प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार
काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । चन्दका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।
३०० शैया अस्पताल र विराटनगर रिङरोड बनाउने घोषणाले हामी हर्षित छौं : सांसद आचार्य
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा गरेका हुन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए। पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिएका थिए। यस सन्दर्भमा प्रदेश सभा सदस्य आचार्य भन्छन, “मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।” संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि संघर्षरत थिए।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै काम सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।
एसिया कप : आज नेपाल र युएई भिड्दै
काठमाडौं। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो। समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको समाना गर्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। आजै हुने अर्को खेलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
बंगलादेशमा शेख हसिनानिकटविद्यार्थी सङ्गठन प्रतिबन्धित
बंगलादेश । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा (१) मा प्रदान गरिएको शक्तिअन्तर्गत बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बङ्गलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ। यसअघि मङ्गलबार पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामासहित पाँच बुँदा मागको घोषणा गरेको थियो । मागहरूमा अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो । “बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानासाही शासनकालमा, बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन ‘बङ्गलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षा सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको छ”, बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ । “यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतङ्कवादी घटनामा सङ्गठनका नेता एवम् कार्यकर्ताहरू फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्”, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ ।
स्मिता दाहाल र दिव्य कुमारको स्वरमा 'लुकाउने ठावै छैन्' सार्वजिनक (भिडियोसहित)
काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन जाली रुमाल सार्वजनिक भएको छ।गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ। गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।
कोरियामा जहाज दुर्घटना अपडेटः १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए
सियोल । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् । अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ । न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो । विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो । कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो । एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो । आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो । अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो । भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।
नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।
सेक्सका लागि महिलालाई कसरी फकाउने ? यस्तो छ तरिका
यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ । सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा ९फोर प्ले० गर्ने गर्नुपर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ । यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ । उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, पुठ्ठा, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् । यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ । एजेन्सीको सहयोगबाट
बंगलादेशका विद्यार्थी नेताद्धारा अदालत घेर्न आह्वानपछि प्रधानन्यायाधीशले रोके बैठक
काठमाडौं । सत्ता फर्ने गरी कोटा प्रणालीको विरोधमा भएको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग गरेका छन् । अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी समेत दिएका छन्। उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,'फासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन।' यसैबीच, आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् ।विद्यार्थी नेताको चेतावनी पश्चात अदालतले बोलाएको बैठक स्थगित गरेको छ ।
रुस र उत्तर कोरियाले एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने
काठमाडौँ । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। उक्त सम्झौताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले रुसले युक्रेनमा गरेको आक्रमणको समर्थन गरेका थिए। किमको यो अडानलाई रुसी राष्ट्रपति पुटिनले प्रसंशा गरेका छन्। दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन्।अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन्। यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।
त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति बन्ने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी गरेको छ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले समितिका लागि टिओआर (कार्य जिम्मेवारी) तयार भैरहेको जानकारी दिइन् । उनले भनिन्, “त्रिविको सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण सम्भव हुँदैन । त्यसैले निश्चित ठाउँमा केन्द्रित भई तीन महिने अवधि दिएर कामका लागि प्रस्ताव तयार गर्दै छौँ ।” त्रिविको शैक्षिक पात्रोका लागि विद्यार्थी सङ्घ/सङ्गठनसँग छलफल भएको बताउँदै मन्त्री श्रेष्ठले शैक्षिक पात्रो बनाउने मुख्य भूमिका प्रशासन र कर्मचारी सङ्गठन भएको भन्दै सोका लागि सबैको एउटै धारणा हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “जबसम्म दलगत रूपमा रहेका प्रशासन र कर्मचारी सङ्गठनको निचोट एउटै आउँदैन, तबसम्म शैक्षिक पात्रोले पूर्णता पाउँदैन। एउटा कर्मचारी सरुवा गर्दा पनि आन्दोलन गर्ने, धम्की दिने तथा काम गर्नेलाई पनि धम्की दिने काम भइरहेको छ, यो अन्त्य हुनुपर्छ ।” त्रिविमा पटक-पटक तालाबन्दीलगायत समस्या राजनीतिक हस्तक्षेपका कारण आएको भन्दै यसको समाधानका लागि राजनीतिक दलका शीर्ष नेतासँग नै छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विश्वविद्यालयलाई राजनीतिकरण नगर्न उनले आग्रह गरिन्। बङ्गलादेशको छात्रवृत्तिका विषयमा मन्त्री श्रेष्ठले दुई देशबिचको सम्बन्धको विषय भएकाले कूटनीतिक रूपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विदेशी विश्वविद्यालयको अनुमतिका लागि समिति बनाएर नीतिगत कमजोरी के हो भन्नेबारेमा बुझ्न लगाइएको जानकारी दिइन् । बैठकमा त्रिवि सेवा आयोगको सदस्य नियुक्ति प्रक्रिया अगाडि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिइन् । शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलमा त्रिवि पदाधिकारीले यसको जग्गा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मल, गुठी, अस्पताल, पार्कका नाममा प्रयोग भइरहेको र फिर्ता ल्याउन नसकिएको विवरण प्रस्तुत गरे। तीन हजार ७०३ रोपनीमध्ये दुई हजार रोपनीभन्दा बढी जग्गा अरू निकायले ओगटेको विवरण बैठकमा प्रस्तुत गएिको थियो । यसरी प्रयोग गरिएका अधिकांश जग्गामा सरकारी कार्यालय छन् । केही निजी र संस्थानका कार्यालय र बसपार्क समेत राखिएको छ ।त्रिविलाई अहिले नैकापमा रहेको आफ्नो नामको जग्गा फिर्ता ल्याउन सबैभन्दा गाह्रो भइरहेको त्रिवि पदाधिकारीले जानकारी दिए । त्रिविका रजिस्ट्रार केदार रिजालका अनुसार, गणतन्त्र पार्कले ६० रोपनी, कृषि बागवानीले २८१ रोपनी, ल्याब्रोटरी स्कुलले १०८ रोपनी जग्गा ओगटेका छन् । यस्तै, खानेपानी संस्थान, आयुर्वेद अस्पताल, कीर्तिपुर आँखा अस्पताल, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर र ललितपुरस्थित लबिम मल रहेका जग्गा समेत त्रिविकै नाममा छ । लबिम मलले नियमित भाडा बुझाइरहेको छ । वर्ल्ड ट्रेड सेन्टरले चार करोड २६ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको रिजालले जानकारी दिए।बैठकमा अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन समितिले शिक्षा मन्त्रालय र त्रिवि दुवैलाई निर्देशन दिएको छ ।
कोरियाको विमान दुर्घटनामा कम्तीमा ८५ को मृत्यु, मृतकको संख्या १७९ पुग्ने अनुमान
सियोल । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा ८५ जनाको मृत्यु पुष्टि भएको छ। अधिकारीहरूले मृतक संख्या १७९ पुग्न सक्ने अनुमान गरेका छन्, जसमा १८१ जना यात्रु मध्ये केवल दुई जना मात्र बाँच्न सफल भएका छन्। जेजु एयर फ्लाइट 7C2216, बोइङ ७३७–८००, धावनमार्गभन्दा बाहिर गएको, परिधि बारमा ठोक्किएको र आगलागी भएको थियो। जोन्नाम अग्नि सेवाका मुख्यालयका अनुसार बाँचेका दुई जना चालक दलका सदस्य छन्, एक पुरुष र एक महिला। यात्रुहरूमा थप जीवित मानिस फेला परेका छैनन्, र भग्नावशेषको अवस्था हेर्दा थप मानिसहरू बाँच्ने सम्भावना न्यून रहेको आगलागी नियन्त्रण अधिकारीहरूले यात्रुका परिवारहरूलाई जानकारी गराएका छन्। दुर्घटनामा विमानको मुख्य भाग पूर्ण रूपमा नष्ट भएकोले मृतकको पहिचान गर्न निकै गाह्रो भएको छ। उद्धार टोलीहरूले हराएका यात्रुहरूको शव खोज्ने प्रयास जारी राखेका छन् भने अहिलेसम्म फेला परेका शवहरूलाई राख्न अस्थायी शवगृहहरू बनाइएका छन्। प्रतिवेदनहरूका अनुसार धेरै शवहरू अत्यन्त क्षतिग्रस्त अवस्थामा फेला परेका छन्, जसले पहिचान प्रक्रिया जटिल बनाएको छ। अधिकारीहरूले उद्धार कार्यमा ध्यान केन्द्रित गरेका छन् र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेका छन्। विमान बैंककबाट बिहान १:३० बजे उडेको थियो र बिहान ८:३० बजे मुआनमा अवतरण गर्ने तालिका थियो। रनवे नम्बर १ मा पहिलो अवतरण प्रयास असफल भएपछि विमान फेरि आकाशमा उडेको थियो। दोस्रो प्रयासमा, अवतरण गियर बिग्रिएपछि रनवेको अन्त्य नजिक आपतकालीन "बेली ल्याण्डिङ" गरिएको थियो। बेली ल्याण्डिङ भनेको विमानको अवतरण गियर पूर्ण रूपमा नखुलेको अवस्थामा विमानको तल्लो भागमा अवतरण गर्ने प्रक्रिया हो। पूर्ण रूपमा रोक्न नसकेपछि विमानले उच्च गतिमा एयरपोर्टको परिधि बारलाई ठक्कर दियो, जसका कारण विमान पूर्ण रूपमा ध्वस्त भयो र तत्काल आगलागी भयो। ८० अग्नि नियन्त्रक सहित आपतकालीन टोली घटनास्थलमा तुरुन्त खटिएको थियो। आगो ४३ मिनेटभित्र नियन्त्रणमा लिइयो, र विमानको पछिल्लो भागबाट उद्धार प्रयास सुरु गरियो। प्रारम्भिक अनुसन्धानका अनुसार "पन्छी ठोक्किनु" (बर्ड स्ट्राइक) अवतरण गियर बिग्रनुको सम्भावित कारण हो। यो घटना विमान पन्छीहरूको समुहसँग ठोक्किँदा वा पन्छीहरूले इन्जिनमा प्रवेश गर्दा हुन्छ। दुर्घटनामा परेको विमानमा १७३ दक्षिण कोरियन र दुई थाई नागरिक रहेको अधिकारीहरूले बताएका छन्। कार्यवाहक राष्ट्रपति चोइ सङ-मोक आइतबार बिहान ९:५० बजे केन्द्रीय विपद् तथा सुरक्षा नियन्त्रण मुख्यालय पुगेका थिए। उनले उद्धार र यात्रुहरूको सुरक्षामा प्राथमिकता दिन निर्देशन दिएका छन्। "सवै उपलब्ध उपकरण र जनशक्ति उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ," उनले गृह तथा सुरक्षा मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय अग्नि एजेन्सी, र कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका अधिकारीहरूलाई निर्देशन दिए। चोइले उद्धार कार्यमा संलग्न फायरफाइटर र उद्धारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेका छन्, र सरकार प्रभावितहरूलाई पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। परिवारजनहरूले घटनाको बारेमा जानकारीका लागि हॉटलाइन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: ०८०-८९८-१५०० (कोरियामा), +८२-१५९९-८६२९ (विदेशबाट), र १-८३३-८९२-०१९७ (उत्तर अमेरिकाबाट)। स्रोतः द कोरिया हेराल्ड
ग्रीसको जङ्गलमा लागेको डडेलो एथेन्सतर्फ बढ्दै
एजेन्सी । ग्रीसको जङ्गलमा लागेको डडेलो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ। एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।
रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा
पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ। घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एलन मस्कद्धारा ट्रम्पको बजेट विधेयकलाई घिनलाग्दो विकृत भन्दै चर्को आलोचना
वाशिंगटन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको बजेट विधेयक वन बिग ब्यूटिफुल बिल प्रति व्यवसायी एलन मस्कले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाउँदै यसलाई "घिनलाग्दो विकृति" (disgusting abomination) भन्दै आलोचना गरेका छन्। ट्रम्प प्रशासनबाट केही दिनअघि मात्र बाहिरिएका मस्कले विधेयकले अमेरिकालाई कंगाल बनाउने भन्दै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, “यो विधेयकले बजेट घाटा $२.५ ट्रिलियनले बढाउँछ र नागरिकहरूलाई असह्य ऋणको भार थोपर्छ।” विधेयकमा २०१७ मा भएको कर कटौतीलाई विस्तार गर्ने, मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि $४६.५ अर्ब विनियोजन गर्ने प्रस्ताव छ। तर यसका लागि राष्ट्रिय ऋणको सीमा $४ ट्रिलियनले बढाइनेछ, र Medicaid तथा SNAP (फूड स्ट्याम्प) जस्ता सामाजिक कार्यक्रमको बजेट कटौती गरिनेछ। यसप्रति डेमोक्र्याट र केही रिपब्लिकन सांसदहरू पनि असन्तुष्ट छन्। गत मे २२ मा प्रतिनिधिसभाबाट यो विधेयक २१५–२१४ मतले पास भए पनि अब सिनेटमा यसको भाग्य निर्धारण हुनेछ। रिपब्लिकन सांसद थोमस मासी र वारेन डेविडसनले मात्रै पार्टीविरुद्ध मतदान गरेका थिए। मस्कको आलोचनाको सांसद मासीले पनि खुलेर प्रशंसा गरेका छन्।

