खस क्षत्री सेवा समाजको नवौं स्थापना दिवस कतारमा सम्पन्न

दोहा । खस क्षत्री सेवा समाज कतारले एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस मनाएको छ । शुक्रबार दोहामा सम्पन्न स्थापना दिवस कार्यक्रम शुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापनादेखि नै जातिभन्दा माथि उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । संस्थापक अध्यक्षसमेत रहेका कार्कीले कठिन परिस्थितिमा स्थापना गरेको संस्थाले निरन्तर समाज सेवामा सक्रिय रहँदा गर्व लाग्ने गरेको बताए ।

कार्यक्रममा समाजका आजिवन सदस्य एवं एन आर एन ए आइसीसि सदस्य कुमार कार्की, समाजका प्रमुख सल्लाहकार रेशम बस्नेत, आजिवन सदस्य एवं एन आर एन कतारका युवा संयोजक माया केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवक्ता सन्तोष क्षत्री र सञ्चालन महासचिव रामजी खत्रीले गरेका थिए ।

साढे १२ हजार शिक्षक ३ महिनाभित्र पूर्ति गर्ने विभागको तयारी

काठमाडौं, चैत १६ । मुलुकमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। विद्यार्थी विद्यालयका नयाँ कक्षामा जाने बेला आउँदा त्यहाँ पढाउनका लागि हजारौँ शिक्षकको भने अभाव छ। शिक्षा विभागका अनुसार मुलुकभरका विद्यालयमा १२ हजार ७३९ शिक्षकको अभाव छ। त्यसको पूर्ति गर्नका लागि शिक्षक सेवा आयोग लागे पनि ती पद कहिले पूर्ति हुने हो निश्चित छैन। शिक्षा विभागका निर्देशक नरेन्द्रप्रसाद रेग्मीले नयाँ शिक्षक नियुक्तिका लागि सम्बन्धित निकाय शिक्षक सेवा आयोगलाई निर्देशन दिएको बताए। उनले भने, ‘देशभर १२ हजार शिक्षकको अभाव छ। यसको पूर्तिका लागि हामीले शिक्षक सेवा आयोगलाई निर्देशन दिइसकेका छौँ। त्यसका लागि आयोगले नियुक्ति गरिरहेको जानकारी दिएको छ।’ किन भएको हो त यति ठूलो संख्यामा शिक्षक अभाव? रेग्मीले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई अवकाश दिने सरकारको निर्णयले १२ हजारभन्दा बढी शिक्षकको तत्काल आवश्यकता परेको बताए। शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि करिब २३ हजार अस्थायी शिक्षकले फारम भरेको बताए। उनले भने, ‘फाराम भरेकालाई मात्र हामीले गणना गरेका हौँ।’ फाराम नभरेका अस्थायी शिक्षक पनि हुन सक्ने उनको आँकलन थियो। यसबीच अस्थायी शिक्षकलाई स्थायी बनाउने पक्रियामा सहभागी भएका २३ हजार मध्येबाट करिब १४ हजार शिक्षक स्थायी बनेका थिए। जसमा प्राथमिक तहका लागि १० हजार ८००, निम्न माध्यमिक तहका लागि दुई हजार र माध्यमिक तहका लागि एक हजार ४०० गरी १४ हजार २०० को हाराहारीमा शिक्षक उत्तीर्ण भएका थिए। कुन–कुन तहका लागि कति शिक्षक आवश्यक शिक्षक सेवा आयोगमा मा.वि., नि.मा.वि. र प्रा.वि. तहका लागि १२ हजार ७३९ शिक्षकको अभाव रहेको तथ्यांक छ। शिक्षक सेवा आयोगले अभाव शिक्षकको नयाँ भर्नाका लागि खुल्ला विज्ञापन सुरु गरिसकेको जनाएको छ। शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनमा प्राथमिक तहका लागि मात्र नौँ हजार ९९६ शिक्षक माग गरेको थियो। त्यस्तै, निम्न माध्यमिक तहका लागि एक हजार ६३५ र माध्यमिक तहका लागि एक हजार १०८ गरी जम्मा १२ हजार ७३९ शिक्षकको माग राखिएको थियो। जसअनुसार अहिले उनीहरूको उत्तरपुस्तिका जाँचको प्रक्रिया चलिरहेको खकुरेलले बताए। खुल्ला विज्ञापनबाट लिएको शिक्षकहरूको लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षक सेवा आयोग सक्रिय रूपमा खटेको र नतिजा सकेसम्म छिटो निकाल्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ। शिक्षा ऐन २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा ९ अनुसार आन्तरिक परीक्षामा असफल भएका अस्थायी शिक्षकहरूलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ गरेको छ। निर्देशक रेग्मीले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको र देशभर शिक्षकको अभाव भएको बताए। यसरी हुनेछ शिक्षक व्यवस्थापन शिक्षक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागको हो। शिक्षक व्यवस्थापनमा शिक्षक उत्पादन, शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, सरुवा बढुवा, अवकाश र अवकाशपछिको सेवा सुविधालाई समेत जोडिएको हुन्छ। शिक्षक सेवा आयोगका सूचना अधिकारी खकुरेलले शिक्षा विभागले तहअनुसार शिक्षकको माग गरेपछि मात्र शिक्षक सेवा आयोगले शिक्षक पूर्तिको काम र व्यवस्थापन गर्ने गरेको बताए। शिक्षक व्यवस्थापनमा उल्लेख अवकाश र अवकाशपछिको सुविधा समय हेरेर मात्र दिने गरेको छ। खकुरेलले भने, ‘अवकाश शिक्षकले कति वर्ष काम गरेको हो, कति पटक शिक्षक सेवाका जाँच दिएको हो त्यही हेरेर सुविधा दिने नियम छ।’ उनले आन्तरिक परीक्षामा हुने प्रतिस्पर्धाले गर्दा २० वर्ष काम गरेको दिर्घसेवी अस्थायी शिक्षक खाली हात अवकाश हुनुपर्ने बाध्यता रहेको समेत बताए। अहिले अवकाश भएका शिक्षकले भने अनिवार्य रूपमा सेवा सुविधा पाउने व्यवस्था रहेको खकुरेलले बताएका छन्। उनले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकै बेला १२ हजार शिक्षक अवकाश हुँदा र विधालयमा शिक्षकको अभाव हुँदा आपत्ति जनाए। उनी भन्छन्, ‘हामी १२ हजार अभाव शिक्षकको पूर्ति गर्न कटिबद्ध रूपमा लागेका छौँ,पक्रिया नसकिँदा सम्म शिक्षक सेवा आयोगका सम्पूर्ण कर्मचारी लागि नै रहनेछौँ।’ शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षकका कारण कक्षाकोठा रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै अहिले शिक्षक सेवा आयोग धमाधम शिक्षक नियुक्ति प्रक्रियामा लागि परेको छ। यो समाचार थाहखबर डटकमबाट साभार

गायक दुर्गा हुमागाईंको ‘तिम्रै निम्ति’ गीत भिडियो सार्वजनिक

गीतकार दुर्गा हुमागाईको शब्द–रचना रहेको नयाँ गीत ‘तिम्रै निम्ति’ सार्वजनिक भएको छ । गीतमा कर्म ग्यल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । यस्तै, गीतको भिडियो नि बनेको छ । भिडियोमा बाबुछोरीको प्रेमलाई दर्सौना खोजिएको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन अनि विष्णु खड्काले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा जीवन भट्टराई–ऋचा थापा अनि दिभास्नाको अभिनय रहेको छ ।

तीन जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार साँझ ४ः४० बजेसम्म अस्थायी शिक्षकको ३ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै काठमाडौं, मकवानपुर र चितवन जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सहकारी संस्था समृद्धीका आधार हुन्ः नगरप्रमुख वड

धनगढी, पुस २२ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुको सही व्यवस्थापनबाट नै समृद्धिको आधार तय हुने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यसका लागि सहकारीमा सबैंको पहुँच वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले भने– ‘ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हँुदैन, त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले व्यावसायिक कृषि क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने– ‘जे गरेर जनताको जीवनस्तरमाथि उठ्न सक्छ त्यसमा लगानी केन्द्रित गर्नुहोस् । नगरप्रमुख वडले शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए । धनगढी उपमहानगरपालिका ८ का अध्यक्ष नारायण बरालले सहकारी सम्वन्धी नयाँ ऐन आइसकेकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । फोटो क्याप्सन ः कैलालीको धनगढी उपमहानगरपालिका ८ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वड ।

गुट फ्युजनतर्फ वामदेवको ‘मुभ’, शक्ति संघर्ष चर्किने संकेत

एभरेष्ट टिप्पणी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता वामदेव गौतम काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट निर्वाचन लड्ने कुराले अहिले बजार तातेको छ । कतिपयले वामदेवको यो कदमको आलोचना गरेका छन भने नेपाल कम्युनिष्ट पार्टीभित्र भने नयाँ ढंगको शक्ति संघर्ष चर्किने आशंका पनि कतिपयले गरेका छन् ।   ओली पनि सहमत ?   वामदेवको अहिलेको ‘मुभ’ले एउटा लामो समय पार गरेको छ । बदिर्याबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा भूमिकाविहिन बनेका वामदेवको आवश्यकता सरकार र सदनमा धेरैले रोजे पनि । यही बीचमा वामदेवले सांसद बन्न खोजेको कुरा सार्वजनिक भयो ।   शुरुमा डोल्पाबाट निर्वाचन लड्ने कसरत अघि बढ्यो । डोल्पाका सांसद धनबहादुर बुढाले आफूले वामदेवका लागि निर्वाचन क्षेत्र खाली गर्ने बताए । तर पार्टीभित्रकै एकथरिको दबाब थेग्न नसकेर उनले राजिनामा दिन सकेनन् । यो दबाब के थियो भन्ने कुरा सार्वजनिक भएन् । आशंका के मात्रै भयो भने वामदेव सांसद बन्ने कुरा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहले रुचाएका थिएनन् ।   पूर्वएमाले समूहभित्रका चार जना मुख्य हस्तीहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचको घोषित अघोषित शक्ति संघर्ष हेर्दा वामदेवको यो कदम सामान्य सांसद बन्ने चाहना मात्रै भएको निश्कर्ष निकाल्न सकिन्न ।   ओली समर्थकहरुले सार्वजनिकरुपमा नै वामदेव सांसद हुने कुराको बिरोध गरे । डोल्पाबाट शुरुमा सीट खालि दिने भनेपछि पछि गएर सांसद बुढा आफ्नै कुराबाट पछि हटनुका पछाडि यही ओली समूहको दबाब रहेको समेत धेरैले टिप्पणी गरे । तर श्रोत भन्छ, औपचारिक बैठकहरुमा यो विषयले प्रवेश पाएपछि अध्यक्ष ओलीले भने बिरोध गरेका थिएनन् । “ठीकै छ, कोहीले आफू छोड्न चाहन्छ र अर्कोले चुनाव लड्न चाहन्छ भने त्यसमा मेरो असहमति हुन्न ।” बैठकमा उनको यस्तै आसय रहेको श्रोत बताउँछ ।   त्यसो हो भने वामदेवको मुभलाई ‘ओलीको प्रतिस्थापन’सँग जोडेर गरिएको टिप्पणी र चर्चाहरु गलत हुन त ? केही अन्य तथ्यहरुले भने यस्तो निश्कर्षमा पुग्न दिँदैनन् । खासगरी नेकपाभित्र पूर्वएमाले समूहभित्रका चार जना मुख्य हस्तीहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचको घोषित अघोषित शक्ति संघर्ष हेर्दा वामदेवको यो कदम सामान्य सांसद बन्ने चाहना मात्रै भएको निश्कर्ष निकाल्न सकिन्न ।   सशंकित माधव नेपाल समूह वामदेव सांसद बन्दा अध्यक्ष ओलीलाई समस्या पर्छ या पर्दैन ? यो प्रश्न पनि केहीले उठाएका छन् । सोझोरुपमा ‘क्याल्कुलेटिभ पोलिटिक्स’ को भाषा बोल्नेहरुको तर्क छ– वामदेव सांसद बन्छन्, यता सरकार परिवर्तनको हल्ला छ, अनि वामदेव मन्त्री बन्छन्, उस्तै परे प्रधानमन्त्री बन्छन् । त्यो कुराले ओलीलाई संकट पर्छ । त्यसैले धनबहादुर बुढालाई पनि दबाब दिएर फिर्ता गराइयो ।   तर यसको प्रतिवाद गर्नेहरुले भने ओली पक्षका केही नेता र कार्यकर्ताले वामदेवको सांसद बन्ने यो ‘मुभ’को आलोचना गरेपनि यसले ओलीलाई नै फाइदा पुग्ने विश्लेषण समेत गरेको पाइन्छ ।   वामदेवको आफ्नो बेग्लै व्यक्तित्व भएपनि उनले ओली धारलाई समर्थन गर्दैनन् । त्यसले उनको बलियो उपस्थिति आफैले नैतिकरुपमा समर्थन गर्ने नेपाल धारभित्रै बेग्लै उपधारको निर्माणमा सहायक बन्ने भएको कारण नेपाल समूहको ‘पोलिटिकल बार्गेनिङ पावर’मा यसले असर पार्ने छ ।   सामाजिक सञ्जाल र अन्यत्र चलेका चर्चाहरुलाई आधार मान्ने हो भने अहिले वामदेव सांसद बन्दा यसले नेकपाभित्र बलियो र वैचारिकरुपमा संगठित माधव नेपाल समूह नै कमजोर बन्छ । वामदेव गौतमले गुटकै कुरा नगरेपनि वैचारिकरुपमा कतिपय एजेण्डागत हिसाबले माधव नेपाल नजिक देखिन्छन् । यसो हुँदा शक्ति संघर्षमा वामदेवको शक्तिशाली उपस्थिति माधव नेपाल र समूहका लागि असहज हुने उनीहरुको टिप्पणी देखिन्छ ।     तर यो त्यतिबेला सम्म मात्रै सत्य हुन्छ जतिखेर वामदेव सांसद मात्रै या मन्त्रीसम्म बन्छन् । तर प्रधानमन्त्री नै बन्ने उनको लक्ष्य हो भन्ने निश्कर्षमा पुग्दा भने फेरी यो ओली र नेपाल दुबैका लागि असहज अवस्था हुने मान्न सकिन्छ । किनभने वामदेव अगाडि आउनु नै पनि दुबै समूहका लागि समस्याको विषय बन्न सक्छ । तर बढी घाटा माधव नेपाल पक्षलाई नै हुन्छ । किनभने ओली र नेपाल समूह नै अहिले स्पष्ट कित्ताकाट भएका दुई मुख्य धार हुन नेकपाभित्र ।     र, वामदेवको आफ्नो बेग्लै व्यक्तित्व भएपनि उनले ओली धारलाई समर्थन गर्दैनन् । त्यसले उनको बलियो उपस्थिति आफैले नैतिकरुपमा समर्थन गर्ने नेपाल धारभित्रै बेग्लै उपधारको निर्माणमा सहायक बन्ने भएको कारण नेपाल समूहको ‘पोलिटिकल बार्गेनिङ पावर’मा यसले असर पार्ने छ भन्न सकिन्छ ।   त्यसअर्थमा हेर्दा वामदेवको अहिलेको मुभ शक्ति संघर्षमा आफ्नो स्थान सुरक्षित राख्न हो भन्ने सोझो एकल निश्कर्षमा पुग्न सकिन्छ । उनले शक्ति खोजेका छन्, उनी गतिशील हुन चाहन्छन् । सदन या सरकारमा उपस्थिति चाहन्छन् भन्ने कुरा स्पष्ट देखिन्छ ।   तर, उनको यो मुभ ओली या माधव नेपाल कसका विरुद्ध परिलक्षित छ भन्ने कुरा निर्वाचनको परिणाम र त्यसअघि हुने अभ्यासले नै स्पष्ट देखाउने छ । निर्वाचन जित्न सिँगो पार्टी र सबै समूहको सहयोग आवश्यक छ । उनले एउटा या अर्को समूहले निर्वाचनमा खुलेर समर्थन र सहयोग नगर्ने अवस्थामा चुनाव जित्न सक्दैनन् । त्यसो भएकोले ओली समूह र नेपाल समूहले उनको पक्षमा कसरी निर्वाचनमा परिचालन गर्छन र सहयोग गर्छन भन्ने कुराबाट वामदेवको उपस्थितिलाई दुबै समूहले कसरी लिएका छन भन्ने कुरा पुष्टि हुन्छ ।   फडके किनाराका साक्षी प्रचण्ड पूर्व नेकपा एमालेभित्रको शक्ति संघर्ष नयाँ भने होइन । यी चार जना नेताबीच विगत लामो समयदेखि नै आरोप, प्रत्यारोप, आलोचना र अभ्यासको राजनीति हुँदै आएको छ । तर अहिले पूर्व नेकपा एमाले मात्रै छैन । त्यहाँ जोडिएको छ पूर्व माओवादी केन्द्र ।   गुटको अभ्यास चलेपनि संगठितरुपमा नै गुटहरुबीच कित्ताकाट नभएको पूर्व माओवादी केन्द्रसँगको एकताले पूर्व नेकपा एमालेभित्रका यी समूहहरु समेत प्रभावित नहुने कुरा भएन । महाधिवेशन नहुँदा सम्म दुबै पूर्व पार्टीका गुटहरुबीच फ्युजन हुने या एकले अर्कालाई समर्थन गर्ने अवस्था नभएपनि अहिलेको शक्ति संघर्षमा अध्यक्ष प्रचण्डको भूमिकालाई भने धेरैले अर्थपूर्णरुपमा हेरेका छन् ।   प्रचण्डका लागि वामदेव गौतम नजिकका पात्र हुन । जनयुद्दकालदेखि नै वामदेवको सफ्ट कर्नर प्रचण्ड र पूर्व माओवादी केन्द्रसँग रहँदै आयो । यद्यपी नेपाली कांँग्रेससँगको गठबन्धन सरकार बनेपछि भने राजनीतिक एजेण्डाका हिसाबले प्रचण्ड र वामदेवबीचको दूरी बढेको थियो । वामदेवले कतिपय अवस्थामा प्रचण्ड र पूर्व माओवादी केन्द्रको आलोचना समेत गरे । तर यी आलोचनाहरु एजेण्डागत थिए र यसको असर पार्टी एकीकरणको प्रक्रिया र त्यसपछि भने परेको देखिन्न ।   पार्टी एकतापछि राष्ट्रिय राजनीतिमा प्रचण्ड र केपी ओली नै मुख्यरुपमा क्रियाशील रहेका छन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुको भूमिका निर्णायक रहन सकेको छैन । सचिवालयको गठन भएपछि उनीहरु पनि शक्ति प्रक्रियामा देखिए पनि निर्णायक भूमिका अहिले पनि दुबै अध्यक्षको छ ।   यो अवस्थामा अहिले वामदेव सांसद बन्ने कुरामा प्रचण्ड मौन देखिन्छन् । व्यक्तिगतरुपमा वामदेवलाई उनले भरपर्दो नेता मान्न सक्ने भएपनि पार्टीको निर्णय बिना उनले वामदेव या अन्य नेताको मुभमेन्टलाई समर्थन गर्ने देखिँदैन ।   वामदेव सांसद बन्ने कुरामा समेत पार्टीमा छलफल हुँदा ओली र प्रचण्डको फरक मत देखिन्न । कसैले म छोड्छु तिमी लड भन्छ र अर्कोले हुन्छ तिमीले छोड्यौ म लड्छु भन्छ भने त्यो व्यक्तिगत निर्णयलाई पार्टीले सम्मान गर्नुपर्ने मत दुबै अध्यक्षको देखिन्छ ।   अध्यक्षका नाताले सरकारलाई लोकप्रिय बनाउन अर्का अध्यक्षलाई रचनात्मक सहयोग गर्ने र पार्टीभित्रका सबै तप्कालाई मिलाएर नेकपालाई साँच्चिकै कम्युनिष्ट पार्टी बनाउने चुनौती उनी सामु छ । त्यसैले उनी फडके किनाराका साक्षी बन्दै निर्णायक सारथी बन्ने अवस्थामा छन् ।   सक्रिय संसदीय राजनीतिमा वामदेव आउनुले प्रचण्डलाई पार्टी र अन्य राजनीतिक क्षेत्रमा सहयोग नै पुर्याएपनि यसबाट उनको पोजिसनमा भने कुनै फरक पर्ने देखिँदैन । किनभने प्रचण्डका लागि अहिलेको चुनौती भनेको नयाँ पार्टीलाई एक ढिक्का पार्ने, सबै पक्षलाई सन्तुलनमा ल्याउने, गुटहरु भत्काउने र महाधिवेशनसम्म जाँदा एउटा दृढ संघर्षमुखी कार्यदिशा सहितको बलियो पार्टी बनाउने रहेको छ ।   यो चुनौती पार गर्न उनलाई सक्रिय नेताहरुको खाँचो छ तर गुट या शक्ति संघर्षमा लाग्नु भन्दा पनि सन्तुलनको रणनीति अपनाउँदै गुटहरुको समाप्तीतर्फ पार्टीलाई लैजानु छ । अध्यक्षका नाताले सरकारलाई लोकप्रिय बनाउन अर्का अध्यक्षलाई रचनात्मक सहयोग गर्ने र पार्टीभित्रका सबै तप्कालाई मिलाएर नेकपालाई साँच्चिकै कम्युनिष्ट पार्टी बनाउने चुनौती उनी सामु छ । त्यसैले उनी फडके किनाराका साक्षी बन्दै निर्णायक सारथी बन्ने अवस्थामा छन् ।   जे होस्, वामदेवको अहिलेको कदमले एकजना सक्रिय राजनीतिज्ञलाई संसदीय प्रक्रियामा उभ्याउने छ । उनी पराजित भएपनि अहिले उनको उपस्थितिले सदन र सरकारका काम कारवाहीमा समेत सकारात्मक योगदान खेल्न सक्ने आशा गर्न सकिन्छ । यद्यपी नेकपा भित्र गुटहरुको अस्तित्वको सवालमा भने शक्ति संघर्ष चर्किने र गुट फ्युजनको नयाँ चरणमा पार्टी पुग्ने आँकलन समेत गर्न सकिन्छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र हुनुपर्छ : गच्छदार

विराटनगर, असार १४ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो । एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकारिता प्रचारकारिता नबनोस

सम्झना पौडेल/ हेलो दाइ नमस्कार । नमस्कार सम्झना बैनि के छ खबर ? ठिक्छ तपाइको ? मेरो पनि ठिक छ, कता हुनुहुन्छ ? म अफिसमा छु ,अनि तपाइ ? खुब मज्जा छ है ? किन र दाई ? के हुनु अफिस गयो समाचार पढ्यो बस्यो ,निकै सजिलो छ नि हैनर ? वाइयाद ! नाम नखुलाउ एकजना चलेकै पत्रिकामा काम गर्ने पत्रकारसँगको कुराकानि हो, उहाँले बोल्ने काम भनेर समाचार वाचन गर्ने अनि रेडियोमा काम गर्नेहरुलाई चिया पसलमा गएर फलाकेको जस्तो सोच्नु भएछ । अनि बोल्नेको काम मात्र बोल्ने रे त्यसभन्दा अगाडि लेख्ने चाहिँ को त रु नलेखिकन हामिले के पढ्ने हो र रु आफुलाई खुबै बरिष्ठ ठान्ने यस्ता ब्यतिहरुमा उहाँ मात्रै भने पक्केपनि हैन । सम्झना पौडेल अहिले संञ्चार जगतमा कहलिएका छापा माध्यम र बिधुतिय माध्यमबीच तिब्र प्रतिश्प्रधा भैरहेको छ । छापामा गर्ने ले रेडियो टेलिभिजन र अनलाईनमा काम गर्ने पत्रकारलाई नगन्ने, रेडियोमा काम गर्ने संञ्चारकर्मीले छापाको लाई नगन्ने परिपार्टि आजभोलि मार्केटमा छ । सरकारले पनि राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्नु पर्दछ । समय सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो हो यो मेरो दावा हो । प्रधानमन्त्री सम्म राम्ररी उच्चारण गर्न नआउनेहरु टिभिको सिक्रनमा आफुनो थुतुनो बेचेर खाइरहेका छन् । थोपडा देखाएकै भरमा मै हु भने भावना उनीहरुमा छ । तर विचराहरुलाई मालिकले सोसिरहेको पत्तै हुन्न बिषेष गरी केही बाहेक अधिकांस थुतुनो देखाउनका लागि महिला पत्रकारहरुको तलब बिना काम गरिरहेछन् । अवस्था देख्दा दुख लाग्छ टिभिमा साडिमा र ब्लाउजमा सजिनेहरुको कोठामा फोहोरमैलो र दुर्धन्ध फैलिरहेको देखेको छु , यति सम्मकि जहाँ खानको लागि चामलको गेडो तरकारी ओइरिने तेल सम्म नहुदाँ कसरी रेस्टुरामा मटन मम खाएको होला देख्दा पनि लाज लाग्छ । फेरी टिभिमा समाचार वाचन गर्नेले केवल वाचन मात्रै गर्ने हो यति सम्मकि इडिटरले म फलानोको नमस्कार समेत लेखेर पठाउन विचराहरु कहिले अगिल्लो बुलेटिनको साथिको नाम स्क्रिनमा रहेछ भने म फलानोको नमस्कार भनेर अर्काको नाम सम्म भन्न बेर छैन ,मैले यो केही संख्यामा रहेका त्यस्ता पत्रकारलाई भनेको हुँ ताकि नेपाल टेलिभिजनको अनिता बिन्दु , न्युज ट्वान्टि फोरको रवि लामिछाने , एभि न्युजको गौतम रेग्मि लगाएत दर्जनौं प्रचुर सम्भावना र ट्यालेन्ट भएकालाई भने पक्कै भनेको हैन है । टिभिको तुलनामा रेडियोमा काम गर्नेका अल्लि कम होला अह हैन उनिहरुको पनि आफ्नै फ्यानहरु छन् । ओहो दाई,आँहा दिदि तपाइको रेगुलर फ्यान म । ओ माइगट तपाइको आवाजत कुनै शब्द छैन बयान गर्नलाई । तपाइको समाचार आउदा त म खान थालेको छु भनेपनि उठेर बस्छु ,अनि सकिएकि खान्छु । उसोत आजभोलि छापा माध्यमकालाई यो भ्रम छ कि हामि जति राम्रो समाचार कसैले दिन सक्दैन । हामि जति गहिराहिमा रेडियो अनलाई पुग्नै सक्दैन । विश्वसनिय र भरपर्दो समाचारका स्रोतहरु भनेका हामि मात्रै हौं । हामि नबिराई गल्ति नगरी समाचार बेच्छौ हामि लामालामा समाचारहरु पाठक माझ पस्कन्छौं । तपाइको जस्तो भ्वाइसत कसैको छैन मेरो भ्वाइस क्वीन हो हजुर भन्नेहरु पनि नभएका र नभेटिएका भने पक्कै होइनन् । त्यसो रेडियोमा साहितिक कार्यक्रमहरुको झन फ्यानहरु निकै क्रेजि हुन्छन । यति सम्मकि उनीहरु मर्न पनि पछि पर्दैनन् । टिभिको तुलनामा रेडियोमा आवाज मात्र जान्छ यस्मा फेस जस्तो भएपनि हुन्छ थुतुनो बिकाउ नहुने भएकाले यस्मा कम गर्नेहरु ट्यालेन्टनै हुनैपर्छ । फेरी टिभिमा जस्तो धेरै सामानहरु नचाहिने हुदाँ खासै खर्च हुन्न त्यसैले पनि रेडियो हाउसहरुले राम्रै तलब दिन्छ जुन एक संञ्चारकर्मीलाई आफ्नो गुजार चलाउन पुग्छ । उसोत आजभोलि छापा माध्यमकालाई यो भ्रम छ कि हामि जति राम्रो समाचार कसैले दिन सक्दैन । हामि जति गहिराहिमा रेडियो अनलाई पुग्नै सक्दैन । विश्वसनिय र भरपर्दो समाचारका स्रोतहरु भनेका हामि मात्रै हौं । हामि नबिराई गल्ति नगरी समाचार बेच्छौ हामि लामालामा समाचारहरु पाठक माझ पस्कन्छौं । अन्तमा प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता । नेपाल सरकारले छापा माध्यमलाई मात्र प्राथमिता दिदां विद्युतीय सञ्चार माध्यम पछाडी परेको रेडियोकर्मीहरुले बताएका छन् । धेरै सञ्चारमाध्यमहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको र बजार सांघुरो भएकाले सरकारी सहयोगको आवश्यकता रहेको छ । गैर नाफामूलक उद्धेश्यले सञ्चालित सामुदायिक प्रसारणलाई परिभाषित गरी उदेश्य स्थायित्व र विषयबस्तुका आधारमा बर्गिकरण गरी मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने भनिएको हुँदा यसको अविलम्ब कार्यान्वयन हुनैपर्छ । सरकारले पनि राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्नु पर्दछ । समय सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो हो यो मेरो दावा हो । बिद्युतीय र छापा माध्यम दुबैलाई संविधानले समान हैसियत प्रदान गरेको भएपनि ब्यवहारमा बिद्युतीय सञ्चार माध्यमले छापा माध्यमले भन्दा अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्यो सरकार । छापा माध्यम र बिद्युतीय सञ्चार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनमा ठूलो बिभेद रहेको छ । यसको लागि लोककल्याणकारी विज्ञापन समानुपातिक तवरबाट बितरण गर्नु आजको आवश्यकता हो । राष्ट्रिय आम सञ्चार नीति २०७३ ले रेडियो फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका रुपमा बाँडफाँड गरेको अवस्थामा गैर नाफामूलक उद्धेश्यले सञ्चालित सामुदायिक प्रसारणलाई परिभाषित गरी उदेश्य स्थायित्व र विषयबस्तुका आधारमा बर्गिकरण गरी मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने भनिएको हुँदा यसको अविलम्ब कार्यान्वयन हुनैपर्छ ।

अब सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढार्इ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिक सत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको हो । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ३३ लाख बजेट विनियोजन गरेको छ । नगर क्षेत्रमा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । आगामी वर्षबाट कक्षा थप गर्दै बजेट समेत वृद्धि गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरुको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । अंग्रेजी माध्यमको पढाइकै लागि अभिभावकले बजार बस्नुपर्ने, बढी शुल्क तिर्नुपर्ने, न्यून आय भएकाले पढाउन नसक्नेजस्ता समस्याको समाधानका लागिसमेत नगरवासीको मागबमोजिम अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको उहाँको भनाइ छ । रासस

प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसकारण एेतिहासिक र महत्वपूर्ण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ । सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उद्घाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ । यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको योजनालाई भारत सरकारले खुलेर सहयोग गर्ने वचनसमेत दिएको छ । प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएका एक्लाएक्लै वार्ता र प्रतिनिधिमण्डल स्तरीय वार्ताले दुई देशबीचको समान चासोमा साझा धारणा बनाउने र कहीँकतै समस्या भए त्यसलाई समाधान गरेर जाने सहमतिसमेत भएको छ । द्विपक्षीय भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि नेपाल संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण रहेको छ । भारतका प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च राजनीतिक नेतृत्वले नेपालको समृद्धिका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सम्पर्क सञ्जालको विस्तार, आर्थिक समृद्धिका लागि भारतको निजी क्षेत्रको पनि उत्साहजनक चासोलाई प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा सविस्तार व्याख्या गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको जानकारी दिनुभएको थियो । नेपाली उद्योगी व्यवसायीको नेतृत्वलाई समेत साथमा राखेर प्रधानमन्त्री ओलीले कृषि, पर्यटन तथा ऊर्जाको क्षेत्रमा भारतीय लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै भेदभाव नगरी लगानीमैत्री वातावरण बनाउने सन्देश मात्रै दिनुभएन नेपालमा गरिने भारतीय लगानीले दुवै देशको हित गर्नेसमेत स्पष्ट पार्नुभएको थियो । नेपाललाई सगरमाथादेखि सागरसम्मको सहज पहुँचका सन्र्दभमा जुन स्तरको सहमति र प्रतिबद्धता भारतले जनाएको छ, त्यसले परिवर्तनको विशिष्ट चाहनालाई समेत सम्बोधन गर्नेछ । प्रधानमन्त्री ओलीकै शब्दमा भ्रमणले नेपाल–भारत सम्बन्धलाई एक्काइसाँै शताब्दीको आँखाबाट हेर्ने अवस्थामा पु¥याइदिएको छ । भ्रमणले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वास अभिवृद्धि गर्न सफलता हासिल गरेको छ । प्रधानमन्त्री ओलीले रासससँगको कुराकानीमा भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए । सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ ।” भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा सहयोग गर्ने भारतीय पक्षको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गंगाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता विषय नेपालको दीर्घकालीन फाइदाका लागि महत्वपूर्ण रहेका छन् । भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा सार्वभौम र स्वतन्त्र राष्ट्र नेपाल अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफँै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट गरिएको थियो । जनचाहनाअनुरुप बनेको संविधान, त्यसको कार्यान्वयन र निर्वाचित सरकारप्रतिको जनविश्वासमा ‘जुन आदरभाव भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको’ प्रधानमन्त्री ओलीको अभिमत छ । भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री ओलीको कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएकाले विगतमा रहेका तीतामिठा सम्बन्धलाई पनि नयाँ आधारमा परिभाषित गरिदिएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा समेत चासो दिनुभएको छ । दुवै देशका सुरक्षाकर्मीको क्षमता वृद्धि र सीमा अमनचैन कायम गर्ने काममा मिलेर जाने सहमति भएको छ । नेपालको विकास निर्माणमा भारतको सहयोग वृद्धि गर्नेदेखि विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न पनि भ्रमणले दिशानिर्देश गरेको ठानिएको छ । भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्टित मुलुकले पाउने समुद्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जल यातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता भारतले जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने र नेपालको बढ्दो व्यापार घाटालाई न्यून गर्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ । भारत नेपालको ठूलो बजार हुनसक्ने सन्दर्भमा नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिने विषयले पनि छलफलमा प्रमुखता पाएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यष भवानी राणाले नेपालमा लगानीका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गरेको आग्रहलाई भारतीय लगानीकर्ताले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुहुन्छ । लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बनेका द्विपक्षीय समझदारीले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको विश्वास गर्न सकिने प्रतिनिधिसभाका सदस्य रामवीर मानन्धरको भनाइ छ । भारतको केन्द्र सरकारको मात्रै नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र काठमाडौँ–देहरादुनलाई हवाई सम्पर्कमा जोड्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गर्नु भ्रमणका सकारात्मक पक्ष हुन् । रासस

महाकाली अञ्चल अस्पताल सञ्चालनमा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । मृतकको शवपरीक्षणका लागि धनगढीबाट चिकित्सक बोलाउने र घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरी छानबिन गरिदिन प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । एक साताअघि महाकाली अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरेकी सार्कीलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार राति अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारमा रहेकी सार्कीको शनिबार बिहान मृत्यु भएपछि मतृकका आफन्त आक्रोशित बनेका थिए । रासस

हेल्प मधेसीको अध्यक्षमा ठाकुरलाई चयन गर्दै पहिलो साधारण सभा सम्पन्न

काठमाडौं, फागुन २० । वैदेशिक रोजगारीको सिलसिला कतारमा कार्यरत मधेसी नेपालीहरुको साझा संस्था हेल्प मधेसीको पहिलो साधारण सभाले अध्यक्षमा पवन ठाकुरलाई चयन गर्दै सम्पन्न भएको छ । अन्य पदाधिकारीमा निम्नानुसार रहेका छन् उपाध्यक्ष स् विशश्वर यादब, रामेश्वर राय, सचिब सतिशकुमार यादव, सहसचिव सुरेन्द्र कुमार शाह, प्रदिप कुमार ठाकुर, राम अधीन यादब, रामकुमार यादव ,ललित धानुक मन्डल, कोषाध्यक्ष राम कल्याण महतो, सह कोषाध्यक्ष सरोज कुमार शाह, देबेन्द्र कुमार ठाकुर, गिरिधारी गुर्मेता, बिनोद शाह चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामसिंह शाफी, मोहम्मद सन्नाउल्लाह राईन, उपेन्द्र प्रसाद शाह, धर्मनाथ ठाकुर, राम दयाल यादब, राम सुबन यादब, जिबछ पासवान ,लाल बाबू यादब, सन्तोष शाह, शिबलोचन यादब, देब नारायण महतो, बिकाश शाह, अशोक कुमार शाह ,मनोज कुमार सिंह , सुनिलकुमार महतो, नगेन्द्र मन्डल , राकेश कुमार राय, सुरेश यादब चयन भएका छन् । २ मार्च  सहानिया पार्क , हेल्प मधेसी कतार, पहिलो साधारण सभा अध्यक्षता सस्थापक सरयुग यादब, बिशेष अतिथि इन्जिनियर रामचन्द्र शाह, एनआरएनए सिसि कतारका सचिब युबराज शर्मा, तराई मधेस प्रबासी मंच अध्यक्ष हुसैन खान,नेपाल पत्रकार महासंघ कतार अध्यक्ष करिम बक्समिया, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य गणेश बन्जाडे, नेपाल इन्जिनियर एसोसियसन उपाध्यक्ष राकेश चौधरी, गैर आवासीय मधेसी संघ शम्भु साह,सिरहा समाज अयुब खान, श्री रामबाबू यादब, धानुक समाज सुरेश यादब लगायत मधेसका सम्पुर्ण संघसंस्था, हेल्प मधेसीका दाजुभाइ दिदी बहिनीको सहभागिता थियो। कतारमा यसरी प्रत्यक्ष नेपालीपनमा होली खेलेर एकअर्कामा भाईचाराको सम्बन्ध बढाएको यो पहिलो कार्यक्रम हो । बिशेष अतिथिको रामचन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तराई मधेस नेपालको महत्वपूर्ण ठाउँ हो। जो सबै नेपालीको आत्मियता र पहिचान झल्कने बिबिधतामा रहेको छ।’ नेपालीहरुको होली र हेल्प मधेसीको पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । बिशेष अतिथी एनआरएनए सिसि कतारका सचिब युबराज शर्माले हेल्प मधेसी संस्थाले सबैजनालाई समेटेर होली पर्बको आयोजना गरेकोमा धन्यवाद दिए। होली पर्वले सबैको मित्रता अनि सहकार्य बढाउने भएकोले होली पर्व महत्वपूर्ण रहेको बताउदै पहिलो साधारण सभाको शुभकामना पनि दिए । त्यस्तै बिशेष अतिथी तराई मधेस प्रबासी मंचका अध्यक्ष हुसैन खानले तराई–मधेसको हकहितको लागि प्रबासबाट पनि आबाज उठाउनु पर्ने बताए । उनले होली र पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । त्यस्तै अर्का अतिथी नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बकस मियाले हेल्प मधेसी संस्थाले नौलो किसिमको आयोजना गरि नेपाली दाजुभाइ दिदिबहिनीबिच भाईचारा कायम गरेको बताए । हरेक सकारात्मक भूमिकामा नेपाल पत्रकार महासंघ कतार, हेल्प मधेसी सङ्ग हातेमालो गरि अगाडि बढ्ने उनले बताए ।   त्यसैगरी, वरिष्ठ सल्लाहकारमा दिलिपकुमार जयसवाल ,बिरेन्द्र शाह,रामजनम शर्मा, रामकुमार यादब, शिवकुमार महतो, रामनन्द गुप्ता, दिनेश शाह, अभय ठाकुर, बद्री यादब, मो मुहरम नदाफ रहेका छन् । कार्यक्रमको सहजीकरण मैथिली कवि बिन्देश्वर ठाकुरले गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबैजनालाई हार्दिक धन्यवाद दिए।  

लोकसेवा परीक्षामा सोधिने प्रश्नोत्तर

नेपालको हावापानीले पारेका पाँच वटा असरहरु उल्लेख गर्नुहोस् । दक्षिण एसिया र दक्षिण–पूर्व एसियाका क्षेत्रहरुमा जस्तो नेपालमा उष्ण मौसमी हावापानी पाइन्छ । यहाँ मुख्यरुपमा उचाइको कारणले भने हावापानीको अवस्थामा देशका विभिन्न क्षेत्रहरुमा ठूलो विविधता पाइन्छ । वर्षभरिको वायुमण्डलीय अवस्थालाई ध्यानमा राख्दा नेपालमा हावापानीका ग्रीष्मकालीन अवस्था र शीतकालीन अवस्था गरी दुई अवस्था पाइन्छन् । सानो र अधिकांश भूभाग पहाडै पहाडले निर्मित मुलुक नेपालको हावापानीलाई मुख्यतः पाँच भागमा विभाजन गरी अध्ययन गर्ने गरिएको छ । यहाँ पाइने विभिन्न प्रकारका हावापानीले पारेका असरहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः → हिमाली भेगमा अत्यन्त चिसो भइरहने र हिउँ जमिरहने भएकाले खेतीपातीको राम्रो उब्जनी नहुने, जैविक जनजीवन अत्यन्त कष्टकर रहेको, बाह्रै महिना बाक्ला लुगा लगाउनुपर्ने, जाडो छल्न तथा शरिर तताउनका लागि रक्सी सेवन गर्ने परम्परा, वन बुट्यान फस्टाउन नसकी प्राय झारी, लेउ, झ्याउ मात्र उम्रने, जाडो खप्न सक्ने हुनाले चौरीँ गाई, भेडा, च्याङ्ग्रापालन मुख्य कृषि पेशा रहेको → पहाडी प्रदेशको हावापानी जैविक दृष्टिले अनुकूल रहने भएतापनि खेतीपाती खासै राम्रो नहुने, पहाडका बेँसीका फाँटहरुमा धान उत्पादन भए पनि प्रमुख कृषि बालीका रुपमा मकै खेती गरिने, घाँसपात प्रशस्त पाइने र चरिचरनको व्यवस्था भएको हुँदा हुँदा पशुपालन गरिने, स्वास्थ्यका दृष्टिकोणले यहाँको हावापानीलाई उत्तम मानिएको → तराई प्रदेशमा अत्यन्त गर्मी हुँने र मनसुनी वायु प्रवेश गर्ने नेपालको पहिलो भौगोलिक क्षेत्र भएकोले वर्षा पनि बढी हुने, हिउँदमा तुषारो तथा चिसो हुने भएतापनि खेतीपातीका लागि अनुकूल मौसम हुने, अग्ला र ठूला तथा कडा जातका रुखहरु हुर्कने वातावरण भएको, गर्मीयाममा पातला कपडा लगाउने, देशको अन्य क्षेत्रभन्दा तापक्रम बढी हुने र जैविक जनजीवन सामान्य हुने → हिन्दमहासागरबाट आएको मनसुनी वायु नेपालको पूर्वी भेगमा पहिले प्रवेश गर्ने हुँदा पूर्वदेखि पश्चिमको क्रममा वर्षा कम हुँदै जाने, यसैगरी गर्मी महिनामा बहने सुष्क वायु पनि तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर जानेक्रममा तराईमा अत्यधिक गर्मी हुँदै पहाडमा गर्मीको केही अनुभव र हिमालसम्म पुग्दा सो वायु चिसो भई खासै असर नगर्ने → जलवाष्पले भरिएको मनसुनी वायु बहने क्रममा तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर पनि त्यसैगरी वर्षा कम हुँदै जाने हुँदा कृषि बाली उत्पादन पनि सोही अनुसारको हुँने, नेपालमा पाइने ऋतुहरुलाई स्पष्ट रुपमा हिमाली क्षेत्रमाभन्दा तराई क्षेत्रमा रहेर अध्ययन गर्न सकिने, हिमालको तुलनामा तराईमा रोगका कारक तत्वहरु बढी पाइने एजेन्सीको सहयोगबाट

राजकुमारले अस्मितालाई ‘पिपल छेउ बर सार’ भनेपछि, भिडियोसहित

विराटनगर । विन्ध्यावासीनी म्युजिक प्रालीको प्रस्तुतिमा राजकुमार काफले र रमेश पुलामी को ‘पिपल छेउ बर सार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार काफले र गायिका अस्मिता श्रेष्ठको स्वर रहेको छ । लक्ष्मी सिमालीको शब्द र सरोज लामिछानेको संगितमा रहेको गितमा माया प्रेममा परेका युवायुवतिको मनका बहहरुलाई गितमा उजागर गरिएको छ । मायाका मिठा मिठा गफहरु ग्र्नको लागी मायालु जोडिहरुले बर छेउमा बसेर सुख दुखका भावहरु व्यक्त गर्ने गर्दछन । यिनै विषयलाई गितको माध्यमबाट समेटिएको छ । नेपालका चर्चित कलाकारहरुलाई स्थान दिएर स्थापित बनेको विन्दाबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।यो गीतको भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेका छ । पिपल छेउ बर सार भिडियोको छायाँकन अजय रेग्मी गरेका छन् भने सम्पादन रमित ओलीको रहेको छ ।गितलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो :

उपभोक्ताको ढाड भाँच्दै करोडौं बोनस बाँड्दै निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आव  २०७३-७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसबाट निगमले कर्मचारीलाई वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३ अर्ब रूपैयाँ पुगेको छ । तर, आयल निगम तत्कालै छुट्याइएको कुनै बोनस रकम बाँड्ने पक्षमा छैन । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई तत्काल कुनै पनि बोनस नबाँडिने बताउँछन् । संस्था समस्यामा हुँदाहुँदै ठूलो रकम बोनसका रुपमा बुझ्न लागेको भन्दै तीव्र आलोचाना भएपछि निगमका कर्मचारीले विगत ३ वर्षदेखि यस्तो रकम लिएका छैनन् । ‘हामीलाई सरकारको निर्देशन नै बोनस नबाँड्नू भन्ने छ । त्यसैले सरकारी स्रेस्ता प्रणालीअनुसार बोनसका लागि उल्लेख हुनुपर्ने रकम कायम मात्रै गरिएको हो,’ कार्यकारी भट्टराई भन्छन्,’ स्पष्टरूपमा भन्छौं, यसको वितरण तत्काल गरिँदैन ।’ लामो समय घाटामा रहेको ३ वर्षदेखि आयल निगम निरन्तर नाफामा छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ । यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताउँछन् । निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो । ३ अर्ब बोनस रकमले हाइसञ्चो ! यो वर्ष छुट्याइएको ५६ करोड बोनससहित निगमको बोनसको स्रेस्तामा झण्डै २ अर्ब ८० करोडभन्दा बढी रकम जम्मा भएको छ । आर्थिक वर्ष २०६४र६५को १९ करोड बोनस पनि वितरण हुन सकेको छैन । ‘बोनसको रकम नबाँडिदा सजिलो नै भएको छ । हामी घाटामा हुँदा पनि त्यही रकमले तेल र ग्यास किनिरहेका छौं,’ कार्यकारी निर्देशक भट्टराई भन्छन्,’चालु पुँजी अभाव भएका बेला यो रकमले काम चलाउँछौं । त्यसैले हामीलाई घाटामा चल्दा पनि ऋण लिनु पर्ने अवस्था पनि छैन ।’ निगमले गत आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ कारोबार गरेको थियो । यसमध्ये उसले भारतीय आयल निगमलाई १ खर्ब ९ अर्ब भुक्तानी गर्‍यो । आय कर पनि तिर्यो कुल ४७ अर्ब नाफा गरेको निगमले सरकारलाई ४ अर्ब ३ करोड रुपैयाँ आय कर पनि भुक्तानी गरेको छ । पूर्वाधारका लागि निगमले ९ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ । खुद साढे ९ अर्ब रुपैयाँ नाफाबाट निगमले झण्डै ५७ करोड रुपैयाँ बोनसका लागि छुट्याएको हो । आपूर्ति र अर्थ मन्त्रालयले पेट्रोलियम भण्डारणका थप पूर्वाधारहरु तयार नगरी बोनस नबाँड्न भनेको छ । निगम पनि त्यो निर्देशन नकारेर बोनस वितरणमा जाने सुरमा छैन । जग्गा खरिदका क्रममा घोटाला भएको भन्दै निगमका उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् । त्यसैकारण पनि निगमका अधिकारी थप आलोचित हुनुपर्ने र अख्तियारमै जवाफ दिनुपर्ने भन्दै बोनस नबाँड्ने पक्षमा उभिएका हुन् । नियमअनुसार भन्दै बोनस भने छुट्याएर राखिएको छ । बोनसको रकम नबाँडिएपछि पछिल्लो समय आयल निगमले घाटामा जाँदा पनि सरकारसँग ऋण माग्न छाडेको छ । बोनसको रकम नै परिचालित गर्न पाउँदा उसले आफ्नो भुक्तानी सयममै गर्न सकेको भट्टराई बताउँछन् । निगममा अहिले झण्डै साढे ४ स्थायी कर्मचारी छन् । करार र ज्यालादारीमा पनि निगममा थुप्रै कर्मचारी भर्ति भएका छन् । कर्मचारीको अपेक्षा अदालतमाथि निगमका कर्मचारीले बोनस रकम रोकेको भन्दै सर्बोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । त्यसको फैसला पनि आउन बाँकी छ । आगामी १७ गते सो मुद्दाको पेशी तोकिएको छ । निगमका कर्मचरी अदालतले नै बोनस खाने बाटो खोलिदिने अपेक्षामा छन् । आयल निगम अहिले महिनामा झण्डै ४० करोड रुपैयाँ घाटामा छ । निगमलाई पेट्रोल र हवाई इन्धन बाहेक डिजेल र खाना पकाउने ग्यासमा ठूलो घाटा छ । भारतको भन्दा नेपालमा तेल सस्तो भएपछि भारततर्फ हुने तेल तस्करी बढेको छ । एकैपटक मूल्य बढाउँदा उपभोक्तालाई भार पर्ने भएकाले मूल्य समायोजन गर्दा घाटा नै राखेर भएपनि राहत दिइएको कार्याकारी निर्देशक भट्टराई बताउँछन् । उनी अहिले निगमको ध्यान बोनसतर्फ हुँदै नभएको दावी गर्छन् । इन्धनको चर्को मूल्य कायम गरेर नाफामा केन्द्रित हुने आयल निगमका कर्मचारीलाई बाँडिने बोनसको तीव्र आलोचना हुने गरेको छ । कमजोर वितरण प्रणालीका कारण उपभोक्ताले अनेकन सास्ती भोग्नुपरिरहँदा जिम्मेवार आयल निगमले बोनसका लागि रकम छुट्याउनु नै जायज नभएको सरोकारवालाको तर्क छ । विशेष गरी फितलो क्षमताका पूर्वाधारका कारण निगमको व्यवस्थापन निकै कमजोर बनेको छ । मुस्किलले ५ दिनलाई मात्रै पुग्ने भण्डारण क्षमताका कारण एक दिन आपूर्ति रोकिनासाथ बजारमा पट्रोलियमको हाहाकार सुरु हुने अवस्था छ । त्यसैले निगमले पूर्वाधार विकास नगरेसम्म बोनस बाँड्न नहुने आम सर्वसाधारणको पनि धारणा छ । राम्रो अवस्था तयार नहुँदै आयल निगमका कर्मचारीलाई नाफाका नाममा बाँडिने रकमलाई नागरिकले रुचाउँदैनन् । कमजोर भण्डारण क्षमतालाई बढाउन योजना बनाउँदै गरेको निगमले बोनसमा रकम खर्चिन नहुने आमनागरिकको धारणा छ । तर, निगमका अधिकारी बोनसका लागि नियमअनुसार नै रकम छुट्याउनुपर्ने तर्क गर्छन् । यसअघिको बोनस ऐनले नै सार्वजनिक संस्थानका कर्मचारीले नाफाको वाषिर्क ६ प्रतिशत रकम बोनस खान पाउने व्यवस्था गरेको थियो । अब यो ऐन सच्चिएकाले अर्को वर्षबाट बोनसका हकमा नयाँ नियम लागू हुने निगमका लेखा अधिकारी बताउँछन् । अनलाइनखबरबाट साभार

ढाडको दुखार्इबाट मुक्त हुन यी उपाय अपनाउनुहोस् !

पुस १ । हरेक मानिसहरुमा अचेल ढाड दुख्ने समस्याले दिन प्रतिदिन सताइरहेको हुन्छ । के गर्दा ढाडको दुखार्इबाट मुक्त हुन सकिन्छ भनेर हरेक उपाय, हस्पिटल धाउन थालेका हुन्छन् । त्यसैले ढाडको दुखार्इबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिन्छ- एउटै सिटमा धेरैबेरसम्म बस्नु उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ । यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ । कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ । यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ । के गर्ने त ? अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ । फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस् । यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ । पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ । कुर्सीको सही चयन कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ । त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ । नियमित जिम जानुस् सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । जसले मांसपेशी खुम्चने समस्या हटाउँछ । यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ । योग गर्नुपर्छ मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ । युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ । करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए । यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ । धेरै टीभी हेर्नु पनि एउटा कारण दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ । एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन् । तनाव हटाउनुपर्छ मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।