यस्तो हुन्छ फोन रातभरी चार्जमा लगाइराखे

सामान्यतया हामी अनुमान लगाउने गर्छौं हामीले आफ्नो फोन रातभरि चार्जमा लगाइराखे के होला ? आजभन्दा तीन चार वर्ष पहिलेसम्म यसको एउटै उत्तर हुन सक्थ्यो कि फोन तातेर खराब हुनसक्छ, पड्किन सक्छ या यसको ब्याट्री बिग्रिन सक्छ ।

तर अब समय फेरिएको छ । अचेल बजारमा जति पनि स्मार्ट फोन उपलब्ध छन् तिनमा ‘अटो कट अफ चार्जिङ्ग सिस्टम’ राखिएको हुन्छ अर्थात् फोन फुल चार्ज हुने बित्तिकै त्यसमा हुने विद्युत सप्लाई स्वयम् बन्द भैहाल्छ । त्यसैले आजभोलिका मोबाइल फोनहरू चार्ज गरेकै कारण तात्ने, पड्किने वा ब्याट्री नै बिग्रिने हुन्नन ।

ध्यान दिएर हेर्ने हो भने चार्जिङ्ग प्लग जोड्नासाथ फोनमा एउटा इन्डिकेटर बत्ती जलेको देख्न सकिन्छ जसको रङ्ग चार्ज फुल हुने बित्तिकै बद्लिने गर्दछ । यो किन हुन्छ भने यी फोनहरूको चिपमा नै यस्तो सेन्सर जोडिएको हुन्छ जसले चार्ज फुल हुनासाथ विद्युत सप्लाई बन्द गरिदिन्छ ।

त्यसैले यदि तपाईं कुनै पनि नयाँ मोडेलको स्मार्ट फोन प्रयोग गर्नु हुन्छ र यदि त्यसमा तात्ने आदि समस्या छ भने बुझ्नुस त्यो चार्जिङ्गसँग सम्बन्धित नभएर फोनको हार्डवेयर या सफ्टवेयरसँग सम्बन्धित हुन सक्छ ।

तर पनि विशेषज्ञहरूको राय के छ भने मोबाइलहरूले लिथियम आयन ब्याट्री प्रयोग गर्ने गर्दछन् जसलाई निश्चित पटक मात्र शून्यदेखि सय प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अर्थात् बारम्बार ब्याट्रीलाई शून्य प्रतिशतमा झार्दा वा सय प्रतिशत सम्म चार्ज गर्दा यसको आयु घट्ने हुन्छ । त्यसैले ब्याट्रीको राम्रो स्वास्थ्यकोलागि यसलाई सधैं १० देखि ९० प्रतिशतका बिच राखिराख्नु उचित मानिन्छ ।

अछामको तिमिल्सैनमा भब्य दशैं मेला

अछाम, असोज १९। दशैंको कोजाग्रत पूर्णिमाको दिन बिहीवार सधै झैं यो वर्ष पनि जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका–४ तिमिल्सैनमा भब्य दशैंमेला लाग्ने भएको छ । सदिऔंदखि तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलि सहित दशैंमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक साँस्कृतिक देउडा नाच, न्याँउले लगायत खेलमालका कार्यक्रम हुने गर्दछन भने स्थानीय उत्पादनको ब्यापार समेत हुने गर्दछ । भक्तजनहरुले पुजापाठसंगै आफुले भाकल गरेका राँगा बोकाको बलि समेत चढाँउने गर्दछन । तिमिल्सैनको दशैंमा राँगा बोका बलि दिएर पुजाआराधना गरेमा मनोकामना पुरा हुने धार्मिक आस्था अनुसार परापूर्व कालदेखीनै त्यहा बलि दिईने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन पुजापाठ सहित मुख्य मेलाको समेत आयोजना गरिएको तिमिल्सेनका स्थानीय अगुवा तथा तिमिल्सेना समाजका अध्यक्ष तिलक खत्री तिमिल्सैनाले जानकारी दिए । तर तिमिल्सैनमा दशैंमा २०६७ सालदेखि नै बलि नचढाँउने निर्णय गरिसकिएको भएतापनि बलिप्रथा अझैं हटन सकेको छैन । तिमिल्सैनका स्थानीयले सो निर्णयपछि बलि नचढाए पनि अन्य ठाउँवाट भाकल गरेकाहरुले बलि चढाईरहेको पाईएको छ । केही ब्याक्तिले धेरै समय अगिनै भाकल गरेकाले आ–आफ्नै तरिकाले बलि चढाँउने गरेको बताईएको छ । दशैं मेलाको अवसरमा बरदादेवीको पुजापाठका साथै रातभरी देउडा, न्याँउले लगायत स्थानीय लोक संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम पनि हुने गरेका छन । अछाममा मनाईने ठुला दशैंमेला मध्येको तिमिल्सैनको दशैं सकिएको ठीक एक महिनापछि बान्नीगढी जयगढ गाँउपालिका–१ गाजरामा पनी भब्य दशैंमेला लाग्ने गर्दछ ।  

भोयाज अफ क्रिएसन, प्रतिस्पर्धात्मक फेसन शो (फाेटाे फिचर)

काठमाडौं, असोज १ । गएको शुक्रबारको सन्ध्याकालीन समय छिपिंदै गए संगै दरबारस्थित होटल अन्नपूर्णको पभेलियन गार्डेनमा विछ्याइएको र्याम्पमा लिनेन, साटन, नेट, टिस्यु, ब्रोकेड, रअ सिल्क, साटन सिल्क, लाइक्रा, फर, जापानीज सिल्क, अर्गान्जा, ग्लीटर फ्याब्रिक देखि ढाका, बाम्बु, हेम्प, बनाना, अल्लो, जुट, कटन, आदिसम्मका फ्याब्रिक देखि पेपर, फ्लेक्स, सिडी जस्ता सामाग्रीसम्मलाई फेसन डिजाइनरहरुले आफ्नो कल्पनाशीलता र सृजनशीलतालाई अभिव्यक्त गर्ने माध्यम बनाएको पाइयो । मुख्य गरी १२ जना महिला मोडल र ६ जना पुरुष मोडललाई सहभागि फेसन डिजाइनरहरुले आफ्नो सृजनालाई रनवे माथि प्रस्तुत गर्ने माध्यम बनाए पनि हरेक सिक्वेन्सको अन्तिम पहिरनलाई मास्टरपीस अर्थात् कलेक्सनको विशेष पहिरनमा रुपमा प्रदर्शन गरेका थिए । ३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सनमा हरेकमा ६ वटा पहिरन र एउटा मास्टरपीस सहित ७ वटा सृजना मार्फत् सहभागि डिजाइनहरुले फेसन प्रतिस्पर्धामा आ आफ्नो दाबेदारी दिएका थिए । नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्सको व्यवस्थापन तथा सुवास श्रेष्को संयोजनमा संचालन भएको भोयाज अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा अन्ततः वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठको सामूहिक कार्यले विजेताको रुपमा सफलता हात पा¥यो । गार्बेज रिनोभेसन शीर्षकमा प्रस्तुत उनीहरुको कलेक्सन पूनःप्रयोग सन्देशमा केन्दि«त थियो जसमा फ्लेक्स, सिडी चक्काहरु, अल्मुनियम फोयल, प्रयोग भइसकेका ब्यागहरु, टेप तथा प्लास्टिकलाई पहिरनको स्वरुप प्रदान गरिएको थियो । प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रमिन शाक्य, दुश्यन्त रुम्दली राई र करिश्मा लामाको समूहले तयार पारेको पहिरनहरुले सफलता प्राप्त गर्यो । उनीहरुको सृजना भने पेपीरस शीर्षक अन्तर्गत थियो । जसमा पहिरन सबै स्वरुपहरु कागजको प्रयोगबाट तयार पारिएको थियो । कागज पूनःप्रयोग तथा कागजको सुन्दरता उपयोगितालाई यो कलेक्सनले देखाएको थियो । ओम्नीजम शीर्षकमा प्रस्तुत लक्ष्मी थापा मगर र अमृता थापा मगरको जोडीले प्रतिस्पर्धामा सेकेन्ड रनर अपको स्थान प्राप्त ग¥यो । उनीहरुको सृजना सबै धर्म प्रति सम्मानमा केन्दि«त थियो जसमा बहुधार्मिक प्रतिकहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको थियो । Photo : GlamourNepal.Com संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत उक्त फेसन प्रतिस्पर्धामा पूर्व मिस नेपाल सुगरिका के.सी., अभिनेत्रीहरु वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, जेबिका कार्की र मोडल पूजा श्रेष्ठले जर्दोजी बुटिक अमितेष कर्ण र इन्दु आछाजुले तयार पारेको पार्टी र फेस्टिभ मूडमा आधारित विविध शैलीका लहेंगाहरुको प्रस्तुति विशेष आकर्षण रुपमा रह्यो । फेसन डिजाइनरत्रय मुक्ता श्रेष्ठ, दलजीत कौर सुडान र योगेन्द« मेहर बज्राचार्यको निर्णायक टोली रहेको सो फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा गाउनका विविध आकर्षक शैलीहरु मुख्य पहिरनका रुपमा प्रस्तुत भएता पनि वन् पिस, लेहेंगा, स्कर्ट, पाइन्ट, शर्ट आदिका विविध रुप र स्वरुपहरु पनि अवलोकन गर्न पाइयो । फेसन डिजाइनहरुको परिकल्पनाहरु पार्टी, रोमान्स, रेड कार्पेट, प्रकृति, धर्म, संस्कृति, अग्नी, वसन्त ऋतु आदिबाट प्रेरित थिए ।

देश सभा र प्रतिनिधिसभाका मतपत्रको नमुना तयार

 काठमाडौं, भदौ १७ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको मतपत्रको नमुना तयार पारेको छ । नयाँ ढाँचाअनुसार दुई प्रकारका मतपत्र प्रयोग हुनेछन् । दुईथरी मतपत्रमध्ये एउटा मतपत्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हुनेछ । त्यसमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै कोठा हुनेछन् । आयोगको प्रारम्भिक ढाँचाअनुसार प्रतिनिधिसभामा कुनै एक दलको उम्मेदवारलाई मतदान गर्ने मतदाताले प्रदेश सभाको अर्को दलको उम्मेदवारलाई मतदान गर्न सक्नेछ । अर्को मतपत्र समानुपातिकको हुनेछ । जसमा प्रदेश सभा र प्रतिनिधिसभाको एकैपटक मतदान गर्न सकिनेछ । मतदातामैत्री मतपत्र बनाउने आयोगले मतपत्रलाई कसरी मतदातामैत्री बनाउन सकिन्छ भन्नेमा छलफल जारी राखेको छ । प्रदेश सभा सदस्यसम्बन्धी ऐन र प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन अहिलेसम्म संसद्बाट पारित हुन नसकेका कारण आयोगले मतपत्रको ढाँचा कस्तो बनाउने भन्ने निर्णय लिइनसकेको आयोग प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताए । उनका अनुसार आयोग मतदातामैत्री मतपत्र बनाउने तयारीमा अघि बढेको छ । पूर्वप्रमुख आयुक्तसँग छलफल निर्वाचन आयोगले मतपत्रको ढाँचाबारे शुक्रबार पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग छलफल गरेको थियो । उनीहरूले मतपत्र मतदातामैत्री बनाउन सुझाब दिएका थिए । प्रत्यक्षतर्फको मतपत्रमा एउटा लाइनमा प्रतिनिधिसभा र अर्को लाइनमा प्रदेश सभाको हुने गरी ढाँचा तयार गर्न सुझाब दिएका थिए । यस्तो हुनेछ मतपत्रको आकारप्रकार ? मतपत्रको आकारप्रकारबारे आयोग प्रस्ट भइसकेको छैन । समानुपातिकतर्फको मतपत्रका विषयमा आयोग समस्यामा परेको छ । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि ९५ दल दर्ता भएका छन् । ती सबै दलले निर्वाचनमा भाग लिने भएकाले सबैलाई समेट्दा मतपत्र निकै ठूलो हुनेछ । समानुपातिकतर्फका उम्मेदवारको नामावलीको बन्दसूची माग गर्दा कति दलले भाग लिन्छन्, त्यसपछि मात्र मतपत्रमा कति निर्वाचन चिह्न राख्ने भन्ने टुंगो लाग्नेछ । आयोगले बन्दसूची माग गर्दा दलको संख्या घट्ने विश्वास गरेको छ । मतपत्रको रङबारे छलफल जारी मतपत्रको रङ कस्तो राख्ने भन्नेमा आयोग टुंगोमा पुगिसकेको छैन । प्रत्यक्षतर्फको निर्वाचनका लागि एउटै पानामा प्रदेश सभा र प्रतिनिधिसभाको दुईवटा मतपत्र हुने भएपछि कसरी फरक रङ गर्ने भन्नेमा छलफल भइरहेको आयुक्त नरेन्द्र दाहालले बताए । आयोगको टोली प्रदेश नम्बर २ मा  निर्वाचन आयोगका आयुक्तसहितको टोली शनिबार प्रदेश नम्बर २ मा जाँदै छ । निर्वाचन तयारीको अनुगमनका लागि आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरप्रसाद शाह जाँदै छन् । उनीहरूसँगै आयोगका १८ कर्मचारी पनि जिल्ला अनुगमनमा जानेछन् । निर्वाचन आचारसंहिता उल्लंघनमा कडाइ गर्ने आयुक्त सुधीरकुमार शाहले बताए । -नयाँ पत्रिकाबाट

१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

बर्दिवास, भदौ १६ । ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए । बुवा–आमा र जेठा दाजुहरु गिरत (मालिक) को काममा जाने र आपूm उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसाको शिकार गर्ने गरेको बचपन आफैँले व्यहोरेका मञ्जे (मञ्जयको घरमा बोलाउने नाउँ) का लागि १२ कक्षा उत्तीर्ण गरेको सफलता चानचुने होइन । “हामी मुसहर जन्मले नै कमारा (नोकर) भएर जन्मन्थ्यौँ”, मञ्जेले विगत सम्झँदै भने, “मुसहरका घरमा नयाँ छोरा जन्मनासाथ ऊ कुनै मालिकका लागि बचनमा बाँधिने चलन थियो ।” आफ्नो पुरानो परिवेश कोट्याएका मञ्जेले अगाडि भने, “यस्तो परिवेशमा जन्मेको आपूmलाई आज १२ कक्षा उत्तीर्ण गरेँ भन्न पाउँदा निकै खुशी लागेको छ ।” बर्दिवासमा बसोबास गर्ने मुसहर समुदायको चौथो पुस्ताका मञ्जे १२ कक्षा उत्तीर्ण गर्ने अहिलेसम्मकै पहिलो व्यक्ति हुन् । अशिक्षा, गरिबी र सामाजिक पछौटेपनमा पारिएका मुसहर समुदायमा छोराछोरी पढाउने कुरा कसैले सोच्ने कुरै थिएन । खेल्न जाँदा बर्दिवासको मुसहर बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्न आउने गिरतका छोराछोरीसँगको उठबसले कहिलेकाहीँ कापीका पाना, कुनै पुस्तक बोकेर मञ्जे घर आउन थालेपछि यो नौलो काम गर्छ कि जस्तो लागेको मञ्जेका दाजु बिल्टु सादा बताउँछन् । “हाम्रो बुबा लक्ष्मी सादा बस्तीको अगुवा हुनुहुन्थ्यो”, भाइ मञ्जेको पढाइप्रतिको लगावबारे विगत कोट्याउँदै बिल्टुले भने, “अनि घरको कान्छो भाइ, बुबाआमा हामी सबैको प्यारो…! नियमित स्कूल जान थाल्यो, हामी सबैले जाओस् भन्यौँ र पो आज यो सफलता हात लाग्यो ।” हुन पनि हो, आफ्नो पढाइमा बुबाआमा, दाजु–भाउजू, वरपरका आफन्त र गाउँका गिरतका छोराछोरीले समेत आफूलाई माया गरेका मञ्जेको ठम्याइ छ । “खै किन हो मैले सबैको माया पाएँ”, मञ्जेले भने, “विद्यालयमा पनि गुरुहरु मलाई विशेष माया गर्नुहुन्छ जस्तो लाग्थ्यो, यसले मलाई पढाइको निरन्तरता दिन ऊर्जा दिन्थ्यो ।” बिशेषगरी २०७२ सालको हिउँदमा हास्य कलाकार धुर्मुस र सुन्तली आफ्नो बस्तीमा पहिलोपटक आएर शिक्षाबारे सबैलाई सम्झाइबुझाइ गरेपछि आफ्नो बस्तीबाट विद्यालय जानेको संख्या निकै बढेको मञ्जे बताउँछन् । “विसं २०७२ को हिउँदमा पहिलोपटक हाम्रो बस्तीमा आउनुभएका धुर्मुस–सुन्तलीले नमूना बस्तीमात्र नभई मुसहरको मन नै उज्यालो बनाइदिनुभएको छ ।” मञ्जेले भने त्यतिखेर भर्खर एसएलसी पास गरेको म अगाडि पढ्थेँ, पढ्दैनथेँ ठेगान थिएन, तर धुर्मुस–सुन्तलीको न्यानो मायाले पढाइ जारी राख्न सकेँ र आज यो सफलता पाएको छु ।” अब उच्च शिक्षा जारी राख्ने मञ्जेले आफ्नो संकल्प पनि सुनाए । मञ्जे १२ कक्षा पास भएपछि अहिले मञ्जे र उनका परिवारमात्र नभएर सिङ्गै ५० घरपरिवार बसोबास भएको एकीकृत नमूना मुसहर बस्तीमा खुशी छाएको छ । “हामी सबै खुशी छौँ”, बस्तीका करिया सादाले भने, “यिनी पढ्नुपर्छ भनेर बाटो देखाउने हाम्रो आँखाका नानी हुन्, अब त झण्डै १०० भन्दा बढी नानी स्कूल गइरहेका छन्, हाम्रो खुशी दिनदिनै बढिरहने छ ।” मञ्जेको यो सफलतामा हास्य कलाकार धुर्मुस–सुन्तलीले पनि खुशी व्यक्त गरेका छन् । “हामी पहिलोपटक मुसहर बस्ती पुग्दा नांगै–भुतंगैै नाकमा सिँगानको लत्को झार्दै दौडने नानीहरु अब सफासुग्घर भएर विद्यालय गइरहेका छन्”, धुर्मुसले टेलिफोनबाट भने, “मञ्जेको सफलताले हामी (आफू र सुन्तली) धेरै खुशी छौँ, अब लाग्छ, हामीले मुसहरलाई घरमात्र हैन सफा मन पनि दिन सकेछौँ ।” महोत्तरीमा पिछडिएको दलित समुदायको मुसहर जातिबाट १२ कक्षा उत्तीर्ण गर्ने मञ्जे १० भित्र परेका छन् । जिल्लामा करिब ३० हजार जनसंख्या रहेको आफ्नो मुसहर समुदायमा शिक्षाको प्रसार गर्नु जीवनकै मुख्य उद्देश्य बनाएको मञ्जेको भनाइ छ ।

आफ्नै खुट्टामा बञ्चरो हान्दै राजपा

गोकर्ण भट्ट काठमाडौं, जेठ ३० । शक्ति सन्तुलनमा आफू माथि पर्न सकिएन भने राजनीतिमा जडता र अहमताले क्षति गर्छ भन्ने कुरा बुझेर नै होला, जनयुद्दले रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेकोे बेला माओवादीले शान्ति प्रक्रियामा अवतरण गर्यो । यो चुरेको टुप्पोमा पुग्ने लक्ष लिएको व्यक्ति मैदानमा अवतरण गर्नु जस्तै थियो । रणनीतिक शक्ति सन्तुलनको अवस्थामा आफ्नो शक्ति प्रतिपक्षको शक्तिभन्दा कमजोर भएको अवस्थामा नारा र राजनीति जतिसुकै राम्रो भएपनि लचिलो हुनुपर्ने बाध्यता हुन्छ । तर यो बाध्यता नबुझेर कोरा दम्भका आधारमा अड्डी कसेर बस्ने हो भने यसले तत्कालमा केही फाइदा गरेजस्तो लागेपनि दीर्घकालमा ठूलो क्षति हुन्छ । यसको उदाहरण नेपालको राजनीतिमा मोहनबिक्रम हुन । पञ्चायती शासन ढलेलगत्तैको निर्वाचन–२०४८ मा तत्कालिन नेकपा मसालले निर्वाचन बहिस्कार गर्यो । संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्ने अडान थियो मसालको । बुर्जुवा संसदीय चुनाव भन्दै उनीहरुले बहिस्कार गरे । सैद्धान्तिकरुपमा उनीहरु ठीक थिए होलान् तर तत्कालिन परिस्थिति र उनीहरुको अडानबीच कुनै तादाम्यता मिलेको थिएन । ३० वर्षे पञ्चायती कालरात्रीबाट मात्रात्मक परिवर्तन भएपनि जनता मुक्त भएका थिए । एउटा मात्रात्मक र सुधारात्मक राजनीतिक आन्दोलनलाई कार्यनीतिक मुद्दा बनाएर अघि बढ्नुपर्ने बस्तुगत परिस्थ्तिि थियो त्यो बेला । तर मोहनबिक्रमहरुले कोरा राजनीतिक जडता र क्रान्तिकारी देखाए, चुनाव बहिस्कार गरे । यसले आम जनतामा चुनावको रणनीतिमार्फत उनीहरु जान पाएनन् । संगठन छिन्नभिन्न भयो । बाबुरामदेखि कैयन् नेताहरु एकताकेन्द्रमा समाहित भए । र, राजनीतिक कार्यदिशा नै निर्णायक हो भन्ने एकसूत्रीय रट लगाउँदै आएका मोहनबिक्रमहरु एजेण्डामा जतिसुकै सही भएको दावी गरेपनि संसदीय राजनीतिमा किनारामा नै छन् । केन्द्रमा पुग्न सकेका छैनन् । न उनीहरुले क्रान्ति गर्न सक्छन्, न संसदीय व्यवस्थाको विकल्पमा जनसंघर्ष (जुनसुकै स्वरुपमा किन नहोस्) । ठीक यही बिन्दुमा अहिले मधेसभित्रको एउटा ठूलो शक्ति राष्ट्रिय जनता पार्टी पुगेको छ । राष्ट्रिय जनता पार्टीभित्रको बहुमत नेतृत्वले दोश्रो चरणको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । यो पनि ठीक त्यो अवस्थामा, जतिखेर सिँगो तराई पहाडमा निर्वाचनको आगो बलेको छ । घर घरमा, चोकचोकमा, कार्यकर्तादेखि नेतासम्म निर्वाचनको रापले तातेका छन् । यो स्थितिमा संविधान संशोधनको एक सूत्रीय रट लगाएर राजपाले आन्दोलनको घोषणा गरेको छ । उनीहरुले निर्वाचन बिथोल्ने घोषणा गरेका छन् । तर मधेशको कोणबाट उनीहरुको अडान सही गलत जे भएपनि राजनीतिक कोणबट यो उनीहरुका लागि ठूलो आसन्न संकट हो । किनभने बस्तुगत परिस्थितिको उपेक्षा गरे जाने अवस्थामा दीर्घकालमा यसले शक्ति क्षयकरण गर्नुबाहेक अरु केही गर्दैन । राजपाले के का आधारमा निर्वाचन बहिस्कार गर्न खोज्दैछ भन्ने कुरा आमरुपमा स्थापित गर्न सकेको छैन । प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि देउबाको आरोहणसम्म हेर्दा उनीहरुका मागमा मात्रात्मक परिवर्तन हुँदै निर्वाचनमा उनीहरु सहभागी हुने वातावरण सरकारले निर्माण गरेको छ । यदि तत्कालिन प्रधानमन्त्री ओलीले मधेसी दलहरुसँग निषेधको सम्बन्ध राखेजस्तै अवस्था हुन्थ्यो भने मधेसी दलहरुका लागि अहिले निर्वाचन बहिस्कार गर्दा त्यो एजेण्डा मधेसका जनतासामु स्थापित गर्न सक्ने अवस्था देखिन्थ्यो । तर बस्तुगत स्थिति त्यो होइन । पहिलो कुरा, सरकारले तत्कालिन मधेसी मोर्चाले अघि सारेका अधिकांश माग पुरा गरेको अवस्था हो । झुठा मुद्दा, शहीद र घाइते परिवारलाई सहयोगलगायतका माग उहिल्यै पुरा भएका हुन । बाँकी राजनीतिक मागहरुमा राज्य पुनःसंरचना गर्दा संख्या थप्ने विषय समेत सरकारले २२ वटा स्थानीय तह थप गरेर पुरा गरेको हो । मधेसी दलहरुले २२ ले पुगेन भनेपनि अस्तित्वमा रहेका अन्य राजनीतिक दलहरुलाई समेत सहमतिमा ल्याउन २२ को संख्या मध्यबिन्दु हो । बाँकी रहेको एउटा मुख्य विषय बनेको संविधान संशोधनको विषय हो । संविधान संशोधनको विषयमा समेत तीनपटकसम्म संशोधन सरकारले गरेर व्यवस्थापिका संसदमा त्यो दर्ता गरेको अवस्था हो । यो संशोधन सरकारले मधेसी दलरु सम्मिलित कार्यदलले दिएको आधारमा गरेको हो । अब बाँकी रह्यो संशोधन पास गर्ने कुरा । संशोधन पास गर्न दुई तिहाई चाहिन्छ । र, अहिले एमाले, जनमोर्चा, माले र नेमकिपाको भूमिका हेर्दा दुई तिहाई पूग्न सक्दैन । सरकारले नगर्ने भनेको छैन । यो सबै कुरा स्पष्ट हुँदाहुँदै पनि संशोधन नभई चुनावमा जान्न भन्नुको कुनै तर्क र तुक देखिन्न । त्यसैले राजपाका अगाडि अहिले आफूले निर्वाचनको बिरोध किन गरेको भन्ने आधार जनतासामु स्थापित गर्ने कारण देखिन्न । संविधान संशोधन भएन, त्यसमा सरकारको के गल्ती ? सरकारले प्रस्ताव नलगेको हो ? सरकारले मतदानमा लैजाने ? यदि त्यो प्रस्ताव पारित भएन भने मधेसका दलले मान्ने कि नमान्ने ? यो कुरा उनीहरु स्पष्टसँग भन्न सक्दैनन् । एमालेले विपक्षमा मतदान गर्ने स्पष्ट भएको अवस्थामा त्यहाँ संख्या पुग्दैन । अनि एमालेसँग आफ्ना मुद्दामा छलफल गर्नुको साटो एकोहोरो रट लिएर निर्वाचन बहिस्कार गरेर संविधान संशोधन हुन्छ त ? कदापी हुँदैन । बस्तुगत परिस्थितिलाई उपेक्षा गरेर लहडको भरमा, सनकको भरमा, कोरा जिद्दि गरेर जाने राजपालाई उछिन्दै उपेन्द्र यादवहरुले भने चुनावको तयारी गरेका छन् । हिजो पहिलो चरणको चुनावमा समेत मधेसी मोर्चाभित्र यही जडता कायम नै रहेको अवस्थामा यादवले निर्वाचन आयोगमा दल दर्ता गरे । बाबुराम भट्टराईको नयाँ शक्तिसँग कार्यगत एकता गरेर केही स्थानमा चुनाव लडे । अहिले दोश्रो चरणको निर्वाचनमा समेत सरिता गिरीलगायतसँग उनीहरुले एकता गरेर चुनावको माहौल तयार गरेका छन् । यसले उपेन्द्र यादव मधेसका अन्य नेताहरु भन्दा बढी दूरदर्शी देखिएका छन् । राजपाले निर्वाचनमा भाग नलिने अवस्थामा यसले मधेसका मुद्दा दीर्घकालमा कमजोर हुने एउटा संकट छ भने अर्कोतर्फ राजनीतिकरुपमा यसले उपेन्द्र याव र बाबुराम भट्टराईलाई फाइदा पुग्ने देखिन्छ । किनभने राजपाले बहिस्कार गरेपनि मधेसले पूर्णरुपमा निर्वाचन बहिस्कार गर्ने अवस्था अहिले छैन । निर्वाचनको माहौल बनिसकेको छ । यो अवस्थामा राजपा समर्थित कार्यकर्ताहरु उपेन्द्र यादवहरुको पक्षमा उभिने सम्भावना बढ्न जान्छ । कतिपयस्थानमा उम्मेदवार बनाएर, कतिपय स्थानमा समर्थक बनेर उपेन्द्र यादवहरुको पक्षमा जनमत बढ्ने अवस्था सिर्जना हुन्छ । र, उपेन्द्र यादवको पार्टीसँग एकताको घोषणा गरेका बाबुरामका लागि भविष्यमा हुने एकताबाट मधेसमा उल्लेख्य उपस्थिति देखाउने अवसर प्राप्त हुने छ । यता ठीक उल्टो राजपाका लागि केन्द्रमा चार पाँच पार्टी मिलेर, ठूला नेताहरु देखिएर ठूलो देखिने अवस्था भएपन धरातलमा भने कमजोर संगठन र जनआधार नहुने अवस्था सिर्जना हुने छ । राजनीतिमा सबै अवस्थामा प्रहार मात्रै हुँदैन । सबै अवस्थामा दुई पाइला अघि मात्रै सरिँदैन । रणनीतिक सन्तुलन हुन नसक्ने अवस्थामा एक पाइला पछाडि पनि हट्नु पर्छ । शक्ति सञ्चयको रणनीति अख्तियार गर्नुपर्छ । राजपाले अहिले स्थानीय तहमा कब्जा जमाउन सक्छ । दुई नम्बर प्रदेशमा बहुमत ल्याउन सक्छ । यसको असर भोली प्रदेश र केन्द्रमा पर्ने हुन्छ । र, त्यतिखेर केन्द्रमा उल्लेख्य संख्या ल्याउन सके यही संविधान संशोधन गर्न पनि एमालेका अगाडि हात फैलाउनुपर्ने अवस्था रहन्न । त्यसैले यो निर्वाचनलाई कार्यनीतिक भन्दा पनि रणनीतिक महत्वका आधारमा उपयोग गर्नु नै राजपाका लागि दीर्घकालिन फाइदाको विषय बन्ने छ । अन्यथा, राजपा अस्तित्वमा रहन्छ, उसका एजेण्डाहरु जनताले मन पनि पराउँछन् तर उसको प्रभाव समयक्रमसँगै मसालको जस्तो हुने संकेत स्पष्ट देखिन्छन् ।

चुनाव बहिस्कार गरेर आत्मघाती गोल गर्दै राजपा

रघुनाथ बजगाँर्इ  काठमाडौँ ।  राष्ट्रिय सहमतिका आधारमा निर्वाचन र संविधा संशोधनका लागि सरकारको भूमिका हदैसम्म लचिलो देखिएपनि आइतबार राष्ट्रिय जनता पार्टीले आन्दोलनको घोषणा गरेपछि यसले राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । मधेसी मोर्चालाई निर्वाचनमा आउन सजिलो र सहज होस् भनेर सरकारले एकैदिन राजनीतिक दलसम्बन्धी ऐन संसोधन गर्यो । नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लागे सरकारले नियम नै निलम्बन गरेर विधेयक पास गरेबाट सरकार गम्भीर भएको देखाउँछ । तर ‘दल दर्ता र चुनाव चिन्ह मात्रै भएपनि हुन्छ’ भनिरहेको राजपाले निर्वाचन छाडेर अनिश्चितकालीन आमहडतालका कार्यक्रम सार्वजनिक गर्न पुगेको छ । मधेसकेन्द्रीत दलहरुको यसप्रकारको हठी रवैयाबाट उनीहरुले के खोजिरहेका हुन ? भन्ने कुरा सबैको चासो बनेको छ । राष्ट्रिय जनता पार्टी मधेसकेन्द्रीत बिभिन्न दल मिलेर बनेको ठूलो दल हो । राजपासँगै मधेसको मुद्दामा केन्द्रीत उपेन्द्र यादव र विजय गच्छदारको पार्टीले निर्वाचनको तयारी गरिरहेका छन् । यो अवस्थामा मधेसकेन्द्रीत एउटा मात्रै दलले अड्डी कसरेर आन्दोलनको घोषणा गर्नुले उसको राजनीतिक अभिष्टमाथि समेत गम्भीर आशंका जन्माएको छ । राजनीति शास्त्री अनिल श्रेष्ठका अनुसार, राजपाले खोजे के हो अझै प्रष्ट नहुनु मधेस राजनीति कै आश्चर्य भएको छ । सरकारले बारम्बार पहल गर्दा समेत ‘मेरो गोरुको बार्है टक्का” भन्ने शैलीमा उत्रिएको राजपाले आन्दोलन घोषणा गर्नुका पछाडिका कारणहरु स्पष्ट नभएपनि उनीहरुको भूमिका हेर्दा केही आँकलन भने गर्न सकिन्छ । जस्तो पहिलो, कतिपयले राजपाको यो कदम चुनाव ‘फेस’ गर्न नसकेर समय मागेको या भाग्न खोजेको बताएका छन् । नयाँ पार्टी गठन भएपछि स्थानीय तहमा संगठनको आकार नै निर्माण नभएको अवस्थामा सोझै चुनावमा जाँदा पराजय भोग्नुपर्ने भय राजपामा रहेको त होइन ? भन्ने प्रश्न उठेको छ । केहीले भने शक्ति केन्द्रको आडमा उनीहरुले निर्वाचन हुन नदिन यसो गरेका बताउँछन् । तर शक्ति केन्द्र भनेर भारतलाई भन्ने हो भने भारतले अहिले मधेसलाई उचाल्ने अवस्था देखिन्न । भारतीय संस्थापन पक्षले संविधान संशोधन हुने शर्तमा निर्वाचनमा सहभागी हुन मधेसी दलहरुलाई यसअघि नै सुझाव दिइसकेको कुरा सार्वजनिक भइसकेको छ । राजपाको यो कमदमले मधेशको मुद्दा नै कमजोर हुने स्पष्ट देखिएको छ । मधेसकै मुद्दामा उपेन्द्र यादव र गच्छदारहरु चुनावमा होमिने र अर्को दल राजपाले बिरोध गर्दा मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधीहरु बीच भीडन्त हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या झन् जटिल हुनसक्छ । देश निर्वाचनमय भएको छ । खासगरी कार्यपालिकाहरुलाई दिइएको अधिकारको चर्चाले मधेसमा समेत हाम्रो आफ्नो सरकार हामी आफूले चलाउन पाउने भन्ने मानसिकता र प्रभावले जरो गाड्न थालेको छ । यो अवस्थामा अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्णतः अलग हुनु हो । निर्वाचन नै बिथोल्न र रोक्न सक्नै अवस्थामा राजनीतिक सहमतिका आधारमा पछि निर्वाचनमा सहभागी भएर बहुमत ल्याउने राजपाले सोचेको अवस्था समेत अहिले छैन । मधेसभित्रकै अन्य दल र मधेसमा बलियो प्रभाव भएका कांग्रेसर माओवादी केन्द्रले चुनावमा सहभागी हुने अवस्थामा राजपाको बिरोध प्रभावकारी हुने अवस्था देखिन्न । यो अवस्थामा राजपा मधेसको राजनीतिबाट बिस्थापित हुने खतरा झनै बढेर जाने छ । यो अवस्थाले स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । प्रदेश र केन्द्रीय निर्वाचनको मुख्य आधार भनेको स्थानीय निर्वाचन हो । स्थानीय निर्वाचन बहिस्कार गर्ने, यता सरकारले जे जसरी पनि निर्वाचन सम्पन्न गर्न सकेको अवस्थामा राजपासँग कुनै एजेण्डा बाँकी रहने छैन   बरु यसको फाइदा उपेन्द्र यादवहरुले लिने छन् । र, यसको समग्र घाटा मधेसलाई नै हुने छ । राजपाको भूमिकाले के देखाउँछ भने निर्वाचन चिन्हको विवाद या मितिको विषय मुख्य कुरा होइन, राजपाले चुनाव नै नचाहेको त होइन ? भन्ने प्रश्न कतिपयले गर्न थालेका छन् । पहिलो चरणको निर्वाचनमा केहि दलले अन्य दलको चुनाव चिन्हमा चुनाव लडेको दृष्टान्त देख्दादेख्दै सरकारको पछिल्लो कदमलाई राजपाले नस्विकार्नु उसकै लागि घातक सिद्ध हुने र मधेसमा दिर्घकालसम्म द्वन्द्ध कायम राख्ने भन्दा अरु केहि हुन सक्तैन भन्ने समेत कतिपयले बताइरहेका छन् । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने आम भनाई अनुसार, राजपाले निर्वाचन बहिस्कार गर्ने र उसका समर्थकहरु बिस्तारै निर्वाचनको माहौलको आकर्षणमा उपेन्द्र यादव या अन्य दलहरुमा जाने अवस्था बढेर गएमा यो झनै प्रत्युपादक हुने देखिन्छ । त्यसैले राजपाको अहिलेको कदम विशुद्धरुपमा आत्मघाती कदम हो राजपा र मधेसका लागि । सरकार लचिलो भएका बेला राजपाले आफ्ना घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएर आफ्नै निर्वाचनमा भाग लिनु राजपाका लागि सही विकल्प हुन सक्छ ।

अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

प्रकाश दाहाल तराई–मधेश र पहाडबीचको ध्रुवीकरण बढ्दै थियो, राजनीतिक दलहरु बीचको बिमति उत्कर्षमा थियो, देश भर्खरै नाकाबन्दीको त्रासदीबाट तङ्ग्रदै थियो, आर्थिक सूचाकांकहरु ऋणात्मक थिए, संविधान कार्यान्वयन रछ्यानमै थियो, पूनर्निर्माणको गति कछुवाझैं मन्द थियो, सत्ता सञ्चालकहरु नै जातीय, क्षेत्रीय द्वन्द्वका सारथी बन्दै थिए, राष्ट्रिय स्वाभिमान र आन्तरिक राष्ट्रियता नै धरापमा पर्ने जोखिम बढ्दै थियो, असन्तुष्ट शक्तिहरुलाई तान्ने र धकेल्ने होडबाजी चलिरहेकै थियो, यस्तो अत्यन्तै प्रतिकूल परिस्थितिका बीच गत साउन १९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । राष्ट्रिय राजनीति मात्र नभएर गठबन्धन र पार्टी जीवनका दृष्टिले पनि यसपटक ठूलै चुनौतिहरु थियो । अघिल्लो कार्यकालमा संसदको सबैभन्दा ठूलो दल, क्रान्तिको रापताप, जनताको बाह्य समर्थन र प्रेरणाजस्तो सकारात्मक परिस्थिति हुँदाहुँदै पनि अपेक्षाकृत नतिजा हासिल गर्न चुकेको र सरकारबाट बाहिरिनु परेको तीतो अनुभूति हाम्रासामू थियो । त्यसैले यसपटकको कार्यकाल जसरी पनि फलदायी र नयाँ पुस्ताका लागि प्रेरणादायी बनाउनुपर्छ भन्ने प्रधानमन्त्रीको सोंचमा सचिवालयको सिङ्गो टिम एकाकार थियो । हामीले प्रधानमन्त्रीको त्यही संकल्पलाई शिरोधार्य गर्दै आफ्नो जिम्मेवारी प्रारम्भ गर्यौं । प्रधानमन्त्रीको निष्कर्ष थियो, अहिलेको जिम्मेवारी मेरो र माओवादी पार्टीका लागि चुनौतिपूर्ण अवसर हो । एक अर्थमा भन्नुपर्दा प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले संकल्प गर्यौं, ‘धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ यही संकल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं । कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्रीले सरकारको मूख्य गोल निर्धारण गर्नुभएको थियो । (१) संविधानको स्वीकार्यता बढाएर प्रभावकारी कार्यान्वयन, (२) भूकम्पको पुनर्निर्माण र नवनिर्माण, (३) शान्ति प्रक्रियाको पूर्णता, (४) सुशासन र जनताको जीवनमा सकारात्मक परिवर्तनको प्रत्याभूति र (५) उल्लेखित गोलको कार्यान्वयनमार्फत् आर्थिक समृद्धिको लक्ष्य हासिल । यी कार्यभार असम्भव पक्कै थिएनन् । तर, चुनौतिपूर्ण थिए । हामीले उल्लेखित गोललाई नै आफ्नो दैनिक कार्यसूचिमा राख्ने प्रयत्न गर्यौं र कामलाई अगाडि बढायौं । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । राज्य अकर्मण्यतामै थियो, जनतामा निरासा थियो, देशको अर्थतन्त्र ऋणात्मक दिशामा थियो, राजनीतिक दलहरु बीचको अविश्वास चुलिँदो थियो । युद्धको रापताप र सर्वाधिक ठूलो शक्ति हुँदासमेत अपेक्षित सफलता हासिल गर्न नसकेका प्रचण्डले के नै पो गर्लान् र ? मानिसहरुको अविश्वास प्रष्टै झल्कन्थ्यो । अध्याँरोमा जुनकिरीको सहाराबाट गन्तव्यको खोजी गर्नु सरल र सहज पक्कै थिएन । तर, प्रधानमन्त्रीले हिम्मत हार्नु भएन, आफ्नो सम्पूर्ण सामथ्र्य देशको समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नै खर्चिनुभयो । सुरुको साता बधाई र शुभकामनामै बित्यो । तर, हामी धेरै दिन त्यसमा अल्झन चाहेनौं । किनकि, आलोपालो सत्ता समीकरणमा सम्झौताका कारण हामीलाई एक मिनेट पनि ज्यादै महत्वको थियो । हामीले बधाई र शुभकामनाको कार्यसूचि छोट्यायौं । प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन पनि नपाउने ? भन्ने गुनासाहरु हामीकहाँ नआएका पक्कै होइनन् । हामीले ठान्यौं, ‘बरु शुभेच्छुकहरु रिसाए पनि हामी कन्भिन्स गर्न सक्छौं । तर, गोलबाट चुक्यौं भने इतिहासको महत्वपूर्ण अवसर हामीले गुमाउनेछौं ।’ त्यसैले हामीले कुनै पनि दवाव, प्रभावमा नपरी परिणाम दिने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्यौं । प्रधानमन्त्रीको पहिलो ध्यान ध्रुवीकरणउन्मूख राजनीतिलाई सामान्यीकरण गर्नु थियो । राजनीतिक सहमतिका जगमा संविधान कार्यान्वयनको आधार तयार पार्नुलाई उहाँले आफ्नो कार्यकालको प्राथमिक सूचिमा राख्नुभयो । संविधानप्रति असन्तुष्ट शक्ति, दल र नेताहरुसँगको सघन सम्वादको प्रारम्भ भयो । यसले राजनीतिक वातावरणलाई सहज मात्रै बनाएन, देशको विकास आयोजनाहरुको प्रगति र आर्थिक सूचाकांकहरु सकारात्मक दिशामा बदल्न गुणात्मक योगदान समेत गर्यो । झण्डै दस महिने कार्यकालमा बन्द, हड्तालको स्थिति देखा परेन, त्यसको एक मात्रै कारण राजनीतिक ध्रुवीकरणलाई सहमतिको मार्गमा डोर्याउने प्रधानमन्त्रीको अथक र सार्थक प्रयास नै थियो । यस अवधिमा जनतामा रहेको निरासालाई आशामा कसरी बदल्न सकिन्छ ? यो सवाल हाम्रा लागि चासोको विषय रह्यो । उज्यालो युगको प्रारम्भ कसरी गर्ने ? ‘गरे सकिन्छ’ भन्ने सन्देश कसरी प्रवाह गर्ने ? हाम्रो ध्यान त्यतातिर थियो । लोडसेडिङको अन्त्यका लागि सरकारका तर्फबाट चालिएका कदम त्यही लक्ष्य प्राप्तिका प्रयासहरु थिए, जसले हामीलाई सफल बनायो । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ । विदेशमा रहेका नेपालीहरुका समस्याबारे विगतमा कुनै पनि सरकार गम्भीर नभएको जनगुनासो र तीतो अनुभूति हाम्रासामू थियो । खाडी मुलूकमा पसिना बगाइरहेका देशका मेरुदण्ड युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्नुपर्दथ्यो । तत्काल पूर्ण कार्यान्वयन चुनौतिपूर्ण नै थियो । तर, राज्यले विदेशी भूमिमा उनीहरुले भोगेका समस्याहरुको सम्बोधन गर्न सक्थ्यो । यस अवधिमा विदेशमा रहेका नेपालीहरुका पक्षमा नीतिगत, कुटनीतिक, कानूनी र व्यवहारिक पहलमार्फत् थुप्रै काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । हामीले फोन, इमेल र सामाजिक सञ्जालमार्फत् आएका गुनासाहरुलाई पनि उच्च प्राथमिकतामा राख्यौं र यस अवधिमा हजारौं नेपालीहरुको रद्दार र राहतको काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । नयाँ सरकार गठनपूर्व विकास आयोजनाहरुको प्रगति कछुवाको गतिमा थियो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट आयोजनाहरुको अनुगमन, निरीक्षणका लागि मातहतका संयन्त्रहरुलाई निर्देशित मात्र गर्नुभएन, आफै अहोरात्र खटेर विकास आयोजनाको अनुगमन र निर्देशन दिने काम गर्नुभयो । आज विकास आयोजनाहरुमा उच्च प्रगति हासिल भएको छ, आर्थिक वृद्धिद्धरमा देखिएको उत्तरयात्रा त्यसैको प्रतिफल थियो, जुन कुरा विकास र समृद्धिको नेपाली मानचित्रमा सधैं सुनौला अक्षरले अङ्कित हुनेछ । सन्तुलित विदेश नीति र हार्दिक सम्बन्ध विकास गर्न प्रधानमन्त्री एकलब्य भएरै लाग्नुभयो । भारतको राजकीय भ्रमण, ब्रिक्स्–बिमस्टेक सम्मेलनमा भएको त्रीपक्षीय सम्वाद र कार्यकालको उत्तरार्धमा गरिएको चीन भ्रमणले नेपालको सन्तुलित विदेश नीतिलाई मात्रै प्रमाणित गरेन, सरकारको परिपक्वता र राष्ट्रिय हितलाई पनि नयाँ स्तरमा विकास गर्यो । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । यस अवधिमा राजनीतिक अक्करका बीच थुप्रै उपलब्धिहरु हासिल गरिए । भनिन्छ, ‘कमल हिलोमै फूल्छ ।’ चुनौतिपूर्ण जिम्मेवारी अवसरमा बदलिएको छ । होला त चुनाव ? गर्लान् त प्रचण्डले ? देलान् त मधेशी दलले ? आफू हार्ने चुनाव गर्न मान्ला त माओवादीले ? पुग्ला त तयारी ? नियत सही वा गलत जे भएपनि राजनीतिक वृत्तमा यी प्रश्नहरु घुमिरहेकै थिए । तर, सरकारले आफ्नो संकल्प भुलेन्, प्रतीज्ञाबाट गलेन । गाउँपालिका र नगरपालिकाको संरचना निर्माण गरी सिंहदरबारको अधिकार जनताको घरदैलो लैजाने र त्यसको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको सफलता नेपाली राजनीतिका लागि एक ऐतिहासिक कोशेढुङ्गा नै हुनेछ भन्ने हाम्रो विश्वास छ । झण्डै दश महिनाको छोटो अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरु सामान्य पक्कै छैनन् । यसका लागि प्रधानमन्त्रीको अथक प्रयास, संकल्प, इमान्दारिता र ईच्छाशक्ति मुल रुपमा जिम्मेवार छ । साथसाथै गठबन्धन र मन्त्रीपरिषदका सदस्यहरुको पनि कम योगदान पक्कै छैन । तर, प्रधानमन्त्रीको कार्याकाल सफल बनाउन हाम्रो सचिवालयले खेलेको भूमिका पनि निकै महत्वपूर्ण छ । यस अवधिमा सचिवालय टिमको निष्ठा, समर्पण र केही गरिछाड्ने प्रधानमन्त्रीको संकल्पमा बलियो साथ रह्यो । जसले हामीलाई उर्जा मात्रै नभएर भविष्यका लागि नयाँ अनुभव पनि हासिल भएको छ । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । प्रधानमन्त्रीको कार्यसूचि अनुसार समय, कार्यक्रमको व्यवस्थापन गर्नु, राजनीतिक, प्रशासनिक, कुटनीतिक र जनस्तरमा समन्वय गर्नु, गतिविधिहरुको सम्प्रेषण र समीक्षा गर्नु, कामहरुको अनुगमन र निरीक्षण गर्नुजस्ता जिम्मेवारी सचिवालयको काँधमा नै थिए । हामीले कठोर भएर नै समय र कार्यतालिकाको व्यवस्थापन गर्यौं । कहिलेकाहीँ प्रधानमन्त्रीका प्राथमिकता र भेट्न चाहनेहरुका आकांक्षामा अन्तर पथ्र्यो । त्यस्तो परिस्थितिमा हामी उदार बनेको भए सायद प्रधानमन्त्रीबाट राजीनामा दिएर निस्कदा हाम्रो शिर ठाडो नहुन पनि सक्थ्यो । हो, हाम्रो त्यही कठोरता पनि अपेक्षित प्रतिफलका लागि साधक बन्यो । अति केन्द्रिकृत सोंच, संरचना र प्रणालीमा सबै कामको अपेक्षा प्रधानमन्त्रीसँगै गर्नु अन्यथा थिएन । तर, हामीले चाहेर पनि त्यो अपेक्षा पुरा गर्न सक्दैनथ्यौं । कतिपय अवस्थामा पार्टीकै साथीहरुकै भावनाको पनि सम्बोधन हुन सकेन । कतिले आफ्नै अध्यक्ष भेट्न नपाएको गुनासो गर्नुभयो । तर, हाम्रा लागि प्रचण्ड कुनै पार्टीको अध्यक्ष मात्रै नभएर सिङ्गो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले हाम्रो कार्यतालिकामा राष्ट्रिय हित मूख्य प्राथमिकतामा पर्यो, जुन स्वाभाविक मात्रै नभएर जरुरी पनि थियो । जेठ १० गते देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्दा हामी कसैमा पनि लघुताभाष, आत्मग्लानी वा निरासाको भावना थिएन । हामीले चाहे जति सबै गर्न पक्कै सकेनौं । तर, जति गरेका थियौं, त्यसमा हामी सन्तुष्ट थियौं । न हामीसँग सरकार छोड्नुपर्दा कुनै तीतो अनुभूति थियो, न त कुनै अभिमान नै । बरु, वर्तमान सरकारले हासिल गरेका उपलब्धिहरुको निरन्तरता र पाइप लाइनमा छिरेका प्रगतिहरुको भविष्य के होला ? हामीमा अलिकति चासों र सरोकार पक्कै थियो । तर, मुल रुपमा हामी सफल भयौं र निरासान्मूख नेपाली राजनीति र नयाँ पुस्तालाई आशाको किरण छर्न सफल भयौं, त्यही नै हाम्रो सफलता र भविष्यको उर्जा पनि हुनेछ ।

मिटर ब्याज र ढुकुटीले तरायाे धेरैकाे उठिवास !

लोकेश धामी धनगढी, बैशाख १९ । धनगढी बजार क्षेत्रमा चर्को मिटर ब्याज र ढुकुटीले थुप्रैको घरबार विगँ्रदै गैरहेको छ । प्रहरी र स्थानीय प्रशासनको मौन स्विकृतिमा फैलिदो रुप लिई रहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहि आत्महत्यासम्म गर्ने प्रयास र ठाउँ छोडेर भागेका छन् । केही समय अघि मात्रै मिटर व्याज र ढुकुटीको सिकार भएर परिवार सहित धनगढी छोडेर भागेका डेरी व्यवसायी दीपक खड्का, खाद्यान्न व्यवसायी विकाश अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगायत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर व्याज तिर्न नसकेर भाग्न बाध्य भएका हुन् । श्रीमतीलाई अगाडी सारेर ढुकुटीको कारोवार गरिरहेका धनगढीका सम्भ्रान्त परिवारका पुरुषहरु त्यहि पैसामा विलासिताको जीवन बिताई रहेका छन् । ‘हिजोसम्म भारतीय बजार गौरीफन्टाबाट चिनी र दाउरा ल्याएर बेचेर गुजारा गरिरहेकाहरु अहिले आलिसान महलमा बसिरहेका छन्’ धनगढीका बिशाल साउँदले भने । मिटर ब्याजको कारोवारले महंगा गाडी चढ्न सफल उनीहरु केहि स्थानीय राजनैतिक दलको आडमा तथा केहि प्रहरी प्रशासनको आडमा नै अबैध मिटर व्याज र ढुकुटीको कारोबार भैरहेको उनी बताउँछन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दैनिक जसो ४ देखि ६ जनासम्म मिटर व्याज र ढुकुटीले फसाएको भन्दै उजुरी गर्न आउने गरेको बताउँछन । नगद कारोवार गर्ने हुँदा प्रशासनले केही पनि गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केहि पनि गर्न नमिल्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले फाटफुट रुपमा केहि उजुरी परेपनि सबुत प्रमाण सहित ठगिएको भनेर कोही पनि नआउने गरेको बताए । तर कारोवार गर्दा चेकमार्फत गरेमा गरेमा कारवाही गर्ने आधार बन्न सक्ने उनले बताए । घरायसी गर्जो टार्न होस वा औषधी उपचारका लागि वा बैदेशिक रोजगारीमा जाने अथवा उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई दिईने सापटी रकमलाई मिटर व्याजको कारोबार गर्नेहरुले प्रलोभनमा पारेर चाहिएजति पैसा दिने गर्दछन् । जस्तो ३० लाख रुपैया आवश्यक परेको व्यक्तिलाई शुरुमै ब्याज वाफत २० प्रतिशत (६ लाख) रकम कटाएर दिने गर्दछन् । त्यसपछि प्रत्येक महिना पुनः ३० लाखकै १० प्रतिशत (.३ लाख) का दरले व्याज लिने गर्दछन् । १ वर्ष भित्र तिर्न नसके रकमको ब्याज दोब्बर बनाउदै लैजाने गर्दछन् । यसरी ३० लाख रुपैया सापटी भनेर लिएको व्यक्तिले शुरुमै ६ लाख कटाएर २४ लाख रुपैया मात्रै पाउँछ र वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरि ४२ लाख रुपैया त व्याज मात्रै तिनु पर्छ । यसरी व्याज वाफत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिईने गरेकाले अबैध मिटर व्याज र ढुकुटी संचालकहरु खुलेआमरुपमा समाजमा आफ्नो धाक जमाएर बस्ने गरेका छन् । कसरी खेलाईन्छ ढुकुटी ? ५ करोडको ढुकुटीमा १० जनालाई समावेश गराएर मासिक ५० लाख रुपैया किस्ता तिर्ने गरि संचालकले ढुकुटी शुरु गर्छ । पहिलो ढुकुटी खानेले संचालककै आदेश अनुसार २ करोड ५० लाखमा खान्छ जसका लागि किस्ता तिर्नेहरुलाई २५ लाख तिरे पुग्छ । सो वाफत संचालकले ढुकुटी खाने संग १० लाख रुपैया लिन्छ । यसरी प्रत्येक महिना १० लाखका दरले संचालकले ९ महिना सम्म ९० लाख रुपैया कमाई सकेको हुन्छ र अन्त्यमा संचालकले पुरै ५ करोड पाउँछ । यसरी ढुकुटी खेल्नेहरुले मासिक २५ लाखका दरले ९ महिना सम्म २ करोड २५ लाख र अन्तिम किस्ता वाफत ५० लाख गरेर २ करोड ७५ लाख तिर्छन् । आफुले ढुकुटी खादा २ करोड ४० लाख मात्रै पाउँछ भने १० महिनामा तिर्दा २ करोड ७५ लाख तिर्नु पर्छ । अझै यसमा कुनै एक व्यक्ति भागेको भएको खण्डमा उसको भागमा पर्ने रकम संचालक बाहेक सबैले दामासायीले तिर्नु पर्छ । ढुकुटी खेलाईने स्थान भने महिनैपिच्छे फरक फरक हुन्छ, कहिले जाखौर ताल, कहिले बडहरा जंगल क्षेत्र त कहिले व्युटिपार्लर त कहिले रेष्टुरेन्ट र होटलहरुमा । ढुकुटी खाने दिन नगद मै कारोवार गर्ने हुँदा फरक फरक स्थानलाई छनौट गर्ने गर्दछन् । यसरी ढुकुटी खाएपछि त्यो पैसा बैकमा नराखेर मिटर व्याजमा लगाउने गरिन्छ । बैकको व्याज भन्दा मिटर व्याजमा राम्रो आम्दानी हुने हुदा मिटर व्याजको जालो बढ्दो छ ।

गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पाँच बालबालिका पढ्दैछन्

रोल्पा, वैशाख १८ । लिबाङ नगरपालिका–६ धबाङका १६ वर्षीय प्रकाश बुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ । हाल उहाँ प्लस टू को छात्रका रुपमा विद्यालयमा भर्ना हुनुभएको छ । विद्यालयमा लगनशील, मिहेनती तथा अनुशासित छात्रका रुपमा रहेका बुढामगर अर्थ अभावका कारण विद्यालय बाहिरको समयमा लिबाङमा ज्याला मजदुरी गर्दै शैक्षिक सामग्री तथा अध्ययन खर्च जुटाउँदै आउनुभएको छ । समय र आवश्यकताअनुसार उहाँ हरेक काममा संलग्न देखिनुहुन्छ । उहाँलाई कहिले बालुवा, गिट्टी बोक्ने, कहिले घर तथा पर्खालको गारो लगाउने त कहिले ग्रिल तथा फर्निचरसम्बन्धी काममा संलग्न भएको देख्न पाइन्छ । उहाँजस्तै उहाँका जेठा दाजु, दिदी, भाइ र बहिनीले यसरी नै कडा परिश्रम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । “हामी दाजुभाइ बिदाका बेला लिबाङमै काम गर्छौ तर दिदी र बहिनी भने लामो समयको बिदामा गाउँ फर्केर गाउँँमै काम गर्नुहुन्छ,” बुढामगरले भन्नुभयो । उहाँका दाजु हाल गाउँकै विद्यालयमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ जसका कारण परिवारको आर्थिक समस्या केही हदसम्म हल भएको छ । तर पनि दाजुको मासिक तलब मात्र पाँच जनालाई पठनपाठनका लागि र घर खर्च चलाउन पर्याप्त नभएपछि आफूहरु ज्याला मजदुरी गरेर पढ्न बाध्य भएको उहाँको भनाइ छ । उहाँका दाजुले पनि कुनै बेला लिबाङमा बालुवा–गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पढ्नु भएको थियो । तर जागिर खाने बाध्यताले उहाँको प्लस टूपछिको अध्ययनले निरन्तरता पाउन सकिरहेको छैन । भाइबहिनी सक्षम भए भने पुनः आफ्नो पढाइलाई निरन्तरता दिँदै जाने उहाँको धारणा छ । वर्षभरि मरिमेटी काम गर्दा पनि पेटभरि खान नपुग्ने भएपछि एकै घरका पाँच बालबालिका बिदाका दिनमा ज्यालामजदुरी गरेर लिबाङमा अध्ययन गर्दै आएका हुन् । बुढामगरका ५५ वर्षीय पिता पहलमान बुढामगरले अर्थाभावको परिपूर्तिका लागि लामो समय वैदेशिक रोजगारीमा बिताइसक्नुभएको छ । छोराछोरी ज्याला मजदुरी गरेर पढ्ने भएपछि हाल उहाँ घरमै खेतीपाती गर्दै आउनुभएको छ । धबाङमा सानो घर छ अनि घरवरपर सानोे पाटो छ तर उब्जनी हुँदैन । भएको उब्जनीले श्रीमती र पाँच छोराछोरीसहित सातजनाको परिवारलाई पेटभरि खान मुस्किल पर्छ जसका कारण उहाँका छोराछोरीको सहजै विद्यालय जाने वातावरण बन्न सकिरहेको छैन । अर्थाभावले गला थिचिरहँदा पनि पाँचैजनाको पढ्ने उमेर भने बढिरहेकै देखिन्छ । गाउँमा अन्य परिवारका आफ्नो उमेरका साथीले गरिबीका कारण पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । कोही वैदेशिक रोजगारीमा छन् त कोही गाउँमै खेती किसानी गर्छन् । कोही कुलतको बाटोमा हिँडिरहेका छन् तर पनि यो परिवारका पाँचैजना सन्तान निरन्तर अध्ययनमा जुटिरहेका देखिन्छन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झँै मनभित्रबाट जागेको उत्साह र चाहनालाई जसरी पनि परिपूर्ति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ बुढामगर परिवार । उच्च शिक्षा हासिल गरिसकेपछि यही नै बन्छु भन्ने उनीहरुको कुनै लक्ष्य छैन तर पनि जागिर गरेर आर्थिक अवस्थामा सुधार आउँछ कि भन्ने झिनो आशा भने बाँकी नै छ । कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएपछि पटक पटक एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर आवेदन दिन जाँदा कहिले उमेर नपुग्ने कहिले ‘सोर्स’ नपुग्ने भएपछि खिन्न बनेका प्रकाशलाई पछिल्ला दिनमा लोकसेवाको परीक्षा मात्र निष्पक्ष हुन्छ भन्ने कुरामा विश्वास बढेको छ । मिहेनत गरे अवश्य पनि एक दिन सफल भइने आशा र विश्वासका साथ उहाँ लोकसेवाको पनि तयारीमा जुटिरहनु भएको छ । उहाँका अनुसार गत चैत महिनामा लोकसेवा आयोगमा श्रेणीविहीन कार्यालय सहयोगी पदका लागि उहाँले आवदेन दिनुभएको छ । तर मजदुरी गरेर थाकेको शरीरले पढाइलाई चाहेअनुरुप प्राथमिकतामा राख्न नसकेको उहाँको दुखेसो छ । सानो कक्षामा पढ्दा सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गरेको र मासिक शुल्क नलिएको हुँदा केही सहज भए पनि माथिल्ला कक्षामा थप समस्या चुलिँदै जान थालेको छ । गाउँको विद्यालयमा मासिक शुल्क महँगो भएपछि पाँचैजना लिबाङमा डेरा गरेर पढ्न बसेको उहाँँले बताउनुभयो । “बुबाआमाले हाम्रा लागि आफ्नो हाडमासु खियाइसक्नुभएको छ अब पनि हामीले दुःख नगरे सन्तान हुनुको अर्थ रहँदैन, त्यसैले हामी आफैँ सङ्घर्ष गर्छाैं, सरकारको मुख ताकेर बस्नु पनि मूर्खता हो,” प्रकाशले भन्नुभयो । तर पनि सरकारले पढ्न चाहने विपन्न बालबालिकाका लागि भर्ना शुल्क र मासिक शुल्क सस्तो गरिदिन सके आफूहरुलाई थप राहत हुने उहाँको धारणा छ । प्रकाशका अनुसार काम गरेर पढेको देख्दा कहिलेकाहीँ साथीहरुले होच्याउने गर्छन् तर पनि उहाँलाई दुःख लाग्दैन । मान्छे धन, सम्पत्ति र ऐशआरामले होइन मिहेनतले ठूलो बन्छ भन्ने उहाँले राम्ररी बुझ्नुभएको छ । उहाँले भन्नुभयो, “आम मान्छेमा जस्तै हामीमा पनि नयाँ सोच, नयाँ चिन्तन र आकाङ्क्षाहरु छन् तर मनभित्र सीमित छन् हाम्रा आकाङ्क्षाहरु । हाम्रा चाहनामा गरिबी तगारो बनेर बाटो छेकिरहेको छ ।” प्रकाशकी दिदी पनि हाल प्लस टूमा अध्ययन गर्दै हुनुहुन्छ । प्लस टूपछि उहाँ प्राविधिक विषय पढ्न चाहनुहुन्छ । यी बालबालिकाले कुनै पनि सामाजिक सङ्घसंस्थाबाट सहयोग पाएका छैनन् ।

सिरियामा मृत्यु भएकी नेपाली युवतीको शव त्यही गाडियो

वैशाख १४ । तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ हृदयघातबाट तामाङको मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टले जनाएको छ । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् । दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन् । मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो ।

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ–कृषि मन्त्री

भक्तपुर, चैत १९ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो । कृषि सहकारीको माध्यम एवम् निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाईमाथि उठाउन सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, ऊर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, ऊर्जाको विकास एवम् प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । त्यस अवसरमा जिल्ला कषि सहकारी सङ्घका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमुना कृषि जिल्लाको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेम श्रेष्ठ, राष्ट्रिय सहकारी बैँक लि.का सञ्चालक सरिता भट्टराई, सहकारी विद् कैलाशभक्त प्रधानाङ्ग, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाललगायतले मेलाले कृषकलाई कृषि क्षेत्रमा लाग्न अभिप्ररित गर्ने बताउँदै कृषकले उपलब्धिहरु पनि हासिल गर्न सक्नेमा जोड दिनुभयो । दुई दिने मेलामा कृषक, व्यावासायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, मल, कृषि सम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितको ४५ वटा भन्दा बढी स्टल रहेको मेलाका संयोजक सनिश लागेजुले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड काममा व्यस्त, उच्च तहका कर्मचारी घुमघाममा मस्त !

काठमाडौ, चैत १९ । प्रधानमन्त्री कार्यालयका २ जना सचिव सहित केही सहसचिव र केही उपसचिवको समूह गएको शनिबारदेखि हराएको गाईगुईँ थियो । उनीहरु कुन प्रयोजनका लागि कहाँ गएका हुन भन्ने कुरा तल्लो तहमा कतै थाहा भएन । बिहीबार अर्थ मन्त्रालयले बजेटका विषयमा राखेको छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयबाट प्रशासन महाशाखाका दामोदर रेग्मी सहभागी हुनुपर्ने भएपनि उनी कार्यालयमा भेटिएनन् । सोधखोज गर्दै जाँदा बल्ल थाहा भयो उनी दक्षिण अफ्रिका पुगेका रहेछन् । उनी नभएपछि फेरी खोजीभयो अर्का सह सचिव डिल्लीराज शर्माको । उनीपनि भेटिएनन र थाहा भए उनी पनि विदेश भ्रमणमै छन् । बिहीबार भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हराएका कर्मचारीको सूचि तयार भयो । यो घटनाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफू योजना निर्माण, अनुगमन र निर्देशनमा दौडधुप गरीरहँदा कार्यालयका कर्मचारी भने पत्तै नदिई विदेश घुम्ने गरेको रहस्य फेला प¥यो । उच्च तहका कर्मचारी घुमघाममा हिँडेपछि कामकाज ठप्प भएको छ । चार सचिव मध्ये तीन जना बिदामा सह सचिव दामोदर रेग्मीको खोजी गर्दै जाँदा तीन जना सचिव समेत एकैपटक विदामा बसेको भेटिएको हो । चार जना सचिवको व्यवस्था हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका तीनजना एकैपटक विदामा बसेपछि कामकाज पूरै ठप्प भएको छ । सचिव रामकुमार शर्मा विरामी विदामा बसे पनि मन्त्रीपरिषद सचिवालयको आर्थिक तथा पूर्वाधार विकास शाखाका सचिव टंकमणी शर्मा र शासकीय सुधार योजना तथा अनुगमन र सामाजिक विकास शाखाका सचिव दिनेश थपलिया सुटुक्क अफ्रिका भ्रमणमा निस्केको फेला प¥यो । उनीहरुले घुम्नका लागि सहसचिव तथा प्रवक्ता दामोदर रेग्मी र डिल्लीराज शर्मा, तथा उपसविचहरु हिरामणी शर्मा र प्रेम लामिछानेलाई पनि दक्षिण अफ्रिका पु¥याएका छन् । मन्त्रालयका अर्का पनि बिदामा छन् । पोल खुल्ने डरले आफै टिप्पणी उठाएर हिँडे नियमत मातहतको प्रशासन शाखाबाट टिप्पणी उठाएर उनीहरुको भ्रमण स्विकृत हुनुपर्ने हो । तर तल्लो तहमा घुम्न हिँडेको पोल खुल्ने डरले सचिव थपलियाले आफै टिप्पणी उठाएर विदेश पुगेको भेटिएको छ । ‘कामका लागि जाने हो भने कमसेकम प्रकृयागत ढंगले त जानुपर्ने हो तर हामी एउटै महाशाखाका कर्मचारीलाई थाहा छैन’ शासकिय सुधार महाशाखाका एक अधिकृतले भने ‘लुकेर लुकाएर हिँड्नुपर्ने भएपछि यहाँ कुनै गडबढी छ, तपाईँहरु खोज्नुस ।’ सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीलाई योजना अनुसार काम गर्न नदिएर हायलकायल पारेपछि उनलाई कार्कीले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेका थिए । थपलियाको सरकारलाई असहयोग गर्ने र विदेश सयर गर्ने धन्दा प्रधानमन्त्री कार्यालयमा समेत नहटेको ति कर्मचारीले बताए । प्रधानमन्त्रीको निर्देशन एकातिर कर्मचारीको काम अर्कातिर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि जनतालाई जतिसक्यो बढि सहज र सरल तरीकाले सेवा दिन र विकासका काम तिब्र रुपमा अगाडी बढाउन कर्मचारीलाई निर्देशन दिएको कुरा पटक पटक सार्वजनिक भयो । आफू कहिले राष्ट्रिय गौरवका योजना अनुगमनमा पुग्छन्, कहिले भेटघाट र छलफलमा बसेर विभीन्न योजनाहरु बनाउने र कार्यान्वयनका लागि निर्देशन दिन्छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार अन्य मन्त्रालय, विभाग र अन्य कार्यालयको काम तिब्र रुपमा भएको जनताले महसुस गरेपनि प्रधानमन्त्री तथा मन्त्रीपरीषदकै कार्यलयका उच्च तहका कर्मचारी भने प्रधानमन्त्रीको निर्देशन पूरै वेवास्ता गरेर बसेका छन् । यो घटनाले उच्च तहका कर्मचारीहरुले घुमघाम र आलटालमा समय विताएको पुष्टि भएको छ । हप्तादेखि दर्जनौँ फाईलहरु पेण्डिङ्गमा कार्यसम्पादन गर्नुुपर्ने सचिवहरु भ्रमणमा हिँडेपछि उनीहरुको महाशाखामा दर्जनौँ फाईलहरु त्यतिकै थुप्रिएका छन् । ‘प्रधानमन्त्री भएर के गर्नु सचिव, सहसचिव र उपसविच नभएपछि काम ठप्पजस्तो छ’ सम्बन्धित शाखाका अधिकृहरुको एउटै भनाई छ ‘बजेट छलफलमा सरोकारवाला हुँदैनन र अरुलाई पठाउनुपर्छ, कामका फाईलहरु थुपार्ने बस्ने भएको छ ।’ नियतबस असहयोग अघिल्लो तुलनामा काम कार्यान्वयन धेरै भएको यो बेला उच्च तहका कर्मचारीको असहयोगले हैरानी ब्यहोर्नुपरेको अन्य कर्मचारीहरुको गुनासो छ । सचिवहरुले असहयोग गर्ने नियतले नै कार्य सम्पादन समयमा नगर्ने गरेको गुनासो धेरै अधिकृतहरुको छ । ‘एकैछिनमा हुने कामको फाईल पनि हप्तौँ अड्किन्छ, सोधखोज ग¥यो भन्नेवित्तीकै कहाँ हुन्छ भन्ने जवाफ आउँछ’ एक अधिकृतले गुनासो गरे ‘यसो विचार गर्दा त सरकारलाई असहयोग गर्ने नियत नै हो कि जस्तो पो लाग्छ ।’

कुलमान र हरिमान ‘एक्सिलेन्ट’

काठमाडौं, चैत १८ ।  हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गर्ने भएकोछ । नेपालको जलविद्युत क्षेत्रमा योगदान पुर्याएको भन्दै कुलमान र हरिमानलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्च प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा कार्यकारी निर्देशक घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । यो खबर आजको कारोबारमा छ ।  

सरकारको तर्फबाट शहिद गौतम परिवारलाई रु १० लाख हस्तान्तरण

काठमाडौं, चैत १२ । कञ्चनपुर घटनामा शहिद भएका गोविन्द गौतमका परिवारलाई सरकारले १० लाख रुपैया हस्तान्तरण गरेको छ । गृहमन्त्री विमलेन्द्र निधि शनिबार कन्चनपुरको पुर्नवास पुगि सरकारको तर्फबाट गौतम परिवार रु १० लाख रुपैया हस्तान्तरण गरेका हुन् । कन्चनपुरको पुर्नवासमा कल्र्भट निर्माण विषयमा झगडामा भारतीय एसएसबीले अन्धाधुन्धा चलाएको गोली लागि स्थानिय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई शहिद घोषणा गरेर क्षतिपुर्ति सहित रु १० लाख दिने घोषणा गरेको थियो । गृहमन्धी निधिले गौतमको घरमा पुगी सरकारको तर्फबाट १० लाख र नेपाली कांग्रेसको तर्फबाट रु ७ लाख रुपैया गौतम श्रीमति लक्ष्मि गौतमलाई हस्तान्तरण गरेका छन् । यसअघि शहीद परिवारलाई नेकपा एमाले र माओवादी केन्द्रले ५ लाख र ६ लाख राहत प्रदान गरेका थिए । गृहमन्त्री निधिले रकम हस्तान्तरणपछि घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्दै परिवारलाई क्षतिपुर्ति दिनुपर्ने बताए । निधिले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त्त गरेका छन् ।

चुट्किला: गाेजीमा हिरोइनीहरुको सेक्सी फोटो र केटीहरुको नम्बर पाएपछि

गोरले आज छोरोको ज्याकेट खनतलासी गरेछ छोराको ज्याकेटका गोजीमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोइनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ छोराको गोजीमा भए नभएको सबै भेटेपछि गोरेलाई रिस उठेछ गोरेले छोरोलाई एक झापड हानेछ कहीलेदेखि यस्तो काम गरिराखेको छस् ? छोरोल आँशु पुच्दै भनेछः मैले झुक्किएर आज हजुरको ज्याकेट लगाएछु बुवा । गोरे ट्वाँवाँ