सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए ।

उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए । 

नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।  

कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । 

परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक सामाजिक क्षेत्रका अगुवाहरुलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरुको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौं भने यसलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरु एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उनले योसँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारीहरु ध्रुवीकृत भइरहेको बताए । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए । ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिंदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे । सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरुमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे। सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहेका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहेका तुलसीपुर खानेपानी संस्थाका पूर्वअध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे। त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरे । नयाँ शक्तिको जिल्ला अध्यक्षहुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका चौधरी होटल संघ बर्दियाका अध्यक्ष समेत हुन् । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेताहरु पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति रहेको थियो

भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि (बुधबार)देखि काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने बैठक यही पुस १३ गतेसम्म चल्ने छ । महासचिव घनश्याम भुसालका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने  बताइएकाे छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन्।विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।  

असार १५, आज दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै

काठमाडौं ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताए । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ । आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न कठिनाई : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न कठिनाई हुने भन्दै दूरसंचार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन कार्य अगाडी बढाइएको जनाएको छ । काठमाडौं महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुदाँ युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको छ । यस्तै, दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको प्राधिकरणले जनाएको छ । अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्राथमिकताको आधारमा अन्य रुटमा समेत एबिल बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।

जसपाका ८८७ स्थानीय जनप्रतिनिधिले रोजे लोजपा

धनुषा । जनता समाजवादी पार्टी नेपालका स्थानीय तहका ८८७ जनप्रतिनिधि (प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडास सदस्य) ले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन् । लोसपाका कार्यकारिणी सदस्य केशव झाले गराएको जानकारी अनुसार सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रुपन्देहीमा २०, कपिलवस्तुमा १ जना जनप्रतिनिधिले सनाखत गरेका हुन् । त्यसमध्ये सप्तरीमा मेयर १ जना, उपमेयर तीन जना, धनुषामा मेयर१, उपमेयर २, महोत्तरीमा मेयर ६, उपमेयर १०, सर्लाहीमा मेयर ५, उपमेयर ४, रौतहटमा मेयर १, बारामा मेयर ३, उपमेयर ५, पर्सामा उपमेयरमा २, रुपन्देहीमा मेयर १, उपमेयर १ ले सनाखत गरेका छन् । त्यस्तै, लोसपासँग केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, सङ्घीय सांसद–१५ जनाले सनाखत गरेका छन् । प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूर पश्चिममा १ जना प्रदेश सांसदले सनाखत गरेको नेता झाले दाबी गरेका छन् ।

‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

काठमाडौंः सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको छ। ‘कन्टयाक्ट ट्रेसिङ’ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताए। उनले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिए। तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उनले बताए। नेपालमा अहिलेसम्म देखिएका नौ वटा घटनामा एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको थियो। ‘कन्ट्याक्ट ट्रेसिङ सम्पन्न’ स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचानको काम सम्पन्न गरिएको बताएका हुन्। उनले भने, “आठवटा घटना देखिएका छन्, जसमध्ये धनगढीमा चारवटा, बाग्लुङमा दुईवटा र टेकु अस्पतालमा दुईवटा रहेका छन्।””विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङका सबै काम सम्पन्न भएको छ।” उक्त काम सम्पन्न भएको भन्दै इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसका महानिर्देशक डा. वासुदेव पाण्डेले बीबीसीसँग भने, “हामीले पहिलोदेखि आठौँ सङ्क्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान खोज्ने काम विस्तृत रूपमा गरेका छौँ।” “र, डब्ल्यूएचको मापदण्ड अनुसार उनीहरूसँग नजिक पुगेका व्यक्तिहरूको परीक्षण गर्दा पनि कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको पाइएन।” सङ्क्रमितसँगको सम्पर्कमा पुगेकाबाट जोखिम छैन ! उनले भारतको मुम्बईबाट आएका भनिएका एक सङ्क्रमितसँग सम्पर्कमा आएका १४ जना, भारतकै उत्तराखण्डबाट आएका भनिएका अर्कासँग क्वारन्टीनमा सम्पर्कमा आएका भनिएका १२ जना र कोभिड-१९ का बिरामीका कारण नेपालभित्रै सङ्क्रमित भएकी एक महिलासँग सम्पर्कमा आएका अरू ७ जनाको परीक्षण गरिएको बताए। डा. पाण्डे थप्छन्, “भारतबाट रेलमा आएकाका हकमा उनीहरूले यात्रा गर्दा कहाँ के भयो त्यो भन्न सक्ने वा केही गर्न सक्ने अवस्थामा हामी छैनौँ। तर नेपालमा होटलदेखि, क्वारन्टीलस्थल र घरसम्मको पहिचान गरी आवश्यक मापदण्ड अनुसारको परीक्षण हामीले गरेका छौँ।” यसअघि अधिकारीहरूले फ्रान्सबाट दोहाहुँदै आएकी १९ वर्षीया नेपाली विद्यार्थीसँग कतार एअरवेजमार्फत् चैत ४ गते काठमाण्डू आएका १५८ मध्ये कतिपय यात्रु सम्पर्कमा नआएको बताउने गरेका थिए। इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका महानिर्देशक पाण्डेले विमानमार्फत् आएका दुईजनाको ‘कन्टयाक्ट ट्रेसिङ’ हुन नसकेको आफ्नो जानकारीमा रहेको बताए। उनले उक्त सङ्क्रमण देखिएको अवधि दुई हप्ताभन्दा बढी भइसकेकाले कुनै जोखिम नरहेको आकलन आफूले गरेको बताए। नेपाल प्रहरीले सङ्क्रमित यात्रुहरू सवार तीनवटा अन्तर्राष्ट्रिय उडान र दुई आन्तरिक उडानमा रहेका मानिसहरूको पहिचानमा सरकारलाई मद्दत गरेको थियो। प्रहरीको तथ्याङ्क भने इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको भन्दा फरक पाइएको छ। कोभिड-१९ सङ्क्रमण यात्रु सवार भनिएका कतार एअरवेजको विमानमा यात्रा गरेका तीनजना पहिचान हुन बाँकी रहेको, एअर अरेबीयाको उडानका दुईजना र विस्तरा एअरको १९ जनाको पहिचान हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार सङ्क्रमित यात्रुसँगै दुईवटा आन्तरिक उडानमा सवार सवा सय यात्रुभन्दा बढी मध्ये २२ जनासँग सम्पर्क हुन बाँकी छ। कार्यविधिले के भन्छ? नेपाल प्रहरीले तयार पारेको कार्यविधिमा कोभिड-१९ प्रमाणित भएका घटनाका आधारमा उच्च र कम जोखिमका सम्पर्क भनेर वर्गीकरण गरिएको छ। त्यस अनुसार सङ्क्रमित व्यक्तिसँग १५ मिनेटभन्दा बढी समय र छ फिटको दूरीको दायरामा बस्ने व्यक्तिलाई बढी जोखिमको भनिएको छ। त्यसबाहेक शारीरिक सम्पर्क, सङ्क्रामक पीपीई प्रयोग नगरी स्वाबसँगको सम्पर्कमा पुगेको, बन्द वातावरणमा १५ मिनेटभन्दा बढी विताएको र विमान यात्राको हकमा दुई सीट वरिपरिको खण्डमा बसेको तर सङ्क्रमित यात्रुले शौचालयको प्रयोग गरेको अनि अत्यधिक चहलपहल गरेको भए सबैलाई उच्च जोखिममा राख्नुपर्ने उल्लेख गरिएको छ। श्वासप्रश्वाससम्बन्धी रोग अनि ज्वरो वा खोकीसहितका लक्षण देखिएका वा १४ दिन पहिले कोरोनाभाइरसको सङ्क्रमण फैलिएको क्षेत्रबाट आएको वा त्यस देशका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्तिलाई भने शङ्कास्पदको बिरामी भनिएको छ। सरकारले सङ्क्रमण वा सङ्क्रमणको स्रोतसँग पहिलो सम्पर्क कायम भएपछि १४ दिनसम्म निगरानी गर्ने भन्दै त्यसबेलासम्म कुनै लक्षण नदेखिएमा पनि घरमै सात दिन बस्नुपर्ने बताएको छ। बीबीसी नेपाली

बैंकबाट ऋण लिँदा यी कुरामा ध्यान दिनुहोस‍्

काठमाडौं, असार १३ । निश्चित अवधिपछि व्याजसहित साँवा फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै वचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ । आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हुन्छ । कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा आदि गरी विभिन्न प्रकारका हुने गर्दछन् । कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय श्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । जस्तै, गाई–भैंसी पाल्न, रिक्सा किन्न, सानो ठुलो व्यापार गर्न, उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि किसिमका आय आर्जनमुलक कारोबार गर्नका लागि सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफुसँग नहुन पनि सक्दछ । पहिला पहिला परम्परागत रूपमा साहु महाजनहरूले पैसा उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज असुल उपर गर्दथे । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएको र गरिब तथा धनी जसलाई पनि बैंकले सहुलियत रुपमा ऋण उपलब्ध गराउँदै आएका छन् । बैंक तथा वित्तयि संस्थाहरू कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र व्याज असुल गर्दछन् । यी संस्थाहरुले पनि फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ । यदि नमानेमा बैंक तथा वित्तीय संस्थाले कारवाहीको भागीदार बन्नु पर्दछ । बैंकबाट ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु ० तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन । ० भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनु पुर्व परिवारका सदस्यहरूसँग समेत सरसल्लाह गर्नु पर्छ । ० नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरूबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को व्याजदरबाट बच्न सकिन्छ । ० ऋण लिनु पुर्व तुलनात्मक रूपमा महँगो व्याजदर नलगाउने, अन्याय पुर्ण शर्तहरू नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, व्याजका अतिरिक्त अन्य थप शुल्कहरू कम मात्र लिने, ऋण प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नु पर्ने या नपर्ने जस्ता विषयहरू सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ । ० ऋणको साँवा र व्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनुपर्छ । ० तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा र व्याज तिर्न पुग्ने हुनुपर्छ । ० मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ । ० ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा व्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनुपर्छ । ० जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नु पर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दरुपयोग भएको मानिनुका साथैपछि कर्जा भुक्तानी गर्न सकिन्न । ० समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ । ० सामुहिक जमानीमा ऋण लिएको भए समुहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाव व्यहोर्नु पर्ने हुन्छ । ० बैंकबाट लिएको ऋणको साँवा व्याज समयमा बुझाउन नसक्दा अनन्तः कर्जा सुचना केन्द्रको कालो सुचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनु पर्छ ।

तुलसी घर्ती र बिक्रम आचार्यको सिंहदरबार, भिडियोसहित

काठमाडौं । अम्खोरामा पानी लोकदोहोरी गीत ‍बाट आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बिक्रम आचार्यले अहिले आएर आफू अन्यौल रहेको कुरा बाहिर ल्याएका छन् । विक्रमको पछिल्लो पटक बजारमा आएको गीत ‘सिंह दरबार’ हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको आवाज रहेको छ । शर्मिला पुरी र महेश नेपालको शब्द सृजना रहेको गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

जलवायु परिवर्तनका कारण स्याउ उत्पादन घट्यो

बैतडी, फागुन २७ । स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ उत्पादन हुनै छाडेको छ । केही वर्षअघिसम्म स्याउको राम्रो उत्पादन गरेको गरेको सतबाँझमा पछिल्लो समय उत्पादन हुनै छाडेको हो । पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए । स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको छ । स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन सुरु गरेको सो केन्द्रमा हाल दुई दर्जन जातका स्याउका बिरुवा मात्र बाँकी छन् ।

मुख्यमन्त्रीको नाम लगायत महत्वपूर्ण निर्णय गर्न माओवादी केन्द्रको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं । ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पोलिटव्युरो बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने माओवादी केन्द्रको पोलिटव्युरो बैठकले प्रदेश नम्बर ६ र ७ का लागि मुख्यमन्त्री, प्रमुख सचेतक, सभामुख लगायतका पदका लागि नेताहरुको नाम टुंगो लगाउने बताइएको छ । प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था छ । त्यसैले आजको बैठकले पार्टीकातर्फबाट प्रदेश संसदीयको नेताको लागि नाम छनोट गर्ने छ । नेकपा एमाले र माओवादी केन्द्रबीच ६ वटा प्रदेशमध्ये १, ३, ४ र ५ एमाले र ६ र ७ नंम्बर प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको छ । माओवादीका तर्फबाट ६ नम्बरमा नरेश भण्डारी (जुम्ला) र महेन्द्रबहादुर शाही (कालिकोट) को मुख्यमन्त्रीमा दावी छ भने ७ नम्बरमा डोटीका त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरिसकेको बताइएको छ । त्यसैगरी माओवादी पोलिटब्युरो बैठकले गरेको निर्णय सार्बजनिक गर्न बिहीबार अपरान्ह पौने ३ बजे भ्याल्ली भ्यु कटेजमा पत्रकार सम्मेलनको आयोजना गरिने पनि माओवादी केन्द्रले जनाएको छ ।

‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ विभिन्न विद्यालयमा प्रदर्शन

काठमाडौं, माघ २५ । ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ गत साता ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ प्रदर्शन गरिएको छ । प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रमा यसराज कार्की, हिसिला महर्जन (राजमति), मनिराज लवत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मी, सुशील राजोपाध्याय, सञ्जय शर्मा राजोपाध्याय, मञ्जु श्रेष्ठलगायत कलाकारको मुख्य अभिनाय रहेको छ । प्रदीप खड्गीको निर्देशनमा बनेको यस चलचित्रमा नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको समयमा अपनाएका विभिन्न युद्धशैली समेटिएको छ । फोकस पिक्चर्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘कीर्तिपुर’को कुल अंशमध्येको ९० प्रतिशत एनिमेटड रहेको छ । म्हसिका एजुकेसन एन्ड इन्टरटेन्मेन्टको आयोजनामा गरिएको उक्त चलचित्र प्रदर्शनीमा ललितपुरमा रहेका डिलाइ, श्रीज्ञान मन्दिर, ग्य्रान्ड एकेडेमी, माइलस्टोन, सगरमाथालगायत विद्यालयका विद्यार्थीका साथै शिक्षक–शिक्षिकाको पनि उपस्थिति थियो । विद्यार्थीले आफ्नो पाठ्यक्रममा नै उक्त लडाइँको विषयमा पढ्नुपर्ने भएकाले सर्वप्रथम स्कुलका विद्यार्थीहरुमाझ चलचित्र प्रदर्शन गरिएको आयोजकले जानकारी दिए । युद्धको समयमा के–कस्तो शैलीहरु अपनाइयो ? के–कस्ता घटनाहरु घटे ? भन्ने आधारमा चलचित्र तयार पारिएको जनाइएको छ । विद्यालयको पाठ्यक्रममा नै रहेको इतिहासलाई विद्यार्थीहरुले पढ्दै आएका थिए भने चलचित्रकोरुपमा हेर्न र बुझ्न पाउँदा विद्यार्थीहरु रमाएका थिए । शिक्षक–शिक्षिकाहरुले पनि यस्तो चलचित्रले विद्यार्थीहरुलाई इतिहासको विषयमा बुझाउन सहयोग पुग्ने बताए । चलचित्र प्रदर्शनपश्चात् गरिएको अन्तरक्रिया कार्यक्रममा निर्देशक प्रदीप खड्गीले विद्यार्थीहरुको प्रश्नको उत्तर दिएका थिए ।

म एक्लै बाँच्न सक्छु

बिना तामाङ/ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर नचाहेर मानिसले भोग्नै पर्ने जीन्दगीका तीता क्षणहरु आज म संगाल्दैछु । लाग्छ म आज यो झरीसंगै झर्दैछु अनि भेल बनि हिलाम्य भएर बग्दैछु। किन यस्तो भैइरहेछ रुआफैलाई सम्हाल्न खोज्छु । केहि कठोर बन्ने प्रयास गर्छु । पीडा लुकाउने असफल प्रयास गर्छु । अनुहार रातो हुन्छ । फेरि आवेगमा आउँछु । दाँत किट्छु । अहं सबै प्रयस विफल हुन्छ । प्राकृतिक नियम म मा पनि लागू हुन्छ।जति कोशिस गरे पनि पत्तै नपाई आँखाको डिल डिलबाट आँशुका ढिक्काहरु बर्बर्ती झर्छ । आफ्नो दयनिय स्थिती देखेर आफैमाथि दया लाग्छ। बिस्तरामा पल्टिन्छु । निदाउने फेरि अर्को असफल प्रयास गर्छु। अहं पटक्कै निद्रा लाग्ने हैन। नैराश्यताले ब्युँझाईरहन्छ । जुरुक्क उठ्छु । स्वास फेर्नै गार्‍हो अनुभव हुन्छ । झ्यालबाट बाहिर चियाउँछु । सुनसान देख्छु । एकाध मानिस छाता ओढेर हिडेको देख्छु । एकहोरिन्छु । कोहि परिचित मानिस आए झैं लाग्छ परबाट । त्यो चेक छाताले टाउको मात्रै ढाकेर यतै लम्केर आउनेलाई चिने चिने झैं लाग्छ । परै भएकोले ठम्याउन हम्मे हम्मे पर्छ । अलिक नजिक आएपछि मेरो ओठमा भएको अलिकति खुसी पनि धेरै टाढा भाग्छ । उ त रोहित नै रहेछ जसलाई मैले तीनदिन अघि नै छोडेर आएको थिएं यो क्वाटरमा । रोहितलाई चिनेपछि मन् झन् झन् भुट्भुटिन्छ । पेट्रोल छर्कए झैं लाग्छ शरीरमा, कम्पन हुन्छ । क्रोधाग्नीले मेरो अनुहार बल्छ ।म हत्तपत्त पर्दा लगाउँछु । टिङ् टिङ् डोरबेलको आवाज कानैमा आएर ठोकिन्छ । बिना तामाङ अहं म ढोका खोल्दै खोल्दिन । ज्यान गए पनि खोल्दिन।म आफैमा कठोर हुन्छु । सुमी प्लीज एकपटक ढोका खोल । तिमीसंग केहि कुरा गर्नुछ । प्लीज । रोहितको आवाजमा म षड्यन्त्रको गन्ध भरिएको म पाउँछु । झनै मनलाई दरो बनाउँछु । मुठ्ठी कसिन्छ अटोमेटिकली । बोल्नै मन् हुन्न । शरीरबाट पसीना निस्कन्छ । के गरुं कसो गरुँं हुन्छ । उठिसकेको मेरो शरीरलाई म पुनस् पलङ्मा फ्यात्त फाल्छु ।किन किन अब मलाई भक्कानेर रुने मन हुन्छ। तर तर म रोहितको सामु किन रुनु रु उसको अगाडी म किन दुस्खी बनुँ रु म पनि सक्छु उ बिना बांच्न । हो म यहि देखाईरहेछु बितेका केहि दिन देखि उसको सामु । चाहे मनमा वेदनाका पहाडनै किन ठडियोस म समथर बनेर देखिन चाहन्छु अहिले । मनभरि पीडाका ज्वारभाटाहरु उर्लदै गर्दा म त्यस्लाई बाहिर निस्कन नदिएर आफैमा समहित गर्दैछु । मलाई थाहा छ केहि समय पश्चात त्यो ज्वारभाटाहरु बिस्फोट हुनेछ । तर रोहितको अगाडी म साम्य हुन्छु । म उसलाई देखाउन चाहन्छु यि हेर तिमी बिना बाँच्न सक्छु हाँसी खुसी । तिमीले गरेको कुठाराघातलाई मैले आत्मसाथ गरिसकें । त्यसले मलाई केहि असर पारेको छैन ।ू जाउ तिम्रो जीवन तिमी बाँच मलाई घच्घचाउन न आउ । मलाई एक्लै छाडिदेउ ।“ प्लीज सुमी एकपटक मात्रै ढोका खोल । तिमी कति कठोर हुनसकेकी । मेरो फोन पनि रिसिव गर्दिनौ ।ूउहि आवाज दोहरिन्छ । रोहित यति लाचार भएको मैले यस अघि कहिल्यै देखेको थिइन । मैले सोचेको पनि थिईन कि मेरो लोग्ने भनाउँदोको रुप परिवर्तन यस प्रकार हुन्छ । अहं अझै विश्वास लागिरहेको छैन मलाई । अहँ हुदै हुन्न । म मान्दै मान्दिन । उसको बोलीमा अव के नै त्यस्तो जादु बाँकी छ र अब विश्वास गर्न सकुँ मरु उसका यस्तै चकलेटी कुराले नै त मैले उ संग ८ वर्ष बिताइसकेकी थिएं उसको अर्धाङ्गिनी बनेर । अहं यो सब भ्रम हो । उसको देखावटीपन हो । मानौ उ अझै नाटक गरिरहेछ जिन्दगीको रङ्गमञ्चमा र म दर्शक बनेर फेरि पनि थपडी बजाउँदै खुसी हुनेछु उसको यो सशक्त अभिनय देखेर । साँच्चै कुनै कलाकार भन्दा कम देख्दिन वास्तवमा उ साँच्चै पछुतो मान्दैछ वा फेरि पनि मलाई छल्न खोज्दैछ यो त भगवान नै जानुन् तर मेरो मनले यि सब झुटा हुन् भनेर खबरदारी गर्दैछ । ूसुमी होशियार माकुरा जाल बुन्दैछ।जानी जानी नफस अब ।ू यदि यसो नहुदोँ हो त कसरी यति बिघ्न माया गर्ने मान्छेले म माथि सौता नामको किलो गाड्थ्यो रु बाँचे संगै बाँचौ, मरे संगै मरौं भनेर सातफेरा लगाएको मेरो लोग्ने कुन् मनले अर्की रोज्यो रु सुख दुस्खमा साथ रहने वाचा गर्दै ३ वर्ष अघि वैदेशिक रोजगारीको निमित्त अरब गएको रोहितले कसरी ममाथि षड्यन्त्र रच्यो रु यि सबै घटना साक्षी छन् कि रोहित अब मेरो विश्वासिलो पात्र रहेन । शंका त मैले पहिले नै गर्नुपर्थ्यो जब उ १ वर्ष अघि घर बिदामा यहाँ आएको थियो । कहिले कार्यक्रममा जानुपर्ने त कहिले व्यापारको शिलशिला मिलाउन भन्दै हप्तौ उनि हराउँथे । अफिस ,घर गृहस्थी धानेर बसेकी मलाई दश मनमा एक मनमा पनि लागेन कि उ अरु कसैसंग अर्को जीवन बिताउने ध्ययमा हिड्दैछ भनेर । उनको त्यो कृतिम मुस्कानले छोपिएको अनुहार भित्रको कुरुपता मैले पहिल्याउनै सकिन । यसैमा त मलाई अहिले पनि पीडाबोध हुन्छ । जसलाई आफ्नो तन मनले आफ्नो जीवन माने उसैले पिठ्युँमा वार गर्‍यो । रोहितले त त्यसै बेलामा उसलाई अपनाएर कोठा लिएर अरब फर्केको रहेछ । यस्ता कुरा म के जानुँ । यी सब कुरको पर्दाफास हुदाँ म अर्धमुर्च्छित भएकी थिएं । मलाई आफ्नै कान र आँखामथि विश्वास लागेको थिएन जतिखेर रोहित मसंग झगडा गरेर अर्कै कोठामा एक्लै सुतेको थियो । मध्यराती उसको हाँसो ढोकाको चेपचेपबाट फुत्किएर मेरो कानमा पस्दा म झस्किएको थिएं । कोठाभित्र पुरुष स्वर प्रष्टसंग सुनिएकोथ्यो । म भोली बिहानै आउँछु।शितल अब केहि दिन हो त्यसपछि म तिमीलाई यहि घरमै ल्याउनेछु । मेरो मुटु छेडिएझै लाग्यो । म घायल बघिनी झै भएथें । अचानक जोडजोडले ढोकामा हान्न थालें । रोहितले अत्तालिएर ढोका खोल्यो ।मोबाईल हातमै थियो ।मैले खोसेर हत्तपत्त रिडायल गरें । तुरुन्तै कल रिसिव भयो । उताबाट नारीस्वर सुनियो । केहिबेरको कन्भर्सेसन पछि रोहितले शितल नामकी केटीसंग विवाह गरेको कुरा पक्कापक्की भयो । मुटु कसैले भुत्ते खुकुरी धसे झै भयो । एकैछिनमा मुटु टुक्रियो अनि तितरबितर भयो संगाल्नै नसकिने गरि । अब बाँकी नै के थियो र ।रोहितको अनुहार हेरें ।हेर्न लायकको थियो । डरले कम्पित मुहारा अनि झुकेको शिर । उसको हालत गल्ती गरेको बालकको झै देखिन्थ्यो । यो सब यति छिटो भयो कि रोहितले कुनै सफाय दिनै पाएको थिएन । अब के हुन्छ रु उसले अनुमान लगाउनै सकेन।वस् अपराधी झै सजाय भोग्न तयार ।सायद उसले सोचेथ्यो म उ माथि खनिन्छु,उसलाई लुस्छु,कोपर्छु,कपडा च्यात्छु अनि भाँडाकुडा फाल्नेछु । कठालोमा समातेर सोध्नेछु ू किन किन यस्तो गर्नुभो रु ू । तर अहँ त्यस्तो केहि गरिन । उसले सोचे भन्दा बिल्कुलै फरक रुपमा प्रस्तुत भएं । कुनै प्रतिवाद गर्नै मन् लागेन । किन किन उसको शरीर छुनै मन् लागेन । मन मरेर आयो । संसार नै धमिलो देखें । भाउन्न भयो ।उसको अनुहर नियालें । यति घृणा उम्लेर आयो कि अब उपरान्त उसको अनुहार पुन हेर्नै मन् लागेन ।दुबै आँखा छोपें । केहि सोच्नै सकिन । यति मात्रै थाहा भयो कि अब म त्यस घरमा एक पल पनि बिताउन सक्दिन । वरपरका सबै बस्तुहरुले मलाई नै जिस्काए झै लाग्यो ।भित्तामा सजिएका रोहित र मेरो तस्वीरले पनि खिस्याए झै भान भयो । घरका कुना कुना बाट मेरो खिल्ली उडाउँदै फुत्किएका खित्काहरु सुनें । के बस्छेस् सुमी तँ यहाँ जहाँ तेरो आफ्नो केहि छैन।जहाँ तेरो खुसीहरुको घाँटी निमोठिएको छ,जहाँ तेरो उमङ्गको हत्या गरिएको छ,जहाँ तेरो जीन्दगीको रङ्ग उडाईएको छ,जहाँ तेरो भावनालाई सिमेण्ट र कंकडसंगै प्लाष्टर गरिएर भित्तामा दबाईएको छ।त्यस्तोमा तँ कसरी बस्छेस्रुकसरी निर्वाह गर्छेस बाँकी जीवनरु तैले जसलाई आफ्नो ठानिस उ त अरु कसैको भैइसकेछ।अरु कसैलाई छोएका ती हातहरुले तँलाई स्पर्श गर्दा कसरी सहन्छेस्रुती जुठा स्पर्शभित्र तं के पाँउछेस्रुकेवल छलकपट र झुट,गद्दारी मात्र पाउँछेस् । वास्तवमै यो सत्य थियो । जुन घर मैले वर्षौ लागाएर सजाएथें ,सवांरेथे मायाका रङ्गीबिरङ्गी फूलहरु फुलाएथें , आज त्यहि मेरो सपनाको सुन्दर बगैँचा कसैले माड्दैथ्यो,कुल्दैथ्यो ,फूलहरु निमोठ्दैथ्यो । एकाएक मैले निर्णय लिएं ।अविचलित अनि अविछिन्न निर्णय । अनि भनें ूरोहित मैले जीन्दगी यति नमिठो होला भनेर कहिल्यै अनुमान पनि गरेकी थिइन । तिम्रो साथ यसरी बिझाउँछ,चुभ्छ अनि यति बिघ्न पोल्छ भनेर कल्पना पनि गरिन ।म सधैं तिमीलाई एक आदर्श पुरुषको रुपमा स्वीकार्थें ।संसारको सबै भन्दा सुखी र धनी मानिस म तिमीलाई सम्झिन्थें । तर हैन रहेछ, म त भ्रममा पो बाँचिरा रहेछु । तिमी त सडकका भिखारी भन्दा पनि तल्लो दर्जाको माग्ने रहेछौ जो संग दिनलाई केहि छैन । तिमी त रित्तो रहेछौ । तिमीसंग मलाई दिने अलिकति मायाको पनि अभाव रहेछ । आफै रित्तो हुनेले के मलाई प्रेम दिन सक्छौ र म तिमीबाट यो आशा गरुँ । ठिकै छ।तिमीसंग छैन तर मसंग छ।म तिमीलाई अगाध माया गर्दछु त्यसैले म तिम्रो खुसी चाहन्छु ।तिम्रो खुसी शितल रहेछ । म तिमीलाई त्यो दिन चाहन्छु खुला हृदयले । मलाई हाँसो दिन सकेनौ खुसी राख्न सकेनौ तर म तिमीलाई तिमीले चाहेको त्यो खुसी दिन चाहन्छु । तिम्रो मुहारमा मुस्कान देख्न चाहन्छु । तिम्रो पराजय हैन् विजय चाहन्छु ।अर्को कुरा कुनै पनि पुरुष्ले आफ्नो स्त्री सधैं पवित्र चाहन्छ ,उसलाई अरु कसैको उपस्थिति असह्य हुन्छ भने कुनै नारीले पनि उसको पुरुषबाट यहि कुराको अपेक्षा राखेकी हुन्छे भलै हाम्रो समाजमा पुरुषको गल्तीलाई सहजै पचाउने र स्त्रीको गल्तीलाई दोष ठहर्याउने गर्दछ। तर म यी सब सहन्न।म पनि मेरो पुरुष पवित्र र चोखो होस भन्ने चाहने मानिसमा पर्दछु।त्यस मानेमा तिमी मेरो निम्ती अपवित्र छौ ।यस्तोमा म तिमीसंग कुनै हालतमा जीवन बिताउन सक्दिन र तिमीलाई मेरो अन्तर आत्माले स्वीकार गर्न पनि सक्दैन ।यदि यसमा जबरजस्तीका कुरा हुन्छ भने म तिमीसंगै भए पनि मेरो मन तिमीसंग नहुन सक्छ। त्यसैले आजैबाट म तिम्रो जीन्दगीबाट टाढा जादैछु ।तिमीलाई मेरो बन्धको साङ्लाबाट म मुक्त गर्दैछु । तिमी खुला छौ ।जाउ तिम्रो जीन्दगी बाँच । म कुनै दखलान्दाजी गर्दिन । तिम्रो नयाँ जीवन सुखमय रहोस मेरो शुभकामना छ । तर एक शर्तमा कि फेरि फर्केर मेरो जीन्दगीमा चियाउने दुश्प्रयास नगर ।ूयति भनि सक्दा रोहितलाई मैले मेरो खुटानेर पाएं । उ मेरो पाउमा पश्चतापको भेल बगाउँदैथ्यो । ूसुमी त्यसो नभन । मैले गल्ती गरें । म तिमीलाई अझ पनि माया गर्छु । मलाई छाडेर जाने कुरा नगर । बरु म शितललाई छाडिदिन्छु । तिमी जस्ती देविमाथि अन्याय गरें । म पापी हुँ । मलाई माफ गर।बिन्ती यो घर छाड्ने कुरा मनबाट निकालिदेउ ।ू रोहित मेरो अडिग रहने बानीबाट जानकार थियो । उसलाई थाहा थियो कि म कति स्वाभिमानी थिएं र मैले गरेको हरेक निर्णयमा म कति अडिग रहन्थें ।त्यसैले उ त्यसो भनेर मलाई रोक्न । चाहन्थ्योूउफ् कस्तो स्वर्थीपना रु शितललाई पनि त्यसै भन्यौ होला हैन रु कमसेकम एकजनासंग त इमान्दार होउ । ममाथि त विश्वासघात गरिसक्यौ उसमाथि त नगर ।भैगो अब मेरो सपना पुरा गर्न नसके पनि उसको सपना नटुक्र्याउ ।म त यसै तितरबितर भैसकें उसलाई त्यसो हुनबाट रोक । उ पनि एक् नारी हृदय हो।मेरो जस्तै मन् छ।क्षत् बिक्षत नपार । कम्तीमा पनि एकजनासंग त साँचो जीवन बाँच ।ू यति भनेर मेरो कठो हृदयले त्यो घरको संघार नाघेर यस अफिसले उपलब्ध गराएको क्वाटरमा आएकी तीन दिन भएछ । रोहित अझै पनि मसंग कुरा गर्न चाहन्छ । फेरि मसंग जीवन बिताउन चाहन्छ।त्यसैले आज ढोकामा उभिएर मेरो मायाको भिख माग्दैछ। तर म यति कठोर भैसकें कि सायद ढुङ्गा पनि यति सार्‍हो छैन । समाजमा धेरै त्यस्ता बहुबिबाह गरेर संगै जीवन बिताउनेहरु नभएका पक्कै हैन तथापी एकपटक भाँच्चिसकेको यो मन खै कसै गरि पनि जोडिएन अथवा भनुँ जोड्ने मनै भएन । मलाई राम्रै संग थाहा छ यो समाजमा पुरुषको उपस्थितिबिना जीन्दगी बिताउनु फलामको चिउरा चपाए सरह हुनेछ । यहि समाजमा प्रस्सतै मात्रामा भेटिने कुपात्रहरुको कुदृष्टीबाट बचेर एक्लो जीवन निर्वाह गर्नु महाभारत नै हुनेछ तै पनि मैले एक्लो जीवन बिताउने निर्णय गरिसकें जुन अविचलित छ । किनकी म झुटको जीन्दगी बिताउन चाहन्न र म कसैको जुठो स्पर्शभित्र रम्न सक्दिन । त्यसैले म झन् झन् कठोर बन्दैछु । रोहितको अनुनयबिनयले मेरो हृदयलाई छुदैन मानौं म भावशुन्य भएकी छु ।उसको आवाजहरु यतै कतै वरिपरि विलिन हुदैँछ । विस्तारै विस्तारै ।

क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व लेनिनवादी ढंगले चयन गर्नुपर्छ 

नहेन्द्र खड्का/ २०७४ साउन ७ गतेदेखि नेपालका देशभक्त, न्यायप्रेमी, परिवर्तनकारी, स्वाभिमानी र क्रान्तिकारी विद्यार्थीहरुको एक मात्र नेतृत्वदायी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को ऐतिहासिक २५ औँ एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष, दस वर्षे महान जनयुद्धका सर्वोच्च कमाण्डर तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डबाट विद्यार्थीहरुको विशाल सभाका बिचमा समुद्घाटन भएको यो ऐतिहासिक एकता राष्ट्रिय सम्मेलनको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनमा मात्रै नभएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा समेत ऐतिहासिक महत्त्व छ । यस सम्मेलनमा सहभागी सबै प्रतिनिनिधि=पर्यवेक्षकहरु, विभिन्न स्तरको संगठनात्मक नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिरहेका अखिल क्रान्तिकारीका नेता=कार्यकर्ताहरुले सम्मेलनका विभिन्न पक्षहरु र ती सबैले नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन तथा समग्र कम्युनिस्ट आन्दोलनमा पार्ने प्रभावहरुको विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । नेकपा (माओवादी केन्द्र)का जिम्मेवार नेताहरुले समेत यसलाई एउटा सामान्य र नियमित सम्मेलनको रुपमा हेर्ने र बेवास्ता गर्ने गल्ति गर्नु हुँदैन । त्यस सम्बन्धी केही विषयहरुलाई निम्नानुसार सुत्रबद्ध गर्ने प्रयत्न गरिएको छ । १. संगठनबारेः क. द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्रधान मान्छ । पदार्थ पहिले जन्मन्छ र त्यसपछि चेतना आउँछ । चेतनाले पदार्थलाई पछ्याउँछ । भौतिक परिस्थितिले विचारधारा र चिन्तनलाई प्रभावित गर्दछ । एउटा पार्टी वा संगठनको आन्तरिक जीवनमा त्यसको पदार्थ र भौतिक परिस्थिति भनेको उसको संगठन हो । संगठन सार पक्ष हो भने विचार रुप पक्ष हो । भौतिकवादको द्वन्द्वात्मक प्रणाली नबुझेका मानिसहरुले यसको ठिक उल्टो तरिकाले बुझ्ने र ब्याख्या गर्ने गर्दछन् । सार पहिले जन्मन्छ र रुपले सारलाई पछ्याउँछ । संगठन पहिले जन्मन्छ र सोही आधारमा बिचार जन्मन्छ । सारले रुपको निरुपण गर्ने हुनाले संगठनले विचारको निरुपण गर्दछ । संगठनमा – अझ संगठनमा आवद्ध मानिसहरुमा – भएको विकासले विचारको विकास गर्दछ । त्यसैले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ । नहेन्द्र खड्का/ ख. नेकपा (माओवादी) ले महान दस बर्षे जनयुद्धको नेतृत्व गरेको हुनाले माओवादी आन्दोलनभित्र कैयौँ मानिसहरुले जनवर्गीय संगठनहरुलाई युद्धको वा पार्टी अवैधानिक भएको समयमा खुला र वैधानिक मोर्चाको काम गर्ने वा संयुक्त मोर्चा संगठनको रुपमा मात्र हेर्ने र शान्तिकालमा पार्टी स्वयम् खुला र वैधानिक भएको अवस्थामा जनवर्गीय संगठनहरु र तिनको भूमिकालाई अनावश्यक वा कम महत्त्वपूर्ण देख्ने गर्दछन् । जनवर्गीय संगठनहरु पार्टीको भौतिक परिस्थिति तयार गर्ने साधनहरु हुन् । ती पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ । त्यसमा पनि विद्यार्थी संगठन भावी समाज, पार्टी र क्रान्तिको कर्णाधार हुनुको नाताले अझ महत्त्वपूर्ण छ । आजको विद्यार्थी संगठन र यसको नेतृत्वले भविष्यको पार्टी र क्रान्तिको नेतृत्व निर्माण र निर्धारण गर्नेछ । त्यसैले विद्यार्थी संगठनलाई केटाकेटीहरुको संगठनको रुपमा देख्ने र हेर्ने प्रवृति आत्मघाती र हानिकारक छ । पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ । आज विद्यार्थी संगठनमा भित्रिएका असल र खराब प्रवृतिहरु नै भोलि पार्टीमा हुर्कने र फल्ने छन् । त्यसैले जनजर्गीय संगठनहरु र एउटा जनवर्गीय संगठनको रुपमा अखिल क्रान्तिकारीको भूमिकालाई प्रभावकारी बनाउने सम्बन्धमा विद्यार्थी नेताहरु, कार्यकर्ताहरु र पार्टी नेतृत्व गम्भीर हुन जरुरी छ । ग. यो परिस्थिति माओवादी पार्टीहरुको एकता र ध्रुवीकरणले गति लिएको समय हो । त्यसैले विभिन्न पार्टी, धारा र पृष्ठभूमिबाट एकता प्रक्रियामा सामेल भएका सबै क्रान्तिकारी विद्यार्थीहरुलाई समेट्ने र तिनीहरु मार्फत् नेपालको समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने गरी यो एकता राष्ट्रिय सम्मेलनले आफ्नो नेतृत्व चयन गर्नु पर्छ । विगतमा पार्टी फरक हुँदा वा विभाजन हुँदाका कुनै पनि घटनाहरुको आधारमा आग्रह=पूर्वाग्रह राखेर व्यवहार गर्नु हुँदैन । तर क्रान्तिकारी र गैरक्रान्तिकारी प्रवृति बिचको भेद छुट्याउन सक्नु पर्छ । घ. आफ्नो स्तर अनुसार संगठनको विभिन्न तहको नेतृत्वमा आफू आउनै पर्ने, जसरी पनि संगठन सानो बनाउनु पर्ने तर आफू छुट्न नहुने, संगठन सानो र त्यसमा पनि दुई अंकको भए मात्रै क्रान्तिकारी र गतिशील बन्ने जस्ता अतिभूतवादी र एकता विरोधी चिन्तनलाई पराजित गर्नु पर्छ । संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो । यानेकि विकसित सार र पछ्यौटे रुप बिचको अन्तरविरोधको परिणाम हो । संगठनका राष्ट्रिय सम्मेलनहरु यस्तो अन्तरविरोधलाई हल गर्ने माध्यमहरु हुन् । संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो । २. बिचार बारे: क. विचार र कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यो सुप्रसिद्ध माओवादी मान्यता हो । एउटै पार्टी र संगठनभित्र संगठन प्रधान भए जस्तै एउटा देशभित्र विभिन्न विचार बोकेका अलग अलग पार्टीहरु र संगठनहरु भएको अवस्थामा सही नीति र विचार नै प्रधान पक्ष हो । यसलाई सापेक्षताको सिद्धान्तको आधारमा बुझ्नु पर्दछ । संगठनलाई प्रधान मान्दा विचारको पक्ष छोडिदिने र विचारको पक्षलाई प्रधान मान्दा संगठनको पक्षलाई छोडिदिने प्रवृति गैरद्वन्द्ववादी, एकमनावादी र अतिभूतवादी प्रवृति हो । यसभित्र लुकेको दक्षिणपन्थी विसर्जनवादले क्रान्तिकारी विचारलाई छोडेर संगठन ठूलो बनाउने कुरामा जोड दिन्छ भने जडसुत्रवादले विचारलाई मात्रै समात्छ र संगठनको भूमिकालाई अर्थहीन देख्छ । दक्षिणपन्थी अवसरवादले पार्टीमा धेरै मानिसहरु भए मात्रै क्रान्ति सम्पन्न गर्न सकिने सोच राख्दछ, जबकि क्रान्तिकारी विचार विना क्रान्ति संभव हुँदैन र यस्तो संगठन वैचारिक रुपमा विघटन हुन्छ । वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ । वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ । जडसुत्रवादी नेतृत्वले मूलतः पुरानो विचारको प्रतिनिधित्व गर्ने हुनाले त्यहाँ अग्रगामी संगठन (कार्यकर्ता) र पिछडिएको नेतृत्वको बिचमा चरम अन्तरविरोध हुन पुग्दछ र नेतृत्वले विचारको विकासमा पहलकद्मी लिन नसकेमा त्यो स्वयम् सांगठनिक रुपमा विघटित हुन पुग्छ । यी दुवै प्रवृति गलत छन् र यिनलाई पराजित गर्नुपर्छ । ख. समाजवादी क्रान्तिको रणनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु पर्ने आजको सन्दर्भमा नेपालका क्रान्तिकारी विद्यार्थी आन्दोलनले कस्तो विचार अबलम्बन गर्नु पर्ने हो ? शिक्षा क्षेत्रको साथै समग्र समाजमा दलाल पुँजीवाद र नवउपनिवेशवाद हावी भएको, शिक्षा क्षेत्रमा साम्राज्यवादी हस्तक्षेप बढेको र नवउदारवादले गाँजिरहेको, शिक्षाको तीब्रतम् नीजिकरण, दलालीकरण र माफियाकरण भैरहेको एवम् गरिब र धनीहरुको शिक्षाको रुपमा दुई प्रकारको शिक्षा व्यावहारिक रुपमा लागु भैरहेको वर्तमान अवस्थामा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन र त्यसको नेतृत्वकर्ताको रुपमा अखिल क्रान्तिकारीको कार्यक्रम र कार्यदिशा के र कस्तो हुने हो ? संगठनको रुप र स्वरुप कस्तो हुने ? संगठनात्मक सिद्धान्त कस्तो हुने ? संघर्षको स्वरुप र विधि कस्तो हुने ? सिद्धान्त, संगठन र संघर्षको त्रिपक्षीय सम्बन्ध कस्तो हुने र त्यसलाई कसरी विकास गर्ने ? यो राष्ट्रिय सम्मेलनमा यो प्रधान विषय बन्नु पर्छ । ३. नेतृत्व चयन बारेः क. जब जब क्रान्तिकारीहरु संगठित र शक्तिशाली बन्दै जान्छन्, तब तब त्यहाँ पुँजीवादी प्रवृतिहरु उम्रन, घुसपैठ हुन, हुर्कन र विकसित हुन थाल्दछन् । तिनीहरु कम्युनिस्ट पार्टी र क्रान्तिकारी आन्दोलनभित्र आलोचनाको स्वतन्त्रता, आन्तरिक जनवाद, नोकरशाही नेतृत्वको विरोध, टिके प्रथाको विरोध, पार्टीको तानाशाहीको विरोध, स्टालिनवादी नेतृत्वको विरोध जस्ता सस्ता नारा लगाउँदै टाउको उठाउन थाल्दछन् । माक्र्सलाई पहिलो कम्युनिस्ट इन्टरनेशनल विघटन गराउन बाध्य पार्ने यो भाइरस लेनिनको पालामा रुसमा र माओकालीन चीनमा आन्तरिक जनवाद र आलोचनाको स्वतन्त्रताको नाममा छिरेको थियो । स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण वा आन्तरिक जनवादको नारा लगाउँदै कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनमा छिर्ने यो प्रवृति वास्तवमा कम्युनिस्ट आन्दोलन र पार्टीको पुँजीवादीकरण गर्ने माध्यम हो । स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ । मानव शरीरमा एचआइभी भाइरस छिरेपछि जसरी त्यसले शरीरको आन्तरिक प्रतिरोध प्रणालीलाई समाप्त गर्छ, कम्युनिस्ट पार्टीमा यो भाइरस छिरेपछि यसले पार्टीको सम्पूर्ण एकमना एकता कायम गर्ने सक्ने आफ्नो आन्तरिक प्रतिरोधात्मक क्षमता र नेतृत्वको केन्द्रीकरणको प्रश्नलाई समाप्त गरिदिन्छ । ख. निर्वाचन (भोटिङ) नेतृत्व चयनको पुँजीवादी प्रणाली हो, जुन सो व्यवस्थाको सुन्दरता पनि हो । यो सामन्तवादी जहानियाँ प्रणालीभन्दा उत्तम छ तर लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी तथा समाजवादी नेतृत्व चयन प्रणाली भन्दा निम्न कोटीको छ । कम्युनिस्टहरु र तिनका जनवर्गीय संगठनहरुले उच्च कोटीको नेतृत्व चयन प्रणालीबाट निम्न कोटीको पुँजीवादी (निर्वाचन) प्रणालीतिर प्रतिगामी छलाङ मार्ने होइन । अझ अगाडि बढ्न सक्नु पर्छ । ग. आन्तरिक जनवादका नाममा कम्युनिस्ट पार्टीमा निर्वाचन गर्ने कुराले व्यक्तिलाई स्वतन्त्र, स्वच्छन्द र अराजक हुँदै व्यक्तिवादी, आत्मकेन्द्रित, स्वार्थी, गुटवादी, मनोगत र अराजक बनाउँछ । यो कम्युनिस्ट पार्टीको संगठनात्मक संरचनालाई पुँजीवादीकरण गर्ने माध्यम हो । सार पक्षलाई पुँजीवादीकरण गरेपछि रुप पक्ष त स्वत पुँजीवादीकरण हुन पुग्दछ । घ. निर्वाचनमा जित=हार स्वभाविक छ । निर्वाचनमा उमेद्वारी दिने तर पराजित हुने आधा पंक्तिलाई संगठनबाट बाहिर पुराइदिन्छ, तिनलाई संगठनात्मक रुपमा निष्कृय गराउँछ र संगठन तथा आन्दोलनको जीवनमा पक्षघात ल्याउँछ । त्यतिमात्र नभएर जित्ने पक्षमा विजयको अहंकार र पराजितहरुमाथि दमन गर्ने प्रवृति विकास गराउँछ भने हार्ने पक्षमा प्रतिसोधको भावनाको विकास गराई संगठनमा विखण्डन ल्याउँछ । कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ । ङ. सबै जनवर्गीय संगठनहरु जस्तै अखिल क्रान्तिकारी पनि नेकपा (माओवादी केन्द्र)को भातृ संगठन हुनुको नाताले यो संगठन अर्धस्वायत्त छ । यसका कार्यकर्ताहरुलाई पूर्ण रुपमा स्वतन्त्र र स्वच्छन्द तरिकाले काम गर्ने अधिकार छैन । यसले निर्माण गर्ने संगठन र अबलम्बन गर्ने नीति तथा कार्यक्रम पार्टीको नीति तथा कार्यक्रमको तादात्मयतामा हुनु जरुरी छ । तसर्थ यसको संगठनको कार्यकारी नेतृत्वदायी निकायको रुपमा रहेको केन्द्रीय समिति निर्माण गर्दा पार्टीभित्रका सबै पाटा र पक्षहरु प्रतिबिम्बित हुने ढंगले निर्माण गर्नु पर्छ । च. तसर्थ कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ । त्यसरी विद्यार्थी संगठनको मूल नेतृत्व चयन गर्दा आम विद्यार्थी पंक्तिमा लोकप्रिय, समग्र विद्यार्थी आन्दोलनमा स्थापित, प्रतिस्पर्धी संगठनहरुसँग प्रतिस्पर्धा गर्न सक्ने, पार्टी र क्रान्तिप्रति निष्ठावान, पार्टीको मूल नेतृत्वले वर्तमानमा भरोसा र भविष्यमा आशा गर्ने नेता एवम् त्यस्ता नेताहरुको टिम छान्नु पर्छ । त्यसका लागि विद्यार्थी संगठनका पुराना नेताहरुले पूर्ण रुपमा सहयोग र मार्गनिर्देशन गर्नु पर्दछ । चयन भएको नेतृत्वले पनि यस प्रक्रियामा भएका सम्पूर्ण लबिङ, उमेद्वारी वा अन्य आरोप=प्रत्यारोप समेतलाई बिर्सेर सबैलाई समेट्दै समग्र संगठन र आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

सांस्कृतिक पर्व “तीज” भड्किलो बन्दै

तीज एउटा सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वी नारीहरुको महान पर्व तीज । नेपाल लगायत विश्व भर हिन्दु भएका क्षेत्रमा धुमधामका साथ मनाइन्छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको बिशेष पर्व हो । यो पर्वमा महिलाहरु बषौं देखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना सुख–दुख साटासाट गर्ने गर्छन । तीज पर्व हिमालय पर्वतकी पुत्री पार्वतीको पालादेखि नै मनाउदै आईएको बिश्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउँ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिश्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दिर्घायु एवं उत्तरउत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । सन्तोष बजगाई आपसमा दिदीबहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर सुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतिपातिमा व्यस्त रहेका दिदी बहिनीहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदीबहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी मनाई रहेका छन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दै गइरहेको महशुस हुन थालेको छ । यस पर्वमा आपसमा दिदीबहिनीले आफ्नो दुख, बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यवहार अनि माइती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदीबहिनीलाई सम्झिएर गित मार्फत ब्यक्त गर्दथे । तर असहिले आएर त्यो प्रचलनमा ह्रास आएको छ । जसले गर्दा तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपुर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माइतीले घरमा गएका चेलिबेटिहरुलाई आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकी त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकु । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यै बाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्ने पनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने सकिन्न । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिनप्रतिदिन बढिरहेको कुराले सबैको मनमा डर पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पनि पर्व हो । सासुले गरेको ब्यवहार कर्मघरको दुख र नारीको बेदनालाई उजागर गरेर गित गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । साँच्चै रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुदैन । तीजको लागि श्रीमतिलाई रातो सारी र गरगहना किनिदिन पुरुषले प्रर्देशमा गएरसमेत आफ्नी संगिनीलाई खुशी बनाउने प्रयास गर्छन । तीज गितको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेतसंगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै व्यापारका लागि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गित भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । तर त्यस्तो नभएर आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गित तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज र तीज गितको महत्व कम हुदै गएको छ । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ । कट्टु लगाएर नाचेको गितलाई तिज गित भनेर बजारमा ल्याउने चलनले गर्दा तिजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तिजलाई कमाईको भाडो सम्झीने कलाकारहरु कुन समाजमा के को लागि म बाचेको छु सचेत भएर सोचौं र तिजलाई तिजकै रुपमा मनाउन पाईयोस । आगामी दिनमा हाम्री आमाले मनाए जस्तै तीज होस । चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र सचेत वर्गले यसतर्फ काम गरोस ।

अवैध ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन सकिएन

लोकेश धामी कैलाली, बैशाख १५ । कैलालीमा सयौँको सङख्यामा सञ्चालनमा रहेका अवैध कोचीङ तथा ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय असफल देखिएको छ । धनगढी, अत्तरिया, लम्की, टीकापुर, सुखड, मसुरिया, चौमाला र फुलवारी लगायतका क्षेत्रमा अवैध ट्युसन सेन्टर खुल्ने क्रम बढ्दै गएको छ तर नियमन गर्ने निकाय भने मौन छन् । ट्युसन सेन्टर सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयमा दर्ता गर्नै पर्ने प्रावधान भए पनि अवैध रुपमा सञ्चलनमा रहेका ट्युसन सेन्टरले अभिभावकहरु माथी आर्थीक बोझ थपीदिएका छन् । रोचक कुरा त के छ भने सामुदायिक विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षकहरुले नै तिनै विद्यार्थीलाई ट्युसन पढाउन ट्युसन सेन्टर सञ्चालन गरेका छन् ।यता शैक्षिक क्षेत्रका विकृती हटाउने प्रण सहित आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुको ध्यान पनि अवैध ट्युसन सेन्टर तर्फ गएको छैन् । पहिले–पहिले परिक्षा सञ्चालन हुनपुर्व एक महिना अगाडी मात्रै ट्युसन पढ्ने चलन थियो तर अहिले शैक्षिक सत्र सुरु भएसंगै ट्युसन पढ्ने परिपाटी बसीसकेको छ । तर ट्युसन सेन्टर सञ्चालन गरेकाहरुले न त जिल्ला शिक्षा कार्यालयमा दर्ता गराएका छन् न त कुनै मापदण्ड नै निर्धारण गरेका छन् । सामुदायिक विद्यालयका शिक्षकले लुकेर पढाए पनि नीजि विद्यालयहरुले भने हाकाहाकी ट्युसन पढाउने गरेका छन् । उनीहरुले विद्यार्थीको पढाई राम्रो बनाउन तथा परीक्षामा धेरै विद्यार्थी पास गराउन अभिभावकको ढाड भाच्चिने गरी शुल्क लिने गरेका छन् । धेरै नीजि विद्यालयहरुले विद्यालय हाताभित्रै चर्को शुल्क लिएर ट्युसन सञ्चालन गरेका छन् ।