जर्नादन शर्मा भन्छन् :अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण (फोटो फिचर)

काठमाडौं, कात्तिक २२ ।  माओवादी केन्द्रका जर्नादन शर्मा  नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्।

अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले निर्वाचन जित्नु ठुलो कुरा नभएको बरु मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको बताए ।

एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले कम्युनिष्टले भन्ने समाजवाद र काँग्रेसले भन्ने समाजवाद एउटै नभएको वताए । आफुहरुले क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए ।

काँग्रेसले समाजवादको नाममा हुने, खाने र सक्नेहरुको हाली मुहाली हुने शासनसत्ताको वकालत गरिरहेको प्रष्ट पारे । जिल्ला समन्वय समिति रुकुमका प्रमुख समेत रहेका शर्माले सामाजिक न्याय सहितको समाजवाद स्थापना वामगठवन्धनको वटमलाईन भएको वताए।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले प्रतिक्रियावादी शक्तिहरुको वामएकता भाड्न गरेको षडयन्त्र असफल भएको वताए । पार्टी एकताका लागि समायोजन समितिहरु वडा तहमा समेत कृयाशिल भैसकेको भन्दै उनले दुनियाँको कुनै शक्तिले एकता प्रक्रियालाई भाँडन नसक्ने वताए ।

गठवन्धनका उम्मेद्धारहरु आफनो पार्टीका पनि उम्मेद्धार भएको वताउँदै एमाले केन्द्रीय सदस्य केसीले पार्टीमा आवद्ध सवैले माओवादी) केन्द्रका उम्मेद्धारलाई मतदान गर्नुपर्ने वताए । ‘प्रत्यक्ष तर्फ रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई विजयी गराउने पार्टीको निर्देशन हो यसमा कोही पनि एमाले हिच्किचाउनु पर्दैन’ नेता केसीले भने, ‘हिजोको तिक्तता राष्ट्रिय आवश्यकताको अगाडि ठुलो हुदैन’ ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओली लगायतले सम्वोधन गरेका  थिए । कार्यक्रममा ३ दर्जन वढी काँग्रेसआवद्ध नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।

त्रिवेणी गाँउपालिकाको पेउघा ज्यूलामा भएको कार्यक्रमको अध्यक्षता पार्टी एकता संयोजन समिति त्रिवेणी गाँउपालिकाका प्रमुख नेता गणेश खड्का र संचालन माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका सचिव सुन्दर ओलीले गरे । कार्यक्रममा त्रिवेणी गाँउपालिकाका ७, ८, ९ र १० नं. वडाका स्थानियको सहभागिता रहेको थियो । पश्चिम रुकुममा वामगठवन्धनको यो तेश्रो चुनावीसभा हो ।

निर्वाचन प्रचारमा निश्कििएको वाम गठवन्धप्रति पश्चिम रुकुममा स्थानियको अचम्मको आशा र आकर्षण देखिन्थ्यो । जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वामगठवन्धनमा प्रवेश गरे ।

त्रिवेणी गाँउपालिकाको पेउघामा आज भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयो ।

स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित आज ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री,  वडापालिकाका निर्वाचित सदस्य टे

कवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता छन् ।

प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् । नेपाली काँग्रेसले लिएको विचारले परिवर्तित परिस्थितिको नेतृत्व गर्न नसक्ने भएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । उनिहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठवन्धन एकमात्र विकल्प भएकोले आफुहरुले गठवन्धनलाई रोजेको वताएका छन् ।


नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

रामेछाप पहिरोमा ज्यान गुमाउनेको संख्या आठ, दुई जना अझै बेपत्ता

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ । बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ । यसैबिच सोमबार दिउँसो बसेको जिल्ला बिपत्त व्यबस्थापन समितिको बैठकले मृतक परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै रातह बितरणका लागि एकद्धार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले बिस्तापितहरुको अबस्था र व्यबस्थापनका लागि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

प्रधानमन्त्रीले अरुण तेस्रोको ब्रेक थ्रु गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंलगबार) संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट ब्रेक थ्रुमा सहभागी हुनका लागि आज ९ बजे संखुवासभा तर्फ प्रस्थान गर्ने छन् ।  मंगलबार(आज) प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । अरुण तेस्रोको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै  भारत सरकारको तर्फबाट आउने उच्च पदाधिकारी समेत आउँने छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण भारतीय सतलज कम्पनी (एसजेबिएन)ले गरिरहेको छ । प्रधानमन्त्रीले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर छ । सो सुरुङ छिचिलोएकाले ब्रेक थ्रु गरिने भएको हो ।

भूमि बैङ्क प्रस्तावको विरोधमा संयुक्त किसान संगठन

काठमाडौं । कम्युनिस्ट पार्टी निकट ६ किसान संगठनले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्कको अवधारणको विरोध गरेका छन् । कम्युनिस्ट पार्टी निकट ६ किसान संगठन प्रेस विज्ञप्ति निकाल्दै एकातिर भूमि बैङ्कको प्रस्ताव आउनु र अर्कोतिर राष्ट्रिय भूमि आयोग विघटन गरिनुले नेपाली श्रमजीवी किसानहरूलाई तरङ्गित र आक्रोशित बनाएको बताएका छन् । विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । यस्तो छ प्रेस विज्ञप्ति नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्कजस्तो नवउदारवादी कार्यक्रम समावेश भएकोमा नेपालका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । एकातिर भूमि बैङ्कको प्रस्ताव आउनु र अर्कोतिर राष्ट्रिय भूमि आयोग विघटन गरिनुले नेपाली श्रमजीवी किसानहरूलाई तरङ्गित र आक्रोशित बनाएको छ ।पटक-पटक विभिन्न तरिकाबाट अघिसारिएका भूमि बैङ्कसम्बन्धी अवधारणाले वैज्ञानिक-क्रान्तिकारी भूमिसुधारको लक्ष्य तथा कार्यक्रमलाई ध्वस्त गर्ने, भूमिमाथिको निजी स्वामित्वलाई बलियो बनाई भ्रष्टाचार गरेर सम्पत्तिको रूपमा भूमि थुपार्ने भूमाफिया प्रवृत्तिलाई बढावा दिने, उत्पादक किसानहरूलाई उत्पादनको साधनको रूपमा रहेको भूमिबाट बञ्चित गर्ने, किसानहरूको ग्रामीण क्षेत्रको जमिन एकत्रित गरेर ५०-१०० वर्षका लागि विदेशी बहुराष्ट्रिय निगम र स्वदेशी दलाल पुँजीपतिहरूलाई अति सस्तो दरमा भाडामा दिई किसानहरूलाई भूमि अधिकारबाट बञ्चित गर्ने, युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने, युवा जनशक्तिको अभावले बाँझो रहेको र भूमि बैङ्क मार्फत दलाल पुँजिपतिहरूलाई दिइएको जग्गा युवाहरू स्वदेश फिर्ता भएपश्चात उपभोग गर्न, अंशवण्डा गर्न र बेचबिखन समेत गर्न नपाउने कारणले लाखौँ युवा तथा किसानहरूले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना गर्नेछ । तसर्थ हामी भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकारसम्पन्न आयोग गठन गरी भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न, 'जमिन जोत्नेको' नाराका आधारमा वैज्ञानिक-क्रान्तिकारी भूमिसुधार लागु गर्न, विकल्पबिनै किसानहरूलाई उठिबास गराउने कार्य रोक्न र ६ किसान संगठनहरूले नेपाल सरकारलाई बुझाएका ६५बुँदे मागहरू अविलम्ब पूरा गरी किसानहरूको जीवनलाई खुसहाल र समृद्ध बनाउन साम्राज्यवादी नवउदारवादको विकल्पमा किसानमुखी एवम् राष्ट्रिय पुँजीको प्रवर्द्धन गर्ने राष्ट्रिय नीति ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा, हामी किसानहरूसँग संघर्ष गर्नुबाहेक कुनै विकल्प नरहने कुरा पनि यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।

गोवाबाट सम्पर्कविहीन भएकी छोरीको खोजीमा सहयोग गर्न प्रमुख हमालको आग्रह

धनगढी। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी छिन्।  ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिए।  मेयर हमालले ओशो साधक रहेकी छोरी आरतीको खोजीमा सहयोग गरी दिन हुन गोवामा रहेका नेपालीलाई आग्रह गरेका छन् । 

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा सोलुखुम्बुको स्याङ्बोचे भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।आइतवार राजनीतिक भेटघाटमा व्यस्त रहेएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गरेका हुन् । जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उनी सोलुखुम्बुको स्याङ्बोचे गएका हुन् । त्यहाँ उनले स्थानीय बासिन्दासँग पनि छलफल गरेका छन् । सोलुखुम्बुबाट काठमाडौं फर्केलगत्तै गुटेरेस ललितपुरस्थित यू।एन हाउसको कार्यक्रममा सहभागी भए। उनी आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ । भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उनले पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उनले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने तालिका छ । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण सम्पन्न गरी फर्कने कार्यक्रम छ । उनी नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।

वेपत्ता महिलाको शव अजिङ्गरको पेटभित्र भेटियो

इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ। द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्। ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए। invotech प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो। उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना बिरलै हुने गर्छन्।

एमाले पाल्पामा अधिकारी र दाङमा बस्नेत अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्तर्गत केही जिल्लाका परिणाम सार्वजनिक भएका छन् । कतिपय जिल्लामा विवादका कारण नेतृत्व चयनमा ढिलाई भएपनि दाङ र पाल्पामा भने नयाँ कार्यसमिति निर्वाचित भएको छ । एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। उनी निवर्तमान उपाध्क्ष हुन्। शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन्। जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै, एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल तथा उपसचिवमा टीका थापा र सुनिता शर्मा चयन भएका छन्। अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

बजेट: कुन प्रदेशले कति ल्याए, के–के छन् प्राथमिकता ?

काठमाडौंः आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारहरुले बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले बजेटमा कृषि, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यसका साथै गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खारेज गरिएको छ भने बागमती प्रदेशमा मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता दिइएको छ । कर्णाली प्रदेश सरकारले नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने जनाएको छ भने सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार परेको छ । प्रदेश नम्बर १ः पौने ४१ अर्बको बजेटमा कृषि प्राथमिकता प्रदेश १ सरकारले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । प्रदेशले वित्तिय व्यवस्थापन तर्फ ४ करोड बिनियोजन गरेको छ । प्रदेश १ ले सबैभन्दा बढी कृषिलाई प्राथमिकता दिएको छ । प्रदेशले निब्र्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउँन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने बजेटमा उल्लेख छ । प्रदेश एक सरकारले लसुन प्याज स्वदेशमै उपलब्ध गराउँन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ । यस्तै, प्रदेश १ सरकारले कृषि क्षेत्रमा त३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दिगोे विकासको लागि खाद्य तथा सुरक्षाको सुदृढीकरण गर्ने भन्दै प्रदेश सरकारले यो बजेट विनियोजन गरेको हो । प्रदेश २ को प्राथमिकतामा स्वास्थ्य र कृषि प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश २ सरकराले आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । प्रदेशसभा २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुल बजेटको चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरेका छन् । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ । यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ । बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ । ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो । बागमती प्रदेशः मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल बजेटको चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत र पूँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मानव विकास सूचकाङ्क न्यून भएका स्थानीय तहलाई सबैभन्दा बढी प्राथमिकता दिइने बताएका छन् । उनले विकास आयोजना छनोट तथा कार्यक्रम कार्यान्वयनलाई न्यायपूर्ण बनाउँदै प्रादेशिक सन्तुलन कायम गर्नका लागि ती स्थानीय तहर्लाइ प्राथमिकतामा राखेको बताएका हुन् । प्रदेशका आयोजनाको पहिचान, छनोट र मूल्याङ्कन जस्ता क्रियाकलापलाई तथ्यपरक एवमं मापदण्डमा आधारित बनाउन प्रदेश आयोजना बैँक व्यवस्थापन सूचना प्रणाली तयार गरी सञ्चालनमा ल्याउन अध्ययन गर्ने व्यवस्था मिलाइएको पनि बताएका छन् । उनले कोरोना संक्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने, प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई संरचना तथा दरलाई समयसापेक्ष बनाइने बजेटमा उल्लेख गरेका छन् । यस्तै सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक, दक्ष र सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने पनि बताए । गैर कर राजस्वको दायरा विस्तार गर्दै दरलाई समसमायिक बनाइने, प्रदेश र स्थानीय तहको दोहोरो क्षेत्राधिकार रहेका राजस्व बाँडफाँटका सम्बन्धमा पुनरवलोकन गरिने, राजस्व संकलनमा प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई राजस्व प्रशासनलाई सक्षम सुदृढ र व्यावसायिक बनाइनेलगायत विषय बजेट वक्तव्यमा उल्लेख छ । बागमती प्रदेश सरकराले चालु वर्षकोभन्दा चार अर्ब बढाएर बजेट ल्याएको छ । प्रदेशले चालु आवका लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । गण्डकी प्रदेशः स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खर्च खारेज गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । प्रदेश ५ सरकारको प्राथमिकता पनि स्वास्थ्य प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेका हुन् । उनले चालू आवको तुलनामा ६ करोड रुपैयाँ घटाएर बजेट विनियोजन गरेका हुन् । कुल बजेटको चालू खर्चका लागि १२ अर्ब ५९ करोड २४ लाख रुपैयाँको बजेट रहेको छ भने पुँजीगत खर्चका लागि १८ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले वित्तीय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छैन । बजेट स्रोतमा आन्तरिक स्रोत २ अर्ब ३ करोड ७५ लाख रुपैया मात्रै राखेको छ । आन्तरिक राजस्वबाट उठ्ने कर चालू वर्षको तुलनामा ५० प्रतिशत कम अनुमान गरिएको हो । प्रदेश ५ सरकारले अस्पतालको स्तरोन्नति तथा निर्माणमा ठूलो रकम विनियोजन गरेको छ। बजेटमा विभिन्न जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीको भीम जिल्ला अस्पतालहरुलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरिएको हो। त्यस्तै स्थानिय तहमा रहेको स्वास्थ्य चौकीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरि स्तरोन्नती गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै प्रदेश मातहतका भिम अस्पताल, रुकुम पूर्वको अस्पताल, बर्दिया जिल्ला अस्पताल र नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा नयाँ भवन निर्माण गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो । कर्णाली प्रदेश सरकारः नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन् । प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक कनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन् । सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेटमा प्रस्तुत गर्दै सो कुरा उल्लेख गरिएको छ । कुल बजेटको चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवंम सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनीयोजन गरेको छ । कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवंमं सेवा विस्तारका लागि बजेट विनीयोजन गरिएको हो। यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ विनीयोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्वको बजेट ल्याएको थियो ।

पैसाको लोभमा युवकले भगाए आफ्नै काकी नाता पर्ने महिलालाई !

बझाङः एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् । बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् । पीडित थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताए । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको खोजी गरिदिन आग्रह गरेका छन् । कसैले भेट्टाएमा ९३१९२०९८६१ मा खबर गरिदिनहुन पनि थापाले अनुरोध गरेका छन् ।

युवतीको शरीर देखेर जीमखानामै हस्तमैथुन गरेपछि…

काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरी वीर्य महिलाको कपालमा झारेको विषयले नेपालमा तरंग सिर्जना गरिरहेको छ । त्यस्तो हर्कत गर्ने युवाको खोजी प्रहरीले गरिरहेको छ । यस्तो कार्य नेपालमा मात्रै हुँदो रहनेछ । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा लगभग यस्तै एक घटना भएको छ । जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध लगाएको छ । ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन । एजेन्सी

को हुन् रेशम चौधरी ?

कैलाली, पौष १९ । कैलाली जिल्लाको जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस–९ ) जगतपुरमा २०३४ असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे । प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । २०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी २०५१ सालमा एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए । नेपाली भाषामा उनले यति धेरै गीति क्यासेट बजारमा ल्याए कि उनले आफै औंला भाँची गन्नुपर्ने हुन्छ । उनले हालसम्म ९३ वटा सांगीतिक एल्बम निकालेको बताउँछन् । साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ । बर्दियाको भुरीगाउँ, गुलरिया लगायत ३ ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आगजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन । गायन तथा साँगीतिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा ‘क’ श्रेणीको गायक मानिन्छन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् भने खेलमै स्थायी जागिरे समेत भए । जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदक लगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् । लोकान्तर अनलाइनबाट

OMG ! ४० वर्षमै ६९ बच्चा जन्माउने यी महिला

आमा बन्ने प्रत्यके महिलाको सुन्दर सपना हुन्छ । तर कतिपय आमा बन्न अवसरबाट बञ्चित हुन्छ र जविनभर तनाव झेल्छन् । महिलाका लागि यो भन्दा सुन्दर र खुशीको अर्को कुनै कुरा हुनै सक्दैन् । आमाबुवा भएर जुन जिम्मेदावारी मानिसहरुले बहन गर्छन त्यो भन्दा ठूलो अर्को कुनै जिम्मेवारी पनि हुँदैन् । र हरेका आमाबुवाले आफ्नो जिम्मेवारी कुशलतापूर्व निर्वाह गनेृ भरमग्दुर प्रयास गर्छन् । त्यसमा केही मात्रे पूर्णरुपमा सफल हुन सक्छन् । अहिलेको यो महंगीको जमानामा आफ्ना सन्तानलाई राम्रो पारिवारिक वातावरण दिन एउटा वा त्यसभन्दा बढी दुईवटासम्म बच्चा एउटा परिवारका लागि राम्रो मानिन्छ । तर आज हामी यहाँ तपाईहरुलाई त्यस्ता आमाबुवाका बारेमा जानकारी दिदै छौं जसले एक वा दुईवटा मात्रै नभएर ६९ वटा बच्चालाई जन्म दिए । सुन्दै विश्वास नलाग्ने र पत्याउनै गाह्रो हुने यो वास्तविक घटना हो । यी महिला विश्वकै बहुचर्चित स्थान जहाँ पछिल्ला कयौं दशक सो क्षेत्रका लागि इजराइल र प्यालेस्टाइनीहरुबीच सधै तनावग्रस्त क्षेत्र ‘गाँजा’ कि हुन् । उनले ६९ जना बच्चा जन्माएर विश्वमा सबेभन्दा धेरै बच्चा जन्माउने आमा बनेकी छन् । ४० वर्षको उमेरमै ६९ बच्चाको आमा बनेर यी महिलाले संसारमै सबैभन्दा धेरै बच्चाको आमा बन्ने रेकर्ड बनाएकी छन् । तर अफसोस कुरा यो छ कि आफ्नो ६९ औं बच्चा जन्माउने क्रममा उनको मृत्यु भएको थियो । तर यी महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन त्यसबारेमा केही बताइएको छेन् । साथै उनका ६९ सन्तानमा कति छोरा र कति छोरी छन् उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ त्यो अज्ञात छ । ती महिलाको नाम के हो र उनका पति के काम वा व्यवसाय गर्छन् त्यसबारेमा पनि कुनै जानकारी दिइएको छैन । एजेन्सी

नेकपाले कसरी टुंगो लगाउँदै छ तल्ला कमिटी ?

काठमाडौं, साउन २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब-करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । नयाँ पत्रिकामा खबर छ । सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् ।

माओवादी प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर, क-कसले पाए जिम्मेवारी ?

काठमाडाैं । माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो । प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ । प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो । क-कसले पाए इन्चार्जको जिम्मेवारी ?  बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की राम कार्कीलाई दिएको छ । २ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ । प्रदेशश ३ शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

जेठ ३१ को चुनावमा सहभागि हुने राजपाको घोषणा

झापा,बैशाख ३०। मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिवार सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताए । उनीहरुले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै बर्तमान सरकारले मधेशवादीको भावना सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे । उनीहरुले ४ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रुपमा अघि बढाउने उनीहरुको प्रतिबद्धता छ । त्यस्तै संविधान संशोधनमार्फत राजपा लगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोस्रो चरणको स्थानीय चुनावमा मधेशवादी दलको सहभागिताको वातावरण बनाउन पनि माग गरेका छन् । राजपा झापाले दलहरुबीच सहमति, सहकार्य, एकताको राजीनितक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन माग समेत गरेको छ । राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै बर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत मधेशीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने उनले बताए । सरकार र चुनावको आफूहरु विरोधी नरहेको उनीहरुको भनाइ थियो । सद्भावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणा सभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल ¥याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।