तीन दिनदेखि सुनको भाउ स्थिर, यस्तो छ चाँदीको मूल्य

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ।

अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

सुनको मूल्यले बनायो रेकर्ड

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रूपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।  छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।  

२५ वर्ष देखि फरार अभियुक्त पक्राउ

स्याङ्जा । ज्यान मार्ने उद्योग मुद्धामा संलग्न २५ बर्ष देखि फरार व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्धामा स्याङ्जा जिल्ला अदालतको मिति २०५५ सालको फैसलाले ३ बर्ष ८ महिना ४ दिन कैद तोकिई फरार रहेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका हुन् ।  स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. ७ सपौदी बस्ने बर्ष ४८ को दुत प्रसाद गुरूङलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यस्तै, वस्तु बिक्रि करार मुद्धामा स्याङ्जा जिल्ला अदालतको फैसलाले २ बर्ष कैद तोकिई फरार रहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्दै आएका बर्ष २८ को राम प्रसाद पराजुलीलाई काठमाण्डौंबाट पक्राउ गरी आज नै स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

नेपालको नतिजाविहीन विश्वकप : बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।  १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।  आजको खेलमा पराजितसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । 

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको हो । तेजाबी सुन भने प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य एकै दिन ५५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्यालेस्टाइनको पक्षमा अमेरिकाभर प्रर्दशन, गाजामा भेटियो ३ सय ९२ जनाको सामुहिक चिहान

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाका दर्जनौँ क्याम्पसहरूमा 'स्वतन्त्र प्यालेस्टाइन'को नारा सहित विद्यार्थीहरुले गरेको पर्दशन चर्किएको छ । इजरेलले गाजा क्षेमा नरसंहार गरेको भन्दै उक्त युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहँदा क्यालिफोर्नियाको लस एन्जलीसस्थित एउटा विश्वविद्यालयले दुई सातापछि हुने दीक्षान्त समारोह स्थगित गरेको छ। सुरक्षाको कारण देखाउँदै यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया (यूएससी) ले मे १० मा हुन लागेको मुख्य दीक्षान्त समारोह उक्त दिन नहुने जानकारी दिएको छ।एट्लान्टाको एमरी यूनिभर्सिटीमा बिहीवार २८ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।बिहीवार विज्ञप्ति जारी गर्दै यूएससीले आफ्नो परिसरमाूविद्यार्थी, तिनका परिवार र साथीहरू समेत गरी ६५,००० मानिस उपस्थित हुने गरेको प्रमुख कार्यक्रम गर्न नसक्ने” अवस्था बनेको बताएको छ। प्रहरीले प्रदर्शन रोक्ने क्रममा बुधवार कैयौँ मानिसलाई पक्राउ गर्नुका साथै विश्वविद्यालयले दीक्षान्तका लागि बनाएका अस्थायी संरचना हटाउन निर्देशन दिएपछि विश्वविद्यालय उक्त निर्णयमा पुगेको हो।यो विश्वविद्यालयले यसअघि एक मुस्लिम विद्यार्थीलाई नखुलाइएको सुरक्षा खतराका कारण दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्न नदिइने जनाएको थियो। अन्य विश्वविद्यालयमा पनि प्रदर्शन अहिले अमेरिका हरेका प्रदेशका विश्वविद्यालयमा विद्यार्थीहरुले पर्दशन गरिरहेका छन् । एट्लान्टाको एमरी यूनिभर्सिटीमा पनि प्रदर्शन हुन थालेको छ। त्यहाँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थन गर्नुका साथै एट्लान्टामा प्रहरी तालिम केन्द्र स्थापना गर्ने विषयप्रति आपत्ति जनाएका छन्।त्यस्तो केन्द्र स्थापना गर्ने योजनाको स्थानीयवासीहरूले विरोध गर्दै आएका थिए। विपक्षीहरूले उक्त स्थानलाई प्रहरी नगर बनाउन लागिएको भन्दै विरोध गरेका छन्।एमरीले जारी गरेको वक्तव्यमा विश्वविद्यालयबाहिर भइरहेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी भएका र त्यसबाट विश्वविद्यालयलाई अन्तिम परीक्षाको तयारी र अध्ययन अध्यापन प्रभावित भएको उल्लेख गरेको छ।अमेरिकामा विद्यार्थीहरुले विश्वविद्यालय मा क्याम्प खडा गरेर पर्दशन गर्ने गर्दछन् । प्रहरी प्रदर्शनकारी तनाव प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई धकेलेको दाबी एमरी प्रहरीले जनाएको छ।अधिकारीहरूमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन कार्यान्वयनकारी निकायले भिड तितरबितर पार्न रासायनिक पदार्थ प्रयोग गर्‍यो,” एमरी प्रहरीले भनेको छ।एट्लान्टाको प्रहरीले पनि भिड नियन्त्रण गर्न रासायनिक पदार्थ प्रयोग गरिएको जनाएको छ तर उसले रबरका गोली प्रहार गरिएको आरोप अस्वीकार गरेको छ। कसरी सुरु भयो प्रदर्शन यसअघि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनका क्रममा १०० जना पक्राउ परेका थिए। प्रदर्शनको लहर अहिले दर्जनौँ क्याम्पसहरूमा फैलिएको छ।अभियानकर्मीहरूले विश्वविद्यालयहरूलाई “नरसंहार रोक्न ” आग्रह गर्दै आएका छन्। उनीहरूले इजरेलले गाजामा अघि बढाइरहेको युद्धलाई सहयोग पुग्न सक्ने हतियार उत्पादन गर्ने कम्पनीमा विश्वविद्यालयको आर्थिक स्रोत लगानी नगर्न पनि आह्वान गरेका छन्। दक्षिण अफ्रिकाले एउटा अन्तर्राष्ट्रिय अदालतमा गाजामा नरसंहार गरेको भन्दै इजरेलविरुद्ध हालेको मुद्दा चलिहरेको छ। इजरेलले भने उक्त आरोप आधारहीन भएको दाबी गर्दै आएको छ।कनेटिकटस्थित येल यूनिभर्सिटीमा कानुनकी विद्यार्थी चिसातो मिमुराले अभियानकर्मीहरू “नरसंहारमा प्रयोग भएका हतियार उपलब्ध गराएको र त्यसका लागि अनुदान दिएकोमा” राष्ट्रपति जो बाइडन र विद्यालयका अधिकारीहरूसँग दुःखी भएको बताइन्।गाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो यहुदी विद्यार्थीको प्रतिक्रिया कतिपय प्रदर्शनहरू यहुदीविरोधी भावनाबाट प्रेरित भएको आरोप लागेको छ।कतिपय यहुदी विद्यार्थीहरूले कोलम्बियामा असुरक्षित महसुस भएको बताएका छन् भने अरू केही यहुदी विद्यार्थीहरू प्रदर्शनमा सहभागी पनि भएका छन्। यूएससी प्रशासनले प्रदर्शनकारी विद्यार्थीहरूसँग सहमतिका लागि समयसीमा तोकेको छ। सहमति नभए विश्वविद्यालय शान्त राख्न आवश्यक उपाय अवलम्बन गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।सो विश्वविद्यालयको क्याम्पसमा प्रदर्शनमा गर्ने एक डेमोक्र्याटिक पार्टीकी सांसदकी छोरी पनि छिन्। गाजामा ३ सय ९२ जनाको सामुहिक चिहान फेला  गाजामा ३ सय ९२ जनाको सामुहिक शव भएको चिहान फेला परेको छ । सो चिहान  तीनवटा छुट्टाछुट्टै ठाउँमा सामूहिक रुपमा भेटिएपछि त्यसको स्वतन्त्र छानविनको माग गरिएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसको नासेर अस्पतालमा मानिसहरू र स्वास्थ्यकर्मीहरूले शव फेला पारेका हुन्। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गाजाका सामूहिक चिहानहरूबाट सबै फोरेन्सिक प्रमाणहरू  सुरक्षित राख्न आग्रह गरेका छन् जसमा अन्तर्राष्ट्रिय छानबिनको आवश्यकता औल्याइएको छ। प्यालेस्टाइन सिभिल डिफेन्सले गाजामा ३ सय ९२ शव फेला परेका तीनवटा छुट्टाछुट्टै सामूहिक चिहानको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।बिबिसि र अल जजिराको सहयोगमा 

पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ। नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ । प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् । यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए । देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।” ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ । उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा

सन्जीव न्हेम्हफुकी हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, कुरा हुन्छ खालि तिम्रो Contradictory मात्र । Equilibrium हुनुपर्छ भन्छौ हुदैन पनि भन्छौ X २ यस्तो दुइजिब्रे कुरा गरेरे खै तिमीकहाँ पुग्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, यति हुदाँ हुँदै जन्मायौ अनेक पात्र । Adam Smith भन्छ सबैथोक बजारलाई छोदिदेउ X २ Milton Freidman भन्छ सरकारी संरचना सबै तोदिदेउ । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, मा तिमीलाई बुझ्न प्रयासरत एक निरिह छात्र । JM Keynes भन्छन Long run मा हामि सबै मर्छौ X २ प्रश्न तेर्स्याउछ अदृश्य हातहरुले काम गर्न छाडे के गर्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिमि सुध्रिउ, मेरो बिनम्र आग्रह, नहोस भविष्यमा पश्चाताप मात्र । आफ्नो भाषा नबनाइ लियौ Mathematics को सहारा X २ Mathematics ले नबनाओस, तिमीलाई, हे अर्थाशास्त्र, उसको आहारा । तिमीले अंगाल्यौ Mathematics को Geometry, Algebra, Calculus. But, Truth to be told, none of them provides me with stimulus . हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, जे पनि गरिदिन्छौ Assumption मात्र । तिमि Science हु पनि भन्छौ तिमी Arts हु पनि भन्छौ X २ तिमि को हौ निर्क्यौल नगरी हचुवामा अगाडी किन बढ्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, यहि प्रश्नको तिमीलाई आयो होला असंख्य पत्र  । Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक size X २ How are you all feeling guys ? Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक रुप X २ जता पनि खुट्टा गाढेर किन गर्छौ यस्तो दौडधुप । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, साधारण छैनौ तिमी कुरा तिम्रा बुझिनसक्नु १२ १७ (बार्हसत्र ) । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रै अध्यनमा बिते कयौ कालरात्र । Price is fixated by Demand and Supply, But, in real world, I see it nowhere apply . हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रै भरमा विश्व अर्थतन्त्र । पुजिवाद,समाजवाद, साम्यवाद खै के के हो के के वाद, बुझ्न नसकी, कयौ देश अनि राजनीतिमा पर्यो फसाद । हे अर्थशास्त्र,तिमी कस्तो गाइजात्रा, मेरो मुलुक पनि उभो लाग्ने देउ न केहि मन्त्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, प्रश्न आउनेछन अझ यो भन्दा सशस्त्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रो बिज्ञान बुझी नसक्नुको बिचित्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, हे अर्थशास्त्र, तिमी किन यस्तो गाइजात्रा ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।

एकै दिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ । यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।

सुनको मूल्य कति ?

काठमाडौँ । सुनको मूल्यले आज शुक्रबार हिजो बिहिबारको तुलनामा केहि घेटेको छ ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०१ रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँ छ ।  यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ज्ञढ रुपैयाँ छ । 

प्रतितोला ६००  रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० मा कारोबार भएको थियो ।  तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८२० मा कारोबार भएको थियो ।

रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं । सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पारेर फर्कनुभएको हो ।