दानवीरको नाममा आँखा उपचार केन्द्र स्थापना

नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उहाँकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ-रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ ।

यसैगरी, उहाँहरुको अर्धकदको शालिक फत्तेवाल आँखा अस्पतालको परिसरमा निर्माण गरिने निर्णय पनि गरिएको छ । शालिकको निर्माण सम्पन्न भएपछि दानवीरद्वय श्रीजङ शाह र रुद्रकुमारी शाहबाट अनावरण गराइने प्रबन्धक वर्माले बताउनुभयो ।

पच्चीस वर्ष अघि दानवीर श्रीजङका पिता फत्तेजङ शाहले आफ्नी धर्मपत्नी स्व बालदिव्येश्वरी शाहको सम्झनामा नेपालगञ्जमा आँखा अस्पताल सञ्चालनका लागि करोडाँै मूल्यको घरजग्गा दान दिनुभएपछि ‘फत्तेवाल आँखा अस्पताल’ मा सञ्चालनमा आएको थियो ।

सो अस्पतालमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतबाट समेत दैनिक सयौँको संख्यामा आँखाका बिरामी उपचारका लागि आउने गर्छन् ।

यसैगरी, फत्तेवाल आँखा अस्पतालले हाल प्रदेश नं ५ को बर्दियाको राजापुर, बाँसगढी, भुरीगाउँ, मगरागढी र सानोश्री तथा कर्णाली प्रदेशको दैलेखको दुल्लु र सुर्खेतको मेहलकुनामा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।

नेपाल नेत्रज्योति संघ, बाँकेका अध्यक्ष रतनकुमार टण्डनका अनुसार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले वार्षिक सरदर एकलाख २० हजार आँखाका बिरामीलाई बहिरंग र १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ । रासस

राजकुमारले अस्मितालाई ‘पिपल छेउ बर सार’ भनेपछि, भिडियोसहित

विराटनगर । विन्ध्यावासीनी म्युजिक प्रालीको प्रस्तुतिमा राजकुमार काफले र रमेश पुलामी को ‘पिपल छेउ बर सार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार काफले र गायिका अस्मिता श्रेष्ठको स्वर रहेको छ । लक्ष्मी सिमालीको शब्द र सरोज लामिछानेको संगितमा रहेको गितमा माया प्रेममा परेका युवायुवतिको मनका बहहरुलाई गितमा उजागर गरिएको छ । मायाका मिठा मिठा गफहरु ग्र्नको लागी मायालु जोडिहरुले बर छेउमा बसेर सुख दुखका भावहरु व्यक्त गर्ने गर्दछन । यिनै विषयलाई गितको माध्यमबाट समेटिएको छ । नेपालका चर्चित कलाकारहरुलाई स्थान दिएर स्थापित बनेको विन्दाबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।यो गीतको भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेका छ । पिपल छेउ बर सार भिडियोको छायाँकन अजय रेग्मी गरेका छन् भने सम्पादन रमित ओलीको रहेको छ ।गितलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो :

कथाः नारा

‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब रु’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे । ‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’ ‘विद्यार्थी हकहितको संरक्षण गर्न नसक्ने नालायक क्याम्पस प्रशासन मूर्दावाद !’ ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर !’ केही समयअघि अचानक सरकारले राजधानीमा भित्तेलेखनलाई कडाइका साथ बन्द गरिदिएको थियो । सत्तारुढ दलले विगतमा आफूले फोहोर पारेका भित्ता सफा गर्ने अभियान नै चलाएको थियो भने प्रमुख प्रतिपक्षी लगायतका दल र विद्यार्थी संगठनहरू त्यसको विरोधमा थिए । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गराइछाड्यो । त्यसपछि प्रतिपक्षी दल र विद्यार्थी संगठनहरूको ध्यान शौचालयका भित्ताहरूमा पर्न गएको थियो । ती स्थानहरू भोट माग्न र विचार प्रवाहमा प्रयोग हुन थालेका थिए । सार्वजनिक र क्याम्पसका शौचालयहरूको भित्ता कब्जा गर्नुलाई विद्यार्थी संगठनहरू आफ्नो सफलता ठान्थे, विजय मान्थे । उनीहरू शौचालयको भित्तो कब्जाका लागि मूठभेडमा उत्रन पनि पछि पर्दैनथे । भित्ताले जन्माएको झ्डप साम्य पार्न थुप्रै पटक क्याम्पस प्रशासनले प्रहरी गुहार्नु परेको थियो । पढ्न चाहने विद्यार्थी साँढेको जुधाइमा निर्दोष बाच्छा हुन पुगेका थिए । शौचालय उसै पनि साँघुरो ठाउँ भएकाले एउटा संगठनले लेखेको नारा मेट्न अर्को संगठन उद्यत हुन्थ्यो । विशेषगरी, राजनीतिक दल र विद्यार्थी संगठनहरूको चुनावताका यस्तो अवस्था आइपथ्र्यो । भित्तेलेखन पुरुष शौचालयमा बढी र महिलाका शौचालयतर्फ यदाकदा मात्रै हुन्थ्यो । दुर्गन्ध भने दुवैतर्फ उत्तिकै थियो । पटके भित्ता कब्जा र झ्डपपछि त्यो क्याम्पसका बलिया दुई संगठनले आइन्दा मिलेर नारा लेख्ने समझ्दारी गरे भने कमजोर संगठनहरू आफ्ना नारा मेटिएको रमिता हेरिरहन बाध्य भए । तर, ती दुई संगठनका नारामा कसैले निरन्तर पिसाब फेर्न थालेपछि क्याम्पसमा फेरि रडाको शुरू भएको थियो । ‘हाम्रो महान वाणीमा पिसाब फेर्ने हिम्मत कसले ग¥यो रु’ दुवै संगठनको पारो चढिरहेको थियो । दुई संगठन समान समस्यामा परेकाले तिनीहरू ‘नारामा पिसाब फेर्ने मण्डलेको खोजी’ गर्न मिलेका थिए । दुई संगठनका माउ पार्टीका मध्यम तहका नेताहरू पनि यस विषयमा सँगै बसेर छलफल गर्न थालेका थिए । यसअघि राष्ट्रिय महŒवका कुनै पनि मुद्दालाई लिएर उनीहरू एकठाउँमा आउन सकेका थिएनन् । कचौरा आकारको राजधानी वर्षौंदेखि पानीको अभाव बेहोरिरहेको थियो । त्यो सरकारी क्याम्पसमा विद्यार्थीका निम्ति खानेपानी त थिएन भने शौचालयमा हाल्ने पानी कहाँ पाउनु १ यो समस्यालाई कुनै पनि विद्यार्थी संगठनले हडतालको विषय बनाएका थिएनन् । त्यसैले त्यो क्याम्पसको शौचालय अति दुर्गन्धित थियो । शौचालय र पुस्तकालयको झयाल आमनेसामने थिए । शौचालयको दुर्गन्धले पुस्तकालयमा पढ्ने विद्यार्थीलाई प्रभावित पाथ्र्यो । उनीहरू पुस्तकालयमा पनि रुमालले मुख छोपेर पढ्थे । तिनले क्याम्पस प्रशासनलाई कैयौं पटक शौचालयपट्टिको झयाल बन्द गरिदिन अनुरोध गरे, तर सुनुवाइ भएन । पुस्तकालयलाई नै अन्त सार्न तिनीहरूले गरेको अनुरोधमा कसैले चासो दिएन । परीक्षाका वेला भने कतिपय विद्यार्थी शौचालयमा लामो समयसम्म बस्थे । अति दुर्गन्धित भएका कारण शौचालयसम्म शिक्षक वा क्याम्पस प्रशासनका प्रतिनिधि जाँदैनथे । त्यहाँ बसेर चिट वा गाइड पल्टाउने वा प्रश्नका उत्तर कण्ठ पार्न सक्ने विद्यार्थीलाई कसैले डिस्टर्ब गर्दैनथ्यो । परीक्षा अगावै कुनाकाप्चामा गाइड लुकाएर राख्ने विद्यार्थीहरू शौचालय अझ् दुर्गन्धित होस् भनी कामना गर्थे । अध्ययनलाई नै सबथोक ठान्ने विद्यार्थीका लागि भने क्याम्पसको शौचालय जानु भनेको ठूलो सजाय काट्नुसरह हुन्थ्यो । आँखामा पीरो मुस्लो पसेजस्तो भएपछि उनीहरू आधा पिसाब फेरेर फर्कन्थे । एक पटक एक जना विद्यार्थी शौचालयमा बेहोशै भए । त्यसवेला विद्यार्थी संगठनहरूले तिनको उपचार क्याम्पसले गरिदिनुपर्ने मागसम्म राखेका थिए । अहिले तिनीहरू आफ्नो ‘महान नारामा पिसाब फेर्ने को हो ?’ भनेर चिन्तित थिए । यी दुई शक्तिशाली विद्यार्थी संगठनमध्ये कहिले यसले त कहिले त्यसले चुनाव जित्थ्यो । जसले जिते पनि मतान्तर झ्निो हुन्थ्यो । क्याम्पसमा अरू २० वटा विद्यार्थी संगठन भए पनि उनीहरू निरीह थिए । ठूला दुई संगठन आफूहरू विद्यार्थीहरूको विघ्नहर्ता भएको दाबी गर्थे । ती दुईको एउटा नारा पनि मिल्थ्यो– ‘उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर १’ विद्यार्थीहरू एउटालाई प्रजातान्त्रिक र अर्कोलाई प्रगतिशील संगठनका रूपमा चिन्थे । अर्थात्, तीमध्ये एउटा कम्युनिस्ट र अर्को कांगे्रस थियो । दुवै संगठनका पदाधिकारीको अधिकांश समय माउ पार्टीको कार्यालयमा बित्थ्यो । माउ पार्टीले जसलाई चाहन्थ्यो, विद्यार्थी चुनावमा उही उम्मेदवार हुन्थ्यो । जित–हारमा पनि माउ पार्टीको सहयोगमा भर पर्थ्यो । शौचालयको नारामा पिसाब फेरेको विषयले दुई पार्टी कार्यालयमा पनि गम्भीर बहसको शुरुआत गरायो । दुवै पार्टीले पिसाब फेर्नेमाथि कडा कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई पत्र लेखे । शौचालय उत्तर फर्किएर पिसाब फेर्नुपर्ने किसिमले निर्मित थियो । प्रगतिशीलले आफ्नो नारा दक्षिणपट्टि लेखेको थियो भने प्रजातान्त्रिकले पश्चिम भित्तामा । तर, कसैले गलत दिशातिर फर्किएर निरन्तर दुवै संगठनको नारामा पिसाब फेर्ने दुष्कार्य गरिरहेको थियो । सब चकित थिए १ शुरूमा त दुई संगठनले एकले अर्कोमाथि दोष लगाएका थिए । तर, दुवैका नारामा पिसाब परेकोले एजेन्डा समान हुन पुगेको थियो । उनीहरूबीच पिसाब फेर्ने पत्ता लगाउन ऐक्यबद्धता भएको थियो । तर समस्या ज्यूँकात्यूँ रह्यो, नारामा पिसाब फेर्ने क्रम पनि रोकिएन । राता र नीला रङका इनामेलले लेखिएका नारा लगातार पिसाब पर्नाले पहेंलिन थालेका थिए । ‘कसले फेरिरहेको छ लगातार पिसाब उल्टो दिशाबाट नारालाई निशाना बनाएर १’ विद्यार्थी संगठनहरूको टाउकोदुखाइ बनेको छ । दुई हप्तामा पनि पिसाब फेर्ने ‘मण्डले’ अज्ञात छ । समस्या संसद्सम्म पुग्यो । दुवै विद्यार्थी संगठनका माउ पार्टीका सांसद्हरूले गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने अडान लिंदै संसदमा्मा अन्य विषयलाई प्रवेश गर्नै दिएनन् । क्याम्पसमा तालाबन्दी कायमै रह्यो । पढाइमा भविष्य देख्ने विद्यार्थीहरू हरेक दिन निराश बन्दै क्याम्पसबाट फर्कन्थे । आफ्नो मागमा अडिग विद्यार्थी नेताहरू पनि हरेक दिन क्याम्पस पुग्थे, शौचालयको भित्ता हेर्थे र नाराबाजीका साथ केही न केही तोडफोड गर्थे । नारा लेखिएको भित्तामा जहिल्यै आलो पिसाबको दाग देखिन्थ्यो । त्यसले मूर्दावाद लेखेको हो कि जिन्दावाद, नारालाई अस्पष्ट पार्दै लगेको थियो । शौचालयको दुर्गन्ध झ्नै बढ्दो थियो । नारामा पिसाब फेर्ने क्रम पनि रोकिएको थिएन । राजेन्द्र पराजुली   एजेन्सीको सहयोगबाट

चिसोबाट बच्न यी तरिकाहरु अपनाअौं

बिहान मर्निङ नगरौ‌ं चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ । घाम लागिसकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं । खानेकुरामा ध्यान दिऔं भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चिनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।

जाडोबाट बच्नका लागि घरेलु उपाय अपनाउनुहोस्

सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ । जस्तो कि, मह र अदुवाको मिश्रण । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ । मह र अदुवा दुवै छुट्टाछुट्टै पनि लाभकारी वस्तुहरु हुन् । यी दुवैलाई मिसाउँदा झन् सुनमा सुगन्ध मिसाएझैं हुन्छ । यी दुईलाई उपभोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको एक चम्चा अदुवाको जुस र एक चम्चा महलाई राम्रोसँग घोलेर त्यसलाई पिउनु हो । यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सीडेन्ट गुण हुन्छन् जसले गर्दा हामीलाई विभिन्न किसिमका फाइदा प्राप्त हुन्छन् । यहाँ हामी अदुवा र महको जून पिउँदा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं। १. दमका रोगीलाई राहत यदि तपाईंमा दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले तपाईंलाई राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले तपाईंको फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ । २. श्वासप्रश्वासको समस्या न्यूनिकरण अदुवा र महको मिश्रण एउटा असाध्यै राम्रो एक्सपेक्टोरेन्ट हुन्छ जसले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याहरुको समाधान गर्छ । ३. उल्टी र वाकवाकी कम गर्छ यदि तपाईंलाई उल्टी हुने वा वाकवाक लाग्ने समस्या भएको छ भने कत्ति पनि नहिच्किचाइकन अदुवा र महको मिश्रण प्रयोग गर्नुस, तुरुन्त आराम मिल्नेछ । ४. क्यान्सरबाट बचाउ अध्ययनले देखाएको छ कि अदुवा र महको मिश्रणले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ । यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ । ५. पाचन प्रणाली ठिक राख्छ अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउन सहयोग गर्छ । एक चम्चा अदुवा र महको जूसले तपाईंको पेट सम्वन्धि समस्याहरुलाई ठीक गरिदिन्छ । ६. हृदयरोगबाट बचाउँछ यदि तपाईंले अदुवा र महले बनेको जूसको सेवन गर्नुभयो भने तपाईंलाई ब्लडप्रेसर, हार्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु आउँदैनन् । ७. महिनावारीमा आराम अध्ययनहरुबाट पत्ता लागेको छ कि मह र अदुवाको जुसले महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ । ८. माइग्रेनमा आराम यस मिश्रणले टाउकोमा हुने दुखाईलाई पनि कम गर्छ । यदि कसैलाई माइग्रेनको समसया छ भने मह र अदुवाको जुस सेवन गरेर फाइदा लिन सक्छन् । ९. स्ट्रोकमा राहत यो जुसले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ । मेडिकल सोधकर्ताहरुका अनुसार यस मिश्रणमा रगतसम्वन्धि समस्याहरुलाई ठीक पार्ने सबै गुण विद्यमान हुन्छन् । १०. प्रतिरोधक क्षमतालाई बढाउँछ अदुवा र महको मिश्रण मानव स्वास्थ्यका लागि हरतरहले उपयोगी हुन्छ । किनकी यसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसले शरीरको श्वेत रक्तकणिकाहरु बन्ने प्रक्रियालाई बढाइदिन्छ जसबाट शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।

‘लिंकन इन द बार्डो’ का लागि सान्डर्सलाई म्यान बुकर प्राइज

काठमाडौं, कात्तिक १ । अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ कृर्तीका लागि यस वर्षको म्यान बुकर पुरस्कार जितेका छन । उन पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएका छन । म्यान बुकर पुरस्कार पाउने सान्डर्स दोस्रो अमेरिकी नागरिक हुन । छोटा कथाका लागि चर्चित सान्डर्सको ‘लिंकन इन द बार्डो’ पहिलो उपन्यास हो । जसले साहित्यका लागि विश्वकै दोस्रो प्रतिष्ठित पुरस्कार पाएका हुन । उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ । बेलायतको लण्डनमा भएको एक विशेष कार्यक्रमका बिच डचेज अफ बार्नवालले पुरस्कार प्रधान गरेका थिए ।

गिद्धः एउटै पहरामा तीन जाति

अर्घाखाँची, भदौ १८ । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ राखी महामारी र सरुवा रोग लाग्नबाट जोगाउँछ । प्रकृतिको कुचीकार गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छ । हिमाल र तराईका विभिन्न सामुदायिक वनमा पाँचथरी गिद्ध पाइने गरेको गिद्ध संरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँ डंगर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध पाइन्छन् । हिमालमा पाइने हिमाली गिद्ध र तराईमा पाइने डंगर गिद्धको बासस्थान जिल्लाका विभिन्न स्थानका जंगल र पहरा हुन् । हिमाली र डङ्गर गिद्धसमेत रैथाने रुपमा बस्ने भएकाले अर्घाखाँची तिनको उपयुक्त बासस्थानका रुपमा विकास हुँदै गइरहेको छ । पाँचथरी गिद्ध सधैँभरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरेगिद्ध र राजगिद्ध पनि बसाइँसराइ गरेर आउने गरेको नेपाल पक्षी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताउनुभयो । यहाँको उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ, गोखुङा, हंसपुर, खनदह, खन, अर्घातोष, डिभर्ना र बल्कोटका पहरा र ठूला रुखमा बासस्थान फेला परेको छ । “बाँगी घेराका भीरमा तीन प्रजातिका गिद्धले बच्चा कोरल्छन्”, उहाँले भन्नुभयो, “एउटै पहरामा तीन जाति रहेको यो नेपालकै पहिलो अध्ययन हो ।” सुन्निएको र दुखेको निको पार्न पशुमा प्रयोग गरिने डाइक्लोफेन्याक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्ध मरेको अनुसन्धानले देखाएको छ । गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्र नै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अति आवश्यक रहेको छ । लोपोन्मुख पक्षी डंगर गिद्धका पाँच बच्चा पाँच वर्षअघि अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा लगेर राखिएको छ । सन्धिखर्क नगरपालिका– १० मा पर्ने गर्ताखोला खहरे र गर्लाम सामुदायिक वनबाट ती गिद्धका बच्चा लगिएको गर्ताखोला खहरे गर्लाम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर रानाभाटले बताउनुभयो । घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेन्याकका कारण गिद्धको संख्या घटेर अतिसंकटापन्न अवस्थामा पुगेकाले बचाउन त्यहाँ लगिएको हो । उमेर पुगेपछि कृत्रिम प्रजनन गराएर बच्चा हुर्काई डाइक्लोफेन्याकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा छाडिने छ । सन्धिखर्क– १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले गिद्ध संरक्षणका लागि वन संरक्षण गर्नु महत्वपूर्ण भएको बताउँदै गिद्ध संरक्षणले वातवरण र पर्यावरण जोगाउन निकै ठूलो भूमिका खेलेको हुँदा यसलाई बचाउन आफूहरुले पहल गर्ने जानकारी दिनुभयो । गिद्धलाई डाइक्लोफेन्याकरहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो । किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु संकलन गरी जटायु रेष्टुरेन्टमा रहेका पशुको वृद्धाश्रममा लगिन्छ । नेपाल पंक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए । नेपालमा पाइने आठ प्रकारका गिद्धमध्ये जिल्लामा पाँच प्रकारका गिद्ध छन् । गिद्धका लागि राम्रो बासस्थान भए पनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन राजनीतिक दल गैर सरकारी संस्था सबैले पहल गर्न जरुरी रहेको वातावरणप्रेमी बताउँछन् ।

प्रधानन्यायाधीश र न्यायाधीशको तलब–भत्ता कति तोकिँदै छ?

काठमाडौं, भदौ १४ ।  सरकारले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको तलब–भत्ता ऐनमार्फत व्यवस्था गर्न लागेको छ । संसद्को विधायन समितिको उपसमितिले यसमाथि छलफल गरिरहेको छ । विधायन समिति सभापति गंगा चौधरी सत्गौवाले छलफल अन्तिम चरणमा रहेको बताइन् । समितिले पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धमा सरकारले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिन पूर्वकानुनमन्त्री अग्नि खरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति बनाएको छ । ‘विधेयकमा व्यवस्था गरिएको न्यायाधीशहरूको सेवा–सुविधासँग गाँसिएका विषयमा केही संशोधन गर्नुपर्ने देखिन्छ । यसबारे उपसमितिले सर्वोच्च अदालत, कानुन मन्त्रालय र अर्थ मन्त्रालयलाई छलफल गर्न भनेअनुसार छिटै निष्कर्ष आउनेछ,’ खरेलले भने । सेवा–सुविधा संघीय ऐनबमोजिम हुने व्यवस्था संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको पारिश्रमिक तथा सेवा–सुविधा संघीय ऐनबमोजिम हुने व्यवस्था छ । तर, संविधान जारी भएको २३ महिना पुगिसक्दासमेत यससम्बन्धी ऐन बन्न सकेको छैन । अहिले पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा न्यायाधीशहरूले मन्त्रिपरिषद्ले तोकेअनुसार तलब–भत्ता पाउँदै आएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको तलब–भत्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएर कानुन बन्ने अन्तिम तयारीमा छ । तर, प्रधानन्यायाधीश तथा न्यायाधीशको सेवा–सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अझै संसद्मा पुग्न सकेको छैन । सरकारले सर्वोच्च अदालतको परामर्शमा प्रत्येक तीन वर्षमा प्रधानन्यायाधीश र न्यायाधीशको पारिश्रमिकमा पुनरावलोकन गर्न सक्ने कानुनको मस्यौदामा उल्लेख छ । सरकारले विधेयक ल्याउन ढिलो गरिरहेको छ : संयोजक, अग्नि खरेल संसदीय उपसमिति संयोजक अग्नि खरेलले ७ माघमा वर्तमान संसद्को समयसीमा सकिने भएकाले त्यसअघि टुंगो लगाउनुपर्ने कानुन सरकारले ल्याउन ढिलो गरिरहेको बताए । संविधान जारी भएको दुई वर्ष पुग्न लाग्दा तीन वर्षभित्र बनाइसक्नुपर्ने कानुन बनाउन अझै सुरसार नभएको उनको भनाइ छ । ‘कार्यविभाजनको हिसाबमा विभिन्न मन्त्रालयले विधेयक ल्याउने भए पनि कानुन मन्त्रालयले नेतृत्व गर्ने हो । कानुन मन्त्रालयले के–कस्तो नेतृत्व लिइरहेको छ र अन्य मन्त्रालयलाई विधेयक सम्बन्धमा कत्तिको परामर्श गरिरहेको छ भन्ने महत्वपूर्ण कुरा हो । आगामी ७ माघमा संसद्को समयसीमा सकिँदै गर्दा बन्नुपर्ने जे–जति कानुन हुन्, त्यसप्रति समेत सरकार गम्भीर बनेको देखिँदैन,’ पूर्वकानुनमन्त्रीसमेत रहेका विधायन उपसमिति संयोजक खरेलले भने । -नयाँपत्रिकाबाट

विवाह अघिको यौनसम्पर्क थाहा हुन्छ?

मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ ? यससम्बन्धमा डा. राजेन्द्र भद्रा के भन्छ त ? केटा साथीसँगको सम्बन्ध तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला,दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् । प्रेममा शारीरिक पक्ष अलिपछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दुःख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन । तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ । वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् । यौनसम्पर्कको कुरा यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्रायस्जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् । ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो । यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौनसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । के पछि हुने श्रीमान्ले पहिले यौनसम्पर्क राखेको थाहा पाउलान् ? पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले योनिच्छद भएरनभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन । तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ रु तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन । के गर्ने त ? प्रत्येक व्यक्तिले यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौनसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ । तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ । (साप्ताहिकबाट साभार)

मरिसकेर पनि बच्चा पाउनकै लागि ४ महिनासम्म बाँचिन यी महिला

काठमाडौं । यहाँ तस्वीरमा रहेकी महिला अब यो संसारमा छैनन् । तर उनको कथा सुन्ने जो कोहीका पनि आँखा नरसाई रहन सक्दैनन् । आमाको ममताका कतिपय कथाहरु सुन्छौं हामी । तर यहाँ यी आमाले भने मरिसकेर पनि जुम्ल्याहा छोराछोरी जन्माइन । अर्को शब्दमा भन्दा, सन्तान जन्माउनका लागि मात्रै ४ महिना बाँचिन उनी । डाक्टरहरुले त उनी ४ महिना अघि नै मरिसकेको घोषणा गरेका थिए । तर गर्भवती थिइन उनी, मरेकी थिइन, साँस मात्रै छोडिनन् । बच्चा जन्माइन र छोडेर गइन यो संसार । गर्भवती भएको बेला ब्राजिलकी सिल्भा पेडिल्हालाई मष्तिष्कघात भएको थियो । यही कारण चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे । त्यतिखेर उनको पेटमा नौ हप्ताको गर्भ थियो । मष्तिष्कघातपछि अस्पताल लगेर जाँदा डाक्टरहरुले गर्भमा रहेका बच्चाहरु बाँच्ने कुनै सम्भावना नरहेको बताएका थिए । उनीहरुले आमाको समेत ब्रेन डेड अर्थात् मष्तिष्कले पुरै काम गर्न छोडेको अवस्था भएको घोषणा गरे । तर उनका श्रीमानलाई श्रीमती मृत भएकोमा विश्वास थिएन । मष्तिष्क मृत भएपनि श्वास चलिरहेको भन्दै उनले फेरी जाँच गर्न अनुरोध गरे । डाक्टरहरुले दोश्रोपल्ट जाँच गर्दा उनको शरीरका केही अंगले काम गरिरहेको र गर्भका शिशुहरुको पनि मुटुको चाल बाँकी नै रहेको थाहा भयो । त्यसपछि सिल्भाका श्रीमान म्यूरेलले उनलाई तत्काल नै सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गरे । आमाको मष्तिष्क मृत्यु भएपनि गर्भमा रहेका शिशुहरुलाई जिउँदो राख्न डाक्टरहरुले मशिनको मद्दतले सिल्भालाई जिवित राख्ने निर्णय गरे । उपचारका साथै अस्पतालका स्टाफहरु पालैपालो आमाछेऊ गएर उनको पेट मुसार्ने गर्थे । नजन्मिएका बच्चाहरुसँग कुरापनि गर्थे । करिब १ सय २३ दिनसम्म यही क्रम निरन्तर चलिरह्यो । ९ महिना पुरा भएपछि डाक्टरले अप्रेशन गरेर जुम्ल्याहा बच्चा जन्माउन सहयोग गरे । तर बच्चाहरु जन्मेको खुशी आमाले अनुभूति गर्न सकिनन् । उनी सम्पूर्ण रुपमा मृत भइसकेकी थिइन ।

बाबुरामजी, प्रचण्ड भन्दा उपेन्द्र यादव कसरी प्रगतिशील ?

कमरेड बाबुराम, यो कमरेड भन्ने शब्द सुन्दा तपाईलाई कता कता जिस्क्याएको जस्तो लाग्ला, तर के गर्नु, तपाईलाई अझै पनि कमरेड नै भन्न मन लाग्छ । त्यसो त तपाईले हाम्रा आदर्श र सपनाहरुको घाँटी चटक्क निमोठेर यी सपनाहरुको अर्थ छैन भन्ने घोषणा गर्दा तपाईंको घाँटी नै च्याप्न मन नलागेको होइन । तर माओवादीभित्रको त्यतिबेलाको गैर पद्धतीगत संगठनको चरित्रले निम्त्याएको रिसका कारण तपाईले त्यसो भन्नु भएको होला भनेर चित्त बुझेको थियो । तपाईंले नयाँ शक्ति खोल्दा परिस्थिति उपयुक्त थिएन । त्यो तपाईको निर्णय इतिहासले सही साबित गर्न सक्दैन पनि । तर तपाईले नेपालका राजनीतिक दलहरुभित्रको संस्कार, चरित्र र संगठनात्मक पद्धतीका बारेमा केही गम्भीर प्रश्न उठाउनु भएको थियो । नयाँ नेपालका लागि नयाँ ढंगको विचार र संगठन आवश्यक भएको कुरा गर्नु भएको थियो । सिद्धान्तका पोथाले वाक्क दिक्क भएका नेपाली जनताका अगाडि तपाईको व्यक्तित्व र तपाईले राख्नु भएका कुरा हेरौं न त भन्ने अवस्थामा देखिएका थिए । यही आधारमा समाजको एउता तप्का तपाईंसँग जोडियो पनि । तर समयक्रमसँगै तपाईले सोचे अनुरुप भएन । मधेसको रापलाई क्यास गर्न सकिन्छ कि भनेर तपाई जनकपुर पुग्दा तपाईको बहिस्कार भयो । मधेसी मोर्चाले तपाईलाई आउटसाइडरका रुपमा व्यवहार गरे । पहाडमा तपाईप्रति एक हदसम्मको आकर्षण थियो । तर तपाईले खिचडी पकाउन खोज्नु भएको थियो, त्यो पाकेन । कुनै दाल छिटै गल्ने, कुनै गल्दै नगल्ने, थरीगरी रंग एउटै ठाउँ मिसाउँदा त्यो कालो र कुरुप, विद्रुप हुन्छ, त्यही तपाईको हकमा भयो । नयाँ शक्ति साँच्चिकै नयाँ बन्न सकेन । अधिकांश जिल्लामा तपाईले केही नयाँ गर्नु हुन्छ कि भनेर लागेकाहरुले पार्टी त्यागे । त्यसरी पार्टी त्याग्दै जाने क्रम र यता राष्ट्रिय राजनीतिमा समेत तपाईको भूमिका कमजोर हुँदै जाने, पार्टी र संगठनभित्र विवाद चर्किने, आफ्नै नजिकका साथीहरुले समेत छोड्ने क्रम बढेपछि तपाईभित्र एउटा इगोले जन्म लियो । कमरेड बाबुराम, यो इगोलाई तपाईले तर्कका जलपले अझ निखार्नु भयो । तपाई भित्रको यो इगो कुनै पनि अर्थमा बस्तुवादी थिएन । तपाईले गलत स्थानमा कुवा खन्नु भएको थियो । त्यसबाट पानी आउन सक्ने थिएन । तर स्यालले अंगुर टिप्न नसकेपछि अंगुर नै अमिलो भनेर गाली गरेको उखान छ नि, तपाईले त्यही गर्नु भयो । कमरेड प्रचण्डले एउटा अन्तर्वार्तामा भनेका थिए– मान्छे इगोका कारण विचलन हुन थालेपछि यति पर पुग्छ कि त्यहाँ पुगेको उसलाई समेत पत्तो हुँदैन । तपाई त्यही हुनु भयो । एकपछि अर्को गर्दै जाँदा तपाई अहिले उपेन्द्र यादवसँग पार्टी एकता गर्न पुग्नु भयो । यो जस्तो भद्दा स्खलन तपाईको अरु के हुन सक्ला र ? तपाईं त नयाँ बनाउन हिँडनु भएको होइन, नयाँ ढंगका कार्यकर्ता, नयां ढंगको निर्णय प्रक्रिया, नयां शैलीको पार्टी, नयाँ विचार, नयाँ उत्साह । अनि अहिले कहाँ हरायो त्यो नयाँ कमरेड ? कतै काम नलागेका, खिया लागेका अशोक राईदेखि उपेन्द्र यादवसँग तपाईको एकता के अर्थमा नयाँ शक्ति हो बाबुराम जी ? भोलीका दिनमा कमल थापाले एकता गरौं भन्लान्, कांग्रेसका केही मानिसहरुले एकता गरौं भन्लान्, एमालेले एकता गरौ भन्लान । अनि के गर्नु हुन्छ ? शक्ति प्राप्त गर्न जोसँग पनि घाँटी जोड्ने हो भने तपाई कसरी नयाँ ? तपाईले एउटा गम्भीर आरोप लगाउनु भएको थियो– पुरानो भत्केको घरलाई टालटुल मात्रै गर्न सकिन्छ, त्यसलाई नयाँ बनाउन सकिन्न । तर पुरानो घरकै ढुंगा, इटा र काठ हुलेर तपाईलाई चाहिँ कस्तो नयाँ घर बनाउनु खोज्नु भएको हो ? यसको जवाफ दिन सक्नुहुन्छ ? तपाई त एउटा इतिहास बोकेको व्यक्ति हो । नेपाली समाजमा नयाँ चाहिन्छ र यो नयाँका लागि पुरानोको ध्वंस गर्नुपर्छ भन्ने क्रान्तिकारी सोच बोक्ने मान्छे हो । तपाईले जति माक्र्सवाद कसले बुझेको छ होला ? तर अहिले तपाईले जे गर्दै हुनुहुन्छ, त्यो के अर्थमा नयाँ र रुपान्तरणकारी हुन सक्छ ? तपाईले चुनाव चिन्ह पाउनका लागि एकता गर्नु भयो, भोली प्रधानमन्त्री या मन्त्री या अरु शक्ति प्राप्त गर्न सम्झौता गर्नु होला ? यदि विचारकै आधारमा या स्पिरिट र चरित्रकै आधारमा भन्ने हो भने अशोक राई र उपेन्द्र यादव भन्दा प्रचण्ड नै प्रगतिशील होइनन् र बाबुराम जी ? आफ्नो सिंगो जीवन नेपाली समाजको रुपान्तरणका लागि खर्चिने माओवादीका साथीहरु प्रगतिशील कि उपेन्द्र यादव ? तपाईले उपेन्द्र यादवलाई देख्नुहुन्छ ? तर कुन अर्थमा ? जवाफ दिनुस् । कुनै बेला मधेस, दलित, जनजातिलगायत उत्पीडित जनताका मुद्दा तपाई र प्रचण्डहरुले उठाउँदा यिनै उपेन्द्र यादवले तपाईलाई गद्दारी गरेका होइनन् । यी अशोक राई त्यतिबेला एमाले भित्र जनजाति अधिकार चाहिँदैन भन्ने वकालत गर्दै थिए । जबकि तपाईहरुले अग्रगमनका लागि नै टाउकोमा कफन बोक्नु भएको थियो । अब भन्नुस्, प्रचण्ड क्रान्तिकारी कि उपेन्द्र यादव ? लाज र शरमको एउटा सीमा हुन्छ बाबुरामजी, अब तपाईले त्यो पचाउनु भयो । तर यो स्थितिले तपाईको भविष्य के हुन्छ ? तपाईलाई माया गर्नेहरुले त्यो पचाउनै पर्ने देखिन्छ । तपाईलाई माया गर्नेहरुले तपाईको यो पतन आफ्नै आँखा अगाडि दुख मान्दै हेर्नुपर्ने अवस्था आएको छ । सक्नुहुन्छ भने इगो त्याग्नुस्, माक्र्सवाद सत्य हो तपाईलाई थाहा छ, फर्किनुस् र शुरु गर्नुस् एउटा नयाँ यात्रा, आफ्नाहरुलाई बटुलेर नयाँ घर बनाउँदै । भीष्म थापा

सिरहामा पेट्रोलियम पदार्थको अभाव

लहान, चैत ८ । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घन्टौँसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा रु एक सय ५० प्रतिलिटरका दरले पेट्रोल किनेर प्रयोग गर्नु परिरहेको सिरहा माड्रका रामानन्द गुप्ता बताउनुहुन्छ । प्रतिलिटर रु.एक सय दुई पर्ने पेट्रोल लिन घन्टौँ लाइन लाग्दासमेत पाउन नसकेको उहाँले बताउनुभयो । सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको भएपनि तस्कर र पम्प सञ्चालकको मिलेमतोमा ग्यालेनमा भरेर भारतीय बजार पठाउने गरेको सर्वसाधारणको गुनासो छ । सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालभन्दा करिब चार रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ । सोही कारण नेपालबाट भारततर्फ पेट्रोल तस्करी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पेट्रोल पम्पको अनुगमन गर्न चासो नदिएको उपभोक्ताको गुनासो छ । गोलबजारस्थित नवदुर्गा ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक रामसगुन यादव एकपल्ट बिक्री वितरण प्रक्रिया खल्बलिँदा सहज हुन कम्तीमा १५ दिन लाग्ने बताउनुहुन्छ । ट्याङ्कर सञ्चालकको आन्दोलन, मधेसमा फागुनको तेस्रो हप्ता भएको बन्द हडताललगायत कारणले पेट्रोलियम पदार्थको आपूर्ति केही असहज भएको उहाँको भनाइ छ ।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

फागुन १६ । वरिष्ठ कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित नकर्मीको ८० वर्षको उमेर निधन भएको हो । उमेरमा निधन भसोमबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए । नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् । उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए । नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्तरुपमा नेपालभाषाको फिल्म ‘राजमति’को लेखनसमेत गरेका थिए । उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’समेतमा अभिनय गरेका थिए । उनका चार छोरा र चार छोरी छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्न भारतले स्वीकृत गर्‍यो ९१ अर्ब ५७ करोड

काठमाडौं, फागुन १२ । भारत सरकारले नेपालमा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ९१ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ (५७ अर्ब २४ करोड भारु) लगानी गर्न भारतीय कम्पनी र बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिको बैठकले आयोजनाको उत्पादनतर्फको लगानी स्वीकृत गरेको प्रेस सूचना ब्युरोले जनाएको छ । प्रसारणलाइनतर्फको करिब १९ अर्ब ६२ करोड रुपैयाँ भने अझै स्वीकृत गर्न बाँकी छ । भारतीय सरकारको निर्णयपछि प्रवद्र्धक कम्पनीलाई आयोजनामा करिब २५ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्न बाटो खुलेको छ । साथै, भारतीय बैंक तथा वित्तीय संस्थालाई आयोजनामा ऋण लगानी गर्नसमेत बाटो खुलेको सतलज जलविद्युत् निगमका आवासीय प्रतिनिधि हरिराम सुवेदीले बताए । ‘यो निर्णयपछि आयोजनामा ऋण दिन तयार भएका भारतीय एक्जिम बैंक, एसबिआई बैँक, ग्रामीण विद्युतीकरण कर्पोरेसन र परियोजना फाइनाइन्स कर्पोरेसनलाई लगानी गर्न ढोका खुलेको छ,’ उनले भने, ‘अब आयोजनाको वित्तीय व्यवस्थापन तोकिएको समयमै हुनेछ ।’ लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच अरुण तेस्रो निर्माणका २ वर्षमा वित्तीय व्यवस्थापन गर्ने सर्तसहित ९ मंसिर ०७१ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । तर, कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि वित्तीय व्यवस्थापनका लागि १४ असोज ०७४ (३० सेप्टेम्बर २०१७) नयाँ मिति तोकिएको छ । कम्पनीले वित्तीय व्यवस्थापन भएको ६० महिनाभित्र आयोजनाको निर्माण सक्नुपर्ने पिडिएमा व्यवस्था छ । आयोजनाको प्रवद्र्धक कम्पनी सतलजमा भारतीय केन्द्रीय र हिमाञ्चल सरकारको क्रमशः ६४.४६ र २५.५१ प्रतिशत स्वामित्व छ । आयोजना निर्माणका लागि नेपालमा सतलजको शतप्रतिशत लगानी रहेको एसजिभिएन अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि कम्पनी खोलिएको छ । भारत सरकारले सतलजलाई कम्पनी खोल्न पनि स्वीकृति दिएको छ । कम्पनी खोल्दादेखि नै लागू हुनेगरी यस्तो स्वीकृति दिएको भारतीय प्रेस सूचना ब्युरोले जनाएको छ । यो खबरआजको नयाँ पत्रिकामा छ ।

‘अब कसैले चाहेर पनि स्ववियू चुनाव रोकिन्न’

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकँदै गर्दा उमेर हदको विवादले नेविसंघभित्रै समस्या देखिएको छ । आधिकारिकरुपमा उमेरको हद लागु हुन नहुने भन्दै संगठनले चुनावको तयारी शुरु गरेको छ । स्ववियू चुनावमा के हुन्छ नेविसंघको भूमिका र कस्ता छन् एजेण्डाहरु भन्ने विषय भने अहिले सम्म खासै चर्चामा आएको छैन । यिनै विषयसँग सम्बन्धित रहेर एभरेष्ट दैनिक डटकमका लागि रूद्रप्रसाद भट्टराईले गरेको कुराकानीको सारसंक्षेप । १. उमेरको विषयमा यत्रो चर्काचर्की किन हो ? उमेरको विवाद स्वभाविक थियो किनभने लामो समयसम्म हामीले यो अभ्यास गर्न सकेका थिएनौं । तर विश्वविद्यालयसँग पटक पटकको छलफलपछि निर्णय भयो । त्यसैले यो हचुवामा आएको निर्णय होइन, यसलाई विद्यार्थीको हकहितमा ल्याएको छ भन्ने बुझ्नुपर्छ । अब उमेरको विवादलाई छोटो समयमा साम्य गरेर तयारीमा लाग्नुपर्छ । कलेजमा पढ्ने पो विद्यार्थी हुनुपर्ने हैन र ? तसर्थ हामीले उमेर हदमा हस्ताक्षर गरेका हौँ । कलेजमा पढ्ने विद्यार्थीलाई विश्वास नगर्नेको झुण्डले विवाद सिर्जना गरेको हो । २. तपाईंहरुले आन्तरिक छलफल नगरेको परिणाम हैन र यो विवाद ? धेरैपटक हामीले छलफल गरेका हौँ । कोहिपनि नछुटोस् बरु दोहोरियोस् भनेर आपसमा सुचना आदानप्रदान पनि गरेका हौं । यो विद्यार्थी राजनीतिको उमेर हदलाई सकारात्मक रुपमा लिनुपर्छ भनेर तल्लो स्तरसम्मपनि सर्कुलर गरिसकेका छौँ । अब चाँडै नै समस्या समाधान हुन्छ भन्नेमा हामी ढुक्क छौँ । तसर्थ, छलफल नचलाएको भनेर भन्नु गलत् हुन्छ । ३. कतिपयले चुनाव नै नचाहेर उमेर हदको विवाद झिकेको भन्छन् नि ? स्ववियुको लागि निर्धारण गरेको उमेर सबैबाट अनुमोदन गरेर ल्याइसकेपछि चुनावको विकल्प छैन । किनकी पद्धति ठुलो कुरा हो । कहिलेसम्म विद्यार्थी राजनीतिलाई शुन्यतामा राख्ने ? पद्धति रहेमात्र हामी विद्यार्थी राजनीति गर्न सक्छौँ । यसकारण पद्धति जोगाउनको लागि पनि उमेरलाई धार बाउनु हुँदैन । साथीहरू असन्तुष्ट अवश्य हुनुहुन्छ र यही कुरालाई भविश्यसँग जोडेर जसरी कुरा उठाउँदै हुनुहुन्छ जुन नीतिगत् निर्णयभन्दा माथि हुन सक्दैन । बहुसँख्यक विद्यार्थीहरूको प्रतिशतलाई निर्धारण र सम्मान गर्नको लागिपनि हामीले विरोध गरेका छैनौँ । समयको मागलाई हामीले सम्मान गर्दै यो निर्णय गरेका हौँ । ४. यहि परिस्थितिमा चुनाव सम्भव छ त ? शैक्षिक आन्दोलन र समाज परिवर्तनको लागि विद्यार्थी राजनीति आवश्यक छ । यसमा थोरै बन्न सक्छन त अधिक सक्दैनन् । खाली एकै कारण देखाएर चुनावमा नजानु भनेको लोकतन्त्र होइन । विद्यार्थीबीचमा रहेर काम गर्ने वातावरण बने हक हितहरू पुरा हुन्छन् । स्ववियुले मात्रै अधिकारलाई सुरक्षित गर्न सक्छ । यसकारण आफ्नै खुट्टामा कसैले बञ्चरो हान्न मिल्दैन । यसैले विद्यार्थी संगठनसँगको छलफल र गृहकार्य पछि त्रिवि सभाले पास गरेको कुरा नमान्न कसैलाईपनि अधिकार छैन । उमेर हदमा हाम्रा केहि साथिहरूले चलाउनुभएको अभियान केहिदिनमै वहाहरूले टुँग्याउनुहुन्छ । चुनाव अब कसैले केहि भनेर रोकिन्न, समयमै सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।  देशमा ठुलै विपत्त वा घटना घट्यो भने भन्न सकिन्न तर चुनाव हुन्छ हुन्छ । जसरीपनि चुनाव हुन्छ, कथनकदाचित भएन भने सम्झनुस् यसको दोष त्रिविको हुन्छ । ५. चुनावमा के छन् तपाईहरुका एजेण्डा ? गरिबका लागि शिक्षा, शैक्षिक बिकृतिको अन्त्य, सामाजिक परिवर्तन, रोजगारमूलक शिक्षामा जोड, संघमा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन, पाठ्यक्रमको विज्ञद्वारा पुर्नलेखन, नेपाल जिन्दावाद भन्ने शिक्षा हाम्रो स्ववियुका एजेण्डा हुन् । समय सापेक्ष शिक्षाको योगदानलाई अझ विस्तार गर्ने अभियानलाई यो मिनि–चुनावबाट झन ससक्त बनाउने हाम्रो चाहना छ । युवाको विदेशीने क्रम रोक्नु छ, ग्रामीण समाज असमानता र विभेदले जकडिएको छ त्यसलाई हटाउन विद्यार्थीको भूमिकालाई अझ बढाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । ६. विद्यार्थीलाई राजनीतिको ढाल बनाउन तपाईहरु नै लाग्नुहुन्छ, अनि यी एजेण्डाको के अर्थ ? छ, यो त झनै महत्वपूर्ण कुरा हो । आन्दोलन, क्रान्ति, बन्द, चन्दा आतँक जस्ता हरेक पक्षमा युवाकै प्रयोग बढेको सत्य हो । तर नेविसंघ संस्कृतम आन्दोलनदेखिको इतिहास भएकोले एकाध घटनाबाहेक कसैको प्रयोगशाला भएको छैन । विद्यार्थी हकहितमा सँधै कटिवद्ध र निरन्तर छ । तसर्थ विद्यार्थी बेप्रयोग गरेको कुरा गलत हो । नेविसंघ कहिलेपनि बेप्रयोग भएको छैन । अबपनि कसैको पछि नलागिकन नेतृत्वमा स्थापित हुन्छ । ८. सहकार्यको रणनीति के हो ? सत्ता गठबन्धनको छाप पर्छ कि पर्दैन ? हुँदैन । नीतिगत् रुपमा हाम्रो सत्ता साझेदारसँगको साझेदारीमा चुनावमा जाने कुनै निर्णय भएको छैन । तर आवश्यकताअनुसार स्थानीय तवरले सहकार्य नगर्ने भन्नेचाहि हुँदैन । परिवेशलाई ध्यानमा राखेर त्योपनि सम्भव रहेको छ । १०. भनेपछि चुनाव हुनेमा ढुक्क हुनुहुन्छ ? अब जुनसुकै अवस्था आएपनि त्रिविले चुनाव रोक्नुहुँदैन, ढुँगा हानेको भरमा अधिकको मतमाथिको अधिकारलाई कुन्ठित गर्दछ भने कारवाही गरेर भएपनि चुनाव गर्नैपर्छ । हजारजनाको बिचमा केहीले बम हान्छन भने तिनलाई कारबाही गरेर त्रिवि वा राज्यले चुनाव गर्नैपर्दछ । तसर्थ नजिकिएको स्ववियु चुनावमा विद्यार्थी मतदातालाई निर्धक्क भएर नेतृत्व चुन्दै असल नेतृत्वशैलीको विकासमा साथ दिउँ भन्न चाहन्छु । साथै नेविसंघ जहिल्यैपनि परिवर्तनको वकालत गर्ने संगठन भएकोले नेविसंघको योगदानलाई चिन्न मतदातालाई अनुरोध गर्दछु ।

विद्युत चुहावट गर्ने सात सयलाई कारबाही, उठ्यो ४६ लाख

राजविराज, माघ ८ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले ६ महिनामा विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्तिलाई कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुतको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले जानकारी दिए । केन्द्रका प्रमुख साहका अनुसार आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐन बमोजिम कारबाही गरिएको बताए । तीमध्ये ३ सय ८३ जना हुकिङ गर्ने मानिसलाई पाँच हजार जरिवाना र दुई सय ३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए । यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत चुहावटको कारबाहीबाट ४६ लाख १६ हजार ६ सय राजस्व संकलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ । यसैबिच, विद्युतको महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा विद्युत चुहावट नियन्त्रणका लागि अभियान थालिएको शाहले बताए । रासस