संस्कृति बचाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

मधुकर अधिकारी

अमेरिका । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् ।

अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् ।

सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ ।
सन् २०११ मा न्यूयोर्कको एल्मस्र्टमा युनाइटेड शेर्पा एशोसियशनले किनेको जग्गा तथा भवनको मूल्य २५ लाख अमेरिकी डलर रहेको अध्यक्ष उर्गेन शेर्पाले राससलाई जानकारी दिनुभयो । शेर्पा भन्नुहुन्छ – “यो भवन खरिद गर्न सकेका कारण केही दिन अगाडि मात्र स्थानीय सडक समेत बन्द गर्ने अनुमति लिएर हामी ल्होसारमा शेबु्र नाच नाच्न सफल भयौं । यो हाम्रो संस्कृति जगेर्नाको महत्वपूर्ण पक्ष हो ।”

“नेपाली मूलका शेर्पा समुदायबाट यो भवनको खरिद तथा सञ्चालन भएबाट अमेरिकाको न्यूयोर्क जस्तो विशाल शहरमा नेपालीहरुलाई एकताबद्ध गर्न सकिएको छ” – शेर्पा अगाडि थप्नुहुन्छ ।

यसैगरी नेपालीहरुको बाहुल्यता रहेको क्यालिफोर्नियामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई गत शिवरात्रिको दिन प्राणप्रतिष्ठासहित सञ्चालनमा ल्याइएको छ । करिव १६ लाख अमेरिकी डलरमा खरिद गरिएको उक्त भवन तथा सामुदायिक भवनको मर्मत तथा सम्भारपछि सञ्चालनमा ल्याउने काम भएको हो । समितिका सभापति भक्त थापा समुदायमा रहनुभएका नेपालीहरुको आठ वर्षको अथक प्रयासपछि यो मन्दिरको निर्माण सम्पन्न भएको बताउनुहुन्छ ।

समितिको कार्यसमितिमा रहनुभएका एकराज पाण्डे एक्लैले एकलाख २६ हजार २६६ डलर प्रदान गर्नुभएको थियो । पाण्डे यसरी दान गर्ने नेपालीहरुको सूचीमा शीर्ष स्थानमा रहनुभएको छ ।

पाण्डेले भन्नुभयो – “मातृभूमि छाडेर प्रवासमा जीवन बिताइआए पनि हाम्रो कला, संस्कृति र धर्मको निरन्तर संरक्षण र सम्वद्र्धन गर्न यस्ता भवनहरुले हामीलाई आत्मीयताको भाव दिएका हुन्छन् ।”

टेक्सासमा सन् २००७ मा स्थापना भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र रहको भवनलाई सन् २०१३ मा ८ लाख अमेरिकी डलरमा खरिद गरिएको महासचिव सुरेश चन्द्र पोख्रेलले राससलाई जानकारी दिनुभयो ।

“सांस्कृतिक र आध्यात्मिक कर्मलाई आत्मसात् गर्दै हामीहरुको भावी पिँढीलाई सही मार्गनिर्देश गर्न यस्ता सांस्कृतिक केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ,” पोख्रेलले भन्नुभयो –“यसले सामाजिक रुपमा एकता ल्याउने गरेको छ । हामीहरुबीच विश्वास र पारिवारिक मूल्य मान्यता जगाउँदै अमेरिकाको प्रतिस्पर्धी वातावरणमा भावी पिँढीलाई मजबुत बनाउन यसले बल पु¥याउने मेरो विश्वास छ ।”

यता, मेरिल्याण्डमा बन्दै गरेको नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरले आफ्नो वैधानिक प्रक्रिया पूरा गरेको छ । उक्त भवन खरिद कार्यमा संयोजन गर्दै आउनुभएका कृष घिमिरेका अनुसार करिव १५ लाख अमेरिकी डलरमा खरिद गरिएकोे उक्त सामुदायिक भवन तथा मन्दिर आगामी ६ महिनाभित्र सञ्चालनमा आउने छ ।

बाल्टिमोर एशोसियशन अफ नेप्लीज (वाना) ले हालै मात्र खरिद गरी सञ्चालनमा ल्याएको भवनको मूल्य ३ लाख अमेरिकी डलर रहेको समितिका उपसभापति सुबोध पन्तले जानकारी दिनुभयो ।

अधिकांश नेपाली मन्दिर र भवनको निर्माण भाषा कक्षाको सञ्चालन र विभिन्न रीतिरिवाज तथा चाडपर्वको बेला एकठाउँमा भेला हुने उद्देश्यले गरिएका हुन् ।

अमेरिकामा झण्डै चालीस वर्षदेखि बस्दै आउनुभएका पुराना अभियन्तामध्येका एक डा श्याम कार्की नेपालीहरुबाट भवन खरिद तथा निर्माण हुँदा नेपालका बारेमा सोधखोज गर्ने व्यक्तिहरुलाई सहयोग पुग्ने र नेपालीहरुबीच अपनत्वको भावना विकास हुने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अमेरिकामा जति पनि नेपालीहरुको प्रयासमा साझा सामुदायिक भवन निर्माण भएका छन् यसले भावी पिँढीका लागि धर्म, संस्कृति र भाषाको जगेर्ना गराउन मद्दत पुग्ने छ ।”

नेपाली संघसंस्थाले जग्गा खरिद र सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि करिव १ करोड डलर खर्च गरिसकेका छन् । मन्दिर बनाउने उद्देश्यसहित गत वर्ष बोस्टन, न्यूयोर्कको रिजऊड लगायतका ठाउँमा महायज्ञ लगाइएको थियो ।

यस्ता सामुदायिक भवन तथा केन्द्रहरुमा चाडवाडका दिन भेला हुने तथा विवाह, व्रतवन्ध जस्ता कर्मकाण्डका कार्य गरिँदै आइएको छ । यसैगरी, नेपाल सम्वत्, दशैं, तिहार, फागु, म्हः पूजा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ ।

पछिल्ला वर्षहरुमा यहाँ नेपालीहरुको व्यवसाय विस्तार भएसँगै सामुदायिक भवन निर्माणले पनि तीव्रता पाएको बताइन्छ ।

एमालेले भन्यो–आचारसहिंताभित्रै नै प्रचारप्रसार

काठमाडौं, मंसिर १३ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ । एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “आयोगजस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्ने हुन्छ”, विज्ञप्तिमा उल्लेख छ । एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ । निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो ।

पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

काठमाडौं, कार्तिक १३ । शेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति बनाएको छ भने धैर्यताको अभावमा गरिएका लगानी डुबेका उदाहरणहरु पनि प्रशस्तै छन् । सेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी अर्बपति बनेका टिम जि र माइकल जि ले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले अपनाएका यी १० सुत्रहरु पालन गर्न सकेमा आफ्नो उद्देश्यमा पुग्न ठुलो मद्धत हुने उनीहरु बताउँछन् । १. हट स्टकले बनाएको उचाईलाई अध्ययन गरिराख्नुहोस् जब सेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ । अध्ययन तथा अनुसन्धान गनुहोस् । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् । २. शेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस् केही यस्ता व्यक्तिहरु हुन्छ जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस् । नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन । कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस् । त्यो नै नाफा कमाउने सुचक बन्नेछ । ३. घाटालाई तुरुन्त कम गर्नुहोस् सेयर बजारमा सफलता पाउन चाहानुहुन्छ भने पहिला आफ्नो घमण्ड पुर्ण रुपमा हटाउनुहोस् । यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ । नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस् । कतिसम्म नोक्सानी व्यहोर्ने भन्ने बारेमा पहिले नै योजना बनाउनु होस् । ४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनुहोस् जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ । जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस् । मार्केट केही मिनेटमै परिवर्तन हुने हुदाँ जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस् । नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मुल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु । अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनु भयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनु सिवाय केही हुँदैन । ५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस् हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस् । तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफुलाई पनि त्यसै अनुसार परिवर्तन गर्नुहोस् । प्रविधि सम्बन्धि कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस् । अब बजार पुर्णतया प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ । प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस् । ६. लिकुइड स्टकसँग जोडिरहनुहोस् यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहानुहुन्छ भने लिकुइड स्टकमा टासिरहनु उत्तम उपाय हो । लिकुइड स्टक अर्थात बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्रि गर्ने बानी गर्नु भयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ । यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ । ७. बजारमा चल्ने जस्तो सुकै हावादारी कुराको पछाडि नलाग्नुहोस् कारोबारमा कुराहरु सस्ता हुन्छन् । कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस् । फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नु होस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस् । तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिंदा उसले नाफा कमाए पनि तपाई घाटा पर्न सक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस् । ८. एकै पटकमा धेरै कम्पनीको सेयर नलिनु होस् एकै पटकमा धेरै कम्पनीको सेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भईरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै सेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्रि गर्न नसक्ने अवस्था आउन सक्छ । धेरै कम्पनीका धेरै सेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस् । साथै एउटै कम्पनीको धेरै सेयर नलिनुहोस् । नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् । आफ्नो क्षमता अनुसार ३० प्रतिशतभन्दा ज्यादाँ लगानी नगर्नुहोस् । ९. धेरै सस्तो सेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस् लगानीकर्ताले कहिलेकाँही कारोबार हुने सबैभन्दा सस्तो मुल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सबैभन्दा सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ । १०. सधै एउटा योजना बनाउनुहोस् यदी तपाई गम्भिर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ । डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिंदा नआत्तिनुहोस् । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस् । बैंकिङखबरबाट साभार

झापा क्षेत्र नं ५ बाट ओली सिफारिस

झापा, असोज १९ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए । झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए ।

अनुभूतिको अभिलाषा

हाम्रो जस्तो विद्यमान पुरुष प्रधान समाजमा नारीले गरेका कामहरुको सम्मान नर्गन सक्छन । तर, उनको यो कविता संगालो पढ्ने हो भने नारी पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिएको छ । आफुभित्र रहेको क्षमता, प्रतिभा र पीडालाई कसरी नारीहरुले गुम्साएर राखेका हुन्छन् ? भन्ने सहजै यो कविताबाट बुझन सकिन्छ । अरुको बारेमा कलम चलाउनुभन्दा आफ्नो बारेमा कलम चलाउनु महान् हो । भनिन्छ ‘कुनै पनि मानिसले आफूभित्र रहेको पीडालाई बाहिर ल्याउन सक्यो भने उसको मन हलुका हुन्छ ।’ लेखिकाले पनि सहित्य सृजना मार्फत ‘मभित्रको मान्छे तिमी’ नामक कविता संगालोबाट आफूभित्र गुम्सिएर रहेका वेदनाहरुलाई बाहिर प्रकट गरेकी छन । वि.स. २०७३ फागुन महिनामा प्रकाशित कविता संगालो आफैमा एक अनुभवी पात्र बनेकी छन । यसमा आफुले गर्न खोजेको सत्प्रयासको फोटाहरु समावेश गरिएको छ । पढ्दा प्रगतिशील छ भने सुरुवातीबाटै आफ्ना भोगाईलाई कविता मार्फत प्रकट गरिएको छ । जव आफुभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सक्दैन भने जीवनमा केही गर्न पनि सक्दैन । यस्तै सुगिता शाह (धिताल) को ‘मन भित्रको मान्छे तिमी’ भन्ने कविता संगालोले पनि यस्तै बुझाउछ । दिनको सूर्य रातको चन्द्र डुवेझै लाग्दछ । बसन्त पनि शिशिर जस्तो मलाई लाग्दछ ।। मिलनका यादरुपी अक्षर रोपी बस्दछु सम्झेर । ए जीवन साथि मलाई छोडर गयौ रित्तीयो संसार ।। समिक्षा: कविता संगालो म भित्रको मान्छे तिमी लेखक : सुगिता शाह (धिताल) प्रकाशन: नोबेल साकोस साहित्य प्रतिष्ठान विधा: कविता संगालो पृष्ठ: ६०।– मुल्य: १००।– यी माथिका पंक्तिले लेखिका आफैमा एक्लि र पीडित भएको बुझिन्छ । ‘संगै बाच्ने सँगै मर्ने’ कसम खाएर दुई मुटु एक धड्कन भएका जीवनसाथी सदाको लागि छुट्टिन पुगेका छन् । दैवले लेखिकाको सवै खुसी लुटेर लिएको छ । यो संगालोमा नारीको सामाजिक पहिचान देखाउन खोजिएको छ । सिउँदोको सिन्दुर पखालिदाँ विछिप्त भएको समयमा आफ्ना मनमा खेलेका कुराहरुलाई साहित्यको माध्यमबाट बाहिर ल्याएकी छन । कतिपय मनमा लागेका कुराहरु भन्दा हाम्रो समाजले नपचाउने भएकाले एउटा लेखकको माध्यमबाट फदाफाँस गरिएको छ । यो संगालो पढ्दा भावुक बनाउँछ । संसारमा सबै नष्ट हुन्छन् मात्र एउटा प्रेम बाँकी रहन्छ । त्यही प्रेमको वियोगलाई खुसीमा परिणत गरिएको छ । समाजमा सिन्दूर पुछिएको नारीलाई हेर्ने दृष्टिमा लेखिका घोर आपत्ति छ । समाजमा रहेका विकृति विसंगतिलाई हटाउन यो खोजिएको छ । कविताको संगालोमा पहिला आफुमा भएको पीडा र वेदनालाई बाहिर ल्याएकी छन । आफू एउटा नारी भएर पराईको घरमा गएपछि जीवनको सवैभन्दा खुसीको क्षण हुन्छ । त्यो क्षणलाई जीवनमा सधै भरी आदानप्रदान गरी खुसी परिवार बनाउँला भन्ने योजना हुन्छ, अन्ततः केही वर्षपछि आफ्नो जीवनसाथी लेखिकालाई यो संसारमा एक्लै छोडी आफु धर्तीबाट बिदा हुन्छ । उनको एउटा चिनोको रुपमा एउटी लक्ष्मीलाई छोडेका हुन्छन । ती लक्ष्मी दिन प्रतिदिन बढ्दै जान्छिन । र घरपरिवार सवैको बारेमा बुझ्न खोज्दा एउटै शब्दले उनको मन बहकिएको हुन्छ । त्यसपछि ती शब्दहरु कविता बन्छन । अनुभूति भनेको पूरा अनुभव ज्ञान मनस्थितिको सीमामा घुसिसकको मानसिक अनुभव परिज्ञान हो भने मन भनेको चित्त मानस दिल हृदय वा अभिलाषा भन्ने बुझिन्छ । यी दुवै अर्थलाई समावेश हुने गरी लेखिएको छ । ‘मन भित्रको मान्छे तिमी’ यो किताव अध्ययन गर्दा अरुलाई भन्दा आफैभित्र भएको कथा–व्यथालाई समावेश गरिएको छ । त्यसैले यो ‘अनुभूतिको अभिलाषा’ भनिएको छ । कविता संग्रहमा आफ्नो जीवनसाथीले छोडी गएको, शिरको सिन्दुर भेटिएको, जवानीले छोएको जीवन, कुदृष्टि, तित्तो घर, बाबु–आमाप्रति छोराछोरीको कर्तब्य, कुनै नयाँ काम गर्ने, जीवनमा सवैभन्दा ठूलो खुशी भेटिएको, आफु जन्मिएको ठाउँ, समाजमा रहेको कुप्रथा, आफु एक साहसी नारी भएका कारण आफ्नो विद्यालयमा पढ्ने विद्यार्थी लगायत अन्तत ः राष्ट्रियप्रति बफादार रही सधैँ न्याय र सत्यको विजय हुन आवश्यक छ भन्दै ६० पृष्ठमा प्रकाशित कविता संगालोको समाप्त गरिएको छ । अहमता र घमण्डले उनीहरुलाई यति उचाईसम्म पु¥याईदिएको हुन्छ । जसको कुनै सीमा हुन्न । अरु केही गर्न नसकेपनि आफुले भोगेका र देखेका कुरा लेख्न त सक्छन ? तर काम भन्दा कुरा धेरै गर्ने बानिको विकास भएको हुनाले काम कम कुरा धेरै गर्ने गर्दछन । यतिमात्र हैन घरपरिवार, समाज र राष्ट्रलाई नै एउटा सुन्दर, सभ्य, शान्त र समृद्ध बनाउनमा जोड दिएकी छन । हाम्रोजस्तो चार वर्ण छत्तीस जातको फुलबारीलाई खलबल्याउन नहुन सन्देश दिएकी छन । यसैले उनको यो कविता संगालो धेरै जस्तो स्व.दशरथ धिताललाई समर्पण गरिएर लेखिएको छ । तीन जनाको फोटा राखी ‘मेरो सानो संसार’ लेखी यो कविता संगालो अन्त्य गरिएको छ ।

चुनावको मुखमा सीडीओको सरुवा

काठमाडौं, असोज १ ।  गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै पाँच दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेका छन् । कर्मचारीको काम हेरी जिम्मेवारी तोक्ने आफ्नो घोषित प्रतिबद्धताविपरीत शर्माले गृह प्रशासनमा करिअर बनाएका अधिकारीहरूलाई अन्यत्र धपाउदै अनुभवहीन र आफूले भनेको मान्नेहरूलाई जिल्ला प्रशासनको नेतृत्वमा ल्याएका हुन् । दुई महिना पनि नपुग्दै सीडीओहरूको सरुवा हुन थालेपछि जिल्ला प्रशासन कार्यालयहरूमा कर्मचारीले काम गर्ने वातावरणसमेत बिग्रिएको जानकारी नाम उल्लेख गर्न नचाहने गृहकै अधिकारीले दिए । नयाँ जिल्लामा हाजिर भएको सामान्यत: एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रचलनविपरीत मन्त्री शर्माले पदस्थापन भएको दुई महिना पनि नपुगेका १५ जिल्लाका सीडीओ हेरफेर गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० र २१ मा हुँदैछ । निर्वाचन आयोगले त्यो चुनावका लागि आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता लागू भएपछि आयोगको सहमतिबिना सरुवा गर्न पाइँदैन । तर, मन्त्री शर्माले भने पुरानो मिति राखी आचारसंहिताविपरीत सीडीओहरूलाई छिटोछिटो सरुवा गरी जिल्लाको शान्ति सुरक्षा कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशासन कार्यालयलाई अस्थिर बनाइरहेको गृहका अधिकारीले बताए । ‘दुई महिनामा ६० जना सीडीओको सरुवा भएको छ । गृहमन्त्रीले प्रचलित नियम, परम्परा र आचारसंहिताको उल्लंघन गरी त्यति ठूलो संख्यामा सरुवा गरेका हुन्,’ ती अधिकारीले भने । भदौ ८ र साउन २६ मा उनले सहसचिव र उपसचिव तहका सीडीओको सरुवा गरेका थिए । त्यसपछि पनि विभिन्न मितिमा उनले सरुवा गरेका छन् । लामो समयसम्म गृह प्रशासनमा अनुभव बटुलेका कर्मचारीलाई भने उनले अन्यत्रै खटाएका छन् । ‘गृह अन्तर्गत नै करिअर बनाएका, अनुभवी अधिकृतहरुलाई अन्यत्रै पाखा लगाइएको छ । नयाँलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ,’ ती सहसचिवले भने । महत्वपूर्ण जिल्लाहरूमा समेत सीडीओलाई पुरानो मिति राखि समेत काजमा पठाइएको छ । गृहले मोर्रमा रामप्रसाद आचार्य, काठमाडौंमा केदारनाथ शर्मा, झापामा ऋषिराम तिवारी, धादिङ्गमा श्यामप्रसाद भण्डारीलाई काजमा सीडीओ पठाएको छ । बाँकेमा रमेशकुमार केसीलाई काजमा पठाएका छन् । हाजिर भएको ४ महिना नबित्दै म्याग्दीका सीडीओ राजुप्रसाद पौडेललाई अध्यागमन विभाग, बझाङ्गका केशव थापालाई मन्त्रालय, जुम्लाका नारायणप्रसाद सापकोटालाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, रामेछापका सुर्यबहादुर खत्रीलाई मन्त्रालय, भोजपुरका गोमादेवी चेम्जोङलाई अध्यागमन कार्यालय पुर्‍याएको छ । मनाङका सुनिल खनाल र दैलेखका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई २ महिनामै मन्त्रालयमा फर्काइएको छ । गृहमन्त्री शर्माले कतिपय आफ्ना जिल्लावासी अधिकृतलाई कनिष्ठ भएपनि सीडीओ बनाएर पठाएका छन् । बाँके, मकवानपुर, जाजरकोटलगायतमा उनले माओवादी केन्द्र निकट मानिएका अधिकृतहरूलाई काजमा पठाएका छन् । सीडीओले न्यायिक काम समेत गर्नुपर्ने भएकाले त्यससम्बन्धी तालिम लिनै पर्ने अनिवार्य व्यवस्था छ । तर, अहिले गृहले सरुवा गरेका आधा भन्दा बढी सीडीओले त्यससम्बन्धी तालिम समेत नलिएको दाबी श्रोतले गरेको छ । पूर्व मुख्य सचिव विमल कोइराला आचारसंहिता लागेका बेला यसरी सरुवा गर्न नमिल्ने बताउँछन् । ‘सरुवा नगरी नहुने केही ठाउ भए बेग्लै कुरा । तर, चुनावको मुखमा ठूलो संख्यामा सरुवा गर्दा नियतमाथि प्रश्न उठ्छ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ’, कोइरालाले भने । सीडीओ सरुवा गर्दा सम्बन्धित व्यक्तिको योग्यता, तालिम, संयोजनकारी भूमिकासमेत ख्याल गर्नुपर्ने प्रचलन रहेको उनले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने सरुवालाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने बताए । ‘कतिपयको चाँडो हुन्छ । कतिपय लामो समय बस्न पनि सक्छन् । सम्बन्धित जिल्लाको सुरक्षा संवेदनशीलताका आधारमा पनि सरुवा हुन्छ,’ उनले भने । गृह प्रशासनमा लामो अनुभव सम्हालेका सहसचिवहरु बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालय, यादव कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नारायणप्रसाद दवाडीलाई मन्त्रालयमै काज सरुवा गरिएको छ । सहसचिवहरु चक्रबहादुर बुढालाई मकवानपुर, आशमान तामाङलाई सिन्धुपाल्चोक, सिताराम कार्कीलाई सुर्खेत, नारायणप्रसाद भट्टराईलाई बर्दिया, चन्द्रमान श्रेष्ठलाई उदयपुर, मदन भुजेललाई कपिलवस्तुको सीडीओमा काजमा पठाइएको छ । ‘गृहमन्त्रीले गृहकै अनुभव बोकेकालाई छानीछानी पन्छाएका छन् । नयाँ र अनुकुलका अधिकृतलाई सीडीओको जिम्मेवारी दिँदै पठाएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई मध्यनजर गरी सरुवा गरिएको हो’ गृहमा लामो अनुभव बोकेका एक अधिकृतको विश्लेषण छ । -कान्तिपुरबाट  

कति पढेका छन् हाम्रा नेता र मन्त्रीले ?

एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । यही सन्दर्भमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलिएकाे छ । पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित ५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् । डबल डिग्री गरेका दुईजना मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट प्रधानमन्त्री एमए पास प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् । भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् । भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् । तस्विर: नयाँ पत्रिकाबाट अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् । युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् । स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिए गरेका मन्त्रीहरु उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् । भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् । ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् । उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । आइए पढेका मन्त्रीहरु आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् । पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् । एसएलसी मात्र गरेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् । कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ । सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् । अन्डर एसएलसीवाला/स्वअध्ययनवाला गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।   यी हुन् विदेश पढेका नेता शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् । डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए । डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए । महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् । डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे । रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ । पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् । डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए । डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् । डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् । भारतमा पढ्ने धेरै नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् । डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् । के भन्छन् कम पढेका मन्त्री ? अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु । मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो । पढाइ नै निर्णायक होइन नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ । विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् । तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ -नयाँ पत्रिकाबाट

भदौं १ भित्र चुनावको मिति तोक्न सरकारलाई आयोगको ताकेता

काठमाडौं,  साउन २३ । भदौ १ गतेभित्र संसद र प्रदेशको चुनावको मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगका पदाधिकारीहरुले आगामी भदौ १ गतेभित्र चुनावको मिति घोषणा गर्न आग्रह गरेका हुन । साथै आयुक्तले दुबै निर्वाचन एकै चरणमा गर्ने हो भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने पनि बताएका छन । आयोगका पदाधिकारीले निर्वाचनका लागि आवश्यक ऐन कानुन संसदबाट छिटो पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आउने वातावरण बनाउन आग्रह गरेको एक आयुक्तले बताए । सम्भव भएसम्म मंसिर पहिलो साता र ढिलामा दोस्रो साताभित्र दुबै निर्वाचन गरिसक्नु पर्ने निर्वाचन आयोगले बताएको छ । प्रधानमन्त्री देउवाले चुनावका लागि आवश्यक ऐन कानुन र प्रतिवेदन छिट्टै पाउने बताएका छन् । उनले संसद र प्रदेशको दुबै चुनाव एकै चरणमा गर्न प्रस्ताव गरे । प्रधानमन्त्री देउवाले तयारीका लागि समय पनि भएको र एकै चरणमा गर्दा खर्च पनि कम हुने बताए । साथै देउवाले ऐन कानुन र प्रतिवेदन तयार हुनासाथ चुनावको मिति तोक्ने आश्वासन दिएका छन् ।

Feature story: Health Insurance Programme getting more members gradually

Kalpana Poudel Kathmandu, July 28: Health insurance programme launched by the government one and half years ago has started getting more and more members gradually. In the beginning, people were in confusion about the programme launched with a new concept. The programme, launched with an objective of providing easy and smooth health services to the people, has been expanded to 15 districts and people have started showing interest in the programme. Director of Social Health Security Development Committee, Dr Gunaraj Lohani, said that problem was faced in the beginning to convince the people to become members of the programme. Various queries developed about the programme including process to get treatment service, available treatment service of the type of diseases and whether or not the insurance amount is returned if the policy-holder meets natural death have put the people in dilemma. He said now people have started knowing about the programme once it launched. Dr Lohani said, “It has become a little bit easier to make people aware about the health insurance programme after imparting training to chiefs of service-providing organizations, doctors and pharmacists, among others. The government had launched the programme one and half years ago to provide easy and smooth treatment service to the general people through Social Security Development Committee. The programme launched from Kailali district from April 7, 2016 has now 84,000 policy-owners, according to the Committee. According to the Committee, there will be more than 100,000 insurance policy-owners by the end of the fiscal year 2016/17. The Committee has the record that out of 84,000 insurance policy holders, 24 per cent members or 20,000 policy holders have so far received the treatment service. The programme has been implemented in Kailali, Baglung, Ilam, Kaski, Palpa, Myagdi, Achham, Baitadi, Jumla, Jajarkot, Chitwan, Makawanpur, Bhaktapur, Tanahu and Gorkha districts. All the preparations have been completed to implement the programme in other districts including Mahottari, Bardiya, Surkhet, Jhapa, Parsa, Sindhuli, Solukhumbu, Sunsari, Rautahat and Rolpa, said Social Health Security Development Committee Officer, Jaguram Chaudhary. Palpa and Kaski districts are in forefront to acquire membership of the programme. More than 20,000 people have become members in Palpa while 23,000 in Kaski. Kailali, however, has the highest number of insurance policy holders receiving health treatment service. The insurance programme was initiated from Kailali. Out of 11,686 members in the district so far, 6101 members received the health treatment service. Out of the policy holders, number of woman policy holder is high as compared to men. The programme has been initiated in Bhaktapur, Gorkha, Tanahu, Chitwan, Jumla, Jajarkot and Makawanpur districts from mid-June. People, who have acquired membership in mid-June would get health treatment service from mid-August. The Committee has signed an agreement in order to provide health treatment services to its members only at Bir Hospital, Teaching Hospital, Manmohan Cardiothoracic Vascular and Transplant Centre, Patan Academy of Health Sciences, Gangalal Heart Centre, Maternity Hospital, Trauma Centre, Sukraraj Tropical and Infectious Disease Hospital, Teku. The highest number of members has received treatment service at Bir Hospital so far. Chief of Social Security Unit of Bir Hospital and focal person of the health insurance programme of Bir Hospital, Tikaram Paneru, said that more than 60 members received the service. People of the districts, where the programme has been implemented, can get membership of the programme for five members after paying Rs 2,500 annually. The family can get treatment service of Rs 50,000 within a year after getting the membership of the programme. There is the arrangement that the family having more than five members can also be members of the programme after paying additional Rs 450 for each member and can get treatment service of Rs 60,000. The membership is only valid for one year. The family should pay the same charge again to get the membership for next year. The health insurance programme provides OPD service, emergency services as well as different health tests and medicines. The member can get health-test, X-ray as well as other services. The health insurance programme does not incorporate plastic surgery, ear-phone and expensive glasses. The members injured in clash after consuming alcohol cannot get treatment service under the programme. Committee Director Lohani said that although the insurance removes possibility of a big disease, the committee does not help the issues mentioned above. He said, “A policy holder has to mention the name of health institutions where he/she wants to undergo check-up in course of filling up the forms of insurance programme. An arrangement has been made to get treatment service at central hospital through health posts, primary health centre, district hospital and regional hospital. Committee officer Rabindra Ghimire said that only the referred and emergency patient can get treatment service at the central hospital. In other hand, it is important to know that the family cannot get insurance amount return back if a member of the family gets natural death. The family members should mention the name of hospitals if they want to get treatment service from different hospitals. The Committee has already sent different medical equipments including x-ray machines, ECG in some districts, where the programme has been implemented, for the same and the medical equipments will be sent in other remaining districts soon, said Chaudhary. RSS (Translated by Avilasha Pokharel)

‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’

काठमाडौं, असार १९। चिकित्सक अरुणा उप्रतीद्वारा लेखिएको स्वास्थ्य र जीवनशैली सम्बन्धी ‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’ पुस्तक आइतबारदेखि बजारमा आएको छ । स्वास्थ्य सम्बन्धी आम सरोकारका विषयहरुलाई समेटिएको पुस्तक उप्रेती र लक्ष्मण अधिकारीले संयुक्त रुपमा लेखेका हुन् । हरेकदिन हामीले खाने खाना कति स्वास्थ्यवद्र्धक छ ? भान्साहरु कति उपयोगी छन् ? भान्सामा पौष्टिक तत्वको प्रयोग भएको छ ? भन्ने विषयमा पुस्तक विशेष चर्चा गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखिका उप्रेतीले आफुले प्राप्त गरेको पोषण सम्वन्धि ज्ञानको विश्वविद्यालय नै आफ्नी हजुरआमा र आमाको भान्सा रहेको बताइन् । उनले भनिन् ‘मुलुकभर डुलेर जनस्वास्थ्यका क्षेत्रमा काम गर्दा खानपानका बारेमा लेख्न प्रोत्साहित भएँ । पुस्तकका अर्का लेखक अधिकारीले उप्रेतीसँग २० वर्षदेखि लेखन कार्यमा सहकार्य गर्दै आएको बताए । कार्यक्रममा बाल्दै मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्चरक्तचाप, मधुमेह लगायत समस्या न्यूनीकरण गर्न पुस्तक सहयोगी हुने बताए । क्यगचअभस् जततउस्ररधधध।जबmचयमयअतयच।अयmरलभधकरछढछबण्बद्दमठडााड

आफ्नै खुट्टामा बञ्चरो हान्दै राजपा

गोकर्ण भट्ट काठमाडौं, जेठ ३० । शक्ति सन्तुलनमा आफू माथि पर्न सकिएन भने राजनीतिमा जडता र अहमताले क्षति गर्छ भन्ने कुरा बुझेर नै होला, जनयुद्दले रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेकोे बेला माओवादीले शान्ति प्रक्रियामा अवतरण गर्यो । यो चुरेको टुप्पोमा पुग्ने लक्ष लिएको व्यक्ति मैदानमा अवतरण गर्नु जस्तै थियो । रणनीतिक शक्ति सन्तुलनको अवस्थामा आफ्नो शक्ति प्रतिपक्षको शक्तिभन्दा कमजोर भएको अवस्थामा नारा र राजनीति जतिसुकै राम्रो भएपनि लचिलो हुनुपर्ने बाध्यता हुन्छ । तर यो बाध्यता नबुझेर कोरा दम्भका आधारमा अड्डी कसेर बस्ने हो भने यसले तत्कालमा केही फाइदा गरेजस्तो लागेपनि दीर्घकालमा ठूलो क्षति हुन्छ । यसको उदाहरण नेपालको राजनीतिमा मोहनबिक्रम हुन । पञ्चायती शासन ढलेलगत्तैको निर्वाचन–२०४८ मा तत्कालिन नेकपा मसालले निर्वाचन बहिस्कार गर्यो । संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्ने अडान थियो मसालको । बुर्जुवा संसदीय चुनाव भन्दै उनीहरुले बहिस्कार गरे । सैद्धान्तिकरुपमा उनीहरु ठीक थिए होलान् तर तत्कालिन परिस्थिति र उनीहरुको अडानबीच कुनै तादाम्यता मिलेको थिएन । ३० वर्षे पञ्चायती कालरात्रीबाट मात्रात्मक परिवर्तन भएपनि जनता मुक्त भएका थिए । एउटा मात्रात्मक र सुधारात्मक राजनीतिक आन्दोलनलाई कार्यनीतिक मुद्दा बनाएर अघि बढ्नुपर्ने बस्तुगत परिस्थ्तिि थियो त्यो बेला । तर मोहनबिक्रमहरुले कोरा राजनीतिक जडता र क्रान्तिकारी देखाए, चुनाव बहिस्कार गरे । यसले आम जनतामा चुनावको रणनीतिमार्फत उनीहरु जान पाएनन् । संगठन छिन्नभिन्न भयो । बाबुरामदेखि कैयन् नेताहरु एकताकेन्द्रमा समाहित भए । र, राजनीतिक कार्यदिशा नै निर्णायक हो भन्ने एकसूत्रीय रट लगाउँदै आएका मोहनबिक्रमहरु एजेण्डामा जतिसुकै सही भएको दावी गरेपनि संसदीय राजनीतिमा किनारामा नै छन् । केन्द्रमा पुग्न सकेका छैनन् । न उनीहरुले क्रान्ति गर्न सक्छन्, न संसदीय व्यवस्थाको विकल्पमा जनसंघर्ष (जुनसुकै स्वरुपमा किन नहोस्) । ठीक यही बिन्दुमा अहिले मधेसभित्रको एउटा ठूलो शक्ति राष्ट्रिय जनता पार्टी पुगेको छ । राष्ट्रिय जनता पार्टीभित्रको बहुमत नेतृत्वले दोश्रो चरणको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । यो पनि ठीक त्यो अवस्थामा, जतिखेर सिँगो तराई पहाडमा निर्वाचनको आगो बलेको छ । घर घरमा, चोकचोकमा, कार्यकर्तादेखि नेतासम्म निर्वाचनको रापले तातेका छन् । यो स्थितिमा संविधान संशोधनको एक सूत्रीय रट लगाएर राजपाले आन्दोलनको घोषणा गरेको छ । उनीहरुले निर्वाचन बिथोल्ने घोषणा गरेका छन् । तर मधेशको कोणबाट उनीहरुको अडान सही गलत जे भएपनि राजनीतिक कोणबट यो उनीहरुका लागि ठूलो आसन्न संकट हो । किनभने बस्तुगत परिस्थितिको उपेक्षा गरे जाने अवस्थामा दीर्घकालमा यसले शक्ति क्षयकरण गर्नुबाहेक अरु केही गर्दैन । राजपाले के का आधारमा निर्वाचन बहिस्कार गर्न खोज्दैछ भन्ने कुरा आमरुपमा स्थापित गर्न सकेको छैन । प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि देउबाको आरोहणसम्म हेर्दा उनीहरुका मागमा मात्रात्मक परिवर्तन हुँदै निर्वाचनमा उनीहरु सहभागी हुने वातावरण सरकारले निर्माण गरेको छ । यदि तत्कालिन प्रधानमन्त्री ओलीले मधेसी दलहरुसँग निषेधको सम्बन्ध राखेजस्तै अवस्था हुन्थ्यो भने मधेसी दलहरुका लागि अहिले निर्वाचन बहिस्कार गर्दा त्यो एजेण्डा मधेसका जनतासामु स्थापित गर्न सक्ने अवस्था देखिन्थ्यो । तर बस्तुगत स्थिति त्यो होइन । पहिलो कुरा, सरकारले तत्कालिन मधेसी मोर्चाले अघि सारेका अधिकांश माग पुरा गरेको अवस्था हो । झुठा मुद्दा, शहीद र घाइते परिवारलाई सहयोगलगायतका माग उहिल्यै पुरा भएका हुन । बाँकी राजनीतिक मागहरुमा राज्य पुनःसंरचना गर्दा संख्या थप्ने विषय समेत सरकारले २२ वटा स्थानीय तह थप गरेर पुरा गरेको हो । मधेसी दलहरुले २२ ले पुगेन भनेपनि अस्तित्वमा रहेका अन्य राजनीतिक दलहरुलाई समेत सहमतिमा ल्याउन २२ को संख्या मध्यबिन्दु हो । बाँकी रहेको एउटा मुख्य विषय बनेको संविधान संशोधनको विषय हो । संविधान संशोधनको विषयमा समेत तीनपटकसम्म संशोधन सरकारले गरेर व्यवस्थापिका संसदमा त्यो दर्ता गरेको अवस्था हो । यो संशोधन सरकारले मधेसी दलरु सम्मिलित कार्यदलले दिएको आधारमा गरेको हो । अब बाँकी रह्यो संशोधन पास गर्ने कुरा । संशोधन पास गर्न दुई तिहाई चाहिन्छ । र, अहिले एमाले, जनमोर्चा, माले र नेमकिपाको भूमिका हेर्दा दुई तिहाई पूग्न सक्दैन । सरकारले नगर्ने भनेको छैन । यो सबै कुरा स्पष्ट हुँदाहुँदै पनि संशोधन नभई चुनावमा जान्न भन्नुको कुनै तर्क र तुक देखिन्न । त्यसैले राजपाका अगाडि अहिले आफूले निर्वाचनको बिरोध किन गरेको भन्ने आधार जनतासामु स्थापित गर्ने कारण देखिन्न । संविधान संशोधन भएन, त्यसमा सरकारको के गल्ती ? सरकारले प्रस्ताव नलगेको हो ? सरकारले मतदानमा लैजाने ? यदि त्यो प्रस्ताव पारित भएन भने मधेसका दलले मान्ने कि नमान्ने ? यो कुरा उनीहरु स्पष्टसँग भन्न सक्दैनन् । एमालेले विपक्षमा मतदान गर्ने स्पष्ट भएको अवस्थामा त्यहाँ संख्या पुग्दैन । अनि एमालेसँग आफ्ना मुद्दामा छलफल गर्नुको साटो एकोहोरो रट लिएर निर्वाचन बहिस्कार गरेर संविधान संशोधन हुन्छ त ? कदापी हुँदैन । बस्तुगत परिस्थितिलाई उपेक्षा गरेर लहडको भरमा, सनकको भरमा, कोरा जिद्दि गरेर जाने राजपालाई उछिन्दै उपेन्द्र यादवहरुले भने चुनावको तयारी गरेका छन् । हिजो पहिलो चरणको चुनावमा समेत मधेसी मोर्चाभित्र यही जडता कायम नै रहेको अवस्थामा यादवले निर्वाचन आयोगमा दल दर्ता गरे । बाबुराम भट्टराईको नयाँ शक्तिसँग कार्यगत एकता गरेर केही स्थानमा चुनाव लडे । अहिले दोश्रो चरणको निर्वाचनमा समेत सरिता गिरीलगायतसँग उनीहरुले एकता गरेर चुनावको माहौल तयार गरेका छन् । यसले उपेन्द्र यादव मधेसका अन्य नेताहरु भन्दा बढी दूरदर्शी देखिएका छन् । राजपाले निर्वाचनमा भाग नलिने अवस्थामा यसले मधेसका मुद्दा दीर्घकालमा कमजोर हुने एउटा संकट छ भने अर्कोतर्फ राजनीतिकरुपमा यसले उपेन्द्र याव र बाबुराम भट्टराईलाई फाइदा पुग्ने देखिन्छ । किनभने राजपाले बहिस्कार गरेपनि मधेसले पूर्णरुपमा निर्वाचन बहिस्कार गर्ने अवस्था अहिले छैन । निर्वाचनको माहौल बनिसकेको छ । यो अवस्थामा राजपा समर्थित कार्यकर्ताहरु उपेन्द्र यादवहरुको पक्षमा उभिने सम्भावना बढ्न जान्छ । कतिपयस्थानमा उम्मेदवार बनाएर, कतिपय स्थानमा समर्थक बनेर उपेन्द्र यादवहरुको पक्षमा जनमत बढ्ने अवस्था सिर्जना हुन्छ । र, उपेन्द्र यादवको पार्टीसँग एकताको घोषणा गरेका बाबुरामका लागि भविष्यमा हुने एकताबाट मधेसमा उल्लेख्य उपस्थिति देखाउने अवसर प्राप्त हुने छ । यता ठीक उल्टो राजपाका लागि केन्द्रमा चार पाँच पार्टी मिलेर, ठूला नेताहरु देखिएर ठूलो देखिने अवस्था भएपन धरातलमा भने कमजोर संगठन र जनआधार नहुने अवस्था सिर्जना हुने छ । राजनीतिमा सबै अवस्थामा प्रहार मात्रै हुँदैन । सबै अवस्थामा दुई पाइला अघि मात्रै सरिँदैन । रणनीतिक सन्तुलन हुन नसक्ने अवस्थामा एक पाइला पछाडि पनि हट्नु पर्छ । शक्ति सञ्चयको रणनीति अख्तियार गर्नुपर्छ । राजपाले अहिले स्थानीय तहमा कब्जा जमाउन सक्छ । दुई नम्बर प्रदेशमा बहुमत ल्याउन सक्छ । यसको असर भोली प्रदेश र केन्द्रमा पर्ने हुन्छ । र, त्यतिखेर केन्द्रमा उल्लेख्य संख्या ल्याउन सके यही संविधान संशोधन गर्न पनि एमालेका अगाडि हात फैलाउनुपर्ने अवस्था रहन्न । त्यसैले यो निर्वाचनलाई कार्यनीतिक भन्दा पनि रणनीतिक महत्वका आधारमा उपयोग गर्नु नै राजपाका लागि दीर्घकालिन फाइदाको विषय बन्ने छ । अन्यथा, राजपा अस्तित्वमा रहन्छ, उसका एजेण्डाहरु जनताले मन पनि पराउँछन् तर उसको प्रभाव समयक्रमसँगै मसालको जस्तो हुने संकेत स्पष्ट देखिन्छन् ।

जनप्रतिनिधिलाई कसरी सपथ गराउने प्रश्न अनुत्तरित

काठमाडौं,जेठ १ । मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । तर ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ । स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नाउने भने  निश्चित प्राय भएको कारोबारमा खबर छ ।

अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन

ऐतिहासिकरुपमा सिन्धुलीगढीको चर्चा नसुन्ने कमै होलान् । यही गढीको इतिहास बोकेको सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा चुनावी माहौल निकै तातेको छ । र, सोही अनुरुप उम्मेदवारहरुको लर्को पनि थपिँदैछ । उम्मेदवारका कतिपय आकांक्षीबीच नेकपा माओवादी केन्द्रबाट भने रामबहादुर थापाको चर्चा बाक्लो छ । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थापा कमलामाई नगरपालिकालाई नमूना नगर बनाउने सपना देख्नुहुन्छ । कसरी हुन्छ त यो सपना पुरा ? थापासँग एभरेष्टदैनिकडटकमले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । मेयर पदका लागि उम्मेदवारी दिने सोच कसरी आयो ? यतिखेर नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व हामी सबै सामु रहेको छ । यी उपलब्धिी संस्थागत गर्न सकिए भने मात्रै हामी आफ्नो क्षेत्रको समेत विकास गर्न सक्छौं । त्यसैले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, बिभिन्न पिछडिएको वर्गको साथै जनताको हक अधिकारलाई संस्थागत गर्न र सोही अनुरुप स्थानीय जनताका अपेक्षा पुरा गर्न सक्ने नेतृत्व आवश्यक भएकोले मैले उम्मेदवारी दिन खोजेको हुँ । अर्कोतर्फ आम नगरवासीले समेत अग्रगामी सोच राख्ने, नगरको भलो सोच्ने, केही नयाँ र दीर्घकालिनरुपमा समृद्धीको बाटोमा लैजान खोज्ने नेतृत्वको चाहना राखेका छन् । त्यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ । पार्टीमा मेयरका लागि अरु पनि आकांक्षी देखिन्छन्, तपाईलाई नै किन टिकट दिने त ? पार्टीले एउटा महान उद्देश्य बोकेर सशस्त्र संघर्षदेखि आर्थिक समृद्धिको नेतृत्व गरिरहेको छ । पार्टीका सर्वोच्च नेता कमरेड प्रचण्डको ठूलो त्याग र कुशलतापूर्ण नेतृत्वलाई सम्मान गर्दै म लामो समयदेखि पार्टीको मिशनमा सहभागी छु । यही आधारमा अहिले माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजनक समितिको जिम्मेवारी निर्वाह गरिरहेको छु । २०४९ सालको स्थानीय निर्वाचनमा मझुवा गाविसको अध्यक्षको जिम्मेवारी र २०५४ को निर्वाचनमा यसै कमलामाई नगरपालिकाको क्षेत्रबाट जिल्ला विकास समितिको सदस्य भएर मैले आफूले सकेसम्म पार्टीको नीति पालना गर्दै जिम्मेवारी पुरा गरे । यसैगरी सामाजिक क्षेत्रमा समेत म सक्रिय रहँदै आएको छु । गणेश मावि मझुवा, सिन्धुली विद्याश्रम मावि दोभानटार, गौमती उच्च मावि माडी बजार, कमला उच्च मावि ढुंग्रेवास र सिन्धुली बहुमुखी क्याम्पय लगायतका शैक्षिक संस्थाहरुमा लामो समयसम्म बिभिन्न जिम्मेवारीमा काम गरेँ । जनतालाई केन्द्रमा राखेर उनीहरुका ससाना गुनासा सुन्ने, आवश्यक पहल गर्ने, विकास निर्माणलगायतका कार्यमा सक्रियता, आम जनतामाझ मेरो लोकप्रियता र इमान्दारिता जस्ता पक्ष पार्टीले मूल्यांकन गर्ने मेरो विश्वास हो । हाम्रो नगरलाई समृद्ध बनाउन, आम जनताका समस्याहरु हल गर्न, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न, विकास निर्माणको अभियान सञ्चालन गर्न मसँग रोडम्याप छ, पार्टीले दिने निर्देशन छ, यस आधारमा जनता र पार्टीले मलाई विश्वास गर्छन भन्ने लागेको छ । कमलामाईको विकासका लागि तपाईको रोडम्याप के छ त ? कमलामाई नगरपालिका एउटा विशिष्ट इतिहास बोकेको क्षेत्र हो । बेलायती साम्राज्यवादका सेनाहरुको पराजय देखि इतिहासका कैयन् कालखण्डमा यो क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तो सुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जानसक्छन् । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने मेरो रोडम्याप हो । यसका लागि नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो भौगोलिक अवस्थिति जटिल भएपनि यसले यथेष्ट सम्भावना बोकेको छ । हामीले महाभारत पर्वतको संरक्षण गरि उक्त क्षेत्रका बस्तीहरुलाई व्यवस्थित गरी कृषि क्रान्ति गर्नुपर्छ । यसक्षेत्रको भूसंरक्षण आवश्यक छ । अनावश्यकरुपमा बालुवा खनन हुने कुरा रोकिनु पर्दछ । नगरपालिकाले नै किसानलाई आवश्यकता अनुसार दाल चामलको व्यवस्था गर्नुपर्छ । माथि डाँडापाखामा सोही अनुसारको खेती गरी भुक्षय रोक्ने, र सोही अनुसारको कृषि खेती गरिनु जरुरी छ । यसबाटस्वच्छ पिउने पानी सिंचाईको लागि आवश्यक पर्ने पानीको साथै मझौला खाले विद्युत गृह निर्माण गर्न मद्दत पुग्नेछ । भूक्षय रोकिएमा माढी फाँट बजार बस्तहरुमा तटबन्द गर्नुपर्ने र सधै बस्तीहरु जोखिम पर्ने समस्याको अन्त्य हुनेछ । साथसाथै ऐतिहासिक सिन्धुली गढीको सौन्दर्यतामा वृद्धि भई पर्यटन व्यवसाय फस्टाउनेछ । यसबाट नगरपालिकाले प्रशस्त फाइदा पाउनेछ । फलफूल र बोट विरुवाहरु हुर्किसकेपछि यस भेगका बासिन्दाको परम्परागत खेती गर्दा लाग्ने श्रमको बचत हुनेछ । त्यो समय अन्य क्षेत्रमा लगाउन सकिनेछ । वनस्पतिजन्य खेतीबाट उत्पादित वस्तुलाईलाई नगरपालिकाले नै खरिद विव्रmको व्यवस्था मिलाउनु पर्छ । उक्त खेती गर्दा किसानलाई नोक्सानी परे नपाले क्षतिपूर्ति दिनेछ । वातावरण जोगायबापत पाउने रोयल्टी सम्बन्धित निकायबाट लिई किसानलाई वितरण गरिनेछ । वन जंगलबका बिचका ससाना वस्तीलाई समधर भूमिमा जहाँ पहिरो र डढेलोको जोखिम हुँदैन र विकास निर्माण गर्न सहज हुन्छ त्यस ठाउँको अध्ययन गरी उनीहरुको मन्जुरीमा बस्ती व्यवस्थापन गरिनेछ । जसबाट विकासका पूर्वाधार निर्माण गर्न सहज हुनेछ । समथर र उर्वर भूमिलाई आधुनिक खेती गर्ने व्यवस्था मिलाउनु पर्छ । जमिनको बाझो राख्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । कमला नदि र मरिण ठाकुरको जलाधार क्षेत्रका मुहानहरुमा रहेका वस्तीहरुलाई आवश्यक मुअब्जा दिई त्यस क्षेत्रमा बोट विरुवा लगाउन अभिप्रेरित गरिनेछ । भूमिको स्वामित्व सम्बन्धित व्यक्तिको नै हुनेछ । सिन्धुलीमाढी, भिमान लगायत नपाक्षेत्रभित्र रहेका व्यापारिक केन्द्र र बजार वस्तीहरुलाई व्यवस्थित गरी बाटो पानी ढल बिजुलीको प्रबन्ध मिलाइनेछ । जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गरिनेछ । निर्वाचित जनप्रतिनिधिहरुले दिनको न्यूनतम दुई घण्टा सार्वजनिक काममा खट्नु पर्नेछ । विस्तारै यो प्रकृयामा नगरवासीलाई सामेल हुन अपिल गरिनेछ । यसबाबट श्रमप्रति सम्मान गर्न र चोक चोक र चिया पसलमा बसी अनावश्यक गफ गरी समय बिताउने प्रवृत्तिलाई क्रमैसँग निरुत्साहित गरी नगर निर्माणमा नगरवासीको योगदानलाई प्रोत्साहन गरिनेछ । नगर प्रमुखको स्प्रीड अनुसार नगरको गति अघि बढाउने हुँदा प्रमुखले दिनको चार घण्टा सार्वजनिक निर्माणमा श्रमदान दिईनेछ । सबै नगरवासीका हातले नै नगरको भविष्य कोरी देशकै उत्कृष्ट नगरपालिका बनाइनेछ । नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी जुनसुकै विद्यालयमा पढ्ने इच्छा विद्यार्थीले गरे पनि सोको व्यवस्थापन नगरपालिकाले मिलाउनेछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको पुस्तक, कापी कलम, पोशाक र विहानको खानाको व्यवस्था नगरपालिकाले मिलाउने छ । विस्तारै विद्यार्थीको बसोबास समेत मिलाउनेछ । प्राविधिक शिक्षामा जोड दिइनेछ । स्वस्थ जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गरिनेछ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । ऐतिहासिक सिन्धुली गढी, धार्मिक स्थल शिद्धबाबा, कालीमाई, कमलामाई लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्र्याइनेछ । सिन्धुलीगढी र गोल्न्जोर पर्वतलाई जोड्न महाभारत डाँडामा पद मार्ग निर्माण गरिनेछ । पर्यटक भित्र्याउन यो पैदल मार्गले ठूलो भूमिका निर्वाह गर्नेछ । अन्य गाउँपालिकासँग समन्वय गरि यो पैदल मार्ग हरिहरपुर गढी, दुम्जा र फिक्कलसम्म विस्तार गर्न नगरपालिकाले पहल गर्नेछ । यसको मुख्य केन्द्र सिन्धुलीगढी हुनेछ । नगरभित्रका जष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि आश्रम खोलीनेछ । ती नागरिकको जिम्मा नगरपालिकाको हुनेछ । नगरबासीहरुको बृहत सर्वपक्षिय भेला गरी त्यसबाट प्राप्त रायसुझावको आधारमा नगरपालिकाको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । अहिले भोग्नुपरेको समस्याहरु के के छन् ? यो नगरपालिकाभित्र साविक जलकन्या गाविस, भद्रकाली गाविस, डाडीगुराँसे गाविस, कमलामाई नगरपालिका, रानीचुरी गाविस र रानीबास गाविस रहेकाले गर्दा महाभारत पर्वत, चुरेक्षेत्र समेत यसै नगरपालिकाभित्र पर्दछन् । यस क्षेत्रबाट बग्ने बाढी पहिरोको कारण यो नगरपालिका अति नै जोखिममा छ । सर्वप्रथम यो समस्या हल गर्नु नगरपालिकाको पहिलो जिम्मेवारी हुनेछ । जसको लागि अबलम्बन गर्नु पर्ने उपायहरु सवाल नं. ३ को जवाफमा दिइएसकेको छु । यसको साथै गरिबी, शिक्षा, स्वास्थ, सरसफाई, बेरोजगारी पनि यो नगरको मुख्य समस्याहरु हुन । अरु दलहरुले पनि जित्ने दावी गरेका छन्, तपाईको मुख्य प्रतिस्पर्धी को ? गत दोस्रो संविधान सभाको निर्वाचनमा हाम्रो पार्टी विरुद्ध कांग्रेस र एमालेले मोर्चाबन्दी गरेका थिए । अहिले पनि त्यसै गर्छकि भन्ने मात्र डर हो । अन्यथा यो नगरपालिका क्षेत्र विगतदेपखि नै हाम्रो पार्टीको आधार क्षेत्र नै हो । त्यसैले कोही कसैसँग डराउनु पर्ने अवस्था छैन ।  नगरवासीले तपाईलाई किन जिताउने ?  यो निर्वाचन भनेको विगतमा भएका गाविस, नगरपालिका र जिविसको जस्तो अधिकार विहिन जनप्रतिनिधिहरुको चुनाव नभई सिंहदरवार भित्र राखिएको अधिकार खोसेर तपाई हाम्रै घर दैलोमा ल्याउने प्रक्रिया हो । यो अधिकार तपाई हामीले नै चुनेको प्रतिनिधिहरुद्वारा तपाई हामीलाई नै उपलब्ध गराउने निर्वाचन भएको हुँदा सबै नगरवासी आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरुले असाध्यै गम्भिरतापूर्वक लिनुहुनेछ भन्ने आशा लिएको छु । चुनाव जिताउने भनेको सम्मानित नगरवासीको हातको कुरा हो । यहाँका जनसमुदाय विगतदेखि नै बामपन्थी विचारले ओतप्रोत भएको हुनुुहुन्छ । यसर्थ हाम्रो पार्टी माओवादी केन्द्र साच्चिकै कम्युनिष्टहरुको केन्द्र भएको हुँदा यसका उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ । उम्मेदवार जो भएपनि यसले खासै महत्व राख्दैन । तैपनी मतदाताहरुले चिने जानेकै व्यक्ति भए मतदाता पनि यसै नगरपालिका क्षेत्रको जिविस सदस्य समेत भई काम गरीसकेको हुँदा मेरो बारेमा राम्रा नराम्रा सबै कुरा नगरबासीहरुलाई अवगत नै छ । मलाई विश्वास छ कि म प्रति झण्डै ८० प्रतिशत मतादाताहरुको सहानुभुति हुन्छ । तसर्थ उम्मेदवारी दिए भने मैले हार्छु भन्ने लाग्दैन मलाई । जित सुनिश्चित छ ।

शिक्षामा गुणस्तर र आधुनिकरणका लागि गाउँ गाउँमा फ्रि वाईफाई !!

शिक्षा अर्थात चेतना यसको विकासका लागि नयाँ नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ। विभिन्न खोजमुलक नयाँ जानकारीहरुको साथमा दिएको आधुनिक शिक्षा र हिजो एउटा बन्द कोठा भित्र कालोपाटीमा चकको धुलो उडाउँदै दिएको शिक्षामा आकाश जमिनको फरक छ । आधुनिक शिक्षासँग जोडिएको महत्त्वपूर्ण पक्ष भनेको इन्टरनेट अर्थात वाईफाई नै हो । पछिल्लो चरण नेकपा माओवादी केन्द्रले स्थानीय चुनावलाई लक्षित गर्दै ल्याएको गाउँ गाउँमा फ्रि वाईफाई भन्ने नारालाई एमाले कांग्रेस लगायतका यथास्थितिवादी पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न हाँसी मजाकका साथ खिल्ली उडाउँदै समाजिक संजालमा भाइरल बनाइरहेका छन् । कतिले बुझेर पनि आफ्नो दलको हनुमानगिरी देखाउन विरोध गरिरहेका छन भने कतिपयले वाईफाईसंग फेसबुक अनि फेसबुकले निम्त्याएको विकृति सम्झेर विरोध गरिरहेका छन। इन्टरनेट भनेको सामाजिक संजालको प्रयोग गर्नलाई मात्रै हैन। यसलाई सदुपयोग गरेर प्रयोग गर्न सकियो भने शिक्षा क्षेत्रमा राम्रो फड्को मार्न सक्ने अवस्था छ । २०२४ साल देखिको शिक्षा पद्धति अनुसार पठनपाठन निरन्तरता दिइरहेको हाम्रो देशको शिक्षा पद्धतिले देशमा वेरोजगार युवाहरु जन्माउनु बाहेक अरु केही गर्न सकिरहेको छैन । नेपालमा प्राप्त गरेको शैक्षिक प्रमाणपत्रले छिमेकी मुलुक भारतमा समेत काम नगरेको अवस्थमा युरोप, खाडी मुलुकहरुमा मान्यता पाउछ भन्नु कल्पना बाहिरको कुरा हो। हामी नेपालमा १५,२० वर्षसम्म शिक्षामा जिन्दगी विताएर मास्टर डिग्री गरेका नेपालीहरु विदेशमा शैक्षिक प्रमाण पत्र हैन कामको अनुभवीको आधारमा जागिर खानुपर्छ भने पछि हाम्रो शिक्षा पद्धति कति सम्म कमजोर छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । शिक्षामा गुणस्तर र आधुनिक शिक्षालाई मध्यनजर गर्दै विशेषगरि दुर्गम बस्तीहरुको युवाहरु शैक्षिक स्तरलाई ध्यानमा राखेर माओवादी केन्द्रले स्थानीय चुनाबको नारा नै गाउँ गाउँमा फ्रि वाईफाई ल्याएको छ। यो नारा सुन्दा अनौठो र अचम्म लागे पनि एकदमै समयसापेक्ष र महत्त्वकांक्षी नारा हो। कतिपयले यि नारालाई विरोध स्वरूप फ्रि वाईफाई हैन युवालाई रोजगारी देउ, भुकम्प पिडितलाई राहत देउ भन्ने जस्तो गुनासोहरु सुन्नमा आएको छ। स्मरण रहोस माओवादी सरकार आउने बित्तिकै भुकम्प पिडितलाई राहत स्वरुप पहिलो किस्तामा ५० हजार र घर बनाउन सुरु गर्नेहरुलाई थप दोस्रो किस्ता दिने व्यवस्था गरिसकेका छन, देशभित्र नै रोजगारी सृजना गर्नको लागि हाइड्रोपावर लगायत बन्द कलकारखाना खोल्ने प्रक्रिया अगाडि बढिसकेका छन। मात्रै मानिसको जिवनमा शिक्षा महत्त्वपुर्ण पाटो र शिक्षाको गुणस्तरमा वृद्धि गर्दै शैक्षिक वेरोजगारीहरु घटाउनको लागि गाउँ गाउँमा फ्रि वाईफाई नारा ल्याएका हुन्। शिक्षाको गुणस्तरीय र आधुनिकिकरणको लागि इन्टरनेट एकदमै आवश्यक छ । कम्तीमा पनि प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा दिन सक्यो भने त्यो विद्यालयले शैक्षिक गुणस्तरमा ठुलो फड्को मार्न सकिन्छ। आज प्रतिस्पर्धाको जमाना छ। हर कुरामा प्रतिस्पर्धा विना सफलता हात पार्न सक्दैन । एउटा शहरको प्राइभेट विद्यालय र गाउँको सरकारी विद्यालयको शिक्षाको गुणस्तर तुलना गर्नुस् । +२ मात्रै पास गरेको शिक्षकले पढाउने प्राइभेट विद्यालय र मास्टर गरेको शिक्षकले पढाएको सरकारी विद्यालको शिक्षाको तुलना गर्नुस् किन ठिक उल्टो गुणस्तर प्राप्त हुन्छ रु किन भने गाउँको सरकारी विद्यालयको प्राविधिक पक्ष र व्यवस्थापन पक्ष जिरो छन, जहाँ एसियाकै टप शिक्षक ल्याएर पढाए पनि त्यहाँको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन गाह्रो नै हुन्छ तर एउटा प्राइभेट विद्यालयमा +२ मात्रै पास गरेको शिक्षकले पढाउदा नि त्यहाँको शिक्षाको गुणस्तर सरकारी विद्यालयको भन्द कयौं गुणा राम्रो हुन्छ किनभने प्राइभेट विद्यालयमा प्राविधिक शिक्षाको नि अध्यायन गर्ने अवसर पाउछन् । प्राविधिक शिक्षाको लागि इन्टरेनेट जरुरत पर्छन तर गाउँघरको विद्यालयमा त्यो सुविधा पाउदैन। एउटा गाउँबाट सरकारी विद्यालयमा पढेर आउने विद्यार्थीले किन शहरमा पढेका विद्यार्थी संग प्रतिस्पर्धा गर्न सकिदैन त भन्ने विषयको समिक्षा गर्द गाउँ प्राविधिक शिक्षाको अभावले पछि परेको देखियो । माओवादीले ल्याएको गाउँ गाउँमा वाइफई फ्रि निति पनि यस्तै प्राविधिक शिक्षा मार्फत शिक्षामा गुणस्तर बढाउनको लागि गरेको हो। फ्रिमा नेट चलाएर प्रचण्डलाई फ्रिमा गाली गरोस् भनेर गाउँ गाउँमा वाइफाइ नारा ल्याएको हैन। माओवादी नयाँ सोचहरुको भण्डार हो। त्यसैले हर चिज माओवादीले ल्याएको कार्यक्रम नयाँ नौलो अपत्यारीलो लाग्नु स्वाभाविक हो । माओवादीले गणतन्त्रको नारा लगाउदा ओलीले बयलगाडा देखाए, माओवादीले संघीयताको कुरा उठाउदा बाख्राको टाउकोमा भैसीको सिङ भनेको थियो तर संघीय गणतन्त्र लागु भइछाडे, कुनैबेला कृष्णबहादुर महाराले अब हात हातमा मोबाइल भन्दै गर्दा एमालेकांग्रेसका कार्यकर्ताहरु मरिमरि हाँस्थे । गाउँमा न विजुली छ न के छ मोबाइल ल्याएर कहाँ चार्ज गर्ने, गाउँमा न टावर छ न के छरु माओवादीको टुप्पिमा झुन्डाएर मोबाइलको टावर आउछ भनेर महराको भनाईको खिल्लि उडाउथे तर गाउँ गाउँमा विजुली र टावर बन्नु पहिले प्रत्येकको हात हातमा मोबाइल आइपुगे, जहाँ इच्छा त्यहीँ उपाय भनेझै त्यो बेला एमालेको भनाई विफल बनाइ छाडे, पछिल्लो चरण एमाले कांग्रेसका मन्त्रीहरुले त सार्वजनिक रुपमै अब देशमा दश वर्षसम्म लोडसेडिङ हटाउन सक्दैन भनेर घोषणा नै गरे तर अचानक माओवादी सरकार आयो, कुलमान आयो लोडसेडिङ हटाएर एमालेको भ्रमलाई चिरेरै छाडे। हो यस्तै माओवादीको गाउँ गाउँमा वाईफाई भनेका छन भोली यो पनि पुरा हुन्छ अनि ओलीको सपना भन्दै प्रचार गर्छन । इन्टरनेटको विरोध भन्द यसको फाइदा के छ भन्ने कुरा विशेष जोड दिनु पर्छ। जिन्दगीको प्रत्येक सवालहरु इन्टरनेटसंग जोडेको छ। गाउँ गाउँमा फ्रि वाईफाइ भनेको गाउँलाई अब शहरिकरण तर्फ लैजाने हो । २१ औ शताब्दीमा एक डोको किताब बोकेर विद्यालय जानु पर्ने अवस्था छ। एउटा विद्यार्थीलाई विद्यालय गएर कसरि पढ्ने भन्दा पनि आफु संग भएको किताब कसरि बोकेर विद्यालय सम्म पुर्याउने भन्ने चिन्ताले मनोवैज्ञानिक रुपमा कमजोर भएको पाइन्छ । यदि विद्यालयमा इन्टरनेटको सुविधा थियो भने उसले वाइफाई मार्फत सबै किताब एउटा ल्यापटप वा ट्यापमा डाउनलोड गरेर पढ्न सकिन्छ, हो माओवादीले गाउँ गाउँमा फ्रि वाइफाईको नारा त्यही कारणले ल्याएको हो । हर कुरालाई नकारात्मक दृष्टिकोणले हेर्नु र सोच्नु पुरातन मानसिकता मात्रै हो । परन्तु हामी यही मानसिकताले विकसित देशहरु भन्दा सय वर्ष पछाडि छौँ । हाम्रो मानसिकतालाई केही हत सम्म भए नि फराकिलो दृष्टिकोणले सोचौं । अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नको लागि वैज्ञानिक शिक्षा लागु गर्न आवश्यक छ त्यसको लागि प्राविधिक पक्षहरु बलियो हुन आवश्यक छ त्यसैले माओवादीको स्थानीय नारा गाउँ गाउँमा फ्रि वाईफाइको विरोध गर्नुको तुक छैन। लेखक प्रेस सेन्टर नेपाल युएई शाखाका अध्यक्ष हुन्

शिक्षाको महत्वबारे मुसहर किशोरकिशोरीकाे चासो बढ्दै

बर्दिवास, चैत १३ । “सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पुर्याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् । देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर समुदायमा अब पछिल्लो पुस्ताले आम चासोका विषयमा कुरा गर्नेमा अब ऐसा सादामात्र भने होइनन् । यस बस्तीका किशोरवयका सबैजसो नानी अब रेडियो सुन्ने, सुनिएका कुरा परिवारलाई बताउने र आफ्नो समुदायबारे चासो राख्ने जोसुकैसँग नजिकिएर कुराकानी गर्न खप्पिस हुँदै गएको देखिँदै छ । हिजो शनिबारमात्र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) का अध्यक्ष सुवास खतिवडासहितको टोलीले यस बस्तीका ५० घरपरिवारलाई रेडियो वितरण गर्यो । यसअघि पनि घरछिमेकमा पुगेर रेडियो सुन्ने र टिभी हेर्ने गरेका बस्तीका किशोरवयका नानीहरु रेडियो हात पर्नासाथ बजाउन थालेका देखिएका थिए । “अपनासब् लेल घर बनायरहल धुर्मुस–सुन्तलीके अमेरिका आ कोरिया स रकम भेट्लैय” (हाम्रा लागि घर बनाइरहेका धुर्मुस–सुन्तलीलाई अमेरिका र कोरियाबाट रकम प्राप्त भएको छ) रेडियोमा समाचार सुनिरहेकी बस्तीकै अर्की १४ वर्षीया किशोरी आरती सादाले समारोहमा धेरैजसोले सुन्ने गरेर भनिन् । बस्तीका नयाँ पुस्तामा देखिएको आमसञ्चारप्रतिको आकर्षण र तिनले आफ्ना बाबुआमालाई रेडियोले भनेका खबर सुनाउँदा पुराना पुस्तामा देखिने सन्तोष भावले बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) पनि दङ्ग देखिनुभएको छ । “हामी गत वर्ष हिउँदमा पहिलो पटक आउँदा नाङ्गैभुतुङ्गै भएर नाकभरि सिङ्गानको लत्को देखिने नानीहरु अब देश र दुनियाँका कुरा गर्न लागेका छन्,” धुर्मुसले आँखाका डिलभरि खुसीले उच्छालिएका आँसु पुछ्दै भन्नुभयो – “बस्तीका ७० भन्दा बढी नानी विद्यालय जान थालेका छन्, हामी सन्तोष गर्न सक्छौँ, हाम्रो प्रयत्नले मुसहर फेरिँदो छन् ।” धुर्मुस–सुन्तलीको बस्ती प्रवेशले मुसहरका लागि पक्की घरमात्र नभएर उनीहरुको शैक्षिक, सामाजिक र नागरिक हकअधिकारबारेको सचेतनासमेत बढेको यस बस्तीलाई नजिकबाट नियाली रहनुभएका पत्रकार एवम् सामाजिक अभियन्ता राजकरण महतोको निष्कर्ष छ । “राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सामाजिक बेवास्ताबारे पूरै बेखबर रहने मुसहर अब आफ्ना हकअधिकारबारे चासो राख्न थालेका छन्,” पत्रकार महतोले भन्नुभयो–, “बस्तीका ७० भन्दा बढी बालबालिका आफ्ना अभिभावकको स्वीकृतिमै विद्यालय जाँदैछन् । यसले शिक्षाको महत्वबारे मुसहरमा चासो बढेको देखाउँछ ।” पुस्तौँपुस्तादेखि दिउँसो घामको राप छिर्ने र राति आकाशका तारा देखिने पराले झोपडीभित्र जीवन गुजार्दै आएका यहाँका ५० घरपरिवार मुसहरका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले अहिले बस्ती निर्माण गरिरहेको छ । अब दुई सातापछि नै मुसहर नयाँ घरमा सर्ने तरखरमा छन् । सधैँ पराले झोपडीमा जीवन गुजारेका मुसहरका लागि अहिले निर्माणको अन्तिम चरणमा पुगेका सडक, बिजुली, खानेपानी र शौचालय सुविधासहितका पक्की घर ओतको दह्रो प्रबन्धमात्र नभएर मन परिवर्तनको समेत ठाउँ बनेको छ । गत हिउँदयता बराबर धुर्मुस–सुन्तलीको सङ्गत, प्रेरणा र उठबस पाएका मुसहर अब समाजमा आइपर्ने सबैजसो सामाजिक कामका मुख्य हिस्सेदार बन्न थालेका बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की बताउनुहुन्छ ।

अचम्म, पुरुषले जन्माए जुम्ल्याहा बच्चा

एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको छ । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् । भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन् । नाम तथा अन्य शारीरिक अवस्थाको आधारमा महिला जस्तै भएपछि पुरुषको जस्तै एक्स वाइ क्रोमोजोम भएका ती व्यक्तिले जुम्ल्याहा बच्चा जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए । भारतको गुडगाउँका बासिन्दा ती व्यक्तिको नाम खुलाइएको छैन । पुरुषको जस्तै क्रोमोजोम भएको तर शारीरिक अवस्था तथा अंगहरु महिलाको जस्तै भएको कारण ती व्यक्तिले गर्भाधारण गर्न सकेका थिएनन् । पुरुषको जस्तै एक्स वाइ सेक्स क्रोमोजोम भएका कारण उनको सरीरमा यौन हर्मोन तथा डिम्ब समेत विकशित हुँदैनन् । त्यसैले उनी मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए । डाक्टरका अनुसार उनको अविकशित पाठेघरलाई विकशित बनाउनका लागि हर्मोन तथा इन्डोक्राइनल उपचार गरियो । तत् पश्चात उनको पाठेघर बच्चा हुर्किन लायक भयो र जिन्दगीमा पूरै ३२ वर्षपछि उनको पहिलोपटक महिनावारी समेत गराउन डाक्टरहरु सफल भए । तत् पश्चात उनका श्रीमानको शुक्राणुबाट ह्युमन टिस्यु कल्चर प्रविधिको सहायताले भ्रुण तयार गरियो र उक्त भ्रुण उनको गर्भाशयमा प्रत्यारोपण गरियो । अन्ततः उनले फेब्रुअरी ६ का दिन जुम्ल्याहा बच्चा जन्माए जसमध्ये एउटा छोरा र अर्को छोरी छन् ।