गठबन्धनबाट अात्तियो एमाले, चुनाव भाँड्न गोप्य रणनीति बनाउँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि सरकार र प्रधानमन्त्रीको आलोचनामा जुटेको एमाले चुनावको मुखमा आइपुग्दा सत्ता गठबन्धनको भूमिकाबाट त्रसित भएको देखिन्छ ।
एमाले अन्तर्गतका बिभिन्न स्थानीय र केन्द्रीय भेला तथा बैठकहरुमा व्यक्त भएका विचार र केन्द्रीय नेताहरुका अभिव्यक्ति हेर्दा सत्तारुढ गठबन्धनले अघि सार्दै गएका कार्यक्रम र नीतिहरुका कारण चुनावमा अपेक्षित नतिजा नआउने निश्कर्षमा एमाले पुगेको हो ।
सुरुका दिनमा सरकारको आलोचना व्यापक भएपछि उत्साहित एमाले लोडसेडिङ अन्त्य लगायत अन्य क्षेत्रमा सरकारले गतिशीलता देखाएपछि अप्ठ्यारोमा परेको हो ।
श्रोत भन्छ, “सरकारको आलोचनाका लागि एकपछि अर्को भ्रमहरु छर्दै गएपनि सरकारको लोकप्रियता बढ्दै गएपछि एमालेले चुनाव सामना नगर्ने रणनीति बनाउन खोजेको छ ।” खासगरी ५ नं. प्रदेशको विवादलाई ‘क्यास’ गर्ने रणनीति समेत असफल बनेपछि एमाले थप आत्तिएको अवस्थामा पुगेको हो । “५ नं. प्रदेशको विवादलाई आन्दोलनमार्फत चर्काउन खोजेपनि त्यसले निरन्तरता नपाएपछि र सदनको गतिरोध कायमै राख्दा यसले उल्टो एमालेलाई नै असर पर्ने अवस्था आएपछि एमालेका अगाडि चुनाव असफल पार्ने बाहेक अरु विकल्प छैन” श्रोतले भन्यो, “बाहिर चुनाव हुनुपर्छ भनेर अड्डी कसेपनि एमाले चुनावको सामना गर्ने मूडमा अहिले छैन ।”
एमालेले स्थानीय चुनावमा पहाडी क्षेत्रमा आफ्नो पकड कायम राख्न सकिने आँकलन गरेपनि सबैभन्दा बढी निर्वाचन क्षेत्र भएका तराई मधेसका जिल्लाहरुमा प्रदेश र केन्द्रीय चुनावमा हुनसक्ने सम्भावित हार उसका लागि ठूलो चुनौती हो । “५ र ४ नं. प्रदेशमा पनि कांग्रेस र माओवादीको बलियो उपस्थिति छ । त्यसैले प्रदेश विभाजनको मनोविज्ञानले चुनावसम्म नथेग्ने निष्कर्शमा एमाले नेताहरु पुगेका हुन ।” श्रोतले बतायो ।
एमालेभित्रका कतिपय नेताहरुले चुनाव भएमा आफू पहिलो शक्ति हुने बताएपनि स्वयम् अध्यक्ष ओलीले नै सरकारमा दुई दल भएको अवस्थामा यो त्यति सहज नभएको स्वीकार गरेका थिए । ओली निकट नेताहरु सम्मिलित एक अनौपचारिक बैठकमा अध्यक्ष ओलीले सरकारले चुनावको मिति पर सार्दै जाँदा एमालेप्रतिको आकर्षण समेत घट्दै जाने र सरकारले ल्याएका केही कार्यक्रमले माओवादी र कांग्रेसको पक्षमा नै जनमत बन्दै गएको बताएको श्रोतले जनायो । “अध्यक्ष ओलीले मिडिया समेत एमाले पहिला जस्ता सशक्त नबनेको र सरकारको पक्षमा बढी प्रचार भइरहेकोमा असन्तुष्टि व्यक्त गरेका थिए” श्रोतले भन्यो, “हाम्रो निकट भनिएका मिडियाहरु समेत सरकारी कामको प्रचार गरेर बसेका छन्, मधेसमा संगठन परिचालन छैन, मैले मात्रै बोलेर के हुन्छ ?” ओलीले असन्तुष्टि पोखेको श्रोतले बतायो ।
सरकारले यातायात, जलविद्युत र प्रवासी नेपालीहरुका पक्षमा गरेका कामले एमालेलाई सबैभन्दा आशंकित बनाएको श्रोतले बतायो । प्रवासमा रहेका लाखौं कामदारले समेत भोट हाल्ने अवस्था आयो भने एमालेकै साथीहरुले समेत माओवादी कांग्रेसलाई भोट हाल्ने आशंका रहेको एमालेका कतिपय नेताहरुले बताएका थिए । यता राजधानी उपत्यकापछि पोखरा, चितवनलगायत देशैभरी लोडसेडिङ अन्त्य हुने, यातायातका क्षेत्रमा भएका काम र मेलम्चीको पानी र खानेपानीका क्षेत्रमा समेत काम गर्ने सरकारी घोषणा कार्यान्वयन भए यसले थप समस्या निम्त्याउने उनीहरुलाई लागेको छ ।
पछिल्लो चरणमा सरकारविरुद्ध गरिएका आलोचनाहरुले उल्टो आफूलाई नै कमजोर पारेको निष्कर्श केही एमाले नेताहरुले गरेको श्रोतले जनायो । लोकमानसिंहविरुद्धको आन्दोलन प्रत्युपादक हुनु, सदनको अवरोधले बुद्धिजीविहरुबीच एमाले आलोचित हुनुजस्ता कतिपय घटनाले एमाले झस्केको छ ।
यो अवस्थामा चुनावको घोषणा गरिए आफूलाई अप्ठ्यारो पर्ने आँकलनसहित एमालेले सदनको अवरोधलाई संशोधन विधेयकको बिरोधको नाममा थप अल्झ्याउने रणनीति लिने देखिन्छ । “निर्वाचन विधेयक या चुनावको घोषणा गर्दैमा संशोधन पारित नभएसम्म चुनाव नहुने एमालेलाई राम्रैसँग थाहा छ” श्रोतले भन्यो, “त्यसैले आफूले चुनाव चाहेको देखाउन चुनावको कुरा गर्ने र संशोधनको बिरोध जारी नै राख्ने रणनीति एमालेले लिएको छ ।” श्रोतले बतायो । अघोषितरुपमा यो चुनावलाई असफल पार्ने र सरकारलाई आलोचित बनाउने रणनीति भएको श्रोतको दावी छ ।
६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन् – जनताका लागि खाएका कसम अझै बाँकी छन्
काठमाडौं, मंसिर २६ । यतिखेर प्रचण्ड देशको कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीका रुपमा उनले इतिहासको जटिल कालखण्डको नेतृत्व गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिल कार्यभार उनका सामु छ । एकातिर जनताका अपेक्षा र चाहना, अर्कोतर्फ संविधानको पूर्ण कार्यान्वयनमार्फत शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारीको पहाड छिचोल्नुपर्ने बाध्यता । तर प्रचण्ड हारेका देखिँदैनन् । प्रतिपक्षको चौतर्फी हमलाको कुशल प्रतिरक्षा गर्दै उनी अगाडि बढेका छन् । गत वर्ष हामीले प्रचण्डसँग जीवनका ६१ वर्ष पुरा भएको सन्दर्भममा कुराकानी गरेका थियौं । सोही आधारमा तयार पारिएको गत वर्षको सामग्री आजका लागि समेत सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो जीवनका ६२ वर्ष पुरा गरेका छन् । बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा उनी जन्मेका थिए । राजनीतिकरुपमा २०२८ सालदेखि संगठित जीवन शुरु गरेका प्रचण्ड २०५२ सालदेखि नेपाली राजनीतिको केन्द्रमा रही आएका छन् । जनयुद्धकालिन अवस्था र शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका हुन । राजनीतिमा जस्तोसुकै बोल्ड निर्णय गर्नसक्ने क्षमता रहेको नेताका रुपमा रहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै प्रचण्डले भने, “जनताका लागि मैले कसम खाएका कतिपय कुरा पुरा भएका छैनन् । म अझै १०, १२ वर्ष सक्रिय राजनीतिमैं हुन्छु ।” नयाँ जनवादी राज्यसत्ताको सपना देखेका प्रचण्डले कार्यदिशा फेरिएपनि जनताको व्यवस्थाकै पक्षमा आफू निरन्तर लाग्ने समेत बताए । “कतिपय अवस्थामा शक्ति सन्तुलनको स्थिति हेरेर अगाडि या पछाडि जाने भन्ने हुन्छ तर मूल क्रान्तिकारी चरित्र र स्पिरिट त्याग्ने कुरा सपनामा पनि सोच्दिन । मैले जनताबाटै पाएँ, जनताकै बीच हुर्किएँ, जनताका लागि बाँकी जीवन समर्पित गर्छु ।” उनले बताए । पार्टीभित्रका विचलन, फूटले तत्कालमा तनाव दिने भएपनि यसले विचलित भने नबनाएको उनले बताए । “विचलन र फूटले निराशा पैदा गर्छ तर जीवनको पछाडिका कालखण्ड सम्झिँदा फेरी उर्जा पलाएर आउँछ । अझै गर्नु धेरै छ, थाकेर, हैरान भएर हुँदैन, नयाँ उर्जा बोकेर, सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनी भन्छन् । आफ्नो राजनीतिक जीवनकालमा ४४ वर्ष सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले पहिलोपटक नेपालमा सशस्त्र संघर्षको कार्यदिशा अन्तर्गत “जनयुद्ध” शुरु गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो बेग्लै विचारधारा निर्माण गर्ने प्रयासस्वरुप प्रचण्डले ‘प्रचण्डपथ’ अगाडि सारेका थिए । यद्यपी प्रचण्डपथ संस्थागत हुन भने सकेन । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्म पढाई गरे । उनको नाम कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो । प्रचण्डले २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरे । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले नारायणी विद्यामन्दिर मा।वि।शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा (२०३३(०३५ सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । उहाँ २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित प्रचण्ड, २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएका थिए । उनी २०४० मा युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । यसपछि उनी पूर्णरुपमा राजनीतिमै सक्रिय भए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । एकता केन्द्रमा भने जनयुद्ध शुरु गर्ने विषयमा विवाद देखा पर्यो । प्रचण्ड महामन्त्री रहेको पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरे । २०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष भए । यो कालखण्ड प्रचण्डका लागि राजनीतिक जीवनको महत्वपूर्ण अवस्था थियो । प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू(खण्ड १ र २ ) तथा ‘प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् ।
रहेनन् ‘रादाराम’
मंसिर २४ । हास्य टेलिश्रृयल ‘तितोसत्य’मा ‘रादाराम’ नामले चर्चित हाँस्य कलाकार आरपी भट्टराईको गयराती निधन भएका छ । सानो पर्दाका लोकप्रिय अनि चर्चित कलाकार भट्टराईको विराटनगर स्थित फुपुको घर विहान मृत भेटिएका हुन् । बिहिबार फुपुको घरमा पुगेका उनी साँझ सँगै खाना खाएर सुतेका थिए । ४२ वर्षीय भट्टराई लामो समयदेखि सुरगरका विरामी थिए । उनले टेलिश्रृयल तथा केही ठूलो पर्दामा पनि अभिनय गरेका छन् । भट्टराईका श्रीमती र २ छोरा छन् ।
सभामुखद्वारा सदन खुलाउन पहल
काठमाडौँ, मङ्सिर २४ । अवरुद्ध संसद् खुलाउने सम्बन्धमा सभामुख ओनसरी घर्तीले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो छलफल गरेकि छिन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाएर सभामुख घर्तीले प्रमुख राजनीतिक दलले सहमति गरेर सदन पुनःसञ्चालन गर्न आग्रह गरिन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस सभापति देउवाले भने, “व्यवस्थापिका–संसद्मा दर्ता भएको विधेयकमा सहमति गरेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।” सरकारले एक साता अगाडि दर्ता गराएको संशोधन प्रस्ताव दर्ता गराएपछि प्रतिपक्षले सदन अवरोध गर्दै आएका छन् । छलफलबारे प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुने बताए । रासस
विश्वकप फुटबलमा १६ टिमका लागि ४८ देश
मंसिर २३ । विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउन पाउने सम्भावना रहेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले नयाँ प्रस्ताव अनुसार विश्वकप फुटबलमा १६ टिम रहने गरी ४८ देशले सहभागिता जनाउन पाउने भएको छ । यसअघिसम्म विश्वकपमा ३२ देशले सहभागिता जनाउने गरेका छन् । ३२ देशलाई ८ समूहमा विभाजन गर्ने गरिएको छ । गत फेब्रुअरीमा फिफाको अध्यक्ष बनेका इन्फान्टिनोले त्यसबेला विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताएका थिए । तर अहिले भने तीन देशको एक समूह रहने गरी १६ समूहमा प्रतिस्पर्धा गराउने गरी विश्वकपमा सहभागी देशको संख्या ४८ पुर्याउने योजना ल्याएका छन् । सन् १९९८ मा विश्वकपमा सहभागी हुने देशको संख्या २४ बाट बढाएर ३२ पुर्याइएको थियो ।
झापामा घर बनाउन रु तीन करोड
सुरुङ्गा (झापा), मङ्सिर २३। जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा रु तीन करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई रु तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका इन्जिनियर सुमनकुमार मिश्रका अनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको निर्णयअनुसार झापामा जनता आवास कार्यक्रम सञ्चालन हुन लागेको हो । यसअन्तर्गत चालू आवमा पाँचसय विपन्न परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत निःशुल्क घर बनाइदिन लागेको बताइएको छ जसका लागि सांसद अमृतलाल राजवंशीको संयोजकत्वमा सांसद दीपक कार्की र सांसद भक्तबहादुर विश्वकर्मा सदस्य मनोनयन भएका छन् । विभागको निर्देशिकाअनुसार दलित, विपन्न, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृत समुदायलाई यस कार्यक्रममा सहभागी गराइने उल्लेख छ । रासस
चौध सयभन्दा बढीमा डेङ्गुु संक्रमण
काठमाडौं, मंसिर २२ । साउन महिनापछि गत अघिल्लो वर्षको भन्दा यो वर्षमा डेगुको संक्रमणका कारण ३० वटा जिल्लाहरुमा एक हजार ४७३ जना बिरामी भएका छन् । अघिल्ला वर्षमा भन्दा यो वर्ष डेगु रोगको सङ्क्रमणका कारण ३० जिल्लाका एक हजार ४७३ जना बिरामी भएका छन् । गत वर्षभन्दा यो वर्ष एक हजार ३३९ ले धेरै हो । सफा पानीमा बस्ने एडिज नामक लामखट्टेबाट सर्ने डेगु गतवर्ष ३१ जिल्लाका १३४ जनामा भेटिएको थियो भने २०७१/०७२ मा ३०२ र २०७०/०७१ मा ७८५ जना पुगेका थिए । अघिल्लो वर्षमा भन्दा यसवर्ष डेगुको सङ्क्रमण बढी फैलिएको देखिए पनि अहिले नियन्त्रणमा आइसकेको बताइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साउनदेखि १९ मङ्सिरसम्म निकालेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बिरामी चितवनमा ६७५ जना भेटिएका छन् । त्यसपछि झापामा ३९४ र रुपन्देहीमा १४८ जना बिरामी भएका थिए । डेगु काठमाडौँ, ललितपुरसहित मकवानपुर, बाँके, बर्दिया, सुर्खेत, कैलाली, मोरङ, दाङ, सर्लाही, पर्सा, नवलपरासी, धादिङ, कपिलवस्तु, बारा, कञ्चनपुर, महोत्तरी, काभ्रे, सप्तरी, कास्की, स्याङ्जा, बागलुङ, कालीकोट, रुकुम, सुनसरी, प्युठान, बैतडीसहितका पहाडी जिल्लामा पनि देखिएको महाशाखाले जनाएको छ । महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले यो वर्ष वर्षा लम्बिएका कारण लामखुट्टे वृद्धि हुँदा बिरामी पनि बढेको बताए । उनले भने– ‘एक पटकमा एक पोथी लामखुट्टेले १५० देखि ३०० सम्म फुल पार्ने गर्छ । डेगुसम्बन्धी जनचेतना कार्यक्रम पनि अघिल्ला वर्षमा भन्दा बढी गरेकाले अस्पतालसम्म पुग्ने बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ । गतवर्ष दाङ र चितवनमा यो रोगबाट दुई जनाको र यो वर्ष चितवनमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिए। महाशाखाले सङ्क्रमण फैलिएपछि चितवनको रत्ननगर क्षेत्रमा क्लिन एन्ड डिस्ट्रोइ अभियान नै चलाएको थियो । सो क्रममा ८५१ घरधुरीमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा लिइएको थियो । सबैभन्दा बढी गाडीका टायर राखिएका ठाउँमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्ने गरेको पाइएको निरीक्षक प्याकुरेलले बताए । सरकारले डेङ्गु सङ्क्रमण फैलिएपछि दुई हजार ५९५ डेङ्गु परीक्षण कीट खरिद गरेको थियो । तीमध्ये अहिलेसम्म दुई हजार २५० कीट प्रयोग भएको पनि महाशाखाले जनाएको छ ।
साइबर क्राइम बढ्दोः अपराध महाशाखा
काठमाडौँ, मङ्सिर २२ । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।” महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२÷७३ मा आठसय ३० र आव ०७३÷७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् । तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताउनुभयो । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाई कारबाही गरे मात्र यस्ता घटना घट्छ ।” खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए । उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरे । रासस
बेहुली झै सिंगारियाे रामजानकी मन्दिर
मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार धुमधाम साथ मनाइँदै । तस्बिर : अजयकुमार साह, धनुषा
प्रस्तावित ४ नम्बर प्रदेशको यस्तो छ ‘जातीय क्लस्टर’
अहिले ४ नम्बर प्रदेशमा रहेका १७ वटै जिल्लाको पानीढलो बुटवल नै हो । भोली विकास चरणको कुरा गर्दा ४ नम्बर प्रदेशमा जाने सबै स्रोत बुटवलबाटै हो । पहाडको मुख्य स्रोतको व्यपार, व्यवसाय बुटवलसँगै जोडिने हो । यी सबै विषयलाई छर्लङ्गै्र देख्दा देख्दै ५ नम्बर टुक्रिनु हुँदैन भन्ने मानसकिता एमालेगणमा बढी नै देखिन्छ । यसले एमालेभित्रका आदिवासी जनजातिहरुको मौनता र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मगर समुदायप्रति न्याय गर्दैनन् भन्ने प्रष्ट भएको छ । मधेसी समुदाय र आदिवासी जनजातिको बढि माग उठाउने फोरमका अध्यक्ष यादव मगर समुदायको सानो क्लस्टर बन्दा किन यसरी बिच्किने ? काठमाडौं, मंसिर १९ । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएपछि यतिबेला ५ नम्बर प्रदेशमा भूगोल राजनीति केन्द्रित भएको छ । सबै दलका तेस्रो, चौंथो तहका नेताहरु एक ठाउँ देखिएका छन् । बुटवलमा शुक्रबार जनप्रर्दशन समेत गरिएको छ । बुटवलले दिएको सन्देश धेरै छैन, केवल ५ नम्बर प्रदेश ‘टुक्रिनु’ हुँदैन भनेर एउटा वर्ग पुरै लागेको छ । सामान्यतः सुगमता, विकास निर्माण, क्षेत्रीय हिसाबले ५ नम्बर सिंगै राख्ने भनिए पनि त्यहाँभित्रका मूलवासीहरुको यर्थातता र गहिराईमा भने कोही पुगेको देखिन्न । मात्रै ५ नम्बर ‘अखण्ड’ राख्ने बाहेक अरु केही बोलिएको छैन । जब, उच्च अदालत दाङमा रहने निर्णय भयो त्यसपछि ५ नम्बर प्रदेशमै रहेका कतिपय जिल्लावासीहरु झस्केपछि पुर्नंसरचनामा बहस देखिएको हो । तर, यही पुर्नंसरचनाको विषयलाई लिएर आन्दोलन देखिएको छ । ५ नम्बर किन पुर्नंरचना हुनु हुँदैन भन्ने तर्क स्वयं आन्दोलनरत पक्षले समते प्रष्टाएको छैन । केवल सरकारले मधेसी, भारतीय इसारामा टुक्राएको भनेर भ्रम सृजना गरिरहेको छ । पहिलेको ७ नम्बर प्रदेश बन्दा सबै भन्दा मर्का यस देशका भूमिपुत्र मगर समुदायलाई परेको छ । सोंझा, इमान्दार, आफ्नो जन्मभूमि नछोड्ने स्वभावका उनीहरु नेपालको कुल जनसंख्याको तेस्रोमा पर्छन । अहिले जुन ढंगले एकाकीं भएर पहाडिया ‘नश्लवादी’ नेताहरु बुटवलमा झरेर दक्षिणी विकासको मानसिकतामा देखिए । उनीहरुको रोइलो उदेक लाग्दो छ । १८ लाख ७० हजार ८ सय ९० जनसंख्या रहेको मगर समुदायलाई संविधानमा उल्लेख भए अनुसारको प्रदेशले कुनै सम्बोधन गरेको छैन । बरु उनीहरुलाई तीन चिरा पारेर साना–साना संख्यामा राख्ने काम गरेको थियो । पछिल्लो प्रस्तावले कम्तिमा उनीहरुको एउटा क्लस्टर बनेको छ । त्यसलाई नश्लवादी पहाडियाहरुले बुटवलबाट फेरी दिन हुन्न भनेका छन् । यसैले प्रष्ट हुन्छ शासकहरु शासन गर्न के सम्म गर्छन भन्ने उदाहरण पछिल्लो पटक बुटवलमा प्रकट भयो । हिजो मधेसी मोर्चाले नाकावन्दी गर्दा मधेसी विखण्डनकारी । अहिले मगरहरुलाई थोरै क्लस्टर मिलाईदिंदा जातिवादी ? यो रवैयाले के पुष्टि हुन्छ ? एकात्मक मानसिकता, नश्लवादी सोंचबाट ग्रसित नेताहरु वर्षौं राज्य सत्ता कब्जा गर्ने नीतिमा देखिन्छन । अहिले पाँच नम्बरको केही जिल्ला ४ नम्बरमा गाभेपछि त्यस्तो आपत्ति जनाउनु पर्ने कारण केही देखिन्नँ । कुल मगर जनसंख्याको ४६.०६ प्रतिशत ४ नम्बर प्रदेशमा पर्न जान्छ । यद्यपी सबै समुदायको कुल जनसंख्यामा २२.६५ प्रतिशत मात्रै देखिन्छ । ता कि खस, आर्यको ४०.५६ प्रतिशत देखिन्छ । अहिले ४ नम्बर प्रदेशमा रहेका १७ वटै जिल्लाको पानीढलो बुटवल नै हो । भोली विकास चरणको कुरा गर्दा ४ नम्बर प्रदेशमा जाने सबै स्रोत बुटवलबाटै हो । पहाडको मुख्य स्रोतको व्यपार, व्यवसाय बुटवलसँगै जोडिने हो । यी सबै विषयलाई छर्लङ्गै्र देख्दा देख्दै ५ नम्बर टुक्रिनु हुँदैन भन्ने मानसकिता एमालेगणमा बढी नै देखिन्छ । यसले एमालेभित्रका आदिवासी जनजातिहरुको मौनता र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मगर समुदायप्रति न्याय गर्दैनन् भन्ने प्रष्ट भएको छ । मधेसी समुदाय र आदिवासी जनजातिको बढि माग उठाउने फोरमका अध्यक्ष यादव मगर समुदायको सानो क्लस्टर बन्दा किन यसरी बिच्किने ? (यसअघि प्रकाशित तथ्याङ्कमा खस, अार्यकाे ४०.५६ प्रतिशत हुनुपर्नेमा असावधानीका कारण अन्यथा भएकाले सच्चाइएकाे छ । सम्पादक)
आलियाले स्वीकारिनः सिदार्थ सबैभन्दा उत्कृष्ट ‘किसर’
एजेन्सी । बलिउडकी क्युट अभिनेत्री आलिया भट्टले अभिनेता सिदार्थ मलहोत्रा राम्रो किसर भएको स्वीकार गरेकी छिन् । नेहा धुपियाको कार्यक्रम नो फिल्टर नेहामा आलियाले सिदार्थ एकदम राम्रो किसर भएको स्वीकार गरेकी हुन् । नेहाले सोधेको प्रश्न अर्जुन कपुर वा सिदार्थ मलहोत्रामा सबैभन्दा राम्रो किसर को हो भन्न नपाउँदै उनले सिदार्थलाई चुनेकी थिइन् । उनले भनिन्, –अर्जुनले निकै राम्रोसंग किस गर्छन तर सिदार्थ सबैभन्दा राम्रो किस गर्छन । उनले सिदार्थसँग २ वटा चलचित्रमा संगै काम गरेको र उनैसँग धेरैपटक किसको अभ्यास गरेको बताइन् । यसैले उनले दावीका साथ सिदार्थको नाम लिएकी थिइन् ।
पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि महरालाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो ।
तीन वर्षमा चन्दामुक्त पार्टी बनाउने लक्ष्य छः विप्लव
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन वर्षमा आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने लक्ष्य रहेको रहेको बताएका छन् । उनले आन्तरिक जीवनमा आत्मनिर्भर मात्र नभई चन्दा मुक्त गर्ने पार्टीको लक्ष्य रहेको बताए शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले सोही अनुसार पार्टीले अहिले कृषि अभियानहरु चलाईरहेको बताए । विप्लबले कम्युनिष्ट भनेको श्रमसँग जोडिने उत्पादक शक्ति भएको भन्दै कम्युनिष्टले श्रमलाई बुझ्न सक्नुपर्ने धारणा राखे । जुम्ला र कालिकोटमा स्याउ खेती सुरु गरेर सुर्खेत फर्किएका उनले श्रमलाई मध्यनजर गरेर आफ्नो पार्टीले आर्थिक क्रान्तिको सुरुवात गरेको दावी गरे । उनका अनुसार अहिले ८ वटा फर्महरु ठुलो स्केलमा चलेका छन् भने २८ बिघामा कृषिका कामहरु भइरहेका छन् । साथै स–साना बिघाहरुमा त जिल्ला जिल्लामा कृषि खेतीका कामहरु भइरहेको उनले बताए । जुम्ला र कालिकोट पुग्दा जनयुद्धको जस्तै जनताको साथ रहेको पनि उनले बताए। साथै उनले नेपालको अर्थतन्त्र समाजवादी हुनुपर्ने धारणा राखे । ‘एक जनाले माग्ने, अरुले हात थापेर खाने अर्थतन्त्रले कहीँ पुगिदैन,’ उनले भने, ‘त्यस कारण पैसालाई जनतातर्फ फर्काउनुपर्छ।’ राजनैतिक विषयमा कुरा राख्दै यो व्यवस्था एउटा गोलचक्करमा फसेको उनको भनाई छ । ‘बर्षैपिच्छे सरकार फेरबदल भइरहने हो भने देशले निकास पाउँदैन,’ उनले भने, ‘नेपाललाई अहिलेको सत्ता प्रणालीबाट अगाडी नबढाएसम्म स्थिरता आउँदैन ।’ यो विषयमा समाजवादी मोर्चाहरुको धारणा पनि एक रहेको विप्लवको भनाइ छ।
छुट्टाछुट्टै घटनामा ६ जना मृत फेला
काठमाडौं। देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत भेटिएका छन् । प्रहरीले धादिङ, बाजुरा, चितवन, काठमाडौं, खोटाङ र रुकुम पश्चिममा भएको घटनामा छ जनाको मृत्यु भएको हो । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका ३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका(२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । खोटाङ, साकेला गाउँपालिका(२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका ४ स्थित मखुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’का विजेतालाई प्रज्ञा भवनमा अध्यक्ष प्रचण्डले पुरस्कृत गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २९औं ‘जनयुद्ध दिवस’ का अवसरमा गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिने भएको छ । माओवादी केन्द्रले २९औं ‘जनयुद्ध दिवस’ का अवसरमा पार्टीको विधान अधिवेशनको आयोजना गरेको छ । भने सोही दिन पारेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको हातबाट सहभागीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने वाईसीएल नेपाल उपभोक्ता हकहित संरक्षण विभाग हरि ढकालले जानकारी दिए । वाईसीएल नेपाल उपभोक्ता हकहित संरक्षण विभागले जनयुद्ध दिवसको अवसरमा आयोजित जनयुद्धका उपलब्धि शीर्षकमा भैरहेको डिजिटल वक्तित्वकला प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रम फागुन १ गते (भोलि) बिहान ११ बजे रहेको हुनाले प्रज्ञा भवन कमलादीमा डिजिटल वहसमा सहभागी प्रतियोगिहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई निमन्त्रणा गरेको छ । वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएकाे थियाे । डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर आफ्ना तर्क प्रस्तुत गरेका छन् । ५१ जनामध्ये उत्कृष्ट सहभागीलाई फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर पुरस्कृत गर्न लागिएको हो । आज माघ २८ गते आइतबार दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट, शेयर र भ्यूजको आधारमा विजेता तथा उपविजेताको टुंगो लगाइने ढकालले जानकारी दिए । यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिनेछ । भिडिओको लाइक, कमेन्ट, भ्यूज र शेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ । विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ । पुरस्कार राशी रकममध्ये ५० हजार रुपैया प्रेम,पुर्ण,प्रताप फाउण्डेशनले सहयोग गरेपछि पहिलो हुनेले ५५ हजार,दोस्रोले ३५ र तेस्रोले २० हजार पुरस्कार पाउनेछन् । प्रतिस्पर्धीहरूले पठाएको भिडिओ आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिएको थियो ।
हनी ट्रयाप कसुरमा ओखलढुङ्गाकी देवी थापा दोषी ठहर, पीडितलाई ७ लाख बिगो भराउने फैसला
काठमाडौं । हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।