प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसकारण एेतिहासिक र महत्वपूर्ण
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ ।
नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ ।
सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उद्घाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ ।
यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको योजनालाई भारत सरकारले खुलेर सहयोग गर्ने वचनसमेत दिएको छ ।
प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएका एक्लाएक्लै वार्ता र प्रतिनिधिमण्डल स्तरीय वार्ताले दुई देशबीचको समान चासोमा साझा धारणा बनाउने र कहीँकतै समस्या भए त्यसलाई समाधान गरेर जाने सहमतिसमेत भएको छ ।
द्विपक्षीय भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।
स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि नेपाल संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण रहेको छ ।
भारतका प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च राजनीतिक नेतृत्वले नेपालको समृद्धिका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सम्पर्क सञ्जालको विस्तार, आर्थिक समृद्धिका लागि भारतको निजी क्षेत्रको पनि उत्साहजनक चासोलाई प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा सविस्तार व्याख्या गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको जानकारी दिनुभएको थियो ।
नेपाली उद्योगी व्यवसायीको नेतृत्वलाई समेत साथमा राखेर प्रधानमन्त्री ओलीले कृषि, पर्यटन तथा ऊर्जाको क्षेत्रमा भारतीय लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै भेदभाव नगरी लगानीमैत्री वातावरण बनाउने सन्देश मात्रै दिनुभएन नेपालमा गरिने भारतीय लगानीले दुवै देशको हित गर्नेसमेत स्पष्ट पार्नुभएको थियो ।
नेपाललाई सगरमाथादेखि सागरसम्मको सहज पहुँचका सन्र्दभमा जुन स्तरको सहमति र प्रतिबद्धता भारतले जनाएको छ, त्यसले परिवर्तनको विशिष्ट चाहनालाई समेत सम्बोधन गर्नेछ ।
प्रधानमन्त्री ओलीकै शब्दमा भ्रमणले नेपाल–भारत सम्बन्धलाई एक्काइसाँै शताब्दीको आँखाबाट हेर्ने अवस्थामा पु¥याइदिएको छ । भ्रमणले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वास अभिवृद्धि गर्न सफलता हासिल गरेको छ ।
प्रधानमन्त्री ओलीले रासससँगको कुराकानीमा भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए । सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ ।”
भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा सहयोग गर्ने भारतीय पक्षको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ ।
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गंगाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता विषय नेपालको दीर्घकालीन फाइदाका लागि महत्वपूर्ण रहेका छन् ।
भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा सार्वभौम र स्वतन्त्र राष्ट्र नेपाल अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफँै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट गरिएको थियो ।
जनचाहनाअनुरुप बनेको संविधान, त्यसको कार्यान्वयन र निर्वाचित सरकारप्रतिको जनविश्वासमा ‘जुन आदरभाव भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको’ प्रधानमन्त्री ओलीको अभिमत छ ।
भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री ओलीको कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएकाले विगतमा रहेका तीतामिठा सम्बन्धलाई पनि नयाँ आधारमा परिभाषित गरिदिएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा समेत चासो दिनुभएको छ । दुवै देशका सुरक्षाकर्मीको क्षमता वृद्धि र सीमा अमनचैन कायम गर्ने काममा मिलेर जाने सहमति भएको छ ।
नेपालको विकास निर्माणमा भारतको सहयोग वृद्धि गर्नेदेखि विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न पनि भ्रमणले दिशानिर्देश गरेको ठानिएको छ ।
भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्टित मुलुकले पाउने समुद्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जल यातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता भारतले जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।
नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने र नेपालको बढ्दो व्यापार घाटालाई न्यून गर्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ ।
भारत नेपालको ठूलो बजार हुनसक्ने सन्दर्भमा नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिने विषयले पनि छलफलमा प्रमुखता पाएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यष भवानी राणाले नेपालमा लगानीका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गरेको आग्रहलाई भारतीय लगानीकर्ताले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुहुन्छ ।
लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बनेका द्विपक्षीय समझदारीले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको विश्वास गर्न सकिने प्रतिनिधिसभाका सदस्य रामवीर मानन्धरको भनाइ छ ।
भारतको केन्द्र सरकारको मात्रै नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र काठमाडौँ–देहरादुनलाई हवाई सम्पर्कमा जोड्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गर्नु भ्रमणका सकारात्मक पक्ष हुन् । रासस
बरुण धवनदेखि दिपीका ककड् (सिमर) सम्मका रियल जोडी (हेर्नुहोस् फोटोफिचर)
पुस २५ । बलिउड क्षेत्रमा चर्चित कलाकारहरु आफ्नो वास्तविक जोडीसँग तस्विरमा देखिएको छ । हेर्नुहोस् केही १३ फोटोहरु–
ध्यान दिनुहोस् गर्भवती हुँदा यसरी सुत्नुपर्छ
मंसिर ५ । एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ–बायाँ फर्की–फर्की अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ । एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ । अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका छन् । ब्रिटेनमा प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अष्ट्रेलिया तथा न्यूजीरल्याण्डमा गरिएका यसैविषयका अध्ययनहरुको पनि पुष्टि गर्ने बीबीसीले उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् । शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ । शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् । जुन यहाँ प्रस्तुत गरिन्छ । कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं । दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै गरौं। यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् । तपाई दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने परिवर्तन गरिरहनुहोस् । बीबीसी
पुरुषहरुले यौनसम्पर्क गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्
आफ्नो यौनपार्टनरसंग यौन सम्बन्ध बनाउनुभन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जस्ले भरपुर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्ब्याउन सकिन्छ । शान्त तथा सकारात्मक रहनुहोस्– पुरुषहरुमा शीघ्रपतन उतिने समस्याको विषय बन्ने गरेको छ जति मानसिक समस्या हुने गर्दछ । यस्लाई आफ्नो कमजोरीका रुपमा नलिऊ र आफूलाई दोष दिन बन्द गरौं । आफैले आफैलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊ । बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाई सक्षम हुनसक्नुहुन्छ । आफैसंग अभ्यास आफैसं यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ । यो तरिका पूर्णतया स्वस्थवद्र्धक तथा स्वभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन् । तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ । यस्ले शिघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ । यतिसम्म की हस्तमैथुनले तपाईलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ । यो अभ्यासले आफ्नो शरीर र यस्को इस्टामिनाका बरेमा तपाई स्वंमलाई परिचित गराइदिन्छ । यसबाट तपाई यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ । सम्भव भएसम्म नियमित यौनसाथी खोजौं पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै विशेषरुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन् । खासगरी यस्ती महिलासँग की जोसंग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन । मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसकि हिसाबले उत्तम मानिन्छ किनभने तपाई यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ । कण्डमको प्रयोग गर्नुहोस् धेरै पुरुषहरुको एउटै गुनाँसो रहेको हुन्छ की कण्डमको प्रयोगले सोचेजति यौनान्द प्राप्त हुदैंन। तर तपाई विस्तारामा अधिक समय यौनपार्टनरसँग बिताउन चाहानुहुन्छ भने यसको प्रयोग गर्नेपर्छ जस्को कारण तपाई निर्धक्कसंग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ । मदिरा तथा धु्रमपान कम गरौं यस्ता पदार्थको सेवनले पुरुषहरुमा शिघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस् । एजेन्सी
जाडोबाट बच्नका लागि घरेलु उपाय अपनाउनुहोस्
सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ । जस्तो कि, मह र अदुवाको मिश्रण । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ । मह र अदुवा दुवै छुट्टाछुट्टै पनि लाभकारी वस्तुहरु हुन् । यी दुवैलाई मिसाउँदा झन् सुनमा सुगन्ध मिसाएझैं हुन्छ । यी दुईलाई उपभोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको एक चम्चा अदुवाको जुस र एक चम्चा महलाई राम्रोसँग घोलेर त्यसलाई पिउनु हो । यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सीडेन्ट गुण हुन्छन् जसले गर्दा हामीलाई विभिन्न किसिमका फाइदा प्राप्त हुन्छन् । यहाँ हामी अदुवा र महको जून पिउँदा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं। १. दमका रोगीलाई राहत यदि तपाईंमा दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले तपाईंलाई राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले तपाईंको फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ । २. श्वासप्रश्वासको समस्या न्यूनिकरण अदुवा र महको मिश्रण एउटा असाध्यै राम्रो एक्सपेक्टोरेन्ट हुन्छ जसले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याहरुको समाधान गर्छ । ३. उल्टी र वाकवाकी कम गर्छ यदि तपाईंलाई उल्टी हुने वा वाकवाक लाग्ने समस्या भएको छ भने कत्ति पनि नहिच्किचाइकन अदुवा र महको मिश्रण प्रयोग गर्नुस, तुरुन्त आराम मिल्नेछ । ४. क्यान्सरबाट बचाउ अध्ययनले देखाएको छ कि अदुवा र महको मिश्रणले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ । यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ । ५. पाचन प्रणाली ठिक राख्छ अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउन सहयोग गर्छ । एक चम्चा अदुवा र महको जूसले तपाईंको पेट सम्वन्धि समस्याहरुलाई ठीक गरिदिन्छ । ६. हृदयरोगबाट बचाउँछ यदि तपाईंले अदुवा र महले बनेको जूसको सेवन गर्नुभयो भने तपाईंलाई ब्लडप्रेसर, हार्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु आउँदैनन् । ७. महिनावारीमा आराम अध्ययनहरुबाट पत्ता लागेको छ कि मह र अदुवाको जुसले महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ । ८. माइग्रेनमा आराम यस मिश्रणले टाउकोमा हुने दुखाईलाई पनि कम गर्छ । यदि कसैलाई माइग्रेनको समसया छ भने मह र अदुवाको जुस सेवन गरेर फाइदा लिन सक्छन् । ९. स्ट्रोकमा राहत यो जुसले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ । मेडिकल सोधकर्ताहरुका अनुसार यस मिश्रणमा रगतसम्वन्धि समस्याहरुलाई ठीक पार्ने सबै गुण विद्यमान हुन्छन् । १०. प्रतिरोधक क्षमतालाई बढाउँछ अदुवा र महको मिश्रण मानव स्वास्थ्यका लागि हरतरहले उपयोगी हुन्छ । किनकी यसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसले शरीरको श्वेत रक्तकणिकाहरु बन्ने प्रक्रियालाई बढाइदिन्छ जसबाट शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।
अनुभूतिको अभिलाषा
हाम्रो जस्तो विद्यमान पुरुष प्रधान समाजमा नारीले गरेका कामहरुको सम्मान नर्गन सक्छन । तर, उनको यो कविता संगालो पढ्ने हो भने नारी पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिएको छ । आफुभित्र रहेको क्षमता, प्रतिभा र पीडालाई कसरी नारीहरुले गुम्साएर राखेका हुन्छन् ? भन्ने सहजै यो कविताबाट बुझन सकिन्छ । अरुको बारेमा कलम चलाउनुभन्दा आफ्नो बारेमा कलम चलाउनु महान् हो । भनिन्छ ‘कुनै पनि मानिसले आफूभित्र रहेको पीडालाई बाहिर ल्याउन सक्यो भने उसको मन हलुका हुन्छ ।’ लेखिकाले पनि सहित्य सृजना मार्फत ‘मभित्रको मान्छे तिमी’ नामक कविता संगालोबाट आफूभित्र गुम्सिएर रहेका वेदनाहरुलाई बाहिर प्रकट गरेकी छन । वि.स. २०७३ फागुन महिनामा प्रकाशित कविता संगालो आफैमा एक अनुभवी पात्र बनेकी छन । यसमा आफुले गर्न खोजेको सत्प्रयासको फोटाहरु समावेश गरिएको छ । पढ्दा प्रगतिशील छ भने सुरुवातीबाटै आफ्ना भोगाईलाई कविता मार्फत प्रकट गरिएको छ । जव आफुभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सक्दैन भने जीवनमा केही गर्न पनि सक्दैन । यस्तै सुगिता शाह (धिताल) को ‘मन भित्रको मान्छे तिमी’ भन्ने कविता संगालोले पनि यस्तै बुझाउछ । दिनको सूर्य रातको चन्द्र डुवेझै लाग्दछ । बसन्त पनि शिशिर जस्तो मलाई लाग्दछ ।। मिलनका यादरुपी अक्षर रोपी बस्दछु सम्झेर । ए जीवन साथि मलाई छोडर गयौ रित्तीयो संसार ।। समिक्षा: कविता संगालो म भित्रको मान्छे तिमी लेखक : सुगिता शाह (धिताल) प्रकाशन: नोबेल साकोस साहित्य प्रतिष्ठान विधा: कविता संगालो पृष्ठ: ६०।– मुल्य: १००।– यी माथिका पंक्तिले लेखिका आफैमा एक्लि र पीडित भएको बुझिन्छ । ‘संगै बाच्ने सँगै मर्ने’ कसम खाएर दुई मुटु एक धड्कन भएका जीवनसाथी सदाको लागि छुट्टिन पुगेका छन् । दैवले लेखिकाको सवै खुसी लुटेर लिएको छ । यो संगालोमा नारीको सामाजिक पहिचान देखाउन खोजिएको छ । सिउँदोको सिन्दुर पखालिदाँ विछिप्त भएको समयमा आफ्ना मनमा खेलेका कुराहरुलाई साहित्यको माध्यमबाट बाहिर ल्याएकी छन । कतिपय मनमा लागेका कुराहरु भन्दा हाम्रो समाजले नपचाउने भएकाले एउटा लेखकको माध्यमबाट फदाफाँस गरिएको छ । यो संगालो पढ्दा भावुक बनाउँछ । संसारमा सबै नष्ट हुन्छन् मात्र एउटा प्रेम बाँकी रहन्छ । त्यही प्रेमको वियोगलाई खुसीमा परिणत गरिएको छ । समाजमा सिन्दूर पुछिएको नारीलाई हेर्ने दृष्टिमा लेखिका घोर आपत्ति छ । समाजमा रहेका विकृति विसंगतिलाई हटाउन यो खोजिएको छ । कविताको संगालोमा पहिला आफुमा भएको पीडा र वेदनालाई बाहिर ल्याएकी छन । आफू एउटा नारी भएर पराईको घरमा गएपछि जीवनको सवैभन्दा खुसीको क्षण हुन्छ । त्यो क्षणलाई जीवनमा सधै भरी आदानप्रदान गरी खुसी परिवार बनाउँला भन्ने योजना हुन्छ, अन्ततः केही वर्षपछि आफ्नो जीवनसाथी लेखिकालाई यो संसारमा एक्लै छोडी आफु धर्तीबाट बिदा हुन्छ । उनको एउटा चिनोको रुपमा एउटी लक्ष्मीलाई छोडेका हुन्छन । ती लक्ष्मी दिन प्रतिदिन बढ्दै जान्छिन । र घरपरिवार सवैको बारेमा बुझ्न खोज्दा एउटै शब्दले उनको मन बहकिएको हुन्छ । त्यसपछि ती शब्दहरु कविता बन्छन । अनुभूति भनेको पूरा अनुभव ज्ञान मनस्थितिको सीमामा घुसिसकको मानसिक अनुभव परिज्ञान हो भने मन भनेको चित्त मानस दिल हृदय वा अभिलाषा भन्ने बुझिन्छ । यी दुवै अर्थलाई समावेश हुने गरी लेखिएको छ । ‘मन भित्रको मान्छे तिमी’ यो किताव अध्ययन गर्दा अरुलाई भन्दा आफैभित्र भएको कथा–व्यथालाई समावेश गरिएको छ । त्यसैले यो ‘अनुभूतिको अभिलाषा’ भनिएको छ । कविता संग्रहमा आफ्नो जीवनसाथीले छोडी गएको, शिरको सिन्दुर भेटिएको, जवानीले छोएको जीवन, कुदृष्टि, तित्तो घर, बाबु–आमाप्रति छोराछोरीको कर्तब्य, कुनै नयाँ काम गर्ने, जीवनमा सवैभन्दा ठूलो खुशी भेटिएको, आफु जन्मिएको ठाउँ, समाजमा रहेको कुप्रथा, आफु एक साहसी नारी भएका कारण आफ्नो विद्यालयमा पढ्ने विद्यार्थी लगायत अन्तत ः राष्ट्रियप्रति बफादार रही सधैँ न्याय र सत्यको विजय हुन आवश्यक छ भन्दै ६० पृष्ठमा प्रकाशित कविता संगालोको समाप्त गरिएको छ । अहमता र घमण्डले उनीहरुलाई यति उचाईसम्म पु¥याईदिएको हुन्छ । जसको कुनै सीमा हुन्न । अरु केही गर्न नसकेपनि आफुले भोगेका र देखेका कुरा लेख्न त सक्छन ? तर काम भन्दा कुरा धेरै गर्ने बानिको विकास भएको हुनाले काम कम कुरा धेरै गर्ने गर्दछन । यतिमात्र हैन घरपरिवार, समाज र राष्ट्रलाई नै एउटा सुन्दर, सभ्य, शान्त र समृद्ध बनाउनमा जोड दिएकी छन । हाम्रोजस्तो चार वर्ण छत्तीस जातको फुलबारीलाई खलबल्याउन नहुन सन्देश दिएकी छन । यसैले उनको यो कविता संगालो धेरै जस्तो स्व.दशरथ धिताललाई समर्पण गरिएर लेखिएको छ । तीन जनाको फोटा राखी ‘मेरो सानो संसार’ लेखी यो कविता संगालो अन्त्य गरिएको छ ।
आइफोन एक्सः आउने दस वर्षको बाटो तय गर्ने मोडल
भदौ २८ । स्मार्टफोन प्रयोगकर्ताका लागि सेप्टेम्बर महिना विशेष हुन्छ। एप्पलले हरेक वर्ष यही महिना नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ। संस्थापक स्टिभ जब्सले ५ वर्षअघि सुरु गरेको यो परम्परा कम्पनीले यस वर्ष पनि कायम राख्यो । अमेरिकाको क्यालिफोर्निया, क्यूपरटिनोस्थित नवनिर्मित स्टिभ जब्स थिएटरमा खचाखच उत्सुक भिडमाझ एप्पलका प्रमुख कार्यकारी टिम कुकले मंगलबार तीन वटा नयाँ आइफोन सार्वजनिक गरे— आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स। स्मार्टफोनमा सामसङ र आइफोनबीच वर्षौंदेखि तीव्र प्रतिस्पर्धा छ। सामसङले हालै ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको छ। आइफोनको नयाँ मोडल कस्तो हुन्छ भन्ने धेरैको उत्सुकता थियो। नेपाली समयअनुसार मंगलबार राति यो उत्सुकता मेटिएको छ। आइफोन ८ र ८ प्लसभन्दा बढी ध्यान एक्सले खिचेको छ, किनकि यो कम्पनी र प्रयोगकर्ता दुवैका लागि विशेष छ। केही वर्षयता आइफोन मोडलमा उल्लेख्य परिवर्तन नभएको भन्ने आलोचना खेप्दै आएको कम्पनीले आइफोन एक्समार्फत् परिवर्तन र प्रयोगको भरपुर प्रयास गरेको छ। आइफोन एक्सको नाम नै साविक आइफोनको भन्दा अलग छ। ३, ४, ५ हुँदै ८ सम्म अंक समेट्दै आएको यसको नाम अक्षरमा मात्र राखिएको छ। ‘एक्स’ अक्षरमा लेखिएपनि यसको उच्चारण ‘टेन’ नै हुनेछ, आइफोनको दसौं वार्षिकोत्सव सम्झाउनका लागि । मुख्य तीन कुराले आइफोन एक्सलाई पृथक बनाएको छ— मूल्य, प्रविधि र डिजाइन । यिनै कारण आइफोन एक्स कम्पनीकै पहिलो प्रिमियम स्मार्टफोन बनेको छ। सबैभन्दा पहिले यसको मूल्यबारे चर्चा गरौं । आइफोन एक्सको मूल्य ९९९ डलर तोकिएको छ जुन हालसम्मकै महँगो आइफोन हो। यो आइफोन ८ भन्दा ३०० र ८ प्लसभन्दा २०० डलर बढी पर्छ। यो मूल्य अति नै चर्को भयो भन्ने प्रश्नमा टिम कुकले यसलाई आइफोनको ‘दस’ वर्षअघिको यूगसँग जोडेर जवाफ दिए। ‘किनकि, यसले अब आइफोनको अर्को दशकका निम्ति बाटो कोर्छ,’ टिमले भने, ‘यसका केही विशिष्ट फिचरका कारण यो महँगो भएको हो।’ प्रविधि आइफोन एक्समा नयाँ स्क्रिन प्रविधि छ, ओएलइडी। यसले फोन धेरै पातलो, हलुका र चम्किलो बनाउँछ। यसको आफ्नै प्रकाश हुनाले स्क्रिनमा उज्यालोको निम्ति बेग्लै प्रविधि जोड्नु पर्दैन जसले यो फोन स्वतः पातलो बनेको छ। यो स्क्रिनको अर्को विशेषता के भने यसको उज्यालो हामीले घटबढ गरिरहनु पर्दैन। कम प्रकाश भएको ठाउँमा यो आवश्यकता अनुसार आफैं चम्किलो हुन्छ र धेरै प्रकाश भएमा आफैं धमिलो हुन्छ। यसको अर्को विशेषता फोन अनलक हो। फोन अनलक गर्न यसलाई हेरे मात्र पुग्छ। अहिलेसम्म औंलाको माध्यमबाट (टच आइडी) ले अनलक गर्ने स्मार्टफोनको विशेषतालाई आईफोन एक्समा अनुहार पहिचान गर्ने प्रविधिले विस्थापन गरेको छ। ‘फेस आइडी’ नाम दिइएको यो प्रविधिले इन्फ्रारेड क्यामरा सिस्टमबाट काम गर्छ। यसले सामुन्ने भएको व्यक्तिको अनुहारको बनावट र टाउको स्क्यान गर्छ र सेभ गर्छ। पछि यही स्क्यान गरिएको बनावट पहिचान गरी फोन अनलक गर्छ। सामसङले यही प्रविधिलाई ‘फेस रिकगनिसन फिचर’ नाम दिएको छ। यसमा पछाडि १२ मेगापिक्सेलका दुई वटा र ७ मेगापिक्सेलको सेल्फी क्यामरा छ। अक्टोबर २७ देखि अग्रिम बुकिङ खुला गरिने र नोभेम्बर ३ देखि बिक्री गरिने आइफोन एक्स ६४ र २५६ जिबी संस्करणमा उपलब्ध हुनेछ। ६४ जिबी संस्करणको सुरआती मूल्य ९९९ डलर हो भने २५६ जिबीको १,१४९ डलर पर्नेछ। अहिलेको विनिमय दरअनुसार यो क्रमशः एक लाख र एक लाख पन्ध्र हजार रूपैयाँभन्दा बढी पर्छ। डिजाइन पछिल्ला तीन वर्षमा कम्पनीले डिजाइन परिवर्तन गरेको आइफोन एक्समै हो। कम्पनीको पहिचान बनिसकेको होम बटन यसमा छैन। यसलाई कम्पनीले ‘स्मार्टफोनको भविष्यको खाका’ बताएको छ। ५.८ इन्च डिस्प्ले भएको आइफोन एक्स आइफोन ७ भन्दा खास फरक त देखिँदैन तर, अन्य आइफोन मोडलभन्दा निकै ठूलो छ। सामसङ एजको झैं नयाँ आइफोनमा फोनको आकार जतिकै डिस्प्ले छ। कुना र छेउ मोडिएका छन्। होम बटन नभएपछि म्याकबुकमा जस्तै यसमा औंलाको गतिविधिले स्क्रिन चलाउने सुविधा दिइएको छ। जस्तो दुइटा औंला माथि सारेपछि स्क्रिन होममा जान्छ, माथि सारेर एकछिन रोकेपछि त्यो एपहरूमा जान्छ। आइफोन ८ र ८ प्लस आइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दावी गरेको छ। यी नयाँ फोनको स्वरुपमा भने खास परिवर्तन गरिएको छैन। यी हेर्नमा ७ र ७ प्लस जस्तै देखिन्छन्। आइफोन ८ मा ४.७ इन्च र ८ प्लसमा ५.५ इन्चको रेटिना एचडी डिस्प्ले छ। दुवैमा पछाडि १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसमा भने दुई वटा लेन्स छन्। धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिप छ। यसले फोनलाई तीव्र बनाएको छ । ताररहित चार्जिङ सुविधा भएका यी फोन ६४ र २५६ जिबी र्याममा उपलब्ध छन् । सिल्भर, स्पेश ग्रे र ब्लस गोल्ड गरी तीन रङमा उपलब्ध यी फोनमा १९ सेप्टेम्बरदेखि आइओएस ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न मिल्नेछ। सेप्टेम्बर २२ देखि बिक्री गरिने आइफोन ८ को मूल्य ६४९ डलर ९६४ जिबी० र ८४९ डलर ९२५६ जिबी० तोकिएको छ। आइफोन ८ प्लस ६४ जिबीको ७४९ डलर र २५६ जिबीको ९४९ डलर तोकिएको छ। आइफोनका दस वर्ष नयाँ आइफोन किन्न दस वर्षअघि मानिस जति उत्सुक थिए, आज पनि त्यतिकै उत्सुक छन् । दस वर्ष पहिले स्टिभ जब्सले सार्वजनिक गरेको एप्पलको पहिलो आइफोन किन्न हजारौं मान्छे एप्पलको कार्यालय र यसको आधिकारिक बिक्रेता एटी एण्ड टीका पसल बाहिर लाइन लागेका थिए। धेरै पसल बिक्री सुरु भएको केहीबेरमै रित्तिएका थिए। कुनै पसलमा भिड सम्हाल्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। ६१ लाख वटा बिक्री भएको त्यो स्मार्टफोन थियो, आइफोन मोडल नम्बर ए १२०३। स्टिभले सन् २००७ जनवरी ९ मा क्यालिफोर्नियामा भएको एक एक्स्पोमा सबैलाई उक्त आइफोन देखाउँदै भनेका थिए, ‘म यसका निम्ति साढे दुई वर्षदेखि प्रतिक्षा गरिरहेको थिएँ। आज एप्पलले फोनको पुनर्निर्माण गर्दैछ।’ आइफोन मोडल नम्बर ए १२०३ सन् २००७ जून २९ मा सार्वजनिक गरिएको थियो। लगत्तै सन् २००८ जुलाई ११ मा एप्पलले आइफोनको नयाँ मोडल सार्वजनिक गर्यो, आइफोन ३ जी। पहिलो सातामै यो फोन १० लाखभन्दा बढी बिक्री भएको थियो । आइफोन ३ जी ८ र १६ जिबी स्टोरज गरी दुई संस्करणमा थियो। १६ जिबी भने कालो वा सेतो रङमा पाइन्थ्यो । सन् २००९ मा यसको परिस्कृत संस्करण आइफोन ३ जीएस आयो जसपछि आइफोन ३ जी करिब आधा सस्तोमा बिक्री गरियो। ग्राहकलाई सिमित सुविधाः कालो रङ, ८ जिबी स्टोरेज र आइफोन ओएस ३.० सफ्टवेयर दिएर फोन दुई वर्षसम्म चलाउनुपर्ने सम्झौतासहित यो ९९ डलरमा बिक्री गरियो। यसले आइफोन किन्न नसक्ने तर चलाउन चाहनेका धेरैका सपना पूरा गर्यो। आइफोन ३ जी एसको सफलता अग्ल्याउन सन् २०१० को जुन महिनामा आइफोन ४ आयो। यहाँ सम्म आइपुग्दा आइफोनको आकर्षण यति बढेको थियो कि कम्पनीले यसको माग धान्न नसक्ने अवस्था देखियो। आइफोन ४ का निम्ति अग्रिम बुकिङ खुलाइएको थियो जसको संख्या ६ लाखभन्दा बढी थियो। एप्पल आफैंसहित जापानस्थित उसको साझेदार कम्पनी र अन्य खुद्रा पसलले सर्भर नै क्र्यास भएर अग्रिम बुकिङका धेरै अर्डर लिन सकेनन्। आइफोन ४ उपलब्ध भएको तीनदिनमा मात्रै १७ लाख वटा बिकेको थियो। अर्को वर्ष आएको आइफोन ४ एस मा एसको अर्थ विशेष थियो, सिरी। सिरी आइफोनको इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट प्रविधि हो जुन पछि एप्पलका अन्य उत्पादनमा पनि उपलब्ध भयो। ४ एस सम्म आइपुग्दा आइफोनको सफ्टवेयरले ठूलो छलाङ मारिसकेको थियो। यो आइफोन ६ आउँदासम्म बिक्रीमा रह्यो तर, यसको स्टोरज विस्तारै कम गर्दै ८ जिबीमा मात्र उपलब्ध गराइएको थियो। नयाँ क्यामरा र तीव्र गतिमा चल्ने आइफोन ४ एसको सफलतासँगै सन् २०१२ मा आइफोन ५ बजारमा आयो। पहिलो पटक आइफोन सेप्टेम्बर मा सार्वजनिक गरिएको यही हो। सेप्टेम्बर १२ मा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको आइफोन ५ हालका एप्पल सिइओ टिम कुकको सुरुआती र संस्थापक स्टिभको अन्तिम आइफोन थियो। आइफोन ५ मा पुराना मोडलको दाँजोमा निकै बदलाव भयो। आलुमिनियमले बनेको आइफोन ५ पातलो, हलुका, ठूलो, लाम्चो स्क्रिन भएको थियो। यसमा सबैभन्दा ठूलो परिवर्तन यसको चार्जर जोड्ने पिन थियो। पहिलेका मोडलमा लामो र ठूलो जोड्ने ठाउँ भएको ३० पिन डिजाइनलाई कम्प्याक्ट डक कनेक्टर ९हाल भएको० ले प्रतिस्थापन गर्यो। आइफोन ४ एसमा झैं यसमा पनि सोनी कम्पनीले बनाएको ८ मेगापिक्सेल क्यामरा छ। सन् २०१३ सेप्टेम्बर १० मा आइफोन ५ एससँगै यसको सानो र सस्तो संस्करण आइफोन ५ सि पनि सार्वजनिक भयो। सेतो र कालो रङमा मात्र उपलब्ध हुँदै आएकोमा आइफोन ५ एस सुनौलो रङमा पनि आयो। होम बटनमा टच आइडी विशेषता यहींबाट सुरु भएको हो। सेप्टेम्बर ९ सन् २०१४ मा ठूलो आकारको आइफोन ६ र ६ प्लसले एप्पललाई आलोचनासहित उचाइमा पुर्यायो। यसको मूल्य पनि उच्च नै रह्यो। आइफोन ६ को सुरुआती मूल्य ६४९ डलर र ६ प्लसको ७४९ डलर तोकिएको थियो। यसैलाई पछ्याउँदै सन् २०१५ सेप्टेम्बरमा ९ मै आइफोन ६ एस र ६ एस प्लस सार्वजनिक भए। आइफोन फ्यानहरु यसमा खास नयाँपन नपाएको भन्दै निराश भए पनि यसको बजार र लोकप्रियता कम भएन। फ्यानको दुखेको मन सम्हाल्न सन् २०१६ सेप्टेम्बर १६ मा आइफोन ७ र ७ प्लस आए जसमा थपिएका केही नयाँ प्रविधि र नयाँ रङको विकल्पले केही राहत दियो। डिजाइनमा ६ एसभन्दा खास फरक नभए पनि यो पानी र धुलोको असर नहुने गरी बनाइएको छ। यसको मुख्य विशेषता भनेको यसमा हेडफोन ज्याक छैन। १२ मेगापिक्सेल क्यामरा र २५६ जिबीसम्म स्टोरेज उपलब्ध भएको आइफोन ७ को सुरुआती मूल्य ७६९ डलर तोकिएको थियो।
सोल्टी, हयातपछि होटल र्याडिसनमा पनि माओवादी निकट मज़दूर संघ विजयी
काठमाँडौ, होटल र्याडिसनको आधिकारिक ट्रेड युनियन निर्बाचनमा माओवादी केन्द्र निकट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघले विजय परापटक गरेको छ । उक्त संगठनले नेकपा एमाले समर्थित ट्रेड यूनीयनलाई हराएर विजयी भएको हो । माओवादी ट्रेड यूनीयनले १३५ मत प्राप्त गरेको थियो । एमाले समर्थित संगठन ले ११९ मत र नेपाली काङ्ग्रेस समर्थित युनियन ले ६४ मत प्राप्त गरेको छ । यस अघि सम्पन्न सोल्टी होटल,याक एन्ड यति ,हायात होटल हिमालयन होटल पनि माओवादी केन्द्र निकट संगठन ले नै जितेको थियो ।
नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन
काठमाडौँ, साउन १९ । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काेतर्फ दुई वर्षभित्र पूर्ण स्तपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यसैगरी, एक महिनासम्म ७९, दुईदेखि तीन महिनासम्म ७२, चारदेखि पाँच महिनासम्म ४० प्रतिशत र ६ देखि आठ महिनासम्म ६ प्रतिशत आमाले मात्र स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ । नेपालमा स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रम साताव्यापी रुपमा मनाउन शुरु भएको २५ वर्ष बितिसक्यो तर यस क्षेत्रामा उल्लेख्य प्रगति देखिएको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्त ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव र शहरी क्षेत्रमा स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नवजात शिशुलाई आमाको बिगौती दूध बराबरको पोषण अरू केही हुन नै सक्दैन, एक वर्षसम्म यसको विकल्पमा अरू दूध प्रयोग गर्नु हुन्न । यसमा विभागले चेतनामूलक तथा अन्य कार्यक्रम जारी राखेको छ ।” उसो त स्वास्थ्य मन्त्रालयले स्तनपानको प्रवद्र्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ जारी गरेको छ । यसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने दूध तथा अन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध तथा प्रवद्र्धन गरेमा स्वास्थ्यकर्मीलाई कारबाही समेतको प्रावधान रहेको छ । पोषणविद् प्राडा मधु दीक्षित देवकोटा स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्ने बताउनुहुन्छ । उहाँका अनुसार आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पु¥याउँदछ । उहाँ भन्नुहुन्छ, “स्तनपान गराउँदा निस्कने हार्माेनले आमाको तनाव कम गर्न, शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रिया उत्तेजित भई सालनाल निस्कन तथा रक्तस्राव बन्द गराउँदछ ।” अर्काेतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनुपरिरहेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)का पोषण विज्ञ प्रद्युम्न दाहाल कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुने बताउनुहुन्छ । यसैबीच, ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व स्तनपान दिवस मनाउन शुरु गरिएको छ ।
नबोदित साहित्यिक वाचनालयको नेतृत्वमा कार्की
दीलिप पराजुली,दोहा नवोदित साहित्यिक वाचनालयको कतारमा सम्पन्न नवौं अधिवेशनले लेख कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा ईश्वर शाही, द्वितीय उपाध्यक्षमा टीका खड्का, मोवाइल पुस्तकालय संयोजक दीप मिलन, महासचिवमा दिलीप पराजुली र राजन लामा सचिवमा निर्बिरोध निर्वा्चित भएका छन् भने ईश्वर राई कोषाध्यक्ष बनेका छन् । त्यस्तै चक्र कार्की सह कोषाध्यक्षमा निर्विरोध भएका छन् त्यस्तै गरी सदस्यहरुमा रुप रसाइली, शेखर बस्नेत, बसन्त भुजेल, सन्तोष अधिकारी, जनकराज सापकोटा, तिलु शर्मा, बिन्दा लामा, लिलानाथ घिमिरे र दीप प्रदिप कुमार चयन भएका छन् । दोहाको टपफम रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यक्रम सस्थाका अध्यक्ष सिताराम ।थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अनेसास कतार च्याप्टर का अध्यक्ष तिर्थ संगम राईको प्रमुख आथित्यता रहेको थियो भने दोहामा स्थापित राजनीतिक तथा सामाजिक सस्थाको प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो्र । सस्थाका अहिले सम्मका डबलीका बिशिस्ट श्रोता हरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भानुभक्तको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन, रास्ट्रिय गान बाट शुरु गरिएको उक्त कार्यक्रम सस्थाका प्रथम उपाध्यक्ष लेख कार्कीले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सचिब द्दुरा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सस्थाका महासचिब दीप मिलनले संचालन गरेका थिए । कतारमा सम्झीए आदिकवि भानुभक्त लाई आदिकवि भानुभक्त आचार्यको २०३ औ जन्मजयन्ति कतारमा रहेका साहित्य प्रेमीहरुले एक कार्यक्रमका बिच मनाएका छन् । अन्तर्रा्ष्टिय नेपाली साहित्य समाज, कतार र नबोदित साहित्यिक वाचनालयले सस्थाको नबौ अधिवेशन र भानु जयन्ती एकैपटक पारि कार्यक्रम सम्पन्न गरेका हुन । कार्यक्रममा डेड दर्जन भन्दा बढी सर्जकहरुले आफ्नो रचना पस्किएका थिए । त्यस्तै गरी हरेक दुइ दुइ बर्षमा प्रदान गरिने नबोदित कृति अवार्डका लागि यो पटक छनौटमा परेका ६ वटा कृतिहरु क्रमश, खोटाङका गजल संग्रह, नियमा, पिडा मे परदेश ओला, क्रेजी लब र इन्द्रेणी मध्ये नियात्रा संग्रह “ओला” ले बिजेता पाएकोछ । नबोदित अवाड पाएकोले कृतिका लेखक नियात्राकार बिनोद खड्कालाई खादा, अवार्ड सिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।
शुद्ध पिउने पानी पाएपछि स्थानीयवासी खुसी
पाल्पा, असार ६ । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् । बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए । स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ । खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् । यहाँका ४७ घरधुरीका स्थानीयवासीले रु एकलाख २० हजारको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिनुभयो । पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उहाँ बताउनुहुन्छ । फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताउनुभयो ।
अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना
प्रकाश दाहाल तराई–मधेश र पहाडबीचको ध्रुवीकरण बढ्दै थियो, राजनीतिक दलहरु बीचको बिमति उत्कर्षमा थियो, देश भर्खरै नाकाबन्दीको त्रासदीबाट तङ्ग्रदै थियो, आर्थिक सूचाकांकहरु ऋणात्मक थिए, संविधान कार्यान्वयन रछ्यानमै थियो, पूनर्निर्माणको गति कछुवाझैं मन्द थियो, सत्ता सञ्चालकहरु नै जातीय, क्षेत्रीय द्वन्द्वका सारथी बन्दै थिए, राष्ट्रिय स्वाभिमान र आन्तरिक राष्ट्रियता नै धरापमा पर्ने जोखिम बढ्दै थियो, असन्तुष्ट शक्तिहरुलाई तान्ने र धकेल्ने होडबाजी चलिरहेकै थियो, यस्तो अत्यन्तै प्रतिकूल परिस्थितिका बीच गत साउन १९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । राष्ट्रिय राजनीति मात्र नभएर गठबन्धन र पार्टी जीवनका दृष्टिले पनि यसपटक ठूलै चुनौतिहरु थियो । अघिल्लो कार्यकालमा संसदको सबैभन्दा ठूलो दल, क्रान्तिको रापताप, जनताको बाह्य समर्थन र प्रेरणाजस्तो सकारात्मक परिस्थिति हुँदाहुँदै पनि अपेक्षाकृत नतिजा हासिल गर्न चुकेको र सरकारबाट बाहिरिनु परेको तीतो अनुभूति हाम्रासामू थियो । त्यसैले यसपटकको कार्यकाल जसरी पनि फलदायी र नयाँ पुस्ताका लागि प्रेरणादायी बनाउनुपर्छ भन्ने प्रधानमन्त्रीको सोंचमा सचिवालयको सिङ्गो टिम एकाकार थियो । हामीले प्रधानमन्त्रीको त्यही संकल्पलाई शिरोधार्य गर्दै आफ्नो जिम्मेवारी प्रारम्भ गर्यौं । प्रधानमन्त्रीको निष्कर्ष थियो, अहिलेको जिम्मेवारी मेरो र माओवादी पार्टीका लागि चुनौतिपूर्ण अवसर हो । एक अर्थमा भन्नुपर्दा प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले संकल्प गर्यौं, ‘धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ यही संकल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं । कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्रीले सरकारको मूख्य गोल निर्धारण गर्नुभएको थियो । (१) संविधानको स्वीकार्यता बढाएर प्रभावकारी कार्यान्वयन, (२) भूकम्पको पुनर्निर्माण र नवनिर्माण, (३) शान्ति प्रक्रियाको पूर्णता, (४) सुशासन र जनताको जीवनमा सकारात्मक परिवर्तनको प्रत्याभूति र (५) उल्लेखित गोलको कार्यान्वयनमार्फत् आर्थिक समृद्धिको लक्ष्य हासिल । यी कार्यभार असम्भव पक्कै थिएनन् । तर, चुनौतिपूर्ण थिए । हामीले उल्लेखित गोललाई नै आफ्नो दैनिक कार्यसूचिमा राख्ने प्रयत्न गर्यौं र कामलाई अगाडि बढायौं । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । राज्य अकर्मण्यतामै थियो, जनतामा निरासा थियो, देशको अर्थतन्त्र ऋणात्मक दिशामा थियो, राजनीतिक दलहरु बीचको अविश्वास चुलिँदो थियो । युद्धको रापताप र सर्वाधिक ठूलो शक्ति हुँदासमेत अपेक्षित सफलता हासिल गर्न नसकेका प्रचण्डले के नै पो गर्लान् र ? मानिसहरुको अविश्वास प्रष्टै झल्कन्थ्यो । अध्याँरोमा जुनकिरीको सहाराबाट गन्तव्यको खोजी गर्नु सरल र सहज पक्कै थिएन । तर, प्रधानमन्त्रीले हिम्मत हार्नु भएन, आफ्नो सम्पूर्ण सामथ्र्य देशको समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नै खर्चिनुभयो । सुरुको साता बधाई र शुभकामनामै बित्यो । तर, हामी धेरै दिन त्यसमा अल्झन चाहेनौं । किनकि, आलोपालो सत्ता समीकरणमा सम्झौताका कारण हामीलाई एक मिनेट पनि ज्यादै महत्वको थियो । हामीले बधाई र शुभकामनाको कार्यसूचि छोट्यायौं । प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन पनि नपाउने ? भन्ने गुनासाहरु हामीकहाँ नआएका पक्कै होइनन् । हामीले ठान्यौं, ‘बरु शुभेच्छुकहरु रिसाए पनि हामी कन्भिन्स गर्न सक्छौं । तर, गोलबाट चुक्यौं भने इतिहासको महत्वपूर्ण अवसर हामीले गुमाउनेछौं ।’ त्यसैले हामीले कुनै पनि दवाव, प्रभावमा नपरी परिणाम दिने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्यौं । प्रधानमन्त्रीको पहिलो ध्यान ध्रुवीकरणउन्मूख राजनीतिलाई सामान्यीकरण गर्नु थियो । राजनीतिक सहमतिका जगमा संविधान कार्यान्वयनको आधार तयार पार्नुलाई उहाँले आफ्नो कार्यकालको प्राथमिक सूचिमा राख्नुभयो । संविधानप्रति असन्तुष्ट शक्ति, दल र नेताहरुसँगको सघन सम्वादको प्रारम्भ भयो । यसले राजनीतिक वातावरणलाई सहज मात्रै बनाएन, देशको विकास आयोजनाहरुको प्रगति र आर्थिक सूचाकांकहरु सकारात्मक दिशामा बदल्न गुणात्मक योगदान समेत गर्यो । झण्डै दस महिने कार्यकालमा बन्द, हड्तालको स्थिति देखा परेन, त्यसको एक मात्रै कारण राजनीतिक ध्रुवीकरणलाई सहमतिको मार्गमा डोर्याउने प्रधानमन्त्रीको अथक र सार्थक प्रयास नै थियो । यस अवधिमा जनतामा रहेको निरासालाई आशामा कसरी बदल्न सकिन्छ ? यो सवाल हाम्रा लागि चासोको विषय रह्यो । उज्यालो युगको प्रारम्भ कसरी गर्ने ? ‘गरे सकिन्छ’ भन्ने सन्देश कसरी प्रवाह गर्ने ? हाम्रो ध्यान त्यतातिर थियो । लोडसेडिङको अन्त्यका लागि सरकारका तर्फबाट चालिएका कदम त्यही लक्ष्य प्राप्तिका प्रयासहरु थिए, जसले हामीलाई सफल बनायो । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । विदेशमा रहेका नेपालीहरुका समस्याबारे विगतमा कुनै पनि सरकार गम्भीर नभएको जनगुनासो र तीतो अनुभूति हाम्रासामू थियो । खाडी मुलूकमा पसिना बगाइरहेका देशका मेरुदण्ड युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्नुपर्दथ्यो । तत्काल पूर्ण कार्यान्वयन चुनौतिपूर्ण नै थियो । तर, राज्यले विदेशी भूमिमा उनीहरुले भोगेका समस्याहरुको सम्बोधन गर्न सक्थ्यो । यस अवधिमा विदेशमा रहेका नेपालीहरुका पक्षमा नीतिगत, कुटनीतिक, कानूनी र व्यवहारिक पहलमार्फत् थुप्रै काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । हामीले फोन, इमेल र सामाजिक सञ्जालमार्फत् आएका गुनासाहरुलाई पनि उच्च प्राथमिकतामा राख्यौं र यस अवधिमा हजारौं नेपालीहरुको रद्दार र राहतको काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । नयाँ सरकार गठनपूर्व विकास आयोजनाहरुको प्रगति कछुवाको गतिमा थियो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट आयोजनाहरुको अनुगमन, निरीक्षणका लागि मातहतका संयन्त्रहरुलाई निर्देशित मात्र गर्नुभएन, आफै अहोरात्र खटेर विकास आयोजनाको अनुगमन र निर्देशन दिने काम गर्नुभयो । आज विकास आयोजनाहरुमा उच्च प्रगति हासिल भएको छ, आर्थिक वृद्धिद्धरमा देखिएको उत्तरयात्रा त्यसैको प्रतिफल थियो, जुन कुरा विकास र समृद्धिको नेपाली मानचित्रमा सधैं सुनौला अक्षरले अङ्कित हुनेछ । सन्तुलित विदेश नीति र हार्दिक सम्बन्ध विकास गर्न प्रधानमन्त्री एकलब्य भएरै लाग्नुभयो । भारतको राजकीय भ्रमण, ब्रिक्स्–बिमस्टेक सम्मेलनमा भएको त्रीपक्षीय सम्वाद र कार्यकालको उत्तरार्धमा गरिएको चीन भ्रमणले नेपालको सन्तुलित विदेश नीतिलाई मात्रै प्रमाणित गरेन, सरकारको परिपक्वता र राष्ट्रिय हितलाई पनि नयाँ स्तरमा विकास गर्यो । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । यस अवधिमा राजनीतिक अक्करका बीच थुप्रै उपलब्धिहरु हासिल गरिए । भनिन्छ, ‘कमल हिलोमै फूल्छ ।’ चुनौतिपूर्ण जिम्मेवारी अवसरमा बदलिएको छ । होला त चुनाव ? गर्लान् त प्रचण्डले ? देलान् त मधेशी दलले ? आफू हार्ने चुनाव गर्न मान्ला त माओवादीले ? पुग्ला त तयारी ? नियत सही वा गलत जे भएपनि राजनीतिक वृत्तमा यी प्रश्नहरु घुमिरहेकै थिए । तर, सरकारले आफ्नो संकल्प भुलेन्, प्रतीज्ञाबाट गलेन । गाउँपालिका र नगरपालिकाको संरचना निर्माण गरी सिंहदरबारको अधिकार जनताको घरदैलो लैजाने र त्यसको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको सफलता नेपाली राजनीतिका लागि एक ऐतिहासिक कोशेढुङ्गा नै हुनेछ भन्ने हाम्रो विश्वास छ । झण्डै दश महिनाको छोटो अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरु सामान्य पक्कै छैनन् । यसका लागि प्रधानमन्त्रीको अथक प्रयास, संकल्प, इमान्दारिता र ईच्छाशक्ति मुल रुपमा जिम्मेवार छ । साथसाथै गठबन्धन र मन्त्रीपरिषदका सदस्यहरुको पनि कम योगदान पक्कै छैन । तर, प्रधानमन्त्रीको कार्याकाल सफल बनाउन हाम्रो सचिवालयले खेलेको भूमिका पनि निकै महत्वपूर्ण छ । यस अवधिमा सचिवालय टिमको निष्ठा, समर्पण र केही गरिछाड्ने प्रधानमन्त्रीको संकल्पमा बलियो साथ रह्यो । जसले हामीलाई उर्जा मात्रै नभएर भविष्यका लागि नयाँ अनुभव पनि हासिल भएको छ । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । प्रधानमन्त्रीको कार्यसूचि अनुसार समय, कार्यक्रमको व्यवस्थापन गर्नु, राजनीतिक, प्रशासनिक, कुटनीतिक र जनस्तरमा समन्वय गर्नु, गतिविधिहरुको सम्प्रेषण र समीक्षा गर्नु, कामहरुको अनुगमन र निरीक्षण गर्नुजस्ता जिम्मेवारी सचिवालयको काँधमा नै थिए । हामीले कठोर भएर नै समय र कार्यतालिकाको व्यवस्थापन गर्यौं । कहिलेकाहीँ प्रधानमन्त्रीका प्राथमिकता र भेट्न चाहनेहरुका आकांक्षामा अन्तर पथ्र्यो । त्यस्तो परिस्थितिमा हामी उदार बनेको भए सायद प्रधानमन्त्रीबाट राजीनामा दिएर निस्कदा हाम्रो शिर ठाडो नहुन पनि सक्थ्यो । हो, हाम्रो त्यही कठोरता पनि अपेक्षित प्रतिफलका लागि साधक बन्यो । अति केन्द्रिकृत सोंच, संरचना र प्रणालीमा सबै कामको अपेक्षा प्रधानमन्त्रीसँगै गर्नु अन्यथा थिएन । तर, हामीले चाहेर पनि त्यो अपेक्षा पुरा गर्न सक्दैनथ्यौं । कतिपय अवस्थामा पार्टीकै साथीहरुकै भावनाको पनि सम्बोधन हुन सकेन । कतिले आफ्नै अध्यक्ष भेट्न नपाएको गुनासो गर्नुभयो । तर, हाम्रा लागि प्रचण्ड कुनै पार्टीको अध्यक्ष मात्रै नभएर सिङ्गो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले हाम्रो कार्यतालिकामा राष्ट्रिय हित मूख्य प्राथमिकतामा पर्यो, जुन स्वाभाविक मात्रै नभएर जरुरी पनि थियो । जेठ १० गते देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्दा हामी कसैमा पनि लघुताभाष, आत्मग्लानी वा निरासाको भावना थिएन । हामीले चाहे जति सबै गर्न पक्कै सकेनौं । तर, जति गरेका थियौं, त्यसमा हामी सन्तुष्ट थियौं । न हामीसँग सरकार छोड्नुपर्दा कुनै तीतो अनुभूति थियो, न त कुनै अभिमान नै । बरु, वर्तमान सरकारले हासिल गरेका उपलब्धिहरुको निरन्तरता र पाइप लाइनमा छिरेका प्रगतिहरुको भविष्य के होला ? हामीमा अलिकति चासों र सरोकार पक्कै थियो । तर, मुल रुपमा हामी सफल भयौं र निरासान्मूख नेपाली राजनीति र नयाँ पुस्तालाई आशाको किरण छर्न सफल भयौं, त्यही नै हाम्रो सफलता र भविष्यको उर्जा पनि हुनेछ ।
के हो प्रजनन अङ्गको सङ्क्रमण
काठमाडौं, जेठ १५ । प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसंग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्याधिक वृद्धि भई हुने सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । भिरिङ्गी, सुजाक आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सर्न सक्छ। यौनसम्पर्क नगर्दा पनि सङ्क्रमण यौनाङ्ग वरिपरी राम्रोसग सरसफाइ नगर्नु त्यसको प्रमुख कारण हो । महिलाहरूमा रक्तअल्पता भएको छ भन रजस्वला हुँदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा पनि राम्रोसँग धोई घाममा सुकाएको छैन भने, विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूको लिङ्गको टुप्पो सफा गरेको छैन भने धेरै पटक एन्टिबायोटिक औषधिको प्रयोग गरिएको छ भने पनि यौन सम्पर्क नभईकन यौन संक्रमण हुनसक्छ । के यौन रोगहरू यौनाङ्गहरूको सम्पर्कबाट मात्रै सर्दछ ? यौनाङ्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि यौन रोगहरू सर्न सक्दछ । कुनै–कुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन्। यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौनरोग सर्दैन । कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ? – यौनाङ्ग वरिपरि चिलाउनु, – महिलाहरूको तल्लो पेट दुख्नु, – यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु, – लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु (जस्तै: पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि) – पिसाब गर्दा दुख्नु र पोल्नु, – अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु, – घाउहरू आउनु वा सुन्निनु, – यौन सम्पर्क राख्दा दुख्नु, – महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ । कसरी गर्ने उपचार ? यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहं“दा यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ । के यसबाट बच्ने तरीकाहरू पनि छन् ? यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाहा हुँदैन । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ । यौन सम्पर्क विश्वासिलो साथीसंग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसंग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् । सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लि“दा सधै जाँ“च गरिएको रगत मात्र लिनुपर्दछ । एक जनाभन्दा बढी व्यक्तिसंग यौन सम्पर्क हुन्छ भने कन्डमको सही तरीकाले प्रयोग गर्नुपर्दछ र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ ।
यादवलगायत तीन मन्त्रीहरूले लिए पद तथा गाेपनियताकाे सपथ
काठमाडौं, बैशाख २५ । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले अाज साँझ पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित औपचारिक समारोहमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा बिजयकुमार गच्छदार, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा गोपाल दहित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जितेन्द्र देवलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् । समाराेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अाेनसरी घर्ती, उपराष्ट्रपति नन्दकिशाेर पुन लगायतकाे समुपस्थिति रहेकाे थियाे ।
वैशाख १५ देखि डिजिटल केबुल वितरण
काठमाडौँ, वैशाख १४ । सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न गृहकार्य भइरहेको जनाउँदै वैशाख १५ देखि केबल टेलिभिजन बन्द हुने जस्ता विज्ञापन तथा सूचना प्रसारण भएकामा खण्डन गरेको छ । सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कलाई इजाजत दिने कार्य बन्द गरिसकेको छ । यसअघि एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई चरणबद्ध रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप यही वैशाख १५ गतेसम्ममा काठमाडौ, ललितपुर र लेखनाथ पोखरा महानगरपालिका तथा विराटनगर र वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप ‘डिजिटल सिग्नल’ मात्र ग्राहकलाई वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्नसमेत सिग्नल वितरकलाई मन्त्रालयले आग्रह गरेको छ । साथै सो क्षेत्रका केबल टिभी उपभोक्ताहरूलाई पनि आआफ्नो केबल टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराई गुणस्तरीय डिजिटल सिग्नल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
को को छन् त स्याङजाका ११ स्थानीय निकायका उम्मेदवार ?
स्याङ्जा, वैशाख १२ । नेकपा माओवादी केन्द्र स्याङ्जाले ११ वटै स्थानिय तहमा उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरेका अनुसार उम्मेदवार तय भएपनि स्थानीय तहमा तालमेलको सम्भावना अनुसार स्याङ्जा जिल्ला पार्टीले अर्को योजना निर्माण भने गर्ने सम्भावना रहेको छ । स्याङ्जामा ३ वटा नगरपालिका र ८ वटा गाँउपालिका रहेका छन्। कुन तहबाट को ? १० फेदिखोला गाउपालिका अध्यक्षः लक्ष्मी पौडेल, उपाध्क्षयः नन्दकुमारी गुरुङ २० आधिखोला गाउपालिका अध्यक्षः कल्पना कार्की, उपाध्क्षयः नगेन्द्र पौडेल ३० पुतलिबजार नगरपालिका प्रमुखः दुर्गा नारायण ढकाल, उपप्रमुखः इश्वेरी अर्याल (अमृता) ४० बिरुवा गाउपालिका अध्यक्षः दिपक चर्तीमगर, उपाध्क्षयः दुर्गा देवी शर्मा ५० हरिनास गाउपालिका अध्यक्षः नन्दकुमार थापा, उपाध्यक्षः मिठु लम्साल ६० भिर्कोट नगरपालिका प्रमुखः चन्द्रबहादुर रोका, उपप्रमुखः जानुका अर्याल ७० वालिङ नगरपालिका प्रमुखः हुमबहादुर गुरुङ, उपप्रमुखः नेत्रकुमारी पौडेल भट्टरार्इ ८० गल्याङ नगरपालिका प्रमुखः लोकेन्द्र थापा, उपप्रमुखः रीता खनाल (कला) ९० कालिगण्डकी गाउपालिका अध्यक्षः ईन्द्र कुमार थापा, विष्णुमाया राना १०० अर्जुनचौपारी गाउपालिका अध्यक्षः लोकप्रसाद काफ्ले, उपाध्यक्षः सरिता चुवाइ ११० चापाकोट नगरपालिका प्रमुखः हरि भट्टराई, उपप्रमुखः सुकमाया नेपाली