अनुहारलाई सुन्दर बनाउन यसाे गर्नुस्
काठमाडौं, फागुन २ । अनुहार सुन्दर तथा स्वस्थ बनाउन विशेषगरी महिला तथा युवतीहरुमा बढी इच्छा भएको देखिन्छ । महिला तथा युवतीहरु आफ्नो अनुहार सुन्दर बनाउन अनेक औषधि तथा कस्मेटिक सामानहरुको प्रयोग गर्ने गर्दछन् । कतिले राम्रो पनि गरेको हुन्छ भने कतिले अनुहार नै कुरुप बनाइदिने अवस्था रहेको छ ।
हुन त अहिलेको समयमा महिलासँगै पुरुष पनि आफू राम्रो देखिन चाहन्छन् । यस्तो अवस्थामा के गर्दा अनुहारमा चम्किलोपना देखिन्छ भन्ने विषयमा अध्ययनहरु गर्दा केही घरेलु उपायहरु अपनाउन सकेमा आफ्नो अनुहारलाई सुन्दर तथा चम्किलो बनाउन सकिन्छ । कति मानिसले आफ्नो आम्दानीको स्रोतअनुसार भनेको जस्तो औषधि वा कस्मेटिक सामानको प्रयोग गर्न पनि गाह्रो परिरहेको छ ।
यसप्रकार छन् घरेलु उपायहरु–
यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ ।
दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ ।
डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ।
डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउँदा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।
यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।
यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ।
यदि छाला चिल्लो छ भने बेसनको पीठो का“चो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।
संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रासस
शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ
कञ्चनपुर । बेलौरी नगरपालिका–६, विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिका–६, दुम्लीमा ट्याक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थामा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुंगा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए । घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ । उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ । रासस
सल्यान कुपिण्डेमा एक दम्पती मृत फेला
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुसार श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेका छन्। प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस, हेर्नुहोस् सूची
काठमाडौँ । नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो । प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात् रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद सङ्ख्याको पदपूर्ति गरिएको जनाइएको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप(समूह, सञ्चारतर्फका प्रहरी सहायक हवल्दारलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार भएको जनाएको छ । हेर्नुहोस् सूची
सभ्य र मर्यादित भएर होली खेल्न केपी ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्य र मर्यादित भएर होली खेल्न आग्रह गरेका छन्। शनिबार एमाले मधेश सम्पर्क कमिटीको होली विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रंगहरूको पर्व होलीलाई उच्छृङखल गतिविधिबिना सभ्य भएर मनाउन आग्रह गरेका हुन्। अध्यक्ष ओलीले होली मनाउँदा अरुको स्वतन्त्रतामाथि खलल नपर्नेगरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उल्लेख गरे। 'होली खेल्दा विचार गरेर खेल्नुपर्ने हुन्छ। अरुमाथि आघात पुर्याउनु हुँदैन। सामाजिक मित्रतामाथि ध्यान दिनुपर्छ। बलजफ्ती रंग लगाउनुहुँदैन। त्यहँ ठूलो अप्रियता हुनसक्छ। अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्छ। रंग दल्दिँदैमा रमाइलो हुँदैन। दलिमाग्ने मान्छेले पनि रमाइलो मान्नुपर्छ। इच्छाविपरित रमाइलो हुँदैन। इच्छामा मात्रै रमाइलो हुन्छ,' उनले भने, 'लोला हाल्ने र गोला फाल्ने त गर्न नै हुँदैन।' होली सबै पर्वभन्दा पुरानो पर्व बताउँदै अध्यक्ष ओलीले यो पर्वमा रंग लगाउँदा वा गीत गाउँदा छुट्टै खालको उमंग मिल्ने बताए। हरेक चाडपर्वहरू समाज विकाससँग जोडिएको भन्दै देखापरेका विकृति विसंगतिहरूलाई हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए।
पर्यटकीय राजधानीको विकासमा सरकारले प्राथमिकतापूर्वक सहयोग गर्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित घोषणासभा समारोहमा प्रधानमन्त्री प्रचण्डको मन्तव्य प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न आयोजित यस घोषणासभामा सहभागी हुन पाउँदा मलाई गर्व र खुसीको अनुभूति भएको छ । सर्वप्रथम गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत आसपासका अन्य स्थानीय तहहरू, उद्यमी व्यवसायी र सम्बद्व संघ÷संस्थाहरूको संयुक्त पहलमा गरिएको यस महत्वपूर्ण कार्यको सम्मान एवं प्रशंसा गर्दछु। यस अभियानले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु । यस अवसरमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सम्बन्धित सबै स्थानीय तह, संघरसंस्था र यहाँ उपस्थित आदरणीय जनसमुदायलाई हार्दिक अभिवादन, बधाइ तथा शुभकामना व्यक्त गर्दछु। पोखरा नेपालका मुख्य शहरहरूमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त शहर पनि हो । यहाँका नदीहरू, सुन्दर हिमश्रृङ्खलाहरू, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, छहरा र गल्छीहरूले पोखराको सुन्दरतामा अनुपमता मात्र थपेका छैनन्, यहाँको आर्थिक विकास, आत्मनिर्भरता, सांस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवं ऐतिहासिक पहिचान र जनसम्बन्धमा समेत गुरूत्वपूर्ण योगदान पु¥याएका छन् । राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै आएको गण्डकी प्रदेश नेपालको राजनीति, सभ्यता र प्रशासनिक विकासक्रमका दृष्टिले जति गौरवशाली छ, त्यति नै सम्भावनायुक्त समेत छ। सेती नदी, फेवाताल, पाताले छाँगो ९डेभिड फल०, महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, धर्मशीला वुद्घ विहार, विश्वशान्ति स्तुपा, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुंगेसाँघु, लक्ष्मीनारायण मन्दिर, तालवाराही मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती, सराङकोट, वेगनास ताल, रूपा ताल, खाष्टे ताल, दिपाङ ताल, गुदे ताल, न्यूरेनी ताल, मैदी ताल, क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय, अन्नपूर्ण संग्रहालय, माछापुच्छ्रे लगायतका मनमोहक हिम श्रृङ्खलाहरू, इन्द्र गुफा, खारपानी तातोपानी, कृष्ती ९मट्टीखान०, पुम्दीभुम्दी, स्याक्लुङकोट, घान्द्रुक, धम्पुस तथा लान्द्रुक, सिकलेस, भदौरे देउराली, पञ्चासे क्षेत्र, मादी नदी, विभिन्न गुम्बाहरू लगायत सयौँ प्राकृतिक, धार्मिक एवं सांस्कृतिक गन्तव्यहरू पोखरा र यस क्षेत्र आसपास रहेका छन् । नेपाली समाजको भाषिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधतालाई एकै ठाउँमा संकेन्द्रित गर्ने यस क्षेत्रका पर्यटकीय गन्तव्यहरू हाम्रा मूल्यवान् निधि हुन् । यिनीहरूको संरक्षण, प्रवर्धन, व्यवस्थित प्रचारप्रसारका माध्यमबाट पर्यटन प्रवर्धनमा गुणात्मक सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ। पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित तथा स्थापित मान्यता, सिद्वान्त तथा अभ्यासलाई समेत मध्यनजर गरी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने यस निर्णयले विश्व पर्यटन बजारमा पोखराको व्राण्डिङ गर्न, पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्ताहरूलाई अनुकूल वातावरण सिर्जना गर्न र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको छु। पर्यटकीय राजधानी घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिबृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुँदै जाने विश्वास लिएको छु। पर्यटकीय राजधानी घोषणापश्चात प्रदेश सरकार, महानगरपालिका, निजी क्षेत्र र नागरिक समाजले निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीबारे यहाँहरू जानकार नै हुनुहुन्छ। २१ औँ शताब्दीको आधुनिक युगमा भौतिक र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउनुपर्दछ। तर, यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारहरूले भौतिक विकासलाई मात्रै विकासका रूपमा परिभाषित गर्ने, मानवीय विकासको पक्ष अवमूल्यन गर्ने, विकासका नाममा सीमान्तकृत वर्ग र समुदायको अभिभावकत्व ग्रहण नगर्नेजस्ता समस्या देखिएका छन्। तसर्थ, आम नागरिकको चाहना र भावना मुखरित हुने गरी विकासको वैज्ञानिक अवधारणा लागू गर्न यहाँहरूले अग्रसरता लिने विश्वास व्यक्त गर्दछु। तालैतालको शहरको रूपमा परिचित पोखरा र आसपासमा रहेका प्रकृतिप्रदत्त अनुपम सम्पदा, जैविक विविधता र सांस्कृतिक धरोहरहरूको संरक्षण, सम्बर्धन, दिगो विकास र प्रवर्धनमा सबैको ध्यान जाने नै छ । यसका निम्ति सङ्घीय सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाका निम्ति आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयस्तरमा कुशल व्यवस्थापनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरूमा प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यान जाने विश्वास व्यक्त गर्दछु। पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु। पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिनेछ । साथै पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ। पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने नै छ। आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्वपूर्ण सहयोग पु¥याउनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यवसायिक उडानको लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्वता व्यक्त गर्दछु। प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ। गण्डकी प्रदेशको विकासमा दुरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानुनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशबासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहन्छु । फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरि निष्कर्षमा पु¥याउन पहल गरिनेछ । पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अबलम्वन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु। यसै घोषणा सभामार्फत सम्पूर्ण नेपालीहरूमा अपील गर्दछु– पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ । आन्तरिक पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ । लक्ष्यअनुसार पर्यटक भित्राउन हामीले खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गरौँ । यसका निम्ति सम्पूर्ण पोखरेली जनसमुदायमा विशेष अपील गर्दछु । अन्त्यमा, पर्यटकीय राजधानी घोषणासभामा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसरका निम्ति हार्दिक धन्यवादसहित पर्यटकीय राजधानीको निर्दिष्ट लक्ष्य प्राप्तिको दिशामा पूर्ण सफलताको कामना गर्दछु र विदा हुन्छु । धन्यवाद ।
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।
लामो प्रतिक्षा पछि कालिकोटको सुनथराली विमान स्थल उद्घाटन भएको छ । कालिकोटको कोटवाडामा रहेको यो विमानस्थल उद्घाटन नभएरै अस्तित्ववाट हटाउने सम्भावना थियो । कर्णाली क्षेत्रमा सडक संजालको पहुँच नपुग्दै निर्माण कार्य थालिएको यो विमानस्थलले थुप्रै समस्या झेल्नु पर्यो । ०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । श्रमिकको सामुहिक हत्या भएपछि यसको काम स्थगित बन्न पुग्यो । २०६६ सालसम्म विमानस्थलको कुनै काम हुन सकेन । माओवादी शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएपछि यसको निर्माणमा चाँसो देखायो । युद्ध मनोविज्ञन सम्झाउने यो विमान स्थल ऐतिहासिक भएको भन्दै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि खड्क विश्वकर्माले काम अगाडी बढाउने प्रक्रिया गरेका थिए । तर काम हुन सकेन । २०७० मा कालिकोटबाट दोस्रो संविधानसभाका लागि निर्वाचित महेन्द्र बहादुर शाहीले यसको विशेष कार्ययोजना बनाई काम गरेको कालिकोट जिल्लाका माओवदी संयोजक लक्ष्मिप्रसाद चौंलागाईले बताए । २०७३ मा रन वे तयार भयो तर कालो पत्रे थिएन । त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि जिवन वहादुर शाही सहितको टोली सवार तारा यएरले पहिलो पटक यो विमानस्थलमा परिक्षण उडान गरेको थियो । त्यसपछी ठप्प रहेको विमान स्थल महेन्द्र बहादुर शाही कर्णालीको पहिलो कार्यकालको मुख्यमन्त्री हुँदा निकै जोडका साथ विमानस्थल कालोपत्रे र व्यावस्थापकिय सुधारको लागि कदम चालेका थिए । संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गरेका थिए । उनको भनाई थियो विमानस्थल निर्माण भै सकेको छ, यसको सदुपयोग योजना बन्नु पर्छ र नियमित उडान हुनुपर्छ भन्ने उनको जोड रहेको स्थानिय बताउछन् । आज जहाजहरुले सफल रुपमा अवतरण र उडान गरेका छन् । हाम्मा माननीय महेन्द् बहादुर शाहीको प्रयास सफल भयो एक स्थानीयले खुसि व्यक्त गरे । विमानस्थल निर्माण र सफल परिक्षण भएको छ । अव यसको नियमित उडानलाई ध्यान दिन व्यावस्थापकिय र अन्य व्यापारिक पक्षमा जुट्नुपर्ने समय आएको कर्णाली प्रदेशको उपसभामुख यसोदा न्यौपानेले बताइन् । निर्माण सुरु भएको ३८ बर्षपछि सुनथराली विमान स्थल संचालनमा आए संगै माथिल्लो कर्णालीका पाँच वटै जिल्लामा विमान सेवा प्रयोगमा ल्याउन सकिने भएको छ । अव जुम्ला विमानस्थललाई विस्तार गरि फ्यूल र ह्याङ ्गर सुविधा सहितको नाइट स्टप सेवा विस्तार गरेमा कम बर्षा हुने माथिल्लो कर्णालीमा आन्तरिक हवाइ सेवा विस्तार मार्फत पर्यटकीय गतिविधिलाई व्यापकता ल्याउन सकिने पर्यटन व्यावसायिहरुको विश्वास रहेको पाइन्छ । यो विमान स्थललाई खुलालु हिल्सा सडकको विपत्त व्यवस्थापन र माथिल्लो कर्णालीमा पर्यटन पर्वद्धन गर्न प्रयोगमा ल्याउन सकिने जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन् ।
अछाममा जीप दुर्घटना : एकजनाको मृत्यु, १४ जना घाइते
अछाम । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए । घाइते १४ जनाको सोही अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ । रासस
अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए । दुर्घटनामा पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
सुनको मूल्य लगातार वृद्धि,कति बढ्यो त यो साता
काठमाण्डौं । कारोबारको अन्तिम दिन आज पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस साता शुरूवाती दिनदेखि नै बजारमा सुनको मूल्य बढेको थियो । आइतवार ९२ हजार ५ सय रुपैयाँ प्रति तोलाका दरले किनबेच भएको छापावाल शुक्रवारसम्ममा १ हजार ५ सय रुपैयाँसम्म बढेको छ । सोमवार ९२ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन मंगलवार प्रतितोला ९३ हजार १ सय रुपैयाँ, बुधवार प्रति तोला ९३ हजार ४ सय रुपैयाँ र बिहीवार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस हप्ता चाँदीको मूल्य केही वृद्धि भएपनि लगातार ३ दिनसम्म भने स्थिर रहेको छ । आइतवार १ हजार २ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भएको चाँदी शुक्रवारसम्ममा ३० रुपैयाँले बढेको छ । चाँदी सोमवार १ हजार २ सय ५५ रुपैयाँ प्रति तोला र मंगलवार १ हजार २ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधवार, बिहीवार र शुक्रवार (आज)भने चाँदी एउटै मूल्यमा कारोबार भइरहेको छ । यस दिन चाँदी १ हजार २ सय ८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अध्यक्ष प्रचण्डमा देखियो कोरोना, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, अध्यक्ष प्रचण्डको हिजो पिसिआर र एन्टीजेन जाँच गरिएको थियो । “कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी ब्ल्त्क्ष्न्भ्ल् र च्त्(एऋच् परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।” सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ।” सचिवालयले यो बीचमा अध्यक्ष प्रचण्डको सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । अध्यक्ष प्रचण्ड स्वास्थ्यकर्मीको सल्लाह अनुसार केही दिन आइसोलेशनमा रहने समेत सचिवालयले जनाएको छ । “कोभिड १९ को कारण उहाँका केही पुर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौं।” सूचनामा भनिएको छ । यसैगरी सचिवालयकै रमेश मल्लले समेत पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको जनाएका छन् ।
१,०८९ जनामा कोरोना संक्रमण, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । १ हजार ५३४ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
दोस्रो खेलमा अष्ट्रेलियाको फराकिलो हार, दक्षिण अफ्रिकाले जित्यो वानडे सिरिज
काठमाडौंः अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले एक खेल अगावै जितको छ । दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक म्याच अगावै १–० ले सिरिज जितेको हो । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर जन्नेमान मलानले शतकीय पारी खेले । उनले १३९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अविजित १२९ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो शतक हो । यस्तै हेनरिक क्लासेनले ५१, जोन–जोन स्मुट्सले ४१ र डेविड मिलरले अविजित ३७ रन बनाए । बलिङमा अष्ट्रेलिया टीमका एडम जम्पाले २, मिचेल स्टार्क र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७१ रन बनायो । उसका लागि कप्तान आरोन फिन्च, डार्सी सर्टले ६९–६९, मिचेल मार्शले ३६, डेविड वार्नरले ३५, एलेक्स क्यारीले २१ र स्टिभ स्मिथले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा दक्षिण अफ्रिका टीमका लुंगि एन्गिडीले १० ओभरमा ५८ रन दिएर सर्बाधिक ६ विकेट लिए । अष्ट्रेलिया–दक्षिण अफ्रिकाबीचको अन्तिम वानडे म्याच शनिबार हुनेछ ।
वानडे क्रिकेटमा ऋषभ पन्तको पहिलो अर्धशतक
काठमाडौंः वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतीय टिमका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले शानदार अर्धशतक बनाएका छन् । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । वान डे अन्तर्राष्ट्रिय क्रिकेटमा पन्तको यो पहिलो अर्धशतक हो । यसअघि वानडेमा उनको उच्च स्कोर ४८ रन थियो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।