विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन्? जान्नुहोस् जोगिने उपाय
अच्युतशाली घिमिरे । नेपालमा कुल खपतको ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्। भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। यो परीक्षण कायमै राखेको भए उपभोक्ताको स्वास्थ्यका साथै स्वदेशी किसानलाई समेत भरपूर फाइदा पुग्ने थियो।
नेपाल भित्रै पनि दर्जन समूहका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुनसक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भन्ने कुरा। यस्ता विषादीबाट बच्न हामीले सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ। अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ।
स्वच्छ फलफूल र तरकारीहरुमा पाइने खनिज तत्त्व, भिटामिनहरुले शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छन्। यसको विषादीमुक्त सेवनले रगतको संरचनालाई मजबुद राखेर दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्याकउँछ। स्वच्छ फलफूल र तरकारीहरु रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछन्। स्वच्छ फलफूलहरुमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोगहरु लाग्नबाट समेत बचाउँछ।
रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणाली ठिक राख्न साथै विभिन्न अंगको तन्दुरुस्तीको लागि स्वच्छ फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ। तर यिनै फलफूल र तरकारीहरु विषादीयुक्त हुँदा र यिनको सेवन गर्दा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका जन्मिने खतरा बढ्छ।
विषादी जन्य फलफूल र तरकारीको सेवनले क्यान्सर जन्य रोगहरु उत्पन्न गर्ने, बाँझोपनका समस्याहरु उत्पन्न हुने खतरा समेत बढ्छ। त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको किरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ।
केहीगरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट बच्ने पहिलो सामन्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ। भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ।
नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ। सरकारलाई खासै चासो नदिएको भए पनि उपभोक्ता आफैं सचेत भई आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु बुद्धिमानी जानेछ। स्वास्थ्य खबरपत्रिकाबाट साभार
मोबाइल सिरानीमुन्तिर राखेर सुते यस्ता जोखिम
मोबाइल फोन आधुनिक जीवनको अभिन्न अङ्ग हो यसमा कुनै शङ्का छैन । धेरै मानिसले त एक मिनेट पनि आफूलाई मोबाइलबाट टाढा राख्न नसक्ने लत लगाइसकेका छन् । यस्ता मानिस राति समेत सिरानीमुन्तिर फोन राखेर सुत्ने गर्छन् । तर यदि तपाईं पनि रति फोन सिरानीमुन्तिर राखेर सुत्ने गर्नुहुन्छ भने बेलैमा बानी सुधारिहाल्नुस किनभने यसले तपाईंमा गम्भीर रोग निम्त्याउन सक्छ । ब्रिटेनको एक्जिटर विश्वविद्यालय लगायत अन्य थुप्रै संस्थानहरूमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने मोबाइलबाट निस्किने विकिरण क्यान्सरदेखि नपुंसकतासम्मको कारक बन्न सक्दछ । त्यस्तै अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले मोबाइल फोनबाट उत्सर्जित हुने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई संभावित कार्सिनोजन अथवा क्यान्सरकारक तत्वको श्रेणीमा राखेको छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी- आइसीआरएले स्मार्टफोनको अत्यधिक प्रयोगले कान र मस्तिष्कमा ट्युमर गराउन सक्ने चेतावनी दिएको छ । यस्तो ट्युमर क्यान्सरको कारण बन्न सक्ने समेत उक्त एजेन्सीले चेतावनी दिएको छ । सन् २०१४ मा ब्रिटेनको एक्सटर विश्वविद्यालयले एउटा रिपोर्ट सार्वजनिक गर्दै न्मोबैल विकिरणले नपुंसकता हुनसक्ने बताएको थियो । यस शोधमा वैज्ञानिकहरूले मोबाइलको अत्यधिक प्रयोगले पुरुषहरूको शुक्रकीटको संख्या कम हुँदै गैराखेको र बाँकीकोक्षमतामा पनि ह्रास आइरहेको निष्कर्ष निकालेका थिए । वैज्ञानिकहरूले पाइन्टको गोजीमा फोन राख्ने गर्नाले नपुंसकताको जोखिम अझै बढ्ने जनाएको थियो । साथै वैज्ञानिकहरूले मोबाइललाई सिरानीमुन्तिर राखेर सुत्नुको अर्को खतरा पनि बताएका छन् । उनीहरूका अनुसार मोबाइल कुनै पनिबेला विष्फोट हुनसक्ने भएकाले पनि यो काम राम्रो होइन ।
समायाेजन फाराम नभर्ने कर्मचारीलाई ठाडाे कारवाहीकाे चेतावनी दिए मन्त्री पण्डितले
काठमाडौंँ, पुस १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उहाँले दिनुभयो । कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गर्नुभयो । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भन्नुभयो–‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’ कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।” समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै उहाँले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट पार्नुभयो । कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउनुहुँदै मन्त्री पण्डितले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभयो । “आवेदन नभर्ने कर्मचारी पनि सरकारका कर्मचारी हुनेछन्, जागीर खाँदा बुझाएको नागरिकताको ठेगानालाई आधार बनाएर समायोजनको काम गर्छौं” मन्त्री पण्डितले भन्नुभयो । सरकारी जागीर खाइसकेपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भन्ने कर्मचारीलाई छुट छैन भन्दै मन्त्री पण्डितले भन्नुभयो, “अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प रहँदैन ।” सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न अगाडि बढेकाले सो अभियानमा साथ दिन उहाँले सबै कर्मचारीलाई आव्हान गर्नुभयो ।
अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि मनाङले जित्यो
काठमाडौं, कार्तिक १८ । मनाङ मर्स्याङ्दी क्लबले इन्डियन आर्मी ‘रातो’ माथि १–० को जित रच्दै सिक्किमको गान्तोकमा शनिबार सम्पन्न ३८ औं अल इन्डिया गभर्नर्स गोल्डकप फुटबलको उपाधि जितेको छ । नेपाली फुटबलमा पनि चर्चित रहेको यस प्रतियोगितामा मनाङ पहिलोपल्ट च्याम्पियन भएको हो । पाल्जोर रंगशालामा भएको फाइनलको एकमात्र गोल दोस्रो हाफमा कप्तान सुजल श्रेष्ठले गरेका थिए । इन्डियन आर्मीका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सुजलले ८० औं मिनेटमा गोलमा परिणत गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए । अन्ततस् त्यही पेनाल्टी गोल निर्णायक बन्न पुग्यो र मनाङले लामो प्रयासपछि गभर्नर्स गोल्डकपको ट्रफी चुम्ने अवसर पायो । सिक्किमे दर्शकको साथमा दोस्रो हाफमा मनाङले आक्रामक खेल पस्किएको थियो । अन्जन विष्ट, दीपक राई, हेमन गुरुङ, विमल राना, डोना थापाले गतिलो प्रदर्शन गरेका थिए । डोनाको ह्याट्रिक सहयोगमा मनाङले सेमिफाइनलमा एट्लेटिको डी कोलकाताको रिजर्भ टिमलाई ६–२ ले हराएको थियो । त्यसमा अन्जन, सुजल र विमल बस्नेतले पनि गोल गरेका थिए । पहिलो चरणमा बाई पाएको मनाङले क्वाटरफाइनलमा कोलकाता कस्टमलाई ४–२ ले हराएको थियो । यसपल्ट सहभागी अर्को नेपाली क्लब एपीएफ भने पहिलो चरणमा कोलकाताको जर्ज टेलिग्राफसँग १–० ले हारेको थियो । मनाङले फाइनलमा प्रतिस्पर्धा गरेको तेस्रो अवसरमा गभर्नर्स गोल्डकप जितेको हो । यसअघि उसले सन् २०१३ र २०१४ मा लगातार फाइनल यात्रा तय गरेको थियो । तर, उसलाई अर्को नेपाली क्लब थ्रीस्टारले २०१३ र मुम्बईको ओएनजीसीले २०१४ को फाइनलमा सिकार बनाएको थियो । थ्रीस्टार च्याम्पियन भएयता नेपाली टिमले गभर्नर्स गोल्डकपको उपाधि जित्न सकेको थिएन । यसबीच मनाङ र झापा ११ को प्रयास फाइनलमा रोकिएको थियो । त्यसैले मनाङले गर्भनर्स गोल्डकपको उपाधिमा नेपाली टिमको खडेरीलाई पाँच वर्षमा पूर्णविराम लगाइदियो । सन् १९७८ बाट सुरु भएको गभर्नर्स गोल्डकपमा नेपाली टिम च्याम्पियन भएको यो आठौं अवसर पनि हो । विजेता मनाङले २ लाख भारतीय रुपैयाँ र उपविजेता इन्डियन आर्मीले १ लाख भारु जितेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
पाँच डीआइजीलाई अवकाश
काठमाडौं, असार २९। नेपाल प्रहरीको एआइजीका लागि प्रतिस्पर्धामा रहेका आठ जना डीआइजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् । डीआइजी उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् । उनीहरु २०४५ सालमा प्रहरी इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका हुन् । उनीहरुसहित डीआइजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अनिवार्य अवकाश पाउँदैछन् । प्रहरीका सिनियर आठ जना डीआइजीले अनिवार्य अवकाश पाएपछि एआइजी बढुवाको प्रतिष्पर्धामा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशविक्रम शाह छन् ।
एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ
तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ । आलुका बारेमा आज हामी जुन जानकारी दिन गइरहेका छौं यसबारेमा थाहा पाएपछि तपाईको होश उढ्ने छ । यधपि हामी यस्तो आलुको बारेमा जानकारी दिइरहेका छौं जुन आलु तपाई देख्न सक्नुहुन्छ तर खान सक्नु हुन्न । किनकी यो एउटा तस्वीर मात्रै हो । ११ करोडमा आलुको चित्र वास्तवमा, एक युरोपीयन व्यापारीले आलुको एउटा तस्वीर ११ करोड रुपैयाँमा खरिद गरेका छन् । यो तस्वीर चर्चित आइरिश फोटोग्राफर लेन्समैन केविन अबाशले सन २०१० मा खिचेका थिए । र सोही वर्ष आलुको चित्र बनाए। केविन यस्ता पेन्टर हुन जसको एउटा पेन्टिङ १.५ लाख डलरमा बिक्री हुन्छन् । वाइन पिउदाँपिउदै तस्वीर खरिद फोटोग्राफर केविन अवाशका अनुसार, ‘हामीले (केविन र व्यापारी) दुई गिलास वाइन पिएपछि उसले तस्वीर देखेर भन्यो, मलाई तस्वीर मन पर्यो । त्यसपछि हामीले फेरि दुई गिलास वाइन पियौं । उसले भन्यो ‘मलाई यो चाहियो’ वाइन पिउँदै हामीले सौदा गरियौं र दुई सातापछि यसको मूल्य तय गरियौं । केविनसँग आइरिश आवुको तीनवटा तस्वीर थिए । जसमध्य एउटा सर्बियाको चिडियानाखाना (म्यूजियम) लाई ‘दान’ दिए । एउटा उनको संग्रहमा छ र एउटा चाहीँ उनले बेनाम युरोपीयन व्यापारीलाई बेचें । यो पहिलो पटक नभएर उनका कयौं चित्र यस्तै महंगोमा बिक्री भएका न् । पोट्रेट फोटोग्राफीका लागि चर्चित केविन ? व्यापारी र उच्चस्तरका प्रतिक निसकेका केविन आफ्नो ‘ब्लैक ड्रप’ पोट्रेट फोटोग्राफीका लागि प्रसिद्ध छन् । केविनले हलिउड स्टार जनी डेप्पको फोटो खिचेका थिए जुन निकै चर्चित बन्यो । यसैकारण केविनका चित्र लाखौं डलरमा बिक्री हुने गरेका छन् ।
दूधमा कोलिफर्मः भ्रम र यथार्थ
डा. सन्तोष ढकाल । केही दिनदेखि दूधमा कोलिफर्म पाइएको विषय सञ्चार माध्यममा छाएको छ । यसको प्रभाव डेरी उद्यमीलाई नपर्ने कुरै भएन । उपभोक्ताहरू डेरी उद्योगले उत्पादन गर्दै आएको पोकाको (पाउचको) दूधको विकल्प खोज्ने क्रममा खुला रूपमा पसलमा पाइने वा प्रत्यक्ष किसानले वा दूध ग्वालाले बिक्री गर्ने दूधको भर पर्न थालेका छन् । यसरी अमुक व्यक्तिले खुला रूपमा, खाद्य उद्योगको अनुज्ञापत्र नलिईकन बिक्री गर्ने दूधको गुणस्तर तथा स्वच्छता कस्तो होला ? यो सोचनीय विषय हो । अनुगमन गर्ने निकायले यस किसिमका खुला रूपमा बिक्रीवितरण गरिने दूधको गुणस्तरबारे सूचना सम्प्रेषण गरेको भए यो तथ्य पनि बाहिर आउने थियो । टोटल कोलिफर्म, फिकल कोलिफर्म र ई. कोलीजस्ता जीवाणुको सही उच्चारण गर्न धेरैलाई अप्ठ्यारो हुन्छ । त्यसैले यस विषयमा सतही रूपमा व्याख्या तथा विश्लेषण गर्दा उपभोक्ताहरूलाई झन् ठूलो भ्रम पर्छ । त्यसकारण यस लेखमा कोलिफर्मबारे चर्चा गरिएको छ । फेरि दूधमा पाइएको कोलिफर्मको प्रसंगतिर जाऔँ । यो नौलो काण्ड र विषय भने होइन । आजको युगमा गुगल, बिंग, याहुजस्ता खोज इन्जिनको प्रयोग गर्दा जुनसुकै विषयमा पनि जानकारी पाउन सकिन्छ । तर हरेक मुद्दामा त्यसको सकारात्मक र नकारात्मक पक्ष हुने हुँदा आजको युगमा सही सूचना के हो भन्ने छुट्याउन सक्नु चुनौतीपूर्ण कार्य हो । टोटल कोलिफर्म, फिकल कोलिफर्म र ई. कोलीजस्ता जीवाणुको सही उच्चारण गर्न धेरैलाई अप्ठ्यारो हुन्छ । त्यसैले यस विषयमा सतही रूपमा व्याख्या तथा विश्लेषण गर्दा उपभोक्ताहरूलाई झन् ठूलो भ्रम पर्छ । त्यसकारण यस लेखमा कोलिफर्मबारे चर्चा गरिएको छ । कोलिफर्मको सन्दर्भमा खाद्य विज्ञहरूका विभिन्न धारणा सञ्चार माध्यममा सार्वजनिक भएका छन् । केही विज्ञले दूधमा पाइएको कोलिफर्मलाई अप्राकृतिक व्याक्टेरिया प्रवेशका रूपमा मात्र लिएका छन् र यस किसिमका ब्याक्टेरियाले नेपाली खानपिनको प्रचलनअनुसार स्वास्थ्यलाई केही पनि जोखिम नपर्ने सुझाव दिएका छन् । सौभाग्य नै मान्नुपर्छ हामी नेपाली प्रायः जसो खानेकुरा उमालेर तथा तताएर खाने हुनाले खानामा भएका हानिकारक जीवाणुहरू अत्यधिक तापक्रमले नष्ट भएर जान्छन् । सायद त्यही भएर हुनुपर्छ, नेपालमा खाद्य वस्तुबाट महामारी फैलिएको घटना ज्यादै न्यून छन् । किनकि, दूधलाई उमालेर खाने हामी नेपालीको बानी छ । पश्चिमा तथा विकसित देशहरूमा ‘पास्चराइज्ड’ दूधलाई सोझै र चिसै पिउने प्रचलन छ । तर नेपालमा यो प्रचलन विकास भएको छैन । सौभाग्य नै मान्नुपर्छ हामी नेपाली प्रायः जसो खानेकुरा उमालेर तथा तताएर खाने हुनाले खानामा भएका हानिकारक जीवाणुहरू अत्यधिक तापक्रमले नष्ट भएर जान्छन् । सायद त्यही भएर हुनुपर्छ, नेपालमा खाद्य वस्तुबाट महामारी फैलिएको घटना ज्यादै न्यून छन् । विकसित देशमा विषाक्त भोजनबाट महामारी फैलिएको अनेकौं उदाहरण छन् । हजारौँले ज्यान गुमाएका पनि छन् । संसारको सबैभन्दा स्वच्छ खाद्य वस्तु आपूर्ति गर्ने देश भनी दाबी गर्ने संयुक्त राज्य अमेरिकामा पनि विषाक्त भोजनका कारण बर्सेनि ४ करोड ८० लाख मानिस बिरामी परेको र ३,००० मानिसको ज्यान गएको सी.डी.सी. को प्रतिवेदनमा उल्लेख छ । यसरी तुलना गर्ने हो भने अन्य देशको खाद्य स्वच्छताको अवस्था झन् नाजुक हुन सक्छ । तसर्थ विश्वव्यापीकरणको जमानामा हामी नेपालीको खानपिनमा पनि धेरै परिवर्तन आइसकेको हुनाले नेपालमा उत्पादन हुने खाद्यवस्तुको गुणस्तर र स्वच्छता पनि वैज्ञानिक ढंगले समयानुकूल परिवर्तन हुन आवश्यक छ । विडम्बना भन्नुपर्छ, नेपालमा बर्सेनि दूधमा कोलिफर्मबारे मुद्दा उठिरहँदा दुग्ध व्यवसायीहरू स्वच्छ उत्पादनमा त्यति सफल भएका देखिँदैनन् । आफ्नो कमजोरीलाई ढाकछोप गर्न बरु उपभोक्तालाई दूध उमालेर खाने सुझाव दिन्छन् । ‘पास्चराइज्ड’ दूधमा देखिएको कोलिफर्मको प्रमुख कारण डेरी उद्योगीले दूध प्रशोधन गर्दा कुशल उत्पादन प्रविधि नअपनाएको कारणले नै हो । अर्को शब्दमा भन्नु पर्दा किसानबाट दूध संकलन गर्दा नै दूधमा कोलिफर्म प्रवेश गरिसकेको छ भने पनि पास्चराइजेसन गर्दा कोलिफर्म पूर्ण रूपमा नष्ट हुन्छन् । कोलिफर्मले पुनर्जीवन पाउने होइन । दुग्ध व्यवसायीका अनुसार दूधको स्वच्छता कायम गर्न नसक्नुको मूल कारण दूध संकलन केन्द्र तथा किसानहरूले दूध दुहुँदा, सञ्चय गर्दा तथा ढुवानी गर्दा उचित सरसफाइमा ध्यान नदिएको, उचित तापक्रममा भण्डारण नगरेको, स्वच्छताको ज्ञान नभएको र मुहानमै कमजोरी भएको बताउँछन् । यी भनाइलाई पनि आशिंक रूपमा स्विकार्न सकिन्छ । किनकि, यस किसिमका गलत अभ्यासले अवश्य नै दूधको गुणस्तरमा ह्रास आउँछ । तर अहिले ‘पास्चराइज्ड’ दूधमा देखिएको कोलिफर्मको प्रमुख कारण डेरी उद्योगीले दूध प्रशोधन गर्दा कुशल उत्पादन प्रविधि नअपनाएको कारणले नै हो । अर्को शब्दमा भन्नु पर्दा किसानबाट दूध संकलन गर्दा नै दूधमा कोलिफर्म प्रवेश गरिसकेको छ भने पनि पास्चराइजेसन गर्दा कोलिफर्म पूर्ण रूपमा नष्ट हुन्छन् । कोलिफर्मले पुनर्जीवन पाउने होइन । त्यसैले ‘पास्चराइज्ड’ दूधमा कोलिफर्म पाइनु भनेको अपूर्ण ‘पास्चराइजेसन’ वा असफल पास्चराइजेसनका कारणले हुन सक्छ । यस अतिरिक्त पास्चराइज्ड दूधमा कोलिफर्मको प्रवेश सफल पास्चराइजेसनपश्चात् तथा प्याकेजिङ गर्नुअगावै पनि हुन सक्छ । यसलाई प्रशोधनपश्चात्को संदूषण अर्थात् ‘पोस्ट प्रोसेसिङ कन्टामिनेसन’ भनिन्छ । रोचक कुरा के छ भने दुग्ध व्यवसायीलाई यस सन्दर्भमा जानकारी नभएको पनि होइन । नेपालमा दुग्ध व्यवसायीमा केही खाद्य विज्ञले पनि लगानी गरेका छन् साथै दूधमा स्वच्छता हासिल गर्न विभिन्न गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले बेलाबखत कुशल उत्पादन प्रविधिबारे तालिम प्रदान गर्दै आएका छन् । नेपाल सरकारले पनि कुशल उत्पादन प्रविधिबारे गत वर्ष देशभर निःशुल्क तालिम सञ्चालन गरेको थियो । विशुद्ध गुणस्तर तथा स्वच्छता कायम गर्ने जिम्मेवारी नतोकिएको हुन सक्छ । यसरी दुग्ध गुणस्तर तथा स्वच्छता हासिल गर्न नसक्ने हो भने विदेशी दुग्ध उद्योगसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्यमीलाई भविष्यमा चुनौतीपूर्ण हुनेछ । यसबाट के स्पष्ट हुन्छ भने दुग्ध व्यवसायीहरू गुणस्तर तथा स्वच्छता कायम गर्न असमर्थ छन् । जेजति दक्ष प्राविधिकहरू नियुक्ति गरिएका छन्, उनीहरूलाई प्राविधिक तथा उत्पादकत्व वृद्धि हुने कार्यमा मात्र संलग्न गराएका छन् । विशुद्ध गुणस्तर तथा स्वच्छता कायम गर्ने जिम्मेवारी नतोकिएको हुन सक्छ । यसरी दुग्ध गुणस्तर तथा स्वच्छता हासिल गर्न नसक्ने हो भने विदेशी दुग्ध उद्योगसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्यमीलाई भविष्यमा चुनौतीपूर्ण हुनेछ । फेरि पनि दूधमा पाइने कोलिफर्मबारे चर्चा गरौँ । कोलिफर्मलाई केही सञ्चार माध्यमले मलमूत्रमा पाइने जीवाणु भनी सूचना सम्प्रेषण गरेपछि उपभोक्तालाई ढल मिसिएको पानी वा फोहोर पानी दूधमा मिसाएको हो कि भनेर केही त्रास र भ्रम सिर्जना भएको पाइन्छ । आशा गरौँ यो सत्य होइन । उद्योगी व्यवसायीलाई शंकाको फाइदा दिन सकिन्छ । किनकि, कोलिफर्म मलमूत्रमा मात्र नभएर धूलो, घाँसपात तथा अन्य वातावरणमा पनि हुन्छन् । फेरि प्रायस्जसो कोलिफर्म स्वयं विषाक्त जीवाणुभित्र पर्दैनन् । त्यसैले अमेरिकामा उत्पादन हुने ग्रेड ए पास्चराइज्ड दूधमा पनि प्रतिएमएल १० भन्दा बढी कोलिफर्म पाइएमा मात्र गुणस्तरहीन ठहरिन्छ । अहिले नेपाल सरकारले तोकेको दूधको गृणस्तरमा कोलिफर्म शून्य सहनशीलता अपनाएको पाइन्छ, जुन समयसापेक्षिक पुनरावलोकन गर्नुपर्ने सुझाव विज्ञहरूबाट पनि आएको पाइन्छ । यथार्थ के हो भने कोलिफर्म आफैँमा विषाक्त जीवाणु नभए पनि कोलिफर्मको उपस्थिति हुनुलाई दूषित अवस्थामा खाद्यवस्तु रहेको संकेत मानिन्छ । तर यकिनसाथ विषाक्त हो भन्न चाहिँ मिल्दैन । अमेरिकामा उत्पादन हुने ग्रेड ए पास्चराइज्ड दूधमा पनि प्रतिएमएल १० भन्दा बढी कोलिफर्म पाइएमा मात्र गुणस्तरहीन ठहरिन्छ । अहिले नेपाल सरकारले तोकेको दूधको गृणस्तरमा कोलिफर्म शून्य सहनशीलता अपनाएको पाइन्छ, जुन समयसापेक्षिक पुनरावलोकन गर्नुपर्ने सुझाव विज्ञहरूबाट पनि आएको पाइन्छ । विज्ञान तथा प्रविधिको विकाससँगै कोलिफर्मका विभिन्न जाति तथा प्रजातिहरूको चारित्रिक गुणको विश्लेषण गर्दा यस जीवाणुलाई सूचकका रूपमा प्रयोग गर्दा त्रुटिपूर्ण हुन सक्ने विचार विभिन्न खाद्य वैज्ञानिकले राख्दै आएका छन् । नेपाली परिवेशमा पनि कोलिफर्मको स्रोत मलमूत्र मात्र नभएर पानी, घाँसपात, गाईगोठको वातावरण, दूध राख्न प्रयोग गरिने सामग्री आदिमा पाइने हुँदा हामीले सदिऔँदेखि गाउँघरमा खाँदै आएको गाईभैँसीको दूध उमाल्नुअघि पनि प्रशस्त मात्रामा कोलिफर्म हुन सक्छन् । सन् २००२ मा अमेरिकामा गरिएको एक अध्ययनअनुसार ट्यांकीमा संकलन गरिएको ९६ प्रतिशत दूधमा कोलिफर्म पाइएको थियो । त्यसैगरी २०१२ मा गरिएको अर्को अध्ययनले के देखाएको छ भने दूधमा अन्य विषाक्त कीटाणु, जस्तैः सालमोनिला, लिस्टेरिया, बेसिलस सिरियस देखिए पनि कोलिफर्म नगण्य रूपमा रहेको हुन सक्छ । त्यसकारण हामीले के बुझ्नुपर्छ भने उद्योगमा कुशल प्रविधि अवलम्बनका बाबजुत पनि डेरी उद्योगमा बेलाबखत कोलिफर्मका साथै अन्य जीवाणुले पनि दूधको गुणस्तरमा समस्या उत्पन्न गरिराखेका हुन्छन् । एक अध्ययनअनुसार यस किसिमको समस्या उत्पन्न हुनुमा डेरी उद्योगले प्रयोग गर्ने भाँडावर्तन तथा पाइपलाइनभित्र कुनाकाप्चामा तथा चर्किएका ठाउँमा जैविक सतह निर्माण भएका कारणले हुन सक्छ । सन् २००२ मा अमेरिकामा गरिएको एक अध्ययनअनुसार ट्यांकीमा संकलन गरिएको ९६ प्रतिशत दूधमा कोलिफर्म पाइएको थियो । त्यसैगरी २०१२ मा गरिएको अर्को अध्ययनले के देखाएको छ यस किसिमको जैविक सतह अर्थात् ‘बायो फिल्म’लाई साधारण अर्थमा मजबुत रूपमा टाँसिएर रहेको ब्याक्टेरियाको संगठित समुदाय भन्ने गरिन्छ, जसलाई नष्ट गर्न साधारण अवस्थामा गरिने सरसफाई विधिले सम्भव हुँदैन । अन्तर्राष्ट्रिय स्तरमा पनि जैविक सतह निर्मलीकरण गर्न खोज तथा अनुसन्धान भइरहेका छन् । अन्त्यमा, दूधमा कोलिफर्मको उपस्थिति डेरी उद्योगका लागि चुनौतीको विषय हो । माथि उल्लेख गरिएझैँ गुणस्तर तथा स्वच्छताका विभिन्न उपाय अवलम्बन गर्दा पनि कोलिफर्म शून्य अवस्थामा ल्याउन सकिन्छ भन्ने शतप्रतिशत ग्यारेन्टी छैन । अथवा शून्य जोखिम भन्ने हुन सक्दैन । तर पनि गुणस्तर तथा स्वच्छतामा लापरबाही गर्ने छुट कसैलाई पनि हुनुहुन्न । नियमन निकायले पनि अनुगमन तथा निरीक्षण गर्दा उद्योगीहरूको नियत, उद्योगीहरूले स्वच्छ उत्पादनका लागि गरेका प्रतिबद्धता, त्यहीअनुसारको लगानी, मेहनत, जनशक्ति परिचालन, स्वच्छताका प्रयास तथा प्रयोगशालाका अभिलेखको अध्ययन तथा विश्लेषण गरेर उचित कानुनी उपचारको प्रक्रिया अपनाउनुपर्छ । अतः नियमन निकायका प्रतिनिधिहरूले कानुनी उपचारको प्रयोग गर्दा विवेक प्रयोग गरेको खण्डमा मात्र न्यायोचित ठहरिन्छ । अन्यथा, निष्ठावान् उद्यमीहरूमा निराशा छाएर दण्डहीनताले प्रश्रय पाउँछ र कालान्तरमा यसको असर उपभोक्तालाई नै पर्ने हो । कान्तिपुरबाट साभार ढकालले खाद्य विज्ञान तथा प्रविधिमा अमेरिकाको ओहायो युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र हुनुपर्छ : गच्छदार
विराटनगर, असार १४ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो । एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो ।
भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने
काठमाडौँ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृति कार्यक्रम पनि हुने छ । तीन दिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ । प्रा डा राजेन्द्र सुवेदीको संयोजकत्वमा मूल समारोह समिति रहनेछ । समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहने छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटघाटमा प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानका सल्लाहकार तथा पदाधिकारीलाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिनुभयो । उहाँले सबै भाषाभाषी र स्रष्टालाई राष्ट्रको समृद्धि, विकास र सुशासनका लागि भाषा, चलचित्र, कला र संस्कृतिका माध्यमबाट आआफ्ना ठाउँबाट भूमिका खेल्नु आग्रह पनि गर्नुभयो । प्रधानमन्त्रीले नेपाली राष्ट्रियता र संस्कृतिको प्रवद्र्धन र जागरणमा भूमिका खेल्ने लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, गोकुल जोशी, पारिजात आदिका स्मृतिमा नेपाली, साहित्य, कला, पत्रकारिता आदि विषयमा नियमित रुपमा छलफल, बहस तथा भेटघाट भइरहनुपर्ने विचार पनि व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा, महासचिव डा देवी नेपाल र प्रा बद्रीविशाल पोखरेलले प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ अवधारणा लिएर विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा नियमित रुपमा गरिरहने जानकारी प्रधानमन्त्रीलाई दिनुभयो । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे तथा सल्लाहकार प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा भिक्टर प्रधान, शान्ता मानवी आदिको सहभागिता थियो । रासस
आज यस्तो छ सुनचाँदीको बजार मूल्य
काठमाडौं, जेठ २२ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहको छ । आज पनि सोमबार जस्तै छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि तेजावी सुन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिरै रहेको छ । आइतबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
विवाहको सिजनमा सुनको मूल्य ह्वात्तै घट्यो
काठमाडौं, वैशाख १८ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ७६० रुपैयाँ कारोबार भएको थियो ।
मन्दिरमा चरम लुट
गोरखा, वैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउनुहुन्छ । “सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन, मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ”, उहाँ भन्नुहुन्छ । मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन् । मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ । मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ । मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उहाँको भनाइ छ । मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बरसमेत लिएका छैनन् । राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ । व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन् । चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य रु १५० बताए । खाएर पैसा तिर्न खोज्दा रु ३०० का दरले हिसाब गरेर पैसा मागे । पाँचजनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए । मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ । रामायण शुद्ध शाकाहारी भोजनालय भनी लेखिएको होटलअघिका व्यवसायी सानु थापा भने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा मनकामना क्षेत्रका व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउनुहुन्छ । कुरिनटारबाट केबुलकारमा गएका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले ‘पूजापछि भुजा खान आउनुस् रु १०मा’ भनेर दर्शनार्थीलाई बोलाउँछन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाडमछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिरसमेत आउने तस्वीर पाँच मिनेटमा रु १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज यसरी घन्किन्छ मनकामना क्षेत्रमा । नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार्नुहुन्छ । “संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् जस्का कारण कति व्यवसायीसँग मुठभेड पनि भएको छ । ” उहाँ भन्नुहुन्छ । मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो ? वीरगञ्जबाट आउनुभएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्नुुहुन्छ । मुलुक संघीय संरचनामा गएपछि केन्द्रका धेरै अधिकार स्थानीय सरकारमै गएको छ । मनकामना मन्दिरस्थित शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा सिसी क्यामरा राखेर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुहुन्छ । “मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न साविकको मनकामना गाउँ विकास समितिले गरेका सबै निर्णय कार्यान्वयन गर्न लागेका छौँ, केबुलकारदेखि मन्दिरसम्मको बाटोलाई चार मिटरको बनाउँछौँ, दर्ता गरेर नियमसम्मत रुपमा व्यापार गर्न लगाउँछौँ”, उहाँ भन्नुहुन्छ । केबलकारको भाडा महँगो मनकामना दर्शन प्रालिले कुरिनटारबाट मनकामनासम्म ३।२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ६७५ लिने गरेको छ । यो भाडा कुनै सरकारी निकायले तोकेको होइन । मनकामना दर्शन प्रालिले नै यो भाडा तोकेको नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठको भनाइ छ । मनकामना दर्शन गरेर फर्कनुभएका पुरानो बानेश्वरका विमल लामिछाने केबलकारको लागतका आधारमा भाडा बढी भएको गुनासो गर्नुहुन्छ । नेपालमै पहिलो पटक २०५५ मंसिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो । त्यो बेलादेखि नै प्रालिले नै भाडा निर्धारण गर्दै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन । काठमाडौँको चन्द्रागिरीमा केबुलकार सञ्चालन हुने भएपछि सरकारले केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरेको थियो । चन्द्रागिरिको केबुलकारको भाडा पनि महँगो भएको यात्रुको गुनासो छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा निर्देशिका ल्याउने तयारी गरेका बेला केबुलकारको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएकाले रोकिएको बताउनुहुन्छ । “तर पछि मन्त्रालयबाटै अनुमति लिनुपर्ने र सञ्चालन भने स्थानीय तहले गर्ने व्यवस्था भएकाले केबुलकारलाई व्यवस्थित गर्ने निर्देशिका ल्याउने तयारी हुँदैछ, यो निर्देशिकामा केबुलकारको भाडा निर्धारणको व्यवस्था पनि हुनेछ”, उहाँको भनाइ छ । गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत केबुलकार चितवनबाट शुरु भई गोरखामा टुङ्गिने भएकाले व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ । “मनकामना क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ, अहिले अधिकार स्थानीय सरकारमै गएकाले गाउँपालिकाले व्यवस्थित बनाउन गर्ने काममा प्रशासनले सहयोग गर्छ, आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालय गोरखामा नभएकाले पनि व्यवसाय दर्ता भएर कर नतिर्ने समस्या छ,”, उहाँ भन्नुुहन्छ । प्रशासनले अनुगमन गरेका बेला व्यवसायी सुध्रने र फर्केपछि मनपरी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बस्नेत बताउनुहुन्छ ।
चुटकिला : झोंक्किएर लोग्नेलाई फोन गरी
स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी.. “कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?” लोग्नेः प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल.. जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ.. मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन.. तर भनेको थिए “एकदिन यो हार अवश्य तिम्रो हुनेछ ।” श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए.. श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट्टीमा छु ।
खुलेआम यौन क्रिडा गर्दागर्दै पक्राउ
काठमाडौँ। अमेरिकाको ओहियो राज्यमा एउटा महिला-पुरुष जोडीलाई स्थानीय प्राथमिक विद्यालयको खेल मैदानमा बालबालिकाकै सामुन्ने यौन क्रिडा गरेको आरोपमा गिरफ्तार गरिएको छ । ओहियो राज्यको क्यान्टन सहरस्थित वाकर इलेमेन्ट्री स्कुलको चौरलाई नै यौन क्रिडा गर्ने उपयुक्त स्थान ठानेर यसो गर्न थालेपछि त्यहाँ उपस्थित बालबालिका र शिक्षक-शिक्षिका दंग परेका थिए । क्यान्टन प्रहरीका अनुसार २३ वर्षीय ज्याकोबी स्किमिडिट र २२ वर्षीय एस्ली क्यारेलीलाई यस्तो अस्वाभाविक अवस्थामा भेट्टाइएको हो । प्रहरी रिपोर्ट अनुसार त्यहाँको सेरिफ कार्यालयको आकस्मिक टेलिफोन नं. ९११ मा कसैले वाकर काउन्टी स्कुलको चौरमा दुई जना खुलेआम यौनजन्य क्रियाकलापमा लिप्त रहेको खबर पाएपछि प्रहरी सक्रिय भएको थियो । प्रहरीहरू त्यहाँ पुग्दा उनले त्यो जोडीलाई विद्यालयको खेलमैदान छेउमै भेट्टाएको थियो र नगिचै ११ बालबालिका र थुप्रै वयस्क मानिसहरू खेलिरहेका थिए । प्रहरी आउँदा पनि त्यो जोडी यथावत यौन क्रिडामा लिप्त रहेको बुझिएको छ । अमेरिकी समाचार माध्यमहरूले जनाए अनुसार क्यारेलीले कम्बल ओढेकी थिइन् र बेलाबेला त्यहाँ उपस्थित मानिसहरूलाई आफ्ना स्तन प्रदर्शित गरिराखेकी थिइन् । प्रहरीले जनाए अनुसार उक्त समय क्यारेली सर्वांग नांगी रहेकी र स्किमिडिट कम्मर मुन्तिर नांगै रहेका थिए । ती दुबैले प्रहरीलाई आफूहरूलाई उक्त स्थानमा यौन क्रिया गर्न अनुमति नरहेको बारे थाहा नभएको बताएका थिए । साथै उनीहरूले आफूहरू भन्दा ६५ फीट टाढा आफ्नै सुरमा खेलिरहेका बच्चाहरू बाहेक अन्य कुनै व्यक्ति उपस्थित रहेको बारे थाहा नभएको बताएका थिए । प्रहरी अधिकारीहरूले उक्त स्थानमा थुप्रै बड लाइट बियरका रित्ता क्यानहरू भेटिएको जनाएको छ । त्यस जोडीले आफूहरुले उक्त बियर पिएको स्वीकारेका छन् । दुबैलाई गिरफ्तार गरेर स्टार्क काउन्टी कारागार चलान गरिएको बुझिएको छ ।
छड्केमा पुगेका गृहमन्त्री थापाले जव प्रहरी मेसमा खाना खाए…
काठमाडौं, चैत्र ७ । गृहमन्त्री रामबहादुर थापा बुधबार अचानक महानगरीय प्रहरी वृत्तअनामनगरको छड्के जाँच गरेका छन् । विना सूचना गृहमन्त्री आएपछि प्रहरी पनि वृत्तका प्रहरी झस्किए । गृहमन्त्री थापालाई वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । विफ्रिङका क्रममा थापालाई बोहोराले प्रहरीको मेसमा पर्याए जहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्रीलाई सामुन्नेमा देखपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे । त्यसपछि गृहमन्त्रीले डीएसपी बोहोरालाई भने खाना खानु पर्यो । हामीलाई पनि खाना पुग्छ ? गृहमन्त्रीले सोधेपछि उनले पुग्छ भने । गृहमन्त्री थापाले प्रहरी जवानसँगै बसेर मेसमा खाना खाए ।
इतिहासमा भारतले पहिलो पटक गल्ती स्वीकार्याे, एसएसबीद्वारा मारिएका नेपालीका परिवारलाई दियो क्षतिपूर्ती
काठमाडौं, चैत्र ६ । भारतीय सीमा सुरक्षा बल ( एसएसबी) को कुटपिटबाट मृत्यु भएका रौतहटका मुकुलराय यादवको परिवारलाई भारतीय सरकारले क्षतिपूर्ति दिने भएको छ । एसएसबीको कुटपिटबाट विसं २०६६ सालमा मृत्यु भएका यादवको परिवारलाई भारत सरकारले क्षतिपूर्ती स्वरुपम आठ लाख रुपैयाँ दिन लागेको हो । यसअघि उक्त घटनालाई भारतले स्वीकार गरेको थिएन । सीमा क्षेत्रमा एसएसबीको गतिविधिबाट नेपाली नागरिकको मानवअधिकार हनन भएको स्वीकार गर्दै भारत सरकारले क्षतिपूर्ति दिन तयारी भएको भने यो पहिलो घटना हो । भारतको राष्ट्रिय मानवअधिकार आयोगले उक्त घटनाबारे अनुसन्धान गरेपछि एसएसबीकै कुटाईबाट यादवको मृत्यु भएको निष्कर्ष निकालेको थियो । घटनास्थल अध्ययनपछि आयोगले एसएसबीबाट मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै मृतक यादवको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारलाई भनेको थियो । भारतीय मानवअधिकार आयोगले भारत सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिइएको बताउँदै गत अक्टोबरमा नेपालको मानवअधिकार आयोगसँग पीडित परिवारको बैङ्क खाता उपलब्ध गराइदिन अनुरोध गरेको थियो । नेपाली आयोगका पदाधिकारीहरुले पीडितका आफन्तको बैंक खाता उपलब्ध गराएपछि भारत सरकारको गृह मन्त्रालयले नेपालस्थित भारतीय दूतावासलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र पठाएको जानकारी आयोगमा आएको राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।