मलेसियामा नयाँ नीतिः आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा
काठमाडौं, पुष १३ । मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ ।
मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । हाल विदेशी कामदारको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक कामदार क्षतिपूर्ति योजनाअन्तर्गत सञ्चालन हुँदै आएको थियो ।
रोजगारदाताले विदेशी कामदारलाई उक्त संस्थामा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम् पारिश्रमिकको एक दशमलव २५ प्रतिशत रकम सो संस्थामा तिर्नुपर्नेछ । उक्त रकम कामदारको तलबबाट कटाइने छैन । आगामी जनवरी १ उप्रान्त मलेसिया आउने विदेशी कामदारलाई अनिवार्य रुपमा संस्थामा दर्ता गर्नुपर्नेछ ।
उक्त संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार र सुविधा, सहयोगी भत्ता तथा पुनःस्थापना सुविधा प्राप्त गर्न सक्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले हाल मलेसियामा कार्यरत र आउने क्रममा रहेका सम्पूर्ण नेपाली कामदारलाई आ–आफ्नो रोजगारदातासँग सम्पर्क राखी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनसमेत अनुरोध गरेको छ ।
मलेसिया सरकारले घोषणा गरेको सामाजिक सुरक्षा सुविधा वैधानिक रुपमा बसोबास गर्ने कामदारले मात्र पाउनेछन् । साबिकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदार उक्त सेवा सुविधाबाट वञ्चित हुनेछन् ।
रोजगारदातासँग वा कम्पनीमा कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न र आफूखुशी कम्पनी छाडेर नहिँड्नसमेत दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ । रासस
साइप्रसमा नेकपाको” प्रवासी नेपाली एकता मंच” गठन
साइप्रस,असोज २। नेकपाको प्रवासमा रहेका भातृ संगठनको एकता प्रक्रिया पनि तिब्र रूपमा अगाडि बढेको छ। साइप्रसमा नेकपाका कार्यकर्ताले आईतबार एक भेलाको आयोजना गरि साइप्रसको निकोसियामा रमिला राईको संयोजकत्वमा सचीव केशव ठकुरी सहित ३५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको प्रवास सङ्गठन” प्रवासी नेपाली एकता मञ्च साइप्रस” गठन गरि पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ। भेलाले नव गठित कमिटीलाई आयोजक कमिटीको रुप दिदै अबको छ महिनामा प्रवासी नेपाली एकता मन्चको अधिवेशन गर्ने उदेश्य सहित अन्य निर्णयहरु गरेको छ। यस्तै मञ्चला्ई कम्युनिस्ट एकताले दिएको प्रगतिशिल,जनवादी तथा देशभक्त नेपालीहरुको साझा संगठन बनाउने र ऐतिहासिक कालदेखि मुलुकमा रहदै आएको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै विदेशमा रहेका नेपालीहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै मुलुकको हितका पक्षमा क्रियासिल गराउने गरि संगठनमा सबैलाई समेट्दै अगाडि बढ्नु संगठनको मुख्य उद्देश रहेको सचिब केसब ठकुरिले बताएका छन। यस्तो छ नवगठित समितिको नामावली संयोजक रमिला राई ,सचीव केशब ठकुरि सदस्यहरुमा,माया लोप्चन तामाङ,दर्सन मगर,बिश्णु कुलुङ,संगीता गुरुङ, नबराज गौतम,सुनिला दोङ तामाङ,प्यारिता आङदेङ्बे, मुना क्षेत्री,सम्झना सेर्पा,सुस्मा बुढाथोकी,निस्चल लिम्बू,शोभा लिम्बू राई,सेरबहादुर राई,मनु लामा,कौसिला लिम्बू ,सबिता चौलागाईं निमि शेर्पा,मैना लामा,माया वाइबा,चारु दर्नान,नेहा राना मगर,सारा राना मगर,बिरेन भट्ट जस्मिन तामाङ, माया काप्ले,बिनोद साहा ठकुरि,लिला घले गुरुङ,शान्ति दोङ,आशा मल्ल,कालिका थापा मगर,रेनुका निरौला,पबि घिमेरे र अनिता लामा रहेका छन ।
सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर
भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित एनएचपिसीले १२ सय मिटर नहरसहित रेगुलेटरलगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल (सिडिई) वीरसिंह धामीले जानकारी दिए । उक्त नहर निर्माणका लागि भारतीय पक्षले आह्वान गरेको बोलपत्र सूचनाको म्याद बिहीबार सकिएको छ । “सीमा क्षेत्रको नहर नबन्दा हामीले आफ्नो क्षेत्रमा निर्माण गरेको नहरमा पानी बग्छ कि बग्दैन भन्नेमा आशङ्का अब रहेन” सिडिई धामीले भने, “भारतले १८ महिनाभित्र नहर निर्माण गरिसक्ने गरी ठेक्का सूचना जारी गरेको छ ।” भारतीय पक्षले आगामी पुस महिनादेखि नहर निर्माणको काम थाल्ने महाकाली तेस्रो चरणको कार्यालयलाई जानकारी दिइसकेको छ । टनकपुर एनएचपिसीका अधिकारीले पनि भारतले बनाउनुपर्ने नहरलगायतका संरचना निर्माण दु्रत गतिमा हुने जानकारी दिएको धामीले बताए । सन् १९९६ को एकीकृत सन्धीमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको सिमाक्षेत्र पर्ने मटेनासम्म १२ सय मिटर लामो मूल नहर निर्माणको काम भारतले गर्नुपर्ने उल्लेख छ । करीब १८ वर्षअघि नेपाल–भारत जलस्रोत मामिलासम्बन्धी समस्या समाधान छलफल गरी तार्किक निश्कर्षमा पु¥याउन सक्ने अधिकार प्राप्त संस्था (जेसिडब्लुआर) को पहिलो बैठक सन् २००० मै नहर निर्माणको विषयमा कुरो उठेको थियो । “करीब ११ वर्ष नेपाल–भारतबीच हेड रेगुलेटरको सिललेबलका विषयमा कुरो मिलेन” धामीले भने- “अब २४४ दशमलब २५ मिटर सिललेबलबाट पानी दिनेछ ।” उनले सन् २०११ र सन् १०१३ को गरी जेसिडब्लुआरको छैटौँ र सातौं बैठकबाट सिललेबलबारे टुङ्गो लागेको जानकारी दिए । यता सरकारले भने नेपालतर्फ हालसम्म झण्डै १३ किलोमिटर नहर निर्माण गरिसकेको छ । छ महिनाअघि तेस्रो चरणअन्तर्गत झण्डै थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का सम्झौतासमेत भइसकेको छ । “थप नहर निर्माणको प्राविधिक काम सकेर ठेकेदार कम्पनीहरु नहर निर्माणको सुरुवाती चरणमा छन् ।” महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय सिनियर डिभिजनल (सिडिई) धामीले भने, “अब शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर केही वर्षभित्र पुग्नेछ ।” उक्त नहर निर्माणका लागि रु दुई अर्ब १० करोडको ठेक्का सम्झौता भएको छ । त्यसका साथै झण्डै १६ किलोमिटर नहर क्षेत्रमा करीब ३५ हेक्टर जमीनधनीलाई जग्गा अधिग्रहण गरेबापत मुआब्जा दिनुपर्ने छ । उक्त जग्गा अधिग्रहण प्रक्रियामा रहेको धामीले जानकारी दिनुभयो । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहेपनि नहर निर्माणको काम भने कछुवा गतिमा छ । हाल निर्माण भएको १३ किलोमिटर मूल नहरको शाखा नहर विस्तार गरी केही वर्षपछि नहरमा आउने पानीले ब्रह्मदेव क्षेत्रको करीब तीन हजार हेक्टर क्षेत्रफल सिँचाइका लागि पहल हुनुपर्नेको धामीको जोड छ । “भारतले १८ महिनाभित्र नहर बनाइसक्दासम्म हामीले पनि बनाएको नहरको शाखा नहर तयार गरेर सिँचाइका लागि पहल गर्न सके लाभदायक हुन्छ ।” उहाँले भन्नुभयो, “अब भारतीय पक्षबाट उक्त नहर निर्माणमा ढिलाइ हुने देखिँदैन ।” आर्थिक वर्ष २०६३÷६४ देखि सिँचाइको नहर निर्माण शुरु भएको थियो । १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । करीब एक दशक बित्दा एक अर्ब ६० करोड मात्रै खर्च भएको छ । जसमध्ये रु ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो । उक्त आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पुरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार सात सय हेक्टर सिँचित भएको छ । तेस्रो चरणको मूल नहरमा वर्षातमा एक हजार र सुख्खायाममा तीन सय क्युसेक पानी बग्नेछ । मूल नहरको चौडाइ १३.६० मिटर रहेको छ । रासस
एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ
तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ । आलुका बारेमा आज हामी जुन जानकारी दिन गइरहेका छौं यसबारेमा थाहा पाएपछि तपाईको होश उढ्ने छ । यधपि हामी यस्तो आलुको बारेमा जानकारी दिइरहेका छौं जुन आलु तपाई देख्न सक्नुहुन्छ तर खान सक्नु हुन्न । किनकी यो एउटा तस्वीर मात्रै हो । ११ करोडमा आलुको चित्र वास्तवमा, एक युरोपीयन व्यापारीले आलुको एउटा तस्वीर ११ करोड रुपैयाँमा खरिद गरेका छन् । यो तस्वीर चर्चित आइरिश फोटोग्राफर लेन्समैन केविन अबाशले सन २०१० मा खिचेका थिए । र सोही वर्ष आलुको चित्र बनाए। केविन यस्ता पेन्टर हुन जसको एउटा पेन्टिङ १.५ लाख डलरमा बिक्री हुन्छन् । वाइन पिउदाँपिउदै तस्वीर खरिद फोटोग्राफर केविन अवाशका अनुसार, ‘हामीले (केविन र व्यापारी) दुई गिलास वाइन पिएपछि उसले तस्वीर देखेर भन्यो, मलाई तस्वीर मन पर्यो । त्यसपछि हामीले फेरि दुई गिलास वाइन पियौं । उसले भन्यो ‘मलाई यो चाहियो’ वाइन पिउँदै हामीले सौदा गरियौं र दुई सातापछि यसको मूल्य तय गरियौं । केविनसँग आइरिश आवुको तीनवटा तस्वीर थिए । जसमध्य एउटा सर्बियाको चिडियानाखाना (म्यूजियम) लाई ‘दान’ दिए । एउटा उनको संग्रहमा छ र एउटा चाहीँ उनले बेनाम युरोपीयन व्यापारीलाई बेचें । यो पहिलो पटक नभएर उनका कयौं चित्र यस्तै महंगोमा बिक्री भएका न् । पोट्रेट फोटोग्राफीका लागि चर्चित केविन ? व्यापारी र उच्चस्तरका प्रतिक निसकेका केविन आफ्नो ‘ब्लैक ड्रप’ पोट्रेट फोटोग्राफीका लागि प्रसिद्ध छन् । केविनले हलिउड स्टार जनी डेप्पको फोटो खिचेका थिए जुन निकै चर्चित बन्यो । यसैकारण केविनका चित्र लाखौं डलरमा बिक्री हुने गरेका छन् ।
चुटकिला : कसरी मार्न सक्छु !
एउटा लामखुट्टे भर्खर मेरो घाँटीबाट रक्तपान गरेर भुँ भुँ गर्दै कान तिर उक्लियो..उसको संगीतको तारिफ गर्दै प्याट्ट एक ताली दिएर ठहरै पारिदिउँ कि भनेर दुवै हात उठे.. तर एक्कासी रोक्किए.. म कसरी मार्न सक्छु उसलाइ? …. !!!!! उसको त नशा नशामा मेरो रगत बगेको छ !
गजलः आमाको काखमा स्वर्ग
पुजा वागीश यदि कँही कतै निस्वार्थ प्रेम छ भने, त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने, त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन शिक्षा सिकाउने गुरू छ भने, त्यो आमा नै हो । यदि कतै ईश्वर छन् भने त्यो आमा नै हो ।
कांग्रेसले सोध्यो : ओली-मोदीको १२ बुँदेमा किन अटेन लिपुलेक ?
काठमाडौं, चैत २६ । विभिन्न विषयहरु समेटिएर प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मादीबीच १२ बुँदे समझदारी भएको छ । सो समझदारीमा नेपालको दार्चुलाको बिबादित क्षेत्र लिपुलेक अटाउन सकेन । वर्षौदेखि बिबादित क्षेत्रका रुपमा रहेको लिपुलेक मात्रै नभएर सिमा बिबादका सम्वन्धमा ओली-मोदीले जारी गरेको संयुक्त वक्तव्य मौन देखिन्छ । जल तथा रेल मार्ग सञ्चाल गर्ने, कृषिमा सहकार्य गर्ने, नेपालको समुद्रसम्म पहुँच सुनिश्चित गर्ने, भारतले नेपालमा सञ्चालन गरिरहेका योजनाहरुलाई गति दिने तथा दुई देशबीच उच्च स्तरीय भेटघाटलाई निरन्तरता दिनेलगायतका विषयहरूमा समझदारी कायम भएपनि सिमा बिबादका समाधानमा दुवै पक्ष मौन रहेको देखिन्छ । हल्ला गर्ने विषय बनाइयो स् बडू लिपुलेकको विषयलाई नेपालका राजनीतिक दलहरुले हल्लाको विषय बनाएको तर कुटनीतिक तहमा उठाउन नसकेको कांग्रेसका सांसद दिलेन्द्र प्रशाद बडूले आरोप लगाए । ‘सिमा बिबाद गम्भिर विषय हो तर जनतालाई सुनाउनका लागि मात्रै यी विषयहरु उठे, समाधान हुने गरी उठाउन सकिएन,’ बडूले भने,‘लिपुलेक, कोसी बाँधलगायतका बिबादित सिमा क्षेत्रका सम्बन्धमा कुटनीति तहबाटै समाधान हुनुपथ्र्यो, तर सरकारबाट पहल हुन सकेन ।’ उनले सिमा क्षेत्रको मात्रै नभइ दार्चुलामा बन्ने नेपाल–भारत जोड्ने पुलको बारेमासमेत मौन बस्नु दुःखद् भएको बताए । उनले भने,‘दार्चुलामा बन्ने घोषणा भई सकेको मोटरेबल पुलले त्रिदेशिय व्यापार र सम्बान्धलाई पनि सहयोग गर्छ तर प्रधानमन्त्रीको भारत भ्रमणमा कुरा नै उठेन ।’ सम्वोधन भएको छ : सरकार पक्ष सिमा क्षेत्रमा देखिएको बिबाद जटिल प्रकारको भएकाले प्रबुद्ध समूहको निर्णय अनुसार दुवै देशका सरकारले काम गर्ने भएकाले नसमेटिएको प्रदेश क्षेत्र नम्बर ‘क’ का सांसद गेल्बुसिह बोहरा बताउछन् । उनले लिपुलेक मात्रै नभइ भारतसँग जोडिएका सिमानाकामा उब्जिएका सबै प्रकारका बिबादको समाधान सरकारले खोज्ने बताए । दार्चुला प्रदेश क्षेत्र नम्बर ‘ख’ का सांसद मानबहादुर धामीले संयुक्त बक्तव्यको बुँदा नम्बर ६ मा भएको सिमा वारपार व्यापार, वस्तुहरुको आयात निर्यात तथा नागरिकहरुको आवागमनलाई विकासका लागि उपयोग गर्ने र बुँदा नम्बर ४ अनुसार नेपालको प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्रीले दिएकोबाट समग्र बिवादहरुको समाधान हुने बताए । ‘छुट्टै रुपमा सिमा बिवाद समाधान गर्ने कुरा नआएको मात्रै हो, बुँदा नम्बर ६ र ४ ले नेपालको प्राथमिकतालाई मध्यनजर गर्ने भएकाले लिपुलेकसहितको सिमा बिवाद समाधानको कुरा पनि सम्बोधन भएको छ’ प्रदेश सांसद मानबहादुर धामीले भने । लिपुलेकसँग सिमा जोडिएको व्याँस गाउँपालिका वडा नम्बर २ राप्लाका अध्यक्ष धिरनसिंह बुढाथोकीले सिमा बिबाद चाँडोभन्दा चाँडो समाधान गर्न सरकारसँग माग गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सिमा बिबादका महत्वपूर्ण पक्षबारे छलफल नहुनु दुःखद् भएको ठहर गरे । अन्नपुर्ण पोस्ट्मा खबर छ।
यो हो फोनको ब्याट्री लाइफ बढाउने सेटिङ, नपत्याए ट्राइ गर्नुस्
स्मार्टफोन प्रयोगकर्ताहरूको सबैभन्दा बढी चासोको विषय हो ब्याट्री लाइफ। हुन त अचेल धेरै ठुलो क्षमताका ब्याट्री युक्त स्मार्ट फोनहरू पनि बजारमा उपलब्ध रहेका छन् तर हाम्रो जस्तो अनियमित नेटवर्क भएको देशमा जस्तै मेगा साइज ब्याट्रीले पनि हार मान्ने अवस्था रहन्छ। झन् बस यात्राहरू अनिश्चित तरिकाले लम्बिने सडकहरू भएकाले पनि हामीले केही यस्ता सेटिङहरू बारी थाहा पाइराख्नु आवश्यक छ जसले ब्याट्री लाइफलाइ अपत्यारिलो ढङ्गले लम्ब्याइदिन सक्छन्। हेरौं के गरेको खण्डमा ब्याट्री बढी टिक्ने बनाउन सकिन्छ। कई फोन में ये सेटिंग ऑन होकर आती है तो कुछ में इसे ऑन करना पड़ता है। बैटरी की ये सेटिंग आपको स्मार्टफोन की सेटिंग ऑप्शन में ही मिलेगी। यसका लागि सबैभन्दा पहिला फोनको सेटिङमा जाने र ब्याट्री अप्सनमा ट्याप गर्ने । त्यसपछि ब्याट्री सेभर अप्सन छान्ने र यसलाई अन गरिदिने। यसो गर्दा ५ प्रतिशत ब्याट्री पनि एक घण्टासम्म चल्न सक्छ। कुनै कुनै फोनमा ब्याट्री कम हुँदा ब्याट्री सेभरको पप अप आउने गर्दछ। यसलाई अन गर्नु पर्दछ। कतिपय फोनमा भने यो अप्सन ‘पावर सेभिङ मोड’ भनेर राखिएको हुन्छ तर कुरा एकै हो, गर्ने भनेको सिधा अन र ब्याट्री लामो टिक्नेछ।
संघीय गणतन्त्रमा ढोरपाटनको दुर्भाग्य !
बागलुङ । ढोरपाटन सानो नेपाल भनेर चिनिने बाग्लुङ्ग जिल्लामा पर्ने ढोरपाटन राष्ट्रिय शिकार आरक्षय निकुञ्ज प्राकृतिकरूपमा सुन्दरताले भरिपूर्ण भएपनि पर्यटकीय रूपमा र विकसित अझै पनि एउटा दुर्गम क्षेत्र भनेर चिनिन्छ। नेपाल सरकारले विदेशीहरुलाई शिकार गर्न अनुमति दिँदा करोडौंको लागतमा राजस्व लिएतापनि शिकार आरक्ष निकुञ्ज ढोरपाटनको विकासको लागि कसैले केही गरेको देखिन्न केबल किताबमा पढ्न पाइन्छ । राष्ट्रिय वन्यजन्तु शिकार आरक्ष्य निकुंज ढोरपाटन हो भनेर । Photo Credit: Parikramatrekking खबरहरुबाट सुन्न पाइन्छ सरकारले ढोरपाटनको लागि धेरै ठुलो योजना सहिद बजेट छुट्याएको छ भनेर । तर, त्यो बजेट कहाँ जान्छ कसैलाई थाहा नै छैन । बाग्लुङ्ग जिल्ला विकास कार्यालयले अहिले ढोरपाटनको लागि केही विकासको योजनालगायत बागलुङदेखि बुर्तिबाङसम्म मोटरबाटो गएतापनि बुर्तिबाङदेखि ढोरपाटनसम्म बाटो खन्ने कुनै चासो राखेन । तर, ढोरपाटनबासीहरुले आफ्नो व्यक्तिगत खर्च गरेर बुर्तिबाङदेखि ढोरपाटनसम्म बाटो पुर्याए साथसाथै जलविद्युतको योजनाको त कुरै नगरौं । जनताले आफ्नो काँधमा बिजुली खम्बा बोकेर, सिमेन्ट बोकेर आफ्नै लगानीमा बिजुली निकाल्नमा तत्पर रहे । Photo Credit: Sisnerover ढोरपाटनको एयरपोर्टको लागि आएको बजेट काटेर ढोरपाटनको राष्ट्रिय डोमेस्टिक एअरपोर्ट बागलुङ बलेवामा सारियो र ढोरपाटन एयरपोर्ट गौचरण भयो ढोरपाटनको लागि आएको बजेट गल्कोटलगायत अरु ठाउँमा लगाइयो बोबाङ गाविस ढोरपाटनको लागि आएको सड़क, पानी, बिजुली, दूरसंचार लगायतका लागि केन्द्र सरकारले छुट्टाइएको बजेट आयोजना कहिले ढोरपाटनसम्म पुगेन । Photo Credit: Sisnerover ढोरपाटन प्राकृतिक सम्पदा र सुन्दरताले भरिपूर्ण छ, ढोरपाटन भौगोलिकरूपले रुकुप, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी जिल्लाहरुको केन्द्रबिन्दुमा पर्छ । ढोरपाटनमा यार्चागुम्बा लगायत उत्तिश , बिख्म, अमिलो, रातो च्याउ लगायत विभिन्न किसिमका जडिबुटी पाइन्छन् । बहुमुल्यको जीवजन्त, जनावरहरु पनि छन जस्तै– नेवर, कस्तूरी झारल, थार ,बदेल, बाघ, भालु, राते ब्वाँसो । त्यस्तै पंक्षीमा राष्ट्रिय चरा डाफे, कालिज, मुनाल, वनकुखुरा लागायत अन्य थुप्रै पंक्षीहरु पनि पाइन्छन् । ढोरपाटनमा बसोबास गर्नेहरुमा पनि धेरै उत्तम विचारका मान्छेहरु छन र यहाँ प्रायःजसो सबै कृषी पेशामा संलग्न छन् । ढोरपाटनमा विभिन्न किसिमका आलुको खेतीलगायत फापर, सिमी, तोरी, गहुँ, जौं, मकै र ज्वाटो अनि स्याऊ उत्पादन हुन्छ । Photo Credit: Goinnepal ढोरपाटनको मौसम पनि अति राम्रो छ, कार्तिकदेखि चैतसम्म हिउँ पर्छ र वैशाखदेखि असोजसम्म प्रायः पानी पर्ने गर्छ । तर, यहाँ धेरै वर्षा भएतापनि बासिन्दाहरुलाई खासै क्षति पुर्याउँदैन । ढोरपाटनमा सबै किसिमका चीजहरुले भरिपूर्ण भए तापनि ढोरपाटनलाई दुर्गम क्षेत्र भनेर चिनिनु र नेपाल सरकार र बाग्लुङ जिल्ला विकास कार्यालयले कुनै किसिमका विकासको लागि केही पनि नगर्नु भनेको नै ढोरपाटनको र ढोरपाटन बासिन्दाको दुर्भाग्य हो । नेपाल सरकारले तथा बागलुङ जिल्ला कार्यालयले ढोरपाटन क्षेत्रमा विकासको लागि कार्ययोजना बनाई ती योजनाहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउनु अति आवश्यक छ। गामबहादुर विक ढोरपाटन निवासी, हाल युएई
लोकसेवा परीक्षामा उत्तीर्ण हुनका लागि पढ्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ
लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षा तयारीका लागि विभिन्न विषयहरुमा पुस्तक लेख्नेमा पर्छन्, तुल खड्का । लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुको सहजताका लागि उनले अहिलेसम्म लोकसेवा सम्बन्धी १० पुस्तक प्रकाशित गरिसकेका छन् । केही दिनयता मात्रै नायब सुब्बा र अधिकृतका थप दुईवटा पुस्तक बजारमा आएका छन् । उनले समसामयिक पुस्तक मात्र होइन, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नायब सुब्बा, खरिदार तहका पुस्तक पनि लेखेका छन् । पुस्तक लेखनमा नयाँ ट्रेन चेन्जर लेखकका रूपमा उदाएका खड्कासँग पुस्तक लेखन, लोकसेवाका विविध पक्षलगायत विषयमा गरेको छोटो कुराकानी– पुस्तक लेखन कहिलेबाट सुरू गर्नुभयो ? पुस्तक प्रकाशनको योजना २०७१ चैतमा बनेको थियो । त्यसअघि म नायब सुब्बा, खरिदार, इन्सपेक्टर, र असईको आइक्यु तथा समसामयिक पढाउन धेरै ठाउँमा जान्थे । फेसबुकमा पनि ‘लोकसेवा सारथि’ नामक पेज बनाएको थिएँ । त्यो पेजमा धेरैजसो समसामयिक घटना विवरणहरु पोष्ट गर्थे । पोष्ट गर्दै जाँदा म्याटर कलेकन हुँदै गयो र त्यहाँ कलेक्सन गरेका म्याटर बजारमा आएका पुस्तकभन्दा स्तरीय र बढी भयो । त्यसमा धेरै मान्छेहरू जोडिँदै गए । उहाँहरूको सुझाव अनुसार नै मैले पुस्तक निकाल्न योजना बनाएँ । र, २०७२ वैशाख पहिलो साता पुस्तक बजारमा आयो । त्यतिखेरैबाट मैले ‘समसामयिक विशेष’ भनेर किताव लेख्न सुरु गरेको हुँ । तपाईँको पहिलो पुस्तकले कतिको बजार पायो ? मेरो पहिलो पुस्तक ‘नासु र खरिदार समसामयिक विशेष’ २०७२ वैशाख पहिलो साता बजारमा आयो । पाठकले अत्यधिक रुचाएको पुस्तक थियो, त्यो । तर, पुस्तक बजारमा आएको हप्ता दिन नबित्दै भूकम्प गएकाले अलिकति डिस्र्टब गरेता पनि अपेक्षाभन्दा बढी नै सफलता हासिल गर्यो । राम्रो प्रतिक्रिया पाएर नै पुस्तक लेखनलाई अगाडि बढाउने योजना बनाएँ । लोकसेवाको पुस्तक लेखनमा ट्रेन चेन्जर लेखकका रूपमा पहिचान बनाउनुभएको छ, परम्परागत प्रणालीलाई तोड्न कतिको च्यालेन्ज छ ? परम्परागत हाजिरीजवाफ शैलीमा पढ्न अभ्यस्त बजारलाई नयाँ प्याटर्नमा ल्याउन केही चुनौती छ । मेरो नयाँ ट्रेन भनेको कुनै पनि विषयवस्तु माथि के, कहाँ, किन, कस्तो, कसले, कुन, कहिले, केका लागि र कति जस्ता प्रश्न एकै साथ गरेर पढ्नुपर्छ भन्ने हो । मैले मेरा पुस्तकमा यसरी प्रस्तुत गर्ने गरेको छु । जस्तो– मुख्यसचिवमा रेग्मी नियुक्त ० को रेग्मी ? –लोकदर्शन रेग्मी ० कसको मुख्यसचिव ? – नेपाल सरकारको ० कसले नियुक्त गर्यो ? – नेपाल सरकाले ० कहिले नियुक्त ? – २०७४ कार्तिक ६ ० कति औँ मुख्यसचिव भए ? – २४ औँ ० मुख्य सचिवको कार्यकाल कति हुन्छ ? – ३ वर्ष ० पहिलो मुख्यसचिव को हुन् ? – चन्द्रबहादुर थापा यसरी एउटै टपिकमा को, कहिले‘ जस्ता प्रश्नको ओइरो एउटै टपिकमा लगाउनुपर्छ । जुन स्टाइललाई म जिके इन लेयर भन्छु । यसरी पढ्दा सम्झन सहज मात्र हुँदैन, पढ्दा पनि बोर लाग्दैन, खेल्दै पढेकोजस्तो हुन्छ । सुर्खेतमा सरकारी जागिरे हुनुहुन्छ, पर्याप्त स्रोत साधन अभावका बीच पनि पुस्तक लेखनलाई कसरी निरन्तरता दिन भ्याउनुभएको छ ? निरन्तरता दिने की नदिने रुचिले निर्धारण गर्छ । रुचि हुने ठाउँमा हमेशा योगदान गर्न सकिन्छ । तर, कहिलेकाँही रुचि, चाहना र इच्छा हुँदाहुँदै पनि मोफसलमा हुनका नाताले भने जसरी समयमा नै काम गर्न सकिँदैन । लेखनका लागि आवश्यक स्रोत साधनको अभावमा कतिपय काम सोचेजस्तै गर्न सकिँदैन । सहर–राजधानीमा छापिएका पत्रपत्रिका, बुलेटिन, पुस्तक, लेखरचना, कार्यपत्र, खोज र सन्दर्भ सामग्री अहिले पनि केन्द्रीकृत छन् । विकेन्द्रीत हुन समय लाग्ने भएकोले काममा असहजता हुन्छ नै । तर, अहिलेका सूचना प्रविधिमा आएको महाविकासले असहजतालाई बिसाई दिएको छ । विभिन्न पत्रपत्रिकामा पनि लेख लेख्दै आउनुभएको छ, त्यसमा पनि समसामयिक विषयका जल्दाबल्दा समस्यामा गहिरो खोजसहित, कर्मचारी भएकैले पनि सहज भएको हो ? कर्मचारी भएर समाज, व्यवस्था र परिपाटी बुझ्न सजिलो भयो । र, लेखन त्यति सजिलो कार्य होइन, जस्तो लाग्छ । लेखनका लागि खोज, अध्ययन र विश्लेषणको पाटो बलियो हुनुपर्छ । अध्ययन, अनुभव र अनुभूतिको संयोजन गर्ने कला चाहिन्छ, लेखनमा । र, अर्को कुरा रुचि हो । रुचिले मान्छेलाई अन्तरहृदयबाट कन्भिन्स गरिदिन्छ । र, मान्छे स्वतःस्फूत काम गर्न सक्छ । साथै अभाव, दबाब र प्रभावलाई सहजैरूपमा चिर्न सक्छ । तर, किताव लेख्नकै लागि वा पैसा कमाउन र अरुको उत्प्रेरणाबाट मात्रै लेख्न खोज्यो भने तपाईँले भनेजस्तो सोचेजस्तो तरिकाले लेख्न सकिँदैन । त्यसैले मनबाट लेख्ने अठोट गर्नुपर्छ । जहाँ मान्छेको रुचि छ, त्यही सफलता पाइन्छ । लोकसेवा सम्बन्धी पुस्तक लेखनमा रुचि बढ्नुको कारण के हो ? सुरुमा रहर ‘हा हा’। अमूल्य सल्लाह, उत्कृष्ट सुझाव र ओजिलो रचनात्मक सुझाव पेश गर्ने पाठक वर्गको अमिट माया, अहिले । साथै प्रेरणा, उत्प्रेरणा, हौसला र ऊर्जाको कमी हुन नदिने आदरणीय सम्पूर्ण ऊर्जावाजहरू पुस्तक लेखनका स्रोत हुुनुहुन्छ । स्वभावले नै मलाई केही नयाँ जानकारी भयो र पाए भने कसलाई सुनाउन कसलाई सुनाउ हुन्छ । म आफूले सिकेका कुरा अरुसमक्ष प्रस्तुत गर्न रुचाउँछु । मैले समसामयिक विषयमा पढ्दा सबैसँग म्याटर थिएन । कलेक्सन गरेर पढ्न गाह्रो थियो । किनकी सबै इन्टरनेटको पहुँचमा थिएनन् । मलाई के लाग्यो भने समसामयिक म्याटर दिन सके धेरैले राहत पाउथे । त्यसकारण लेख्न सुरु गरेको हुँ । सोच र इच्छाशक्तिले पुस्तक लेख्नुभयो की कसैको प्रेरणा पनि थपियो ? पहिलो कुरा पुस्तक लेख्नु मेरो रुचि हो । यो स्वतःरूपमा स्खलित तथा पोखिएर आउँछ । पोखिएर आयो भने थाम्न सकिँदैन । यसलाई म बाँध्न सक्दिनँ, त्यसकारण प्रस्तुत गर्नैपर्छ । पब्लिस होलारनहोला, म टिपेर राख्छु । पहिलो पुस्तक बजारमा आएपछि धेरै साथीहरूले ‘राम्रो रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँहरूले निरन्तरताका लागि सल्लाह दिनुभयो । मेरो रुचि त छँदै नै थियो । त्यसमा उहाँहरू नै प्रेरणाको खानी बन्नुभयो । त्यसपछि पुस्तक प्रकाशन भएपछि पाठकहरूले पनि अमिट माया गर्नुभयो । यहाँले प्रायः पुस्तकमा ‘विशेष’ शब्द बढी प्रयोग गर्नुहुन्छ, किन ? हरेक समसामयिक घटनालाई मान्छेले विशेष महत्वका साथ हेर्न थालेका छन् । अरू विषयमा बजारमा जति पनि पुस्तक पाइन्छन् । जस्तैः भूगोल, इतिहास र धर्मसंस्कृति । यसबारे हामी कलेजदेखि नै पढ्दै आएका छौं । लाइब्रेरीमा पनि जति पनि पुस्तक पाइन्छन् । बजारमा पनि छ्याप्छ्याप्ती । जताततै यसबारे पुस्तक पाइन्छन् । तर, समसामयिक भन्ने यस्तो विषय हो, जो सहजै खोजेर पाउन सकिँदैन । त्यो विषयमा लोकसेवाले समसामयिक भनेर टपिक नै राखिदिएपछि म्याटर पाउन गाह्रो हुने भयो । त्यसलाई सहज गर्न मैलै यो विषय पुस्तकमा समेट्ने प्रयास गरेको छु । किनभने त्यो विशेष पनि हो । कहिलेकाही विभिन्न पुस्तकमा तथ्य तथा तथ्यांकमा फरक देखिने गरेको छ, त्यसलाई कसरी आधिकारिक बनाएर पुस्तकमा समावेश गर्नुहुन्छ ? पहिलो कुरा त्यसको अथेन्टिसिटी के हो भनेर चेक गर्ने गर्छु । ‘सामान्य’ पत्रपत्रिकामा आएको कुरा अथेन्टिक नहुन पनि सक्छ । जस्तोः राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्यजन्तु आरक्ष र शिकार आरक्षले ओगटेको क्षेत्रफल, अवस्थिति, अवस्था र स्थापना मिति बोर पत्रपत्रिकामा आउने जानकारी फरक फरक हुन सक्छन् त्यसको अथेन्टिक जानकारी लिदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गर्ने सूचना र पुस्तक आधिकारिक मान्नुपर्छ । एवम् प्रकारले सम्बन्धित विषयवस्तुका जानकारी त्यसरी भेरीफाई गरेर पुस्तकमा समेट्ने गर्छु । अन्य विधा र लोकसेवाको पुस्तक लेख्दा के फरक छ ? अन्य विधामा पुस्तक लेख्ने कतिपयले मनका भावना पोख्छन् त केहीले समाजका यथार्थ । यी विधामा वास्तविक जीवनमा घटेका घटनालाई पनि प्रस्तुत गर्न सकिन्छ । तर, लोकसेवामा अनेन्टिसिटी हुन्छ । यसमा टु दी प्वाइन्ट कुरा लेखिन्छ । त्यसकारण लोकसेवा एकदमै संवेदनशील विधा हो । अहिले पनि बजारमा आएका धेरै कितावका डाटाबारे भ्रम छ । त्यसकारण यसमा सत्य तथ्य खोज्नका लागि गहिरो खोजको आवश्यकता पर्छ । बजारमा थुप्रै पुस्तक छन्, सबै किनेर पढ्न पनि सम्भव छैन, परीक्षार्थीलाई त अन्योल हुन्छ त रु कसरी छान्ने सही पुस्तक ? यो त बोझ नै भयो । कुनै पनि लोकसेवा सारथिको लागि पहिलो सफलता भनेको उसले छनोट गर्ने सामग्री हो भन्ने गरिन्छ । कुन पुस्तक छनोट गर्ने ? यसका लागि पुस्तक हेरेर वा अग्रज तथा पढिरहेको मान्छेसँग सल्लाह लिन सकिन्छ । अर्को कुरा पढ्दा सहज हुने पुस्तक छान्नुपर्छ । विषयवस्तु एउटै भएकाले सबै पुस्तकमा उस्तै उस्तै कुरा लेखिएका हुन्छन् । तर, प्रस्तुति भने फरक हुन्छ । लेखकको प्रस्तुतिले पनि पढाइलाई प्रभाव पार्छ । त्यसकारण यी कुरा ख्याल गरी सामग्री छनोट गर्न सकियो भने सफल हुन सकिन्छ । साथै पढ्दा म्याटरमा अली बढी सम्बेदनशील हुनुपर्छ । तपाईँका पुस्तक पढेर सफलता पायौं भन्ने रेस्पोन्स आएको छ ? छ, धेरै म्यासेज आएका छन् । कतिले ‘तपाईँको कितावलाई बेस बनाएर पढ्दा पास भएँ’ भनेर म्यासेज गरेका छन् । लेखाइमा ट्रेन चेन्ज गर्ने सोच कसरी आयो ? म जनरल नलेज ९जिके० विषयमा ट्रेन चेन्ज गर्ने भन्छु । जिके परम्परागत ढाँचामा पढेर हुँदैन । किनकी लोकसेवाले प्रश्न सोध्ने ट्रेन चेन्ज गरिसकेको छ । त्यसकारण पढाइको ट्रेन चेन्ज गर्नुपर्छ । हिजो सिंगल प्याटनको प्रश्न हुन्थ्यो । जस्तोस् नेपालको क्षेत्रफल कति छ ? यो हाजिरीजवाफ जस्तो थियो । अब लोकसेवाले त्यसरी सोध्दैन । त्यसकारण हामीले फरक तरिकाले अध्ययन गर्न सक्नुपर्छ । जस्तो– पहिले हामी नेपालको जनघनत्वबारे पढ्दा नेपालकै मात्रै पढ्थ्यौं । अब त्यसरी होइन । नेपालको जनघनत्वबारे पढेपछि हिमाली, पहाडी तथा तराई प्रदेश र ग्रामीण तथा सहरी क्षेत्रको पनि पढ्नु आवश्यक छ । त्यसपछि जनघनत्व बढी र कम भएको क्षेत्र तथा जिल्लाबारे पनि जानकारी लिनु आवश्यक छ । यसरी पढ्यो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ । त्यसकारण पढाइमा पनि ट्रेन चेन्ज गर्नु जरुरी छ । अन्यथा लोकसेवा र परीक्षार्थीबीचमा सधै ग्याप भइरहने छ । जिके इन लेयर भन्ने मेरो ट्रेन छ । तपाईँलाई केमा सन्तुष्टि लाग्छ, लेखक भएकोमा कि सरकारी जागिरे ? सरकारी जागिरे भएर नै पुस्तक लेख्ने प्रेरणा आएको हो । लेखनमा पनि सन्तुष्ट नै छु । लेखाइमा बेग्लै किसिमको प्यासन छ । तपाईँको लेखनीले कहिलेसम्म निरन्तरता पाउँछ ? पाठवर्ग एवं हौसलावाजहरूको स्नेह, सहयोग, सद्भाव र सुभेक्षा रहेसम्म निरन्तर चलिरहन्छ । पाठकको माया, हौसला पाइरहँदासम्म निरन्तर लेखन जारी रहनेछ । नयाँ पुस्तक कहिलेसम्म बजारमा पुग्छ ? नायब सुब्बाको प्रथम चरणको किताव बजारमा आएको हप्ता भईसक्यो । शाखा अधिकृत प्रथम चरण भर्खरै प्रकाशित भएको छ । खरिदार, आइक्यु फर अल र समसायिक विशेष पाइप लाइनमा छन् । अन्त्यमा भन्न मन लागेको केही छ ? लोकसेवा मनहरूमा अनुरोध छ । लोकसेवाको तयारी गर्दा अरुले तयार गरेको पुस्तकमा मात्रै डिपेन्ड नहुनुस् । आफै पनि खोज्नुस् । अनुसन्धान गर्नुस् । संकलन गर्नुस् । बजारमा भएका पुस्तकबाट डाटा फिल्टर गरेर पढ्नुस् । किताबमा भएको म्याटर प्रति कन्भिन्स हुनुस् । म्याटरमा कुनै सम्झौता नगरिएको पुस्तक तपाईँको रोजाइको विषय बन्नुपर्छ । तपार्इँ सम्पूर्ण लोकसेवा सारथिहरूको सुन्दर, उज्जवल र समृद्ध भविष्यको कामना । मेरा सोच राख्ने यो ग्राण्ड अवसर दिनुभएकोमा प्रशासन डट कम परिवार र विशेषगरी तपार्इँलाई विशेष धन्यवाद दिन चाहान्छु । प्रशासनडटकमबाट साभार
भारतले ५० हजार भूकम्प पीडितका घर निर्माण गर्ने
काठमाडौं, फागुन २४ । भारत सरकारले भूकम्पमा क्षति भएका गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माणको लागि सहयोग गर्ने भएको छ। यूएनडीपी र यूएनओपीएसको साझेदारीमा गोरखाका २६ हजार ९१२, नुवाकोटका २३ हजार ८८ वटा घर पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने भएको हो। बिहीबार भारतीय राजदूतावासका डीपूटी मिसन चीफ डा अजयकुमार र यूएनडीपीका कन्ट्री डाईरेक्टर रेनोड मेयर, यूएनओपीएसको एसिया रीजनका डाईरेक्टर संजय माथुरले भूकम्पबाट भत्किएका घर निर्माणको साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेपालको सरकार नियम अनुसार भूकम्प पीडितको घरको पुनर्निर्माण गरिनेछ। हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।
प्रचण्ड : पाँच आन्दोलनका नेता
मनहरि तिमिल्सिना माक्र्सवाद भन्छ, ‘नेता आवश्यकता र आकस्मिकताको संयोगबाट जन्मिन्छ ।’ विश्वभरिका माक्र्सवादीहरूले मान्दै आएको दार्शनिक मान्यता पनि यही हो । तर, आवश्यकता र आकस्मिकताको संयोग मात्रैले नेतृत्व जन्मदैन । नेता बन्न व्यक्तिमा अन्तर्निहित प्रतिभाको पनि कम भूमिका हुँदैन । प्रतिभा नै त्यस्तो कडी हो, जसले आवश्यकता र आकस्मिकताको द्वन्द्ववादको औचित्य पुष्टि गरिदिन्छ । इतिहासका खास विन्दुमा नै नेता जन्मन्छन् । तर, त्यही चाहिँ नेता बन्छ, जोसँग दुरदृष्टि, अदम्य आत्मविश्वास र प्रतिभा हुन्छ । विश्व र नेपाली राजनीतिमा नेताहरूले मूख्यतः २ अवधिको नेतृत्व गरेको भेटिन्छ, राजनीतिक संघर्ष र राज्य सञ्चालन । तर, नेपाली राजनीतिमा प्रचण्ड नै यस्तो नाम हो, जसले पाँच फरक, दुरगामी र चामत्कारिक महत्वका आन्दोलनको नेतृत्व गरिरहेका छन् । मनहरि तिमिल्सिना पहिलो, चालीसको दशकताका नेपालको कम्युनिष्ट आन्दोलनमा चिनियाँ र रुसी लाइनबारे तीब्र विवाद थियो । माले, माक्र्सवादी, मशाल र मसाल कम्युनिष्ट आन्दोलनका मूख्य धारा थिए । तात्कालीन चौमका नेताहरू मोहनविक्रमलाई माओ र निर्मल लामालाई चाओको ठान्थे । प्रचण्ड नै त्यस्ता युवा क्रान्तिकारी थिए, जसले पहिलो पटक माओ र चाओ ठानिएका नेताहरूसँग वैचारिक बहस गरे । २०४४ को ‘सेक्टर काण्ड’पछि प्रचण्ड मशालको महामन्त्री छानिए । महामन्त्री छानिएलगत्तै प्रचण्डले ठाने, ‘गोलचक्करमा रहेको कम्युनिष्ट आन्दोलनलाई नयाँ गति दिन्छु ।’ त्यसका लागि कम्युनिष्टहरूको बलियो केन्द्र जरुरी हुन्थ्यो । माओविचार मान्ने तर एकअर्कालाई गद्धार, दलाल र दक्षिणपन्थी भन्नेहरू बीचको एकता ‘प्रचण्ड आँखामा’ क्रान्तिकारी ठहरियो । प्रचण्ड जनयुद्धको खाका कोर्दै थिए, यता पञ्चायत विरुद्धको आन्दोलनमा उभार देखेपछि ‘प्रचण्ड कार्यनीति’ मोडियो । जनयुद्धका लागि खोजिएका हतियार र तालिम प्राप्त कामरेड शक्ति सञ्चयमा राखेर उनी जनआन्दोलन समिति निर्माणतिर होमिए । जनआन्दोलन भयो, अनि सम्झौता पनि । त्यसपछि माले र माक्र्सवादीहरू मिलेर एमाले बन्यो । क्रान्तिको सपना बोकेर प्रचण्डले नेकपा (एकता–केन्द्र) निर्माण गरे । २०४८ मा एकता–केन्द्रमा संसदीय चुनावमा भाग लियो । क्रान्तिकारीहरूका लागि यो बुझिनसक्नु थियो । जनयुद्ध गर्न फौजी तालिम लिएको र माओवाद पास गरेको पार्टी एकाएक संसदीय संघर्षमा आउँदा धेरैले ठाने, ‘यो क्रान्ति परित्यागकै मार्गचित्र हो ।’ एकातिर माओवाद पास गर्नु, हतियार जम्मा गर्नु, फौजी तालिम दिनु र अर्कोतिर सुधारवादी भनिएकाहरूसँग एकता गर्नु, संसदमा भाग लिनु धेरैका लागि ‘छलफाम र क्रान्तिको बिसर्जन’ थियो । तर, प्रचण्डले त्यही कुरा जरुरी देखे । २०४६ को परिवर्तन पूर्ण प्रजातन्त्र थिएन । तर, यो कुरा प्रचण्ड र एकता–केन्द्रले बुझेर मात्रै क्रान्ति सम्भव थिएन, जनतालाई बुझाउन जरुरी थियो, त्यसका लागि संसदको उपयोग ‘प्रचण्ड आँखा’मा क्रान्तिकारी कदम थियो । उनले क्रान्तिकै तयारीका लागि संसदको उपयोगको नीति लिए । यसरी विचार निर्माण, जनयुद्धको तयारी र संसदको उपयोगको बिल्कूलै नयाँ मोर्चा र अभ्यासमा प्रचण्ड सफल ठहरिए । प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् । दोस्रो, २०५२ माघमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र थमाइयो, त्यसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त ४० बुँदा थिए । देउवाले परिवर्तनको भाषा बुझेनन्, प्रचण्ड मिसन बुझ्नसक्ने हैसियत पनि थिएन । अन्ततः २०५२ फागुन १ मा जनयुद्धको उद्घोष भयो । जनयुद्ध पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियान पछिको सबैभन्दा ठूलो फौजी संघर्ष थियो । माओवादी सरकारको विरुद्ध लड्ने फौजी शक्तिमा मात्रै सीमित रहेन, आफै सेना, सत्ता र अदालतको अभ्यासमा लाग्यो । करीब १५ हजारको बलिदानी र ११ वर्ष लामो राजनीतिक संघर्षको प्रचण्ड आफैले नेतृत्व गरे । नेपाली राजनीतिमा पुष्पलाल, मनमोहन, ओली, मोहनबिक्रम लगायतका बामपन्थी नेता पनि सत्ता विरुद्धको संघर्षबाटै आए । तर, उनीहरुको संघर्ष प्रचण्डको जस्तो दीर्घकालीन, जोखिमपूर्ण र फौजी संघर्ष थिएन । माओत्सेतुङ, गोञ्जालो, चे–ग्वेभारा, फिडेल क्यास्ट्रोजस्तै प्रचण्ड पनि प्रत्यक्ष फौजी मोर्चाका कमाण्डर थिए । यद्यपि, माओ, क्यास्ट्रो सत्तामाथि विजय हासिल गरे, गोञ्जालो, ग्वेभारा दमनको शिकार बने भने प्रचण्ड सम्झौताको गन्तव्यतिर सोझिए । जनयुद्धको उद्घोष थियो, ‘सामन्ती तथा प्रतिक्रियावादी सत्ताको अन्त्य र नयाँ जनवादी व्यवस्थाको स्थापना ।’ युद्धले एकपछि अर्को जटिलताको सामना गरिरह्यो । देशभित्र र बाहिरका सबै बुर्जुवा शक्तिहरू माओवादीविरुद्ध थिए । ‘मर्ता क्या कर्ता’को बाटो प्रचण्डले वैज्ञानिक ठानेनन् । प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण ठाने । गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधान सभाको माग र लोकतान्त्रिक गणतन्त्रको नारा त्यसैको कडी थियो । तेस्रो, विश्व इतिहासमा क्रान्ति मूलतः २ ढंगले अवतरण भए, सत्तामाथि विजय र दमनद्वारा निस्तेज । बन्दुकबाटै सत्ताको छिनोफानो गर्ने पूर्व प्रतीज्ञाको विकल्प नखोजिएको भए जनयुद्धले दमनको नियति भोग्थ्यो । अर्कोतिर, शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने र उचित परिस्थितिमा फड्को हान्ने सम्भावना जीवित नै थियो । त्यही सम्भावनामा टेकेर शान्ति सम्झौता भयो । २०६२ मंसिरमा माओवादी–संसदवादी शक्तिबीच भएको १२ बुँदे समझदारीले जनआन्दोलन सृष्टि ग¥यो । माओवादीहरू पनि शान्तिपूर्ण जनआन्दोलनका हिस्सेदार भए, अनि संसदवादीहरू जनयुद्धका शुभेच्छुक । यही समझदारीले २४० वर्ष पुरानो एकात्मक सत्ताको अन्त्य गरी गणतन्त्रको ढोका खोल्यो । १२ बुँदे समझदारीकै जगमा टेकेर २०६३ मंसिर ५ मा गिरिजाप्रसाद र प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे । प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’ सेना समायोजन र हतियार व्यवस्थापन निकै ठूलो प्राविधिक चुनौति थियो । पार्टी विभाजनको जोखिम मोलेरै प्रचण्डले त्यसको स्थीर समाधान खोजे । प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’ चौंथो, क्रान्ति र शान्तिका कमाण्डर प्रचण्ड संविधान घोषणा र संघीयता अभ्यासका पनि कमाण्डर बने । विष्णुको अवतार ठानिएका राजालाई हटाएर गणतन्त्रको स्थापना गर्नु धेरैको कल्पना बाहिर थियो । जनक्रान्तिका बलमा प्राप्त जनादेशले राजतन्त्रलाई रछ्यानमा मिल्कायो, मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । प्रचण्डले २०५१ सालमै नेपालमा संघीयताको अनिवार्यता औल्याएका थिए । संविधान सभाको निर्वाचनपश्चात् संघीयताको बहस पेचिलो रुपमा उठ्यो । कतिले संघीयता देशका लागि अभिसाप देखे, कतिले आयातित नारा भने । जातीय, क्षेत्रीय, लैङ्गीक र सांस्कृतिक विभेदको अन्त्यका लागि संघीयता जरुरी थियो । अन्ततः दलहरू संघीयतामा सहमत भए र संघीय गणतान्त्रिक संविधान बन्यो । दलीय आयातनका दृष्टिले संविधान निर्माणका बखत माओवादी तेस्रो शक्तिमा रहेपनि त्यसको ‘कमाण्डर’ प्रचण्ड नै थिए । असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ । संविधानपछि बनेको वामपन्थी सरकारले नाकाबन्दीको सामना गर्नुपर्यो । त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली थिए, अनि सारथि प्रचण्ड । दुबै मिलेर नाकाबन्दीको सामना गरे । आन्तरिक एकता सुदृढ गरेर मात्र बाह्य चुनौतिको मुकाबिला गर्न सकिन्थ्यो, यही फरक सोंचले ओली–प्रचण्ड एकतामा ‘ठेस’ लाग्यो । यसरी गणतन्त्र र संघीयताको घोषणा, नाकाबन्दीको सामना, संविधानमा पनि प्रचण्ड राष्ट्रिय राजनीतिको मियो बने । पाँचौं, असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ । जतिसुकै सैद्धान्तिकरण गरिए पनि जनयुद्धका मूल २ संकल्प थिए, समृद्धि र समानता । एमाले–माओवादीको समृद्धि र समाजवादको यात्राले उल्लेखित संकल्प हात लाग्न सक्छ । लोककल्याणकारी राज्यलाई नै समाजवादको नाम दिए भन्न सकिन्नँ । तर, समृद्धि र समानताको पिल्लरमा उभिएको समाजवाद स्थापित हुन सक्यो भने प्रचण्ड सपना सार्थक हुन सक्छ । यो ओली र प्रचण्ड दुबैका लागि नयाँ अवसर हो । २०१९ सालपछि नेकपा दर्जनौं टुक्रामा बाँडियो, माक्र्सवादका अनगिन्ती पसलहरू खोलिए । कांग्रेसहरू व्यंग्य गर्थे, ‘फुट्ने कला कम्युनिष्टहरूबाट सिक्नुपर्छ ।’ लक्ष्य समाजवाद, साम्यवाद भएर पनि अल्पबिराम र पूर्णबिरामको विवादमा फुट्ने कम्युनिष्टहरूका लागि ओली–प्रचण्ड प्रयास निकै शक्तिशाली सन्देश हो । सन् १९९१ पछि ‘इतिहासको अन्त्य’को हल्ला गरिरहेको पूँजीवादी शिविरमाथि सशक्त हमला पनि हो । कम्युनिष्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र राष्ट्र निर्माणको अभियानमा पुष्पलाल, वीपी, गणेशमान, गीरिजाप्रसाद, मनमोहन, मोहनविक्रम, केपी ओली लगायतका नेताहरूको कम योगदान छैन । तर, यी सबै नेताले एक कालखण्डमा एउटा आन्दोलनको नेतृत्व गरेका छन् । प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् । इतिहास तर्क होइन, तथ्यमा उभिन्छ । तथ्यले भन्छ, ‘पृथ्वीनारायण शाहपछि नेपाली राजनीतिको सर्वाधिक चर्चित र शक्तिशाली नेता प्रचण्ड नै हुन् ।’ वर्तमानमा हेर्दा एमाले अध्यक्ष ओलीको पक्षमा कम जनमत पक्कै छैन । झापा विद्रोह, जेल जीवन, नाकाबन्दीको सामना, एउटै कम्युनिष्ट केन्द्र निर्माणमा ओलीको योगदान पनि विशिष्ट नै छ । तर, युग नै बदल्ने ‘प्रचण्ड शक्ति’ सबैभन्दा माथि छ ।
लोकसेवा परीक्षामा आउने सम्भावित प्रश्नोत्तर
लोकसेवाका नायब सुब्बा तथा खरिदारको पदको लागि तयारी गरिरहेका परीक्षार्थीहरुको सहजका लागि केही सम्भावित वस्तुगत प्रश्नोत्तर आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।
उपराष्ट्रपति छाेरा दिपेश पुन डिस्चार्ज
काठमाडौं, पुस ३ । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन एक साता लामो उपचारपछि अस्पत्तालबाट डिस्चार्ज भएका छन् । मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं फर्किने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा टाँउकोमा चोट लागि घाइेत भएका पुनको राजधानीको ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो । तीन दिन आइसियुमा राखेर उपचार गरे पश्चात उनलाई मंसिर २७ गते अस्पतालको आइसियुबाट बाहिर वार्डमा सारिएको थियो । उपचार सकिएपछि आइतबार उनलाई डिस्चार्ज गरिएको हो ।
प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु (फाेटाेफिचर)
चितवन, कात्तिक २४ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु भएकाे छ । प्रचण्ड र प्रदेशतर्फ ३ क का एमाले उम्मेदवार कृष्ण भुर्तेलसहित समानुपाटिक उम्मेदवारहरु घर दैलो अभियानमा छन् । मतदाता तथा नागिरकहरुले चौक चौकमा स्वागत गरिरहेका छन् । फाेटाेमा हेराैँ प्रचण्डकाे स्वागत यसरी गरे भरतपुरका जनताले
प्रधानमन्त्री देउवाद्वारा माओवादी मन्त्री हटाउने संकेत
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने स्पष्ट संकेत गरेका छन् । राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका हुन् । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधानविपरीत ६४ सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै कडा आलोचना गरेपछि संसदमा शनिबार अन्तिम सम्बोधन गर्दै देउवाले सांकेतिकरुपमा माओवादी मन्त्री हटाउने बताए । ‘मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा आयो, यति उति भन्ने नै छैन, कहाँ भनेको छ यति उति भन्ने ? संक्रमणकालपछि भनेको हो (संख्या तोकेर),’ माओवादी मन्त्रीलक्षित गर्दै उनले भने, ‘संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि, पाँच दिनपछि थाहा पाउनुहोला नि !’ देउवाले थपिएका मन्त्रीलाई शपथ नखुवाउने भयबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए । ‘हिजो राजा कसैसँग उचालिन्थे, उनी उचालिंदै उचालिइन्, त्यसकारण पनि उहाँलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘अक्षरश: पालना गर्नुभएकोमा हाम्रो पार्टी र म धन्यवाद दिन चाहन्छु ।’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि सरकार विस्तारले चुनाव प्रभावित नहुने भनाइ राखेको भन्दै यादवलाई धन्यवाद दिए । कांतिपुर दैनिकबाट