मन्थली नगरमा गठबन्धन तगडा, एमाले सकसमा
सूर्य सुवेदी
रामेछाप । स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो । त्यतिबेला नेकपा एमालेका उमेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याई मन्थली नगरको प्रमुखमा बाजी मारेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद कुमार कार्कीले ५ हजार ३७९ र माओवादीका उमेद्वार तारानारायण श्रेष्ठले ५ हजार ३११ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा राप्रपाले ७११ र नयाँ शक्तिले ६६ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पाएको मतभन्दा कांग्रेसका उमेद्वारले पाएको मतको फरक भनेको जम्मा १ हजार १५० कम मत हो भने एमालेले प्राप्त गरेको मतभन्दा माओवादीले प्राप्त गरेको मतको फरक भनेको १२ सय १८ मत हो । उक्त निर्वाचनमा कांग्रेससँग माओवादीको फरक मत जम्मा ६८ हो । उप प्रमुखमा एमाले उमेद्वार निर्वाचित भएको उक्त निर्वाचनमा मतान्तर भने करिब प्रमुख बराबरको नै छ अहिलेको अवस्थामा ।
मन्थली नगरपालिकामा अहिले २०७४ को भन्दा अवस्था फेरिएको छ । पहिलो कुरा, २०७४ मा एमालेबाट नगरपालिका प्रमुखमा निर्वाचित रमेश कुमार बस्नेत नेकपा एकीकृत (समाजवादी) तिर लागेका छन् । स्थानीय बासिन्दाको अनुमानमा रमेश कुमार बस्नेत समाजवादीतिर लागेपछि कम्तिमा पनि उनले मन्थली नगरको १२ देखि १५ सय मत आफूतिर तान्नेछन् । उक्त मत २०७४ मा एमालेले पाएको मतमा घटाउँदा एमालेको मत ५ हजार ३२९ मा झर्ने छ र यो नगरमा कांग्रेस, एमाले र माओवादीको मत करिब बराबर हुनेछ भने समाजवादीको मत १२ सय हुनेछ ।
अहिले राष्ट्रियरुपमै कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनले मिलेर चुनाव लड्ने तयारीले यहाँ गठबन्धनको मत ११ हजार ८ सय ९० हुनेछ । यो हिसाबले गठबन्धन दलमध्ये जसले टिकट पाए पनि ६ हजार ५६१ मतान्तरले चुनाव जित्नेछन् ।
वडाको अवस्था
मन्थली नगरपालिकामा जम्मा १४ वटा वडा रहेका छन् । १४ वटामध्ये माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो । सदरमुकाम रहेको वडा नम्बर १, वडा नम्बर ४, ५ र वडा नम्बर १० र ११ माओवादी केन्द्रको खातामा गएको थियो भने वडा नम्बर ६, ७, ८, १२, १३ एमाले र वडा नम्बर २, ३, ९ कांग्रेसको हातमा गएको वडा हो । वडा नम्बर १४ राप्रपाले जितेको थियो ।
२०७४ मा विभिन्न पार्टीमा खसेको मत र अहिले गठबन्धनमा रहेका दलहरुको मत जोड्दा पाँच वटा वडा बाहेक नौ वटा वडा गठबन्धनले जित्ने प्रष्ट देखिन्छ । वडा नम्बर १ मा गठबन्धनको मत ८९९ छ भने गठबन्धनभन्दा एमाले ४५७ मतले पछि छ । यस्तै वडा नम्बर २ मा गठबन्धनको मत ९३० एमाले ४८८ ले पछि, वडा नम्बर ३ मा गठबन्धन ६७६ मत, एमाले २३४ मतले पछि, वडा नम्बर ४ मा गठबन्धन ८७४, एमाले ४५९ ले पछि, वडा नम्बर ५ मा गठबन्धन ६०५, एमाले २०७ मतले पछि, वडा नम्बर ६ मा गठबन्धन ७४३, एमाले १५१ मतले पछि, वडा नम्बर ७ मा गठबन्धन ६९५, एमाले २ मतले पछि, वडा नम्बर ८मा गठबन्धन ६२७, एमाले २५२ मतले अघि, वडा नम्बर ९मा गठबन्धन ८७७, एमाले ५३० मतले पछि, वडा नम्बर १० मा गठबन्धन ६९७, एमाले ५०९ मतले पछि, वडा नम्बर ११मा गठबन्धन १२०८, एमाले एक हजार १२ मतले पछि, वडा नम्बर १२मा गठबन्धन ४४६, एमाले १६८ मतले अघि, वडा नम्बर १३मा गठबन्धन ५२३, एमाले २११ मतले अघि, वडा नम्बर १४ मा राप्रपाको पक्षमा नतीजा थियो ।
समग्रमा २०७४ को स्थानीय निर्वाचनमा विभिन्न दललाई खसेको मतअनुसार गठबन्धन र एमालेमा विभाजन गर्दा मन्थली नगरपालिका र अधिकांश वडाहरुमा गठबन्धनले स्पष्ट जितको नतिजा ल्याउने देखिन्छ । यो रिपोर्टमा नगर प्रमुखमा समाजवादीतिर गएको मत यहाँ प्रस्तुत गरे पनि वडामा त्यो मतलाई नघटाई एमालेको साविक मत राखेको कारणले वडा नम्बर ३, ८, १२ र १३ मा एमाले बलियो देखिए पनि उक्त मत एमालेको नाममा कायम रहने छैन ।
‘सेन्टी भाइरस’को गीत ‘पार्टी जिताइदे’ सार्वजनिक (भिडियोसहित)
काठमाडौंः आउँदो शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक गरिएको छ । केही अगाडि मात्र छायाँकन गरिएको यो गीत निर्माण युनिटले प्रमोसन गीतको रुपमा बनाएको छ । चितववनको भरपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भित्र छायाँकन गरिएको गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुन्जाउँदै छायाँकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत थुप्रै कोरस पनि प्रयोग गरिएको छ । गीतमा फिल्मको केही महत्त्वपूर्ण दृश्य पनि समेटिएको छ । गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका हुन् । गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टी बिच भएको झगडा देखाउन खोजिएको छ । शुभविहानी फिल्मसको ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (धुर्मुस), कुन्जना (सुन्तली), सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।
काठमाडौंबाट नक्कली नोट बनाउने गिरोह मेसिनसहित पक्राउ
काठमाडौंः काठमाडौंकाे गोंगबुबाट नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–७ का कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने बल बहादुर राना मगर, डोटी पूर्वीचौकी गाउँपालिका–३ का आर्यान खड्का र धनकुटा छत्र जोरपटी–३ का छत्र बहादुर लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित बुधबार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरेको छ । यस्तै, उनीहरुको साथबाट १ हजार दरको नोटको ए४ साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको ३५ थान पेपर, रंगीन फोटोकपी मेसिन र गोल किस्ट कम्पनीको सीपीयू समेत फेला परेको प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जनाएका छन् । पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता मुद्रा सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान चलरहेको पाण्डेले बताए । यस कसूर अन्तर्गत पक्राउ परेका व्यक्तिलाई मुद्भाको परिमाण र मुल्य विचार गरी ५ बर्ष देखी १० बर्ष सम्म कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास
शरच्चन्द्र भण्डारी– विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रुपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको पुष्टि मात्र गरेको छैन अपितु चीनको विदेश नीतिमा नेपाल प्राथमिकतामा रहेको तथ्यलाई उजागर गरेको छ । तेइसवर्षपछि उत्तरी छिमेकी मुलुकका राष्ट्रप्रमुखको आसन्न भ्रमणलाई नेपाल–चीन आर्थिक साझेदारीका खातिर भरपुर उपयोग हुने ठानिएको छ भने विकासका संरचनाले जेलिएको नेपाललाई केरुङ–काठमाडौँ रेल÷प्रसारण मार्ग निर्माणमा चिनियाँ सहयोगको घोषणाको अपेक्षा गरिएको छ । व्यापारका पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको नेपालको व्यापार विविधीकरणको प्रयासले सार्थकता पाउन नसकेको वर्तमान परिप्रेक्ष्यमा कोरलानाकामा सुक्खा बन्दरगाह बनाउने लक्ष्य पूरा गर्न तथा पोखरा–कोरला दुईतर्फी सडक निर्माणका विषयले राष्ट्रपतिको भ्रमणका क्रममा निष्कर्षमा टुङ्गिने विश्वास गरिएको छ । उक्त मार्ग निर्माणको ठोस सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)का साथै त्यसमा लगानी पनि चिनियाँ पक्षबाटै होस् भन्ने आशय सरकारले व्यक्त गरेको छ । यद्यपि त्यो अहिलेसम्म सार्वजनिक भएको छैन र डिपीआरको लगानी ढाँचा टुङ्ग्याउन पनि बाँकी नै छ । व्यापारका पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको नेपालको व्यापार विविधीकरणको प्रयासले सार्थकता पाउन नसकेको वर्तमान परिप्रेक्ष्यमा कोरलानाकामा सुक्खा बन्दरगाह बनाउने लक्ष्य पूरा गर्न तथा पोखरा–कोरला दुईतर्फी सडक निर्माणका विषयले राष्ट्रपतिको भ्रमणका क्रममा निष्कर्षमा टुङ्गिने विश्वास गरिएको छ । व्यापार र लगानी प्रवद्र्धन गर्न दुई राष्ट्रबीच स्थायी संयन्त्र गठनको घोषणा हुन सक्ने परराष्ट्र मन्त्रालयका एकजना वरिष्ठ अधिकारी बताउँछन् । चीनको बढ्दो विश्वव्यापी व्यापार र बाह्य लगानी नेपाल भित्र्याउन थप प्रयत्न गर्ने सुक्खा बन्दरगाह निर्माणमा अनुदान सहयोग जुटाउने, नेपाल–चीन ऊर्जा सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन गर्ने कार्य सञ्चालन प्रारुपमा सहमति हुने अपेक्षा गरिएको छ । आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्दै आएको चीन सरकारले लुम्बिनीको प्रचारप्रसार अभिवृद्धिका साथै बुद्ध धर्मप्रति आस्थावान् उनीहरुलाई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन प्रेरित गर्नेछ । नेपाल–चीन ऊर्जा संयन्त्रको सुदृढीकरण, ऊर्जा सचिव र प्राविधिक स्तरमा बनेका द्विपक्षीय संयन्त्रको प्रभावकारिताको समीक्षा भ्रमणकै क्रममा हुनेछ । नुवाकोट–रातमाटे–केरुङ विद्युत् प्रसारण लाइन निर्माण, जलविद्युत् उत्पादनमा चिनियाँ लगानी सुनिश्चित गर्ने विषयमा पनि समझदारी हुने बताइएको छ । आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्दै आएको चीन सरकारले लुम्बिनीको प्रचारप्रसार अभिवृद्धिका साथै बुद्ध धर्मप्रति आस्थावान् उनीहरुलाई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन प्रेरित गर्नेछ । आगामी तीन वर्षभित्र अल्पविकसित राष्ट्रको सूचीबाट नेपाललाई विकासशील देशमा रुपान्तरण गर्ने वर्तमान सरकारको लक्ष्य पूरा गर्न विशाल वैदेशिक लगानी र स्वदेशी पूँजी अपरिहार्य भएकाले चिनियाँ लगानीकर्तालाई नेपालका उत्पादनशील क्षेत्रमा प्रोत्साहन गर्न अनुरोध गरिनेछ । भौतिक पूर्वाधार, कलकारखाना निर्माण, अवसरहरुको सिर्जना, उत्पादकत्व वृद्धि, सीप विकास, प्राविधिक शिक्षाको चौतर्फी उपयोग र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा चीनले हासिल गरेको विकास नेपालीमाझ साटासाट गर्ने (प्रविधि हस्तान्तरण) जस्ता विषयमा पनि चिनियाँ सहायता यो भ्रमणकै क्रममा जुट्ने विश्वास गरिएको छ । चीनजस्तो विशाल राष्ट्रसँग छिमेकीको निकट सम्बन्ध मात्र होइन ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध पनि उत्तिकै पुरानो र प्रगतिशील छ । हिमालझै अटल द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभका खातिर अझ उन्नत तुल्याउने उद्देश्यका साथ राष्ट्राध्यक्षका तहबाट हुन लागेको यो भ्रमणलाई नेपालीले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेको छ । चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाललाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्ने मार्गचित्र बनाउन ठूलो सहायता प्राप्त हुने अपेक्षा पनि गरिएको छ । दिगो शान्ति र राजनीतिक स्थायित्व हासिल भएसँगै आर्थिक समृद्धिको मार्गमा भर्खरै लम्किएको छिमेकीले चिनियाँ सहयोगको अपेक्षा गर्नु अनपेक्षित पनि होइन । तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुकले सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा भइसकेको र नेपालको संविधान पनि कार्यान्वयनमा गइसकेको वर्तमान परिवेशमा छिमेकी देशका विशिष्ट पाहुनालाई स्वागत गर्न पाउनु नेपाल र नेपालीका निम्ति गौरव र गर्वको विषय हो । चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाललाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्ने मार्गचित्र बनाउन ठूलो सहायता प्राप्त हुने अपेक्षा पनि गरिएको छ । दिगो शान्ति र राजनीतिक स्थायित्व हासिल भएसँगै आर्थिक समृद्धिको मार्गमा भर्खरै लम्किएको छिमेकीले चिनियाँ सहयोगको अपेक्षा गर्नु अनपेक्षित पनि होइन । सन् १९५५ को अगष्ट १ तारिखमा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा शताब्दीऔँअघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको छ । करीब सात वर्षअघि भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हाल्नु भएका राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर दोस्रो कार्यकालको पूर्वाद्र्धमा नै आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई राजकीय भ्रमणमा आमन्त्रण गरेर द्विपक्षीय मैत्री र साझेदारीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यथार्थ नेपाली जनताले बिर्सेका छैनन् । राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रपति सीले नेपाल–चीनबीच हिमालयपार बहुआयामिक सम्बन्ध सञ्जालको बृहत्तर ‘फ्रेमवर्क’ अन्तर्गत सीमापार रेलमार्गलगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने घोषणा भइसकेको सन्दर्भमा यो भ्रमणले विगतका सबै सहमति÷सम्झौतालाई कार्यान्वयनको कसीमा खरो उतार्न ऊर्जा मिल्ने विश्वास पनि गरिएको छ । राष्ट्रपति सीभन्दा धेरै अघि सन् यात्सेन र माओत्से तुङलगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा विशेष योगदान गरेको तथा त्यसैलाई निरन्तरता दिँदै २३ वर्षअघि राष्ट्रपति चियाङ चमिन र पारस्परिक सम्बन्धलाई समयानुकूल बनाउँदै नेपालको समृद्धि र प्रगतितर्फको यात्रामा सघाउने मनसायबाट यस पटक राष्ट्रपति सीको यो भ्रमण भएको छ । समस्यारहित नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय छ । नेपाल र चीन कूटनीतिक सम्बन्ध स्थापनाको झण्डै साढे छ दशकको अवधिमा अझ भनौँ दुई देशको इतिहासमा पहिलोपटक पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ मा हस्ताक्षर भएको छ । राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका बेला यो सम्झौताले चीनको भूभाग हुँदै समुद्रसम्मको नेपालको पहुँच स्थापित भएको छ । साथै यसले नेपालको तेस्रो मुलुकसँग व्यापारिक कारोवारका लागि चिनियाँ भूभाग भएर समुद्रसम्म पहुँच सुनिश्चित मात्र गरेको छैन, नेपालको पारवहन सुविधालाई विविधीकरण गरेको छ । विकल्पविहीन अवस्थाबाट मुक्त नेपाल एकमात्र देशसँगको हाम्रो निर्भरताको अन्त्यका साथै विश्वबजारसम्म हाम्रो बाटो खुुलेको छ भने उत्पादन बढाएर चीनसहित अन्य मुलुकमा नेपाली उपज निर्यात गर्नुपर्ने चुनौती थपिएको छ । नेपाल र चीनबीच हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी नेटवर्क’को बृहत्तर ‘फ्रेमवर्क’लाई दुवै देशले ठोस र योजनाबद्ध ढङ्गले अगाडि बढाउन भएको सहमति अब शीघ्र कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपति सीको भ्रमणका क्रममा भौतिक पूर्वाधारसम्बन्धी केही विशाल परियोजनाको घोषणा हुने अपेक्षा पनि गरिएको छ । ‘बिआरआई’लाई ‘कनेक्टिभिटी’ तथा पूर्वाधार विकासको माध्यमबाट आर्थिक विकास हासिल गर्न सकिने महत्वपूर्ण औजारका रुपमा यसको महत्व स्थापित भएको छ । राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रपति सीले नेपाल–चीनबीच हिमालयपार बहुआयामिक सम्बन्ध सञ्जालको बृहत्तर ‘फ्रेमवर्क’ अन्तर्गत सीमापार रेलमार्गलगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने घोषणा भइसकेको सन्दर्भमा यो भ्रमणले विगतका सबै सहमति÷सम्झौतालाई कार्यान्वयनको कसीमा खरो उतार्न ऊर्जा मिल्ने विश्वास पनि गरिएको छ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयमा चीनसँगको नेपालको साझेदारी राष्ट्रपति सीको भ्रमणबाट पल्लवित हुनेछ । नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवद्र्धन र व्यापारिक नाकाहरु खोल्ने विषयमा बेइजिङको विगतदेखिकै सकारात्मक सोच तथा त्यस दिशामा सघाउने उसको तत्परता तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चिनियाँ सहयोग रहने राष्ट्रपतिको तहबाटै यसअघि व्यक्त प्रतिबद्धतालाई व्यवहारमा अनुवाद हुनेमा सारा नेपाली ढुक्क छन् । बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी गर्न प्रोत्साहित गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयमा चीनसँगको नेपालको साझेदारी राष्ट्रपति सीको भ्रमणबाट पल्लवित हुनेछ । प्रधानमन्त्रीको पोहोर असारमा भएको औपचारिक भ्रमणले पनि द्विपक्षीय हित संरक्षण र प्रवद्र्धनमा नयाँ इँट्टा थपेको थियो । केरुङ–काठमाडौँ रेलमार्ग निर्माण, कोशी, कालीगण्डकी र कर्णाली आर्थिक कोरिडोर, प्रधानमन्त्री ओलीको पहिलो कार्यकालका बेला भएको औपचारिक भ्रमणका क्रममा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौतासँगै व्यापार तथा पारवहनको फाँट फराकिलो भएको थियोभने उक्त सम्झौताबमोजिम चीनका चार वटा सुक्खा बन्दरगाहको निर्बाध प्रयोगका निम्ति राष्ट्रपतिको तहमा हुन लागेको यो भ्रमणले मार्ग प्रशस्त गर्नेछ । प्रधानमन्त्रीको पोहोर असारमा भएको औपचारिक भ्रमणले पनि द्विपक्षीय हित संरक्षण र प्रवद्र्धनमा नयाँ इँट्टा थपेको थियो । “हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउनका निम्ति तपाईंसँग सहकार्य गर्न तत्पर छुु”, चिनियाँ राष्ट्रपतिले आफ्ना नेपाली समकक्षीलाई संविधान दिवसका दिन पठाएको सन्देशमा व्यक्त यो वाक्यांशले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । रासस
संसारभरी नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना छः अध्यक्ष प्रचण्ड
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने कुरा दुरगामी महत्वको एउटा ऐतिहासिक पहकदमी हो । यसले धेरै चिज फेरबदल ल्याइदिएको छ । किनभने पहिलोचोटी नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय मतद्धारा झण्डै दुइतिहाई बहुमत प्राप्त भएको छ । ०१५ सालमा एकचोटी कांग्रेसलाई प्राप्त भएको थियो । २००७ सालमा त कांग्रेस मुख्य थियो । जनताले कांग्रेसले केही गर्ला कि भन्ने आशा गरेका थिए । त्यतिबेला कम्युनिष्ट पार्टी भरखर जन्मेको, त्यति धेरै संगठन विस्तार भइसकेको थिएन । अहिले दोस्रोपटक तपाईहरुले नेतृत्व गर्नुस् भनेर जनताले दुईतिहाईको नजिक पुर्याएको छ । अर्को यो अन्तर्राष्ट्रिय रुपमा पनि ठूलो घट्ना भएको छ । सामान्य कुरा भएको छैन । पूरै संसारले हेरिरहेका छन्, नेपाललाई । कम्युनिष्टहरु चाहिँ करिब–करिब डिफेन्सिभ भए भनेको बेला नेपालमा त अफेन्सिभ भएर आयो फेरि । नयाँ शिराबाट शक्ति सञ्चय गरेर आयो । बलका विभिन्न रुप हुन्छन्, हतियार मात्रै बल होइन । संघर्षका विभिन्न रुप हुन्छन्, हिंसात्मक मात्रै संघर्ष होइन । सामाजिक परिवर्तनमा विभिन्नखाले संघर्ष र रुपहरुको प्रयोग परिस्थितिअनुसार गरिन्छ । हामीले कम्युनिष्ट पार्टीको एकता गरेर क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा समाजवाद निर्माणको सन्दर्भमा निकै ठूलो परिघट्ना हो यो । दुईवटा पार्टी मिलाउने, चुनाव जित्ने मात्रै भन्ने त्यो भित्र अन्तर्निहित विचार होइन । जसरी ०५२ सालमा युद्ध सुरु गर्दा कतिपय साथीहरुलाई लागेको थियो, यो दुई चार महिनामा ध्वस्तै हुन्छन् यिनीहरु तर हामीले जुन फिलोसफी, विचार, कार्यनीति, राजनीति रणनीति, परिस्थितिको विश्लेषण गरेका थियौँ, त्यसले गर्दा त्यो अगाडि बढ्यो र एउटा बिन्दुमा त्यसले शान्तिप्रक्रियातिर जानुपर्छ भन्ने ठाउँसम्म ल्यायो र एउटा परिवर्तन भयो । यो एकता प्रक्रियाले पनि चाहिँ हेरेको धेरै ठूलो कुरा छ । हामीले २१ औँ शताब्दीमा नेपालबाट नयाँ मोडलको सामाजिक रुपान्तरण दिने र संसारभरीका श्रमजीवी, न्यायप्रेमी जनसमुदायहरुलाई चाहिँ हामीले योगदान गर्न सकियोस्, भन्ने उद्देश्य यो भित्र अन्तर्निहित छ । यो दुई पार्टी मिल्यो टुंगियो भन्ने कुरा चाहिँ होइन । यो नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार, राजनीतिलाई पनि विकसित र परिमार्जन गरेर देशलाई नै नयाँ बनाउने, समृद्ध बनाउने, नेपालीलाई नै माथि उठाउने र यहाँबाट संसारभरी एउटा नयाँ समाजवादको मोडल दिने सपना हो यो । नेतृत्वको सपना यो हो । यो कुरा मुख्य छ, एकताभित्र । बाँकी रहेका सबै साथीहरु पनि यो महान् उद्देश्यमा यो सपना पूरा गर्न सबै आउनुपर्छ । कम्युनिष्टको झण्डामुनि रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ । अनि मात्रै सामाजिक रुपान्तरण र विकासतिर देशलाई लैजानुपर्छ । हामीले एउटा विशाल पार्टीको आधार तयार पारिएको छ, जहाँ सबै अट्छ । विप्लव समूहका नेता तथा कार्यकर्तालाई बिहीबार पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले राख्नुभएको मन्तव्यको सम्पादित अंश ।
प्राथमिक तहको नतिजाको रोल नम्वर संशोधन (सूचनासहित)
काठमाडौंः शिक्षक सेवा आयोगले आइतबार सार्वजनिक गरेको प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको प्यूठान जिल्लाको नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएको जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दै भनेको छ, ‘आयोगबाट भदौ २२ गते प्रकाशित प्यूठानको प्राथमिक तहको अन्तिम नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएकोले आयोगको अभिलेख अनुसार सच्याइएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले सोमबार दिउँसोसम्म २४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म सुदूरपश्चिमका सबै जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् २४ जिल्लाको प्रा.वि तहको नतिजा– प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा
काठमाडौं । मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् । पहिलो नतिजामा ४६।३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन् । पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन् । नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन् । अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् । डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् । डिन कार्यालयमा ताला अख्तियारमा उजुरी नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । प्रवेश परीक्षामा अनियमितता भएको र पारदर्शी नभएको भन्दै ताला लगाएका हुन् । अनेरास्ववियुका क्याम्पस कमिटी सहसचिव निश्चल वाग्लेले प्राविधिक त्रुटिभन्दा पनि धेरै फेरबदल भएकाले अनियमितताको आशंका भएको बताए । ‘मैले पनि एलएलएमको प्रवेश परीक्षा दिएको थिएँ, पहिले १६औँ नम्बरमा नाम थियो, पछि १८औँमा पुगेछ,’ उनले भने, ‘प्रवेश परीक्षा दिएका केही साथीले अख्तियारमा समेत उजुरी गर्नुभएको छ, अदालत पनि जाने तयारी छ ।’ केही विद्यार्थीको दुईपटकको नतिजा–अन्तर निकै तलमाथि परेकाले अस्वाभाविक देखिएको उनले बताए । यस विषयमा अनेरास्ववियु र क्रान्तिरकारी मिलेर अब के गर्ने भन्ने विषयमा निर्णय लिने बताए । कापीमा एउटा, कम्प्युटरमा अर्कै नम्बर इन्ट्री भएको रहेछः विनयसिंह सिजापती डिन, कानुन संकाय, त्रिवि प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे पाँच दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ । नतिजा आएपछि केही विद्यार्थीले चित्त नबुझेको भन्दै उजुरी दिनुभयो । त्यसपछि कापी र कम्प्युटरमा क्रस चेक गर्दा नतिजा फरक देखियो । केही विद्यार्थीको तलमाथि हुँदा धेरैको नतिजा फेरबदल भयो । जसले उजुरी गरेका थिए, उनीहरूको जाँच गर्दा फरक नतिजा आयो । उजुरी नगर्नेले पनि न्याय पाउनुपर्छ भनेर सबैको हेरेर दोस्रो सूची निकालेका हौँ । यस विषयमा छानबिन गर्न त्रिवि केन्द्रले पनि छनबिन कमिटी गठन गरेको छ । छानबिनपछि थप यथार्थ आउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
दर्शकको मन जित्दै रोशन राईको ‘उपहार’
काठमाडौं, असार २८ । रोशन राई सांगीतिक क्षेत्रमा नयाँ नाम होइन । लामो समयदेखि सांगीतिक आकाशमा उदयमान ताराको रुपमा मात्र नभई स्थापित पनि भइसकेका हुन रोशन राई । करिब २० वर्ष अघिदेखि गायन यात्राको सुरुवात गरेका गायक रोशन राईको पछिल्लो गीत ‘उपहार दिउ कि माया तिमीलाई आँखैमा सजाँउ’ सार्वजनिक भएको छ । जन्मघर खोटाङ जिल्ला घर भएका गायक राईका यसअघि प्राण, गायन र गायन २ गरी ३ वटा गीती एल्वम बजारमा सार्वजनिक भैसकेका छन् । २०५६ सालमा पूर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्लाको प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेका गायक रोशन राईलाई ‘पालुवा स्टार’ को उपाधिबाट पुरस्कृत गरिएको थियो । उक्त उपाधिले नै गायन क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको बताउँछन् गायक राई । गत शुक्रबार युट्युवमा सार्वजनिक गरिएको गायक राईको गीत ‘उपहार दिउँ कि माया तिमीलाई आँखैमा सजाँउ’ लाई करीब २ लाख भ्यूअर्सले हेरिसकेका छन् । उक्त गीतको वारेमा थुप्रै सकारात्मक प्रतिक्रियाहरु पनि आइरेका छन् । गायक रोशन राई र अञ्जु पन्तको स्वर भएको उक्त गीतमा राईले नै संगीत दिएका छन् भने शब्द बच्चन राईको रहेको छ । उक्त गीतको मोडलमा पल शाह र वर्षा सिवाकोटीले भूमिका निर्वाह गरेको छन् । उक्त गीतको छायांकन पनि उत्कृष्ट रहेको छ । आफूलाई सांगीतिक क्षेत्रमा लाग्दा साह्रै नै आत्मसन्तुष्टि मिलेको बताउँछन् राई । पछिल्लो समय निकालेको यस गितले बजार चर्चा राम्रै पाउन थालेपछि यसले आफूलाई थप उर्जा मिलेको बताउछन् । आगामी दिनमा पनि यस्तै मिठा तथा सुमधुर गीत सुन्न पाईराखौ हाम्रो शुभकामना ।
प्रचण्ड रुँदा सीता पनि रोइन, हाँस्दा पनि सँगै हाँसिन्
सायद त्यतिखेर मुना पनि मदन संगै भोट गएको भए मुना–मदनको कारुणिक पक्षले अर्कै रुप लिन्थ्यो कि ? तर यहाँ यस्तो भयो प्रचण्ड जहाँ जहाँ पुग्छन् सिता दाहाल पनि त्यहाँ त्यहाँ सिता पनि पुगिन्। दीपेश पुन दुख गरेर परिवार पाल्नका लागी मदन भोट गए। तर फर्केर आउदा मुनालाई देख्न पाएनन्। मदनसंगको विछोड सहन नसकेर मुना दिनदिनै कमजोर बन्दै गईन्। र, अन्ततः उनले भौतिक शरिर त्याग गरिन्। विश्वमा यस्ता धेरै उदाहरण छन् माया–प्रितीका। नेपालको लोक सन्दर्भमा मुना–मदनको चर्चा लामो समयसम्म भईरहेछ। छायाँ प्रतित भईरहनेछ। श्रीमतीको माया कति लाग्छ, कसरी गरिन्छ ? श्रीमान् हुनुको वास्तविक भूमिका के हो ? त्यो, मुना–मदन जस्तै अर्को लेकप्रिय किताबमा कुनैदिन त लेखिएला। अपेक्षा छ । र, त्यो किताब अरु कसैको नभएर प्रचण्डको होला। कास्कीको ढिकुर पोखरीबाट संगीन संकल्प बाेकेर मध्यरातमा झोलामा केही चिउरा, मकै बोकेर निस्केका प्रचण्डको यात्रा अझै अविराम छ। फलामको चिउरा, फलामको मकै र फलामको चाउचाउ चपाए भन्दा कठिन त्यो यात्रा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको चौतारीमा शितल तापिरहेछ। तर, यात्राको अन्तिम गन्तब्य भने पुग्न बाँकी नै छ । अझै उनका पाईलालाई यो भन्दा उदात्त संसार निर्माणका लागि अघि बढेकै छन् । खुसीको कुरा, अचम्मको र संयोगजन्य कुरा त यो छ कि, मुना समानकी सिता दाहाल पनि उनको यात्रामा संँगै छिन् । सायद त्यतिखेर मुना पनि मदनसंगै भोट गएको भए मुना–मदनको कारुणिक पक्षले अर्कै रुप लिन्थ्यो कि? तर यहाँ यस्तो भयो प्रचण्ड जहाँ–जहाँ पुग्छन् सिता दाहाल पनि त्यहाँ– त्यहाँ पुगिन् । घरमा रुदैँ छाती पिटी–पिटी भक्कानिएर बसिनन् । प्रचण्ड रुँदा सिता पनि रोईन्, हाँस्दा हाँसिन्। जहाँ–जहाँ प्रचण्ड त्यहाँ–त्यहाँ सिता दाहाल हुनुको अर्थ सामान्य छ– संगै बाँच्ने, संगै मर्ने। म अहिले मात्र केही सत्ता र शक्ति देखेर प्रचण्डको नजिक परेको वा प्रचण्डले देखाएको बाटोमा हिँडेको हैन । त्यो संकटकालमा, त्यो आकाशबाट असिना हैन, बम प्रहार हुने समयमा रोल्पाका गोप्य कोठाका ओछ्यानहरुमा मैले प्रचण्ड र सिता दाहालको निम्ती खाना पुर्याएको छु । सबैभन्दा यो जोडीलाई मैले बालुवाटार, लाजिम्पाट र खुमलटारमा हैन रोल्पा रुकुमका बंकरहरुमा देखेको हुँ, त्यसैले यत्ती कुरा सुझबुझका साथ संमरण गरेर लेख्ने हक म जस्तै योद्धाहरुलाई छ जस्तो लाग्छ। दुःखमा पनि सुखमा पनि सिता दाहाल आत्तिएको देखेको छैन । आजको मितीसम्म त्यो कायम थियो। तर पछिल्लो समय स्वास्थ्य स्थिती कमजोर बन्दै गएपछि केही अफ्ठ्यारो परिस्थितीको सामना गर्नुपरेको छ। खासगरी प्रकाश दाहाल दाईको आकस्मिक निधन पश्चात झन् समस्या बढिरहको छ । त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । प्रचण्डले सिता दाहालको लागि संभव भएसम्मका उपचारहरु गराई रहेका छन् । मानसिक रुपमा, शारिरिक रुपमा बलियो खम्बा भएर उभिएका छन् । त्यही क्रममा सीता ग विहे भएको ५० बर्ष पुगेको अवसरमा बिहेको वर्षगाँठ मनाउने औपचारिक कार्यक्रम परिवारले आयोजना गरेको छ। सिताको दीर्घायुको कामना, सितालाई ढाडस दिनका लागि यो एकदमै बलियो कदम हुनसक्छ। भनिन्छ, चिकित्सा विज्ञानले गर्न नसकेको काम कहिलेकाँही मायाको विज्ञानले गर्छ, मनको विज्ञानले गर्छ, भावनाक विज्ञानले गर्छ । पत्नि सितालाई सबै हिसाबले बलियो बनाउन प्रचण्ड लागिरहेका छन् । प्रचण्डको मायाको विज्ञान बुझ्न नसक्नेहरुका लागि यो हाँसो–मजाकको बिषय बन्ला, तर चिज त्यो हैन। दुख पाए, म मर्ने भएँ, छोराछोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्ड संग दुश्मनी गरेको भए प्रचण्ड–प्रचण्ड हुने थिएनन्। यो सबै मैले प्रचण्डको समिक्षा गरेको हैन । आजको दिनमा म अलिकती भावुक छु । भावुक हुनुका धेरै कारण छन् । जीवन मरणको वर्ग संघर्ष होस् या पार्टीभित्रका भिषण अन्तरसंघर्ष होस् प्रचण्ड परिवा संगै यो वा त्यो बहानामा नजिक रहेर काम गरेको हाम्रो पनि परिवार थियो । म सानै थिए त्यो बेला तर सौभाग्य प्राप्त भयो कि प्रचण्ड र सिता दाहाललाई धेरै पटक नजिकबाटै सहयोग गर्ने र देख्ने र बुझ्ने अवसर मिल्यो । मलाई लाग्छ प्रचण्डको सबैभन्दा ठूलो सल्लाहकार सिता दाहाल हुन्, सबैभन्दा ठूलो वैचारिक मानिस पनि सिता दाहाल नै हुन्। बन्द कोठामा त्यो दृश्य मैले धेरै पटक देखेको छु। दुख पाए, म मर्ने भएँ, छोरा–छोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्डसंग दुश्मनी गरेको भए प्रचण्ड–प्रचण्ड हुने थिएनन्। गौतम बुद्ध पनि जंगल गएका थिए तर एक्लै। भनिन्छ बुद्ध संसारिक दुनियाँसंग दिक्क मानेर दरबारको सुखसयल छाडेर जंगलतिर हिँडेका थिए। हो प्रचण्ड पनि जंगल नै गएका थिए तर एक्लै हैन। बिरक्तिएर पनि हैन। प्रचण्ड देशको र जनताको लागि आफ्नो वर्गको लागि सिँगो परिवारसहित जंगल र जनता कहाँ गएका थिए। प्रचण्डको महत्वपूर्ण हिस्सा जनता र जंगलमै बित्यो भन्नुको अर्थ जनतासंगै बित्यो। देशको राजनीतिक परिवर्तनको खाका पनि जंगलमै बन्यो। त्यसैले प्रचण्ड र जंगल एकअर्काका परिपूरक हुन्। प्रचण्ड र परिवर्तन पनि एक अर्काका परिपूरक हुन्। केही शर्तहरु छाड्ने हो भने बुद्ध र प्रचण्ड एकअर्काका परिपूरक हुन्। छविलाल दाहाललाई प्रचण्ड बनाएको नेपाली जनताले नै हो। तर सिता दाहालले पनि हो । यो देशका राजनितीक–सामाजिक परिवर्तनको मूख्य योजनाकार, निर्णय क्षमताको किगं मेकर, दुई पटक पटक प्रधानमन्त्री देखी सबैभन्दा ठूलो पार्टीको अघ्यक्ष, अन्तराष्ट्रिय शक्तीले पत्याएको, स्विकार गरेको सर्वमान्य नेता प्रचण्डको लागी आजको दिन निकै विशेष छ। यो विशेष दिनमा अध्यक्ष कमरेड प्रचण्ड, सिता दाहाल आमा लगायत सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । दिपेश पुन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष हुन्
साढे १२ हजार शिक्षक ३ महिनाभित्र पूर्ति गर्ने विभागको तयारी
काठमाडौं, चैत १६ । मुलुकमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। विद्यार्थी विद्यालयका नयाँ कक्षामा जाने बेला आउँदा त्यहाँ पढाउनका लागि हजारौँ शिक्षकको भने अभाव छ। शिक्षा विभागका अनुसार मुलुकभरका विद्यालयमा १२ हजार ७३९ शिक्षकको अभाव छ। त्यसको पूर्ति गर्नका लागि शिक्षक सेवा आयोग लागे पनि ती पद कहिले पूर्ति हुने हो निश्चित छैन। शिक्षा विभागका निर्देशक नरेन्द्रप्रसाद रेग्मीले नयाँ शिक्षक नियुक्तिका लागि सम्बन्धित निकाय शिक्षक सेवा आयोगलाई निर्देशन दिएको बताए। उनले भने, ‘देशभर १२ हजार शिक्षकको अभाव छ। यसको पूर्तिका लागि हामीले शिक्षक सेवा आयोगलाई निर्देशन दिइसकेका छौँ। त्यसका लागि आयोगले नियुक्ति गरिरहेको जानकारी दिएको छ।’ किन भएको हो त यति ठूलो संख्यामा शिक्षक अभाव? रेग्मीले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई अवकाश दिने सरकारको निर्णयले १२ हजारभन्दा बढी शिक्षकको तत्काल आवश्यकता परेको बताए। शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि करिब २३ हजार अस्थायी शिक्षकले फारम भरेको बताए। उनले भने, ‘फाराम भरेकालाई मात्र हामीले गणना गरेका हौँ।’ फाराम नभरेका अस्थायी शिक्षक पनि हुन सक्ने उनको आँकलन थियो। यसबीच अस्थायी शिक्षकलाई स्थायी बनाउने पक्रियामा सहभागी भएका २३ हजार मध्येबाट करिब १४ हजार शिक्षक स्थायी बनेका थिए। जसमा प्राथमिक तहका लागि १० हजार ८००, निम्न माध्यमिक तहका लागि दुई हजार र माध्यमिक तहका लागि एक हजार ४०० गरी १४ हजार २०० को हाराहारीमा शिक्षक उत्तीर्ण भएका थिए। कुन–कुन तहका लागि कति शिक्षक आवश्यक शिक्षक सेवा आयोगमा मा.वि., नि.मा.वि. र प्रा.वि. तहका लागि १२ हजार ७३९ शिक्षकको अभाव रहेको तथ्यांक छ। शिक्षक सेवा आयोगले अभाव शिक्षकको नयाँ भर्नाका लागि खुल्ला विज्ञापन सुरु गरिसकेको जनाएको छ। शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनमा प्राथमिक तहका लागि मात्र नौँ हजार ९९६ शिक्षक माग गरेको थियो। त्यस्तै, निम्न माध्यमिक तहका लागि एक हजार ६३५ र माध्यमिक तहका लागि एक हजार १०८ गरी जम्मा १२ हजार ७३९ शिक्षकको माग राखिएको थियो। जसअनुसार अहिले उनीहरूको उत्तरपुस्तिका जाँचको प्रक्रिया चलिरहेको खकुरेलले बताए। खुल्ला विज्ञापनबाट लिएको शिक्षकहरूको लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षक सेवा आयोग सक्रिय रूपमा खटेको र नतिजा सकेसम्म छिटो निकाल्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ। शिक्षा ऐन २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा ९ अनुसार आन्तरिक परीक्षामा असफल भएका अस्थायी शिक्षकहरूलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ गरेको छ। निर्देशक रेग्मीले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको र देशभर शिक्षकको अभाव भएको बताए। यसरी हुनेछ शिक्षक व्यवस्थापन शिक्षक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागको हो। शिक्षक व्यवस्थापनमा शिक्षक उत्पादन, शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, सरुवा बढुवा, अवकाश र अवकाशपछिको सेवा सुविधालाई समेत जोडिएको हुन्छ। शिक्षक सेवा आयोगका सूचना अधिकारी खकुरेलले शिक्षा विभागले तहअनुसार शिक्षकको माग गरेपछि मात्र शिक्षक सेवा आयोगले शिक्षक पूर्तिको काम र व्यवस्थापन गर्ने गरेको बताए। शिक्षक व्यवस्थापनमा उल्लेख अवकाश र अवकाशपछिको सुविधा समय हेरेर मात्र दिने गरेको छ। खकुरेलले भने, ‘अवकाश शिक्षकले कति वर्ष काम गरेको हो, कति पटक शिक्षक सेवाका जाँच दिएको हो त्यही हेरेर सुविधा दिने नियम छ।’ उनले आन्तरिक परीक्षामा हुने प्रतिस्पर्धाले गर्दा २० वर्ष काम गरेको दिर्घसेवी अस्थायी शिक्षक खाली हात अवकाश हुनुपर्ने बाध्यता रहेको समेत बताए। अहिले अवकाश भएका शिक्षकले भने अनिवार्य रूपमा सेवा सुविधा पाउने व्यवस्था रहेको खकुरेलले बताएका छन्। उनले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकै बेला १२ हजार शिक्षक अवकाश हुँदा र विधालयमा शिक्षकको अभाव हुँदा आपत्ति जनाए। उनी भन्छन्, ‘हामी १२ हजार अभाव शिक्षकको पूर्ति गर्न कटिबद्ध रूपमा लागेका छौँ,पक्रिया नसकिँदा सम्म शिक्षक सेवा आयोगका सम्पूर्ण कर्मचारी लागि नै रहनेछौँ।’ शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षकका कारण कक्षाकोठा रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै अहिले शिक्षक सेवा आयोग धमाधम शिक्षक नियुक्ति प्रक्रियामा लागि परेको छ। यो समाचार थाहखबर डटकमबाट साभार
राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने चिकित्सको दाबी
काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने । मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
अब भोजपुर–काठमाडौं सातै दिन उडान
भोजपुर, पुष २० । भोजपुर –काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।
नेपाल आइडल रवि ओड ‘जापान टुर’ का लागि राजधानी फर्किदै
काठमाडौं, पुष १५ । दोस्रो नेपाल आइडल रवि ओड जापान भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछन् । मातृ शोकको पीडामै रहेका उनी विदेश भ्रमणको पूर्वयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि आइतबार साँझ काठमाडौं आउन लागेका हुन् । जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन् । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोलि जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजकले जनाएको छ । नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।
माओवादः मार्क्सवादको विकासमा के नयाँ प्रयोग गरेका थिए त माओले ?
माओवाद के हो ? कमरेड माओत्सेतुङ चीनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष र विश्व र्सवहारा वर्गका महान नेता हुनुहुन्छ । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षो उमेरमा भएको थियो । सन् १९१७ अक्टुबर २५ को महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात चीनमा मार्क्सवादको प्रवेश भएको थियो र सन् १९२१ जुलाइमा चीनिया कम्युनिष्ट पार्टीे स्थापना भयो । माओ पनि चीनिया कम्युनिष्ट पार्टी संस्थापक सदस्य हुनुहुन्थ्यो । हस्तबहादुर केसी कमरेड माओ दीघकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुनुहुन्छ । उहाँले चीनिया कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूण् योगदान पुर्याउनु भएको छ र उहाँका र्सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्तैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले मार्क्सवाद-लेनिनवादको ज्ञानभण्डारमा महत्वपूण् योगदान पुर्यायो । यस लेखमा माओका ती र्सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका र्सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्नुका साथै यहाँ माओवादका बारेमा समेत प्रकाश पार्ने काम गरिएको छ । कमरेड माओ माओवादका पर््रवर्तक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ । मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो । यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खास गरि सन् १९५३ मा स्तालिन मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोमी आधुनिक संशोधनवादका विरुद्धको भीषण लर्डाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद लेनिनवाद-माओवादको तेश्रो, नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र र्सार्वभौम योगदान थियो । यसरी विश्वर्सवहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको रूपमा रहेको मार्क्सवाद-लेनिनवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई र्सवप्रथम पेरुभियाली कम्युनिष्ट पार्टीसाइनिङपाथ) सहित अन्तर्रर्ााट्रयतावादी क्रान्तिकारी आन्दोलन र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीथा संगठनहरूले र्सवप्रथम सही मूल्याङ्कन गरेका थिए र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए । फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने र्सवहारा क्रान्तिको विज्ञानको मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संर्घष्ाको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्रााट्रय र्सवहारावर्गको क्रान्तिको विज्ञानको रूपमा मार्क्सवादको अनुसन्धन हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूण्ा उपलब्धि थियो । जीवनभर अनवरत संर्घष्ा र महान प्रतिभाका परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख संगठक अंग रहेको कुरा पनि हाम्रा सामु र्सवविदीतै छ । स्वयं एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो । हामी मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि छ भने वर्गसंर्घष्ाका नयाँ अनुभव र समस्याहरूका सर्न्दर्भमा भी.आई. लेनिन -सन् १८७०-१९२४) द्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पुर्याउने ऐतिहासिक कार्यभार पूरा भयो । आजको युगमा यो विज्ञान संर्घष्ाकै क्रममा विकासको जुन तेश्रो, नयाँ र उच्च चरणमा पुगेको यो तेश्रो नयाँ र उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्रााट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रूपमा मार्क्सवाद-लेनिनवाद- माओवाद रहेको छ, जुन विश्वर्सवहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूण् र र्सार्वभौम योगदान हो विश्व र्सवहारा क्रान्तिका लागि । कमरेड माओले मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी वैज्ञानिक समाजवादका क्षेत्रमा जुन महत्वपर्ूण्ा र र्सार्वभौम योगदान पुर्याउनु भयो, त्यसका बारेमा यहाँ संक्षेपमा उल्लेख गर्ने प्रयत्न गरिएको छ । दर्शनका क्षेत्रमाः द्वन्द्वान्तमक भौतिकवादको सारतत्वका रूपमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको नियमको र्सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको छ । क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूण् भूमिका यसले स्वतः स्पष्ट पारिदिएको छ । विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या । एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या र प्रयोग पार्ने माओबाट हुन गएको छ । संशोधनवादका विरुद्ध संर्घष्ाका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रूपमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अमेद्य धारिलो हतियार प्राप्त भएको छ । फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गर्नु भएको छ, जस्तो कि, विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को र निषेधको निषेधको नियम । तर यसमा माओले ती मध्ये दुइवटा मूल नियमहरूलाई अस्वीकार गर्नुभएको छ र विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा रूपान्तरण भन्ने कुरा गुण र परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा, निषेधको निषेध र विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रूपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको त विपरित तत्वहरूको एकता हो । अतः गुणको परिणाम र परिणामको गुणमा रूपान्तरका भन्ने कुरा गुण र परिणामजस्ता विपरित तत्वहरूको एकत्व मात्रै हो । तर्सथ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गर्नु भएको छ र एकता, संर्घष्ा र रूपान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियमहरू हुन् भन्नु भएको छ । दर्शनको जन्म संर्घष्ाबाट हुन्छ, त्यसैले मार्क्सवादी दर्शन संर्घष्ाको दर्शन हो । ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको छ । ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुइ छलाङको सिद्धान्तको रूपमा माओद्वारा विकास र व्याख्या राम्ररी भएको छ । साथै माओले वर्गसंर्घष्ा, उत्पादनका लागि संर्घष्ा एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राहृय ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले मार्क्सवादी दर्शनमा महत्वपूण् योगदान पुगेको कुरा निर्विवाद छ । आधार र उपरिसंरचनाको आपसी सम्बन्ध बारे अघिभूतवादी र एकलकाटे दृष्टिकोण अपनाई ‘उत्पादनको शक्तिको सिद्धान्त’ र र्’अर्थवाद’ तीर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाई माथि प्रहार गर्दै खास खास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ । दार्शनिकहरले दर्शनलाई पुस्तकालय, अध्ययन र कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिबारे क. माओले गर्नु भएको अनुसन्ध्ानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रूपले भौतिक शक्तिमा परिणत गर्ने आधार र्सवहारावर्गलाई मिलेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको आर्थिक संरचनाबारे माओले राम्रो व्याख्या गर्नुभएको छ । दलाल तथा नोकरशाही पुँजीवाद अर्थात् नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूण् खोजी हो । सामन्तवादसँग साँठगाँठ गरि जनतालाई लुट्ने एकाधिकार पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षो ऐतिहासिक महत्व स्पष्ट भएको छ । नयाँ जनवादी क्रान्तिका सर्न्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूण् वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरि पुँजीलाई सिमित, नियन्त्रित र निर्देशीत गर्ने अर्थनीतिहरूको वैज्ञानिकता एवं जीवनद्वारा प्रमाणित भइसकेका छन् । समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त -सोभियत संभका अनुभवहरूको आलोचनात्मक अध्ययन) सहितको मजबुद जग बसाल्ने काममा माओको महत्वपर्ूण्ा भूमिका रहेको छ । नोकरशाही अहंमकार होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुद किसिमले विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, ग्याप्स रिभोलुसन, प्रमोट प्रोडक्सन’ तथा लाल र निपर्ुण्ा एण्ड एर्क्पर्ट’ नाराको महत्व स्पष्ट नै छ । उपयुक्त तथ्यहरूले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ । वैज्ञानिक समाजको क्षेत्रः उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ । दीघकालिन जनयुद्धको कार्य नीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घर्ेर्ने रणनैतिक लक्ष्य निर्धारणमा माओको महत्वपूण्ा योगदान रहेको छ । सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा पारित भयो भने सन् १९४० मा नौलो जनवाद सम्बन्धी क. समग्र कार्यक्रम पारित भयो । जनयुद्धका ३ चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा रणनीतिक सन्तुलन र रणनीति प्रत्याक्रमण गरि तीन वटै चरणको वैज्ञानिक संश्लेषण माओका महत्वपूण्ा योगदान हुन् । साम्राज्यवादी युगको वर्गसंर्घष्ाको अनुभवको आधारमा मार्क्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त “थ्यौरी अफ वार” को विकासले अन्तर्रााट्रय र्सवहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । माओद्वारा गरिएको यस अनुसन्धानले यस सिद्धान्त अनुसार शक्तिशाली दुश्नमलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको केन्द्रीकृत अभिव्यक्तिको महत्व पनि स्वयं स्पष्ट छ । समाजवादकालभरि वर्गसंर्घष्ा जारी रहने र त्यस सम्बन्धमा सोभियत संघको प्रतिक्रान्ति प्रति ध्यान दिँदै विश्वकम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनु र क. माओद्वारा नै विकास गराएको र्सवहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने समाजवादी अवस्थामा पुँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुद सैद्धान्तिक हतियार भएको छ । सन् १९६६ देखि माओद्वारा र्सवहारावर्गको नेतृत्वमा चालिएको महान चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व र्सवहाराका लागि ऐतिहासिक दर्शन/निर्देशन बन्दै आएको कुरा सबैका सामु प्रष्टै छ । साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन हुन तथा आउँदा ५० देखि १०० वर्षविश्व अजङ्गको हेरफेरबाट गुज्रने छ’ भन्ने भनाइहरूको आधारमा बढि महत्व रहेको छ । यसले विश्व र्सवहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान योगदान पुर्याएको छ । मानिसमा सही विचार कहाँबाट आउँछ – भन्ने प्रश्नमा क. माओले मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट जस्तै उत्पादनको निम्ति संर्घष्ा, वर्ग संर्घष्ा र वैज्ञानिक प्रयोगबाट आउँछन् भनेर वैज्ञानिक ढंगले संश्लेषण गर्नुभएको छ । यसरी दर्शन राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद सहित तीन वटै क्षेत्रको समझदारीमा क. माओले मार्क्सवादी विज्ञानलाई गुणात्मक रूपले त्यसको तेश्रो र नयाँ चरणमा विकास गराउनु भयो । त्यस अवस्थामा र्सवहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई मार्क्सवाद-लेनिनवाद-माओवादको एउटा अमेद्य धारिलो हतियारको रूपमा प्राप्त गरेको छ र त्यसैको पथपर््रदर्शक र मार्ग निर्देशनमा आज विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टर्ीी संचालित भइरहेका छन् । महान् चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्ति जुनका माओले दश वर्षम्म सफल रूपमा संचालन गरेर समाजवादमा वर्गहरू जीवितै रहने भएकाले वर्गसंर्घष्ालाई जारी राख्नु पर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने र सन् १९५६ देखि सोभियत रुसमा प्रकट भएको आधुनिक संशोधनवाद लगायत सबैखाले संशोधनवाद र अबसरवादका विरुद्ध विश्वस्त भै जुन महान बहस संचालन गर्नुभयो त्यसले क. माओलाई विश्वस्तरमा विश्वर्सवहारावर्गको महान नेताको रूपमा माथि उठायो । यी माथि उल्लेख गरिएका समग्र विषयहरू नै कमरेड माओका र्सार्वभौम योगदानहरू हुन् र यी योगदानहरूलाई ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन । उपसंहार मार्क्सवाद र्सवहारा वर्गको मुक्तिको सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । मार्क्सवाद गतिशील विज्ञान हो । मार्क्सवादले आज मार्क्सवादको विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद- लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादमा जुन विकास गरेको छ यही मार्क्सवाद- लेनिनवाद-माओवाद नै विश्व र्सवहारावर्गको मुक्तिको पथपर््रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । यस विषयमा माथि पनि आवश्यक प्रकाश पारिएको छ । अतः मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व र्सवहारा वर्गको विश्वदृष्टिोण भएकाले यसको गहिरो अध्ययन नगरिकन, अर्थात् मार्क्सवाद-लेनिनवाद-माओवादलाई दह्रो ढंगले ग्रहण नगरिकन, मार्क्सवाद-लेनिनवाद-माओवादलाई जीवनदर्शनको रूपमा आत्मसात नगरिकन र यसलाई जीवन व्यवहारमा साँचो अर्थमा प्रयोग नगरिकन कोही पनि असल कम्युनिष्ट क्रान्तिकारी बन्नै सक्तैन । त्यसैले संसार बदल्ने दायित्वबोध बकेका र सिँगो मानवजातिलाई सबै खाले शोषण र उत्पीडनबाट मुक्त गरेर समानतामा आधारित मानव समाजको निर्माण गर्ने कल्पना गरेका अर्थात् वर्ग विहिन, राज्य विहिन साम्यवादमा पुग्ने लक्ष्य र उद्देश्य बोकेर र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा-माओवादीमा संगठीत भएका हामी नेपाली माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्न, यसलाई पाइला पाक्ष्लामा जीवन व्यवहारमा प्रयोग गर्न नितान्त जरुरी छ । मार्क्सवाद-लेनिनवाद-माओवाद मानव जातिको ज्ञानको विशाल भण्डार हो । यसलाई आजको विश्वपरिवेशमा सापेक्षित ढंगले नबुझिकन, ग्रहण नगरिकन, यसलाई दह्रो ढंगले नपकडीकन र साँचो अर्थमा जीवन व्यवहारमा नउत्रिकन हामी कोही पनि सच्चा क्रान्तिकारी माओवादी बन्नै सक्ने छैन र मुलुकलाई बदल्न पनि सक्ने छैनौ । त्यसैले हाम्रा निम्ति मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शन र सिद्धान्तलाई बुझ्न र यसलाई जीवन व्यवहारमा सही ढंगले प्रयोग गर्नु हाम्रो मुख्य कर्तव्य बन्न पुगेको छ । हामीले भुल्नै नहुने एउटा साँचो कुरा के हो भने मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन नै नगरिकन यसलाई साँचो अर्थमा जीवन व्यवहारमा नउतारिकन कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुगेका र मार्क्सवादी-लेनिनवादी-माओवादी सैद्धान्तिक धरातल कमजोर भएका व्यक्तिहरू जो कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुग्ने गरेका छन् तिनीहरूमा नै सैद्धान्तिक विचलन पैदा हुने प्रतिक्रान्तिको बाटो लिने, क्रान्ति र जनताप्रति गद्धारी गर्ने कम्युनिष्ट आन्दोलन र पार्टीई विर्सजन गराउने र अन्तिममा प्रतिक्रियावादीहरूको कित्तामा सामेल हुन पुग्ने जुन विश्व कम्युनिष्ट आन्दोलन र नेपालको यस ६४ वर्षो लामो इतिहासमा हामीले पाउने गरेका छौं, यसको, मुख्य कारण माथि उल्लेख गरिएकै कुरा मार्क्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन नहुनु र त्यसलाई जीवन व्यवहारमा उतार्न नसक्नु नै हो । यी नकारात्मक परिघटनाहरूको विषद् ज्ञान प्राप्त गरेका हामी माओवादी क्रान्तिकारीहरूले मार्क्सवाद- लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्ने र यसलाई साँचो अर्थमा जीवन व्यवहारमा उतार्नुको विकल्प छैन । आजको तथ्य के हो भने आजको मार्क्सवाद र नेपाली क्रान्ति, आजको मार्क्सवाद र भूमण्डलीकृत साम्राज्यवादी युगको मार्क्सवादको व्याख्या गर्न पुगेका नव मार्क्सवादीहरूले नेपालमा पुँजीवादी, जनवादी क्रान्ति सम्पन्न भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रान्तीपूण् तर्कहरू अगाडि सारेर विभिन्न रूप र रंगका संशोधनवादी विचार-दृटिष्कोणहरू फैलाएर मार्क्सवाद-लेनिनवाद-माओवादमाथि भिषण आक्रमण गरिरहेका छन् । तिनका विरुद्ध सैद्धान्तिक लर्डाई लडेर ती संशोधनवादी विचाररुलाई परास्त गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका सैद्धान्तिक मान्यताहरूलाई नेपालको वर्तमान सापेक्षतामा आधारित नयाँ नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउनका निम्ति पनि हामी माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवदको गहिरो अध्ययन गरी त्यसलाई जीवन व्यवहारमा उतार्नु विकल्प छैन ।
‘फोन नचलाउनुस्, १ लाख डलर जित्नुस्’ प्रतियोगिता, यस्तो छ भाग लिने तरिका
कठमाडौं, पुष ७ । यदि तपाई एक वर्षसम्म बिना स्मार्टफोन रहनुसक्नु हुन्छ भने तपाईका लागि मौका छ करोडपति बन्ने । यो खबर साँचो हो । भिटामीनवाटरले तपाईका लागि करोडपति बन्ने अवसर ल्याएको हो । भिटामिन वाटर प्रसिद्ध कोकाकोला कम्पनीकै उत्पादन हो । कम्पनीले भारतमा एउटा प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिता अन्तर्गत विजेतालाई १ लाख डलर दिइने छ । यो प्रतियोगितामा भाग लिने प्रतिष्पर्धिहरुले एक वर्षसम्म स्मार्टफोनको प्रयोग गर्न पाउने छैनन । स्मार्टफोनको साटो कम्पनीले प्रतियोगीहरुलाई कतै कल गर्नका लागि सन् ९६६ मा बनेको एउटा हेण्डसेट दिनेछ । सिएनबिसीसँग कुरा गर्दै भिटामिनवाटर का एशोसिएट ब्राण्ड म्यानेजर नतालिया सुरजले भने, “हामीलाई लाग्छ, यो नै एउटा मौका हो एक लाख जित्ने ।” रोचक त के छ भने यो प्रतियोगितामा भाग लिन तपाईले जागिर छोडनु पर्दैन । जागिर या काम गरिरहेकै अवस्थामा प्रतियोगितामा भाग लिन सकिने छ । प्रतियोगिताको नियम अनुसार, तपाईले ल्यापटप या डेस्कटप कम्प्युटर भने प्रयोग गन सक्नुहुन्छ तर यसमा कम्पनीबाट दिने फोनमात्रै प्रयोग गर्न सकिने छ । कसरी भाग लिने त ? यो प्रतियोगितामा भाग लिन नाम दर्ता गर्ने अन्तिम समयसीमा ८ जनवरी २०१९ सम्म मात्र रहेको छ । प्रतियोगितामा भाग लिन आफ्नो विवरणसहित एकवर्षसम्म स्मार्टफोन प्रयोग नगर्दा तपाई के गर्नुहुनेछ ? भन्ने प्रश्नको समेत उत्तरसहित हैशटैग #nophoneforayear र #contest लेखेर ट्विटर या इन्स्टाग्राममा पठाउनु पर्ने छ । प्राप्त आवेदन र उत्तरका आधारमा भिटामीन वाटरले कुनै एकजनालाई चयन गर्ने छ । र, २२ जनवरीका दिन प्रतियोगीलाई पुरानो हेण्डसेट कम्पनीका तर्फबाट दिइने छ । एक वर्षसम्म स्मार्टफोन चलाउँदिन भन्ने लागेको छ भने तपाई पनि यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र हुनुपर्छ : गच्छदार
विराटनगर, असार १४ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो । एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो ।