई भाउजु लाहुरे दाई कहिले आउनु हुन्छ भनेर भन्न थालेका छन् । जानु भाउजु आउँदोे दशैंमा आउनुहुन्छ । गुड मिश्री खान आउनु है बाबुहरु भनेर टपाल्न थालेकी छिन् । खै ! उता भने लाहुरे दाईको आजभोलि भारु रुपैयाँमा आँखा परेको छ । कहिले आउँछ त्यो त उसैलाई थाहा छ । यता भने जानु भाउजु पर्खि बसेकी छिन् र आफ्ना सुनौला सुन्दर सपनाहरु साकार गर्न कल्पिरहेकी छिन् । केवल उही लाहुरे दाईको भरमा ।। ठेगानाः मष्टा गा.पा.२ बझाङ हालः धनगढी कैलाली
सप्तरीमा राहत हाेइन निकास लिएर जाऊ सरकार
पुष्पा महरा बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी गएका छन् । निरन्तरको वर्षाका कारण सप्तरीमा आएको बाढीका कारण हजारौ घर प्रभावित बनेका छन् भने वाढीले लाखौको बालीनाली नष्ट गरेको छ । स्थानीय महुली खोलामा स्थायी तटबन्ध नहुँदा त्यहाँका १५ हजार घर धूरी प्रभावित बनेका छन् । हजाराै विगा जमिनमा लगाइएकाे बाली नष्ट बनेकाे छ । उक्त तटबन्ध निर्माणका लागि बारम्बार माग गरेको भएपनि अझैसम्म पनि निर्माण कार्य नहुँदा त्यहाँका स्थानीयले यस्तो दुर्दशा भोग्नु परेको हो । प्रधानमन्त्री देउवा भने त्यसैबारे बुझ्न तथा अवलोकन गर्न अहिले सप्तरी पुगेका छन् । प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन गर्दै बाढीपीडितहरुसँग भेट समेत गरेका छन् । उनले बाढीपीडितहरुलाई चाँडो राहतको व्यवस्था गरिदिने वचनसमेत दिए । स्थानीय लोहजारा गाविसस्थित भेडिया मन्ठसहित मैनाकडेरी, रघुनाथपुरमा बाढीले बितन्डा मचाएको छ । बाढीको घटना नयाँ होइन, हरेक वर्ष वर्षायामसँगै सुरु हुने यहाँको दुःखदायी घटनालाई सरकारले अझैपनि नियन्त्रण गर्न नसक्नु कमजोरीपन मात्रै होइन लज्जास्पद कुरा हो । हरेक वर्ष पूर्वीतराई जलमग्न हुन्छ । सरकारका पक्षबाट भने प्रधानमन्त्री मन्त्रीहरु जान्छन्, राहतको कुरा गर्छन अनि फर्किन्छन् । जनताले पसिनाले सिर्जेका सम्पत्ती वालीनालीहरु माटो बन्छ । सरकारले दिएको राहत जनताको पसिनाको मोल बराबर हुँदैन । त्यसैले सरकार गएर राहतको कुरा गर्नु ठूलो कुरा होइन, त्यहाँका जनताको दुःख सधैंका लागि हटाइदेउ । तिमी अनि तिम्रो पार्टीलाई जनताले जिताउनुको बल्ल अर्थ हुन्छ । बनाइदेउ हरेक खोलामा स्थायी तटबन्ध, फेर्न पाउन जनताले सुखको स्वास । साँझ सुत्यो विहान उठिन्छ कि उठिन्न भन्ने जनतामा भएको भयलाई सदाको लागिहटाइदेउ । अनि तिमी सफल बन्छौं । तिम्राे सरकार सफल हुनेछ ।
नयाँ। शक्ति छोड़ेका ६६ केन्द्रीय नेताले भने- बैध्य-बाबुराम-बिप्लवजी, फर्किंनुस एकताको विकल्प छैन
काठमाँडौ, मेयरका उम्मेदवारलगायत नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका ६६ जना केन्द्रीय नेताहरूले माओवादी एकताको अपील गरेका छन । पढ़नुस प्रेस विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु, अरस्तुले भनेका थिए–‘शान्तिका लागि नै युद्ध गरिन्छ ।’ त्यसैले निरंकुश राजतन्त्रको थिचोमिचो विरुद्ध मौनता भंग गर्दै नेपालमा जनताले संगठित रुपमा जनयुद्ध शुरु गरेको र त्यसैको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीसहितको नयाँ राज्यव्यवस्था स्थापना भएको सर्वविदितै छ । संविधान कार्यान्वयन मार्फत अहिले सिंहदरबारको पर्खालभित्र कैद जनताका अधिकार देशैभरका गाउँ–गाउँ र शहरबस्तीमा समेत पुगेका छन् । संविधान कार्यान्वयनसँगै मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्दैछ । यद्यपी, कुशल नेतृत्व, स्पष्ट दृष्टिकोण र कुशल कार्यान्वयनकर्ताको सामुहिक पहलकदमीबिना समृद्धिको सपना पुरा हुँदैन । तर, बिडम्बना ! सबै एक बन्नुपर्ने बेला माओवादीका नेताहरु नै विभिन्न नाममा विभाजित बने । विभिन्न नामका पार्टी खोले । नेताहरुकै गुट संघर्षका कारण हामीजस्ता लाखौँ कार्यकर्ता पनि विभिन्न खेमामा विभाजित बन्न पुग्यौँ । जसको कारण रक्तमुछेल गर्विलो इतिहास नै ओझेलमा पर्दै गयो । पार्टी कमजोर हुँदा माओवादीले लगाएको बाली भित्र्याउन पुरानै यथास्थितीवादी पार्टीहरु आईपुगे । माओवादी पार्टीको विभाजनले सबै प्रगतिशिल शक्तिलाई नराम्ररी चिमोटिरहेको छ । यसले जनयुद्धको गर्विलो इतिहासप्रति मजाक मात्रै गरेको छैन, शहिद–बेपत्ता र घाईतेको सपनामाथि कुठाराघात पनि गरेको छ । आदर्श मानिएका नेताहरुले सहयोद्धालाई नै मुख्य र सहायक दुश्मन तोक्नेसम्मको गलत चिन्तनले उपलव्धि धरापमा पर्ने र भविष्य नै अन्धकार बन्ने डरलाग्दो तस्विर माओवादी आन्दोलनमा देखिन थालेको छ । चाहे क्रान्तिकारी माओवादी, चाहे नयाँ शक्ति र नेपाल कम्युनिष्ट पार्टीका नाममा छिरलिएको माओवादी आन्दोलन एकतावद्ध नगर्ने हो भने हामीलाई इतिहासले सराप्ने, बर्तमानले घोच्ने र भविष्यले धिक्कार्ने निश्चित छ । प्रचण्ड, वैद्य, बाबुराम र विप्लव समूह किन विभाजित भयो र एकतावद्ध हुन केले छेकेको छ ? बुझिसक्नु छैन । नेताहरुको गुट संघर्षको उर्लँदो भेलमा परेर लाखौँ कार्यकर्ता ‘ओल्लो तिर न पल्लो किनार’ भएका छन् । पार्टी विभाजन दुर्भाग्य थियो भने पक्षधरता नेता÷कार्यकर्ताको वाध्यता हो । सारमा हेर्ने हो भने वैचारिक रुपमा समेत यिनमा खासै भिन्नता देखिँदैन । फुटेर होइन, जुटेर मात्रै लक्ष्य चुम्न सकिन्छ भन्ने वोध गर्दै सबै एकै ठाउँमा रहेर नीतिबारे बहस गरेर सहमतिमा पुग्ने हो भने इतिहासको सम्मान र मुलुकको समृद्धि पनि छिट्टै सम्भव हुने देखिन्छ । तर, नेतामा यस्तोखाले तत्परता देखिँदैन । मुलुकको समृद्धिका लागि हामीजस्ता हजारौँ नेता÷कार्यकर्ता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा आवद्ध भयौँ । बैकल्पिक राजनैतिक शक्ति निर्माणमा अहोरात्र खटियौँ । यद्यपी, यो पार्टीमा पनि सोच, शैली र संगठनमा कुनै नयाँपन देखिएन । सबै दृष्टिले अहिलेका पार्टीमध्ये सबैभन्दा प्रगतिशिल र मुलुकको भलो चाहने पार्टी नेकपा (माओवादी केन्द्र) नै देखियो । संविधान निर्माण, कार्यान्वयन र सरकार सञ्चालनमा अध्यक्ष प्रचण्डको भूमिकाले माओवादी नै मुलुकको सबैभन्दा सहि पार्टी ठहरियो । तसर्थ, नाम मात्रैको नयाँ शक्ति परित्याग गरि हामी निम्न सार्थीहरु नेकपा (माओवादी केन्द्र) मा समाहित हुने निर्णयमा पुगेका छौँ । यसै विज्ञप्ति मार्फत नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई पनि माओवादी केन्द्रमै समाहित हुन आह्वान गर्दछौँ । साथै, प्रगतिशिल शक्ति विकेन्द्रित भई ‘बीरबलको खिचडी’ पकाउन खोज्दा यथास्थितीवादी र प्रतिगामी शक्ति नै हावी हुँदै गएकोले पृष्ठभूमि, दृष्टिकोण र विचार मिल्ने सबै नेता÷कार्यकर्ता यही पार्टीमा आवद्ध हुन पनि विशेष अपिल गर्दछौँ । धन्यवाद ! नामथर हस्ताक्षर १) ओमकुमारी पौडेल (तनहुँ)–संस्थापक संयोजक नयाँ शक्ति विद्यार्थी युनियन २) नबराज बराल (कास्की)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल ३) युवराज दाहाल (झापा)–प्रमुख, स्ववियु विभाग (नयाँ शक्ति विद्यार्थी युनियन) ४) सुमन आचार्य (खोप्लाङ, गोरखा)–संयोजक, प्रदेश नं ४ (नयाँ शक्ति विद्यार्थी युनियन) ५) मुकुन्द कार्की (ओखलढुङ्गा)–केन्द्रीय परिषद सदस्य ६) कृष्ण भट्टराई (भक्तपुर)–प्रमुख अतिरिक्त खेलकुद विभाग (विद्यार्थी) ७) शिव न्यौपाने (रुपन्देही)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ८) फणिन्द्र फुयाँल (सिन्धुली)–संयोजक, प्रदेश नं ३ (प्रेस सोसाईटी नेपाल) ९) ओमप्रकाश महतो (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १०) सञ्जिव रेग्मी (धादिङ)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ११) देवराज गुरुङ्ग (गोरखा)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल १२) धिरज खनाल (गोरखा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १३) ममताकुमारी शर्मा (धनुषा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १४) अरबिन्द शाह (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १५) दिलीप तामाङ (रसुवा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १६) राधेश्याम शाह (महोत्तरी)–संस्थापक संयोजक, प्रदेश नं २ (विद्यार्थी) १७) दिनार श्रेष्ठ (चितवन)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १८) दिनेश तामाङ (संखुवासभा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १९) शेखर मण्डल (बारा)–केन्द्रीय सदस्य (विद्यार्थी) २०) सुनिल पोखरेल (गोरखा)– केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) २१) निरज बम (कैलाली)–केन्द्रीय सदस्य (विद्यार्थी) २२) अर्जुन यादव (सर्लाही)–केन्द्रीय सदस्य (विद्यार्थी) २३) भरत साफी(धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २४) सुरेन्द्र शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २५) हिमान्सु शाह (सिराह)–केन्द्रीय सदस्य (विद्यार्थी) २६) रञ्जन कुमार शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २७) उचित दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) २८) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) २९) रामसुधन फुयाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ३०) रमेश भण्डारी (सुर्खेत)–केन्द्रीय सदस्य (विद्यार्थी) ३१) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ३२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ३३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ३४) नितेश श्रेष्ठ (मकवानपुर)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ३५) राकेश कुमार शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३६) जितेन्द्र कुमार दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३७) घनश्याम शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३८) प्रणशु केशव झा (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) ३९) अनिता बास्कोटी (नवलपरासी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४०) मनिस शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४१) अविनिश शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ४४) गणेश श्रेष्ठ (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४५) झलक छाडुली (मकवानपुर)–केन्द्रीय सदस्य (विद्यार्थी) ४६) संग्राम वल लामा–केन्द्रीय सदस्य (विद्यार्थी) ४७) विशाल रसायली–केन्द्रीय सदस्य (विद्यार्थी) ४८) आषिस दाहाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ४९) योगराज खड्का (बाजुरा)–केन्द्रीय सदस्य (विद्यार्थी) ५०) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ५१) सन्तोष नेपाली–केन्द्रीय सदस्य (विद्यार्थी) ५२) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ५३) अनिस पन्त–केन्द्रीय सदस्य (विद्यार्थी) ५४) विवेक कुमार यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५५) प्रान्सु झा–केन्द्रीय सदस्य (विद्यार्थी) ५६) प्रमोद यादव–संयोजक, जेईसी (विद्यार्थी) ५७) मुकेश मिश्र–संयोजक, एनसीई (विद्यार्थी) ५८) रुपेश यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५९) योगेश दास–संयोजक, किस्ट (विद्यार्थी) ६०) पंकज दास–संयोजक, सगरमाथा (विद्यार्थी) ६१) प्रमोद यादव–संयोजक, जेक (विद्यार्थी) ६२) सुवास श्रेष्ठ, धादिङ (केन्द्रीय सदस्य विद्यार्थी) ६३) गणेश आचार्य, कास्की (केन्द्रीय सदस्य विद्यार्थी) ६४) शौरभ खत्री, मोरङ (केन्द्रीय सदस्य विद्यार्थी) ६५) कमल खड्का, संयोजक नेपालगञ्ज उपमहानगरपालिका तथा केन्द्रीय परिषद सदस्य, नयाँ शक्ति नेपाल ६६) जयाकुमारी खड्का, मेयरका उम्मेदवार (नेपालगञ्ज महानगरपालिका) तथा केन्द्रीय परिषद सदस्य नयाँ शक्ति नेपाल
जलविद्युतको नयाँ खरिद दर निर्धारण,रन अफ रिभरलाई ६ महिना सुक्खायाम
काठमाडौं – ऊर्जा मन्त्रालयले जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) हुने जलविद्युत् आयोजनाको दर निर्धारण गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माको केही दिनअघिको निर्णयबाट पिपिए दर निर्धारण गरी कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणमा पठाएका छन् । प्राधिकरण सञ्चालक समितिले पारित गरेपछि पिपिए दर कार्यान्वयनमा आउने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयबाट गठित कार्यदलले गरेको सिफारिसलाई ऊर्जा मन्त्रालयले पुसको अन्तिम साता राय सुझाबका लागि सार्वजनिक आह्वान गरेको थियो । राय सुझाबलाई समेट्न मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा विद्युत् विकास विभाग र प्राधिकरणका प्रतिनिधि सदस्य रहेको कार्यदल गठन गरिएको थियो । चटौत कार्यदलको सिफारिसलाई मन्त्रालयले पिपिए दर तय गरी कार्यान्वयका लागि प्राधिकरणमा पठाएको हो । रन अफ रिभरलाई ६ महिना सुक्खायाम नदीको बहावमा आधारित (रन अफ रिभर) जलविद्युत् आयोजनालाई सुक्खायाम (हिउँद) ६ महिना कायम गरिएको छ । अहिले त्यस्ता आयोजनाले पुस–चैत (४ महिना) सुक्खायाम र वैशाख–मंसिर (८ महिना)लाई वर्षायाम मान्दै पिपिए भइरहेको छ । १६ मंसिरदेखि १५ जेठसम्मलाई सुक्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मलाई वर्षायाम कायम गरिएको छ । यस्तो व्यवस्था अब पिपिए हुने आयोजनालाई मात्रै लागू हुने ऊर्जा मन्त्रालयले प्रस्ट पारेको छ । त्यस्ता आयोजनाको पिपिए दरमा भने परिवर्तन नगरिएको ऊर्जाका प्रवक्ता घिमिरेले बताए । रन अफ रिभर आयोजनाको सुक्खा र वर्षायामको पिपिए दर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसा छ । जलाशययुक्त आयोजना १५ दिन पूर्ण क्षमतामा चल्नुपर्ने हिउँदका ६ महिनाका १५ दिन पूर्ण क्षमतामा चल्ने आयोजनालाई मात्र जलाशययुक्त आयोजना मानी सोही आधारमा पिपिए गर्ने निर्णय ऊर्जा मन्त्रालयले गरेको छ । वर्षिक ऊर्जाको ३५ प्रतिशत हिउँदमा उत्पादन गर्ने आयोजनालाई जलाशय मान्दा रन अफ रिभर आयोजना पनि त्यस्तै देखिने भएकाले नयाँ व्यवस्था गरिएको प्रवक्ता घिमिरेले बताए । ‘जलाशययुक्त आयोजना हिउँदका ६ महिना १५ दिन पूर्ण क्षमतामा चल्नैपर्छ भने वार्षिक ऊर्जाको ३५ प्रतिशत हिउँदमै उत्पादन हुनुपर्छ,’ उनले भने, ‘त्यस्ता आयोजनाले हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः १२ रुपैयाँ ४० पैसा र ७ रुपैयाँ १० पैसा तय गरिएको छ ।’ जलाशययुक्त आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पल्ट मूल्यवृद्धि (स्कालेसन) पाउनेछन् ।