युवतीको शरीर देखेर जीमखानामै हस्तमैथुन गरेपछि…
काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरी वीर्य महिलाको कपालमा झारेको विषयले नेपालमा तरंग सिर्जना गरिरहेको छ । त्यस्तो हर्कत गर्ने युवाको खोजी प्रहरीले गरिरहेको छ । यस्तो कार्य नेपालमा मात्रै हुँदो रहनेछ । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा लगभग यस्तै एक घटना भएको छ ।
जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध लगाएको छ । ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन । एजेन्सी
पन्ध्र किलो सुनसहित एक पक्राउ
काठमाडौँ, माघ १। प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो । उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ जस्तो बनाइलुकाइ छिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । घटनाको थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
प्रेमीसँग मिलेर श्रीमतीले गरिन राजदूत श्रीमानको हत्या
ब्राजिल । बाजिलका लागि ग्रीसका राजदूतको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले राजदूत किरिआकोस अमरीदिसकी श्रमिती र तीन अन्यलाई हिरासतमा लिएको छ । ग्रिसका राजदूत सोमबारदेखि बेपत्ता थिए । शुक्रबार रियो द जेनेरियोको बाहिर क्षेत्रमा एउटा जलेको कारभित्र उनको लास फेला परेको थियो । प्रहरीले राजदूतकी श्रीमती र एकजना स्थानीय प्रहरीबीच प्रेम प्रसंग चलिरहेको र दुवै मिलेर राजदूतको हत्या गरेको आशंका गरेको छ । १५ वर्षदेखि सँगै रहेका राजदूत र उनीकी श्रीमतीको १० वर्षको छोरी छिन् । राजदूत बस्ने घरको सोफामा रगतका छिटा देखिएकोले घरमा नै हत्या गरेर कारमा राखेर आगो लगाइएको अनुमान गरिएको छ ।
कक्षा १० को अन्तीम परीक्षा तालिका सार्वजनिक
काठमाँडौ, मंसिर २४ परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयका अनुसार आगामी चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने छ । प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने छन ।
भोजपुर जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै
भोजपुर, मङ्सिर २२। जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पुस २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिसमेत गठन गरेको छ । उपसमितिको सदस्यमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष डम्बर श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासङ्घबाट रासस भोजपुर संवाददाता सरिता राई, सु–आहाराका जिल्ला संयोजक गोविन्द सेढाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र नगरपालिकाका कार्यकारी प्रमुख रहेका छन् । बैठकले स्वास्थ्यमन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नेसमेत निर्णय गरेको छ । रासस
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोसी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ। विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ। आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउनुहुन आग्रह गरिएको छ। कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ।
समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला : भारत
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे। ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए। श्रीवास्तवले नेपाल–भारत सम्बन्ध मौलिक रहेको चर्चा गर्दै उनले विगतमा जस्तै असल सम्बन्ध कायम रहने विश्वास पनि व्यक्त गरे। आपसी विश्वासका साथ सहयोग र लगानीका काम निरन्तर गर्ने उनको प्रतिबद्धता थियो।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्षलाई पूर्णता दिएर विधान ल्याउने, समसामयीक राजनीतिक लगायतकाविषयमा छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
आरती साहको परिवारलाई न्याय दिलाउन पहल गछौं: प्रधानमन्त्री
काठमाडौँ । प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायका लागि पहल गर्ने बताएका छन् ।आज बिहान आरती साहको परिवारसँगको भेटमा उनले सो कुरा बताएका हुन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा परिवारले आफूहरूले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान् पुर्पक्षका लागि थुनामा समेत गरेका छन् । तर उनको माइती परिवारले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।
नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने
काठमाडौं । ८ फागुन । नेपालीहरुले भारतमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी गराएका हुन् । भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसरी सिमकार्ड सहज रुपमा उपलब्ध हुँदैनथ्यो भने प्रयोगमा पनि जोखिम थियो । भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ । ‘लाखौं नेपालीले भारत भ्रमण गर्छन्। विगतमा सिमकार्ड नपाउँदा धेरै समस्या परिरहेको थियो,’ राजदूत शर्माले भने । यो व्यवस्थाले भारत भ्रमण गर्ने नेपालीहरूलाई निकै नै सजिलो हुने उनको भनाइ छ । यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् । भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ । तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम् अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ । ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।
कोरोना अपडेट : ६४ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।
अमेरिकाको अलबा राज्यमा आएको आँधीबाट ९ बालबालिकासहित १० जनाको मृत्यु
काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा क्षति पु¥याएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।
जनयुद्धका ११२ चिठी समेटिएको भण्डारीको पुस्तक प्रचण्डले विमोचन गर्दै
काठमाडौं । नेकपा युवा नेता तिलकराज भण्डारीले लेखेको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक अध्यक्ष प्रचण्डले विमोचन गर्ने भएका छन् । जनयुद्धका ११२ चिठीपत्र समेटिएको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तकलाई प्रचण्ठले मंगलबार बिहान एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानमा विमोचन गर्देछन् । विमोचन कार्यक्रममा वक्तामा प्रचण्डसँगै, नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराई रहेका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर भण्डारीले पुस्तक लेखेका हुन् । २०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए । २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए । त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि विभिन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।
वाइसिएल र युवा संघबीच यसरी भयो भागबण्डा, भोली एकता घोषणा सभा
काठमाडौं, राष्ट्रिय युवा संघ नेपालले संगठन एकतासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । केन्द्रीय समितिको संख्याका लागि भने संगठनले पार्टीसँग अनुमति माग्ने निर्णय समेत गरेको छ । पढनुस संयोजक दीपशिखाले जारी गरेको विज्ञप्ती हाम्रा दुई गौरवशाली संगठन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यहि भदौं २५ गते संगठनका इन्चार्ज क।महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक क।राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क।रमेश पौडेल उपस्थित विषेश बैठकले गरेका निर्णयहरु संम्प्रेशण गर्दछौं । १। राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ । २। केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ । ३। केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ । ४। संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ । ५। यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ । ६। ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ । ७। ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ । एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ । साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक अशोज ९ गते काठमाडौंमा बस्नेछ । प्रेस तथा पत्रकार मित्रहरुमा संगठनको कार्यालय उद्घाटन, पदभार ग्रहण कार्यक्रमका लागी भदौं २७ गते दिनको ३ बजे संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा हार्दीक आमन्त्रण गर्दछौं ।
जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त
काठमाडौं, साउन १६ । म यसअघि सधैँ आफ्नो विश्वविद्यालयदेखि अत्यन्तै उत्साहित थिएँ, तर आज क्याम्पसपरिसरमा व्याप्त भयको मनोविज्ञान र फरक विचारमाथिको दमनले मैले त्यो आत्मविश्वास गुमाइसकेको छु । म तिनै ४८ जना शिक्षकमध्ये एक हुँ, जसको विरुद्धमा जवहारलाल नेहरू विश्वविद्यालयका प्राध्यापकको संगठनद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको भनेर उजुरी हालिएको छ । यो आलेख कुनै ‘नीति नियम’को कानुनी वा कर्मचारीले गर्ने व्याख्याजस्तो शब्दको खेल होइन । न त यो आलेख अनुशासन र दण्डका संयन्त्र बारेमा नै हो । म व्यक्तिगत अनुभवबाटै सुरु गर्न चाहन्छु । एक दिन मेरा एक मित्रले उनकी छोरीको स्नातकोत्तर अध्ययनका लागि पोस्ट जेएनयू ‘राम्रो’ हुन्छ कि हुँदैन भनेर सोधेका थिए । मैले सीधा जवाफ दिएँ, ‘हुँदैन’ । जेएनयूका बारेमा मैले यस्तो उत्तर दिएको पहिलोपटक हो । म आफ्नो विश्वविद्यालयदेखि निकै उत्साहित थिएँ । म भन्ने गर्थें– जेएनयू एउटा सपना, परियोजना र शानदार प्रयोग हो । उत्कृष्टता र समानतालाई एकैसाथ समेट्न सक्ने एउटा सार्वजनिक विश्वविद्यालय । आलोचनात्मक र रचनात्मक सोच विकास गर्ने अनि वैकल्पिक जीवन पद्धति अभ्यासको लागि रचनात्मक स्थानका रूपमा जेएनयूलाई मैले बुझेको थिएँ । जे होस्, आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा आफ्नै साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? जहाँ एकेडेमिक काउन्सिलको बैठकमा फरक विचार राख्ने एक वरिष्ठ प्राध्यापक अपमानित हुँदा अरू शान्त बसेको र सम्बन्धित प्राधिकारवाला व्यक्तिमाथि प्रश्न नगर्न उर्दी जारी गरिएको देखिएको छ । जहाँ कैयौँ वरिष्ठ र अनुभवी प्राध्यापक हुँदाहुँदै पनि एकजना युवा प्राध्यापकलाई स्कुल अफ सोसल साइन्सको डिनमा नियुक्त गरिएकोे छ । यस्तो परिस्थितिमा कुनै शैक्षिक संस्था वा प्रचलनकोे कुनै महत्व छैन भन्ने महसुस हुन थाल्छ । यस्तोमा ‘सक्षम प्राधिकार’को ‘तजबिजी शक्ति’मात्रै महत्वपूर्ण हुन्छ । जहाँ सौन्दर्य र राजनीतिक अर्थ राख्ने पोस्टर भित्ताबाट हटाइन्छन्, विद्यार्थीलाई उनीहरूका शक्ति र अधिकारको ‘सीमितता’बारे सचेत हुन भनिन्छ । जब शिक्षकको पेसा सुरक्षित राख्ने सुनिश्चितताका लागि हाजिरी कपीमा आफ्नो नाम लेख्नुपर्छ कि (यद्यपि, अहिलेसम्म अनिवार्य गरिएको छैन) भन्ने तहसम्म सोच्न थालेका छन् । यसबाट नै बुझ्न सकिन्छ कि विश्वविद्यालयमा शिक्षण प्रणालीको मेरुदण्डलाई कसरी ध्वस्त पारिँदै छ । जब कुनै शान्तिपूर्ण र्यालीमा एक सय ५० जना शिक्षक सम्मिलित हुन्छन्, तर ४८ जनालाई मात्र तारो बनाइन्छ, यो रणनीति स्पष्टसँग बुझिन्छ, फुटाऊ, टुक्र्याऊ र नैतिक रूपमा कमजोर बनाइदेऊ । यस्तो विषाक्त वातावरणमा हरेक चिज सतही, द्वैध चरित्र भएको जस्तो र खोक्रो लाग्छ, चाहे त्यो गान्धीको नागरिक अवज्ञामाथिको लेक्चर होस्, मिसेल फुकोको ‘डिसिप्लिन एन्ड पनिस्ट’माथि तयार पारिएको गृहकार्य । ‘सीमान्तीकरण र प्रतिरोध’माथि गरिएको सेमिनारको उद्घाटन ‘सक्षम प्राधिकार’ले गरे पनि त्यो अर्थहीन लाग्छ । मलाई थाहा छ, म अलिक बढी नै निराशावादी बन्दै छु । म मेरा अनुसन्धानरत विद्यार्थीलाई भन्छु, ‘शोधपत्र जतिसक्दो छिटो बुझाऊ, यो अब तिमीहरूले कल्पना गरेजस्तो सपनाको भूमि रहेन ।’ मलाई थाहा छ कि यो विश्वविद्यालय बनाउनका लागि धेरै दिग्गजले आफ्नो जीवनको ऊर्जा खर्च गरेका छन् । यो बनाउन समय लागेको छ । तर, विडम्बना ! तीन वर्षमा यसलाई पूरै खत्तम गर्न सकिँदो रहेछ । के हाम्रो समयमा बनाउने भन्दा भत्काउने शक्तिशाली भएका हुन् ? आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? अर्को कथा पनि यहाँ राख्न चाहन्छु । हो, यहाँ केही पनि सजिलो छैन । एउटा छात्र चार वर्षसम्म काम गर्छ, पिएचडीको शोधपत्र लेख्छ । कुनै अधिकृतले प्राविधिक कमजोरी गरिदिन्छ र भन्छ– शोधपत्रको शीर्षकको स्पेलिङ मिलेन । त्यसपछि उसलाई चौतर्फी धाएर, भएभरका कर्मचारी भेट्दै अपमानको अनभुव गर्नुपर्ने बाध्यता आइलाग्छ । उसलाई सहयोग गर्नका लागि मैले सम्बन्धित विभागका कर्मचारीलाई भेट्ने कोसिस गरेँ । त्यो त्यति सहज कहाँ थियो र रु सुरक्षा गार्डले मलाई सोधपुछ गर्न थालिहाल्यो । मेरो २९ वर्ष लामो प्राध्यापन, देश र दुनियाँका विभिन्न विश्वविद्यालयमा पढाउने मेरा विद्यार्थी । तर, मलाई आज अचानक महसुस भयो कि यो मेरो विश्वविद्यालय होइन । यो रजिस्ट्रार र रेक्टरको, सेक्सन अफिसरको, सेक्युरिटी गार्ड र खासगरी ‘सक्षम प्राधिकार’कोे मात्रै विश्वविद्यालय हो । नयाँ ब्याचका विद्यार्थी क्याम्पसमा आएका छन् । मलाई थाहा छ कि मेरो विभागले उनीहरूका लागि एउटा अभिमुखीकरणजस्तो कार्यक्रम राख्नेछ । यसभन्दा पहिलेका वर्षमा प्रायः म नै ती नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्थें र उनीहरूलाई हाम्रा सम्झना सुनाउँथे । एउटा पुरानो बरको रूख रोमिला थापर र बिपन चन्द्रा एक हुल विद्यार्थीसहित लाइब्रेरी तर्फ गइरहेको देख्ने साक्षी हुन्थ्यो । प्रोफेसर सुदिप्ता कविराज र नामवर सिंह सपिङ कम्प्लेक्समा पुस्तक पसलको साहुसँग गफ गरिरहेका हुन्थे, संकटकालका विरुद्धमा ऐतिहासिक प्रदर्शन हुन्थ्यो, सन् १९८४ को दंगामा विद्यार्थीले आसपासका क्षेत्रमा बस्ने शिखको गरेको रक्षा र भोपाल ग्यास काण्डका पीडितको लागि निःस्वार्थ भावले गरेको काम । साथै होस्टेलको मेसमा राति अबेरसम्म मेधा पाटकरले सामाजिक आन्दोलनका बारेमा गरेका भाषणबारे परिचर्चा गर्थें । तर, अहिले म के गरूँ ? के म उनीहरूलाई डर देखाएर पोस्टर लेख्नका लागि रातभर नसुत भनौँ रु वा पाठ्यक्रमभन्दा बाहिरका विषयमा, हिंसा, गरिबी, भोकमरीका बारेमा नसोच भनौँ ?केवल दीक्षान्त समारोहमा भाग लिनका लागि अनुशासित सैनिकजस्तै बन भनेर सिकाऊँ रु म तिनीहरूलाई राम्रा पुस्तक नपढ, बरु यसको सट्टामा वकिल खोजेर तिमीहरूमाथि लादिएको कानुनको व्याख्या गर्न लगाऊ भनेर सल्लाह दिऊँ ? साँच्चै एउटा महान् विश्वविद्यालयको पतनको कथाले मलाई चकनाचुर बनाइदिन्छ । फेरि पनि दोस्तोभस्कीका पात्रजस्तो, मैले एउटा सपना देखेँ । सपनामा देखेको कथा यस्तो छ– मैले ‘सक्षम प्राधिकार’लाई पत्र लेख्छु ।डियर प्रोफेसर, कृपया महलबाट बाहिर निस्किनुहोस् । आफ्नो एक्लोपनालाई दूर गरिदिनुहोस् । कृपया मसँग आउनुहोस् । एकसाथ हिडौँ । मनसुनको बादल वा परेवाको नृत्यलाई हेर्नुहोस् र आश्वस्त हुनुहोस्– जसरी एउटा प्रोफेसरले अरू कुनै प्रोफेसरसँग कुरा गर्छ, जसरी एउटा संवेदनशील मानिस बातचित गर्छ । कृपया दुनियाँलाई तपाईंको उर्दीभन्दा परबाट हेर्नुहोस् । ख्याल गर्नुहोला, अदालतको मामिला, आरोपपत्र र सजायको तरिका (निष्काशन, निलम्बन) र दुनियाँलाई पुनः एकपटक सँगै राखेर हेर्नुहोला । एउटा त्यस्तो दुनियाँ, जहाँ टेगोरले डरबाट मुक्तिको कुरा गरे, मार्टिन बुबर पाउलो फ्रेयरले वार्ता र संवादको कुरा गरे । यसै अवसरमा बनारस हिन्दू विश्वविद्यालय उद्घाटनमा मोहनदास करमचन्द गान्धीले शिक्षक र विद्यार्थीलाई समावेशीरदयालुरसमतावादी समाज बनाउने सामूहिक जिम्मेवार हुन सिकाएको कुरा पनि याद गर्नुहोला । कार्ल माक्र्सको दाह्रीमा न्यानोपन महसुस गर्नुहोस्, टल्स्टोयको पदचापमा बुद्धिमत्ता, बुद्धको आँखामा अनुकम्पा । सत्याग्रहको अर्थ बुझ्नुहोस् र प्रतिरोधको कवितालाई महसुस गर्नुहोस् । हो, मैले तपाईंका लागि यहाँ एउटा उपहार ल्याएको छु । म निश्चिन्त छु कि तपाईंका कानुनी सल्लाहकार वा अधिकारिक कर्मचारी कसैले सोच्न सकेका छैनन् । यो एउटा पुतली हो । विलियमम वर्डस्वर्थले जस्तै यसमा आफ्नो प्रारम्भिक अवस्थाका इतिहासकारलाई खोज्नुहोस् । स्वतन्त्रता तपाईंको अधिकार हो । कर्मचारीतन्त्रको फलामको पिँजडाभित्र बस्ने सम्राट भएर तपाईंले के प्राप्त गर्नुहुन्छ रु नयाँ पत्रिकाबाट साभार (लेखक जेएनयूमा समाजशास्त्रका प्राध्यापक हुन्)(‘द वायर’बाट)