देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री प्रचण्ड
रामपुर,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका हुन्।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”
उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे।

विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए। उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए।
“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”

तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा
काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्। जी-७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकारलाई ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्। सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल
काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका सात राज्यहरूले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ। कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १२ इन्चसम्म हिमपात भएको छ। कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिएन।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ। मौसमविद्हरू भन्छन् कि खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो। राजधानी वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ।
प्रतिनिधिसभाबाट विद्युतीय व्यापार विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरी बहुमतले पारित गरेको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई सोमबारको बैठकले पारित गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो राय राखेका थिए ।सो पश्चात विधयेक बहुमतले पारित गरेका हुन् ।
सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए। कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए। नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे।
जनतासँग गरेको वाचा पुरा गर्दै गएका छौं : प्रमुख रेनु दाहाल
चितवन। भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष ०८०/८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताएकी हुन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजकडो कामले गति लिएको बताइन्। यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन्। ल्याण्डफिल साईटको अहिले डिपिआर र ईआईएको काम अन्तिम चरणमा रहेको जानकारी दिइन्। महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईड निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहरलाई डम्पपिङ गरिरहेको छ । मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए । प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे। महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अघि बढाइने उल्लेख गरे। भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पारे। भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगमी कार्यदिशा तय गर्ने पनि उल्लेख गरे। यसैबिच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ। महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव ०८०÷८१ का लागि रु ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु २ अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ । महानगरले चालु बजेटतर्फ रु २ अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा रु १ अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो । यस्तै पुँजीगत बजेटतर्फ ३ अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो । महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत खर्च कम देखिएको बताउनुभयो । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिए।
बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम
बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ। रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर
काठमाडौं ।अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा संघीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागू औषधको नशामा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो । हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समयमा यो निर्णय आएको हो । बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरे । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौँ ।’ यस मुद्दाको नतिजा हन्टरले स्वीकार्ने बताउँदै न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए। बाह्र सदस्यीय न्यायाधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो ।
वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा
हेटौँडा । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो । गत कात्तिक २३ गते जारी गरिएको यो ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख भए बमोजिम प्रदेश सरकार अघि बढेको हो । प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताए । संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरूमा लागु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा अब सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषा उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पनि गरेको छ ।
अर्थसहित तीनवटा समितिको बैठक बस्ने, यस्ता छन् ऐजेण्डा
काठमाडौं। संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने तयारी छ । साथै आज नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली लेखा समितिमार्फत आक्रमणमा उत्रिएपछि कुलमानले पठाए २९ पोका प्रमाण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पाना (एक लाख पृष्ठ) को विवरण बुझाएको छ । प्राधिकरणले सिंहदरबारस्थिति संसद् सचिवालय परिसरमा रहेको लेखा समितिको कार्यालयमा आज (बिहीबार) नै विवरण बुझाएको हो । प्राधिकरण स्रोतका अनुसार टीओडी मिटरको विवरण समेटिएको कागजातले एउटा मिनीभ्यान नै भरिएको थियो । प्राधिकरणले डेडिकेटेडरट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ६१ उद्योगीको सूची तथा एम-पावर लेजर १ पोका, सञ्चालक मनोजकुमार मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन एक थान इन्डेक्स फाइल, टीओडी मिटर डाटा डाउनलोड विवरण १ पोका, लोड प्रोफाइल सहितको टीओडी मिटर डाटा डाउनलोड विवरण ३ पोका, लग सिट २२ पोका, अदालतको फैसला १ पोका र २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता महसुलसम्बन्धी विवरणको १ थान इन्डेक्स फाइल लेखा समितिमा पठाएको हो । सो विवरण लोड गरिएको मिनीभ्यान प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कबाट सिंहदरबार पुगेको थियो । मिनीभ्यानबाट टीओडी मिटरका दस्ताबेज राखिएका पोकाहरू लेखा समिति सचिवालयमा लगिएको थियो । नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकमा चरम लोडसेडिङ भएका बेला २०७२ माघदेखि २०७५ बैशाखसम्म ठूला ५७ उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट दिनको चौबीस घण्टासम्म खपत गरेको विद्युतको ८ अर्ब ४ करोड ७४ लाख २३९ रुपैयाँ २२ पैसा महसुल तिर्न बाँकी छ । विद्युत महसुल प्रकरणमा सरकारले गठन गरेको लाल आयोगले नै ०७२ माघदेखि ०७५ वैशाखसम्मको विद्युत महसुल उठाउन मार्गप्रशस्त गरिसकेको छ। तर, व्यापारीहरूको लबिइङमा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा खनिनुका साथै, आफ्ना कार्यकर्ता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रयोग गरी प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई नै बर्खास्त गर्न सक्दो प्रयास गरिरहेको बेला घिसिङले ती प्रमाणहरु पठाएको हो । घिसिङसहित प्राधिकरणको नेतृत्वविरूद्ध सार्वजनिक लेखा समितिले लेखासमितिको सिप नलागे अख्तियारसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं) समेत प्रयोग गर्ने तयारी गरेको थियो ।सोही अनुरुप सार्वजनिक लेखा समितिका समापति ऋषिराज पोखरेलले व्यापारिक घरानामा बसि प्रतिवेदन तयार गरेका थिए । समितिको उक्त प्रतिवेदन गत शुक्रबारको बैठकमा पारित गराउने कोसिसमा थिए समिति सभापति पोखरेल, तर उनको उक्त प्रयासमा सत्तारुढ नेपाली कांग्रेसका सांसदको मौनता र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरू विरोध पछि सफल हुन सकेन । महसुल नतिरेका उद्योगी व्यापारीहरूले प्राधिकरणसँग टीओडी मिटरको तथ्याङ्क नै नभएको र कुलमान घिसिङले मनलाग्दी बिल पठाएको कारण सो दाबी झुठो रहेको बताएका थिए । त्यसैको जवाफमा प्राधिकरणले समितिका सदस्यहरूलाई अध्ययन गर्न नै हप्तौं लाग्ने ५० हजार पृष्ठको टीओडी मिटरको तथ्याङ्कको भारी प्रमाणका रूपमा दिएको हो। प्रधानमन्त्री ओलीको संरक्षणमा देशका ठूला उद्योगी व्यवसायीले राजनीतिक प्रशासनिक सेटिङ गरी अर्बौं रुपैयाँ महसुल नतिर्न सक्दो प्रयास गरेको भएपनि कुलमानको अडानका कारण अहिलेसम्म भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता तिरिसकेका छन् । आज २५ प्रतिशत जरिवानासहित यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ, सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ महसुल बुझाए।
सत्ता सेनाको हातमा : पढ्नुहोस् बंगलादेश आन्दोलनको टाइमलाइन
काठमाडौं । बङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएकी छिन भने देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्। प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन। राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। हसिनाको विमान सोमबार साँझ भारतको उत्तर प्रदेशको गाजियाबादमा अवतरण गरेको विवरण आएका छन्।उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।तर कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन। यस्ता छन् शक्तिशालि प्रधानमन्त्रीबाट पलायनको टाइमलाइन २९ जुलाई केही जिल्लाहरूमा प्रदर्शनकारीहरू फेरि सडकमा निस्किए, प्रहरीले तिनीहरूलाई रोक्यो र दर्जनौं मानिसहरूलाई हिरासतमा लियो। सरकारले कट्टरपन्थी जमात-ए-इस्लामीमाथि प्रतिबन्ध लगाउने योजनाको घोषणा गर्यो। उच्च अदालतले ढाका प्रहरीलाई छ जना प्रदर्शनकारीहरूसँग व्यवहार गर्ने विषयमा फटकार लगायो। ३०जुलाई प्रमुख विश्वविद्यालयका विद्यार्थीहरू र शिक्षकहरूले मौन जुलूस निकाले, अभिभावकहरूले बच्चाहरूको मृत्युको विरोध गरे, प्रहरीले तिनीहरूलाई रोक्यो। शेख हसिनाले भनिन् कि सरकारले न्यायिक अनुसन्धानको लागि विदेशी मद्दत लिनेछ र अर्को दिन राष्ट्रिय शोकको घोषणा गरिन्। प्रहरीले आफ्नो कारबाही जारी राख्यो। ३१ जुलाई प्रदर्शनकारीहरूले सरकारको राष्ट्रिय शोकको निर्णयलाई अस्वीकार गरे, राजधानी ढाका र अन्य ठाउँमा प्रदर्शन गरे। सयौं विद्यालयका विद्यार्थीहरूले साथी परीक्षार्थीहरूलाई प्रहरी हिरासत/जेलबाट रिहा नगरिए परीक्षाको बहिष्कार गर्ने घोषणा गरे। १ अगस्ट आतंकवाद विरोधी ऐन अन्तर्गत जमात-ए-इस्लामीमाथि प्रतिबन्ध लगाइयो। यस विषयमा सरकारले एक राजपत्र जारी गर्यो। संयुक्त राष्ट्रसंघले तथ्य पत्ता लगाउने टोली पठाउने प्रस्ताव गर्यो, प्रधानमन्त्रीले भने कि संयुक्त राष्ट्रसंघ हिंसाको अनुसन्धान गर्न स्वतन्त्र छ। छ आन्दोलन आयोजकहरूलाई प्रहरीले हिरासतबाट छोडिदियो। प्रदर्शनकारीहरूले मारेका व्यक्तिहरूको लागि सामूहिक जुलूस निकाले। पाँच प्रमुख सरकारी विश्वविद्यालयका शिक्षकहरू र विद्यार्थीहरूले प्रदर्शन गरे। २ अगस्ट प्रदर्शनकारीहरूले हत्याहरूको विरुद्ध विरोध प्रदर्शन जारी राखे, हजारौं मानिसहरू 'न्याय मार्च' मा सामेल भए। राजधानी र अन्य स्थानहरूमा प्रदर्शनकारीहरू र आवामी लिगका कार्यकर्ता र प्रहरीबीच झडपहरू भए, जसमा दुई जना मारे। प्रदर्शनकारीहरूले अर्को दिन देशव्यापी प्रदर्शन र आइतबारदेखि असहयोग आन्दोलनको घोषणा गरे। फेसबुकलाई फेरि सात घण्टाका लागि ब्लक गरियो। ३अगस्ट विरोध प्रदर्शनका क्रममा मारेका विद्यार्थीहरू र अन्य व्यक्तिहरूको लागि न्यायको माग गर्दै बंगलादेशको राजधानीमा हजारौं मानिसहरूले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरे। तर, देशका अन्य स्थानहरूमा यस्तै प्रदर्शनहरूमा हिंसाका खबरहरू आए। प्रदर्शनकारीहरूले सरकार विरोधी नारा लगाए र प्रधानमन्त्रीको राजीनामाको माग गरे। केही सरकार समर्थक समूहहरूले पनि शहरमा रैली निकाले। देशको पूर्वी भागमा कुमिल्लामा हिंसाको क्रममा कम्तीमा 30 प्रदर्शनकारी घाइते भए। ४अगस्ट सरकारी जागिरहरूमा आरक्षणको मुद्दामा सुरु भएको विरोध प्रदर्शन फेरि उग्र बन्यो। देशभरि भएको हिंसामा करिब १०० जना मरे र सयौं घाइते भए। प्रहरीले हजारौं प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरका गोलीहरू चलायो, जसका कारण यी मृत्युहरू भए। यसमा कम्तीमा १४ प्रहरी पनि समावेश थिए। केही ठाउँमा सत्तारूढ पार्टी आवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीहरूबीच झडपहरू भए। केही ठाउँमा आवामी लिगका कार्यकर्ता र नेताहरूको मृत्यु पनि भयो। यसरी यस हिंसात्मक आन्दोलनका कारण ३०० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको छ। हिंसा रोक्नका लागि देशमा मोबाइल इन्टरनेट सेवाहरू बन्द गरियो, देशमा कर्फ्यू लगाइयो। सरकारले तीन दिनको सार्वजनिक बिदा घोषणा गर्यो। यी सबै पछि पनि अवस्था नियन्त्रणमा आउन सकेन। ५अगस्ट नयाँ हिंसामा नयाँ मोड आयो। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन्। राजीनामापछि शेख हसिना देश छोडेर गइन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा कब्जा जमाए। देशको अवस्थाबारे सेना प्रमुखले बयान जारी गरे। सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयम बरत्न अपिल गरे र भने कि देशमा चाँडै नै अन्तरिम सरकार गठन गरिनेछ।
राहत शिक्षकले भने- 'पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट छैन्'
काठमाडौँ । राहत शिक्षकहरूले सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका राहत, अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट राज्यलाई नभएको चेतावनी दिएको छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाईँ र उपमहासचिव डम्बर राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन्। उनीहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक पारित गर्ने प्रक्रिया थालनी नभए राजधानी केन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि दिए। ‘तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्यतालाई ध्यानमा राख्दै नेपाल सरकार, मन्त्रालय साथै अन्य सरोकारवाला निकायहरूको सक्रिय पहलकदमीका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। अन्यथा नेपाल राहत शिक्षक केन्द्रीय समिति देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रमसहित काठमाडौँ केन्द्रित सशक्त सडक आन्दोलन घोषणा गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ। विद्यार्थीको चरम विदेश पलायन, आमअभिभावक तथा जनताको देशको शिक्षा प्रणालीमाथिको नैराश्य, स्थानीय तहहरूको शिक्षा नीति निर्माणमा मनलाग्दीपनलगायत शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि पनि ऐन जारी हुनुपर्ने ठहर राहत शिक्षकहरूको छ। ५२ वर्षपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक २०८० भदौ २७ गते संघीय संसद्मा दर्ता भएको थियो। हाल उक्त विधेयक संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमा प्रारम्भिक छलफल भए पनि पछिल्ला दिनमा गुमनाम पार्न खोजिएको राहत शिक्षकहरूको आरोप छ। विधेयकमा छलफल अघि बढाउन राहत शिक्षकहरूले यसअघि पनि मन्त्री, दलका नेताहरू, संसदीय समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्। यता, शिक्षामन्त्री श्रेष्ठले विधेयक पारित गराउनका लागि थप दबाब आवश्यक रहेको बताएकी छन्। समितिको ध्यानाकर्षणपत्र बुझ्दै उनले आफू विधेयक तत्काल पारित गर्ने पक्षमा रहे पनि समितिमा छलफल नहुँदा विधेयक अघि बढ्न नसकेको बताएकी हुन्। त्यसका लागि दबाब आवश्यक रहेको उनको भनाइ छ। आफूले विधेयक अघि बढाउन प्रयास गरे पनि शिक्षा समितिका अध्यक्षले गम्भीर चासो नदिएको मन्त्री श्रेष्ठले बताएको भेटमा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव डम्बर राईले बताए। विश्वविद्यालय कानुनबारे भने समिति सभापतिले दुई(तीनपटक छलफलमा ल्याएको मन्त्रीले श्रेष्ठले बताएकी थिइन्। सांसदहरूले पनि शिक्षा विधेयकका पक्षमा गम्भीर नरहेको शिक्षामन्त्रीले बताएकी थिइन्। ‘त्यसैले विधयेक अघि बढाउन तपाईँहरूले थप दबाब दिनुपर्यो। म सकारात्मक छँदैछु। तपाईँहरूको पनि दबाब चाहियो’, मन्त्री श्रेष्ठलाई उधृत गर्दै राईले भने।
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो
'पछिल्लो सत्ता समीकरणमा कुनै बाह्य शक्तिको भूमिका छ भन्ने कुरा सोच्न पनि सकिने कुरा होइन'
यस्तो छ नियमित यौन सम्पर्क गर्दा हुने ७ फाइदा
सामान्य त धेरै जसो मान्छेहरु रातको समयमा यौन सम्पर्क गर्न रुचाउँछन । नेपाली समाज र ब्यस्त दैनिकीले गर्दा पनि साँझ सुत्ने बेलामात्र सेक्स गर्ने धेरैको बानी छ । यौनसम्पर्क गर्ने महतवपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय नै हो । हरेक प्राणीमा यौनेच्छाको चाहना हुनु शास्वत सत्य हो । यो प्रकृतिले दिएको उपहार हो । यौन सम्पर्कबाट मानिसलाई धेरै फाईदा हुन्छ । जसले यौन सम्पर्कलाई यौन यौन प्यास मेटाउने माध्यम मात्र ठान्छ जसका लागि यो समय उपयुक्त लाग्ला । तर जसले यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाईदा पनि लिन चाहन्छ भने अबदेखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान दिनुस की यौन सम्पर्क एक किसिमको मनोराजनात्मक खेल हो । एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ त्यसैले यौन सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृप्त भईन्छ र यौनसम्भोगको मजा आउँछ । १. नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त साचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ । २. बिहान गरिने यौन सम्पर्कले माईग्रेन टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग निको गर्नमा ठूलो मद्दत गर्छ । ३. यौनसम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन । ४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ । ५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ । ६. अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ । ७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताएअनुसार हप्तामा तीन पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

