इजरायलमा प्रम नेतान्याहुविरूद्ध हजारौ जनता प्रदर्शनमा

एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध गर्दै इजरायलका केही शहरहरूमा सरकारविरोधी व्यापक प्रदर्शन भएको छ। हजारौं इजरायलीहरूले प्रधान नेतन्याहूलाई हमाससँग बन्दी रिहाइका लागि सम्झौता गर्न माग गरेका छन्।

इरानबाट इजरायलमाथि सम्भावित हमलाको खतरा रहेको र इजरायलले सुरक्षा चेतावनीहरू जारी गरिरहेका बेला प्रदर्शनभइरहेका हुन ।  तेहरानमा बुधबार हमासका राजनीतिक नेता इस्माइल हनियेहको हत्या पछि इरानबाट क्षेत्रीय प्रतिशोधको कुनै प्रकारको सैनिक प्रतिक्रिया अपेक्षित गरिएको छ।

बन्धकहरूका परिवारलाई समर्थन गर्न र उनीहरूको रिहाइको माग गर्नका लागि ठूलो भीड शनिबार टेल अविवको बेगिन गेटमा जम्मा भएको थियो । भिडियोहरूमा प्रदर्शनकारीहरूले इजरायली झन्डा उडाउँदै र बन्धकहरूको चित्रसहितका बोर्डहरू लिएर प्रदर्शन गरेका थिए ।

सिएनएनका अनुसार, आईडीएफ मुख्यालयको बेगिन गेटमा, मानिसहरूले 'हामी हार मान्दैनौंस बन्धकहरूलाई रिहा गर्नुहोस् भनेर नारा गुञ्जाउँदै थिए।' भने अरूले 'मृत्यु रोक्नुहोस्, शोक रोक्नुहोस्, मानव जीवन सबैभन्दा महत्वपूर्ण छ!' भनेर नारा लगाइरहेका थिए । केही प्रदर्शनकारीहरू बारिकेडहरू बीचमा उभिएका थिए, जसले बन्धकहरूलाई प्रतिनिधित्व गरेको देखिन्थ्यो।

एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन दुई हजार ७०० रुपैयाँ घटेको छ ।  आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मुल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज सुनको मुल्य ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मुल्य भने आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल भदौ १ गते शनिबार सन् २०२४ अगष्ट १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

रुसी सेनामा कार्यरत सबै भारतीयलाई फिर्ता पठाइने

ऐजेन्सी ।रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो। मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन्। रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए। जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए। यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए। प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ। यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । मंगलबार सामान्य घटेको सुनको मूल्य आज बुधबार फेरि नयाँ उच्च विन्दुमा पुगेको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा पनि एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको हो ।  अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढेर आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।  यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो । सोमबार फेरि उच्च विन्दुमा पुग्दै १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि आज भने बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना

नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए ।   उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए ।  जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो ।  सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो ।  यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ ।  गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए । 

विद्यालयहरूको छात्रवृत्ति र शुल्क तोक्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको प्रबन्ध तथा निजी विद्यालयमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न स्थानीय तहलाई बुधबार परिपत्र गरेको छ । नयाँ शैक्षिकसत्र थालनी हुन तीन साता मात्रै बाँकी रहँदा शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भनेको हो । मन्त्रालयको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै सबै स्थानीय तहमा पठाइने शिक्षा सचिव सुरेश अधिकारीले जनाए । संविधान र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ ।  शिक्षा मन्त्रालयले त्यसैका आधारमा सार्वजनिक विद्यालयमा विद्यार्थी भर्ना, मासिक, परीक्षा र पाठ्यपुस्तक वापत कुनै पनि निःशुल्क नलिन सर्कुलर गरेको हो । सार्वजनिक विद्यालयहरूले राज्यले दिने पर्याप्त अनुदानको अभावमा विद्यार्थी अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क लिँदै आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निःशुल्क शिक्षा, शुल्क निर्धारण र छात्रवृत्ति वितरणको सम्बन्धमा स्थानीय तहहरूलाई १० बुँदे परिपत्र गरेकी हुन् । त्यसमा निजी विद्यालयले स्थानीय तहबाट तोकिएको शुल्क मात्रै लिन पाउने जनाइएको छ । शुल्क निर्धारण गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको हो । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा दिएको छ । प्रदेश सरकार, स्थानीय सरकार, सार्वजनिक र निजी विद्यालयका प्रतिनिधिहरूसँग छलफल गरेपछि शिक्षा मन्त्रालयले निर्णय लिएको र सर्कुलर गरेको सचिव अधिकारीले बताए । स्थानीय तहबाट स्वीकृत कानुन, मापदण्ड, निर्देशिका र कार्यविधिअनुसार शुल्क निर्धारण गर्न सक्ने भनिएको छ । त्यस्तै, निजी तथा गुठीअन्तर्गत सञ्चालित विद्यालयमा भर्ना हुने विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गराउन स्मरण गराइएको छ ।  ऐनमा यस्ता विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ । ५ देखि ८ सयसम्म विद्यार्थी भर्ना हुने विद्यालयले १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी भर्ना हुने निजी विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । काठमाडौं, ललितपुरलगायतले छात्रवृत्ति वितरणको प्रावधान कार्यान्वयन थाले पनि अधिकांश स्थानीय तहमा यसको कार्यान्वयन भएको छैन ।  विगतमा शिक्षा मन्त्रालयले पनि शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न सकेको थिएन । काठमाडौं महानगरले भने गत वर्षदेखि परीक्षा नै सञ्चालन गरेर मेरिटका आधारमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । छात्रवृत्ति वितरणका लागि ऐनमा आरक्षणसम्बन्धी व्यवस्था पनि गरिएको छ ।

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ३० गते बुधबार सन् २०२४ अगष्ट १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर कति

सुनको मूल्य स्थिर, कति छ नेपाली बजारमा मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो। त्यसैगरी,  आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

फुटको संघार नाउपा : सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेको छ ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको जानकारी दिइन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्री बनाएका छन् । नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो ।

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

इरानमा इजरायली आक्रमणको ओमानद्धारा निन्दा

तेहरान । मध्यपूर्वमा शान्ति स्थापनार्थ मध्यस्थता गरिरहेको ओमानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । ओमानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय इरानमा बारम्बार इजरायली सैन्य हमलाहरू को निन्दा गरेको बिबिसिले जनाएको छ । ओमानले मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अवस्थालाई तनावपूर्ण नबनाउन प्रयास गरिरहेको छ। फ्रान्सले पनि मध्यपूर्वमा यस क्षेत्रमा तनाव कम गर्न आह्वान गरेको छ । फ्रान्सका उप विदेश मन्त्री जीन नोएल ब्यारोटले संयमता अपनाउनका लागि आह्वान गरेका छन् ।