विक्रम पाण्डेको झूठ पछाडिको यथार्थ यस्तो छ
आदरणिय माडीबासी अग्रज एवं मित्रहरु,
पछिल्लो समय चितवनको निर्वाचन क्षेत्र नं ३ मा बाम गठबन्धनबाट माओबादी अध्यक्ष कमरेड प्रचण्ड र कांग्रेस राप्रपा गठबन्धनबाट बनमन्त्री बिक्रम पाण्डेले उम्मेदवारी दिएसंगै विभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ । खास गरि पाण्डेको विकासवादी नाराको हवाला दिदै केहि कोणबाट भ्रम सिर्जना गर्न खोजिएको छ ।
भ्रम नं १
रेवा नदीको पुल पाण्डेले बनाएका हुन् ?
बास्तबिकता स् यो पुल नेपाल सरकारको टेण्डर सकार्दै पाण्डेको निर्माण कम्पनी कालिका कन्ट्रकस्नले बनाएको हो । यो पुलको लागि आवश्यक बजेट तात्कालिन माननीय अमिक शेरचनको मागमा बिनियोजित थियो ।
भ्रम नं २
माडीको बाटो बिक्रम पाण्डेले पिच गरेका हुन् ?
बास्तबिकता स् ट्रिपल आर (RRR) कार्यक्रम अन्तर्गत एसियाली विकास बैकंको सहयोगमा रेवा नदीको पुलदेखि अयोध्यापुरीसम्मको बाटो ९ ३ मिटर चौड़ा ० कालोपत्रे गरिएको थियो । बाटोलाई ३ खण्डमा बिभाजन १ खण्ड गरी बनकट्टा देखि बसन्तपुर सम्मको बाटो बिक्रम पाण्डेको कम्पनीले ठेक्का लिएको थियो । बाटो राम्ररी नबन्दै चिरा चिरा परेको र हिड्नै नमिल्ने गरी ध्वस्त भएकाले स्थानीय बासिन्दाले पाएको दुस्ख अझै भुलेका छैनन् । निर्माण कार्य गर्न स्थानीय मगुई खोलाबाट निकालिएको गिटी बालुवाको रोयल्टी स्थानीय बफर्जोनले अझै पाएका छैनन् ।
भ्रम नं ३
बिधुत् पाण्डेले ल्याएका हुन् ?
बास्तबिकता स् दशैं पंचवर्षीय योजना अन्तर्गतको ग्रामीण बिध्दुतिकरण आयोजना असफल भैसकेपछि पहिले अमिक शेरचनकै पहलमा पछिल्लो चरण सांसद डिआर पौडेल र पूर्व सासंद तीर्थ भुषालसहित राजनैतिक दलको दवावमा अन्डरग्राउण्ड रुपमा बिजुलीको तार बिछ्याईएको थियो । तात्कालिन उर्जा मन्त्री जनार्दन शर्माको बिशेष निर्देशानुसार बिजुली माडी भित्रियो र पाण्डे बाहेकका सबै सासंद र मन्त्रीको उपस्थितिमा त्यसको औपचारिक उद्धाटन गरियो ।
भ्रम नं ४
रेवा नदीको तटबन्धन र चक्रपथ
बास्तबिकता स् शिबद्धार होमस्टेले पेश गरेको कार्ययोजना अनुरुपनै चक्रपथ र भित्रि सडकको काम अगाडि बढ्यो । जलउत्पन्न मार्फत प्राप्त रेवा नदीको ड्याम निर्माणको बजेट फर्जी रुपमा सम्पन गरिएको भनेर स्वयं पाण्डेकै कार्यकर्ताको संलग्नताको प्रमाण सहित स्थानीय तहको चुनावको बेला पत्रिकामा समचार प्रकाशन भै सकेको तथ्य जगजाहेर नै छ ।
भ्रम नं ५
दमकल र पुल
बास्तबिकता स् माडीलाई प्राप्त दमकल माननीय हितराज पाण्डेले निर्णयनुसार माननीय डिआर पौडेलले माडी नगरपालिकालाई हस्ताण्तरण गर्नु भएको हो । माडीमा बन्न लागेका पुलहरु हुलाकी सडक परियोजना अन्तर्गत का हुन् । जुन योजना केपी ओली सरकारको पालामा भएको संझौताका आधारमा अघि बढेको हो ।
भ्रम नं ६
निकुञ्जका रुख पाण्डेले काटेका हुन् !
बास्तबिकता स् निकुञ्जभित्रका रुखमा पहिलो आरा लगाउने हिम्मतवाला नेता मात्रृका यादव र अमिक शेरचन हुन् । तात्कालिक चिफ वार्डेन मेघबहादुर पाण्डेको साथ लिएर । अहिले स्थानिय सरकार निर्वाचित भएपछि मेयर ठाकुर ढकालसहितको टीमले १ सुत्रीय रुपमा यो एजेण्डालाई अगाडि बढाउदै बिभाग र निकुञ्जको सहमतिमा नगरपालिकाकै आर्थिक सहयोगमा रुख कटान भएको हो । यदी पाण्डेले गर्थे भने ३ बर्ष के पापा हेरेर बसेका थिए र रुख काट्न स्थानीय सरकार चाहियो ।
भ्रम नं ७
सबै बिकास मैले गरेको हु पाण्डे !
बास्तबिकता स् चितवनका तात्कालिक एलडियोहरुलाई सोधे थाहा लाग्छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रमका योजनाहरु पाण्डेले कसरी एकलौटी गर्न दबाब दिन्थे भन्ने कुरा । सासंद डिआर पौडेल, रुक्मणी चौधरी र उमेश श्रेष्ठको लिखित असहमतिका बाबजुद पनि आफ्ना कार्यकर्ता मैत्रि कार्यक्रम कसरी लागु गर्थे भन्ने कुरा यसअघि नै सार्वजनिक भैसकेको छ । माडी कै महत्वको मगुई खोला को पुल बनाउने प्रस्ताव उनले आफ्नो सनकका भरमा अन्यत्र लगेका थिए ।
भ्रम नं ८
मलाई माओवादी एमाले र काग्रेसले गर्नै दिएनन् !
बास्तबिकता स् यहाँका राजनैतिक पार्टीले निर्वाचित सासदलाई कटाउन खोजेका होईनन् । हरेक मंचमा आफुले सिन्को नभाच्ने तर माडीका दललाई सत्तोसराप गर्ने काम नछाडे पछि उनलाई जनताले बहिस्कार गरेका हुन् । सानो एउटा सम्झना, यो पंक्तकार समेत रहेको नेता डिआर पौडेल,सन्देश पौडेल र काग्रेस नेता सिपि सुबेदीले माडी महोत्सबमा उनलाई आमन्त्रण गर्न कालिका टावर बालुवाटार पुग्दा उनले दिएको अभिब्यक्ति स्मरणिय छ १ माडी काठमाडौ सम्पर्क समाजले उनि सहितसबै जनप्रतिनिधिहरुलाई एउटै मंचमा राख्न उकै मन्त्रालयमा पटक पटक अनुरोध पत्र लिएर जादाँ टोलिलाई गरिएको अपमान अझै भुलेका छैनन् १ यस्ता द्धष्टान्त सयौँ छन् । यो उनको ब्याक्तिगत बिरोध होईन बरु उनि रहेको रकमि रवाफ र सामन्ति सोचको कारण पैदा भएको आक्रोश हो ।
केही प्रश्नहरु :
१.सगै सासंद बनेका १ नं क्षेत्रका नेता सुरेन्द्र पाण्डेले २०० किमी पिच गराउदा हाम्रा पाण्डे जीको पहलमा २० मिटर पनि किन हुन सकेन् ?
२. नेपाल सरकारको निर्णयमा माडी आएको दिवाकर पोलिटेक्निक ईन्ष्टिच्युटको जमिन प्राप्ति को फाईल पाण्डेकै डिजाईनमा किन अगाडी बढाउन रोकियो ?
३.सिगै माडी बाढीले तहसनहस हुदा हेलिकप्टर सयर त गरियो तर पिडित जनतालाई सासंद हुनुका नाताले न्युनतम् राहात दिनु त परै जाओस् नगरपालिकालाई सराप्दै ज़िम्मेवारी बाट किन भागियो ?
४.स्वभाबिक रुपमा आएका र अरुको पहलमा माडीमा हुने साना भन्दा साना बिकास योजनाको जस लिन निजी रेडियो र टिभि प्रयोग गर्ने तर जनता सामु गरेका चुनावि बाचा किन भुलियो ?
५. ठोरी केरुगं मार्ग कहा अलपत्र पारियों ?
६. निधारको अबिर नसुक्दै बिकासको बाढी ल्याउछु माडीमा भनेर आश्वसन बाढ्ने पाण्डे जीले माडीको बिकासका लागी स्व प्रयत्नमा गरका कुनै २(४ वटा काम सोधियो भने उत्तर दिने केहि काम छन् त ?
बिलकुल छैनन् यसकारण भ्रमको खेति नगरौ । यसपटक देशकै नेतृत्व साझा बाम उम्मेदवार प्रचण्डलाई माडी बासिले पाएका छौ । हाम्रा सन्ततीहरुले पनि गर्व गर्न सक्ने निर्णय गरौ । देशका नेता प्रचण्डलाई माडी बासीले रोजौ ! ठेकेदारलाई फेरि पनि ठेक्का नदिउँ, यसपटक प्रचण्डलाई भोट दिउॅ !
सन्तोष पनेरु
बसन्तपुर,माडी
राष्ट्रिय बाल दिबशको पूर्वसन्ध्यामा दिप प्रज्वलन
काठमाडौं, भदौ २९ । राष्ट्रिय बाल दिबश २०७४को पूर्वसन्ध्यामा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले दिप प्रज्वलन गरेको छ। काठमाडौंको सिनामंगल स्थित पार्कमा रहेको वाल स्तम्भमा बुधवार वेलुकी दीप प्रज्वलन गरिएको हो। नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य बिबिध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा गरिएको हाे । दीप प्रज्वलन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिभिन्न समयमा ज्यान गुमाउन बाध्य बालबालिकालाई श्रद्धाञ्जली दिर्इन । आउने दिनमा कुनै पनि बालबालिकालाइ अकालमा ज्यानै जानसक्ने अबस्थाको अन्त्य गर्दै यसका लागि राज्यले सोही अनुरुपको नीति बनाउने उनकाे अाश्वाशन छ । नेपालमा २०२२ सालबाट राष्ट्रिय बाल दिबश मनाउन शुरु गरिएको थियो। नेपालले गणतन्त्र स्थापना पछि भने बालअधिकार सम्बन्धी महासन्धीलाइ अनुमोदन गरेको मिती १९९० सेप्टेम्बर १४ दिनलाई राष्ट्रिय बालदिवशका रुपमा मनाउँदै आएको छ। अाज बिहिवार को बिहान ११ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा एक कार्यक्रम गरी राष्ट्रिय बालदिवश मनाइने मन्त्रालयले र बालकल्याण समितीले जनाएको छ।
कविता : प्रेम र सम्भोग
जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ। कस्तो अटुट सम्बन्ध अनवरत सम्बन्ध ! जुन एकपछि अर्को निश्चित छ । जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोहि जन्मिन्छ, जन्म- मृत्युसँगै जोडिएर आएको छ। हो त्यसरी नै, प्रेम र सम्भोग त्यस्तै-उस्तै होलान् । जहाँ बिहानी जस्तै हरेक आशाहरू लिएर आउछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरूका टुसा जागृत हुन्छन् र सम्भोग रात जस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ । तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्यु जस्तै जुन निश्चित छ । तर भरोसीत छैन निश्चित छैन् । तर अमान्य छैन् । जब प्रेमसँग सम्भोग जोडिएको हुन्छ तब प्रेम दिनजस्तै विलिन भएर जानेछ र मृत्यु पछिको अस्तित्वहिन जन्म झै निरीह हुनेछ र सायद त्यहि समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ । हाल: टेक्सास, अमेरिका
सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते
धनुषा, १२ वैशाख । जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् । दिउँसो करिब अढाई बजेको समयमा ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो । घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन । घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । दुर्घटना ‘अभरटेक’ गर्न खोज्दा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसका चालक तत्कालै फरार भएका थिए । रासस
दललाई नगरपालिका र गाउँपालिकाको उम्मेदवार छान्न सकस
भीमदत्तनगर, वैशाख ८ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुरका राजनीतिक दललाई नगरपालिका र गाउँपालिकाको उम्मेदवार छान्न सकस भइरहेको छ । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को राजनीतिक प्रभाव बढी रहेको कञ्चनपुरमा तीनवटै दललाई उम्मेदवार छान्न मुश्किल भइरहेको छ । तीनवटै दलभित्र वडा अध्यक्षसहित नेतृत्व लिने उम्मेदवारको नामावली तय गर्ने काम भइरहेको छ । विसं २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा यहाँका चारवटै निर्वाचन क्षेत्रमा विजयी भएको नेपाली काँग्रेसमा सर्वसम्मत रुपमा उम्मेदवार छान्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक र नारायण प्रकाश साउद जिल्लामा खटिएको पार्टीका जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । “आकांक्षी धेरै देखिएका छन, छनोट गर्न गाह्रो भइरहेको छ,” उहाँले भन्नुभयो । काँग्रेसले वैशाख ७ गतेभित्र उम्मेदवारको विषय टुङ्ग्याउने बताए पनि छनोट गर्न सकेको छैन । काँग्रेसले सहमतिको प्रयासका लागि पुनः दुई दिन समय थपेको सचिव पाण्डेयको भनाइ छ । “महाकाली नगरपालिका र भीमदत्तनगरपालिकाका केही वडामा उम्मेदवार चयन गर्ने काम भइसकेको छ,” उहाँले भन्नुभयो– “थपिएको दुई दिनको समयमा सहमतिबाट उम्मेदवार चयन गर्न नसकिए पार्टीले तोकेको प्रक्रिया अनुसार हुन्छ ।” भीमदत्त नगरपालिकामा नगरप्रमुखका लागि १३ जना आकांक्षी देखिएका छन् । पार्टीभित्र समावेशी र महिला उम्मेदवार पनि धेरै देखिएका सचिव पाण्डेयको भनाइ छ । पुरुषको भन्दा महिला बढी उत्साहित भएका छन् । त्यसैगरी नेकपा (एमाले)ले पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । पार्टीका जिल्ला उपसचिव रणबहादुर महराले जिल्ला कमिटिले चाँडै उम्मेदवारको नामावली प्रदेश कमिटिमा सिफारिस गर्ने र प्रदेश कमिटिले वैशाख १२ गते नाम सार्वजनिक गर्ने बताउनुभयो । “धेरै वडामा सर्वसम्मतबाट उम्मेदवार तय भइसकेका छन,” उहाँले भन्नुभयो । जिल्ला कमिटीले एउटा नगरपालिका र गाउँपालिकाबाट कम्तीमा एक महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्ने र प्रदेश कमिटिले त्यसलाई अन्तिम रुप दिने महराको भनाइ छ । यस्तै नेकपा (माआवादी केन्द्र)ले भने शुक्रबार साँझसम्म कञ्चनपुरका सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीले ५० प्रतिशत उम्मेदवारको टुङ्गो लागिसकेको बताउनुभयो । “वैशाख ९ गते मुलुकभर एकसाथ नामावली सार्वजनिक गरिनेछ,” उहाँले भन्नुभयो । उम्मेदवार छान्न दैनिक छलफल चलिरहेको छ । माओवादीबाट भीमदत्त नगरपालिकाको नगरप्रमुखका लागि ६ जना आकांक्षी देखिएका छन् । जिल्लाभर चुनावी चहलपहल ह्वात्तै बढेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्द वडा अध्यक्षलगायत समितिका लागि आफ्नो पार्टीले सर्वसम्मत उम्मेदवारको नाम छान्ने काम गरिरहेको बताउनुहुन्छ । “उम्मेदवारको टुङ्गो लगाउने कार्य र प्रचारप्रसार एकसाथ भइरहेको छ,” चन्दले भन्नुभयो । भीमदत्त नगरपालिकामा सो पार्टीले गजेन्द्रबहादुर चन्दलाई नगरप्रमुखमा अगाडी सार्ने सम्भावना छ । कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष समेत रहनुभएका चन्द हालै सो पार्टीमा प्रवेश गर्नुभएको हो ।
अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन
ऐतिहासिकरुपमा सिन्धुलीगढीको चर्चा नसुन्ने कमै होलान् । यही गढीको इतिहास बोकेको सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा चुनावी माहौल निकै तातेको छ । र, सोही अनुरुप उम्मेदवारहरुको लर्को पनि थपिँदैछ । उम्मेदवारका कतिपय आकांक्षीबीच नेकपा माओवादी केन्द्रबाट भने रामबहादुर थापाको चर्चा बाक्लो छ । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थापा कमलामाई नगरपालिकालाई नमूना नगर बनाउने सपना देख्नुहुन्छ । कसरी हुन्छ त यो सपना पुरा ? थापासँग एभरेष्टदैनिकडटकमले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । मेयर पदका लागि उम्मेदवारी दिने सोच कसरी आयो ? यतिखेर नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व हामी सबै सामु रहेको छ । यी उपलब्धिी संस्थागत गर्न सकिए भने मात्रै हामी आफ्नो क्षेत्रको समेत विकास गर्न सक्छौं । त्यसैले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, बिभिन्न पिछडिएको वर्गको साथै जनताको हक अधिकारलाई संस्थागत गर्न र सोही अनुरुप स्थानीय जनताका अपेक्षा पुरा गर्न सक्ने नेतृत्व आवश्यक भएकोले मैले उम्मेदवारी दिन खोजेको हुँ । अर्कोतर्फ आम नगरवासीले समेत अग्रगामी सोच राख्ने, नगरको भलो सोच्ने, केही नयाँ र दीर्घकालिनरुपमा समृद्धीको बाटोमा लैजान खोज्ने नेतृत्वको चाहना राखेका छन् । त्यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ । पार्टीमा मेयरका लागि अरु पनि आकांक्षी देखिन्छन्, तपाईलाई नै किन टिकट दिने त ? पार्टीले एउटा महान उद्देश्य बोकेर सशस्त्र संघर्षदेखि आर्थिक समृद्धिको नेतृत्व गरिरहेको छ । पार्टीका सर्वोच्च नेता कमरेड प्रचण्डको ठूलो त्याग र कुशलतापूर्ण नेतृत्वलाई सम्मान गर्दै म लामो समयदेखि पार्टीको मिशनमा सहभागी छु । यही आधारमा अहिले माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजनक समितिको जिम्मेवारी निर्वाह गरिरहेको छु । २०४९ सालको स्थानीय निर्वाचनमा मझुवा गाविसको अध्यक्षको जिम्मेवारी र २०५४ को निर्वाचनमा यसै कमलामाई नगरपालिकाको क्षेत्रबाट जिल्ला विकास समितिको सदस्य भएर मैले आफूले सकेसम्म पार्टीको नीति पालना गर्दै जिम्मेवारी पुरा गरे । यसैगरी सामाजिक क्षेत्रमा समेत म सक्रिय रहँदै आएको छु । गणेश मावि मझुवा, सिन्धुली विद्याश्रम मावि दोभानटार, गौमती उच्च मावि माडी बजार, कमला उच्च मावि ढुंग्रेवास र सिन्धुली बहुमुखी क्याम्पय लगायतका शैक्षिक संस्थाहरुमा लामो समयसम्म बिभिन्न जिम्मेवारीमा काम गरेँ । जनतालाई केन्द्रमा राखेर उनीहरुका ससाना गुनासा सुन्ने, आवश्यक पहल गर्ने, विकास निर्माणलगायतका कार्यमा सक्रियता, आम जनतामाझ मेरो लोकप्रियता र इमान्दारिता जस्ता पक्ष पार्टीले मूल्यांकन गर्ने मेरो विश्वास हो । हाम्रो नगरलाई समृद्ध बनाउन, आम जनताका समस्याहरु हल गर्न, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न, विकास निर्माणको अभियान सञ्चालन गर्न मसँग रोडम्याप छ, पार्टीले दिने निर्देशन छ, यस आधारमा जनता र पार्टीले मलाई विश्वास गर्छन भन्ने लागेको छ । कमलामाईको विकासका लागि तपाईको रोडम्याप के छ त ? कमलामाई नगरपालिका एउटा विशिष्ट इतिहास बोकेको क्षेत्र हो । बेलायती साम्राज्यवादका सेनाहरुको पराजय देखि इतिहासका कैयन् कालखण्डमा यो क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तो सुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जानसक्छन् । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने मेरो रोडम्याप हो । यसका लागि नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो भौगोलिक अवस्थिति जटिल भएपनि यसले यथेष्ट सम्भावना बोकेको छ । हामीले महाभारत पर्वतको संरक्षण गरि उक्त क्षेत्रका बस्तीहरुलाई व्यवस्थित गरी कृषि क्रान्ति गर्नुपर्छ । यसक्षेत्रको भूसंरक्षण आवश्यक छ । अनावश्यकरुपमा बालुवा खनन हुने कुरा रोकिनु पर्दछ । नगरपालिकाले नै किसानलाई आवश्यकता अनुसार दाल चामलको व्यवस्था गर्नुपर्छ । माथि डाँडापाखामा सोही अनुसारको खेती गरी भुक्षय रोक्ने, र सोही अनुसारको कृषि खेती गरिनु जरुरी छ । यसबाटस्वच्छ पिउने पानी सिंचाईको लागि आवश्यक पर्ने पानीको साथै मझौला खाले विद्युत गृह निर्माण गर्न मद्दत पुग्नेछ । भूक्षय रोकिएमा माढी फाँट बजार बस्तहरुमा तटबन्द गर्नुपर्ने र सधै बस्तीहरु जोखिम पर्ने समस्याको अन्त्य हुनेछ । साथसाथै ऐतिहासिक सिन्धुली गढीको सौन्दर्यतामा वृद्धि भई पर्यटन व्यवसाय फस्टाउनेछ । यसबाट नगरपालिकाले प्रशस्त फाइदा पाउनेछ । फलफूल र बोट विरुवाहरु हुर्किसकेपछि यस भेगका बासिन्दाको परम्परागत खेती गर्दा लाग्ने श्रमको बचत हुनेछ । त्यो समय अन्य क्षेत्रमा लगाउन सकिनेछ । वनस्पतिजन्य खेतीबाट उत्पादित वस्तुलाईलाई नगरपालिकाले नै खरिद विव्रmको व्यवस्था मिलाउनु पर्छ । उक्त खेती गर्दा किसानलाई नोक्सानी परे नपाले क्षतिपूर्ति दिनेछ । वातावरण जोगायबापत पाउने रोयल्टी सम्बन्धित निकायबाट लिई किसानलाई वितरण गरिनेछ । वन जंगलबका बिचका ससाना वस्तीलाई समधर भूमिमा जहाँ पहिरो र डढेलोको जोखिम हुँदैन र विकास निर्माण गर्न सहज हुन्छ त्यस ठाउँको अध्ययन गरी उनीहरुको मन्जुरीमा बस्ती व्यवस्थापन गरिनेछ । जसबाट विकासका पूर्वाधार निर्माण गर्न सहज हुनेछ । समथर र उर्वर भूमिलाई आधुनिक खेती गर्ने व्यवस्था मिलाउनु पर्छ । जमिनको बाझो राख्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । कमला नदि र मरिण ठाकुरको जलाधार क्षेत्रका मुहानहरुमा रहेका वस्तीहरुलाई आवश्यक मुअब्जा दिई त्यस क्षेत्रमा बोट विरुवा लगाउन अभिप्रेरित गरिनेछ । भूमिको स्वामित्व सम्बन्धित व्यक्तिको नै हुनेछ । सिन्धुलीमाढी, भिमान लगायत नपाक्षेत्रभित्र रहेका व्यापारिक केन्द्र र बजार वस्तीहरुलाई व्यवस्थित गरी बाटो पानी ढल बिजुलीको प्रबन्ध मिलाइनेछ । जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गरिनेछ । निर्वाचित जनप्रतिनिधिहरुले दिनको न्यूनतम दुई घण्टा सार्वजनिक काममा खट्नु पर्नेछ । विस्तारै यो प्रकृयामा नगरवासीलाई सामेल हुन अपिल गरिनेछ । यसबाबट श्रमप्रति सम्मान गर्न र चोक चोक र चिया पसलमा बसी अनावश्यक गफ गरी समय बिताउने प्रवृत्तिलाई क्रमैसँग निरुत्साहित गरी नगर निर्माणमा नगरवासीको योगदानलाई प्रोत्साहन गरिनेछ । नगर प्रमुखको स्प्रीड अनुसार नगरको गति अघि बढाउने हुँदा प्रमुखले दिनको चार घण्टा सार्वजनिक निर्माणमा श्रमदान दिईनेछ । सबै नगरवासीका हातले नै नगरको भविष्य कोरी देशकै उत्कृष्ट नगरपालिका बनाइनेछ । नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी जुनसुकै विद्यालयमा पढ्ने इच्छा विद्यार्थीले गरे पनि सोको व्यवस्थापन नगरपालिकाले मिलाउनेछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको पुस्तक, कापी कलम, पोशाक र विहानको खानाको व्यवस्था नगरपालिकाले मिलाउने छ । विस्तारै विद्यार्थीको बसोबास समेत मिलाउनेछ । प्राविधिक शिक्षामा जोड दिइनेछ । स्वस्थ जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गरिनेछ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । ऐतिहासिक सिन्धुली गढी, धार्मिक स्थल शिद्धबाबा, कालीमाई, कमलामाई लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्र्याइनेछ । सिन्धुलीगढी र गोल्न्जोर पर्वतलाई जोड्न महाभारत डाँडामा पद मार्ग निर्माण गरिनेछ । पर्यटक भित्र्याउन यो पैदल मार्गले ठूलो भूमिका निर्वाह गर्नेछ । अन्य गाउँपालिकासँग समन्वय गरि यो पैदल मार्ग हरिहरपुर गढी, दुम्जा र फिक्कलसम्म विस्तार गर्न नगरपालिकाले पहल गर्नेछ । यसको मुख्य केन्द्र सिन्धुलीगढी हुनेछ । नगरभित्रका जष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि आश्रम खोलीनेछ । ती नागरिकको जिम्मा नगरपालिकाको हुनेछ । नगरबासीहरुको बृहत सर्वपक्षिय भेला गरी त्यसबाट प्राप्त रायसुझावको आधारमा नगरपालिकाको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । अहिले भोग्नुपरेको समस्याहरु के के छन् ? यो नगरपालिकाभित्र साविक जलकन्या गाविस, भद्रकाली गाविस, डाडीगुराँसे गाविस, कमलामाई नगरपालिका, रानीचुरी गाविस र रानीबास गाविस रहेकाले गर्दा महाभारत पर्वत, चुरेक्षेत्र समेत यसै नगरपालिकाभित्र पर्दछन् । यस क्षेत्रबाट बग्ने बाढी पहिरोको कारण यो नगरपालिका अति नै जोखिममा छ । सर्वप्रथम यो समस्या हल गर्नु नगरपालिकाको पहिलो जिम्मेवारी हुनेछ । जसको लागि अबलम्बन गर्नु पर्ने उपायहरु सवाल नं. ३ को जवाफमा दिइएसकेको छु । यसको साथै गरिबी, शिक्षा, स्वास्थ, सरसफाई, बेरोजगारी पनि यो नगरको मुख्य समस्याहरु हुन । अरु दलहरुले पनि जित्ने दावी गरेका छन्, तपाईको मुख्य प्रतिस्पर्धी को ? गत दोस्रो संविधान सभाको निर्वाचनमा हाम्रो पार्टी विरुद्ध कांग्रेस र एमालेले मोर्चाबन्दी गरेका थिए । अहिले पनि त्यसै गर्छकि भन्ने मात्र डर हो । अन्यथा यो नगरपालिका क्षेत्र विगतदेपखि नै हाम्रो पार्टीको आधार क्षेत्र नै हो । त्यसैले कोही कसैसँग डराउनु पर्ने अवस्था छैन । नगरवासीले तपाईलाई किन जिताउने ? यो निर्वाचन भनेको विगतमा भएका गाविस, नगरपालिका र जिविसको जस्तो अधिकार विहिन जनप्रतिनिधिहरुको चुनाव नभई सिंहदरवार भित्र राखिएको अधिकार खोसेर तपाई हाम्रै घर दैलोमा ल्याउने प्रक्रिया हो । यो अधिकार तपाई हामीले नै चुनेको प्रतिनिधिहरुद्वारा तपाई हामीलाई नै उपलब्ध गराउने निर्वाचन भएको हुँदा सबै नगरवासी आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरुले असाध्यै गम्भिरतापूर्वक लिनुहुनेछ भन्ने आशा लिएको छु । चुनाव जिताउने भनेको सम्मानित नगरवासीको हातको कुरा हो । यहाँका जनसमुदाय विगतदेखि नै बामपन्थी विचारले ओतप्रोत भएको हुनुुहुन्छ । यसर्थ हाम्रो पार्टी माओवादी केन्द्र साच्चिकै कम्युनिष्टहरुको केन्द्र भएको हुँदा यसका उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ । उम्मेदवार जो भएपनि यसले खासै महत्व राख्दैन । तैपनी मतदाताहरुले चिने जानेकै व्यक्ति भए मतदाता पनि यसै नगरपालिका क्षेत्रको जिविस सदस्य समेत भई काम गरीसकेको हुँदा मेरो बारेमा राम्रा नराम्रा सबै कुरा नगरबासीहरुलाई अवगत नै छ । मलाई विश्वास छ कि म प्रति झण्डै ८० प्रतिशत मतादाताहरुको सहानुभुति हुन्छ । तसर्थ उम्मेदवारी दिए भने मैले हार्छु भन्ने लाग्दैन मलाई । जित सुनिश्चित छ ।
यी हुन प्रचण्ड सरकारले गरेका मुख्य ३० काम
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको गठबन्धन सरकारले आफूले गरेका ३० वटा मुख्य काम सार्वजनिक गरेको छ । बिभिन्न मिडियालाई दिइएको प्रगति विवरणमा जटिल परिस्थितिमा गठन भएको सरकारले नेपालको संक्रमणकालको अन्त्य गर्दै संविधानको सफल कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धितर्फ लैजाने दिशामा गरेका कामहरुको सूचि उल्लेख छ । संविधानको स्वीकार्यता फराकिलो बनाउने, भूकम्पपछिको पुननिर्माणलाई तीब्रता दिने, आम जनताका सरोकारका विषयमा संवेदनीशल भई जनजीविकाका सवाल सम्बोधन गर्नेलगायतका क्षेत्रमा सरकारले उल्लेख सफलता प्राप्त गरेको सूचिमा छ । प्रचण्ड सरकारको पालामा मूल्य बृद्धिमा नियन्त्रण भएको र आर्थिक बृद्धि दर उकालो लागेको प्रतिवेदन हालै मात्रै एशियाली विकास बैंकले समेत सार्वजनिक गरेको थियो । के हुन त मुख्य ३० कामहरु ? १। नेपाली जनताको लामो वलिदानीमार्फत् जारी भएको नेपालको संविधान अन्तर्गत वर्तमान सरकार गठन भएपश्चात् संविधानको स्वीकार्यता फराकिलो बनाइ संविधानको कार्यान्वयन, राज्यको पुनर्संरचना, संक्रमणकालको व्यवस्थापन र भूकम्प पश्चातको पुनर्निर्माण वर्तमान सरकारको प्रमुख ध्येय सरकारले तय गर्यो । सरकारले आम जनतालाई प्रभावकारी रुपमा गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने, जनजीविकाका सवालहरु सम्बोधन गर्ने र विकास व्यवस्थापनका कार्यहरुलाई द्रुत रुपमा अगाडि बढाई पूँजीगत खर्चमा वृद्धि गरी मुलुकको आर्थिक समृद्धिलाई गति दिने तत्कालिन प्राथमिकताहरु समेत निर्धारण गर्यो । यसका लागि सरकारले राजनैतिक र प्रशासनिक संयन्त्रलाई त्यसतर्फ सम्पूर्ण रुपमा परिचालित गर्दै आयो । यसबाट ऐतिहासिक र दीर्घकालीन रुपमा मुलुकको शासन व्यवस्था र विकासलाई प्रभावित पार्ने काम भएका छन् भने तत्कालमा जनताका रोजीरोटी र सेवासुविधामा पनि बढोत्तरी ल्याउने तर्फ कोसेढुंगा सावित हुने केही काम भएका छन् । २। प्रथमतः एकात्मक र केन्द्रिकृत रुपमा लामो समयदेखि सिंहदरवारबाट प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पुर्याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न वर्तमान सरकार सफल भएको छ । ३। विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गर्न उज्यालो नेपाल अभियान अन्तर्गत प्रमुख शहरहरु लगायतमा लोडसेडिङको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भएपछि छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखायौं । यसबाट एकातिर गृहिणी दिदीबहिनी, बालवृद्धा लगायतकाले पाएको राहत आफ्नो ठाउँमा छ भने राजनैतिक प्रतिवद्धता, व्यवस्थापकीय कुशलता र इमान्दारिता भयो भने परिवर्तन हामीबाटै र अहिले नै सभव हुने रहेछ भन्ने सन्देशको प्रवाह भएको छ । ४। विभिन्न स्वार्थ समूहहरुको अनुचित गठजोडबाट जलविद्युत आयोजनाका लाइसेन्स लिने अनि कि त कामै सुरु नगर्ने कि त सुरु गरेर काममा ढिलासुस्ती गर्ने प्रवृत्तिमा रोक लगाउन वर्तमान सरकार सफल भई आगामी केही समयमा नेपालभरि नै लोडसेडिङको अन्त हुने वातावरणको सिर्जना भएको छ । ५। ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत जनताको लगानीमा ठूलाठूला जलाशययुक्त आयोजनाहरु अगाडि बढाइएको छ । ६। मुलुकका आर्थिक परिसूचक सकारात्मक दिशामा अगाडि बढायौं । चौविस वर्ष यताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि वर्तमान सरकारको एउटा महत्वपूर्ण उपलव्धि हो भने विगत बाह्र बर्षमा सबैभन्दा कम मूल्यवृद्धिको अवस्थामा मुलुकलाई पुर्याइएको छ । ७। सरकार गठन भएकै दिनदेखि सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्था गरी श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त भएको छ । ८। वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार म्यादी जीवन वीमा सुरुवात गरी महत्वपूर्ण नीतिगत शुरुवात गर्यौं । विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । यसैगरी विदेशमा रहने सबै नेपाली नागरिकको अनिवार्य रुपमा वीमा नविकरण गर्ने व्यवस्था गरिएको छ । यसबाट वैदेशिक रोजगारमा गएका ५० औं लाख नेपाली लाभान्वित हुनेछन् । ९। सरकारी सेवा र सुविधाको भरपूर उपयोग गर्ने तर सरकारी जागिरलाई माध्यम बनाई सकेसम्म निजी फाइदा हासिल गर्ने केही स्वास्थकर्मीहरुको प्रवृत्तिलाई रोक्न सरकारसँग करार गरेको समय भित्र निजी क्लिनिक वा अस्पतालमा काम गर्न नपाउने व्यवस्था गरेबाट सर्वसाधारण जनताले पाउने स्वास्थ्य सुविधामा बढोत्तरी भएको छ । १०। यातायात क्षेत्रमा सर्वसाधारणले व्यहोर्न परेको सास्तीलाई कम गर्न एकातिर अनलाइन सेवा शुरु गरिएको छ भने अर्कातिर शाखा कार्यालयहरु थप गरिएको छ । ११। नेपालको संविधानको धारा २८७ बमोजिम भाषा आयोगको गठन गरिएको छ । १२। नेपालको संविधान अनुरुप प्रत्येक प्रदेशहरूमा उच्च अदालत र उच्च सरकारी वकिल कार्यालय स्थापना गरिएको छ । १३। २०७२ सालको महाभूकम्पबाट भत्केका संरचना र विशेषतः निजी घरहरुको पुनर्निर्माणका लागि सरकारले एकातिर अप्रिय निर्णय लिएर भएपनि यससम्बन्धी काम कामकारवाहीलाई तिब्रता दिन सक्यो भने र पीडितहरुले पाउने अनुदान रकममा रु। १ लाख थप गर्ने व्यवस्था र सहुलियत ऋणमा ३ लाख थप गर्ने व्यवस्था गरियो । साथै अति प्रभावित १४ जिल्ला बाहेकमा १७ जिल्लामा पनि सरकारले पुनर्निर्माणको लागि अनुदान वितरणको कार्य शुरुवात प्रकृयाको थालनी गर्न सफल भयो । यसबाट प्रभावित जनसमुदायमा आशा र विश्वासको सिर्जना भई पुनःनिर्माणले गति समेत लिएको छ । १४। २०७१ सालको बाढी पहिरो र डुवानबाट पूर्ण रुपमा घर क्षति भएका बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढी पीडितहरुलाई भूकम्प पीडित सरह राहत वितरण गर्न रु। २ अर्व ९८ करोड निकासा गर्ने निर्णय भइ पहिलो किस्ताको रकम वितरणको लागि रु। ८० करोड निकासा गरिसकिएको छ । १५। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ भने सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार गरिएको छ । १६। तराई मधेस आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मी समेत ५२ जनालाई सहिद घोषणा गरी तराई मधेस र थरुहट आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरुलाई औषधि उपचार गराउन आवश्यक रकम निकासा गरिएको छ । १७। द्वन्द्वबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्न सरकारले महत्वपूर्ण निर्णय गरेको छ । द्वन्द्वमा परी मृत्यु भएका, वेपत्ता भएकाहरुका परिवारलाई थप ५ लाख राहत वितरण गर्ने निर्णय भै वितरणको प्रक्रिया सुरु गरिएको छ । १८। विकास निर्माणलाई अगाडि बढाउने तर्फ राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई गति दिन र आइपरेका समस्याहरुको तत्कालै समाधान गर्न प्रधानमन्त्री आफै राजनैतिक एजेन्डामा व्यस्त रहेर पनि समय निकालेर आयोजना स्थल पुग्ने र कार्यान्वयनमा सहजता ल्याउने कोसिस गर्नुभयो । फलस्वरुप आयोजनाको कार्यान्वयले गति लिएको छ र धेरै सुस्त रहेका केही आयोजनाहरु छिटै नै सम्पन्न हुने वातावरणको सिर्जना भएको छ । १९। काठमाडौंबासीको सपनाको रुपमा रहेको मेलम्ची आयोजना दशै अगावै सम्पन्न भै विद्यमान खानेपानी अभावको अवस्थाको अन्त हुदैछ भने विद्युतका महत्वपूर्ण आयोजनाहरु छिटै नै सम्पन्न हुने अवस्थामा पुर्याइएको छ । २०। फास्टट्रयाक आयोजना नेपाल आफैले निर्माण गर्ने निर्णय गरिएको छ । फास्ट ट्रयाकको डि।पि।आर।, वित्तीय व्यवस्थापन र निर्माण मोडालिटी सम्बन्धमा सिफारिस गर्न सरकारबाट गठित समितिले प्रतिवेदन दिइसकेको छ र त्यो प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । २१। विभिन्न कारणले रोकिएको तराई मधेस क्षेत्रको आर्थिक सम्बृद्धिको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गको निर्माण कार्य पनि अत्यन्तै तीव्र गतिमा अघि बढाइएको छ । २२। भूमिहीन र सुकुम्वासीहरुलाई विजुली र पानीको मिटरका लागि लालपुर्जा नै चाहिने व्यवस्था हटाइ नागरिकता र बसोबासको आधारमा बत्ती र पानीको लाइन दिने व्यवस्था गरिएको । २३। गरीबका लागि सरकार कार्यक्रम सञ्चालन गर्नका लागि कार्ययोजना तर्जुमा गरी स्वीकृत गरिएको । गरिब घर परिवारका लागि परिचयपत्र वितरण गर्ने गरी तयारी गरिएको छ । २४। किसान आयोग गठन गरिएको छ । २५। भूमिहिन र सुकुम्बासीहरुका समस्या समाधान गर्न बसोबास आयोग गठन गरिएको छ । २६। खेलाडीलाई पुरस्कार र रकम घोषणा गर्ने तर उपलब्ध नगराउने परम्परा तोडेर सरकारले तत्काल पुरस्कारको परम्परा बसालेको छ । २७। विपद र सडक दुर्घटनामा परेकाहरुको समेत हेलिकप्टर र एम्बुलेन्स परिचालन गरी शीघ्र खोज तथा उद्धार गरी उपचारको प्रबन्ध गरिएको गर्ने व्यवस्था गरिएको छ । २८। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सात वटै प्रदेशमा सुपरजोन कार्यालय स्थापना गरी काम कारवाही अगाडि बढाइएको छ । २९। कञ्चनपुरमा सीमा क्षेत्रमा शहादत प्राप्त गरेका गोविन्द गौतम र ६ वर्ष अघि मोरङको सीमामा मृत्युवरण गरेका बासुदेव शाहलाई शहीद घोषणा गरी परिवारलाई १० लाख राहत दिने निर्णय गरिएको छ । ३०। वर्तमान सरकारको हालसम्मको काम कारवाहीबाट नेपाली जनतामा व्याप्त रहेका ‘जुन जोगी आए पनि कानै चिरेका’ ‘यहाँ केही हुनेवाला छैन’ जस्ता निराशाबोधक अवस्थाबाट ‘गरे हुने रहेछ’ ‘खाने मुखलाई जुगाले छेक्दैन’ भन्ने सकारात्मक अभिव्यक्ति दिन सक्ने अवस्थामा पुर्याएको छ ।
धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग
काठमाडौं, चैत १८ । विश्व किर्तीमानधारी अल्ट्रा धावक हरिबहादुर रोकायालाई नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सहयोग गर्ने भएको छ । जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् । उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालिले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल पोशाक, जुत्ता तथा अन्य सामग्रि उपलब्ध गराउनेछ । यसका साथै एडिडासले हरेक वर्ष गर्दै आएको ‘रिफ्रेस योर गिएर’ अर्थात जुत्ता एक्सचेन्ज कार्यक्रमबाट संकलन हुने पुराना जुत्ताहरु पनि रोकायाको क्लवलाई दिनेछ । रोकायाले जुम्लामा संचालन गरेको एकेडेमीमा अहिले ३२ जनाले खेलकुद तालिम लिईरहेका छन् । आर्थिक अवस्था बिपन्न भएका कर्णालीका बालबालिकालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले रोकायालाई सहयोग गर्न लागेको एडिडासले जनाएको छ । एडिडासले यसअघि पनि यस्तै अभियान संचालन गरेर कर्णाली ग्रामिण बिकास तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई सहयोग गरिसकेको छ ।
मधेसी ‘मूर्गा’ हुन् ?
शब्दगत् रुपमा हिन्दी भाषाको ‘मूर्गा’ शब्दले नेपाली भाषामा कुखुरा भन्ने अर्थ लगाउँछ । अहिले युवा तन्नेरीको भाषामा भन्ने हो भने कसैलाई फकाएर चरी बनाउनु, फँसाउनु र आफूले चाहेको उद्देश्य पूरा गर्नु ‘मूर्गा’ हो । हिजो आज तन्नेरी पुस्ताले बनाउने मूर्गाको खोजिमा उच्च ओहोदाका व्यक्तिदेखि सामान्य मानिस पनि भौतारिन्छन् र साँझ कोही न कोहीलाई प्रभावमा पारेर लक्ष्य हासिल गर्छन । यो बहसको विषय त्यही शब्दबाट सुरु गरेँ । अहिले मधेस/तराईका नेता/जनतालाई यस्तै बनाउन खोजिएको छ ? यो शब्द प्रयोग गर्दा तपाईँहरुकोमन दुखेको भएमा मलाई माफ गर्नुहोला । केही दलले मधेसीलाई त्यही शब्द प्रयोग गरिरहेका छन् व्यबहारिक रुपमै । हुन त तराई शब्द मलाई अत्यन्त राम्रो लाग्छ किनकी म तराई मूलकै हुँ । तर, अहिले तराई भन्दा मधेस शब्द बढी प्रचारमा ल्याइएको छ थाहा छैन यसको आवश्यकता थियो कि थिएन ? अग्लो होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमिलाई तराई भन्नुपर्छ भन्ने कुरा सानैदेखि मेरो दिमागमा भरिएकोले हुनसक्छ, मलाई मधेस भन्दा तराई शब्द प्रिय लाग्छ । मधेसमा बस्ने सबै मधेसीले कसैले अधिकार पाउने र कसैले अधिकार नपाउने कुराको म सधैँ बिरोधी हुँ । कसैले यही शब्दलाई सामन्ती सोच भन्न पनि सक्छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ०६३ मा मधेसले ८ बुँदामा महत्वपूर्ण तीन अवसर पायो । स्वायतता, संघीयता र समावेशीता । कीर्तिपूरको नयाँबजारदेखि पाँगा चोक हुँदै सम्पूर्ण तराई विजयोत्सवमा झुम्यो । मलाई स्पष्ट थाहा छ साथी दिपेन्द्र तिवारीले मलाई उचाल्दै ‘जय मधेस’ भने, र उनलाई मैलेपनि खुलेर साथ दिएको थिएँ । मधेसी जनताले पाएको नयाँ अधिकारले हामी सबैलाई खुशी तुल्याएको थियो । सम्झेँ अब मधेसले पाउँदै आएको असमानता र विभेद कम हुन्छ, विकासका मूलहरू फुट्नेछन् । तिवारी जी को अनुहारको चमकले त्यहि कुराको आशा गरेको थियो । चोक र सडकहरु अबिरमय भई रंगीएका थिए । आज झण्डै एक दशकपछि सम्झे उनै मधेसी जनताहरुको मागका लागि भन्दै मधेसी जनता आन्दोलनमै छन् । त्यसो भए के ०६३ सालमा भएका आठ बुँदे सम्झौता कार्यान्वयन भएको छैन ? कि सम्झौताका नाममा मधेसी जनतालाई मूर्गा बनाइएको मात्रै थियो ? होइन भने मधेसी जनताले मागेको समावेशिता, केन्द्रीकृत राज्यसत्ताको अन्त्य र स्वायत्तता सहितको संविधान जारी भएपछि पनि उनै मधेसीको अधिकारका लागि भनेर आन्दोलन गर्नुको कारण…? हो २०७२ साल असोज ३ गते जारी भएको संविधानले सबै अधिकार दिन सकेको छैन होला । तर संविधानप्रति नै स्वयं मधेसीहरूपनि विरोधी भएर निस्कनु, विदेशी प्रभूको इशारा अँगाल्नु, हिंसामा उत्रिनु, छुट्टै राष्ट्रको माग गर्नु, गठबन्धन दरिलो नहुनु र सत्ताको खेलमा लाग्नु जस्ता गल्तीले मधेससँग गरिएको सम्झौता अहिलेसम्म प्राप्त हुन सकेको छैन । र दिनेले पनि दिन हिच्कीचाइरहेको स्पष्टै छ । समयले सहयोग नगरेको पनि होइन मधेसीलाई । संघीय संरचनाकै आधारमा ७ सय ४४ स्थानीय तह बनाउन उनै मधेसी जनताको हात छ । यसैलाई टेकेर देशमा स्थानीय चुनावको माहोल बनिसकेको छ । तर मधेसी मोर्चाले चुनाव भन्दा अघि सीमांकन र नमिलेका मुद्दा मिलाउनुपर्ने कुरामा जोड दिएका छन् । सरकारले चुनावको मिति घोषणा गरिसकेको छ । यही चुनावको विषयलाई लिएर सरकार, मधेसी मोर्चाबीच जुहारी चलेको छ– एकाथरी जसरी पनि चुनाव गर्ने अर्कोथरी माग पूरा नभई चुनाव गर्न नदिने । मधेसले पाएको सम्झौता पूरा नभई उसले चुनाव चाहेको छैन, फेरी मधेसी जनतालाई अधिकार दिने विषयमा दलहरु सहमत नहुँदा चुनावको टुँगो देखिँदैन । विगतमा मधेसीसँग भएका सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्नुहुन्थ्यो कि हुन्नथ्यो ? त्यो सम्बन्धित निकायले बुझ्नुपर्ने हो । तर, मधेसी जनताका नाममा मधेसी नेताहरुबाट भएका गम्भीर गल्तीहरुको समीक्षा गर्नैपर्छ । मधेसी जनताका नाममा उनीहरुले जसरी सत्ताको भर्याङ बनाए यसले विगतका सम्झौता कार्यान्वयनमा बाधा पुगेको कुरा विर्सन मिल्दैन । तिनै नेताका कारण ०६३ पछि पटक–पटक ललीपपको सहारामा मधेसका गम्भीर मुद्दासँग केही नेताहरूको कुर्सीमोह साटासाट गरिएको छ, जुन मधेसी जनताको वास्तविक मुद्दा थिएन । स्थानीय तहको चुनावमा जान रोकेर मधेसी नेता फेरि अर्काे उधारो सम्झौता गराउन चाहन्छन ? विगतमा मधेसीको माग सम्बोधनमा केही ढिलाई भएको हो भने त्यसलाई पालना गराउन लागिपर्ने कि आफ्नो लक्ष्य प्राप्तिका लागि आन्दोलन गर्ने ? म आफैँ तराईको बासिन्दा भएकोले मैले त्यहाँ विभेद देखेको छु । राज्यको मूल प्रवाहमा मधेसी जनतालाई ल्याउनुपर्छ भन्ने मेरो पनि माग हो तर, त्यसका लागि मधेसी नेताहरुले पनि आफूलाई सच्याएर अगाडि बढ्नुपर्ने हो कि सरकारले मधेसीलाई विदेशी मात्रै देख्ने पूर्वाग्रही सोच फाल्न जरुरी छ । नेपालको समथर भूमिमा बस्ने सबै नेपाली हुन् उनीहरुलाई अधिकार सम्पन्न बनाउन लागि परौं ।
आँखा उपचारसम्बन्धी सम्मेलन सुरु
चैत ३ । मेची आँखा अस्पतालको आयोजनामा विहीबारदेखि बिर्तामोडमा आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल र भारतका ख्यातिप्राप्त चिकित्सकको खोज तथा अनुसन्धान– आविष्कारमाथि विचारविमर्श तथा प्रमाणित तथ्यहरुका बारेमा प्रस्तुति रहने सो सम्मेलनमा नेपालभरिका एक सय ८० र भारतका १० नेत्र रोग विशेषज्ञको सहभागिता रहने आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पुरुषोत्तम जोशीले जानकारी दिए । सम्मेलनले बिर्तामोड घोषणापत्र पनि जारी गर्नेछ । आयोजक समितिका अध्यक्ष डा जोशीका अनुसार सो अवसरमा एक सय पाँच विशेषज्ञले प्रस्तुति दिनेछन् । कार्यक्रममा १९ औँ नेपाल अफ्थाल्मिक सोसाइटी कन्फरेन्स र ११ औँ इस्टर्न रिजनल अफ्थाल्मिक कन्फरेन्स पनि हुने अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियरले जानकारी दिए। विसं २०५३ सालमा स्थापित सो अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुृङ जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
वैदेशिक रोजगारसँगै मृत्युले दिएको पीडा
तपाइँ कुन देशको नागरिक हो ? म नेपाली नागरिक । जीवनमा के गर्न चाहान्छौं ? खुशी परिवार र समृद्ध राष्ट्र बनाउँन चाहान्छु । त्यो सपना पुरा गर्नको लागि आफ्नै देशमा बस्नु पर्दछ । आफु जन्मेको र हुर्केको देशसँग छुट्टै नाता हुन्छ, त्यो नाताबाट विछोडिनुको पीडा कति दर्दनाक हुन्छ, त्यो त जसले भोगेको छ, त्यसलाई मात्र थाहाँ हुन्छ । त्यसो भए ! हाम्रो देशमा किन आएको ? बाध्यताले भनौ की रहले भनौं, जसको उत्तर म बाट कहिल्यै पाउँने आश नगर्नु । यहाँ आएर तिम्रो इच्छा पुरा हुदैंन । मनदेखि जे सोचेका छौं, त्यो पूरा गर्नको लागि आफ्नै देश हुदुपर्दछ । केही काम गर्न आफ्नो देशमा सवैको साथ पाउँछौं । स्वर्गारोण हुर्दा पनि आफ्नै जन्मभूमिमा हुन्छौं । नेपाल जस्तो सुन्दर देश र हसयोगी भावना भएका नागरिक कुनै देशमा पाउँदैनौं । नेपाली हुनुमा गौरव गर ! विश्वका लागि नेपाल स्वर्ग नै हो । कहिल्यै आफ्नो पहिचान नभुल । एकाविहानै दुई पक्ष विच चिया पिउँदै गरेको समयमा एक विदेशी नागरिकले नेपालीलाई प्रश्नसँगै दिएको सल्लाह सुझावको संक्षिप्त अंश हो, यो । विदेशीले यसो भनिरहदा उसको अनुहारमा परिवर्तन आईसकेको थियो । कलकलाउँदो उम्मेर र आकर्षक चेहेरा भएका युवाको अनुहार केही छिन मै निलो र कालोमा परिर्णत भयोे । आँखाबाट आँशुको भेल वगाउँदै निन्याँउरो अनुहार बनाएको छ । सादय एउटा विदेशीले बोलेको वाक्यशंले उनसको जीवन अन्तिम विन्दुमा पुग्ने संकेत गरिरहेको छ । तन विदेशमा भएपनि मन स्वदेशमा पुगेको छ । घरपरिवार र देशको सपनामा डुब्लुक्क डुवेको छ । साथिले बलाउँदा पनि बोल्दैन । एकोहोरो भईरहेको छ । जसको अगाडी पछाडी कोही छैन । उ एक्लै छ । केही समय पछि उ सरासर कोठमा आउँछ । त्यहाँ आएपनि उसको मन अनेकौ कुराहरु खेल्न थाल्छन । कोठामा भित्राहरु सवै चाहन्छ । कसैसित बोल्न र मनमा लागेका कुराहरु अभिब्यक्त गर्न चाहान्छ । तर सम्वभ छैन । किन की कोठामा उ एक्लै वस्ने गरेको छ । कुरा गर्नको लागि सर÷समानहरु मात्र छन । उनीहरु सवै निजीव छन । बोल्न सक्दैनन् । उ चाहाँन्न मलाई कसैले सम्झाईदिए भए पनि हुने थियो । अह सोचेको जस्तो भएन । मन बहलिएर आएको छ । एकछिन पछि उसको दृष्टि हातमा बाधेको घडीमा पुग्छ । घडीको सुई आफ्नै रफ्तारमा अघि बढीरहेको छ । उसको ड्युटी जाने समय भएको छ । हतपत गरेर भोकै उ काम गर्न जान्छ । मानसिक पीडाले गर्दा उसलाई थकान लागेको छ । हिड्दा काम गर्ने स्थानमा समय मै पुदैन । मालिकले तोकेको समयमा नआएको भन्दैं रिसाउँछ । भोलिदेखि जे मन लाग्छ त्यहि गर ! मेरो काम गर्न आउँनु पदैन । रुपैयाँ दियो भने जति पनि काम गर्ने मानिस आउँछन । हामीलाई हामीले जे भन्यौं त्यहि पुर्याउने मानिसहरु चाहिएको हो । मालिकको यो रुखो बचनले मन खिन्न हुन्छ । नरमाईलो मान्दै आफ्नो डियुट्ी पुरा गरी पुनः कोठामा आउँछ । दिनभरीको चारतिरको दबाव र तनावले केही सोच्न पनि सक्दैन । बिहानदेखि केही नखाएपनि उसलाई साझसम्म भोक लागेको हुन्दैन । सोच्दा र वस्दा आधा रात बितिसकेको हुन्छ । बाहिर निस्किएर हेर्छ सवै सुनशान हुन्छ । भित्र कोठामा जान्छ एक्लै हुन्छ । धेरै समय पछि सुत्नको लागि विस्तरामा जान्छ । निन्द्रा आउँदैन, विहान देखि साझसम्म गरेका क्रियाकलाप र भोगेको जीवनको समिक्षा गर्छ । अनि सम्झन्छ, घरपरिवार, इष्टभित्र, दाजुभाई, दिदिवहिनी, गाउँ समाज, विदेश आउँला लागेको ऋण सोचेको जस्तो हुदैन, भोगेको जस्तो हुन्छ, उसको जीवन । फर्केर आउनलाई लाखौं खर्च गरेर गएको छ । घरमा फर्किएर आउ भने, छोरा विदेशमा छ, हजारौं तलव खान्छ, अवत वसि÷वसि खाने र राम्रो लाउने हो भनेर खुवै शासन दिएका थियौं देख्यौं त छोराको तमसा ? भन्ने होलान् । के मुख लिएर जाऔं घरमा ? आफ्नै जीन्दगीलाई धिर्काछ । सवै सोच्दा आफुलाई चित्त बुझाउने कहै कतैबाट ठाउँ हुदैन । अन्तत अनेकौं हड्टकाण्ड अपनाएर उसको मृत्यु हुन्छ । सपनाको पछाडि दौडिदा/दौडिदैं जीवन त्याग गरेको छ । उसको मृत्युको खबर महिनौ दिन पछि आफ्नले पाउँछन । झन्झटिलो कानुनी प्रक्रियाले र खर्चिलो पनले गर्दा सके महिनौदिन नसके वर्षौदिन पछि मृत शरिर स्वदेशमा आईपुग्छ । घरपरिवारमा आफन्तसवैको रुवाकल्ली पर्दछ । विधिगत रुपमा सवै प्रक्रिया पु¥याई दाहासंस्कार गरी काजकिरीया गरिन्छ । यसरी संसारबाट एउटा नेपालीको जीवन काहानी समाप्त हुन्छ । मर्ने त मरिगयो तर बाचेका आफ्न्तहरु छोडेको पीडा अझम्वरी हुन्छ । चाहेर पनि त्यो कसैले विर्साउन सक्दैन । घुम्दै फिदै त्यो दिन र त्यो समय आउँछ । स्मृतिले मन पिरोलिरहन्छ । विभिन्न देशका दूतावासहरूका अनुसार सन् २०१६ मा ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् । मलेसियामा ३ सय ९२ जना साउदी अरबमा २ सय २९ जना कतारमा १ सय ७६ जना संयुक्त अ.ई. (यूएई) मा ६६ जना कुवेतमा २५ जना दक्षिण कोरियामा २० जना बहराइनमा ११ जना अफगानिस्तानमा १४ जना ओमनमा ७ जना इराकमा ५ जना इजरायल १ जना लेबनान १ जना इजिप्ट १ जना सिरिया १ जना साइप्रसमा १ जना
जेलभित्रैबाट चार विषयमा डिग्री
काठमाडौ, फागुन २१ । ‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’ टोलाइरहेका लक्ष्मण थापाले भने । २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् । बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । ‘मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें । गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थेुं, नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो । बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे । उनी अहिले पढाइका ‘एडिक्ट बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् । समाजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन् । पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए । मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा’, उनले भने । समाजशास्त्रमा थेसिस लेख्नैपर्ने भएकाले बाँकीमा भने उनले थेसिसको ‘अपसनल’ खोजे । पेपर नै दिए । उनलाई लाग्छ, जेल आएपछि पढ्न सिकें, पढाइभन्दा माथि धेरै कुरा बुझें । बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए । एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे । अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
एकता मञ्च भारतद्वारा शोक व्यक्त
फागुन १९ । माओवादी केन्द्रको जनबर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केंद्रीय महासचिब चक्र बहादुर मलाती (कमरेड सीतल)की आमा नन्दमदेवी मलातीको उपचारका क्रममा निधन भएको छ । दुर्गौली ६ कैलाली घर भई हाल मुंबईको बोरीवलीमा बस्दै आउनुभएकी ५७ वर्षीय मलातीको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण निधन भएको हो । उहाँका ३ छोरी र ३ छोरामध्ये चक्र बहादुर मलाती जेष्ठ पुत्र हुनुहुन्छ । मलातीको निधन भएपछि आज मुम्बैमा एकता मंचका सचिव सुरेन्द्र देवकर मोहन देवकर सहकोषाध्यक्ष शिव प्रसाद महत पश्चिम भारत क्षेत्रका अध्यक्ष तथा पदाधिकारिहरु केन्द्रीय समिति क्षेत्रीय समिति लगायतका नेता कार्यकर्ताहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता र मौन धारण सहित श्रद्धाञ्जली मन्तव्य दिएका छन् ।
यी घरेलु उपाय अपनाउनुस्, कपाल कालो बनाउनुस्
माघ २९ । हरेक महिलाहरु आफ्नो कपाल लामो, कालो र सुन्दर होस् भन्ने इच्छा राख्दछन् । यही इच्छा पूरा गर्न अनेक किसिमको औषधी, कस्मेटिक सामान प्रयोग गर्न थाल्दछन् । जसले कपालमा अनेक समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले यी उपायहरु अपनाउनुस्, जसले तपाईको कपाल सुन्दर र कालो हुनेछ । अमलाः अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ । मरिचः मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ । कफी, चियापत्तीः यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ । कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ । यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ । घिउकुमारीः कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन । यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ । दहीः सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस् । यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ । प्याजः प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ । यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ । प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ । दूधः गाइको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ । घिउः घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ । दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ ।
लोकसेवाले नायब सुब्बासरह प्राविधिक पदमा आवेदन खुला
काठमाडौं, माघ २६ । लोकसेवा आयोगले नायब सुब्बासरह स्वास्थ्य सेवाका पाँचौ तह (आ.प्र., खुला र समावेशी) तथा राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरु (खुला र समावेशी) को देहायबमोजिमको पद संख्याको लागि निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुका लागि आवेदन खुला गरिएको छ । यो आवेदन भर्ने अन्तिम म्याद २०७३ फागुन १७ सम्म रहेको छ भने र दोब्बर दस्तुर तिरी २०७३ फागुन २४ सम्म रहेको छ । यो आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ ।
यी हुन डेबिट कार्डबाट भिख माग्ने संसारकै एक्लो भिखारी
न्यूयोर्क, एजेन्सी । भिखारी भन्ने बित्तिकै सडक छेउ या घरटोलमा मागेर हिँड्ने मानिसको प्रतिबिम्ब आँखा अगाडि आउँछ होला । तर संसारमा एकजना यस्ता भिखारी पनि छन् जसले क्रेडिट काडबाट भिख माग्ने गर्छन । अमेरिकाको डेट्रोइट निवासी ४२ वर्षीय हेगनस्टान विगत कैयन् वर्षदेखि यसरी भिख मागिरहेका छन् । कतिपय अवस्थामा मानिसहरुले “खुला पैसा छैन” भन्दै टार्ने गरेपछि यी भिखारीले क्रेडिट कार्ड मेसिनबाट भिख माग्न शुरु गरेको बताएका छन् । यदि कसैले खुला पैसा छैन भनेपछि यिनले तत्कालै कार्ड रिड गर्ने मेशिन देखाइहाल्छन् । डेट्रोइटले रेड लाइट बलेको बेला गाडीहरुमा भिख माग्ने छगर्दछन् । उनीसँग भएको मेसिनले भिजा, मास्टर अमेरिकन कार्ड एक्सेप्ट गर्दछ । यति मात्रै हैन, उनले लिंक्डइनमा आफ्नो प्रोफाइल पनि बनाएका छन् । भिख माग्दा उनीसँग एउटा बोर्ड सधैं सँगै हुन्छ । यो बोर्डमा लेखिएको हुन्छ– होटलको आवश्यकता छ, शेल्टर सबै भरिइसके ।