बालबालिका चकचके हुनुमा गल्ति कसको?

बालबालिकाले चकचक गर्नुलाई असामान्य मानिंदैन । तर कतिपय अवस्थामा यस्तो चकचकले समस्याकै रुप लिने गर्दछ । यसरी समस्याको रुप लिने गरेर गरिने चकचके व्यवहारलाई पहिचान गरेर त्यसको उपचार गरेमा त्यो ठीक भएर जाने विज्ञहरू बताउँछन् ।

बीबीसी नेपाली सेवाले यस विषयमाथि एउटा आलेख प्रकाशित गरेको छ  ।  प्रस्तुत छ बीबीसी नेपाली सेवामा प्रकाशित विनिता दाहालले तयार परेको यो सामग्री:

हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो।

अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ।

बालबालिकासम्बन्धी डाक्टर र मनोविश्लेषकहरू भन्छन्, यो समस्या बालबालिकाको होइन। अभिभावक र शिक्षकको हो।

तर बालबालिका चकचके वा जिद्दी भए भन्दैमा त्यसको उपचार नै नखोजी विद्यालयबाट निकाल्नु गैरजिम्मेवार हुनु हो भन्ने धारणा बालमनोविज्ञ डाक्टर गङ्गा पाठकको छ ।

समस्याको समाधान के?

उनका अनुसार यसरी विद्यालयले विद्यार्थी निष्कासित नै गरेको समाचार पहिलो पटक सुनिए पनि बालबालिकामा चकचकेपनाको समस्या भने धेरै हुने गरेको उनले बताइन्।

“चकचकपनाको ‘डिग्री अफ डिफिकल्टी’ हेरेर कति स्वाभाविक हो वा अस्वभाविक हो भन्ने थाहा हुन्छ,” उनले भनिन्, “सामान्य चकचक हो भने त्यसलाई बालबालिकाको बालापन सम्झनुपर्छ। उ जिज्ञाशु छ भन्ने सोच्नुपर्छ। यो स्वाभाविक हो।”

तर कुनैकुनै बालिकाबालिका एकदमै धेरै अस्थिर हुने, कसैले भनेको नटेर्ने, अरूको ध्यान आकर्षित गर्न खोजिरहने खालको भए त्यसलाई अस्वाभाविक मान्नुपर्ने उनी बताउँछिन्।

अस्वाभाविक चकचकेपनको समाधान कसरी गर्ने?

डाक्टर पाठक भन्छिन्, “त्यो अस्वाभाविक चकचकेपनलाई हामी ‘अटेन्शन डिफिसिट हाइपर्एक्टिभ डिस्अर्डर’ भन्छौँ। त्यो एक किसिमको रोग हो जुन उपचारबाट निको हुन्छ।”

बालबालिकाले शिक्षकले भनेको नमानेको, पढाइमा ध्यान नदिएको, हल्ला गरेको भन्ने जस्ता गुनासो विद्यालय र अभिभावकबाट आएपछि त्यस्ता बालबालिकालाई तीनदेखि छ महिनासम्म उपचार गराएर पुरानै विद्यालयमा पठाएको अनुभव उनले सुनाइन्।

बालबालिकासम्बन्धी विशेषज्ञ डाक्टर मन्दिरा श्रेष्ठ पनि बालबालिका अस्वाभाविक रूपमा चकचके भएको वा एकदमै कम सक्रिय भएको ख्याल गरेर त्यस्ता बालबालिकालाई समस्या छ कि भनेर

“विद्यालय वा घरमा अडिन गाह्रो हुने खालका बालबालिका छन् भने उनीहरूमा केही रोग पो छ कि भनेर विचार पुर्‍याउनुपर्छ,” डाक्टर श्रेष्ठले भनिन्, “जस्तै कतिपय बालबालिकालाई अटिजम भएको हुनसक्छ। अथवा कतिपय बालबालिकालाई अभिभावकले जे भन्यो त्यही पुर्‍याइदिँदा पनि उनीहरू जिद्दी हुने, अरूले भनेको नमान्ने खालको समस्या उत्पन्न भएको हुनसक्छ।”

त्यसैले बालबालिकामा कतिपय कुरा अभिभावकले विद्यालय नजाँदै सिकाउनुपर्ने मनोचिकित्सकहरू बताउँछन्।

अभिभावकले बालबालिकाको कस्ता विषयमा ध्यान दिने?

डाक्टर पाठक भन्छिन्, “उनीहरूले खाने जङ्क फुडदेखि फोन, ट्याबहरूमा खेल्ने भिडिओ गेमसम्मको असर बालबालिकाको मनोविज्ञानमा परेको हुन्छ।”

बालबालिकालाई पहिला जस्तो शारीरिक रूपमा सक्रिय हुने खेलमा प्रोत्साहन नगर्नु, प्रकृतिसँग निकट बनाउन नखोज्नु र मानिसहरूसँग घुलमिल हुन नसिकाउनुले पनि समस्या उत्पन्न गर्ने उनले बताइन्।”अनि आजकाल अभिभावकहरू बालबालिकालाई उनीहरूले मागेका जस्ता कुराहरू पनि पुर्‍याइदिन्छन्। त्यो ठिक होइन,” उनले भनिन्, “अत्यावश्यकीय कुरामा उनीहरूलाई अभावमा राख्नुहुँदैन, तर उनीहरूले मागेको नदिए रुन्छन् भन्दैमा सबै कुरा दिनु पनि हुँदैन।”

आजकल चकचके बच्चालाई मात्रै नभई उनीहरूका अभिभावकलाई पनि त्यसबारे परामर्श दिनुपर्ने भएको उनले बताइन्।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक गर्ने पाठकले आफ्नो कार्यालयमा दैनिक दुई तीनजना अभिभावक आफ्नो सन्तान चकचके भयो भन्ने गुनासा लिएर आउने गरेको बताउँछिन्।

गत चैत्र महिनामा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पनि थुप्रै त्यस्ता अभिभावक आफ्नो बालबालिका चकचके भएको भन्दै कतिपय विद्यालयले भर्ना नलिएको गुनासो आफूकहाँ आएको उनले बताइन्।

त्यसैले उनको सुझाव छ – अभिभावक र विद्यालयका शिक्षकले बालबालिका धेरै चकचके भए उनीहरूलाई पिट्ने वा विद्यालयबाट निकाल्ने होइन उनीहरूको त्यो रोग पो हो कि भन्नेमा ध्यान पुर्‍याउनुपर्छ। बीबीसी

अमितले आज सबैलाई मनपर्ने गीत गाउने, भोट गर्न अपिल

काठमाडौं, मंसिर २० । जारी नेपाल आइडल सिजन २ मा आज ‘उत्कृष्ट ४’ मा पुग्नका लागि फुटवल अडिसनबाट भाग लिएका अमित बरालले दमदार प्रस्तुति दिने भएका छन् । उनले आज ‘उडाउँछु आकाशमा कहिले, बादल सरी’ बोलको लोकप्रिय गीत गाउने भएका हुन् । हालसम्म स्रोतादर्शकको मन जित्दै यो स्थानसम्म पुगेका उनले आज पनि उत्कृष्ट प्रस्तुति दिने जमर्को गरेका छन् । अमितले पनि सामाजिक सञ्जाल फेसबुक तथा पेजबाट सबैलाई भाट गर्न आग्रह गरेका छन् । उनी बाहेक अब नेपाल आइडलमा रवि ओड, सुमित पाठक, अस्मिता अधिकारी र बिक्रम बराल छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि (शुक्रबार) एक प्रतिस्पर्धी आइडलबाट बाहिरिने छन् ।

बर्खास्त मन्त्री सोडारीमाथि नैतिक आचरणको गम्भीर आरोप, यस्तो छ कार्वाहीकाे भित्री कथा

काठमाडौं, कार्तिक २७ । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाहट आएको थियो । प्रसङ्ग थियो– सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध परेका उजुरी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध नैतिक र पदीय आचरणसँग जोडिएका उजुरी आएपछि उनीलाई मन्त्रीपदबाट हटाउन पार्टी अध्यक्षसमक्ष उजुरी परेको थियो । नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए । विशेष श्रोतका अनुसार, सोमबार बिहान काठमाडौं आएका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले यस विषयमा गम्भीर छलफल गरेका थिए । नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए । धनगढी फर्केलगत्तै मुख्यमन्त्रीले आफ्नो टीम तथा प्रदेश इन्चार्ज भीम रावललगायतसँग यसविषयमा छलफल गरेको श्रोतले जनायो । राजनीतिकरुपमा भीम रावलका निकट मानिन्छन् बर्खास्त भएका मन्त्री दीर्घ सोडारी । स्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो । जिल्ला पनि एउटै । श्रोतका अनुसार, इन्चार्ज भीम रावललाई सोडारीको आचरणका बारेमा यसअघि पनि सूचना प्राप्त नभएको होइन । उनले सोडारीलाई सच्चिन समेत भनेका थिए । तर पर्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै यो विषयमा चासो लिएपछि नेता रावलले सहमति व्यक्त गरेका थिए । नेता रावललगायतसँग छलफल गरेपछि मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गर्ने र उनको स्थानमा कृष्ण सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको थियो । हाकाहाकी स्वभावका मन्त्री सोडारीविरुद्ध नैतिक तथा पदीय आचरण अनुरुप काम नगरेको भन्ने गम्भीर आरोप छ । श्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो । केही दिनअघि राती मन्त्री सोडारीको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए । त्यतिखेर उक्त गाडीमा मन्त्री भने नभएको कुरा सार्वजनिक गरिएको थियो । नैतिकताविहिन काम गरेको भन्दै आज नै नेकपाको प्रदेशस्तरको बैठकले सोडारीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । “उनीमाथि पदीय आचरण पालना नगरेको कारण कार्वाही गरिएको हो ।” बैठकमा सहभागी एक नेताले भने । अहिले उनी अनिश्चितकालिन कार्वाहीमा परेका छन् । श्रोतले भन्यो, “चानचुने विषयमा यति ठूलो निर्णय हुँदैन । मन्त्रीबाट हटाउनु र पार्टी सदस्यता नै नरहने गरी कार्वाही गरेबाट उनले गम्भीर गल्ती गरेको पुष्टि भएको छ । बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर गुटबन्दीका कारण पदबाट कार्वाही गरेको स्वभाविक लागेपनि पार्टी सदस्यताबाटै कार्वाही हुनुबाट भने उनको तर्क दमदार देखिँदैन । पार्टी सदस्यताबाटै कार्वाही गरिएको यो घटनाले सुदूरपश्चिम प्रदेशमा संगठनभित्रको अराजक प्रवृत्तिमा अंकुश लाग्ने टिप्पणी समेत यतिखेर गरिएको छ ।

तेश्रो विश्वयुद्धको सन्त्रासमा पहिलो विश्वयुद्धको सम्झना

सय वर्ष अघि, संसार नै दुई ध्रुबमा बाँडिएको समय । विश्व शक्ति केन्द्र भत्किएर नयाँ ध्रुवको निर्माणको समय । यस्तो समयावधि जसमा युद्धरत रसियन साम्राज्यमा अक्टोबर क्रान्ति सम्पन्न भयो र सुरु भयो रुसमा समाजवादी सत्ताको अभ्यास । साथै जर्मन, अटोमन, रसियाली र अस्ट्रिया-हंगेरीको साम्राज्य ढलेसँगै युरोपेली साम्राज्यवादको पतनको सुरुवात । र विश्वको इतिहास, राजनैतिक नक्शा र स्वरूप नै परिवर्तन भएको कालखण्ड । यो कालखण्ड थियो प्रथम विश्वयुद्धको । मानव इतिहासकै त्यो वीभत्स अनुभव जो विश्वले आजभन्दा ठीक एक सय वर्ष पहिले अनुभव गरेको थियो र ठीक सय वर्षअघि आजकै दिन चार वर्ष लामो त्यस भीषण युद्धको अन्त्य भएको थियो । यस समय संसारभरिका नेताहरु फ्रान्समा भेला भएका छन् । सन् १९१४ देखि १९१८सम्म चलेको विश्वयुद्धमा मृतकहरुपति सम्मान दिन उनीहरु भेला भएका हुन । अमेरिकादेखि बेलायत र स्पेनदेखि जर्मनीसम्म । सबै त्यो दिन सम्झिरहेका छन् । आज हुने समारोहको नेतृत्व फान्सका राष्ट्रपति इम्यानुअल मार्कोनले गर्नेछन् । समारोहमा आठ जना छात्रले युद्ध लडेका सिपाहीहरुको आत्मकथा वाचन गर्ने छन् । त्यहाँ शास्त्रीय संगीत बज्ने कार्यक्रम छ । र नेताहरुले भाषण गर्ने छन् । आज पश्चिमी किल्लामा ८० देशका सैनिकहरुले आफ्ना हतियार विसाउने छन् । अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो समारोहमा उपस्थिति हुने छन् । पहिलो विश्वयुद्धमा अमेरिकाका मात्रै एक लाख सत्र हजार सैनिक मारिएका थिए । बेलायतकी महारानीले पनि लण्डनमा नै युद्धमा मारिएका सिपाहीहरुको चिहान पुगेर यो दिवसको सम्झना गर्ने बताइएको छ । पहिलो विश्वयुद्धमा डेढ देखि दुई करोड सैनिक र सर्वसाधारणको मृत्यु भएको थियो । यो युद्धमा मारिनेमा सबैभन्दा बढी करिब ३३ लाख व्यक्ति रुसी नागरिक थिए । एकातिर उनीहरुले औपचारिकतावश विश्वयुद्धको सम्झनामा कार्यक्रम गरिरहेका छन अर्कोतर्फ भने उनीहरुका गतिविधिले तेश्रो विश्वयुद्धको झझल्को दिइरहेको छ । अमेरिकी विदेश नीति जसरी आक्रामक हुँदैछ, जसरी फेरी कट्टरपन्थीहरु सत्तामा पुगिरहेका छन्  र व्यापार जसरी लडाईको केन्द्रमा पुगेको छ, फेरी नयाँ ढंगले विश्वयुद्ध नहोला भन्न सकिन्न । विश्वयुद्ध वर्चश्वको युद्ध थियो ।  साम्राज्यको वर्चश्व, अर्थतन्त्रको वर्चश्व । र, अहिले यो व्यापारमाथिको वर्चश्वमा रुपान्तरण भएको छ । यो वर्चश्वको लडाईंले विश्वका कतिपय शक्तिहरु विभाजित भएका छन र ससाना शक्तिहरु विश्वभरी उदयमान भएका छन् । तेश्रो विश्वयुद्ध भई नै हाल्यो भने के होला त्यसको कल्पनासम्म गर्न सकिन्न । एउटा भयानक त्रासदी । मानव सभ्यता नष्ट हुने परिघटना । के त्यसो होला ? सोझै ठोकुवा गर्न नसकिएपनि अहिले विश्वका शक्ति राष्ट्रहरुको व्यवहार हेर्दा त्यहाँ नपुगिएला भन्न सकिन्न । जुन समय पहिलो विश्युद्धको पृष्ठभूमि तयार हुँदै थियो विशेष गरी युरोपमा उग्र राष्ट्रवाद चरममा थियो र शक्तिशाली देशहरू आफूलाई झनै शक्तिशाली बनाउने होडमा थिए । अटो भान बिस्मार्कले एकीकरण गरेपछि निरन्तर शक्तिशाली हुँदै गएको जर्मनीले युरोपमा फ्रान्सलाई एक्ल्याउने कुटनैतिक कोसिस त गर्दै थियो नै यसका साथै उसले आफूलाई युरोपको सबैभन्दा ठुलो सैन्य शक्ति बनाउने कोशिस पनि गर्दै थियो । उता जर्मनीको शक्ति संचय्ले ब्रिटेन, फ्रान्स, रसिया र अस्ट्रिया सशंकित थिए । बढ्दो आपसी कटुता र अविश्वासको पृष्ठभूमीमा अस्ट्रियाली राजगद्दीका उत्तराधिकारी आरक ड्युक फ्रान्सिस फर्डिनांडको हत्याले अआगोमा घ्यूको काम गऱ्यो । फर्डिनांडको हत्या बोस्नियाको राजधानीमा भएको थियो । अस्ट्रियाले यसमा सर्बियालाई दोष लगाउँदै उससमक्ष दस सूत्रीय माग राख्दै ४८ घण्टे अल्टिमेटम दियो र सर्बियाले यो अस्वीकार गरेपछि २८ जुलाई १९१४ मा सर्बियामाथि आक्रमण गऱ्यो । अस्ट्रियाको पक्ष जर्मनीले लियो र सर्बियाको पक्षमा ३१ जुलाई १९१४ मा रुस र फ्रान्स उत्रिए । ब्रिटेन पनि ५ अगस्त १९१४ मा यो युद्धमा होमिएपछि यो युद्ध विश्वभरि फैलियो । यसो हेर्दा उक्त समय युद्धको प्रमुख कारण साम्राज्यवादी दम्भ, असीमित शक्ति संचय र पारस्परिक अविश्वास थियो र यदि तुलना गरेर हेर्ने हो भने अहिले विश्व कुनै न कुनै अवस्थामा त्यही विन्दुमा पुगेको जसो लाग्दैछ । तर आज शक्ति युरोपमा सिमित छैन यो समग्र युरेसिया र अफ्रिका लगायत अमेरिकी र महासागरीय क्षेत्रहरूमा फैलिएको छ । यस्तो अवस्थामा यदि तेस्रो विश्वयुद्ध हुने हो भने यो संसारभरि फैलिने छ र वर्तमान समयमा उपलब्ध हतियार र प्रविधिको आकलन गर्ने हो भने यो पहिले भन्दा कयौं गुणा बढी विध्वंशक हुनेछ ।  

मोबाइल धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो खतरा

काठमाडौं । मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ । मोबाइल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्‍याइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तो असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कैयौं अध्ययन र अनुसन्धान भएका छन् । तर, स्पष्ट जवाफ अझैं आएको छैन । मोबाइलको रेडिएसन एक्स–रे र पराबैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र पराबैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउनचाहिँ सक्दैन । त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन । तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाइएको छ । यसको आधारमा मानव शरीरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ । विश्वभर मोबाइलको प्रयोग र क्यान्सरको सम्बन्धमा अनुसन्धानहरू भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या, विशेष ब्रेन ट्युमरबीच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सीधा सम्बन्ध रहेको बताउँछन् । रेडियो फ्रिक्वेन्सीले सामान्यतया फोन कल आउँदा बढी असर गर्ने भएकाले मोबाइल सकेसम्म टाउकोभन्दा टाढा राख्नुपर्दछ । लाउड स्पिकर अथवा इयरफोनको प्रयोगद्वारा पनि हामी रेडिएसनको असरबाट बच्न सक्छौं । नयाँ पत्रिकाबाट

बजारमा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, असोज १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजावी सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७३० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

तोलामा कतिले घट्यो सुनचाँदी भाऊ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

म्याग्दी, भदाै २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो । बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीका बासिन्दा त्रासमा परेको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए । “बस्तीमाथिको पाखोबाट आउने बाढी र कालीगण्डकीको कटानका कारण जोखिम बढेको हो” कर्माचार्यले भने, “बाढी र कटानको जोखिमका कारण बर्खायाममा राम्रोसँग निदाउन समेत पाउँदैनौँ ।” गत वैशाख ३० गते बस्तीमाथिको खोल्साबाट आएको बाढी पस्दा चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति पुर्याएको थियो । कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको छ । भदौ १ गते राति कालीगण्डकीमा आएको बाढीले खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योग पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीले धार परिवर्तन गरेर प्राकृतिक तातोपानीको मुहानतर्फ सोझिएकाले कटानको जोखिममा परेको छ । भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रको कार्यालय वरपरका बासिन्दा रातको समयमा अन्यत्र गएर सुत्ने गरेका छन् । वैशाखको बाढीलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिशमा जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले ७५ थान तारजाली उपलब्ध गराएको थियो । गाउँपालिकाको रु पाँच लाख र प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाको पहलमा जल उत्पन्नले उपलब्ध गराएको थप रु पाँच लाखबाट ७५ थान जाली भरेर खोल्सामा छेक बाँध र ग्याबियन पर्खाल लगाएको छ । थप ग्याबियन पर्खाल लगाउन जाली, बजेट र योजनाको अभाव भएको कर्माचार्यले बताए । उनका अनुसार थप १०० थान तारजाली आवश्यक देखिएको छ । नदी कटान र बाढी नियन्त्रणका लागि गाउँपालिकामार्फत् प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । खानी बन्द हुँदा रोजगारी गुम्यो म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ । सङ्घीय र प्रदेश सरकारले कानून निर्माणमा ढिलाइ गरेका कारण घर तथा भवन छाउने ढुङ्गा (स्लेट) उत्खनन गरिँदै आएका खानी बन्द भएको हो । संविधानले व्यवस्था गरेअनुसार सङ्घीय र प्रदेश सरकारले खानी उत्खनन तथा सञ्चालनसम्बन्धी कानून निर्माणमा ढिलाइ गर्दा खानी सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । स्थानीय स्वायत्त शासन ऐन २०५६ अनुसार तत्कालीन गाविसले सञ्चालन गर्दै आएको खानीलाई नयाँ संरचनाअनुसार गाउँपालिकाको मातहत ल्याएर व्यवस्थित र वैधानिकरुपमा सञ्चालन गर्न कानूनी अड्चन देखिएको छ । “वातावरणीय अध्ययन गरेर व्यवस्थित र पारदर्शी हिसाबले खानी सञ्चालन गर्ने तयारी गरिए पनि कानून नबन्दा अप्ठ्यारो भएको छ” गाउँपालिकाका अध्यक्ष रोकाले भने । पहिले स्थानीय युवाले वार्षिक रु पाँच लाखमा ठेक्का लिएर उत्खनन र निकासी गर्दै आएका थिए । गाउँपालिकाका अनुसार स्लेट उत्खननकर्ताले यसअघि करार गरेबमोजिम रु छ लाख ३१ हजार अझै भुक्तानी गरेका छैनन् । घर छाउन र भूइँमा बिछ्याउनका लागि स्लेट प्रयोग हुन्छ । पातला, आकर्षक र सस्तो हुने भएकाले म्याग्दीका ग्रामीण बस्तीसँगै सदरमुकामलगायत छिमेकी जिल्लामा रुमको स्लेटको माग बढ्दो छ । सिमेन्टले ढलान गरेको भन्दा लागत कम पर्ने, आकर्षक देखिने र टिकाउ हुने भएकाले कच्ची घर छाउन तथा पक्की घरभित्र र बाहिर टायलको रुपमा बिछ्याउन स्लेटको खपत बढेको वडाध्यक्ष नरबहादुर पुनले बताए । खानी बन्द हुँदा खानीमा स्लेट उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका ५० भन्दा बढी मजदूर बेरोजगार भएका मजदूर पदमबहादुर विकले गुनासो गर्नुभयो । खानीमा काम गरेर एक जनाले मासिक रु १० हजारदेखि ४५ हजारसम्म आम्दानी गर्दथे । खानीमा अधिकांश दलित समुदायका मजदूर कार्यरत थिए । रुम गाउँदेखि दुई घण्टा उकालो पैदल हिँडेपछि पुगिने पहाडको फेदीमा रहेको खानी विसं २०२६ मा पहिचान भएको थियो । रुमको स्लेट काठमाडौँ, पोखरा, चितवनलगायतका शहरमा निकासी हुने गरेको छ । मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आधा दर्जन स्लेट खानी रहेका छन् । झोलङ्गे पुल बगायो म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेंसीदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेंसीमा सयौं रोपनी खेतीयोग्य जमीन कटान गरेको र बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष राजाराम सुवेदीले बताए । पुल बगाएपछि खोला वारपार बन्द भएको छ । मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । एक सय घरधुरीभन्दा बढी प्रभावित भएका छन् । ठूलोखोलाको कटानले सिँचाइको पाइप र विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । बेँसीस्थित ठूलो र सानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । सानो खोलामा रहेको अस्थायी काठे पुलसमेत बाढीले बगाएको छ । बाढी र पहिरोले पुर्याएको क्षति विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । रासस

धार्मिक पर्यटनको उचित व्यवस्थापन गरे आर्थिक समृद्धि हुन्छ– मन्त्री कुशियत

विराटनगर, जेठ २२ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य योजना विषयक सञ्चारकर्मी र सरोकारवालासँगको अन्तक्रीया कार्यक्रममा उहाँले प्रदेशमा रहेका ३५ वटाभन्दा बढी हिमालयको उचित प्रचारप्रसार गर्नसकेमा विदेशी पर्यटकको कमी नहुने बताउनुभयो । मन्त्री कुशियतले विराटनगरदेखि बर्जुताल, कोशी टप्पु, रामधुनी, चतरा, बराह क्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, भेडेटार, नमस्ते झरना जाने एक करिडोर निर्माण गरेमा छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्कीम र बंगलादेशका दशौँ लाख पर्यटकको आगमन प्रदेशमा भई ती मुलुकसँगको व्यापार घाटा कम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले प्रदेश नं १ को आव २०७४÷७५ मा सञ्चालित कार्यक्रम र आगामी वर्ष २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्दै एक पालिका एक फर्निचर, एक वन एक उद्यम कार्यक्रम सञ्चालन गर्ने भन्दै वैज्ञानिक वन कार्यक्रम सञ्चालन गरी वार्षिक सात लाख क्यूविक काठ उत्पादन गर्ने जानकारी दिनुभयो । महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विज्ञ सल्लाहकार सोम अधिकारी, महासंघका केन्द्रीय सदस्य सवगेन्द्र जवेगु, महासंघ प्रदेश महासचिव विवेक गौतम र महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्माले प्रदेश समृद्धिको आधार, उद्योग, पर्यटन वन तथा वातावरणमा सुधार विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाले वनमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पनि अधिकार हुनुपर्ने, १४ जिल्लामा उपभोक्ता सचेतन कार्यक्रम सञ्चालन गर्नुपर्ने आदि सुझाव दिएका थिए । रासस

सन्दीप ‘विश्व ११’ का लागि आज बेलायत जाँदै

काठमाडौं, जेठ १५ । आइइसीसी ‘वर्ल्ड ११’ बाट वेष्ट इण्डिजविरुद्ध टी–२० क्रिकेट खेल्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज राति बेलायत जाने भएका छन् । आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने आइसीसी विश्व ११ मा पर्न सफल भएका हुन । क्रिकेटको मक्का भनिने बेलायतका लर्डसमा आगामी मे ३१ मा खेल हुने छ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले ‘वर्ल्ड ११’ मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ । किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, शोयब मल्लिक, हार्दिक पाण्डेया, थिशारा परेरा, लुक रोन्ची जस्ता खेलाडी छन् । खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष आँधिका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको हो । वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्रि, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल जस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।

‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गराैं ?’

बुटवल, जेठ १४ । “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो । कानूनको अभाव, भौतिक पूर्वाधारको अभाव र जनशक्तिको अभाव भएपनि अप्ठ्याराको सामना गरेर काम गर्दैआएको जानकारी दिँदै उहाँले भन्नुभयो – “प्रदेश सरकार अलमल र द्विविधामा छैन ।” मुख्यमन्त्री पोखरेलले अगाडि भन्नुभयो – “प्रदेशको विकासको अवधारणामा हामी स्पष्ट छौं । अहिले विकासको अवधारणामा काम गरिरहेका छौं, अर्को वर्ष योजनामा काम गर्छौं । संवैधानिक अधिकार र दायित्वको हिसाबले जुन काम भएको छ, त्यो अत्यन्तै कम हो ।” प्रदेश सरकारप्रति जनताको अपेक्षा धेरै भएको भन्दै मुख्यमन्त्री पोखरेलले जिल्लामा रहेका कार्यालयलाई प्रदेश सरकारको इकाइको रुपमा रुपान्तरण गरिने जानकारी दिनुभयो । उहाँले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा पहिरो लाग्ने समस्याको दिगो समाधान खोज्न छलफल भइरहेको पनि जानकारी दिनुभयो । प्रदेश नं ५ को मा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा तीन हजार जनशक्ति आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो – “केन्द्रीय सरकारले कस्तो जनशक्ति पठाउँछ, त्यो हेर्छौं र छ महिनापछि प्रादेशिक लोकसेवा आयोग निर्माण गरेर काम अघि बढाउँछौं ।” प्रदेश सरकार गठन भएको छोटो समयमा प्रादेशिक जग निर्माणका लागि प्रदेशको स्थितिपत्र तयार पार्ने काम सम्पन्न भएको र भौतिक संरचना र स्रोत जुटाउन भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा समिति बनाइएको जानकारी पनि उहाँले दिनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले संविधानमा व्यवस्था गरिएअनुरुप कर्मचारी समायोजन र प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नभएका कारण प्रदेश सरकारलाई पूर्ण क्षमतामा काम गर्न कठिनाइ भएको बताउनुभयो । लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ लम्ब्याउन, लुम्बिनी सर्किटमा मोनोरेल सञ्चालन गर्न र प्रदेशभित्रका पर्यटकीय क्षेत्रमा होमस्टे प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन भइरहेको प्रदेश सरकारले जनाएको छ । त्यस्तै, प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि सम्भाव्यता अध्ययन, रासायनिक बिषादीको विकल्पसम्बन्धी अध्ययन, प्रदेशभित्र सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति तथा वर्तमान अवस्थाको अध्ययन गरी प्रतिवेदनसमेत तयार भएको बताइएको छ । आइटी पार्क निर्माणका लागि अध्ययन गर्ने र कपिलवस्तुको जगदीशपुर ताल संरक्षणका लागि जैविक विविधतायुक्त उद्यान बनाउने कार्ययोजना तयार पार्ने काम पनि प्रदेश सरकारले सम्पन्न गरेको छ ।

एकपटक मजाले हासौंः धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो । यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो । केही बेरपछि किसान सुक–सुक गर्दै रुन थाल्यो ‘। धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमीमात्रै रहिछौ । किसानः म हजुरको गीत सुनेर रोएको होइन । धुर्मुसः अनि किन त…? किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो । आज मलाई मेरो गोरुको याद आयो अनि रोएको । एजेन्सीको सहयोगबाट

धेरै एयरफोन लगाउनेलाई हुनसक्छ बहिरोपन ?

काठमाडौं, वैशाख १५ । आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका हुन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसन जस्तै चलेको छ । तर, संगीतको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ । एक अध्ययन अनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका अनुसन्धानकर्ताका अनुसार १९८८ देखी १९९४ मा गरिएको सर्वेक्षणको तुलनामा २००५ देखी २००६ मा १२ देखि १९ वर्षका किशोरकिशोरीमा बहिरोपन ३० प्रतिशत बढेको पाइएको छ । यस्तै, विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो । अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ता जनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन । तर, मोबाइल फोन र इयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अध्ययन गरिरहेका छन् । जोसेफ भन्छन्, ‘बहिरोपनको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।’ अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५ देखी २००६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ । कानको हेरविचार कसरी गर्ने १. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ । २. कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् । ३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । ४. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न । ५. नुहाउदा कानमा कपास वा सुतिको कपडा हाल्नुहोस्, ताकि साबुन,पानी सिधै कान भित्र छिर्न नपाओस् । ६. नियमित कानको परिक्षण गराउनुपर्छ ।

कत्तै तपाई गलत ‘ब्रा’ त किन्दै हुनुहुन्न ? ‘ब्रा’बारे जान्नै पर्ने यी कुरा

काठमाडौं । विश्वभरका महिलामा जव कपडाको कुरा हुन्छ निसन्देह त्यहाँ सबैभन्दा पहिला ब्राको बारेमा चर्चा हुने गर्छ । महिला पिच्छे रोजाइ फरक हुनु नौलो कुरा भएन । तर अधिकांश महिलाले ब्रा किन्दा सधै एकै किसिमकाे गलती गर्ने गर्छन । यसै सन्दर्भमा हामी ब्रासँग जोडिएका केही गल्तीबार यहाँ जानकारी गराउदै छौं । जानुहोस् कत्तै तपाई पनि त्यस्तै गल्ती त गर्दै हुनुहुन्न्ः कमसल ब्रा खरिद यदि अनलाइन सेलमार्फत ब्रा किन्दै हुनुहुन्छ भने तपाई पक्का कमसल ब्रामा पैसा फाल्दै हुनहुन्छ । तर एउटा राम्रो र कमसल ब्रामा आकाश जमीनको फरक हुन्छ । कमसल ब्राका तुलनामा राम्रा ब्राले तपाईलाई सहज र आरामदायी महशुश हुन्छ र नियमित धुँदा पनि त्यसको गुणस्तरमा गिरावट आउदैन । तर कमसल ब्रा २/४ पटक धोएपछि आफ्नो रुपै बदलिन्छ । गलत साइजको ब्रा महिलाहरु यो एउटा गलती अक्सर गर्ने गर्छन । यदि तपाईले किनेर ब्राको साइज फिटिङ गराउनु भएको छैन भने तपाईले पक्कै गलत साइजको ब्रा लगाइरहनु भएको छ । तौल बढ्ने, तौल घटने, गर्भवती हुन वा हार्मोनहरुमा परिवर्तनका कारण महिलाहरुको शरीरमा परिवर्तन आइरहेको हुन्छ । जसका कारणले समय–समयमा ब्राको फिटिंङमा पनि परिवर्तन भई रहेको हुन्छ । त्यसैले केही समयको अन्तरमा ब्रा को फिटिंङ चेक गर्नु पर्छ । दुइ दिन एउटै ब्रा लगाउनु एउटै ब्रा दुई दिनसम्म वा सो भन्दा धेरै दिन लगायो भने ब्रा धेरै दिनसम्म चल्छ भने महिलाहरुको सोचाइ हुन्छ । तर यो सोचाई पूरै गलत छ । र कुनै सत्यता छैन । तपाईको ब्रामा पहिलेकै आकार (सेप) मा आउन पनि समय चाहिन्छ । एक दिन भन्दा बढी लगाएमा तपाईको ब्राको इलाष्टिक नै लुज हुन्छ । यसको साथै एउटै अण्डरगार्मेन्ट (भित्री कपडा) एक दिनभन्दा धेरै लगाउनु अनहाइजीनिक मानिन्छ । ब्रालाई वशिङ मसिनमा धुनु यदि तपाई आफ्नो ब्रालाई वासिङ मेसिनमा धुनुहुन्छ भने त्यो बानीलाई आजै सुध्रानुस् । किनकी ब्रा एकदमै कमजोर फैब्रिकले बनेको हुन्छ । वासिङ मेसिनमा धुनाले ब्राको कपडा विग्रिन सक्ने सम्भावना धेरै हुन्छ । त्यसै त ब्रा हातले धुनु राम्रा मानिन्छ । तर आजभोलि धेरै मानिसले सजिलोका लागि कपडा धुन वासिङ मेसिनको प्रयोग गर्छन । सम्भव भएसम्म ब्रा हातैले धोनुस् भएन भने लान्जरी ब्यागमा राखेर वासिङ मेसिनमा धुदा राम्रो । ब्राण्ड अनुसार फरक साइज यदि तपाई अलग–अलग ब्राण्डमा पनि एउटै साइजको ब्रा किन्नु हुन्छ भने त्यो गलत गरिरहनु भएको छ । ब्राको बैड र कप साइज ब्राण्ड अनुसार फरक–फरक हुने गर्छन् । तर जे भएपनि कुनै पनि ब्राण्डको ब्रा किन्दा लगाएर मात्रै किन्नुस् । ब्राको पनि एक्सपायर डेट यदि तपाई आफूलाई मन परेकोे ब्रा लामो समयदेखि लगाइरहनु भएको छ भने अब त्यो परिवर्तन गर्ने समय आयो । तपाई अचम्भित हुनु हुला एउटा ब्राका आयु ६ देखि ९ महिनासम्म मात्रै हुन्छ भन्ने सुन्दा । यदि तपाईले एउटा ब्रा त्यो भन्दा लामो समयसम्म लगाउनु भयो भने त्यसको हुक झर्न थाल्दछ र स्तनले पनि बाहिर हेर्न थाल्दछन् । यस्ता संकेत देखिन थालेपछि तपाईले बुझ्नुपर्छकी पूरानो ब्रा फ्याकेर नयाँ किन्ने बेला भयो भनेर । राम्रोसँग राख्नुस् जसरी तपाई आफ्ना कपडालाई जतन गरेर दराजमा राख्नुहुन्छ त्यसरी नै ब्रालाई पनि राम्रोसँग राखुनु होस् । किनकी हरेक ब्राको आफ्नो युनिक सेप हुन्छ यदि तपाईले सोही अनुसार राख्नु भएन भने त्यसको आकार (सेप) विग्रिन्छ ।

फेरियो यस देशको नाम

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले आफ्नो देशको नाम बफलेर ‘द किङडम अफ् इस्वातिनी’ राखेका छन् । देश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवको उपलक्षमा उनले यसो घोषणा गरेका हुन् । नयाँ नाम इस्वातिनीको अर्थ ‘स्वाजीहरूको भूमि’ भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मंचमै यस घोषणालाई अस्वाभाविक मनी पनि राजा मस्वातीले आफ्नो देशलाई ‘इस्वातिनी’ नै भन्दै आइरहेका थिए । उनले २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधनको क्रममा समेत यहि नाम प्रयोग गरेका थिए ।

अमेरिकामा साढे आठ लाख सरकारी कर्मचारीहरूको जागिर धरापमा, सरकार नै बन्द

पारित भएन महत्वपूर्ण बजेट अध्यादेश, बिना तलब घर बस्नेछन् कर्मचारी काठमाडौँ, माघ ६ । संघीय सरकारको बजेट अध्यादेश पारित हुन नसक्दा संयुक्त राज्य अमेरिकामा सरकारमाथि गम्भीर आर्थिक संकट आउन सक्ने देखिएको छ । यसले सरकारलाई अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्न बाध्य पार्न सक्नेछ । आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्च धान्न जसरी पनि पारित हुनुपर्ने यस अध्यादेशमा सरकारी खर्चका प्रावधानहरू रहेका छन् । यसको अभावमा अमेरिकी सरकारलाई संघीय सरकारको कामकाज चलाउन खर्चको जोहो गर्न कानुनी अड्चन आउने देखिएको छ । यो अध्यादेश आवश्यक ६० मत ल्याउन नसकेर असफल भएको हो । के हो त समस्याको चुरो ? हाल अमेरिकी सिनेटमा डेमोक्र्याट र रिपब्लिकन संसदहरू बीच सीमा सुरक्षा र आप्रवसनको विषयलाई लिएर कटुता बढेको छ । यसमा खास गरी दुइटा कारणहरू सतहमा देखिएका छन् । जसमध्ये पहिलो हो आप्रवासीहरू प्रति राष्ट्रपति ट्रम्पको असहिष्णुता । जगजाहेर छ कि विश्वभरिबाट उज्ज्वल भविष्यको खोजीमा अमेरिका आउने आप्रवासीहरूप्रति ट्रम्प प्रशासन कठोर रवैय्या राख्दछ । उसले आप्रवासीहरूलाई उनीहरूको देश फर्काउन आवश्यक कानुन बनाउने जनाइसकेको छ । उता डेमोक्र्याट सांसदहरू भने ‘ड्रिमर्स’ भनिने ती ७ लाख भन्दा पनि बढी आप्रवासीहरूलाई देश निकाला नगरिनुपर्ने भनिरहेका छन् जो कमै उमेरमा अमेरिका प्रवेश गरिसकेका थिए र जससँग आवश्यक दस्तावेजहरू अपुग रहेका छन् । पुर्व राष्ट्रपति ओबामाको समयमा त्यस्ता व्यक्तिहरूलाई अस्थायी नागरिकता प्रदान गरिएको थियो । पछिल्लो सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले यस कार्यक्रमलाई बन्द गर्ने घोषणा गरेका थिए र अमेरिकी कांग्रेसलाई मार्चसम्म यसको विकल्प खोज्न समय दिएका थिए । त्यस्तै यस संकटको अर्को चुरो भनेको अमेरिका र मेक्सिकोको सीमानामा पर्खाल लगाउने राष्ट्रपतिको महत्वाकांक्षी योजना हो । राष्ट्रपतिले यस परियोजनालाई अगाडी बढाउन रकमको माग गरेका थिए । रिपब्लिकन पार्टीले यस प्रस्तावका लागि एउटा ‘बार्गेनिंग’को बुँदा पनि अगाडी सारेका थिए । उनीहरूले निम्न आय भएका परिवारका बच्चाहरूको स्वास्थ्य बीमा कार्यक्रमलाई आउने छ वर्षसम्म निर्बाध चलाउने प्रस्ताव समेत ल्याएका थिए तर डेमोक्र्याट सांसदहरूले भने यस कार्यक्रमलाई स्थायी रूपमै अगाडी बढाउनु पर्ने माग राखेका छन् । के हुनेछ यसको असर? यस प्रकारको संकटलाई ‘गभर्मेन्ट सटडाउन’ या सरकार बन्दी भनिन्छ । यस्तो अवस्थामा राज्यसँग खर्चको अभाव हुन जान्छ जसले गर्दा राज्यका निकायहरू काम गर्न नसक्ने अवस्थामा पुग्दछन् । मौजुदा बजेटको म्याद आज राति १२ बजे समाप्त हुँदैछ । त्यसपछि अधिकांश सरकारी कार्यालयहरू बन्द हुनेछन् । यस्तो अवस्थामा बसोबास, वातावरण, शिक्षा एवं वाणिज्य विभाग अन्तर्गतका अधिकांश कर्मचारीहरू घर फर्किनेछन् । स्वास्थ्य, रक्षा, यातायात र अर्थ विभागका आधा जति कर्मचारीहरू पनि सोमवारदेखि कार्यालय जाने छैनन् । त्यस्तै राष्ट्रिय निकुंजहरू र राष्ट्रिय स्मारकहरू पूर्णतया बन्द हुन् सक्ने छन् । सन् २०१३ मा यस्तै स्थिति सिर्जना जनताको क्रुद्ध प्रतिक्रिया आएको थियो ।   कस्ता छन् प्रतिक्रियाहरू ? राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यालयले डेमोक्रेटिक पार्टीमाथि आरोप लगाउँदै भनेको छ,”उनीहरू वाहियात माग राखेर जनतालाई संकटमा पारिरहेका छन् ।” व्हाइट हाउसकी प्रवक्ता सारा स्यांडर्सले भनेकी छिन्, “उनीहरूका निम्ति हाम्रो राष्ट्रिय सुरक्षा, सैनिक परिवार र तिनका बच्चाहरू र देशका नागरिकहरूका निम्ति काम गर्नसक्ने हाम्रो क्षमता भन्दा राजनीति प्राथमिक छ ।” उता डेमोक्रेटिक नेता चक स्कुमरले राष्ट्रपति ट्रम्पले दुईदलबिचका सम्झौताहरू खारेज गरिदिएको र काँग्रेसमा आफ्नो पार्टीमाथि ‘दबाब’ नबनाएको आरोप लगाएका छन् । महत्वपूर्ण मुद्दाहरूमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरू बीच असहमति बढ्दा यसको नतिजा के होला भन्ने कुरा स्पष्ट हुन् सकेको छैन । कहाँबाट सुरु भयो संकट? बिहिवार राति संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ् रिप्रेजेन्टिभमा भएको मतदानमा आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्चको जोहो गर्न आवश्यक रकम विनियोजन गर्ने सम्बन्धि विधेयकमा भएको मतदानमा ६० मत कम पुगेपछि यो विफल भएको थियो । मतदानमा ५ जना डेमोक्र्याट सांसदहरूले विधेयकको पक्षमा र ५ जना रिपब्लिकनहरूले मत हालेका थिए । यस बन्दले ८ लाख ५० हजार सरकारी कर्मचारीहरू प्रत्यक्ष प्रभावित हुने जनाइएको छ । उनीहरूले बिना तलब घर बस्नु पर्नेछ । तर यस्तो अवस्थामा पनि अत्यावश्यक सेवाहरू भने चालु रहनेछन् । यस अन्तर्गत सुरक्षाबल, हुलाक सेवा, एयर ट्राफिक कन्ट्रोल, अस्पतालका सेवाहरू र औषधि पसलहरू, आपतकालीन सेवा, कारागार सुरक्षा, कर कार्यालय र विद्युत उत्पादन जस्ता सेवाहरू पर्दछन् । उता राष्ट्रपति ट्रम्प सम्बद्ध स्रोतहरूले भने देशको अर्थव्यवस्था सबैभन्दा चुस्त दुरुस्त रहेको बेला काँग्रेसले सरकारलाई खर्च उपलब्ध गराउन नसकेको आरोप लगाएको छ । उनीहरूका अनुसार हिले शेयर बजार सर्वाधिक उचाईमा रहेको र अबेरोजगारी न्युनतम विन्दुमा रहेको बेला काँग्रेसले आवश्यक खर्च गर्ने कानुन नबनाइदिँदा देश बन्द गर्ने निर्णय लिनु परेको हो । अमेरिकामा सरकार र काँग्रेसमा एउटै दलको वर्चस्व रहेको बेला पहिलो पल्ट यो संकट आएको बिबिसीले जनाएको छ । यस अघिका सरकारहरूले पनि यस्तो संकट त व्यहोरेका थिए तर त्यति बेला अमेरिकी काँग्रेसमा विपक्षी दलको पकड रहेको थियो ।