प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् ।
सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो -'प्रतिवादीसँग दान लिएर एमालेले भ्रष्टाचारको पक्षपोेषण गर्यो'
काठमाडौं । नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका भाटभटेनीका साहु मीनबहादुर गुरुङबाट सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दानको रूपमा जग्गा लिने समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टीआई नेपालले विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका र सोही प्रकृतिका थप विभिन्न मुद्दाहरु न्यायिक प्रक्रियामा नै रहेका व्यक्तिबाट दान दातव्य लिदा सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोेषण हुने जनाएको छ । सत्ता संचालन गरीरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेपाल सरकार वादी रहेका गुरुङबाट जग्गा लिने र भवन निर्माण समेत उपहारमा प्राप्त गर्ने कुराले भ्रष्टाचारको पक्षपोेषण गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलले उल्लेख गरेको छ । सरकार संचालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दलले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्ने गरी कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार नगर्न समेत ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अध्यक्ष मदन कृष्ण शर्माद्धारा जारी प्रेस विज्ञप्तिमार्फत अपिल गरीएको छ ।
एमाले सुर्खेतको अधिवेशन आजदेखि
सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो। गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो। विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ। उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ। सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।
भारतमा चक्रवातबाट बचाउन पन्ध्र लाख नागरिकको उद्धार गरिदै
भारत। भारतका पूर्वी राज्यहरू ओडिशा (पहिले ओरिसा) र पश्चिम बङ्गालमा नजिकिँदै गरेको चक्रवातको बाटोबाट करिब १५ लाख मानिसलाई उद्धार गर्न भारतीय अधिकारीहरू जुटेका छन्। चक्रवात डानाबाट हुने क्षति कम गर्न हजारौं राहतकर्मीहरू परिचालन गरिएको छ, जसले अर्को २४ घण्टाभित्र भूमि स्पर्श गर्ने अपेक्षा गरिएको छ। यात्रा सेवाहरू पहिले नै प्रभावित भएका छन्, दर्जनौं रेल र उडानहरू रद्द गरिएका छन्। भारतको मौसम विभागले भनेको छ कि बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली बिहीबार साँझसम्ममा प्रचण्ड चक्रवाती आँधीमा परिणत हुने अपेक्षा गरिएको छ। ओडिशामा समरेन्द्र राउत र हिमान्सु समल, कम इलाकाबाट उद्धार गरिँदै ओडिशामा १० लाखभन्दा बढी मानिसहरूलाई अस्थायी राहत शिविरहरूमा सारिँदै छ। यो आँधीले तटीय क्षेत्रहरूलाई १००-१२० किमि प्रतिघण्टा (६२-७४ माइल प्रतिघण्टा) को हावाको गति संग हिर्काउने अपेक्षा गरिएको छ। बुधबार, ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले चक्रवातको बाटोमा पर्ने जिल्लाहरूका बासिन्दाहरूको सुरक्षाका लागि सबै तयारी पूरा भएको बताए। राज्यका अधिकारीहरूले खाद्य, पानी र स्वास्थ्य सुविधाहरू सहित अस्थायी राहत शिविरहरू तयार गरेको बताएका छन्। "हामी आँधीको सामना गर्न पूर्ण रूपमा तयार छौं। आतंकित नहुनुहोस्, सुरक्षित रहनुहोस् र सावधान रहनुहोस्," माझीले सञ्चारमाध्यमलाई भने। ओडिशाले १४ जिल्लाबाट १० लाखभन्दा बढी मानिसलाई उद्धार गर्दैछ, जबकि पश्चिम बङ्गालले तटीय क्षेत्रहरूबाट ३ लाखभन्दा बढी मानिसलाई उद्धार गर्दैछ। दुई राज्यका अधिकारीहरू र उद्धार टोलीहरू सतर्क अवस्थामा छन्। तटीय क्षेत्रमा रहेका विद्यालयहरू बन्द गरिएका छन्। गेट्टी इमेजेस: कोलकातामा रहेको मौसम विभागका एक वैज्ञानिकले चक्रवात डानाको अवस्थिति देखाउँदै कोलकाताको मौसम विभागका वैज्ञानिकले चक्रवात डानाको अवस्थिति देखाउँदै भुवनेश्वर र कोलकाता सहरका विमानस्थलहरूबाट हुने उडान सेवा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म स्थगित गरिएका छन् र २०० भन्दा बढी रेलहरू रद्द गरिएका छन्। माछा मार्न जान माछा व्यवसायीहरूलाई चेतावनी दिइएको छ र ओडिशाको पारादीप बन्दरगाहमा काम गर्ने कर्मचारीहरू र नजिकैका बासिन्दाहरूको सुरक्षाका लागि आपतकालीन योजना बनाइएको छ। मौसम विभागले भनेको छ कि "गहिरोदेखि धेरै गहिरो" वर्षा तटीय क्षेत्रमा अर्को २४ घण्टा भित्र हुने अपेक्षा गरिएको छ। ओडिशा र पश्चिम बङ्गाल हरेक वर्ष प्रचण्ड आँधी र चक्रवातको सामना गर्ने गर्छन्। सन् १९९९ मा, ओडिशामा एउटा चक्रवातमा १०,००० भन्दा बढी मानिसको ज्यान गएको थियो। गत वर्ष, भारत र बङ्गलादेशमा एक चक्रवातले गर्दा कम्तीमा १६ जनाको ज्यान गएको थियो।
यस वर्षको एसईई परीक्षा चैत ७ देखि (तालिकासहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकामा एसईई आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ। फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अंक शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ। एसईईको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशन गरिने तथा पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ। यस्तो छ तालिका
विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य भएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको अवसरमा विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउनका आह्वान गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डद्धारा जारी आह्वानमा भनिएको छ, -'गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएका छौँ। शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका छन्। यो महत्वपूर्ण प्रबन्धका निम्ति नेपाल सरकारको तर्फबाट सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै पाठ्यपुस्तकको बितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछु।' प्रधानमन्त्री प्रचण्डले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको बताउदै यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने बताएका छन् । आह्वानमा प्रधानमन्त्रीले भनेका छन्,यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ। सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको छ। विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएका छन् । यी प्रयासहरूलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन हाम्रा सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा लिएको छु ।’ गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएको उनले बताए । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको उल्लेख गरेका छन् । २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वास समेत गरेका छन् । यस वर्ष ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने नाराका साथ नयाँ वर्ष विक्रम संवत् २०८१ को सुरूवात्सँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको छ। यस्तो प्रधानमन्त्री प्रचण्डको आह्वान
सेक्स त राति नै गर्न मनपर्छः गायिका मगर
सेक्स के हो ? दुई प्रेमजोडीहरुबीचको मायाको रङ हो । कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ? उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो । सेक्सी लाग्ने नायक ? सौगात मल्ल सेक्सी लाग्छ । आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ? ७५ प्रतिशत । कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ? ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ । कस्तो समय बढी रुचाउनुहुन्छ ? मलाई सेक्स त रातिको समयमै मनपर्छ । सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ? साथीहरुसँग कुरा गरेर नै हो । तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ? मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ । मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ? यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ । शुक्रबार साप्ताहिकबाट
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सम्पन्न भएको छ । २०८१ असार २० गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated Chek post (ICP)र अरनिको राजमार्गको Maintenance and Slope Stabilization (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका Letter of Exchange (LoE)हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने । २. आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने । ३. नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने ।
२०७४ सालको पात्रो सार्वजानिक बिदा नराखी प्रकाशन हुने
काठमाडौँ, माघ २३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो ९पञ्चाङ्ग० विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई दिनुभएको जानकारीअनुसार गृह मन्त्रालयले विसं २०७४ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको हो । नयाँ सालको नयाँ पात्रो यही माघ मसान्त सम्ममा प्रकाशन भइसक्ने छ । उहाँले भन्नुभयो, “यस वर्षका पञ्चाङ्गमा पनि मन्त्रालयले सार्वजनिक बिदाको सूची उपलब्ध गराउन ढिला गरेका कारण समितिले बिदा समावेश गरेको छैन, सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ भन्ने सूचना राखिन्छ ।” समितिमा सरकारले नियुक्त गरेका विद्वान्को समूहले २०७४ सालमा पर्ने चाडपर्वको निर्णय गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ । संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी स्वीकृत गर्ने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७४ को संवत्सर साधारण नामको रहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्को पुस अन्तिम साताको बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गर्न समिति गठन गरेको छ । रासस
केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, (एकीकृत समाजवादी)का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो। मुख्यमन्त्री शर्र्मा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल निवासमा पुगेर केन्द्रको सर्कुलर र विश्वासको मतबारे छलफल गरेका थिए । सो छलफलमा केन्द्रको सहमति कार्यान्वयन गरेर जानुपर्नेमा नेता कँडेलले जोड दिनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।पार्टीको निर्देशनविपरित मत लिन लागेपछि प्रधानमन्त्री प्रचण्डले केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सरकार गठनको बाटो निर्माण गर्ने वातावरण बनाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्। वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।
विपिनलाई नेपाल फर्काउन परराष्ट्रमन्त्रीलाई माओवादीको ज्ञापन पत्र
काठमाडौं। सुदूरपश्चिमको कञ्चनपुर घर भएका विपीन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम पार्टी र संसदीय दलले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको थियो। तर, अहिलेसम्म उनलाई रिहा नगरेको र हालको अवस्थाबारे कुनै जानकारी आएको छैन। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, संसदीय दलका नेता मानबहादुर धामी र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका हुन् । हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको सकुशल रिहाइको लागि पहल गर्न आग्रह गरिएको छ।
चिरिबाबुले उद्घाटन गरे स्नान कक्षसहितको स्मार्ट शौचालय
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए। उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटन ढोका र जावलाखेलमा बनाएको उनले बताए। शौचालय बनाएपछि त्यसको वरिपरि दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफूहरूले चिरेको बताउँदै अब थप शौचालय बनाउँदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए। स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुविधा उपलब्ध रहेको बताइएको छ। अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ।
विपिसीको महशुल बृद्धि विरुद्धको आन्दोलन चर्किदै
गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन चर्किन थालेको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा प्रभावित क्षेत्रका राजनीतिक दलहरु तथा सरोकारवाला पक्ष एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेका छन् । आँधिखोला वितरण केन्द्रका उपभोक्ता रहेका स्याङ्जाका चार पालिका र पाल्पाका दुई पालिकाका सरोकारवालाहरु एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका हुन् । यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि छलफल गर्न आँधिखोला वितरण केन्द्रबाट प्रभावित गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका राजनीतिक दलहरुबीच गल्याङबजारमा छलफल भएको छ । नेपाली काङग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शूल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै आ–आफ्नो पालिकामा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनीका आफ्नो पालिका रहेका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा विद्युत नियमन आयोगमा निर्णय फिर्ता लिन माग गर्दै उजुरी दिने निर्णय पनि गरेको छ । यस्तै भेलाले बुटवल पावर कम्पनीलाई मिटर रिडिङ गर्न नदिने निर्णय पनि गरेको छ । यसैगरी भेलाले शुल्क बृद्धिको निर्णयप्रति गम्भीर भई फिर्ताका लागि पहलकदमी लिन सांसद तथा पालिकाका प्रमुख एवम अध्यक्षहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै, पार्टीका जिल्ला नेतृत्वलाई पनि बढाइएको शूल्क खारेजीका लागि आवश्यक निर्णय गर्न आह्वान गर्ने निर्णय भेलाले गरेको छ । भेलामा सहभागीहरुले विद्युत नियमन आयोगले पदाधीकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका व्यक्त गरेका छन् । कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गर्दै जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । भेलामा नेपाली काङ्ग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भिरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटि अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । यसैवीच, गल्याङको संघर्ष समितिले सोमबार बुटवल पावर कम्पनीको गल्याङ शाखामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा हुने धर्ना कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । सोही धर्नामा थप कार्यक्रम तय हुने नेपाली काङग्रेसका नगर सभापति श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । चरणबद्ध आन्दोलन सुरु गरेको चेम्बर अफ कमर्सले सोमबार मध्यान्ह १२ बजे बुटवल पावर कम्पनीको गल्याङ शाखामा धर्ना दिने कार्यक्रम राखेको छ ।
विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह
गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्। साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।
क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा
काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ । अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् । सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्। उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।

