सावधान ! फेसबुकमा रिक्वेष्ट आयो भन्दैमा एसेप्ट गरी नहालौं

काठमाडौं, फागुन २५ । सामाजिक संजाल फेसबुक प्रयोग गरेर नेपालमा ठगी बढ्दै गएको प्रहरीले जनाएको छ। फेसबुक प्रयोग गरेर ठगी गर्ने गिरोह पछिल्लो समय नेपालमा पनि सक्रिय भएको भन्दै महानगरीय अपराध महाशाखाले सचेत रहन सबैसँग आग्रह गरेको छ।

भ्यालेन्टिनो स्मिथ, म्याक स्थिम, अप्रिल स्मिथ, भेलभेट नाम गरेका फेसबुक आइडीबाट ठगी भइरहेको भन्दै यी फेसबुक आइडी र नचिनेको मानिसहरुलाई साथी नबनाउन अपराध महाशाखाले अनुरोध गरेको हो।

विदेशी नाम गरेका यी फेसबुक आइडीबाट ६० भन्दा महिला प्राय ठगीमा परेको पाइयो,ु एसपी प्रकाशजंग कार्कीले भने, ुनचिनेका मानिसहरुलाई साथी बनाउदाँ धेरै महिलाले लाखौं रुपैयाँ गुमाउनु परेको छ।

विदेशी नामबाट खोलेका फेसबुक आइडीबाट रिक्वेष्ट पठाउने, च्याट गर्ने, लामो समय कुरा गरेपछि उसको बानी व्यवहार पत्ता लगाउने र सोही अनुसारको व्यवहार देखाई ठगी भइरहेको कार्कीले बताए । कतिपयसँग भारतबाट फोन गरेर आफन्त बिरामी भएको नाटक गरेर पैसा माग्ने, कतिपयलाई आइफोन, घडी र महँगा उपहारको लोभ देखाएर ठगी गरेको भेटिएको एसपी कार्कीले बताए ।

सहयोग गर्न चाहनेलाइ भारतमा रकम पठाउन नेपालबाट मिल्दैन भन्दै नेपालीकै खाता दिने गरेको प्रहरीले पत्ता लगाएको छ। ‘फेसबुकबाटै बनाएको साथीलाई तपाईँको खातामा पैसा आउँछ, जम्मा गरेर मलाई पठाइदिनुस न है भन्दै ठगी गरेको प्रयोग गरेको भेटियो’, कार्कीले भने।

प्रहरीले यस्तै प्रकृतिबाट ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्लु स्काइ म्यानपावरका मुख्य संचालक प्रेम कटुवाल, सपना ढुंगाना, कृष्णा गुरुङ, रिता न्यौपाने, खेम मानन्धर र मोतिरमण भट्टराइ रहेका छन् ।

नेपालबाट ठगीमा परेका महिलाहरुले सपना, कृष्णा, रिताको खातामा रकम पठाइदिएका थिए। उनीहरुको खातामा जम्मा भएको रकम ब्लु स्काइ म्यानपावरका लेखापाल मानन्धरको खाता हुदैँ कटुवालको खातामा जम्मा भएको प्रहरीले बताएको छ।

विभिन्न लोभ देखाएर धेरै सोझा साझा गृहिणीहरु ठगीमा परेका छन्, एसपी कार्कीले भने, अझ धेरै फस्ने सम्भावना हुदाँ सबै सचेत हुन आवश्यक छ। नचिनेको फेसुबक आइडीबाट रकम माग गरे, मागेको रकम पठाइदिएको भए, विभिन्न उपहार आउने लोभ देखाएर ठगी गरेको भए अपराध महाशाखामा गएर उजुरी गर्न प्रहरीले सबैसँग अनुरोध गरेको छ।

यी घरेलु उपाय अपनाउनुस्, कपाल कालो बनाउनुस्

माघ २९ । हरेक महिलाहरु आफ्नो कपाल लामो, कालो र सुन्दर होस् भन्ने इच्छा राख्दछन् । यही इच्छा पूरा गर्न अनेक किसिमको औषधी, कस्मेटिक सामान प्रयोग गर्न थाल्दछन् । जसले कपालमा अनेक समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले यी उपायहरु अपनाउनुस्, जसले तपाईको कपाल सुन्दर र कालो हुनेछ । अमलाः अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ । मरिचः मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ । कफी, चियापत्तीः यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ । कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ । यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ । घिउकुमारीः कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन । यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ । दहीः सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस् । यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ । प्याजः प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ । यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ । प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ । दूधः गाइको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ । घिउः घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ । दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ ।

खाना धेरै खाए सेक्सको चाहना बढ्ने

माघ २८ । सेक्स भन्ने वित्तिकै धेरैले नाक खुम्चाउछन् । धेरै लजाउछन् । अझै पनि नेपाली समाजमा सेक्सको बारेमा खुलेर बोल्च चाहन्नन् मानिसहरु । सेक्स प्राकृतिक कुरा हो, यो अत्यावश्यक छ । धेरै खाना खाने मानिसलाई यौन चाहना पनि बढी हुने एक अध्ययनले जनाएको छ । अमेरिकामा गरिएको सो अध्ययनले सात दिनसम्म सेक्स नगरी बस्नु र अर्को सात दिन खाना नखाई बसेमा त्यसको उत्तर आफैले पाउन सकिने अध्ययनमा उल्लेख छ । खाना न नखाने हो भने सेक्सको चाहाना विस्तारै आफै घट्दै जाने बताइएको छ । नेपालमा विभिन्न महिला तथा पुरुषहरु व्रत बस्ने गर्दछन् । कहिलेकाँहीको व्रतले शरीरलाई स्वस्थ बनाउन सहयोग गर्ने भएपनि सधैंजसो गरिने ब्रतले भने उनीहरुलाई हानी पु¥याउँदछ । लामो समयसम्म बसिने ब्रतले उनीहरुमा यौन चाहना पनि घट्न सक्ने अध्ययनले जनाएको छ । नियमित ब्रतको नाममा खाना नखाँदै बस्दा उनीहरुमा शक्ति कम हुँदै जाने र त्यसले गर्दा सेक्सप्रतिको चाहना पनि कम हुँदै जाने देखिन्छ । त्यसैले खाना नै सबै शारीरिक चाहानाको जड भएको सो अध्ययनले बताएको छ ।

अन्तर्देशीय अपराधको ट्रान्जिट नेपालः नेपाल प्रहरी

काठमाडौं, माघ १७ । नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको प्रहरीको एक अध्ययनले देखाएको छ। गत वर्ष नै तयार भएको एक अध्ययन प्रतिवेदनले अन्तरदेशीय अपराधीहरूले नेपालको भूभाग प्रयोग गरेर छिमेकी तथा युरोपियन मुलुकमा सुन तथा लागूऔषध तस्करी गरिरहेको जनाएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गत वर्ष तयार गरेको प्रतिवेदनमा लागूऔषध, जाली भारतीय रूपैयाँ र मानव तस्करी तथा सुनका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ। यद्यपि, यसलाई अहिलेसम्म गोप्य राखिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल अपराध अनुसन्धान विभागमा रहँदा सो प्रतिवेदन तयार गरी मातहतका निकायलाई जानकारी गराइएको थियो। सो प्रतिवेदनमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागूऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेको उल्लेख छ। त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागले उल्लेख गरेको छ। यो खबर आजको राजधानी दैनिकमा छ ।  

जाडोबाट बच्नका लागि यस्ता छन् केही घरेलु उपायहरु

माघ १३ । जाडोमा आफ्नो स्वास्थ्यलाई अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ । किनभने चिसोका कारण मानिहरुलाई रुघाखोकी तथा ज्वरोले समेत अत्याधिक सताउने गर्दछ । जसका कारण एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ । तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको हेरचाहका लागि केही घरेलु उपायहरु यसप्रकार छन् : १. अदुवाको टुक्राको रस २० मिलिदेखि ३० मिलिसम्म दिनमा तीन पटक लिनाले चिसोबाट बच्न सकिन्छ । २. दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघि सेवन गर्ने । ३. एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक खाने । ४. बेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउने । ५. कालो मरिच डढाएर धुवा सुँघ्नाले बन्द नाक खुल्छ । ६. अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ । ७. एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

हिउँ चितुवा संरक्षणका लागि वार्षिक रु पाँच करोड

काठमाडौँ, माघ ८ । सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको आज उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेअनुसार तय भएको उक्त बजेटले पहिलो चरणमा नेपालमा हिमालयन रिसर्च सेन्टर खोलिनेछ । सरकारले रिसर्च सेन्टरमार्फत यस क्षेत्रमा संलग्न युवालाई वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन गर्ने तयारी गरेको छ । जिएसएलइपीको सञ्चालक समितिको दोस्रो बैठक आज काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा नेपालमा हिमालयन रिसर्च सेन्टर खोल्ने एजेण्डासमेत पारिएको वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । सरकारको यस कार्यले हिउँ चितुवा संरक्षण कार्यमा जुटेका युवा अनुसन्धानकर्ता र सरोकारवालाले खुसी व्यक्त गरेका छन् भने अन्तर्राष्ट्रिय जगतले नेपालको प्रशंसा गरेको छ । बैठकमा हिउँ चितुवा पाइने १२ देशमध्ये नेपालसहित छ देशबाट मन्त्री र अरु देशका सचिव वा सो सरहको सहभागिता थियो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, कजाखस्तान, किर्गिज्स्तान, भारत, मङ्गोलिया, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीनहजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । घोषणापत्रमा हिउँ चितुवाको प्राकृतिक बासस्थानमा रहने स्थानीय समुदाय र युवाको क्षमता अभिवृद्धि गर्ने र उनीहरुको जीविकोपार्जन सुधार्ने, पर्या–पर्यटनलाई प्रोत्साहन गर्ने तथा हिउँ चितुवालाई आर्थिक उन्नतिका रुपमा विकास गर्ने विषय समेटिएको डा ढकालले बताए । त्यस्तै, हिउँ चितुवा संरक्षण कार्यका लागि स्रोत जुटाउन संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलगायत अन्तर्राष्ट्रिय दातृ निकायसँग मिलेर काम गर्ने, वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समूहगत रुपमा काम गर्ने विषय समेटिएका छन् । समितिको बैठक हिमाली क्षेत्रमा स्वच्छ पानी र स्वच्छ हावा कायम राख्न सकियो भने हिउँ चितुवा बाँच्ने आधार खडा हुन्छ भन्ने निष्कर्षमा पुगेको छ । जिएसएलइपीको अर्काे सम्मेलन सन् २०१७ को सेप्टेम्बरमा किर्गिज्स्तानमा हुने तय भएको छ भने त्यस सम्मेलनको तयारी स्वरुप यसै वर्षको जुलाई महिनामा पाकिस्तानमा तयारीस्वरुप पूर्वसम्मेलन गर्ने तय भएको उहाँले जानकारी दिए । जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घसंस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँ चितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइ राख्नु हो । रासस

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

विराटनगर, माघ ६ । मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिए । सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले रु आठ अर्ब ८१ करोड ६५ लाख तथा विराटनगर भन्सार कार्यालयले र.पाँच अर्ब १२ करोड ६० राजस्व संकलन गरेको छ । मालपोत कार्यालय विराटनगरले रु १४ करोड ७२ लाख, मालपोत कार्यालय, बेलबारीले रु सात करोड ५२ लाख र जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । जिल्लामा विकास निर्माणको काम सुस्त देखिएको छ । सरकारले पुँजीगत शीर्षकमार्फत विनियोजन गरेको बजेटमध्येबाट चालु आवको ६ महिनामा १७ प्रतिशत मात्र खर्च भएको छ । चालु आवका लागि पुँजीगततर्फ रु तीन अर्ब ८४ करोड १७ लाख रकम विनियोजन गरेकामा ६ महिनामा मात्र रु ६४ करोड ४९ लाख अर्थात् १७ प्रतिशतमात्र खर्च भएको बरालले बताए । त्यसैगरी चालु शीर्षकतर्फ रु आठ अर्ब ३५ करोड ५२ लाख रकम विनियोजन गरिएकामा चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब ५१ करोड ८१ लाख अर्थात ४२ प्रतिशत खर्च भएको छ । एकसय एकवटा निजामती कार्यालय रहेको जिल्लामा रु एक अर्ब २५ करोड ६४ लाख बेरुजु फछ्र्र्याैट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

अनलाइनबाट हाइड्रोमा लगानी गर्नेको भीड, ६० करोड लगानी जुट्यो

काठमाडौं, पुस २६ । जलविद्युत आयोजनामा लगानी गर्न अनलाईन मार्फत माग गरेको आवेदनमा दास्रो दिनसम्म उत्साहजनक प्रतिवद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मंगलवार अपरान्ह ४ बजेसम्म ५८ करोड लगानी प्रतिबद्धता आएको ऊर्जा मन्त्रालयले जनाएको हो । मंगलबार ३२६४ आवेदकले १८ करोड ७० लाख ३० हजार ६५ रुपैया लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । यस्तै व्यक्तिगत आवेदकको संख्या पनि बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ । सोमबार र मंगलबार दुईदिन गरेर ९,१६५ जनाले ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैंया हाइड्रोमा लगानी गर्ने उल्लेख गरेका छन् । यस्तै कम्पनीतर्फ ६ वटा कम्पनीले २ करोड ४६ लाख २५ हजार रुपैंया लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । हालसम्मको कुल लगानी प्रतिवद्धता रकम ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैया रहेको उर्जामन्त्री जनार्दन शर्माले बताए । अनलाईन सोमबारमन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उर्जामन्त्री शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट लगानी प्रस्तावको सुरुवात गरेका थिए । अनलाईन सुरुवात गरेकै दिन व्यक्तिगत तर्फ साढे २६ करोड रुपैयाँको प्रतिवद्धता आएको मन्त्रालयले जानकारी दिएको थियो । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अघि सारेको नयाँ कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत सोमवारदेखि अनलाईनमार्फत लगानी प्रतिवद्धता माग गरिएको थियो । उर्जामन्त्री शर्माले ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेको बताएका थिए । उनले यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिने बताएका थिए । पहिलो दिन अर्थात सोमवार राती ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता जनाएको उर्जा मन्त्रालयले जनाएको छ । यस बाहेक ३ वटा कम्पनीले अनलाईन आवदेन भरेका छन् ।

अनलाईन आवेदन खुलेको पहिलो दिनमै २४ करोडको लगानी प्रतिवद्धता

काठमाडौं, पुस २५  । ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा अनलाईन मार्फत माग गरेको लगानी प्रतिवद्धतामा उत्साहजनक सहभागिता देखीएको छ । अनलाईन आवेदन खुला गरेको पहिलो दिन अर्थात सोमवार राती ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता जनाएको उर्जा मन्त्रालयले जनाएको छ । यस बाहेक ३ वटा कम्पनीले अनलाईन आवदेन भरेका छन् । पहिलो दिन नै व्यक्तिगत तर्फ २४ करोड ६२ लाख ६३ हजार ६ सय १५ रुपैया रकमको प्रतिवद्धता आएको छ । यस्तै कम्पनीतर्फ १ करोड ११ लाख २५ हजार रकमको प्रतिवद्धता आएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अघि सारेको नयाँ कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत सोमवारदेखि अनलाईनमार्फत लगानी प्रतिवद्धता माग गरिएको थियो । सोमबार भएको कार्यक्रममा उर्जामन्त्री शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट लगानी प्रस्तावको सुरुवात गरेका थिए । उर्जामन्त्री शर्माले  ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेको बताएका थिए । उनले  यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिने बताएका थिए ।    

नशामा उडान गर्ने विमान चालक निष्कासित

जकार्ता (इन्डोनेसिया), पुष १६। इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ । विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए । विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् । यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस

नेपालमा कित्ता कित्तामा बाँडिएका माओ, जयन्तीमा सीमित नेपाली क्रान्ति

सागर न्यौपाने माओ–त्से–तुङ, चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष । मजदूर, किसान र राष्ट्रिय स्वाधिनताका अग्रग नेता । बिरोधीहरुका लागि माओको दर्शन आलोच्य छ तर पनि उनीहरुले माओको क्रान्ति, उनको समग्र साहसिक जीवन र राष्ट्रिय स्वाधिनताका लागि गरेको संघर्षलाई नमन गर्छन् नै । उनै माओलाई नेपालमा सोमबार बिभिन्न कार्यक्रम गरी केही कम्युनिष्टहरुले सम्झिए । कतिपयलाई आफ्नो विगत सम्झना आयो, कतिपयले औपचारिकता निभाए । नेकपा एमालेले औपचारिक कार्यक्रम पनि आयोजना गर्न आवश्यक सम्झेन । त्यसो त एमालेले धेरै अघि माओ विचार छाडिसकेको थियो । नेपालमा २००६ मा कम्युनिष्ट पार्टीको स्थापना भएपछि कम्युनिष्ट आन्दोलनको औपचारिक शुरुआत भयो । पछि विश्व कम्युनिष्ट आन्दोलनमा सोभियत र रुसगरी दुई धार देखिएपछि त्यसकै प्रभावले चौथौ महाधिवेशनले माओको नयाँ जनवादी क्रान्तिलाई राजनीतिक कार्यदिशा बनाएर अघि बढ्यो । चौथौ महाधिवेशन स्कूल तीनवटा धारमा विभाजन भएपनि उनीहरुले माओको विचारलाई केन्द्रमा नै राखे । माओको ‘तीन गर र तीन नगर’ भन्ने विचार, नयाँ जनवादी क्रान्तिका कार्यभार, सर्वाहारा सांस्कृतिक क्रान्ति, अनुशासनका नियमजस्ता कतिपय माओका विचारलाई माओ विचारमा चल्ने धारहरुले व्यवहारमा भने अनुशरण गर्न भने सकेनन् । ‘तेल देखो, तेल की धार देखो’ भन्ने हिन्दी उखानजस्तै तत्कालको फाइदाका लागि जे पनि गर्ने अवस्थामा पुग्यो एमाले पछि त एमालेले कांग्रेससँग आफूलाई उभ्यायो । माओ भन्थे– युवा पुस्ताको विकासका निम्ति चासो देखाऊ,माक्र्सवाद लागू गर, संशोधनवाद होइन, एकताबद्ध होऊ नफुट,खुला र स्पष्ट होऊ, छलछाम र षडयन्त्र नगर । तर बिडम्बना, नेपालका माओ मान्ने कम्युनिष्टले यी तिनै कुरालाई अनुशरण गर्न सकेनन । पार्टीका हरेक फूटहरु असैद्धान्तिक जगमा भए । पार्टीका अन्तरविरोधहरु व्यक्तिगतरुपमा चलाइए । व्यक्तिगत अहम्, इगो मुख्य बन्यो । २०४२ सालको फूटदेखि एकताकेन्द्रको फूट, मसालमा फूटदेखि शान्ति प्रक्रियापछि माओवादीमा देखिएको फूट र पछिल्लो चरणमा बाबुरामको स्खलनसम्मका सबै घटनाहरुमा मुख्यतः विचारको फरकपना भन्दापनि व्यक्तिगत प्रवृत्ति नै प्रधान बन्न पुग्यो । नेपाली क्रान्तिका लागि रुसी मोडेल भन्दा चीनियाँ समाजको परिवर्तन बढी सान्दर्भिक छ । खासगरी अर्ध सामन्ती तत्कालिन चीन र नेपाली समाजका कतिपय पक्षहरु मिल्दोजुल्दो छन् । त्यसअर्थ पनि नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी हुनुपर्छ भन्ने मत बलियो हुँदै आएको हो । सामन्तवादले जर्जर पारेका हाम्रो जस्तो मुलुकका लागि माओविचार कति प्रभावकारी छ भन्ने कुराको पुष्टि नेकपा माओवादीले सुरु गरेको जनयुद्धले समेत गर्यो । मजदूर वर्गको खासै विकास नभएको नेपाली समाजमा जनयुद्धको प्रभावले त्यसको झन पुष्टि गर्दछ । संसदीय फोहरी राजनीतिले नेपाली जनताको उन्नति र विकास गर्न नसक्ने भन्दै पुरानो संरचनाको ध्वंस गर्ने जनयुद्धमा हजारौ आम नेपाली लामवद्ध भए । नेपालका माओवादीले उनै माओको विचार लागू गराउनुपर्ने भन्दै गरेको आन्दोलनले नेपालमा उनीहरुले भन्ने गरेको सामन्ती राजतन्त्रको अन्त्य गरायो । सीमान्तकृत, राज्यबाट पछाडि पारिएका आदिवासी जनजातीलाई राज्यको मूलप्रवाहमा ल्यायो । यी फूटहरु सैद्धान्तिक थिएनन् । यदि प्रचण्डले क्रान्ति नै नचाहेर संशोधनमा नै फस्न खोजेका थिए भने माओको ज्ञानले भरिपूर्ण वैद्यले सेना समायोजनको बेला नै पार्टी फुटाउनु पथ्र्यो ? बादलहरुले सत्तामा जानु अघि नै यो संसदीय अभ्यासमा फस्नु हो भनेर मन्त्रीपद परित्याग गरी विद्रोह गर्नुपर्थो । तर, यो यात्रा पुरा भएन । हामी क्रान्तिको नाममा अघि बढ्यौं, सुधारवादको जालमा अल्झियौं । माओको विचारलाई पक्रिँदासम्म हामी जनतासँग थियौं, त्यसबाट अलिकति विचलित हुनेबित्तिकै हामीभित्रै विचलन शुरु भयो । हामी आफै आफूभित्र हराउन पुग्यौं । विभाजित भयौं, वर्गबाट टाढिन पुग्यौं । संसदीय राजनीतिमा आएको पाँच वर्ष नपुग्दै माओवादी पार्टीमा विभाजन आयो । विभिन्न आरोप लगाएर पार्टीमा फुट आयो । टुक्रा टुक्रामा छरपष्टिएका पार्टीहरुले फरक फरक ढंगले गुरु माओको स्मरण गरे । वर्ग आधार छोड्दै गएका कम्युनिष्टहरु नेपालका कम्युनिष्टहरु कहिल्यै खुला र प्रष्ट हुन सकेनन् । जनतालाई विभिन्न नारा दिए पनि जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गर्न सकेनन् । एमालेले २०५१ सालमा जनता लक्ष्यित काम गर्ने कोसिस गरेको थियो तर, २०५४ सालमा पार्टीमा आएको फुटसँगै एमाले औपचारिकरुपमा संशोधनवादी कित्तामा पुग्यो । उसको वर्ग आधार समाप्त भयो । नामले कम्युनिष्ट भनेपनि समग्र एमाले मध्यमवर्गको पार्टी बन्यो । परिवर्तन र अग्रगमनका एजेण्डाहरु उसले छोड्यो । ‘तेल देखो, तेल की धार देखो’ भन्ने हिन्दी उखानजस्तै तत्कालको फाइदाका लागि जे पनि गर्ने अवस्थामा पुग्यो एमाले पछि त एमालेले कांग्रेससँग आफूलाई उभ्यायो । एमाले विचारमा यति अस्पष्ट हुन थाल्यो कि उसले छलछाम र षडयन्त्रलाई हतियार बनायो र त्यही हतियारको प्रयोग गरेर सत्तावरिपरि केन्द्रीत भयो । फलतः जनताको एजेण्डा एमालेको बहसनै बनेन । बहुदलीय प्रजातन्त्रको पुनर्वहाली भएपछि एमालेले जनताको मुद्दा छोडेको आरोप सहित नेकपा माओवादीले शसस्त्र युद्धमार्फत राज्यसत्ता कब्जा गर्ने भनेर युद्ध सुरु गर्यो । यो यात्रामा समाजका पीँधमा रहेका वर्गले साथ दिए । दलित, मजदूर, किसान, जनजाति, उत्पीडित क्षेत्र र समुदायमा माओवादीको बेग्लै आकर्षण थियो । तत्कालमा सामाजिक सुधारका कामदेखि दीर्घकालमा समग्र उत्पीडितको मुक्तिका पक्षमा जनताले साथ दिए । प्रचण्डले राम्रो गरेका काम वैद्यलाई पच्दैनन, न त मोहनबिक्रमलाई । वैद्य या विप्लवका जनपक्षीय काम माओवादी केन्द्रलाई पच्दैनन । यदि माओको विचारलाई सही ढंगले उनीहरुले पक्रिन्थे भने कम्तीमा अग्रगमनका मुद्दामा कार्यगत एकता बनाएर त जान सक्थे । सरकारको मोर्चालाई क्रान्तिकारी ढंगले प्रयोग गर्न सक्थे । सडकको मोर्चालाई सशक्त बनाउन सक्थे । तर माओवादीको यो यात्रा त्यही गतिमा अघि बढ्न सकेन । परिस्थितिको सही विश्लेषण गर्न नसक्दा र खासगरी रणनीति र कार्यनीतिबीच तालमेल नमिल्दा माओवादी संसदीय व्यवस्थामा समेत ‘क्रान्तिकारीता जोगाउनै नसक्ने’ बिन्दुमा आइपुग्यो । २०६३ सालको जनआन्दोलनमार्फत् शान्ति प्रक्रियामा आएको माओवादी संविधानसभामा सबैभन्दा ठूलो दल बन्यो र यो सँगै संसदीय व्यवस्थामा उसको औपचारिक प्रवेश भयो । संसदीय व्यवस्थाको छोईंछिटोले नै होला, त्यसपछि माओवादी एक बन्न सकेन । नयाँ परिस्थितिलाई क्रान्तिको नयाँ कार्यदिशा र रणनीतिका आधारमा अघि बढाउने दिशामा माओवादीले गम्भीर गृहकार्य गर्न सकेन । यसको परिणाम अनिवार्यतः फूट थियो । ०६९ असारमा माओवादीमा विभाजन आयो । एनेकपा माओवादीका तत्कालीन उपाध्यक्ष मोहन वैद्यको अगुवाइमा असार ४ गते काठमाडौंको बौद्धमा राष्ट्रिय भेला गरी एकीकृत माओवादी फुटाए । फेरि २०७१ कात्तिक २७ गते बैद्यबाट पनि नेत्र विक्रम चन्द विप्लव फुटे । २०७२ आश्विन ९ गते बाबुराम भट्टराईले पनि एमाओवादीबाट बाहिरिए । एउटा चरणसम्म प्रचण्डको नेतृत्व उनीहरुले स्वीकारे । ड्राइभरलाई कच्ची बाटोमा जाँदा हौस्याएर हिलोमा फस्ने बेला पिचमा नगएको भन्दै आलोचना गर्ने काम उनीहरुले गरे । यी फूटहरु सैद्धान्तिक थिएनन् । यदि प्रचण्डले क्रान्ति नै नचाहेर संशोधनमा नै फस्न खोजेका थिए भने माओको ज्ञानले भरिपूर्ण वैद्यले सेना समायोजनको बेला नै पार्टी फुटाउनु पथ्र्यो ? बादलहरुले सत्तामा जानु अघि नै यो संसदीय अभ्यासमा फस्नु हो भनेर मन्त्रीपद परित्याग गरी विद्रोह गर्नुपथ्र्यो । विप्लवहरुले चुनवाङको कार्यदिशामा फरक मत मात्रै होइन, पार्टी नै अलग गर्नुपथ्र्यो । बाबुरामले यो बिन्दुमा आएर क्रान्तिको सान्दर्भिकता भएको भने तर त्यसो भए उनले २०६३ मा नै त्यसो भन्नुपथ्र्यो । तर त्यो भएन । एउटा चरणसम्म प्रचण्डको नेतृत्व उनीहरुले स्वीकारे । ड्राइभरलाई कच्ची बाटोमा जाँदा हौस्याएर हिलोमा फस्ने बेला पिचमा नगएको भन्दै आलोचना गर्ने काम उनीहरुले गरे । यो अवस्थामा आइपुग्दा माओ कित्ता कित्तामा बाँडिएका छन् । मोहनबिक्रमदेखि प्रचण्ड र वैद्यदेखि विप्लवसम्मले माओको क्रान्तिकारी कार्यदिशालाई सम्झेका छन् । तर व्यवहारमा अग्रगमनका मुद्दाहरुमा उनीहरु एक देखिन्न । प्रचण्डले राम्रो गरेका काम वैद्यलाई पच्दैनन, न त मोहनबिक्रमलाई । वैद्य या विप्लवका जनपक्षीय काम माओवादी केन्द्रलाई पच्दैनन । यदि माओको विचारलाई सही ढंगले उनीहरुले पक्रिन्थे भने कम्तीमा अग्रगमनका मुद्दामा कार्यगत एकता बनाएर त जान सक्थे । सरकारको मोर्चालाई क्रान्तिकारी ढंगले प्रयोग गर्न सक्थे । सडकको मोर्चालाई सशक्त बनाउन सक्थे । तर इमान्दारिता नभएर व्यक्तिगत या गुटगत हित र स्वार्थलाई प्रधानता दिएको कारण १२३ औं माओ दिवस औपचारिकतामा सीमित भयो । माओको विचारको सान्दर्भिकता उनले लेखेका रेडबुक पढ्नुमा मात्रै छैन । बरु नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्न संयुक्त एकीकृत मोर्चामार्फत कार्यगत एकता गरी अघि बढ्नुमा छ । सिद्दान्तको रट लगाएर पनि माओप्रति सच्चा श्रद्धान्जली हुँदैन न त प्रयोगका नाममा वर्ग आधार छोडेर नै ।

हट्यो जनताको सास्ती, अनलाइनबाटै भर्नुस् लाइसेन्स फर्म

काठमाडौं, पुस ९ । अब चालक अनुमति पत्रका लागि घन्टौ लाइन बस्न नपर्ने भएको छ । आगामी सोमबारदेखि लागु हुने गरी अब लाइसेन्सका लागि अनलाइन फाराम भर्न पाइने भएको छ । शनिबार रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सोमबारदेखि चालक अनुमति पत्रको लागि अनलाइन फाराम भर्न पाइने बताएका छन् । कार्यक्रममा मन्त्री लेखकले आइतबार दिउँसो ३ बजे चालक अनुमति पत्रको लागि अनलाइन फारामको उद्घाटन गर्ने र सोमबारदेखि अनलाइन फर्म भर्न पाइने जानकारी दिएका हुन् । यातायात व्यवस्थाको सुधारको लागि आफू गम्भीर रहेको भन्दै मन्त्ती लेखकले हाल चालक अनुमतिपत्र लिनका लागि देखिएको समस्याको समाधानको लागि काम अनलाइन फर्म संचालन अघि सारिएको बताएका छन् । ‘आइतबार दिउँसो ३ बजे यातायात कार्यालय एकान्तकुनामा हामीले अनलाइन फारामको शुभाराम्भ गर्नेछौं त्यसपछि एकान्तकुनासँगै थप तीन ठाउँ कलंकी, चावहिल र भक्तपुरमा कार्यालय राख्नेछौ । काम अगाडी बढीसकेको छ ।’ सरकारले काठमाडौं–तराई द्रुत मार्ग निर्माणको लागि कार्यदल गठन गरिसकेको बताउँदै ७ सदस्यीय कार्यदल गठन भैसकेको छ र अब एक महिनाभित्र रिपोर्ट मिल्ने उनले बताए । त्यस्तै उनले सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाइसकेको जानकारी दिए ।

कृषिमा आधुनिकीकरणमासहयोग गर्न तत्पर: राजदूत मेयर

दमक, पुस १। नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ । गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका लागि प्रत्येक वर्ष ५०० नेपाली युवालाई इजरायलमा कृषि तालिममा लैजाने गरेको उल्लेख गर्नुभयो । इजरायलमा गएका नेपालीले त्यहाँ सिकेको सीप नेपालमा ल्याएर प्रयोग गरे प्रशस्त रोजगारीका अवसर सिर्जना हुनसक्ने उहाँको भनाइ छ । राजदूत मेयरले नेपालले कृषिमा आधुनिकीकरण गर्न सके प्रचुर आम्दानी लिन सकिने हुने बताउँदै इजरायलमा एउटा गाईले दैनिक ५० देखि ६० लिटर दूध दिने हुँदा त्यस्ता गाईलाई नेपाल ल्याएर दूध उत्पादन बढाउने प्रविधि प्रदान गर्न सकिनेछ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले निर्वाहमुखी कृषिलाई छाडेर आधुनिक कृषि औजारको प्रयोग गरी आफ्नै गाउँबाट मनग्य आम्दानी लिन सकिने भएकाले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सकिने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले हलो जुवाको भरमा कृषि उत्पादन नहुने बताउनु हुँदै समयअनुसार कृषिमा वैज्ञानिकीकरण गर्न किसान पनि लाग्नुपर्छ भन्नुभयो । कार्यक्रममा संस्थाका कृषि प्राविधिक हरि सिलवालले महारानीझोडाको सहकारीको नमूना एकीकृत सहकारी खेतीको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा राजदूत मेयरले सहकारीले सञ्चालन गरेको सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र, नमुना एकीकृत सहकारी खेती, गाईपालनको अवलोकनसमेत गर्नुभएको थियो । रासस

कक्षा ११ को परीक्षाफल प्रकाशित

भक्तपुर, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा एघारको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षमा सम्मिलितमध्ये ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको वोर्डले जनाएको छ । बिहीबार साँझ प्रकाशित परीक्षाफल अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग आइतबारदेखि सर्वसाधारणका लागि खुला

जेनेभा (स्वीट्जरल्यान्ड),मङ्सिर २७। विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस  

‘ रामशरण महत जस्ता दलालले कांग्रेस बिगारे’: नेतृ सुजाता (भिडियो सहित)

नेपाली का‌ंग्रेसकी नेतृ सुजाता कोईरालाले पार्टीकै नेता एवं पुर्वअर्थमन्त्री रामशरण महतलाई दलालको संज्ञा दिएकी छन् । उनले महत जस्तै नेताले कांग्रेस बिगारेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गर्नु पर्ने बताईन । हेरौँ भिडियो