राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने चिकित्सको दाबी
काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने ।
मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
‘फोन नचलाउनुस्, १ लाख डलर जित्नुस्’ प्रतियोगिता, यस्तो छ भाग लिने तरिका
कठमाडौं, पुष ७ । यदि तपाई एक वर्षसम्म बिना स्मार्टफोन रहनुसक्नु हुन्छ भने तपाईका लागि मौका छ करोडपति बन्ने । यो खबर साँचो हो । भिटामीनवाटरले तपाईका लागि करोडपति बन्ने अवसर ल्याएको हो । भिटामिन वाटर प्रसिद्ध कोकाकोला कम्पनीकै उत्पादन हो । कम्पनीले भारतमा एउटा प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिता अन्तर्गत विजेतालाई १ लाख डलर दिइने छ । यो प्रतियोगितामा भाग लिने प्रतिष्पर्धिहरुले एक वर्षसम्म स्मार्टफोनको प्रयोग गर्न पाउने छैनन । स्मार्टफोनको साटो कम्पनीले प्रतियोगीहरुलाई कतै कल गर्नका लागि सन् ९६६ मा बनेको एउटा हेण्डसेट दिनेछ । सिएनबिसीसँग कुरा गर्दै भिटामिनवाटर का एशोसिएट ब्राण्ड म्यानेजर नतालिया सुरजले भने, “हामीलाई लाग्छ, यो नै एउटा मौका हो एक लाख जित्ने ।” रोचक त के छ भने यो प्रतियोगितामा भाग लिन तपाईले जागिर छोडनु पर्दैन । जागिर या काम गरिरहेकै अवस्थामा प्रतियोगितामा भाग लिन सकिने छ । प्रतियोगिताको नियम अनुसार, तपाईले ल्यापटप या डेस्कटप कम्प्युटर भने प्रयोग गन सक्नुहुन्छ तर यसमा कम्पनीबाट दिने फोनमात्रै प्रयोग गर्न सकिने छ । कसरी भाग लिने त ? यो प्रतियोगितामा भाग लिन नाम दर्ता गर्ने अन्तिम समयसीमा ८ जनवरी २०१९ सम्म मात्र रहेको छ । प्रतियोगितामा भाग लिन आफ्नो विवरणसहित एकवर्षसम्म स्मार्टफोन प्रयोग नगर्दा तपाई के गर्नुहुनेछ ? भन्ने प्रश्नको समेत उत्तरसहित हैशटैग #nophoneforayear र #contest लेखेर ट्विटर या इन्स्टाग्राममा पठाउनु पर्ने छ । प्राप्त आवेदन र उत्तरका आधारमा भिटामीन वाटरले कुनै एकजनालाई चयन गर्ने छ । र, २२ जनवरीका दिन प्रतियोगीलाई पुरानो हेण्डसेट कम्पनीका तर्फबाट दिइने छ । एक वर्षसम्म स्मार्टफोन चलाउँदिन भन्ने लागेको छ भने तपाई पनि यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।
नवरात्रीको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा
काठमाडौं, असोज २५ । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदामा नवदुर्गा भवानीको शैलपुत्री स्वरुपको पूजा आरधना गरिन्छ । शैल भन्नाले हिमाल हो । हिमालयकी पुत्री पार्वतीको स्वरुपमा देवीले अवतार लिएको मानिन्छ । दुर्गा भवानीका नौवटा स्वरुपमध्ये शैलपुत्रीको स्वरुप एक हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ । दूर्गा कवच मन्त्र– प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम् ।। पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम् ।। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र हुनुपर्छ : गच्छदार
विराटनगर, असार १४ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो । एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपतिद्वारा विष्ट र अहिराज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान
काठमाडौं, वैशाख २४ । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गरेको छ । साथै बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ । सोमबार तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले पत्रकारद्वय डा विष्ट, डा अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार र बस्नेत, चेम्जोङ र बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरेकी हुन् । सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् । कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले पुरस्कार पाउने पत्रकारहरुको छनौट विधिलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको समृद्ध र सुशासनको एजेन्डामा नेपाली पत्रकारहरुले सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष आचार्यले सरकारले पत्रकारहरुको सम्मान गर्ने परम्परालाई निरन्तरता दिएकोमा आभार पनि व्यक्त गरे ।
करार सेवाका लागि शिक्षक अावेदन खुल्यो
काठमाडौं । नेपाल वेदआश्रम संस्कृत माध्यमिक विद्यालयमा करार सेवामा शिक्षकको लागि आवेदन खुलेको छ । हेर्नुहोस् तालिका-
अब सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढार्इ
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिक सत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको हो । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ३३ लाख बजेट विनियोजन गरेको छ । नगर क्षेत्रमा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । आगामी वर्षबाट कक्षा थप गर्दै बजेट समेत वृद्धि गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरुको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । अंग्रेजी माध्यमको पढाइकै लागि अभिभावकले बजार बस्नुपर्ने, बढी शुल्क तिर्नुपर्ने, न्यून आय भएकाले पढाउन नसक्नेजस्ता समस्याको समाधानका लागिसमेत नगरवासीको मागबमोजिम अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको उहाँको भनाइ छ । रासस
नेपाली कवि अञ्जान भारतमा सम्मानित
छिमेकी राष्ट्र भारतको असाम राज्य स्थित दुनियाजान कला – साहित्य मञ्चद्वारा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यही मार्च ३१ र अप्रिल १ मा दुई दिवसीय बृहत् कवि सम्मेलन सम्पन्न भयो । नेपाल ,म्यानमार र भारतको विभिन्न प्रान्तबाट सहभागीता भएको उक्त कार्यक्रममा नेपाली भाषा,कला,साहित्य र सँस्कृतीमा लामो समयदेखि सेवारत साहित्यकारहरूको उल्लेख्य सहभागीता रहेको थियोे । असाम राज्यको तीनसुकिया स्थित डिपबोइमा सञ्चालन भएको उक्त कार्यक्रममा दुलियाजान कला साहित्य मञ्चबाट प्रकाशनहुदै आएको साहित्य पत्रिका अभिब्यक्तिको रजत अङ्क, टिकाराम ढुङ्गेल रटनद्वारा लिखित आधा दर्जन कृतिको एक साथ बिमोचन समेत भएको थियो । दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो चरणमा असामको पर्यटकीय क्षेत्र ,धार्मिक स्थल र अौधोगिक नगरीको अबलोकन भ्रमण गराइएको थियोे भने दोस्रो चरणमा कविता वाचन,स्रष्टा सम्मान र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।सो कार्यक्रममा नेपालका तर्फबाट दाङ,चितवन ,नवलपरासी ,पर्वत र मकवानपुरका साहित्यकारहरूको प्रतिनिधित्व थियो । नेपाली भाषा,साहित्यका क्षेत्रमा योगदान पुन्याउनु भएका दाङका छविकिरण वली, नवलपरासीका सदानन्द अभागी,लोकराज खराल,चितवनका गोर्खे साइलो,केशवराज आमोदी,मिरा तिमल्सिना ,पर्वतका शान्तिनारायण श्रेष्ठ ,डि आर शर्मा र मकवानपुरका बिर्खे अञ्जानलाइ सँस्थाले सम्मानित गरेको थियो उत्तरी मकवानपुरमा बसेर सँस्थागत साहित्यको बिकासमा सक्रिय कवि अञ्जानका शल्यक्रिया समालोचना ग्रन्थ र अवसान सपना कविता सङ्ग्रह प्रकाशित छन । भारतमा बसोबास गर्ने नेपाली मुलका साहित्यकारहरूद्वारा स्थापना भएको सो सँस्थाले भारतमा नयाँ तरङ्ग पैदा गरेको सहभागीलाईहरूले जनाए ।
हेल्प मधेसीको अध्यक्षमा ठाकुरलाई चयन गर्दै पहिलो साधारण सभा सम्पन्न
काठमाडौं, फागुन २० । वैदेशिक रोजगारीको सिलसिला कतारमा कार्यरत मधेसी नेपालीहरुको साझा संस्था हेल्प मधेसीको पहिलो साधारण सभाले अध्यक्षमा पवन ठाकुरलाई चयन गर्दै सम्पन्न भएको छ । अन्य पदाधिकारीमा निम्नानुसार रहेका छन् उपाध्यक्ष स् विशश्वर यादब, रामेश्वर राय, सचिब सतिशकुमार यादव, सहसचिव सुरेन्द्र कुमार शाह, प्रदिप कुमार ठाकुर, राम अधीन यादब, रामकुमार यादव ,ललित धानुक मन्डल, कोषाध्यक्ष राम कल्याण महतो, सह कोषाध्यक्ष सरोज कुमार शाह, देबेन्द्र कुमार ठाकुर, गिरिधारी गुर्मेता, बिनोद शाह चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामसिंह शाफी, मोहम्मद सन्नाउल्लाह राईन, उपेन्द्र प्रसाद शाह, धर्मनाथ ठाकुर, राम दयाल यादब, राम सुबन यादब, जिबछ पासवान ,लाल बाबू यादब, सन्तोष शाह, शिबलोचन यादब, देब नारायण महतो, बिकाश शाह, अशोक कुमार शाह ,मनोज कुमार सिंह , सुनिलकुमार महतो, नगेन्द्र मन्डल , राकेश कुमार राय, सुरेश यादब चयन भएका छन् । २ मार्च सहानिया पार्क , हेल्प मधेसी कतार, पहिलो साधारण सभा अध्यक्षता सस्थापक सरयुग यादब, बिशेष अतिथि इन्जिनियर रामचन्द्र शाह, एनआरएनए सिसि कतारका सचिब युबराज शर्मा, तराई मधेस प्रबासी मंच अध्यक्ष हुसैन खान,नेपाल पत्रकार महासंघ कतार अध्यक्ष करिम बक्समिया, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य गणेश बन्जाडे, नेपाल इन्जिनियर एसोसियसन उपाध्यक्ष राकेश चौधरी, गैर आवासीय मधेसी संघ शम्भु साह,सिरहा समाज अयुब खान, श्री रामबाबू यादब, धानुक समाज सुरेश यादब लगायत मधेसका सम्पुर्ण संघसंस्था, हेल्प मधेसीका दाजुभाइ दिदी बहिनीको सहभागिता थियो। कतारमा यसरी प्रत्यक्ष नेपालीपनमा होली खेलेर एकअर्कामा भाईचाराको सम्बन्ध बढाएको यो पहिलो कार्यक्रम हो । बिशेष अतिथिको रामचन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तराई मधेस नेपालको महत्वपूर्ण ठाउँ हो। जो सबै नेपालीको आत्मियता र पहिचान झल्कने बिबिधतामा रहेको छ।’ नेपालीहरुको होली र हेल्प मधेसीको पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । बिशेष अतिथी एनआरएनए सिसि कतारका सचिब युबराज शर्माले हेल्प मधेसी संस्थाले सबैजनालाई समेटेर होली पर्बको आयोजना गरेकोमा धन्यवाद दिए। होली पर्वले सबैको मित्रता अनि सहकार्य बढाउने भएकोले होली पर्व महत्वपूर्ण रहेको बताउदै पहिलो साधारण सभाको शुभकामना पनि दिए । त्यस्तै बिशेष अतिथी तराई मधेस प्रबासी मंचका अध्यक्ष हुसैन खानले तराई–मधेसको हकहितको लागि प्रबासबाट पनि आबाज उठाउनु पर्ने बताए । उनले होली र पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । त्यस्तै अर्का अतिथी नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बकस मियाले हेल्प मधेसी संस्थाले नौलो किसिमको आयोजना गरि नेपाली दाजुभाइ दिदिबहिनीबिच भाईचारा कायम गरेको बताए । हरेक सकारात्मक भूमिकामा नेपाल पत्रकार महासंघ कतार, हेल्प मधेसी सङ्ग हातेमालो गरि अगाडि बढ्ने उनले बताए । त्यसैगरी, वरिष्ठ सल्लाहकारमा दिलिपकुमार जयसवाल ,बिरेन्द्र शाह,रामजनम शर्मा, रामकुमार यादब, शिवकुमार महतो, रामनन्द गुप्ता, दिनेश शाह, अभय ठाकुर, बद्री यादब, मो मुहरम नदाफ रहेका छन् । कार्यक्रमको सहजीकरण मैथिली कवि बिन्देश्वर ठाकुरले गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबैजनालाई हार्दिक धन्यवाद दिए।
शैक्षिक हडतालका कारण शैक्षिक संस्था ठप्प
काठमाडौँ । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण अाइतबार काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताउनुभयो । यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव राजेन्द्र बानियाँले भने शैक्षिक हडतालका कारण करीव आठ हजार निजी विद्यालय बन्द भएको बताउँदै सरकारले निजी स्कूललाई सुरक्षा दिन नसकेकाले पढाइ सञ्चालन गर्न नसकिएको बताउनुभयो । क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्नो संगठनलाई सरकारले राजनीति गर्न प्रतिबन्ध लगाएको र संगठनका नेतालाई पक्राउ गरेको विरोधमा शैक्षिक हडताल गरिएको बताउनुभयो । सरकारले केही दिनअघि क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेसहित केन्द्रीय सदस्य सन्तोषी भट्टराई र धनबहादुर नेपालीलाई गिरफ्तार गरेको थियो । रासस
‘मानिसले किन पहिलो प्रेम भुल्न सक्दिन ?’
पुजा पराजुली माया उनको नाम हो । आज म उनै मायालाई भेट्न् मायाकै प्रस्ताव लिएर सधैंभरि आफ्नो बनाउन जाँदैछु । साँच्चै, आज एउटा इतिहास लेखिंदै छ मेरो जीवनमा पनि । भाग्यमानीको भुतै कमारो भन्ने लोकोक्ती जस्तो धेरै ‘लक्की’ भएपछि यस्तै हो । जसलाई प्रेम प्रस्ताव लिएर भेट्न् जाँदै छु उसैले बोलाएकी छ उसैको रोजाइको ठाउँमा । आज धेरै ‘नर्भस’ भएको छु । यति धेरै ‘नर्भस’ त म स्कूल–कलेजको कुनै पनि परीक्षामा भएको थिइन् । जिन्दगीको परीक्षाको सवालमा सायद यस्तै हुन्छ होला । जिन्दगीकै सवाल हुन्छ चोखो मायाभित्र हाम्रो, भेट्ने–छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो, भोलि त्यसै छुट्टीएर रुनुपर्छ भने आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो । स्वरुपराज आचार्यले गाएको यो गीत मलाई कहिलेकाहीं गुन्गुनाउन मन लाग्छ । यस गीतमा डुबुल्की मार्दा म प्रेम बारे कुनै निर्णय लिन सक्दिन । तर, लाग्छ यो गीत हो । गीतले भनेजस्तो सबैको कहाँ हुन्छ ? उनलाई दिन लिएको ‘रेड रोज’ छोइन्छ कि भनेझै कोटको भित्री खल्तिमा राखें । ‘सरप्राइज’ दिनु छ । हातमा लिने त कुरै भएन, बाइकको यात्रा छ । एलिनाज क्याफेमा पुगेर बाइक रोकें । अगाडिका कयौं भेटमा यस्तो भएको थिएन । आज चाहिँ लाज, डर, उत्साह सबै भएको छ । घुँडा टेकेर उनलाई प्रपोज गर्दा क्याफेमा आएका सबैले हेर्लान भनेर लाज पनि लाग्छ । तर हेरुन् अनि सबैले ताली बजाइदिउन झैं लाग्छ । आज अरू सबै दर्शक । म हिरो उनी हिरोइन । अनि डर ? उफ् ! डर चाहिँ के को नि फेरि रु ‘रिजेक्सन’ रु जसको टाउको दुख्दा पनि मलाई नसुनाई आधा सन्चो हुँदैन, अह १ हुनै सक्दैन । यो ‘रिजेक्सन’ भन्ने शब्द हाम्रो मायाको शब्दकोषमा आउनै सक्दैन । अनि उत्साहित चाहिँ किन त फेरि ? यदि मैलेभन्दा पहिले उनले मलाई रोज दिई भने ? त्यस्तो त हुँदैन । छोरा मान्छे पो हुँ । मैले नै दिनुपर्छ । यदि भैहाल्यो भने ? भए ठीकै छ । एक हातले दिउँला, अर्को हातले लिउँला, माया बराबर । टक्क बाइकबाट झरेर हेल्मेट निकालें । अघि १५ मिनेट लगाएर मिलाएको कपाल हेल्मेटले बिगारेछ। हुन त आखिर मायाले अहिले बिगारिनै दिन्छे । तर हेल्मेटले बिगार्दा रिस, मायाले बिगार्दा माया मज्जा आउँछ । दायाँ–बायाँ नजर डुलाए, कोही थिएनन् भए पनि मैले कपाल मिलाएको कस्ले हेरेर बस्छ र ? कोटको कलर मिलाएँ । हेल्मेट हातमा लिएर भित्र छिरेँ । एक फन्को मारिसकेपछि बल्ल आँखाहरू काउन्टरको देब्रेपट्टि बसेकी मायामा गएर अडिएँ। रातो टिसर्ट अनि कालो स्कर्ट लगाएकी रहिछन् । न लामो न छोटो, अगाडि थोरै झारेर ‘पफ’ उठाएकी रैछिन कपालको । कस्सम ! कुनै एअर होस्टेज भन्दा कम राम्री छैनन् । घडी हेर्दै उसले मलाई हेरिन । ढिला गरेको परिभाषामा आँखा तरिन । नरिसाउन प्रिय ! बाँकी जिन्दगी हाम्रै हो । मैले रिसाउने मौका नदिई गएर ‘हग’ गरेँ । एउटा कुरा भनौ ! तिमीले आज स्कर्ट चाहिँ ग्रीन लगाउनुपर्ने के, ग्रीन स्कर्ट्मा रेड टिसर्ट ठ्याक्कै रोज हुन्थेऊ ! सबै रोज रेड अनि ग्रीन हुन्छन् भन्ने छैन आकाश ! उनले टेबलमा राखिएको डायरी पल्टाएर सुकेको गुलाफको फूल देखाइन गम्भीर मुद्रामा । सँगै डायरी पनि लिएर हिंड्न थालिछौ त ! अरे वा ! तिमी त खत्रा साहित्यकार भइछौ ! उसको मौनतालाई चिरफार गर्न खोजें । यहि डायरीले जिन्दगी बोकेको छ त, बोकेर हिड्नु परेन ? यसैको कारणले त मैले तिमीलाई आज यहाँ बोलाएकी । उसको जिन्दगी बोकेको भनेको डायरीले मेरो सुरुवाती जिन्दगीका पहिलो पाइला नै डग्मगाइदियो । बरू भनेको भए आफैं फ्रेश रोज मगाइदिन्थें । सुकेको रोज दिन लागेऊ मलाई ? ठीकै छ, आखिर ‘फ्रेश’ पनि भोलि सुक्ने नै हो क्यारे ! म विगत पाँच वर्षदेखि सुकेको गुलाफ अनि डायरी लिएर एलिनाज क्याफेमा हरेक भ्यालेन्टाइन डे मनाउँदै आइरहेकी छु । बितेका नौ महिनादेखि तिमी मेरो यति नजिक भएका छौ कि तिमीलाई कुरा सेयर नगरी केही मनमा राख्नै सक्दिन । माया आँसु खसाल्दै बोल्दै थिई, म सुन्दै गएँ । जीवन जिउन विर्सिएर सजाय तिमीले भोगिरहेकी हुन्छ नै । यो राम्रो होइन, प्लिज मेरो कुरा बुझ । भनिन्छ नि, कहिलेकाहीँ अवसरहरू ढोकामा कुर्दा झ्यालबाट जान्छन् । तर तिमी त वितेका कुरा अँगालेर वर्तमानलाई बिर्सिएकी छौ । के यात्रा गर्दा सहयात्री छुट्यो भनेर गन्तव्य नै विर्सिने ? तिमीलाईसाथ दिन कसैले हातअघि बढाउन चाहन्छ भने हात दिने कि नदिने ? हो, तिमीले मलाई आज पक्कै स्वार्थी भनौली । हो, तिमीले एलिनाज क्याफे नै किन भनेका थियौ नि ? मनिसले मलाई अन्तिम पटक यहीँ भेट्न बोलाएको थियो १४ फेब्रुअरीमा । जुन दिन मेरो लागि सबैभन्दा खुसीको र सबैभन्दा पीडाको दिन थियो । म खुसी थिएँ जसलाई आफूभन्दा धेरै माया गर्थें उसैले मलाई प्रेम प्रस्ताव राखेको थियो र उसको खुसीमा, खुसी हुन नपाउँदै त्यही दिन उसको अस्ट्रेलियाको यात्राको टिकट उसको हातमा थियो । म त्यो दिन धेरै रोएकी थिएँ । उसलाई पाएको खुसीमा र नपाउँदै गुमाएको दुःखमा छिट्टै फर्किने वाचामा सात समुन्द्रपारी गएको ऊ । विस्तारै मेरा माया पनि सात समुन्द्र हुँदै बैतर्नी तर्यो र उतै घरजम गरेर बस्यो । मेरो शहरलाई लत्याए आफ्नो संसार बसायो । उसले त मलाई भुलिसक्यो होला । तर ऊ त मेरो पहिलो प्रेम हो । मलाई मेरो पहिलो प्रेमको झन्कार अझै पनि छ । आकाश ! जसलाई म चाहेर पनि भुल्न सक्दिन । हेर माया ! तिमीले उसलाई साँचो माया गथ्र्यौ । अहिले पनि यो जीवित छ । सधैं रहिरहने छ । हो, माया मदैन ! कसैलाई प्राप्त गरे पनि नगरे पनि, साँचो मायाले त तिमीलाई जिन्दगी जिउन, खुसी हुन प्रेरणा दिन्छ । तिम्रो मायालाई लत्याएर उसले गल्ती गरेको छ । जीवन जिउन विर्सिएर सजाय तिमीले भोगिरहेकी हुन्छ नै । यो राम्रो होइन, प्लिज मेरो कुरा बुझ । भनिन्छ नि, कहिलेकाहीँ अवसरहरू ढोकामा कुर्दा झ्यालबाट जान्छन् । तर तिमी त वितेका कुरा अँगालेर वर्तमानलाई बिर्सिएकी छौ । के यात्रा गर्दा सहयात्री छुट्यो भनेर गन्तव्य नै विर्सिने ? तिमीलाईसाथ दिन कसैले हातअघि बढाउन चाहन्छ भने हात दिने कि नदिने ? हो, तिमीले मलाई आज पक्कै स्वार्थी भनौली । यदि आफ्नो प्रेम प्रकट गर्नु स्वार्थ हो भने भन मलाई । मलाई थाहा छैन् यो फूलको प्रतिक्रिया थप्पड आउँछ या हाम्रो साथीत्वको पूर्णविराम । म तिमीसँग पहिलो प्रेमको स्थान माग्दिन माया ! के मलाई तिम्रो अन्तिम प्रेमको स्थान दिन सक्छौ ? म तिमीलाई सात समुन्द्रपारी लैजाने सपना त देखाउन सक्दिन के जिन्दगीको यात्रासँगै गर्ने हक दिन सक्छौ ? भन्छन्– माया देखेर पाइँदैन् लेखेर ल्याउनुपर्छ । के तिमी मेरो मायाको भावी बनीदिन सक्छौ ? माया ! विल यु बि मार्इ भ्यालेन्टाइन !! फेसबुकबाट साभार
चरेश उत्पादन रोक्न के गर्नुपर्ला ?
नेपालको सबैभन्दा बढी लागूऔषध चरेश उत्पादन हुने जिल्लामध्ये बझाङको नाम पनि शिर्ष स्थानमा आउँछ । जिल्लाका अधिकांश क्षेत्रमा चरेश उत्पादन हुन्छ । सिजनमा यो क्षेत्रमा चरेश उत्पादन गरेर स्थानीयले त्यहिँकै व्यापारीसंग बिक्री गर्ने गर्दछन् । जिल्लाका अधिकांश क्षेत्रमा लागूऔषध चेरश दुई पटक उत्पादन हुन्छ । एक पटक श्रावण र अर्को पटक कार्तिक–मंसिरमा । जिल्लाका धेरै ठाउँका स्थानीय सिजनमा चरेश उत्पादन गरेर घर खर्च चलाउने गरेका छन् । चरेश बझाङका धेरै स्थानको आय स्रोत नै बन्न पुगेको छ । यहाँका अधिकांश स्थानीय सिजनमा उत्पादन गरेको चरेश बिक्री गरेर मनग्य आम्दानी गर्दछन् । धेरै जसो घर परिवारका पूरै सदस्य नै सिजनमा चरेश उत्पादन गर्न व्यस्त हुन्छन् । स–साना बालबालिका देखि वृद्धवद्धा पनि सिजनमा चरेश उत्पादन गरिरहेका दृष्य देखिन्छन् । चरेश बझाङका धेरै स्थानको आय स्रोत नै बन्न पुगेको छ । यहाँका अधिकांश स्थानीय सिजनमा उत्पादन गरेको चरेश बिक्री गरेर मनग्य आम्दानी गर्दछन् । अधिकांश अभिभावकले छोराछोरीलाई स्कूल नपठाएर चरेश उत्पादनमा लगाइ रहेका दृश्य सजिलै देख्न पाइन्छ । सिजनमा एउटा परिवारले कम्तीमा आधा किलो चरेश उत्पादन गर्दछ । बढी सदस्य भएका परिवारले सिजनमा पाँच किलोसम्म पनि चरेश उत्पादन गर्ने गर्दछन् । उत्पादित चरेश खरिदका लागि व्यवसायी गाउँमै पुग्छन् । तोला तथा किलोको हिसावले उनीहरुले स्थानीयसंग चरेश खरिद गर्ने गरेका छन् । चरेश खरिदका लागि विभिन्न जिल्लाबाट व्यवसायी त्यहाँ पुगेका हुन्छन् । सुरक्षा निकायको फितलो परिचालनका कारण सिजनमा व्यवसायीले हाँकाहाँकी किराना पसल तथा होटलमा चरेशको मोलमोलाइ गर्दछन् । एउटा गाउँबाट न्यूनतम आधा क्विन्टल चरेश उत्पादन हुन्छ । उत्पादित चरेश सम्बन्धीत ठाउँमा पुर्याउनका लागि व्यवसायीले त्यहिँकै स्थानीयलाई प्रयोग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको चरेश शहरसम्म पुर्याउनका लागि व्यवसायीले विभिन्न संजाल बनाएका हुन्छन् । अधिकांश चरेश उत्पादन हुने क्षेत्रका स्थानीयलाई चरेश प्रतिवन्धीत हो भन्नेसम्म जानकारी छैन । जसकारण निर्धक्का साथ स्थानीयले चरेश उत्पादन गरिरहेका हुन्छन् । चरेश उत्पादन गरेर बिक्री गर्नु स्थानीयको बाध्यता पनि छ । खेतीपाती गर्दा वर्ष दिनसम्म खान नपुगेपछि बाध्य भएर चरेश नै उत्पादन गर्नुपर्छ । अधिकांश परिवारको जिवीका सिजनमा उत्पादन गरिएको चरेशका कारण चलिरहेको छ । जिल्लाका विकास पूर्वाधारको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा सबैभन्दा बढि चरेश उत्पादन हुन्छ । ति क्षेत्रका स्थानीयले स्वास्थ्य, शिक्षा, यातायात तथा विद्युत् पाइरहेका छैनन् । सेवा सुविधाबाट बञ्चित भएपछि स्थानीयसंग चरेशको विकल्पमा आय आर्जनको अन्य माध्यम नै छैन । जिल्लाका अधिकांश वस्तीको जीवन सिजनमा उत्पादन हुने चरेश तथा विभिन्न जडीबुटिले धानेको छ । यदि सरकारले चरेशको विकल्पमा अन्य आय आर्जनको व्यवस्था गरि दिन्थ्यो भने यस क्षेत्रमा सायद चरेश उत्पादन हुने थिएन होला । चरेश उत्पादन गरेर बिक्री गर्नु स्थानीयको बाध्यता पनि छ । खेतीपाती गर्दा वर्ष दिनसम्म खान नपुगेपछि बाध्य भएर चरेश नै उत्पादन गर्नुपर्छ । एउटा गाउँबाट न्यूनतम आधा क्विन्टल चरेश उत्पादन हुन्छ । उत्पादित चरेश सम्बन्धीत ठाउँमा पुर्याउनका लागि व्यवसायीले त्यहिँकै स्थानीयलाई प्रयोग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको चरेश शहरसम्म पु¥याउनका लागि व्यवसायीले विभिन्न संजाल बनाएका हुन्छन् । लागूऔषध चरेशका कारण धेरै युवा यसको लतमा फसेका छन् । स्वास्थ्यका लागि चरेश हानिकारक मानिन्छ । सजिलै पाइने तथा जहितहिँ उत्पादन हुने भएका कारण चरेशका कारण कयौं युवाको भविष्य उज्यालो छैन । चरेसका ग्राहकमा अधिकांश २० वर्षमुनिका युवा र किशोर–किशोरी रहेका छन् । यो तथ्यले पनि युवाहरुमा चरेशले ठूलो प्रभाव पारेको देखाउँछ । जिल्लामा कति क्षेत्रफलमा यसको खेती गरिन्छ भन्ने एकिन तथ्यांक छैन । तर, पनि जिल्लाभर २ हजार ५ सय हेक्टर बढी क्षेत्रफलमा खेती हुने गरेको कृषि विकास कार्यालयको आकलन छ । जिल्लाका सबैभन्दा बढि साबिकका लेकगाउँ, सैनपसेला, सुर्मा, दौलीचौर, काँडा, मेलबिसौना, दातोला, रिलु, कैलाश, गडराय, बाँझ, भामचौर, दहबगर, चैनपुर, रिठापाटा, सुनिकोट, स्याडी, देउलेक, कफलसेरी, देउलीकोटलगायत गाविसमा व्यावसायिक रूपमै गाँजा खेती गरिन्छ । सिजनमा स्थानीयले व्यापारीलाई १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोका दरले चरेस बेच्ने गरेका छन् । जिल्लास्थित ठूला व्यापारीहरूले कञ्चनपुरको वनवासा, दोधारा चाँदनी तथा कैलालीका गौरीफन्टा, तिकुनिया, चन्दनचौकी र बैतडीको झुलाघाट नाकाबाट चरेस भारत तस्करी गर्छन् । बझाङ जिल्लामा सबैभन्दा ठूलो परिमाणमा २०६८ साल मंसिरमा चरेस बरामद गरिएको थियो । मंसिर ४ र ७ गते गरी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले २ सय ५३ किलो चरेससहित १० जनालाई पक्राउ गरेको थियो । त्यसयता २०६९ सालमा करिब ६५ किलो चरेस बरामद गरेको देखिन्छ । यस्तै २०७० र २०७१ सालमा भने चरेस बरामद हुन सकेन । २०७२ सालमा ८० किलो, २०७३ सालमा ३५ ग्राम र २०७४ को भदौ सम्म करिब ४७ किलो चरेस मात्र बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । हालको प्रदेश नम्बर सातमा चरेश काण्डमा पक्राउ परेका मध्ये आधीभन्दा बढि बझाङकै रहेका छन् । कैलालीको कुरा मात्रै कुरा गर्ने हो भने यहाँका विभिन्न स्थानबाट चरेश सहित पक्राउ परेका आधा जति बझाङका मानिस छन् । उनीहरुबाट ठूलो परिमाणमा चरेश बरामत भएको प्रहरीको तथ्यांक छ । कैलाली–कञ्चनपुरका विभिन्न चोर नाका हुँदै भारत निकासीका लागि चरेशका व्यापारी जिल्लामा धेरै छन् । पहाडबाट बसाइसरी आएर यहाँ स्थापीत भएका अधिकांश व्यक्तिको घरबाट हरेक वर्ष प्रहरीले ठूलो परिमाणमा चरेश बरामत गर्दछ । चरेश ओसारपसार गरे वाफत केही रकम दिन्छु भनेर सर्वसाधारणलाई व्यापारीले प्रयोग गर्ने गरेका छन् । जसले गर्दा धेरै सर्वसाधारण चरेशका कारण फस्ने गरेका छन् । गरिवी तथा अशिक्षाका कारण व्यापारीको कुरा सजिलै मान्दा धेरै स्थानीय जेलको हावा खान बाध्य भएका छन् । सात नम्बर प्रदेशमा जति पनि चेरशका घटना हुने गर्दछन् । त्यसमा प्रमुख व्यक्ति नभएर भरिया मात्रै भेटिन्छन् । प्रमुख व्यापारी अहिलेसम्म कमै प्रहरीको नियन्त्रणमा छन् । पहाडबाट तराइमा एक किलो वा त्यो भन्दा कम चरेश बढी आउने गर्दछ । यहाँका अधिकांश किराना पसलमा चुरोटमा हालेर खानलाई सजिलै पाइन्छ । यस क्षेत्रका अधिकांश युवाको सम्र्पक किराना पसलसंग भएको हुन्छ । किराना व्यवसायीबाट यहाँका युवाले सहजै खरिद गरेर प्रयोग गर्ने गरेका छन् । स्वयम् म नै सबैभन्दा बढि चरेश उत्पादन हुने क्षेत्रको व्यक्ति हुँ । मलाई पनि यहाँका धेरै युवाले चरेश ल्याइदिनु हैं भनेर आग्रह गर्दथे-गरिरहन्छन् ? स–सानो कागजको टुक्रामा प्याक गरेर यहाँका बजार क्षेत्रका व्यवसायीले युवालाई बेच्ने गरेका छन् । व्यवसायीले एउटा पिस दश तथा बिस रुपैयाँमा बिक्री गर्ने गर्दछन् । बजार क्षेत्रका विभिन्न झाडीहरुमा युवाको संख्या भेटिने गरेको छ । अधिकांश युवा झाडीमा गएर गफिनुको मुख्य कारण चुरोट पिउनलाई हो । धेरै युवाले खाली चुरोट नभएर गाँजा सहितको चुरोट पिउने गरेका छन् । विद्यालय देखि क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी गाँजाको तलतलमा फसेका छन् । धनगढीकै सन्दर्भमा यहाँका अधिकांश विद्यालय तथा क्याम्पस नजिक झाडीमा गएर धेरै विद्यार्थीले लुकीछुपी गाँजा सहितको चुरोट पिइरहेका दृश्य सजिलै देख्न सकिन्छ । अधिकांश युवा झाडीमा गएर गफिनुको मुख्य कारण चुरोट पिउनलाई हो । धेरै युवाले खाली चुरोट नभएर गाँजा सहितको चुरोट पिउने गरेका छन् । विद्यालय देखि क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी गाँजाको तलतलमा फसेका छन् । गाउँघरमा प्रहरी निगरानी नहुँदा चरेश किनबेच खुलेयाम हुने गर्दछ । प्रहरीको सक्रियता बढ्न सकेमा केही हतसम्म भए पनि चरेश उत्पादन रोकिने देखिन्छ । पहाडी क्षेत्रमा उत्पादन हुने चरेश तराइसम्म सजिलै आइपुग्छ । प्रहरीको फितलो चेकजाँचका कारण व्यवसायीले सहजै चरेश शहरमा पुर्याउने गर्दछन् । सीमानाकामा चेकजाँचमा कडाइ गर्ने भएकाले कहीलेकाही व्यवसायी पक्राउ पर्ने गर्दछन् । नेपालबाट भारतका विभिन्न स्थानमा पुर्याएर यस क्षेत्रका व्यापारीले चरेश त्यहि बिक्री गर्ने गर्दछन् । धेरै पटक भारतका विभिन्न क्षेत्रबाट पनि नेपालबाट गएको चरेश सहित व्यवसायी पक्राउ परेका छन् । गाँजा उत्पादनलाई रोक्नका लागि सरकारले ठोस कानून निर्माण गरेर कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, गाँजा मात्रै उत्पादन हुने तथा अन्य आर्जन नहुने स्थानमा राज्यले आम्दानीको विकल्प खोजी दिनुपर्छ । यस्तै, प्रहरीको सक्रियताका बढाउनुका साथै सचेतनामुलक कार्यक्रममा जोड दिन सकेमा गाँजा उत्पादनमा कमी आउने देखिन्छ।
२०७५ सालको जेठमा मलमास : कुन–कुन चाड कहिले–कहिले सरे ?
काठमाडौं । आगामी वर्ष २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो । विजयादशमी कात्तिक २ गते परेको छ। नवरात्र भने असोज २४ गते सुरु हुने छ अर्थात् सो दिन घटस्थापना गरिने छ। फूलपाती असोज ३०, महाष्टमी ३१ र महाानवमी कात्तिक १ गते पर्ने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् । यस्तै तिहारको लक्ष्मीपूजा कत्तिक २१ गते बुधबार परेको छ। २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीटा (भ्रातृद्वितीया) परेको छ । मिथिलाञ्चलवासीको महत्त्वपूर्ण पर्व छठ (सूर्यषष्ठी) कात्तिक २७ गते परेको छ । यस्तै आमाको मुख हेर्ने पर्व मातथीर्थ औँसी वैशाख ३ गते परेको छ । उक्त दिन सोमबार परेको छ । सनातन धर्म–संस्कृतिमा सोमबारे औँसीलाई महत्त्वपूर्ण मानिन्छ । यस्तै अक्षय तृतीया वैशाख ५ गते पर्ने पात्रोहरूमा उल्लेख छ । बुद्धजयन्ती वैशाख १७ गते परेको छ। यसैदिन किरात समुदायको उभौली पर्छ। जेठ १ देखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । सामान्यतया एउटै महिना (सौर) मा दुईवटा औँसी पर्दा त्यो मलमास हुन्छ । जेठ १ र ३० गते औँसी छन् । मलमास परेपछि चाडपर्वहरू एक महिना पर धकेलिन्छन् । मलमासको समयमा चाडपर्व पर्दैनन् भने अन्य मांगलिक कार्य पनि गर्नुहुँदैन भन्ने मान्यता छ । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा साउन ११ गते छ। यस्तै चतुर्मास व्रतअन्तर्गतको हरिशयनी एकादशी साउन ७ गते परेको छ । रक्षाबन्धन तथा रक्षाबन्धन भदौ १० गते पुगेको छ । बाबुको मुख हेर्ने औँसी भदौ २४ गते पुगेको छ। तीज भदौ २७ र ऋषिपञ्चमी भदौ २९ गते परेको छ। सोह्रश्राद्ध असोज ९ गते सुरु भई २२ गते सकिने पञ्चाङ्गहरूले जनाएका छन्। यस्तै हरिबोधिनी एकादशी मंसिर ३ गते पुगेको छ। चतुर्मास व्रत भने मंसिर ७ गते पूर्णिमाका दिन सकिने उल्लेख छ। यस्तै बालाचतुर्दशी पर्व मंसिर २० गते परेको छ। जनकपुरको महत्त्वपूर्ण पर्व विवाहपञ्चमी मंसिर २६ परेको छ। किरातहरूको उँधौली पर्व अर्थात् धान्यपूर्णिमा पुस ७ गते परेको छ। काठमाडौं उपत्यकाको महत्त्वपूर्ण स्वस्थानी व्रत माघ ७ गते सुरु भएर फागुन ७ मा पूरा हुने पात्रोहरूले जनाएका छन् । विद्यार्थीहरूको विशेष दिन श्रीपञ्चमी माघ २७ मा पुगेको छ। महाशिवरात्रि फागुन २० गते सोमबार परेको छ। यस्तै फागुपूर्णिमा चैत ७ मा पुगेको छ। चैतेदसैँ र रामनवमी चैत ३० गते एकैदिन परेको छ। यस्तै साउन ११ गते आषाढ शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण परेको पञ्चाङ्गहरूले उल्लेख गरेका छन्।
चुट्किला: लौरो खोई ?
आमा- सुन्नुस् त ! हाम्रो छिमेकमा बस्ने खड्का काजीको छोराले गणितमा सयमा ९८ नम्बर ल्याइछ नि ? बाउ- अनि दुई नम्बर कता हालेछ त मोराले ? आमा- त्यो हाम्रो छोराले ल्याइछ ! . . . . बाउ- लौरो खोई मेरो लौरो ?
लोकसेवा परीक्षामा सोधिने प्रश्नोत्तर
नेपालको हावापानीले पारेका पाँच वटा असरहरु उल्लेख गर्नुहोस् । दक्षिण एसिया र दक्षिण–पूर्व एसियाका क्षेत्रहरुमा जस्तो नेपालमा उष्ण मौसमी हावापानी पाइन्छ । यहाँ मुख्यरुपमा उचाइको कारणले भने हावापानीको अवस्थामा देशका विभिन्न क्षेत्रहरुमा ठूलो विविधता पाइन्छ । वर्षभरिको वायुमण्डलीय अवस्थालाई ध्यानमा राख्दा नेपालमा हावापानीका ग्रीष्मकालीन अवस्था र शीतकालीन अवस्था गरी दुई अवस्था पाइन्छन् । सानो र अधिकांश भूभाग पहाडै पहाडले निर्मित मुलुक नेपालको हावापानीलाई मुख्यतः पाँच भागमा विभाजन गरी अध्ययन गर्ने गरिएको छ । यहाँ पाइने विभिन्न प्रकारका हावापानीले पारेका असरहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः → हिमाली भेगमा अत्यन्त चिसो भइरहने र हिउँ जमिरहने भएकाले खेतीपातीको राम्रो उब्जनी नहुने, जैविक जनजीवन अत्यन्त कष्टकर रहेको, बाह्रै महिना बाक्ला लुगा लगाउनुपर्ने, जाडो छल्न तथा शरिर तताउनका लागि रक्सी सेवन गर्ने परम्परा, वन बुट्यान फस्टाउन नसकी प्राय झारी, लेउ, झ्याउ मात्र उम्रने, जाडो खप्न सक्ने हुनाले चौरीँ गाई, भेडा, च्याङ्ग्रापालन मुख्य कृषि पेशा रहेको → पहाडी प्रदेशको हावापानी जैविक दृष्टिले अनुकूल रहने भएतापनि खेतीपाती खासै राम्रो नहुने, पहाडका बेँसीका फाँटहरुमा धान उत्पादन भए पनि प्रमुख कृषि बालीका रुपमा मकै खेती गरिने, घाँसपात प्रशस्त पाइने र चरिचरनको व्यवस्था भएको हुँदा हुँदा पशुपालन गरिने, स्वास्थ्यका दृष्टिकोणले यहाँको हावापानीलाई उत्तम मानिएको → तराई प्रदेशमा अत्यन्त गर्मी हुँने र मनसुनी वायु प्रवेश गर्ने नेपालको पहिलो भौगोलिक क्षेत्र भएकोले वर्षा पनि बढी हुने, हिउँदमा तुषारो तथा चिसो हुने भएतापनि खेतीपातीका लागि अनुकूल मौसम हुने, अग्ला र ठूला तथा कडा जातका रुखहरु हुर्कने वातावरण भएको, गर्मीयाममा पातला कपडा लगाउने, देशको अन्य क्षेत्रभन्दा तापक्रम बढी हुने र जैविक जनजीवन सामान्य हुने → हिन्दमहासागरबाट आएको मनसुनी वायु नेपालको पूर्वी भेगमा पहिले प्रवेश गर्ने हुँदा पूर्वदेखि पश्चिमको क्रममा वर्षा कम हुँदै जाने, यसैगरी गर्मी महिनामा बहने सुष्क वायु पनि तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर जानेक्रममा तराईमा अत्यधिक गर्मी हुँदै पहाडमा गर्मीको केही अनुभव र हिमालसम्म पुग्दा सो वायु चिसो भई खासै असर नगर्ने → जलवाष्पले भरिएको मनसुनी वायु बहने क्रममा तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर पनि त्यसैगरी वर्षा कम हुँदै जाने हुँदा कृषि बाली उत्पादन पनि सोही अनुसारको हुँने, नेपालमा पाइने ऋतुहरुलाई स्पष्ट रुपमा हिमाली क्षेत्रमाभन्दा तराई क्षेत्रमा रहेर अध्ययन गर्न सकिने, हिमालको तुलनामा तराईमा रोगका कारक तत्वहरु बढी पाइने एजेन्सीको सहयोगबाट
सेक्सको लत के हो ? कसरी थाहा पाउने ?
काठमाडौं। २३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् । कैयौँ वर्षसम्म अमियाडा र उनकी आमाले आखिर यस्तो किन हुन्छ भनेर बुझ्न सकेनन् किनभने कुनै पनि व्यक्ति हरबखत यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो कुरा पक्कै होइन । अमियाडाले भनिन्, ‘१३–१४ वर्षको उमेरमा नै मैले सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । कुनै कुनै बेला उत्तेजना हुनु त बरु राम्रै कुरा हो, हरबखत यही रोग हावि हुँदा भने मलाई बडो तनाव हुन्थ्यो । ठाउँ न कुठाउँमा यस्तो अनुभव गर्नु पक्कै पनि रमाइलो कुरा होइन ।’ ‘मलाई सधैँ सेक्सको आवश्यकता महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई अग्र्याजम चाहिन्थ्यो । १८वर्षको उमेरसम्म त आफूलाई अति असामान्य टिनएजरका रुपमा छु भन्ने थाहा पाइसकेकी थिएँ ।’ अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘छोरी यौनिक रुपमा अति सक्रिय रहेको निकै पहिले थाहा भइसकेको थियो । ऊ जतिबेला पनि सेक्स र सेक्ससम्बन्धी कुराप्रति उत्सुक हुने गर्थी ।’ अमियाडा भन्छिन्, ‘मानिसहरुलाई म सेक्सको लतको शिकार छु भन्ने लाग्थ्यो । हरेक दिन म आफैँसँग संघर्ष गरिरहेकी हुन्थेँ । मलाई सबै कुरा अनौठो लाग्थ्यो । म सोसल मिडियाबाट टाढै बस्थेँ र केही गर्न मन लाग्दैनथ्यो । हरबखत सेक्सका बारेमा मात्र सोच्थेँ ।’ यतिबेला भने अमियाडा र उनका ब्वाइफ्रेन्ड जोजो यस रोगबाट उम्कने बाटो खोजिरहेका छन् । दुवैको एक वर्षअघि भेट भएको थियो ।? त्यसबेलादेखि उनीहरुबीच सामीप्य मात्र बढेन, धेरैथोक पनि अघि बढ्यो । दुवै बिहे गर्ने सोचम पुगे भने मगनी पनि गरिहाले । आफ्नो समस्या उनले आफ्नो ब्वाइफ्रेन्ड जोजोलाई बताइन् । जोजोले पनि सहयोग गरे । ‘जोजोलाई मेरो समस्याबारे थाहा पाएपछि खासै दुःखी भएका छैनन्, उनले समस्याबाट निस्कनका लागि सहयोग गरिरहेका छन्,’ अमियाडा भन्छिन् । जोजोले उनलाई अस्पताल लैजान, सुई लगाउन र चाहिएका सबै किसिमको सहयोग गरिरहेका हुन्छन् । अमियाडाको उपचारमा संलग्न मिसिगन विश्वविद्यालयकी प्राध्यापक प्रियंका गुप्ताले उनको उपचारका लागि ३० वटा भिन्दाभिन्दै तरिका अपनाइरहेकी छन् ताकि अमियाडाको अवस्थामा सुधार आओस् । यस्तो रोग कसरी लाग्छ ? प्रियंका भन्छिन्, ‘यसको खास कारण कसैलाई पनि थाहा छैन । बरु अमियाडालाई उपचार गर्न कैयौँ थेरापीहरु दिइरहेकी छु । अवस्था सुधारोन्मुख छ ।’ यस रोगलाई छोटकरीमा पिजिएडी भनिन्छ । यसले मानिसलाई तनाव दिइरहन्छ । सुरुमा यसलाई बुझ्न निकै गाह्रो हुन्छ । कैयौँ पटक त सेक्सको अति चाहका कारण लज्जाबोध पनि झेल्नुपर्ने हुन्छ । कुनै निश्चित उमेरसमूहका व्यक्ति यसबाट पीडित हुन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । जवान वा बूढा जोसुकै पनि यसको चपेटामा पर्न सक्छन् । कसरी थाहा पाउने -यौन उत्तेजनाको अवधि निकै लामो हुन्छ । यो घण्टामा मात्र सीमित हुँदैन, हप्तौँ र महिनौँसम्म उत्तेजना महसुस भइरहन्छ । -यौन उत्तेजना एक या दुई पटकको सेक्सबाट पूरा हुँदैन । -यसमा यौन उत्तेजना बिल्कुल अनियन्त्रित, अनुचित हुन्छ । -पिजिएडीले यौन गतिविधिलाई सक्रिय मात्र बनाउने होइन कि अन्य किसिमका चिजले पनि उत्तेजनाको महसुस गराउँछ । -यसबाट पीडित व्यक्तिले बढी नै तनाव महसुस गर्छन् । -यस रोगका मानिसहरु अवसादग्रस्त हुन्छन् । -त्यो डिप्रेसन यति बढ्छ कि कसैले त आत्महत्या गर्नेबारे पनि सोच्छन् । बीबीसी