यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

कक्षा १२ उत्तीर्ण विद्यार्थीलक्षित सीप र रोजगार कार्यक्रम

काठमाडौं। सरकारले उद्यमीसँगको सहकार्यमा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारमा केन्द्रित गर्ने योजना ल्याएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै कक्षा १२ पास गरेका विद्यार्थीलाई लक्षित गर्दै सो कार्यक्रम ल्याइएको बताएका हुन्। व्यावसायिक सीपलाई आयोजनासँग जोड्दै लैजाने उनको भनाइ छ। ‘उद्यमशीलता प्रवर्द्धन गर्न त्रिवि, निजी र स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पुनले भने, ‘श्रमबजारको मागका आधारमा कार्यक्रम सञ्चालन र शिक्षालयको नक्सांकन गरिनेछ।’

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या

मेटाका प्रवक्ता एन्डी स्टोनले समस्या हल गर्न लागेको बताएका छन् ।

प्रधानमन्त्रीलाई बुझाइयो ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन

हाल नेपालको सूचना प्रविधि क्षेत्रले भोगीरहेका विविध समस्या र यसका पछाडिका कारणको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले प्राविधिक परीक्षण समिति बनाएको हो ।

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् ।  यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।

अनलाइनबाट ठग्ने बंगलादेशीसँग नेपाली नागरिकता र राहदानी

विराटनगर । सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ। मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र र त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले गाउँ–गाउँमा गएर पैसा बाँड्दै नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो। तानवीरको साथबाट ‘तानवीर  मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो । २०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ। उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको  परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड पनि फेला पारेको छ।

नेप्से २० अंकले घट्यो

काठमाडौं ।दुई दिनको उच्च गिरावटपछि हिजो दोहोरो अंकले बढेको शेयर बजार बुधबार पुनः आरोलो लागेको छ । बुधबार २० अंकले घट्दै नेप्से २६ सय ४५ मा झरेको छ । बुधबार ३ सय २४ स्टकको १ करोड ५७ लाख बढी कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका मध्ये वित्त र व्यापार बाहेक अरु सबै उपसमुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण बुधबार १ सय ५५ कम्पनीको शेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा महुली लघुवित्त सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।

सातै प्रदेशमा आईटी वर्क स्टेसन बन्ने, ५ हजारले रोजगारी पाउने

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।

अनलाइनबाट नागरिकताको फाराम सिफारिस

धनगढी। धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ। सो कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको हो।  धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढी उपमहानगरपालिका-२ का प्रशंसा जोशीको नागरिकताको फाराम अनलाइनमार्फत सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अनलाइनमार्फत फाराम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।  उनले अनलाइनबाट प्रदेशमै पहिलो पटक सिफारिस हस्तान्तरण गर्ने र लिने कार्य भएको जानकारी दिए । 

सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ।  सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी)सँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्।  प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन्।

मानवताको साझा भविष्यका लागि ग्लोबल साउथको शक्ति एक हुनुपर्छः चिनियाँ राष्ट्रपति

कजान । चिनियाँ राष्ट्रपति सी जिनपिङले २४ अक्टोबर २०२४ मा रसियाको कजानमा "बीआरआईसीएस प्लस" नेताहरूको संवादका क्रममा "मानवताको साझा भविष्य निर्माण गर्न ग्लोबल साउथको महान् शक्तिलाई मिलाएर अघि बढ्ने" शीर्षकमा एउटा महत्त्वपूर्ण भाषण दिनुभयो। राष्ट्रपति सीले  ग्लोबल साउथको शक्तिलाई एकत्रित गरी मानवताको साझा भविष्य निर्माणको लागि प्रवर्द्धन गर्न आह्वान गर्नुभयो। उहाँले ग्लोबल साउथका देशहरूसँग मिलेर साझा विकास प्रवर्द्धन गर्न र तिनीहरूलाई बीआरआईसीएसमा सामेल हुन समर्थन गर्ने चीनको प्रतिबद्धता प्रस्ट पार्नुभयो, साथै चीनको आधुनिकीकरणले विश्वलाई विकासको अवसर प्रदान गर्ने बताउनुभयो। सीले रसियाको कजानमा आयोजित बीआरआईसीएस प्लस नेताहरूको संवादमा सम्बोधन गर्ने क्रममा यी विचार व्यक्त गर्नुभएको हो, जसको अध्यक्षता हाल बीआरआईसीएस समूहको घुम्ने अध्यक्षता गर्ने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो। सीले भन्नुभयो, "ग्लोबल साउथको सामूहिक उदय संसारभरि भइरहेको ठूला परिवर्तनको एक प्रमुख विशेषता हो, र ग्लोबल साउथका देशहरूले आधुनिकतामा सामूहिक रूपमा अगाडि बढ्नु विश्व इतिहासमा स्मरणीय छ र मानव सभ्यतामा अभूतपूर्व छ।" उहाँले ग्लोबल साउथका देशहरूले आधुनिकीकरणको मार्गमा सामना गरिरहेको गम्भीर चुनौतीहरूमा जोड दिनुभयो र शान्तिका लागि साझा सुरक्षालाई कायम राख्न, साझा समृद्धिका लागि विकासलाई पुनः सक्रिय गर्न, र विविध सभ्यताहरूको सद्भावलाई प्रवर्द्धन गर्न संयुक्त प्रयासको आवश्यकता रहेको बताउनुभयो। शान्तिका लागि, सीले भने, "हामीले यूक्रेन संकटको प्रारम्भिक नियन्त्रणलाई प्रवर्द्धन गर्नुपर्छ ताकि राजनीतिक समाधानका लागि मार्ग तयार होस्।" उहाँले गाजा पट्टीमा व्यापक युद्धविराम जारी राख्न र दुई-राज्य समाधानलाई पुनः सक्रिय गर्न पनि आह्वान गर्नुभयो। "हामीले युद्धका ज्वालाहरूलाई लेबनानमा फैलिनबाट रोक्नुपर्छ र प्यालेस्टाइन र लेबनानको दुःखद परिस्थितिलाई अन्त्य गर्नुपर्छ," उहाँले भन्नुभयो। सीले ग्लोबल साउथका देशहरूले विश्वव्यापी आर्थिक शासन सुधारमा सक्रिय र नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार एजेन्डाको केन्द्रमा विकासलाई राख्न जोड दिनुभयो। चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले तीन वर्षमा झन्डै २० अर्ब डलरको विकास कोष उपलब्ध गराएको र १,१०० भन्दा बढी परियोजनाहरू सञ्चालन गरेको सीले उल्लेख गर्नुभयो। उहाँले हालै शाङ्घाईमा उद्योग र म्यानुफ्याक्चरिङको लागि ग्लोबल एलायन्स अन आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर अफ एक्सिलेन्स स्थापना भएको कुरा पनि भन्नुभयो। "चीनले विश्व स्मार्ट कस्टम्स कम्युनिटी पोर्टल र बीआरआईसीएस कस्टम्स सेन्टर अफ एक्सिलेन्स पनि निर्माण गर्नेछ। हामी सबै देशहरूलाई सक्रिय सहभागिताका लागि स्वागत गर्दछौं," उहाँले भन्नुभयो। संवादलाई सुदृढ गर्न र छलफललाई प्रवर्द्धन गर्न, "चीनले ग्लोबल साउथ थिंक ट्याङ्क एलायन्स गठन गर्न अरूसँग समन्वय गर्नेछ, जसले शासनमा जन-जनबीचको आदानप्रदान र अनुभव साझेदारीलाई प्रवर्द्धन गर्नेछ," सीले थप्नुभयो। मिस्रका राष्ट्रपति अब्देल-फत्ताह एल-सिसी, इरानका राष्ट्रपति मासुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, साथै ब्राजिल, भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र इथियोपियाका प्रतिनिधिहरू पनि बैठकमा सहभागी भएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नयाँ विकास बैंकका राष्ट्रपति डिल्मा रुसेफ लगायतका अन्तर्राष्ट्रिय संगठनका नेताहरू पनि उक्त संवादमा सहभागी भएका थिए। राष्ट्रपति सी बिहीबार बेइजिङ फर्कनुभयो। सीको भनाइहरू: शान्ति र विकास अझै गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, र ग्लोबल साउथको समृद्धिको बाटो सोझो हुने छैन। ग्लोबल साउथ विकासको लागि अघि बढ्छ र विकासमार्फत समृद्ध हुन्छ। सभ्यताको विविधता संसारको प्राकृतिक गुण हो। अन्तर्राष्ट्रिय परिदृश्य जस्तोसुकै भए पनि हामी चीनमा सधैं ग्लोबल साउथलाई हाम्रो हृदयमा राख्छौं र हाम्रो जरा ग्लोबल साउथमा रहनेछ।  

११ दिनदेखि एक्लै उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमति (पत्रसहित)

काठमाडौं । विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच सहमति भएको छ। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए। उनी त्यसरी विरोध प्रदर्शन गरेको ११ दिनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो। शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनस्थलमै  पुगेर चापागाईंलाई भेटेकी थिइन्। त्यस्तै केही समयअघि शिक्षा मन्त्रालयमा पनि चापागाईंले उभिएरै वार्ता गरेका थिए। इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत माग राखेर उनी एक्लै उभिएका हुन्। नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले हिजो (आइतबार) मन्त्रालयसँग विभिन्न पाँचबुँदे सहमति भएको जनाएको छ।  ती सहमतिहरू यस्ता छन्   

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्। चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् । रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

नेपाली चलचित्र ‘ बहाव’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको बैचारिक द्धन्द्धलाई प्रस्तुत गरिएको छ । चितवन आसपासको परिवेशलाई चलचित्रमा समेटिएको छ । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भुमिका निर्वाह गरेकी छिन । श्रीधर पौडेलको निर्माता रहेको सो चलचित्रमा अफरान अली, सूर्य शर्मा, ईश्वरी सिंह हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय हेर्न सकिन्छ । पौडेलले यसअघि चलचित्र गोपी निर्माण गरेका थिए ।

युरो कपको उपाधि स्पेनलाई

काठमाडौं । युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।  इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा  इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।   

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे।    त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए। भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो। भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।