बुधबार राती ३९ एसएसपीको सरुवा
काठमाडौं, माघ १३ । लामो समयदेखि रोकिएका एसएसपीहरुलाई रातारात सरुवा गरिएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।
सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएका छन् । अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् ।
त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दिपक थापाको लुम्विनी प्रहरी प्रमुखमा, ठुले राईको ललितपुर प्रहरी प्रमुखमा र उत्तम कार्कीको कोशी प्रहरी प्रमुखमा सरुवा भएको छ । लागू औषाध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।
त्यसैगरी एसएसपी सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालय, शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, वलराम शर्मा सगरमाथा प्रहरी प्रमुख र उत्तम कार्की कोशी अंचल प्रहरी प्रमुखमा सरुवा भएका छन् ।
एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।
देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जोशी र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो। बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्। यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।
अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्द यूएईमा सम्मानित
यूएई, पुस १९ । विश्व कृतिमानी यात्राको दौरानमा रहेका दुई हातले एकैसाथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सुदूरपश्चिम सेवा समाज यूएईले सम्मान गरेको छ । १ जनवरी २०१९ मंगलबारका दिन युएईको बर–दुबईस्थित सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिमा एउटा कार्यक्रमको आयोजना गरि सुदूरपश्चिम सेवा समाज यूएईले बैतडी जिल्लाको सिगास गाउपालिका जन्मी हाल नेपाल र नेपालीलाई सकारात्मक संदेशका साथविश्व कृतिमानी यात्राको दौरानमा रहेका दुईहातले एकैसाथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरेको हो । सुदूरपश्चिमेली नेपाली समाजका वरिष्ठ उपाध्यक्ष लोकेन्द्रबहादुर बमको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका मध्यपूर्व संयोजक धर्मराज पाण्डेय बिशेष अतिथि रहेको थियो भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएई बर–दुबई क्षेत्रिय समितीका अध्यक्ष कृष्णनन्द जोशी र सुदूरपश्चिम सेवा समाज यूएई आजमान (शारजाह क्षेत्रिय समितीका सल्लाहकार राजु विष्ट तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्रबहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै नेपालीलाई विश्व सामु चिनाउन गिनीज बुक ऑफ दि विश्व रिकॉर्डमा नाम लेखाउने मनोज चन्दको प्रयास सफल रहोस् भन्ने कामना ब्यक्त गरेका थिए भने विशेष अतिथि धर्मराज पाण्डेयले चन्दले छिट्टै कृतिमानी कायम गरेको खबर सुन्नु पाईयोस् भन्ने जिज्ञासा राख्दै शुभकामना दिएका थिए । त्यस्तै अन्य अतिथिहरुले पनि आ–आफ्नो शुभकामना मन्तब्य राख्दै विबिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई शुभकामना दिएका थिए । सोही कार्यक्रममा सुदूरपश्चिम सेवा समाज यूएईले विश्व यात्राका दौरानमा केहि सहयोग होस् भनी चन्दलाई नेपाली रु १९,८७५ (उन्नाइस हजार आठ सय पचहत्तर रुपैयाँ) आर्थिक सहयोग पनि गरिएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाशका आँखामा पार्टी हारका यस्ता छन् ६ कराण
काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले आफूहरु बदलिएर कांग्रेस पनि बदल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लामो समयदेखि पार्टी मुख्यालयमा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा पेस गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कांग्रेस बैठकमा स्थानीय निर्वाचनमै पराजयको साइरन बज्दा पनि रुपान्तरण हुन नसकेको उनको धारणपत्रमा उल्लेख छ । प्रवक्ता शर्माले कांग्रेस पराजयका ६ कारण उल्लेख गरेका छन् । जारी कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले राखेका धारणा यस्तो छ केन्द्रीय समितिको वैठकमा विश्वप्रकाश शर्माद्वारा प्रस्तुत कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप नेपाली इतिहासका आनेक समयलाई आफू आनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ । इतिहासका आनेक मोडमा कहिले संघर्ष, कहिले सत्ता कहिले जय आनि कहिले पराजय भोग्दै आएको यो पार्टी आजको चुनौतीपूर्ण समयखण्डलाई एकतावद्ध भएर सामना गर्न समर्थ हुनैपर्छ र हुनेछ । कांग्रेसका आम शुभचिन्तकहरुको आग्रह र दवाब छ– पराजयको यो घडी ६ दशक उमेर नाघेको कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रुपमा विकसित गर्न यात्रारम्भ गर्ने ऐतिहासिक आवसर पनि बन्नुपर्छ । पराजयका ६ आन्तरिक कारण १) मुर्झाएको आत्मीयता पंचायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस ईकाई झापाको आध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटो जस्तै कति आत्मीयता थियो साथी र साथीहरुबीच । तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं तब त्यागको भावना प्राप्तिको जुनुनमा बदलियो । आन्तरिक प्रतिस्पर्धालाई सिष्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन । परिणाममा आत्मीयता मुर्झायो आनि दृष्यमा प्रकट भयो गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने आपसंस्कृति । आफ्नाले नै आफ्नालाई खुईल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगिन बनिरहन सम्भव थिएन । यसरी सुरु भयो सगरमाथाको उचाईबाट ओरालो झर्ने हाम्रो यात्रा । मुर्झाएको आत्मीयताले आन्तर्घातको आण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र आनुच्छेदहरु नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो । २) छवीमा क्षति ‘मास’मा आधारित राजनीतिक दलको चुनावी विजयको पहिलो आधार नै उसको छवी हुन्छ । राम्रो छवी बनाउन राम्रा काम गरेर मात्र पुग्दैन, त्यसको प्रचार आम नागरिकको ह्रदयलाई छुने ढंगले गरिनै पर्छ । छवी नराम्रो बन्न भने एउटा आप्रिय काम गरे पुग्छ, त्यसको प्रचार आरुले निशुल्क गरिदिन्छन् । हाम्रो तीनवटा कमजोरी रह्यो छवी उच्च बनाउन नसकेको सन्दर्भमा– क) कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रो कामलाई ‘ब्राण्डिङ’ गर्दै आघि बढ्ने चुस्त रणनीति शायद हामीले आवश्यक नै ठानेनौं । त्यो गर्न सकेको भए शान्ति, संविधान आनि प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि मुलुकले हासिल गरेको केही समृद्धिको वाहक कांग्रेस नै हो भनेर उज्यालो छवी स्थापित गर्न सकिन्थ्यो र त्यो छवीले मतदाताको मन र मत जित्न हामीलार्इ सघाउ पुग्थ्यो । ख) सरकारमा रहेर गरिएका कतिपय निर्णय तत्कालीन जनमतको प्रतिकूल हुदैछ र हाम्रो छवीलाई गहिरो आसर पु-याउदैछ भन्ने हेक्का नराख्नु हाम्रो सामान्य कमजोरी थिएन । इतिहासको गौरव भन्दा तत्कालीन मुद्दाहरुको रौनक निर्वाचनमा निर्णायक हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न नसक्दा त्यसको लाभ हाम्रो विपक्षी गठवन्धनलार्इ पुग्यो । ग) पार्टी र पार्टी नेतृत्वको छवी विष्लेशण, परिकल्पना, निर्माण र परिमार्जन गर्न छरितो टिम निर्माण गर्नुपर्ने आवश्यकता हामीले कहिल्यै महशुस गरेनौं । पछिल्लो समय विश्वमा प्रयोगमा आइरहेको ‘वार रुम’ को आवधारणा चुनावी परिणाम पक्षमा ल्याउन कारगर सावित हुँदै गएको छ । तर, हामी भने परम्परागत चुनावी शैलीमै आल्मलियौं । फलतः वाम गठवन्धनको आक्रामकतालाई निस्तेज तुल्याउन सकिएन । ३) महत्वपूर्ण मुद्दाहरुको वहिर्गमन नेपालमा समावेसी आपनत्वको प्रारम्भ जननेता वीपी कोइरालाले गर्नुभएको थियो । पार्टी महामन्त्री पदमा दलित सहयोद्धाको चयन होस् या आफ्नो मन्त्रीमण्डलमा लिम्बू, राई, नेवार, मधेसी, थारु, थकाली, गुरुङ या महिलाको छनौट होस्ः– वीपीले सम्पादन गर्नुभएको त्यस्तो कर्म नेपालका सबै राजनीतिक दलले व्यवहारिक कार्यान्वयन गर्न मुलुकको संविधान र पार्टीहरुको विधानले निर्देशित गर्नुपर्यो । यसको चोट कांग्रेसले बढि झेल्यो किनकी समावेसीताको दृष्टिकोण, मुद्दा र आगुवाई हाम्रो हो, आदीवासी जनजाति, मधेशी, दलित, महिला सवैको आत्म सम्मान, पहुँच, प्रतिनिधित्व र पहिचानको मुद्घा हाम्रो हो भनेर स्थापित गर्न हामी चुक्यौं, परिणाममा हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो, आरुको किराना पसल भरिदै गयो । आन्ततः हामी चुनाव हार्यौं । भुकम्पको गहिरो चोट व्यहोरि रहेको बेला हम्रो देशले भारतीय नाकावन्दीको प्रहार झेल्नु पर्यो । बाह्य दवावलार्इ आश्विकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम थियो त्यो नाकावन्दी । तर त्यसको प्रतिवाद खुलेर गर्नबाट हामी चुक्यौ परिणाममा आरूले महान राष्ट्रवादीका रूपमा आफुलाई स्थापित गर्न पाए र राष्ट्रवादको मुद्धामा हाम्रो सार्वजनिक पकड कमजोर बन्नुको परिणाम चुनावमा भोग्नु पर्यो । ४) सम्प्रेषण क्षमतामा ह्रास राजनीतिको मैदानमा कुनै पनि दलको सम्प्रेषणको क्षमतालाई प्रतिस्पर्धी दलको सम्प्रेषण क्षमतासँग दाँजेर आध्ययन र आवधारणा निर्माण गर्ने प्रचलन विश्वव्यापी छ । हामी यसमा कमजोर रह्यौं । भनाई नै छ– बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ नसक्नेले मधेशमा आर्इसक्रिम पनि बेच्न सक्दैन र हाम्रो सन्दर्भमा भयो त्यही । सम्प्रेषण सम्वद्ध आर्को पाटो हुन्छ– प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार । केन्द्रीय तहबाट त्यसका लागि सिर्जना गरिनुपर्ने जुन तरंग हो त्यो हुन सकेन । परिणाममा हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वाम गठवन्धनको ‘आफेन्सिभ’ रणनीतिले परास्त गर्ने कुरा आनौठो रहेन । ५) ओझेलमा परेको भविष्य दृष्टि वीपी कोइरालाले प्रधानमन्त्री छदा उदघोष गर्नु भएको थियो पन्ध्र वर्ष भीत्रमा हरेक नेपालीलाई म आफ्नो जस्तै आर्थिक आवस्थाको वनाउछु । वीपीको त्यो आभिव्यक्ति शैलीले एकसाथ तीनकर्म गरेको थियो । एक, देशका सामु निश्चित सपनाको प्रस्तुति । दुई, त्यसलाई पुरागर्ने निश्चित समयको पूर्व घोषणा । तीन, नागरिकको हृदय छुनेगरि “आफु जस्तै वनाउने” भावनात्मक तरङ्गको सृजना । ०४६ को परिवर्तन पछि हाम्रो नेतृत्वमा मुलुकको समृृद्धिको दिशामा कयौ महत्वपूर्ण कार्य भए हिंसात्मक द्वन्द र आनेकन प्रतिकुलताका वीच । तर नागरिकको हृदय छुने तरङ्ग सृजना गर्न हामिले सकेनौं । वीपीको परिपक्व शैली हामीले पछ्याउन नसक्दा एकातर्फ समृद्धि तर्फको हाम्रो कर्म नागरिकको हृदयको प्रिय हुन सकेन भने आर्का तर्फ घोषणा पत्रवाट जारी हाम्रो भविष्य दृष्ट्रिलाई कर्णप्रिय बनाउन सकेनौ । ६) परम्परागत सांगठनिक शैली समय बदलियो, चुनौती बदलियो, प्रतिस्पर्धीहरुको क्षमता र एकता पनि बदलियो । तर, बदलिएको चुनावी चुनौती बदल्न सक्नेगरी हामी बदलिएनौं । परिणाममा हाम्रो आकार बदलियो । कर्पोरेट हाउस जस्तो एउटा र सैन्य मैदानबाट आएको आर्को, दुई कम्युनिष्ट पार्टी एकीकृत हुने घोषणासाथ गठवन्धन बनाएर चुनाव मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्व तत्परता हाम्रो विल्कुलै भएन । केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरुको आधुनिकीकरण हुन सकेको भए निश्चय पनि क्षति न्यून हुन्थ्यो । सैद्धान्तिक पुर्नव्याख्याको प्रश्न नेपाली कांग्रेसले स्थापनाकालमा घोषित गरेको लक्ष्य र सपनाले सफलताको उचाई हासिल गरेको छ । आतः आब कुन बाटो, सिद्धान्त कस्तो र के कार्यक्रम भन्ने बहस र जिज्ञासा स्वाभाविक हुन आएको छ । तर, सँगैमा हामी के कुरामा प्रष्ट हुनुपर्छ भने मुलुकको सुन्दर भविष्यका लागि हामीले देखेको सपनाको साधन मात्र स्थापना भएको छ, बाटोको स्थापना नै लक्ष्यको पूर्ण प्राप्ति होइन । आतः समृद्ध नेपालको साध्यमा पुग्न नयाँ भिजनका साथ पूरानो बाटोमा निरन्तर आविचलित रुपले आघि बढ्नुपरेको छ । क) भिन्नता बीच आभिन्नताः बलियो राष्ट्रियता भिन्न मत, भिन्न भूगोल र भिन्न जातिलाई आभिन्न ढंगले गाँसेर आघि बढ्ने समाज नै दुनियाँमा प्रगतिको उचाई उक्लिएका छन् । समाजलाई एकताको सूत्रमा गाँसेर आघि लैजाने मुद्दा कहिल्यै पुरानो हुँदैन । नेपाल देशको राष्ट्रियताको मूल चुरो नेपाली समाजको एकता र आग्रगतिमा सन्निहित रहेको कांग्रेसको ठहर छ । आतः नेपाली माटोमा उम्रिएको नेतृत्व र हुर्किएको विचारका साथ नेपाली कांग्रेस बिगतमा झैं आगामी दिनमा पनि समाजलाई गाँसेर आघि बढ्ने एतिहासिक दायित्वलाई केन्द्रमा राखेर आघि बढ्नेछ । ख) लोकतन्त्र स्थायित्वको आधारः लोकतान्त्रिक संस्कृति र व्यवहार लोकतन्त्र स्थापनाको संघर्ष र संवैधानिक आवतरणमा आविचलित नेतृत्व पश्चात् आबको चरण लोकतान्त्रिक संस्कृति विकासको हो । संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा आधिनायकत्वको सपना देख्नेहरु आज संसदीय व्यवस्थाको मलामी होइन जन्ती बन्न पुगेका छन् । कांग्रेसका लागि इतिहासकै सबैभन्दा ठूलो विजय हो यो । आबको हाम्रो मिसन यही प्रणालीको स्थायित्वका लागि लोकतान्त्रिक संस्कृति विकासको हुनेछ । ग ) संघीयताः सम्वद्र्धन र सफलताको कर्तव्य प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीत गरिरहेको जनवादी केन्द्रीयताको मनोविज्ञान संघीयताको सुन्दर भविष्यका लागि सुखद संकेत किमार्थ छैन । संघीयताको आर्थ शक्तिको आधिकतम विन्यास हो तर कम्युनिष्ट दर्शनको मौलिकता शक्तिको केन्द्रीकरणमा निहित हुन्छ । यस्तो परिदृष्यमा संघीयताको घोषणा, संघीयता सहितको संविधान निर्माण र निर्वाचन मार्फत् संघीयता कार्यान्वयन– यी तीनवटै चरण नेपाली कांग्रेसका तीन प्रधानमन्त्रीले सम्पादन गरेको निकट इतिहास स्मरण गर्दै शिशु संघीयताको रक्षा र सम्वद्र्धनको कर्तव्य पनि कांग्रेसकै हो भन्ने हामीले बिर्सन मिल्दैन । संघीयताको सफल प्रयोगबाट मात्र वीपी कोइरालाले परिकल्पना गर्नुभएको हाम्रो लोकतान्त्रिक समाजवादी सिद्धान्तको व्यवहारिक सफलता हुनसक्ने तथ्यप्रति हामी गम्भीर बन्नुपर्छ । ग) ‘समाजवाद उन्मुख’ को नेपाल प्रक्षेपण संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’को आमूर्त चिन्तन र विवादास्पद व्याख्या आबको हाम्रो समाजको आग्रगतिका लागि जटिल पहेली बन्न पनि सक्छ । खासगरी त्यो बेला, जुन बेला कम्युनिष्ट पार्टीहरु सत्तारुढ हुन पुगेका छन् । तर, हाम्रो मान्यता प्रष्ट छ– संसदीय लोकतन्त्र र आहिंसाको माध्यमबाट समाज रूपान्तरण गर्दै मिश्रित आर्थतन्त्रको बाटोबाट सामाजिक न्याय सहितको समृद्ध नेपाल लोककल्याणकारी समाजवादी राज्य हो र हुनेछ । • बितेको आढाई दशकमा हिंसा र आस्थिरताको चुनौतीबीच मुलुकमा जे जति आर्थिक प्रगति भएका छन् त्यो कांग्रेसको नेतृत्व र नीतिमा चालिएको मूलत समाजवाद तर्फको कदम हो । • केही पपुलिष्ट कार्यक्रमको तर्जुमा बेग्लै कुरा तर वाम गठवन्धनको सरकारले पछ्याउने नीति आन्तत कांग्रेसकै आर्थनीति हो । कम्युनिष्ट दर्शनले विश्वाश गरेको आर्थनीति लागू गर्नः एक, उनीहरुले सक्ने छैनन् । दुई,– लागू गर्न प्रयत्न गरे किमार्थ सफल हुने छैनन् । • यस्तो सम्भाव्य परिदृष्यमा ‘समाजवाद उन्मुख’को सामयिक ब्याख्या र सुष्पष्ट भिजनका साथ आगामी डेढ दशकको नेपाल प्रक्षेपण गर्नु नेपाली कांग्रेसको कर्तव्य हुन जान्छ ! • कांग्रेसको नीतिमा आधारित रहेर खडा भएको पूर्वाधारमा टेकेर नै आबको समृद्धि यात्रा आघि बढ्नसक्छ भन्ने किटानी ठहर हामी गर्न सक्छौं । हाम्रो नीतिको कार्यान्वयन क्रममा हुन पुगेका कतिपय त्रुटी परिमार्जन गर्नसक्ने सामर्थको विकास पनि आजको मितिमा कांग्रेस रुपान्तरण तर्फको एउटा पाटो हुनेछ । रूपान्तरणका प्रस्तावित परियोजना ! एक पुरानो राजनीतिक दललाई रुपान्तरीत गरेर नविन तुल्याउने सन्दर्भमा पार्टीका साथीहरुवीच आवेग मुक्त विमर्श जरुरीछ । सोही क्रममा कांग्रेस रुपान्तरणका लागि १३ वटा लक्ष्य ३ दर्जत प्रकृया एवं त्यसवाट हासिल हुनसक्ने १३ वटा परिणामहरुको टिपोट सहित बैठकमा छलफलका लागि बुँदागत रुपमा प्रस्तुत गरेको छु । केन्द्रीय समिति भित्र र वाहिरवाट समेत प्रस्तुत भई रहेका कांग्रेस रुपान्तरणका आनेक आवधारणा उपर देशव्यापी रुपमा गहिरो छलफल पार्टी भित्र गरेर आगामी महासमिति मार्फत संगठित निक्र्यौल गरेर हामी आघि वढनुछ । साझा संकल्पको वाटोवाट नविन संगठन निर्माण गर्दै हामी नविन परिस्थितिमा पुग्नेछौं । सांगठनिक सुदृढिकरणको कतिपय लक्ष्य र प्रकृयालार्इ सार्जनिक ढंगले छलफल गरेर जान सकिन्छ तर कतिपय कार्यनितगत परियोजनालार्इ भने नितान्त आन्तरिक रूपमा सिमित गर्न जरूरी छ । सांगठनिक कार्यक्रम ब्यवस्थित बनाउने पहिलो लक्ष्य हासिल गर्न पाँच वटा प्रकृया बुँदागत रूपमा बैठकमा प्रस्तुत गरेको छु । दोश्रोमा कांग्रेस पार्टीलार्इ डिजीटाइज गर्ने पाँच कदम । निति तथा प्रशिक्षण प्रतिष्ठान आन्तर्गत निती आध्ययन र विश्लेषणको थिकं ट्याकं निर्माण गर्ने विषयलार्इ तेश्रो बुँदामा र सो टिमले छलपफल र निष्कर्शमा पुग्न ९ वटा तात्कालीक विषम पनि प्रस्तुत गरेको छु । ग्रास रूटमा पार्टी सुदृढीकरण र पार्टी लार्इ जीवन्त तुल्याउन ६ वटा आवधारणालार्इ पाँचौ बुँदामा एवं छैठौमा हरेकखाली हातलार्इ काम सुम्पने गरि æजगेडामुक्तीÆ को धारणा पेश गरेको छु । एक शक्तिशाली राज्य प्रशासन विभाग र त्यसले गर्न पर्ने कार्य र कार्यशैलीका सन्दर्भमा पनि सातौ बुँदामा योजना प्रस्ताव गरेको छु । पार्टीका कृयाशील सदस्यहरूलार्इ भुगोलसँगै विभिन्न मनोबैज्ञानीक समूहमा व्यवस्थित गरेर परिचालित गर्ने दृष्टिकोण उचित हुन्छ या त्यसलार्इ खारेज गरेर साधारण सदस्यलार्इनै सो आधिकार प्रत्यायोजन गर्न उचित हुन्छ भन्ने दुर्इ भिन्न खाकापनि आठौ बुँदामा उल्लेख गरेको छु । पार्टीका सदस्यहरूको व्यवसायीक क्षमता आभिवृद्घिका लागि प्रशिक्षण, पार्टीको लेवि परम्पराको सुदृढिकरणका लागि विल्कुलै भिन्न शैली र भातृ संस्थाहरूको आधुनिकरण सम्वन्धि आफ्नो व्यक्तिगत विश्लेशणको कार्य योजनालार्इ पनि दवौं, दशौं, र एघारौं बुँदामा प्रस्तुग गरेको छु । आलोचनात्मक चेतसँगै आत्माआनुशासनको सुदृढ वन्दोवस्त आज हरेक राजनितीक दलमा आपरिहार्य वन्न पुगेको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि टोल समितिका सदस्यलेसम्मले बाधिनु पर्ने आचर संहिताको व्यवस्थित वहसको प्रस्तावनासँगै प्रस्तावनालार्इ बाह्रौ बुँदामा र समयानुकुल जरूरी वन्न पुगेका केहि शुभेच्छुक र सामाजीक संस्थाको गठन सम्वन्धि आवधारणालार्इ र तेह्रौ बुँदामा प्रस्तुत गरेको छु ।मलार्इ लाग्छ प्रयाप्त छलफल र बहस पश्चात महासमितिको वैठक सँगसँगै यीनको कार्यान्वयनको यात्राले कांग्रेसको संगठनलार्इ जीवन्त तुल्याउनेछ । अन्त्यमाः लामो राजनैतिक यात्रामा हिडेको नेपाली कांग्रेस पार्टी न त विजयको क्षण ढुक्कले न पराजयको क्षण बेचैनीले निदाउन स्वतन्त्र छ । कांग्रेस थियो र छ त्यसैले स्वाधिनता, समावेशीता, शान्ती स्थापना, लोकतान्त्रीक गणतन्त्र, नयाँ संविधान आनि त्यसको कार्यान्वयनसम्मको यात्रा देशले पुरा गर्न सक्यो । हामीले थालेको समाजलार्इ गास्ने आभियान र समृद्धिको यात्रा आधुरै छ । त्यसैले नयाँ ढंगले जुटनु र नविन विश्वाशका साथ उठनुको आर्को विकल्प हामीसँग छैन । एकता र आन्तर विश्वासलार्इ जागृत गर्दै हामीले आबको यात्रा तय गर्नु छ । हामी बदलिन्छौ र कांग्रेस बदल्नेछौ भन्ने हाम्रो संकल्प र बिकल्पको अर्को कुनै बिकल्प छैन ।
राजपा सरकारमा जाने वातावरण बन्दै : महासचिव झा
काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाे बताएका छन् । उनले भने “संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको छ । यसलार्इ सकारात्मक मान्नुपर्छ । ” सोही आधारमा राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय भएको उनले बताए ।
यू-१९ एसिया कप : वर्षाका कारण नेपाल र बंगलादेशबीचको खेल प्रभावित
काठमाडौं, कात्तिक २५ । एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपाल र बंगलादेशबीच हुने तय भएको खेल वर्षाका कारण प्रभावित बनेको छ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे किनरारा ओभलमा सुरु हुनुपर्ने भए पनि अहिलेसम्म टससमेत भएको छैन। एसियन क्रिकेट काउन्सिलको अफिसियल वेब पोर्टलका अनुसार वर्षाले खेल स्थगित भएको छ। प्रतियोगिताको श्रीलंका र अफगानिस्तानबीचको खेल पनि वर्षाले प्रभावित बनेको छ। नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो। समूह ‘ए’ अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। समूह ‘बी’ को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ। नेपाली टिम दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह। वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी। मुख्य प्रशिक्षक – विनोदकुमार दास सहायक प्रशिक्षक – कलाम अली ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई म्यानेजर – रमन सिवाकोटी
एमाले छोडी ढकाल प्रचण्डतिर
काठमाडौं, बैशाख १४ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर उनी प्रधानमन्त्री प्रचण्डलार्इ भेट्न वालुवाटार पुृगेका हुन् । बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् । परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिरहेकाे बुझिएकाे छ । यहीसम्बन्धी छलफलका लागि अहिले ढकाल दाैडधुपमा लागिपरेका छन् ।
उम्मेदवार बन्न कति चाहिन्छ शैक्षिक योग्यता?
काठमाडौं,चैत १५ । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ । शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन् । उम्मेदवारका लागि यसअघि स्थानीय निकाय निर्वाचन ऐनले तोकेको योग्यता नै कायम छ । ‘जनप्रतिनिधिका लागि शैक्षिक योग्यता तोकिएको छैन,’ स्थानीय संरचनाबारे जाकार श्यामकृष्ण भुर्तेल भन्छन्, ‘पढेलेखेकै कारण कोही कुशल नेता हुन्छ भन्ने त होइन, तैपनि परिवेशै नबुझेको मानिस ल्यएर हुन्न ।’ उम्मेदवार बन्ने योग्यता नेपालको नागरिक २१ वर्ष उमेर पुरा भएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको कुनै कानुनले अयोग्य नभएको यो खबर आजको कान्तिपुरमा छ ।
‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक, यस्तो छ चलचित्रको ट्रेलर (भिडियो)
चैत ३ । सन् २०१६ मा निकै सफल मानिएको चलचित्र ‘बाहुबली’को सिक्वेल ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार यस फिलिमको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ भने दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि यसको ट्रेलर प्रदर्शन गरिएको छ । युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या झण्डै चार लाख पुगेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा १’ चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’ रहस्य जान्नका लागि पनि बाहुबली–२ प्रदर्शनको पर्खाइमा आम दर्शक रहेका छन् । आगामी २८ अप्रिलमा चलचित्रले प्रदर्शन आरम्भ गर्नेछ ।
नारी दिवसले छोएन महिलालाई
राेल्पा । आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस, देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर ग्रामिण क्षेत्रका महिलाले भने यस बारे अझै थाहा नभएको बताउँछन् । उनीहरुका लागि नारी दिवस “कागलाई बेल पाक्यो हर्ष नबिस्मात” भने जस्तै भएको छ । रोल्पाको ग्रामिण भेगका महिलाहरु पनि महिला दिवस बारे थाहै छैन । सदरमुकाममै पनि उता टुडिखेलमा भब्य कार्यक्रम भइरहेको छ तर त्यसकै नजिक महिलाहरु असिन पसिन भई मजदुरी गरीरहेका देखिन्छन् । उनीहरुलाई महिला दिवस भन्नेबारे थाहै छैन । उनिहरुलाई साँझ बिहानको छाक टार्न मै हतारो छ । उत्तरी रोल्पाको मिरुल निवासी जुनकुमारी बुढा केही बर्षदेखि सदरमुकाम लिबाङ बजारमा ध्यारी मजदुरी गर्दै आइराख्नु भएको छ । दैनिक जसो बिहानदेखि साझसम्म मजदुरी गर्न मै तल्लीन जुनकुमारी महिला दिवसबारे थाहा नभएको बताउनु हुन्छ । यस बारेमा अरुले कुरा गरेको सुनेपनि आफैभने अहिलेसम्म सहभागी नभएको बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको स्थानीय महिलाले तितो यथार्थ सुनाउनुभयो । महिला सम्बन्धी थुप्रै कार्यक्रम भएपनि त्यो कार्यक्रमले उनीहरुलाई अझै छुन सकेको छैन । महिला अधिकारको बारेमा कुरा भएपनि आफुहरुलाई त्यसबारे केहि पनि जानकारी नभएको जुनकुमारी बुढा बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको बुढाले तितो यथार्थ सुनाउनुभयो । महिलाकै शीर्षकमा दर्जनौं संघ संस्था छन, ती संस्थाले नारी दिवसकै अवसरमा अझ भव्य कार्यक्रम गर्ने गर्दछन् । तर, कार्यक्रम भव्य गर्दैमा समग्र नारीको उत्थान सम्भव हुन्न भन्नेमा सरोकारवाला निकायले बताउदै आएका छन् । ‘नारी दिवस’ शीर्षकमा सभ्य, भव्य र रचनात्मक कार्यक्रम गर्नेहरूले ठाउँअनुसार नारीहरूको क्षमता वृद्धिका समेत कार्यक्रम गर्ने हो भने नारी दिवसको सार्थकता झल्किने बताउ छिन् । जुनकुमारी जस्तै धबाङ गाबिस निवासी चगी वलीलाई पनि नारी दिवसबारे त्यति थाहा छैन । आज नारी दिवस होरे भन्ने कसैले भनेको सुने पनि यसबारे त्यति राम्रोसँग थाहा नभएको वली बताउनु हुन्छ । वर्षे पिच्छे महिला दिवसको कार्यक्रम हुने गरेको र एकपटक पनि आफू सहभागी नभएको उहाँको अनुभव छ । महिला दिवस भएपनि मजदुरी गर्ने मान्छेलाई नछुने वलीले बताउनु भयो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । वि.स. २०५२ सालको १० वर्षे जनयुद्धले महिला जागरुकताको पाटोलाई केही माथि उठाइदियो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । हाम्रो समाजमा शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, समाजिक हिंसा, परम्परागत साँस्कृतिक हिंसा, राज्यद्वारा गरिने हिंसा जस्ता हिंसाहरु विद्यमान छन । अन्तराष्टिय रुपमा शुरुवात भएको यो दिवस नेपालमा पनि मनाइरहंदा अवस्था हिजोको भन्दा अझ जटिल बन्दै गएको हो कि भन्ने कुरापनि उठिरहेको छ । महिला दिवस मनाईरहदा ग्रामिण क्षेत्रका महिलालाई पनि सचेतिकरणका कार्यक्रमले छुन सक्नु पर्छ अनि मात्र महिला दिवसको अर्थ सार्थकतामा बदलिन सक्छ ।
कवि शिरोमणि सङ्ग्रहालय साहित्य र पर्यटनलाई जोड्दै
पोखरा, पुस १४ । कवि शिरोमणि लेखनाथ पौड्यालका योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ क्रियाशील संस्था कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सक्रियतामा पुनः निर्माण गरिएको पौड्यालको जन्मघर र आसपासमा निर्माण गरिएका संरचनाका कारण अर्घौं अर्चले साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको लेखनाथ चोकदेखिको लगभग सात किलोमिटर दूरीमा पर्ने पौड्यालको जन्मघरमा यतिखेर विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका साथै साहित्यिक अनुरागीलाई आकर्षण गर्ने गरेको छ । कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार समितिको सक्रियतामा २०६५ सालमा बाटोको ट्र्याक खुलाएसँगै क्रमिक रुपमा बाटो निर्माण प्रक्रिया अघि बढाएकोमा लगभग सवा छ किलोमिटर बाटो कालोपत्रे गरिसकेको छ भने जन्मस्थलसम्म करिब एक किमी बाटो कालोपत्रे गर्न बाँकी छ । कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर कवि शिरोमणि संग्रहालय निर्माण कार्य अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष लामिछानेले भने– ‘सात तालको बगैँचा सहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई एकपटक पुग्नैपर्ने स्थलका रुपमा कवि शिरोमणि संग्रहालयलाई विकास गरी साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेका छौँ ।’ कवि शिरोमणिका साहित्यिक जीवनलगायतका हरेक पक्ष समेटिने किसिमले गुरुयोजना तयार गरी त्यसैअनुरुप तरुण तपसी पार्क निर्माण गरिसकेको र लेखनाथको कविता यात्रामा प्रेरक बनेको दोपहरे पाखेसमेतलाई पार्कका रुपमा समेट्ने प्रयास गरिएको छ । गुरुयोजनाअनुसार वाचनालय, कविले कविता रचना गरेको चौतारा, पोखरीलगायतका संरचनाको निर्माण गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । निर्माणाधीन सङ्ग्रहालय भवनलाई नेपाली कलाले सिङ्गार्ने प्रयासअनुरुप सङ्ग्रहालयमा राखिने झ्याल ढोकामा नेपाली कला सिङ्गार्नका लागि भक्तपुरदेखि कालिगढ बोलाएर निर्माण गर्न लगाइएको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने साहित्यिक पर्यटकलाई लक्षित गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको तयारी छ । लेखनाथको साहित्यिक योगदानलाई जीवन्त राख्ने सोचका साथ अर्घौं चोकदेखि बाटोका विभिन्न ठाउँ ठाउँमा मार्बलमा कुँदिएका पौड्यालका कविताले पनि जो कोही पर्यटकलाई छुट्टै किसिमको अनुभूति दिने गरेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार लेखनाथ चोकदेखि कवि शिरोमणिको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बुढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा समितिले उहाँका मर्मस्पर्शी कविता पढ्न सकिने व्यवस्था मिलाएसँगै सिङ्गो अर्घाैं अर्चले कविता ग्राम जस्तै बनेको छ । कवि शिरोमणिको जन्मघरलाई संग्रहालयका रुपमा विकास गर्न थालिएसँगै धेरै साहित्यानुरागी तथा पर्यटक अर्घौ अर्चले आउन थालेको लेखनाथ पौड्यालका नाति (पौड्यालका साहिँला भाइका नाति) मनोज पौडेलले बताए । नेपालका बाइसे चौबीसे राजाका पालामा तत्कालीन राजगुरुका रुपमा रहेका धु्रव गुरुका नाति लेखनाथ पौड्याल रहेको जानकारी दिँदै उहाँले पौड्यालको साहित्यिक योगदानका कारण समग्र अर्घौ अर्चले साहित्यानुरागीका लागि विशिष्ट तीर्थस्थल जस्तै बन्दै गएको बताए । राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृतिलगायतका विषयमा लेखिएका पौड्यालका कविता सङ्ग्र्रहालयको प्रवेशद्वार हुँदै जन्मघरसम्म विभिन्न ढुङ्गामा कँुदिएका कारण आउने जो कोही पर्यटकले त्यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् भने जन्मघरभित्र राखिएका उनका ऐतिहासिक तस्बिरले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् । तस्बिरका साथै घरभित्र रहेको २०११ पुस २० गते लेखनाथ अभिनन्दन समितिका अध्यक्ष सिद्धिचरण श्रेष्ठद्वारा हस्ताक्षरित अर्चनापत्र हेर्न जो कोही लोभिने गरेका छन् । अर्चना पत्रको सुरुको अनुच्छेदमा नेपाली साहित्यमा लालित्य भरेर नयाँ शैली सृष्टि गर्ने हे पथ प्रदर्शक, भाषाको कलिलो रुपलाई नयाँ पेटे भोटो पहि¥याई आधुनिकताको प्रथम शङ्ख फुक्ने हे प्रगतिप्रेमी वयोवृद्धकवि शिरोमणि लेखनाथ लगायतका कुराबाट उनलाई सम्बोधन गरिएको छ । नेपाली साहित्यलाई ठूलो गुन लगाएका लेखनाथको योगदानलाई युगौँ युग बचाउने ध्येयका साथ अर्घौ अर्चलेलाई साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनालाई साकार पारी साहित्य र पर्यटनलाई एकसाथ जोड्ले लक्ष्य राखिएको अध्यक्ष लामिछानेले बताए ।
नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश
काठमाडौँ। नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ। नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ। हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको बताउँदै सेवा विस्तार र जनताको मन जित्ने गरीको कार्यशैली अगाडी बढाउन निगमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन्। नेपाली जनताले उच्च मूल्याङ्कन गर्नेको सेवा विस्तार गर्नुपर्ने भन्दै वार्षिकोत्सव अवसरमा निगम परिवार र सम्बद्ध सबैमा हार्दिक शुभकामना दिएका हुन्। स्थापना दिवसको अवसरमा निगमले सोमबार बिहान पदयात्राको आयोजना गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता रहेको थियो । आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ । समयानुकूल प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, परम्परागत कार्यशैलीको सट्टा समयसापेक्ष र नतिजामुखी कार्यशैली अवलम्बन गर्नु, कार्य सम्पादनमा पारदर्शिता कायम गर्नुजस्ता चुनौतीहरू देखिएका छन् । निगमसँग भएका जहाजले मात्र अन्तर्राष्ट्रिय र राष्ट्रिय गन्तव्य बिस्तार गर्न पर्याप्त नभएकोले जहाजको सङ्ख्या वृद्धि गर्दै सुरक्षित, सुलभ, सस्तो र भरपर्दो हवाई सेवा उपलब्ध गराउन जोड दिनु आवश्यक रहेको छ ।
तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गर्न माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले ३ करोड रुपैयाँभन्दा कम विनियोजन भएका योजनाहरुमा थप रकम विनियोजन गर्न माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले तीन करोड मुनिका योजनाहरु प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिँदा संघ सरकारसँग योजना नै नरहने बताए। उनले मन्त्रालयगत बजेट हेर्दा ९० प्रतिशतभन्दा बढी योजनाहरु ३ करोड रुपैयाँभन्दा मुनिका रहेका बताए। उनले १६५ वटै निर्वाचन क्षेत्रमा बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी बजेट थप गर्नुपर्ने बताए। ‘मेरो आग्रह के छ भने ३ करोडभन्दा मुनिका आयोजनाहरु तल पठाउने होइन । ३ करोडभन्दा मुनिका आयोजनामा जो बजेट विनियोजन गरिएको छ, १ अर्ब बजेट लाग्ने ठाउँमा १ करोड विनियोजन गरिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ विविध अन्तर्गत रहेको शीर्षकबाट १६५ वटै निर्वाचन क्षेत्रमा ३ करोडभन्दा बढी विनियोजन गरिदिनुप¥यो। थपिदिनु प¥यो। मन्त्रीपरिषद्ले निर्णय गरेर हुन्छ अथवा के गरेर हुन्छ। बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी १६५ क्षेत्रमै संघीय सरकारमार्फत बजेट विनियोजन हुने र कार्यान्वयन हुने सुनिश्चितताका लागि सभामुखको निर्देशनको अपेक्षा गर्दछु,’ उनले भने । साथै, सांसद दाहालले एसईई परिक्षामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण भएका भन्दै यसको सम्बन्धमा गम्भीर अध्ययन आवश्यक रहेको समेत बताए ।