सुशान्तको मृत्युको कारण भन्दै सलमान खानसहित ८ जनाविरुद्ध मुद्दा
बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशक करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित ८ जनाविरूद्ध फौजदारी मुद्दा दायर गरिएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका हुन् ।
वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित ८ जनाका विरूद्ध मुद्दा दायर गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ।
ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ । टाइम्स अफ इन्डियाका अनुसार यी ८ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ ।
वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् ।
अभिनेता सुशान्त सिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
पढाई पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी जुम्लाका विद्यार्थी
जुम्ला– पढाई पूरा नहुँदै जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने गरेका छन् । जुम्लामा रहेका अधिकांश विद्यालयमा पढाइ नसकिँदै विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण विद्यार्थीले पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो । मुख्य विषयका पढाइ आधा पढ्दै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था रहेको छ । हिमाली जिल्ला जुम्लामा यही मङ्सिर महिनाको पहिलो सातादेखि सामुदायिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन् । कानका सुन्दरी मावि लुडकुमा अध्ययनरत विद्यार्थीले आधा ‘कोर्ष’ पढेर परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन् । उक्त विद्यालयमा आजबाट वार्षिक परीक्षा सञ्चालन गरिएको छ । विज्ञान र लेखा विषयबाहेक अन्य विषयको कोर्ष पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी हुनुपरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुजनकुमार उपाध्यायले बताए । पूरा कोर्ष पढ्न नपाई परीक्षामा सहभागी हुनुपर्दा आधा प्रश्न छोड्नुपरेको उहाँले गुनासो गर्नुभयो । विद्यालयमा शिक्षक नियमित उपस्थित नभएका कारण आधा कोर्ष मात्र पढाइ भएको उनको भनाइ छ । अघिलो वर्ष लेखा र विज्ञान विषयको मात्रै कोर्ष पूरा भएको थियो । उनले भने, “यो वर्ष पनि सोही विषयबाहेक अरु विषयका आधा कोर्ष पढेर परीक्षामा सहभागी हुँदैछौँ ।” अर्का विद्यार्थी प्रेमप्रसाद उपाध्यायले परीक्षामा अलमलिने गरेको बताउनुभयो । केही प्रश्नहरु नपढेको पाठबाट आउने गरेको उनले गुनासो गरे । कोर्ष पूरा नहुँदै दिएको परीक्षाको परीक्षाफल राम्रो नहुने चिन्ताले पिरोल्ने गरेको उहाँको भनाइ छ । यता कानकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितिले पूरा कोर्ष पढाइ नभएको बताए । विभिन्न कामले शिक्षकहरू बिदामा बसेका कारण विद्यार्थी आधा पढ्दै परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । कुनै पनि वर्ष जुम्लामा पूरा कोर्ष पढाइ भएको ‘रेकर्ड’ छैन । कुनैकुनै विषयका कोर्ष पूरा भए पनि, मुख्य विषय गणित, अङ्ग्रेजी, विज्ञानलगायतका गाह्रो विषयका कोर्ष पूरा हुने गरेका छैनन् । अभिभावकले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो भइरहेको छ भनेर विद्यालयमा आएर चासो नदिएका कारण समयमै कोर्ष पूरा नभएको शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले बताए । कोर्ष पूरा नभई जुम्लामा वार्षिक परीक्षा हुने गरेको कुरा स्वीकार गर्दै भण्डारीले दरबन्दीअनुसारका शिक्षक नभएका कारण पनि समस्या भएको बताए । स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिले बेलाबेला अनुगमन गरी कोर्ष पूरा गराउन शिक्षकलाई सुझाव दिनुपर्ने भण्डारीको भनाइ छ । रासस
यो हो घरमा पनि बिजुली दिने कार
काठमाडौं, प्रसिद्ध अटोमोबाईल कम्पनी निसान र इडिएफले बेलायत, फ्रान्स, बेल्जियम र इटालीमा इलेक्ट्रिक मोबिलिटीको वितरणमा तीब्रता ल्याउन साझेदारी गरेका छन् । दुबै कम्पनीको यो साझेदारी खासगरी स्मार्ट चार्जिङ सोलुसन अर्थात भेहिकल टु ग्रिड चार्जरको विकासमा केन्द्रीत हुने छ । यसले इलेक्ट्रिक बाहनको चार्जिङ या डिस्चार्जिलाई अप्टिमाईज गर्न मद्दत पुर्याउने छ । रोचक कुरा के छ भने कारमा संग्रहित उर्जालाई ग्रिडमा फेरी आपूर्ति गर्न सकिने छ । अनि यसको उपयोग घरमा बिजुली दिन प्रयोग गर्न सकिन्छ । यसमा निसानले भिटुजी अर्थात भेहिकल टु ग्रीड इभिएसको विकास र बिक्री गर्नेछ र इडिएफ समूहले भिटुजीलाई चार्जिङ समाधान प्रदान गर्ने छ । निसानका अनुसार, यो प्रविधिले बिजुली ग्रीडलाई महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै व्यवसाया नयाँ वित्तिय अवसर समेत प्रदान गर्ने छ । साझेदारीका बारेमा कुरा गर्दै यूरोपमा निशान इनर्जीका प्रबन्ध निर्देशक फ्रान्सिस्को कारन्जाले भने, “चार प्रमुख यूरोपियन बजारमा एडिएफसँग यो नयाँ साझेदारीले इलेक्ट्रि सिष्टमतर्फ हाम्रो ध्यान झन बढिरहेको दर्शाउँछ ”
सावधान ! गुगलमा बिर्सेर पनि नखोज्नुस् यी १० कुरा
काठमाडौं, पछिल्लो समयमा हरेक कुराको जानकारीका लागि इन्टरनेट साइट गुगलको प्रयोग गर्ने कुरा सामान्य बनेको छ । कतिपय अति सवेदनशील विषयदेखि आवश्यक पर्ने साना साना कुरा समेत चाहिएमा गुगलमा टाइप गर्ने गरिन्छ । तर गुगलमा पाइने सबै जानकारी हाम्रा लागि सही प्रामाणिक नै हुन्छन् भन्ने हुँदैन । गुगल त खासगरी एउटा माध्यम मात्रै हो । यसले हामीले चाहेको सूचना अनुसार सम्बन्धित साइटसम्म प्रयोगकर्तालाई पुर्याउने काम मात्रै गर्दछ । त्यसैले गुगलमा खोज्ने कुरामा विशेष सावधानी अपनाउनुपर्ने र साँच्चिकै आधिकारिक जानकारी हो कि होइन भन्ने कुरा बुझ्नु जरुरी छ । एउटै विषयमा हजारौं साइटमा सूचना हुनसक्छन् । त्यसैले यहाँ केही १० वटा कुरा दिइएका छन् । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविद्हरुले सुझाव दिएका छन् । १. अनलाईन बैंकिङ वेवसाइट यदि तपाई आफ्नो बैंकको वेवसाईट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइएको छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु)ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छ । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइप गर्छन् र धोकाधडीको शिकार बन्ने गर्दछन् । http://www.everestdainik.com २. कष्टमर केयर नम्बर फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कष्टमर केयर नम्बर र वेभसाईट देखाउने गर्दछन । कतिपय घटनमा गुगलमा कष्टमर केयर नम्बर सर्च गेपछि फोनमा युर्जर्सलाई यस्ता ठगहरुले ठगेका छन् । कुनै पनि कम्पनीको कष्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेभ पेजमा या फोनबाट कष्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ । ३. मोबाइल एप्स र सफ्टवेयर यदि तपाई आफ्नो स्मार्टफोनका लागि एप्स सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुस । सधैं गुगल प्ले स्टोर या ऐप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुस । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर हुन सक्छन् । ४. औषधि र रोगको लक्षण सामान्य स्वास्थ्य जानकारीका लागि गुगलमा खोज्नु राम्रै भएपनि कुनै बिरामीका लक्षणहरुका आधारमा के भएको भनेर खोज्ने काम गर्नु हुँदैन । लक्षणका आधारमा औषधि खोज्ने काम पनि गर्नु हुँदैन । कहिले पनि रोगको लक्षण र औषधीका लागि गुगलमा भर नपर्नुहाला । कुनै पनि यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । रोगको तत्काल देखिएको लक्षणका आधारमा गुगलमा भेटिने औषधी सेवन गर्नु प्राणघातक पनि हुन सक्छ । ५. स्टक मार्केट या लगानीसँग जोडिएका सल्लाह स्टक मार्केट या लगानीमा सही सूचना पाइएन भने यसले दीर्घकालिन घाटा हुनसक्छ । त्यसैले यसबारेमा जानकारी लिन गुगल भन्दा विश्वसनीय साइटमा नै जानु राम्रो हुन्छ । गुगलमा आउने सूचनाका आधारमा कुनै कम्पनीका बारेमा राय बनाउनु राम्रो हुँदैन । लगानीका बारेमा एक्सपर्टको सल्लाह लिनु राम्रो हुन्छ । तर गुगलमा आउने सूचनाका आधारमा लगानी गर्दा जोखिमपूर्ण हुनसक्छ । ६. केही सरकारी वेभसाइटको जानकारी बैंकिङ वेभसाइट जस्तै कर तिने या ग्यास बुक गर्ने या यस्तै प्रकृतिका केही सरकारी साइट भने अट्याकर्सको निशानामा हुन्छन् । नेपालमा अहिले यस्तो समस्या नदेएिपनि समयक्रमसँगै ह्याकरहरुले यस्तो नगर्लान भन्न सकिन्न । सोझै ठेगाना टाइप गरेर आधिकारिक साइटमा जानु राम्रो हुन्छ । ७. सामाजिक सञ्जालका साइट सोसल मिडियामा लग इन गर्नु छ भने सोझै त्यो साइट नै खोलेर लगइन गर्नुस् । कहिलेपनि गुगलमा सर्च गरेर त्यो साइटमा गएर लगइन गर्नुस् । गुगलमा लगइन डिटेल्स राख्नु फिसिङ अट्याकमा पर्ने सम्भावना बढाउँछ । तपाईको पासवर्ड र अरु डिटेल्स ह्याकर या स्क्यामरकहाँ पुग्न सक्छ । ८ इकमर्श वेभसाइट गुगलमा शपिङका लागि इ कमर्स वेभसाइट पनि सर्च गर्नु हुँदैन । कतिपय नक्कली डिस्काउण्ट अफर देखाउने दर्जनौं वेभसाइट रहेका छन् । यिनीहरुको उद्देश्य तपाईलाई ठग्नु हुन्छ । त्यसैले विश्वसनीय इकमर्श साइटमा मात्रै किनमेल गर्नु राम्रो हुन्छ । कतिपय बेला सस्तो अफर देखाएर ठगिएका उदाहरण रहेका छन् । ९. फ्रि एन्टिभाइरस या सफ्टवेयर इन्टरनेटका केही साइटहरुले आधिकारिक र सही प्रकारका यस्ता सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएका हुन्छन् । तर गुगलमा खोजेर कुनै पनि नचिनेको एन्टिभाइरस या सफ््टवेयर इन्स्टाल नगर्नुहोला । कतिपय यस्ता सफ्टवेयर आफैमा भाइरस हुन सक्छन् । कतिपयले सिष्टमलाई ध्वस्त पार्न सक्छन् । ओरिजिनल र नक्कली सफ्टवेयरमा फरक गर्नुपनि कठीन काम हो । त्यसैले सतर्क रहनुहोला । जे समस्या हल गर्न सफ्टवेयर खोजिएको हो, त्यही समस्या बढाउने सफ्टवेयर कतिपयले राखेको देखिन्छ । १०. डिस्काउण्ट कुपन कोड यदि सपिङ साइट या ऐपमा तपाईलाई डिस्काउण्ट कुपन कोड पाइरहेको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौं नक्कली साइटहरुमा तपाईलाई यस्ता नक्कली कुपन कोड्स पाइन सक्छन् । अनि यसबाट तपाईको बैंक डिटेल्स पनि स्क्यामरसँग पुग्न सक्छ ।
गायिका कोपिला गौतमको मौलिक तीज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक
पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले छोएको छ । दिनप्रतिदिन नयाँ¬–नयाँ तीज गीतहरु सार्वजनिक भएका छन् । त्यसैक्रममा पुरानी गायिका कोपिला गौतमको पनि मौलिक तीज गीत सार्वजनिक भएको छ । गौतमको नयाँ तीज गीतको बोल हो ‘आमाले पकाएको दर राम्रो’ । वास्तवमा भेलिलाई तीजमा माईती नै प्यारो हुन्छ । भनिन्छ ‘भेलीलाई माईतीको कुकुर पनि प्यारो लाग्छ ।’ त्यसैअनुसार तयार परिएको गीत ‘आमाले पकाएको दर राम्रो’ हो । पछिल्लो समय पुरानो गायिका कोपिला गौतमको गीतहरु त्यति बजारमा आएका छैनन् । तर, तीज गीत भने उनले प्रत्यक बर्ष बजारमा ल्याईरहेकी छन् । पूर्वको ईलाममा जन्मिएकी गौतमलाई पश्चि गीत गाउन त्यति सजिलो त थिएन । तर यनले त्यसलाई सामना गरी लाईभ दोहोरी गाउँछिन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी छन् । उनको स्वर करिब एक डेड दर्जन गीतहरु बजारमा आएका छन् । केही वर्षअघि गायक पशुपति शर्मासँगको सहकार्यमा गौतमको ‘पोखरा फेवाताल’ सुपरडुपर हिट भएको थियो । आजका दिनमा पनि यो गीत त्यतिकै हिट छ । त्यस्तै चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ले गत बर्ष चर्चा बटुल्न सफल भएको थियो । ‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा गीतकार तथा पत्रकार लोकराज अधिकारीको शब्द रहेको छ । जसमा गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । स्वर कोपिला गौतमको रहेको छ । यस गीतको म्यूजिक भिडियोलर्फ स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । भिडियोमा भने कोपिला गौतम आफैं देखिएकी छन् जसमा चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो । अडियो भिडियो दुवै पक्षमा मौलिकता झल्किएको ‘आमाले पकाएको दर राम्रो’ गीतलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस्
राप्रपाकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, अध्यक्ष थापासहित दर्जनाैं प्रदर्शनकारी पक्राउ !
राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको ‘यालीमा प्रहरीकाे हस्तक्षेपपछि दाेहाेराे झडप भएकाे छ । प्रहरीले राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ , दिपक बोहरा लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेकाे राप्रपा नेपालकाे -याली प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गरेकाे थियाे । राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र अविलम्व पुरा गराउन दवाव सृजनाका लागि रत्नपार्क हुँदै पुतलीसडकबाट -यालीसहित सिंहदरवार अगाडि पुगेर धर्ना दिने कार्यक्रम आयोजना गरेको थियो । झडपमा एक सय कार्यकर्ता घाइते भएको राप्रपाले जनाएकाे छ । फाेटाे : कान्तिपुरबाट
मलेसियाका लागि नवनियुक्त राजदुत उदयराज पाण्डेसंग नेपाली मजदुरबारे अन्तरक्रिया गर्ने तयारी
मलेसिया (क्वालालम्पुर), चैत १३ । नेपाली राजदुतावास मलेसियाका लागी केही समय अगाडिमात्रै राजदुतमा नियुक्त भई मलेसिया आई कार्यभार सम्हालिरहेका नवनियुक्त राजदुत उदयराज पाण्डेलाई एक कार्यक्रमका बीच भव्य स्वागत गर्ने भएको छ । मलेसियामा रहेका नेपाली व्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैः नेपाल् आदिवासी जनजाती महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सेतेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरुसँगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भव्य कार्यक्रमको आयोजना गरी राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए । फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा सक्रिय नेपाली व्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने सँगसँगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरुको उद्दार गर्नको निम्ती दूतावाससँग कसरी सहयोग लिने ? अथवा सहकार्य गर्ने भन्नेबारे पनि संघसंस्थाको अगुवाहरुसँगै राजदुतसँग बृहत् छलफल, अन्तरक्रिया समेत गर्ने राईले बताए । मलेरियामा रहेका राजनीतिक दलहरु (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरुले समेत आउँदो आइतबार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने, मिल्ने राईको भनाई रहेको छ। साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकले गरिरहेको छ ।
भारतमा किन सबैभन्दा सस्तो मोबाइल डेटा ?
काठमाडौँ (बिबिसी) । भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे बिबिसीमा प्रकाशित प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख। मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ। तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन्। अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्। अन्तभन्दा धेरै सस्तो वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ। तर त्यो सधैँका लागि नहुन पनि सक्छ। केही भन्छन्- मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ। लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन्। त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन्। सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन। सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो। आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ। दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन्। असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन्। त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन्। त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ। यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो। निःशुल्क परीक्षण सेवा मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र निःशुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ। जियो सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो। ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो। दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन्। उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ। भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन्। एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन्। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्। देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो। दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए। जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ। के बजारमा यो मूल्य कायम रहन सक्छ? विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ। जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा चारवटा छन्। ‘डेटाको मूल्य बढ्नेछ‘ सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो। “यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।” जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्। जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, “हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ।” तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा। अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ। पाह्वा भन्छन्, “जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन्।” जियो निकटस्थ एउटा स्रोतका अनुसार सो कम्पनीले तोकेको मूल्यमा सहुलियत दिइएको होइन, बरु आर्थिक रूपमा सम्भव कुरा नै हो। हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ। भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ। भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ। सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा।
स्नातक दोस्रो बर्षको नतिजा सार्वजनिक
काठमाडौं, फागुन १७ । त्रिभुवन विश्वबिद्यालयले स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले आज स्नातक तह अन्तर्गत ३ बर्षे बिए दोश्रो बर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि 3BA र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला । नोटः नतिजा त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको गेट अगाडि पनि टाँसिएको छ ।
विदेशमा एक वर्षमा ८७८ नेपालीको मृत्यु, सबैभन्दा बढी साउदीमा
काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ । श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’ कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो । गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’ काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’ कतिपयले अस्वस्थ बसाइ र खानपिन अनि दिनभर चर्को घाममा काम गरेर चिसो कोठामा बस्दा यस्तो हुने बताउने गरेका छन् । श्रमिकहरू भने खानपिन र बसाइलाई मूल कारण ठान्छन् । ‘राति पाकेको खाना भोलिपल्ट दिउँसो खानुपर्छ । त्यो विषमा परिणत हुन्छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष नारायण पासवानले भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’ मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’ आत्महत्या र सडक दुर्घटना दूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे । ‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’ कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’ एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने । सुनुवाइ हुँदैन श्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने । कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ ।’ दूतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’ श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमकोपाठ्यक्रम परिमार्जन गरिएको बताए ।
अब ३ कक्षा पास गरे भत्ता !
पर्वत, पुष २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो। प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो। यस वर्ष ५ विद्यार्थीले भत्ता पाइरहेका छन्। कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन्। भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन्। ‘छोराछोरी घरमै बसेर फाइदा हुन्छ,’ अभिभावक पवित्रा माझीले भनिन्, ‘पढ्न गएपछि बिहान–बेलुका उनकै सुसार गर्नुपर्यो।’ भत्ता पाएपछि भने नियमित विद्यालय पठाएको उनले बताइन्। कोरियाको एक विद्यालयका बालबालिकाले संकलन गरेको रकम वर्षमा २ किस्तामा आउने गरेको शिक्षिका गोलकुमारी श्रेष्ठले बताइन्। विद्यार्थीलाई भत्ता दिने व्यवस्था भने काठमाडौंका सन्दीप चापागाईंले मिलाएका हुन्। ‘३ पास गरेपछि बस चढेर बाग्लुङ जानुपर्ने। बस भाडा नभएर धेरैले पढाइ छोडे,’ आचार्यले भने, ‘भाडा तिर्ने पैसा भए छाक टार्ने परिवार छन्। उनीहरूलाई पढाइको महत्त्व छैन।’ धेरै बालबालिकाले पढाइ बीचैमा छाडेपछि बस भाडा र चाडबाड खर्चसमेत पुग्ने गरी भत्ता दिने व्यवस्था मिलाइएको उनले बताए। मालढुंगामा बसोबास गर्ने करिब सय परिवारका बालबालिकालाई लक्षित गरी २०६२ सालमा खुलेको विद्यालयमा कक्षा ३ भन्दा माथि पढाइ हुँदैन। ३ कक्षा पास गरेपछि माथिल्लो कक्षा पढ्न बाग्लुङ या पाङ पुग्नुपर्छ। पाङ पुग्न करिब एक घण्टाको उकालो चढ्नुपर्छ। साना बालबालिका एक घण्टाको उकालो चढेर पाङ पुग्न सक्दैनन्। बाग्लुङसम्म पुग्न पोखरा–बाग्लुङ राजमार्गमा सवारीसाधनको सुविधा त छ तर, बस चढ्ने खर्च अभाव भएपछि बालबालिकाका लागि यस्तो सुविधा मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङले बताइन्। कान्तिपुर दैनिकबाट
ज्योतिषीका कुराः कुन राशीले जित्छन् जुवा, राशी अनुसार के मा गर्ने लगानी ?
विगत २३ वर्षदेखि ज्योतिष विधामा सक्रिय छन् डा. सुनिल सिटौला । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिष विद्यामा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अल्टरनेटिभ मेडिसिनका स्नातक सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले डाक्टरको उपाधि दिएको हो । राशि तथा नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपका निर्माता डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । उनका ज्योतिष विज्ञान र हस्तरेखा सम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् । ज्योतिष विज्ञानसम्बन्धी पत्रिका सम्पादनमा समेत क्रियाशील सिटौलासँग धन– सम्पत्ति, लक्ष्मीपूजा आदि विषयमा साप्ताहिकले गरेको कुराकानी : ग्रह र सम्पत्तिबीच के सम्बन्ध हुन्छ ? यो सम्पूर्ण चराचर जगत ग्रहको अधीनमा छ । सबै कुरा ग्रहबाटै निर्देशित छन् । प्राचीन समयमा ग्रहको प्रयोग बढी थियो । यसमा राजनैतिक एवं संस्कृतिक क्रान्ति एवं विचलनहरूले गर्दा केही तलमाथि परेको मात्र हो । अहिले ग्रहका बारेमा अझ बढी खोजीनीति गर्न थालिएको छ । गुगलमा सबैभन्दा बढी खोजिने शब्द नै यौन र ग्रह हो । पूर्वीय दर्शनको समष्टिगत अवधारणा वेदमा उल्लेख गरिएको छ । वेदलाई चार भागमा बाँडिएको छ, पहिले त्यो एउटै थियो । वेदले पुरुषार्थको कुरा गरेको छ । वेदमा क्रमश: धर्म, अर्थ, काम तथा मोक्षको वर्णन गरिएको छ । धर्मपछि अर्थ छ, अर्थ नभै काम र मोक्ष हुन सक्दैन । ज्योतिषशास्त्रमा पनि चारवटा पुरुषार्थकै कुरा आउँछ । हाम्रो भाषामा ग्रहसँग सम्बन्धित रहेर गरिने हिसाबलाई सिद्धान्त ज्योतिष भनिन्छ । यो अध्ययन चारवटा भौगोलिक बिन्दुलाई आधार मानेर गरिन्छ । केही दिन लामो तथा रात छोटो हुने, केही दिन छोटो तथा रात लामो हुने हुन्छ । दुई दिनचाहिँ रात–दिन बराबर हुन्छन् । त्यही बिन्दुलाई आधार मानेर ग्रहहरूको गणना गरिन्छ । अर्को रमाइलो कुरा हामीले पढाउने एस्ट्रोनोमी भनेको हेलियो सेन्ट्रिक हो, जसमा सूर्यलाई केन्द्र मानिन्छ, हामीले चाहिँ पृथ्वीलाई केन्द्र मान्ने हो । पृथ्वीको वरपर घुमिरहने ग्रहपथलाई विभाजन गरेर १२ वटा राशिमण्डल नापिन्छ । त्यसभित्र अन्य सूक्ष्म भाग छन् त्यसलाई नक्षत्रमण्डल भनिन्छ । ग्रहहरू राशिमण्डल हँुदै हिँड्छन् । जुन काल्पनिक बाटो हो, जसरी हामी भूमध्य रेखा भन्छौ त्यस्तै हो । त्यही बाटो भएर ग्रहहरू घुम्ने हुन् । मानिस जन्मदा कुन ग्रह कहाँ कसरी बसेको थियो भन्ने गणना गरेर एउटा कोठा बनाइन्छ । त्यो कोठालाई हाम्रो भाषामा जन्म कुण्डली भनिन्छ । जतिबेला मानिसले पृथ्वीमा पहिलो पटक श्वास लियो, त्यसकै आधारमा जन्मकुण्डली बन्छ र त्यही कुण्डलीका आधारमा धनसम्पत्ति, विद्या, बुद्धि, विवाहलगायत हाम्रो जीवन पद्धतिको कुरा गरिन्छ । कस्तो ग्रह लिएर आएको मान्छे बढी धनी हुन्छ ? धनसम्बन्धी दुईवटा तथ्य छन् । एउटा ग्रहको कुरा हुन्छ अर्को राशिमण्डलको कुरा आउँछ । ज्योतिष शास्त्रको कुण्डलीमा १२ वटा कोठा छन्, जसमा २, ६, १० र ११ औं कोठा धनसम्बन्धी हुन्छ । ग्रहमा बृहस्पति, चन्द्र तथा शुक्रलाई धनसँग जोडिन्छ । चन्द्रमा र शुक्रलाई लक्ष्मी मानिन्छ भने बृहस्पति ज्ञानसँग सम्बन्धित छ । पैसा त दुवैले कमाउँछन् । एउटा ज्ञान भएकाले, अर्को पुरुषार्थ भएकाले । जसको जन्मकालमा बृहस्पति बलियो छ त्यसले ज्ञानी भएर धन कमाउँछ । जसको चन्द्रमा र शुक्र बलियो छ, उसले पुरुषार्थी भएर धन कमाउँछ । हाम्रो धर्मशास्त्रमा संसारलाई तीन प्रकारका मानिसले मात्र भोग्न सक्छन् भनेर लेखिएको छ । जो ज्ञानी छ, त्यसले भोग्न सक्छ, जो पुरुषार्थी छ त्यसले भोग्न सक्छ र तेस्रो चाकडीबाजले पनि भोग्न सक्छ । चाकडी गर्ने ग्रह भनेका राहु र केतु हुन् । हाम्रो शास्त्रअनुसार चाकडी गर्नेहरूले पनि पैसा कमाउँछन् । जन्मका आधारमा कस्ता मानिससँग सम्पत्ति कमाउने योग हुन्छ ? जन्मदा पूर्णिमाको आसपास जन्मियो भने चन्द्रमा बलियो हुन्छ, त्यस्तो मानिसले पैसा कमाउँछ । त्यस्तो मानिस स्वाभाविक रूपमा धनी हुन्छ । औंसीको आसपास जन्मनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ । जन्मदा वृहस्पति ग्रह उचो भयो, कर्म, धन, लाभ र बुद्धि स्थानमा बस्यो भने मानिस धनी हुन्छ । धन पनि दुई खालको हुन्छ, एउटा पैतृक सम्पत्ति र अर्को आफैंले कमाउने सम्पत्ति । दसौं स्थानको स्वामी शुभ पर्यो भने आफैं सम्पत्ति कमाउने योग हुन्छ । द्वितीय स्थानको स्वामी शुभ परे पैतृक सम्पत्ति प्राप्त गर्ने योग रहन्छ । दुवै स्वामी शुभ हुने व्यक्ति मालामाल हुन्छ । अर्को तिथिको पनि नियम छ । जुन व्यक्ति पञ्चमी, दशमी, पूर्णिमा (यी तीन तिथिलाई पूर्ण तिथि भनिन्छ ।) मा जन्मिएका छन्, उनीहरूले पूर्ण रूपमा सम्पत्ति कमाउँछन् । जो चतुर्थी, नवमी, चतुर्दशी वा औंसीमा जन्मन्छन् त्यस्ता व्यक्ति स्वभाविक रूपमा दु:खी हुन्छन् । यी तिथिलाई रित्तो तिथि भनिन्छ । जति गरे पनि केही नहुने हुन्छ । गरेको लगानी पनि नउक्सिने सम्भावना हुन्छ । कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्छन् ? संस्कृत सिलोकमा लेखिएको छ– उद्योगधन्दा गर्यो भने दरिद्रता नास हुन्छ । उद्योगधन्दा गर्नेहरूको मंगल तथा शनि ग्रह बलियो हुनुपर्छ । यदि लाभ स्थानको स्वामी मंगल वा शनि भए उद्योग गर भन्ने हो । चन्द्रमाको दायाँ–बायाँ यी ग्रह बसेका छन भने त्यसलाई दुरधरा भनिन्छ । यस्ता मानिसले प्रसस्त धन कमाउने सम्भावना हुन्छ । कुन महिनामा जन्मिएका मानिसलाई लक्ष्मीले पत्याउँछिन् ? सूर्यका आधारमा पनि जन्मकुण्डली हेर्न सकिन्छ । सूर्य एउटा महिना एउटा राशिमा बस्छ । यदि सूर्यको दायाँ–बायाँ अनुकूल ग्रह बसेका छन भने जातकले सम्पत्ति कमाउने योग रहन्छ । जुन व्यक्ति सूर्य बलियो भएको महिनामा जन्मन्छ उ सामान्यतया धनी नै हुन्छ । वैशाख, असार, भदौ र मंसिर महिनामा सूर्य बलियो हुन्छ । जेठ, माघ र कात्तिकमा सूर्य कमजोर हुन्छ । यी महिनामा जन्मिएकाहरूको सम्पत्ति कमाउने योग राम्रो हुँदैन । अन्य महिना जन्मिएकाहरू सामान्य हुन्छन् । भदौ महिनामा सूर्य आफ्नै घरमा हुन्छ । यो महिनामा जन्मिएकाहरूलाई स्त्री र धनले छोड्दैनन् । समयका हिसाबले कुन समय राम्रो मानिन्छ ? ज्योतिषशास्त्रमा राजयोग भन्ने हुन्छ, सामान्य रूपमा हेर्दा राज भनेको राजा । एक किसिमले राजा भनेको धनी, सम्पन्न एवं विद्वान् हुन्छन् भन्ने सोच छ भने अर्को किसिमले लुटेरा भएर पनि सबै सम्पत्ति आफैं मात्र कुम्ल्याउँछन् भन्ने मान्यता पनि छ, तर ज्योतिषशास्त्र अनुसार जसले न्याय गर्न र दण्ड दिन सक्छ त्यसैलाई राजा भनिन्छ । राजयोगमा जन्मिएका व्यक्ति पनि धनी हुन्छन् । ज्योतिषमा मध्यान्ह तथा मध्यरातमा जन्मिएकाहरूलाई राजयोग भएको भनिन्छ । मध्यान्हमा एक घडी (२४ मिनेट) र रात्रीमा एक घडी (२४ मिनेट) लाई राजयोग मानिन्छ । बिहानको शुक्र तारा उदाउने आसपासको समयमा जन्मिएकाहरू पनि निकै धनी हुन्छन् भन्ने मान्यता छ । धन कमाउने मामिलामा बारको पनि कुनै भूमिका हुन्छ ? बारको हिसाबमा बिहीबार, शुक्रबार, सोमबार र बुधबार जन्मिएकाहरू धनी, बाठा अनि फुर्तिला हुन्छन् । आइतबार र मंगलबार जन्मिएकाहरू रोगी हुन्छन् । शनिबार जन्मिएकाहरू अलि दु:खी हुन्छन्, श्रमिक हुन्छन् भन्ने छ । त्यस्तै राशिका आधारमा शुक्र, सूर्य, बृहस्पति राशिमा जन्मिएकाहरू स्वभाविक रूपमा धनी हुन्छन् । धनु, मिन, सिंह तथा तुला राशिका मानिसले धन कमाउँछन् । शनिको राशिमा जन्मिएका मकर र कुम्भ राशि भएकाहरूले धन कमाउन सक्दैनन । अन्य राशि सामान्य हुन्छन् । कस्ता मानिसलाई जुवा फाप्छ ? यो जुवा–तासको कुरा वैदिकभन्दा पनि तान्त्रिक मतअनुसार हुन्छ ।तन्त्रमा जुवा जित्न कालो बिरालोको साल बोक्नुपर्छ भन्ने मान्यता छ । जुवालाई क्रुर कर्म मानिन्छ । जब मानिसमा पिंगला (दायाँ नाकबाट श्वास चलिरहेका अवस्था) चलेको हुन्छ, त्यतिबेला जुवा खेल्नु राम्रो मानिन्छ । काल राहु, योगिनी भन्ने चलन पनि छ । कसै–कसैले जति नै मेहनत गर्दा पनि पैसा कमाउन सक्दैनन्, किन होला ? ज्योतिषशास्त्रमा एउटा दरिद्र योग भन्ने अप्ठ्यारो योग छ । नामै दरिद्र योग, केही गर्दा पनि नहुने । यो केन्द्र खाली भयो भने मानिस दरिद्र हुन्छ । चन्द्रमाको दायाँ–बायाँ कुनै ग्रह छैन वा देखेको छैन भने पनि दरिद्र योग हुन्छ । अर्को दिवालीया योग हुन्छ । यो भएको सबै सम्पत्ति सकिने योग हो । कसै–कसैसँग एक समय पैसा हुन्छ । केही समयमै तिनीहरू गरिबको कोटीमा पुग्छन्, किन होला ? हाम्रो ज्योतिषशास्त्रले समय परिवर्तनशील छ भन्छ । जसरी ऋतु परिवर्तन हुन्छ, त्यसरी नै समय पनि परिवर्तन हुन्छ । समय परिवर्तन हुने कुरालाई दशा वर्षअनुसार गणना गरिन्छ । दशा वर्ष राम्रो भएका बेला राम्रो हुन्छ । जुन बेला जसको धन र बुद्धिको स्वामी ग्रह चलिरहेको हुन्छ उसले कमाउँछ । यदि दशा वर्ष नराम्रो चलेको समय छ भने भएको पनि सकिँदै जान्छ । अस्तग्रह, वक्री दशा ग्रह, नीच ग्रह चलेका बेला त्यस्तो हुन्छ । त्यतिबेला स्वभाविक रूपमा धन घट्दै जान्छ । कतिपय अवस्थामा पछि गएर फेरि राम्रो पनि हुन्छ । खराब समयको दशा वर्ष सकिएपछि मानिस पहिलेको भन्दा राम्रो स्थानमा समेत पुग्न सक्छ । यस्तो समयलाई कसरी पार गर्न सकिन्छ ? एउटा पुरुषार्थले काम गर्छ भने अर्को प्रेरणाले पनि काम गर्छ । ग्रह दशा बिग्रिएका मानिसलाई धातु वा रत्न लगाउने, पूजा–पाठ गर्ने सल्लाह पनि त्यसैले दिइन्छ । यसले मनोवैज्ञानिक प्रेरणा मिल्छ । रत्न लगाउँदा ग्रहहरूले रत्नलाई प्रभाव पार्छन् र त्यो रत्नले मानिसलाई प्रभाव पार्छ । रत्न ग्रहलाई खुसी तुल्याउन लगाउने हो । मन्दिर जान सल्लाह दिनुका दुई कारण छन् । एउटा धार्मिक आस्थाका कारण त्यहाँ पुगेपछि फ्रेस भइन्छ, अर्को त्यहाँको बनौट विशेष वास्तु मिलाएर बनाइएको हुँदा शक्ति प्राप्त हुन्छ । सबैभन्दा ठूलो कुरा त्यहाँ धेरै मान्छे देखिन्छन्, जसले गर्दा म मात्र होइन, म जस्तो समस्यामा परेका धेरै रहेछन् भनेर बाँच्ने प्रेरणा मिल्छ । राशिअनुसार लगानीको कुरा पनि गरिन्छ नि ? राशिको नियम त सामान्य हो । ज्योतिषमा कर्मस्थानको एउटा नियम छ । कर्मस्थानमा बसेको ग्रहअनुसार उसलाई कर्म वा आजीविका प्राप्त हुन्छ भनिन्छ । कर्मस्थानमा राम्रो ग्रह बस्यो भने एकदम राम्रो खालको काम पाइन्छ, कर्मस्थानमा कमजोर ग्रह बस्यो भने कमसल काम पाइन्छ । मेष र वृश्चिक राशिका मानिसले धातु तथा औजारमा लगानी गर्नु उपयुक्त हुन्छ । वृष, तुला, कर्कट र मकर राशिहरूलाई बन्द व्यापार तथा आयात निर्यातमा लगानी गर्दा फलिफाप हुन्छ । शनिको राशि भनेका मकर र कुम्भ हुन्, शनिको सम्बन्ध फलाम र जमिनसँग हुन्छ । नेपाली पण्डितहरूले फलामलाई मात्र जोड दिन्छन् तर पश्चिमाहरूले खानीमा पनि जोड दिन्छन् । त्योभन्दा सूक्ष्म कुरा जन्मकुण्डलीमा कर्मको स्वामी कहाँ बसेको छ, कसरी बसेको छ त्यसअनुरूप लगानी गर्दा फलिफाप हुन्छ । जागिर गर्दा राम्रो कि व्यापार गर्दा राम्रो भन्ने कुरा कसरी छुट्याइन्छ ? त्यसको सामान्य नियम के छ भने जो आफूप्रति वफादार हुन्छ उसले व्यापार गर्छ, जो अरूप्रति वफादार हुन्छ उसले जागिर गर्छ । परम्परागत भाषामा मालिक र सेवक भनिन्छ । मालिक हुनलाई लग्न बलियो हुनुपर्यो, सेवक हुन कमजोर । लग्न बलियो भएपछि आफूप्रति वफादार हुन्छ, लग्न कमजोर भएपछि अरूप्रति वफादार हुन्छ । लक्ष्मीपूजा किन गरिन्छ ? हाम्रो मान्यताअनुसार लक्ष्मी भनेकी धनकी देवी हुन् । लक्ष्मीलाई खुसी तुल्याउन कात्तिक महिनाभरि नै आकाशदीप बालिन्छ । कात्तिक महिनामा विष्णु भगवान्को ठूलो उत्सव हुन्छ । यो महिना दामोदर नाम गरेका विष्णुको पूजा हुन्छ । औंसीका दिन जुन लक्ष्मीपूजा हुन्छ, त्यतिबेला लक्ष्मी भित्र्याउने भनिन्छ । यसमा दुईवटा नियम छ । एउटा प्रदोषकाल हुन्छ, लक्ष्मीपूजाको दिन प्रदोषकाल भनेको घाम अस्ताएदेखि २४ मिनेटअघि र २४ मिनेटपछिको, जुन ४८ मिनेट समय हुन्छ, त्यो समयलाई राम्रो मानिन्छ । त्यो समयमा लक्ष्मी भित्र्याउन मिल्छ । व्यवसायीहरूले आफ्ना व्यवसायिक प्रतिष्ठानहरूमा यही बेला लक्ष्मी भित्र्याउँछन् । त्यसपछि गृहस्थीहरूले लक्ष्मी भित्र्याउन स्थिर लग्न पार्नुपर्छ । व्यापार–व्यवसायको सुरुवात पनि स्थिर लग्नमा गर्नुपर्छ । चरमा सामान पठाउनुपर्छ । यस पटक २१ गते बुधबार लक्ष्मी पूजा छ । काठमाडौंमा गृहस्थीले लक्ष्मी भित्र्याउने स्थिर लग्न वा वृष लग्न ५:४३ देखि ७:३५ सम्म छ । गृहस्थीहरूका लागि यो लग्न अत्यन्तै शुभ मानिन्छ । मध्यराति अर्को लग्न आउँछ सिंह लग्न । भारतीयहरूले मध्यरातिको सिंह लग्न पार्छन् । स्थिर लग्नमा लक्ष्मी भित्र्याउँदा उनी स्थिर भएर बस्छिन् भन्ने मान्यता छ । हाम्रो मन, धन र स्त्री जहिले पनि चञ्चल हुन्छन्, त्यसलाई बाँध्न हामीकहाँ विभिन्न धार्मिक नियम बनाइएका छन् । धनलाई कसरी आफैंसँग बाँधेर राख्न सकिन्छ ? तन्त्र र पुराणले पनि भन्छ लक्ष्मीको उत्पत्ति समुद्रमा भएको थियो । अहिलेको अर्थराजनीति हेर्दा पनि जुन देश समुद्रसँग जोडिएका छन्, ती देशहरू धनी छन् । समुद्रबाट लक्ष्मीसँगै उत्पत्ति भएका धेरै कुरा छन्, मोती, कौडा, बाबियो, शंख आदि । बाबियोलाई लक्ष्मीको कपाल भनिन्छ, लक्ष्मी पूजाको दिन बाबियो, कौडा, शंख तथा सिपी भित्र्याएर राख्यो भने लक्ष्मी पनि भित्रिन्छिन् भनिन्छ । कार्यस्थलमा ९ वटा सेतो कौडालाई पोको पारेर राख्नुपर्छ, यसो गर्दा लक्ष्मी स्थिर हुन्छिन् । पारद वा स्फटिकको श्रीयन्त्रलाई विधिपूर्वक पूजा गरेर जगाउँदा पनि लक्ष्मी स्थित हुन्छिन् । कुन–कुन राशिका मानिसले बढी पैसा जम्मा गर्छन् ? ज्योतिषमा चर, स्थिर, द्विस्वभाव भन्ने राशि हुन्छ । चर भनेको मेष, कर्कट, तुला, मकर, यी राशिमा आएको धन पनि जान्छ । स्थिर भनेको वृष, सिंह, वृश्चिक तथा कुम्भ, यी राशिमा आएको धन जोगिन्छ । कान्तिपुर साप्ताहिकबाट साभार
निश्चल पीएसको सांगीतिक गजल संग्रह ‘पद्मिनी’ बजारमा
काठमाडौँ, कार्तिक १९ । हाल युएईमा रहेका गजलकार निश्चल पीएसद्वारा रचित गजलहरूको अडियो सिडी एल्बम ‘पद्मिनी’ सोमबार राजधानीको बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । उक्त अडियो सिडीमा निश्चल पीएस रचित गजल संग्रह ‘सिसिफस जीवन’मा संग्रहित छ वटा गजलहरू राखिएका छन् । यस एल्बममा संग्रहित गजलहरूमा महेश खड्का, गैरे सुरेश, हरि लम्साल र तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । त्यस्तै गजलहरू अन्जु पन्त. स्वरूपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, नीरा रानाभाट र सुनिता थेगिमले स्वरबद्ध गरेका हुन् । ‘पद्मिनी’ गजल एल्बमभित्र- कहाँ कहाँ खोजे तिमीलाई, टुट्नु नाता टुटेपछि, जब तिम्रो साथ हुन्छ, तिम्रो मनको बगैंचामा, म रुँदिनँ भन्छु र हिजो आज कुन्नि किन बोलका गजलहरू समावेश गरिएका छन् । उक्त समारोहमा अन्जु पन्तको स्वरमा रहेको यसै एल्बमको गजल ‘कहाँ कहाँ खोजे तिमीलाई’को भिडियो समेत सार्वजनिक गरिएको थियो । उक्त ‘म्युजिक भिडियो’मा निकेश खड्काको निर्देशन रहेको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ गीतकार रमेश पौडेल, सङ्गीतकार शक्तिबल्लभ, पूर्व मिस नेपाल सुविन लिम्बू र प्रमुख अतिथिको रूपमा वरिष्ठ गीतकार एवं गजलकार प्राडा कृष्णहरि बरालले मतव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गरेका थिए भने गायिका नीरा रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त सांगीतिक गजल संग्रहमा एली फोम्बो लिम्बूको लगानी रहेको र यसको बजार व्यवस्थापन पद्मिनी इन्टरटेनमेन्ट (प्रा) लिले गर्दैछ ।
कठै ! डिएनएको आस र त्रास, अब के होला ?
एभरेष्ट टिप्पणी, विज्ञानका विद्यार्थीहरुले चित्र बनाउन रमाउने डिएनए । पुस्ताको नासो स्थानान्तरण हुन्छ भनेर बुझेको विषय । अहिले भने विज्ञान पढेका मात्रै होइन, घाँस दाउरा गर्नेदेखि खेत गोठालोमा समेत यो डिएनए निकै चर्चित बनेको छ । कसैका लागि यो त्रास बनेको छ, कसैका लागि आस । र, कसैका लागि समय काट्ने साधन । कुनै बेला हिउँद लागेपछि आन्दोलन भए त टायर बालेर आगो ताप्न हुन्थ्यो भनेर सडक बालबालिकाले कुर्ने स्थिति जस्तो । सडक तताउने विषय । निर्मला हत्याकाण्डमा शुरुमा अनुसन्धान जसरी अघि बढ्यो, त्यसबाट यो डिएनएप्रतिको मोह बढेर गएको थियो । प्रहरीले अनुसन्धानलाई यान्त्रिक र मनोगत ढंगले अघि बढाएपछि सिर्जना भएको परिस्थितिलाई ‘हेण्डल’ गर्न डिएनएको विषयले प्रवेश पाएको थियो । अझ एकजनाको मात्र हो र ? आधा दर्जन व्यक्तिको डिएनए परीक्षण चानचुने कुरा थिएन । उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ । कसैको मनमा त्रास थियो होला (शायद) तर एउटा ठूलो जनसंख्यामा भने ठूलो आस थियो । र, केही यो सबै परिघटना देखेर हाँस्य पनि गर्दैछन् होला (अहिलेको अवस्था हेर्दा कतै टाढा लुकेको हत्यारा सम्भवतः) प्रहरीले शुरुमा एकजना मानसिक स्वास्थ्य ठीक नभएका दिलिप विष्टलाई अपराधी देख्यो । पत्रकार सम्मेलन गरेर दिलिप नै हत्यारा भएको जबर्जस्ती दलील (तर्क) दिइयो । दिलिपले पनि मैले नै बलात्कार गरेर मारेको भन्दिए । यो उनले के कारणले भने त्यो अझै खुलेको थिएन । एसएसपी डिल्ली विष्टले धम्कीकै भाषामा भने– हाम्रो अनुसन्धानबाट यही नै हत्यारा हो भन्ने पत्ता लाग्यो, अब तपाईहरुलाई लाग्दैन भने को हो खोजेर ल्याउनु न त । ठाडोे चुनौती थियो । जनताले पत्याएनन मानेनन । र, यो जनताको मनोविज्ञानलाई टायर बाल्न पर्खेकाहरुले ‘क्यास’ गरे । अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए । आन्दोलन चर्कियो । अझै चर्कियो । झनै चर्कियो । एकजनाको शहादत भयो । र, बल्ल केन्द्र तात्यो । एसएसपी र सिडिओ झिकाइए । जनताले एसएसपी, उनको छोरा र एकजना विष्ट थरका युवाले उक्त कुकृत्य गरेको हुनसक्ने चर्चा गरे । जनताको मनोविज्ञानलाई टायर बाल्नेहरुले झनै आगो बाले । यसरी प्रस्तुत गरियो, मानौं, एसएसपी विष्टले नै बलात्कार गरेका हुन । उनका छोरा र अर्को युवा पनि त्यसमा सहभागी थिए । अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए । नेपाल न हो, हल्लाका पछि दौडिने । राज्य पनि के कम, आफूमाथि बल्न खोजेको आगो छेल्न तत्कालै तिनैजनाको डिएनए परीक्षणका लागि नमूना लिइयो । यो सबै नाटक गर्नुको खासै अर्थ थिएन । कतिपय अवस्थामा अनुसन्धान सही ढंगले गर्ने हो भने अनुसन्धानले हो या होइनको अन्तिम किनाराको साक्षीका रुपमा हो डिएनए लिइने । अन्य तथ्यहरु करिब करिब पुगेको र अन्तिम निक्र्यौल गर्न हो डिएनए परीक्षण गरिने । यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ? तर, यहाँ गम्भीर अनुसन्धान भन्दा पनि तत्कालको जनताको संवेदनालाई सम्बोधन गर्ने होडबाजी थियो । प्रतिपक्ष र सरकारको । यी दुबैको निशाना बन्यो डिएनए । र, अन्तमा । न दिलिपको डिएनए मिल्यो, न एसएसपी विष्टको न त अन्य दुई जना आरोप लगाइएकाहरुको नै । जनता, पत्रकार, नेता र अनुसन्धानदेखि गृहसम्म एकअर्थमा मूर्ख नै भनौं । यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ? एकातिर उनले प्रमाण नष्ट गरे भन्ने चर्चा थियो, अर्कोतर्फ उनको डिएनए परीक्षण । यी विरोधाभाषबीच गृहले पनि जे सुकै होस, माग उठ्यो पुरा गरम न भन्ने शैलीमा अन्य अनुसन्धानको निष्कर्शसँग तादाम्यता या सूत्रहरु जोडनु अघि नै डिएनए परीक्षण गर्यो । कसैको मिलेन । मिल्ने कुरा पनि थिएन । घटनाको प्रकृति हेर्दा बरु मिलेको भए दिलिपकै मिल्थ्यो कि, किन कि निर्मलाको स्वाबमा दिलिपको बीर्य मिसाउनु प्रहरीका लागि त्यति असहज काम थिएन । डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ? यो प्रश्नको उत्तर कसैले दिँदैन । तर उनको पनि मिलेन । यदि डिएनएलाई नै स्वीकार्ने हो भने यी चार जना नै निर्दोष हुन त ? त्यसो भए हत्यारा को ? कसले गर्यो त्यो हत्या ? अहिले टायर तताउने देखि टायरदेखि डराउनेहरु सबै जिल्ल परेका छन् । एसपी विष्टले सुरुमा जुन गल्ती गरे, त्यो नै उनका लागि प्रत्युपादक बन्न पुग्यो । उनले गल्ती नगरी शुरुमा नै अनुसन्धानलाई गम्भीरतापूर्वक लिएका भए, दिलिप विष्टलाई अन्तिम अपराधी भनेर सार्वजनिक गर्ने दुस्साहस नगरेका भए, उनीविरुद्ध बलात्कारी र हत्याराको मनोविज्ञान नै निर्माण हुने थिएन । उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ । यदि उनको विवसता थियो, बाध्यता थियो, नियत थियो या के थियो ? त्यो कुरा अनि मात्रै स्पष्ट हुन्छ । र, सँगसँगै उनीलाई हत्यारा या बलात्कारी देखाएर वास्तविक बलात्कारी लुक्न खोजेका त होइनन ? कम्तीमा अहिले डिएनएको रिपोर्ट आइसकेपछि यो प्रश्नतर्फ पनि ध्यान जानु जरुरी छ । जबकि कतिपयले ठोकुवा गरेर नै उनीलगायतलाई बलात्कारी भनिरहेका थिए । अचम्म त के छ भने यता डिएनए रिपोर्ट आउँछ, उता जिल्लाका प्रहरी हाकिमले त्यसको सूचना पत्रकारलाई दिन्छन् । अनुसन्धान टोली गठन छ, उसको आदेश जिल्लाका प्रहरी हाकिमलाई आवश्यक पर्दैन । उनी नै अनुसन्धानका मुख्यकर्ता हुन जस्तो उनले सोझै भन्छन्– डिएनए मिलेन । डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ? यो प्रश्नको उत्तर कसैले दिँदैन । डिएनए विचरा । तर यहाँ यस्तो हुँदैन । भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं । यता गृहले गठन गरेको एउटा छानबीन समितिले प्रतिवेदन दिइसकेको छ । त्यो प्रतिवेदनको सुझाव र यो डिएनए परिणामबीच केही तादाम्यता छ । अनुसन्धानहरु चलिरहेको बेला बारम्बार जनतालाई भड्काउने गरी किन आउँछन् यस्ता विवादहरु ? किन एसपी कठायतले डिएनएको परिणाम बारे हतारमा बोल्छन् ? फेरी आन्दोलन चर्किसकेको छ । आन्दोलन चर्किन सरकार र प्रहरीले नै छूट दिएको छ । एउटा प्रक्रियागत ढंगबाट व्यवस्थित तरिकाले अनुसन्धान गर्ने र त्यसको टुंगोमा पुगेपछि मात्रै अनुसन्धानको नतिजा सार्वजनिक गर्नु अनुसन्धानको सामान्य सिद्धान्त हो । तर यहाँ यस्तो हुँदैन । भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं । नत्र विष्टको डिएनए परीक्षण गर्ने आधार के थिए भनेर सार्वजनिक गरिनुपथ्र्यो । उनको कुन गतिविधिले कहाँ के देखिएर बलात्कारमा संलग्न भएको हुनसक्छ भन्ने कुरा कुनै अन्य तथ्यले संकेत गर्नुपर्ने थियो । प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ । यसले विष्ट नै हत्यारा हुन भन्ने एउटा तप्काको स्वरलाई साथ दिँदै प्रहरीले उनको डिएनए गर्यो । यदि यो यो कारणले विष्टको डिएनए गर्नु जरुरी छ भनेर पछाडिका आधारगत तथ्यहरु सार्वजनिक गरिएको भए । तर त्यसो नहुँदा सबैलाई लौ यी ३ जना पक्कै पनि हत्यारा हुन र डिएनएबाट त्यो पुष्टि हुन्छ भन्ने आशा पलाउने थिएन । अहिले डिएनएलाई रामबाण बनाउँदा यसले झनै स्थिति बल्झेको छ । तर यो जरुरी ठानिएन । र, यसले निम्त्यायो निराशा । चर्को निराशा । एउटा सत्य के हो भने निर्मला पन्तको हत्या निकै निर्मम ढंगले गरिएको छ । प्रहरीले शुरुमा प्रमाण लुकाएको छ । प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ । गृहमन्त्री स्वयम्ले प्रहरीबाट अनुसन्धानमा लापरवाही भएको स्वीकारिन्छ भने यो लापरवाही के कति नियत र कारणले भयो भन्ने कुरा खोजेर अपराधीतर्फ लम्किन सकिन्न्थ्यो र ? त्यतिखेर भेटिएका कण्डमहरु नाटक मञ्चन गरिएको थियो भन्ने कुरा पुष्टि भइसकेपछि, दिलिपलाई फसाउन खोजिएको रहेछ भन्ने कुरा प्रमाणित भइसकेपछि त्यो कसले गर्न खोजेको रहेछ भन्ने कुरालाई आधार मानेर अघि बढ्ने हो भने हत्यारासम्म पुग्न नसकिएला र? समस्या के हो भने यो घटनामा विपक्षीलाई सरकारलाई निशाना बनाउनु छ । सरकारले व्यवस्थित ढंगले अनुसन्धान शुरु गर्नै सकेन । पछिल्लो दिनमा अनुसन्धान अलि गहन ढंगले अघि बढेको आभास नभएको होइन । तर यो डिएनएको रिपोर्ट यसरी हावा तालले सार्वजनिक गरिँदा नयाँ अनुसन्धान पनि कति गम्भीर छ भन्ने कुरामा शंका उत्पन्न हुने ठाउँ सिर्जना गरिएको छ । अब गृहका अगाडि तीनवटा मुख्य काम छन् गर्नुपर्ने । पहिलो, निर्मला पन्तका बारेमा अहिलेसम्म भए गरेका सबै अनुसन्धानका पक्षहरुको सिलसिलेवार जानकारी जनतासमक्ष सार्वजनिक गर्नु । तर अनुसन्धानलाई प्रभाव पार्नसक्ने जानकारी सार्वजनिक गर्नु जरुरी हुँदैन । एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो । तर अझै केही बिग्रेको छैन । दोश्रो, अहिले चलिरहेको अनुसन्धानलाई व्यवस्थित पार्नु । साँच्चिकै अनुसन्धान गर्नु । बाह्य पक्षले अनुसन्धानलाई हदैसम्म प्रभावित गर्न खोजिरहेको सत्य भएपनि त्यसलाई चिरेर सबै पक्ष समेटेर बृहत तवरले अनुसन्धानमा पुग्न । र, अनुसन्धानका क्रममा डिएनए रिपोर्ट सार्वजनिक गरिएजस्तो केटाकेटीपन नगर्नु । तेश्रो, आफ्नो प्रहरीलाई चेन अफ कमाण्डमा राख्नु । कसले कसलाई कसरी रिपोर्ट गर्ने हो त्यो स्पष्ट पार्नु । अराजकतामा प्रहरी चल्यो भने त्यसले दुर्घटना निम्त्याउँछ । गृहभित्रै एउटा विशेष सेल गठन गरेर सोझो रिपोर्टिङ लिने र सोही अनुरुप सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउनु । एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो । अनुसन्धानलाई घटनास्थलबाटै शुरु गरेर त्यो सँग सम्बन्धित सबै तथ्यहरुको गहन र सूक्ष्म अवलोकन गरेर, तथ्यहरुलाई एक अर्कासँग मिलान गरेर, सूत्रहरु पहिल्याउँदै सोही अनुरुपको प्राविधिक जाँच गरेर अघि बढाउनु यसको नियम हो । यसलाई सही ढंगले अगाडि बढाउने र सूक्ष्मरुपमा गरिने अनुसन्धानमा इमान्दारिता देखाउने हो भने प्राविधिक तथ्यहरुले धोका दिएको अवस्थामा समेत बस्तुगत तथ्यहरुले अनुसन्धान सफल हुन सक्छ । आरोप कसले कसमाथि लगाएका छन र कसले के कसरी प्रोभोक (उचाल्ने) गरिरहेका छन् भन्ने कुराले अनुसन्धान प्रभावित भए यसले सही परिणाम दिन सक्दैन । त्यसैले शंकामा दायरामा रहेका सबैमाथि सूक्ष्म अनुसन्धान गर्ने, सबै घटनाक्रमहरुलाई केलाउने, निर्मलाको जन्मदेखि मृत्युसम्मको सबै पाटाहरुसम्म पुग्ने अवस्थामा नेपाल प्रहरी जस्तो अपराध र अनुसन्धानमा अब्बल मानिने संगठनका लागि यो घटना असफलताको घटना बन्न सक्दैन । तर अझै केही बिग्रेको छैन । हत्यार पत्ता लाग्न सक्छन् । डिएनए मात्रै सबैथोक होइन । आवश्यकता मात्र गम्भीर अनुसन्धानको छ ।
डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स कम्पनीमा कर्मचारी माग्यो
काठमाडौं, असोज १४ । डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स प्रालिमा विभिन्न रिक्त रहेका पदहरुमा कर्मचारीको लागि अवेदन माग गरेको छ । ट्रेकिङ म्यानेजर, मार्केटिङ म्यानेजर, अपरेशन म्यानेजर, टिकेटिङ म्यानेजर, करेसपोन्डिङ म्यानेजर र लेखा पदहरुमा निम्न योग्यता भएकाहरु अावेदकहरुले अावेदन निम्न ठेगानामा दिन सकिने छ । तलको लिंकमा क्लिक गरी अावेदन फाराम भर्न सकिने छ । Trekking/ Tour Manger, Marketing Manger, Marketing Officer, Operation Manager, Accountant !
एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ
तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ । आलुका बारेमा आज हामी जुन जानकारी दिन गइरहेका छौं यसबारेमा थाहा पाएपछि तपाईको होश उढ्ने छ । यधपि हामी यस्तो आलुको बारेमा जानकारी दिइरहेका छौं जुन आलु तपाई देख्न सक्नुहुन्छ तर खान सक्नु हुन्न । किनकी यो एउटा तस्वीर मात्रै हो । ११ करोडमा आलुको चित्र वास्तवमा, एक युरोपीयन व्यापारीले आलुको एउटा तस्वीर ११ करोड रुपैयाँमा खरिद गरेका छन् । यो तस्वीर चर्चित आइरिश फोटोग्राफर लेन्समैन केविन अबाशले सन २०१० मा खिचेका थिए । र सोही वर्ष आलुको चित्र बनाए। केविन यस्ता पेन्टर हुन जसको एउटा पेन्टिङ १.५ लाख डलरमा बिक्री हुन्छन् । वाइन पिउदाँपिउदै तस्वीर खरिद फोटोग्राफर केविन अवाशका अनुसार, ‘हामीले (केविन र व्यापारी) दुई गिलास वाइन पिएपछि उसले तस्वीर देखेर भन्यो, मलाई तस्वीर मन पर्यो । त्यसपछि हामीले फेरि दुई गिलास वाइन पियौं । उसले भन्यो ‘मलाई यो चाहियो’ वाइन पिउँदै हामीले सौदा गरियौं र दुई सातापछि यसको मूल्य तय गरियौं । केविनसँग आइरिश आवुको तीनवटा तस्वीर थिए । जसमध्य एउटा सर्बियाको चिडियानाखाना (म्यूजियम) लाई ‘दान’ दिए । एउटा उनको संग्रहमा छ र एउटा चाहीँ उनले बेनाम युरोपीयन व्यापारीलाई बेचें । यो पहिलो पटक नभएर उनका कयौं चित्र यस्तै महंगोमा बिक्री भएका न् । पोट्रेट फोटोग्राफीका लागि चर्चित केविन ? व्यापारी र उच्चस्तरका प्रतिक निसकेका केविन आफ्नो ‘ब्लैक ड्रप’ पोट्रेट फोटोग्राफीका लागि प्रसिद्ध छन् । केविनले हलिउड स्टार जनी डेप्पको फोटो खिचेका थिए जुन निकै चर्चित बन्यो । यसैकारण केविनका चित्र लाखौं डलरमा बिक्री हुने गरेका छन् ।