प्रहरीका १८ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका १८ डीएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।
फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो ।
निर्णयअनुसार इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएको छ भने कुमार विक्रम थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।
यसैगरी दान बहादुर थापाको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ ।
को कहाँ सरुवा? सूची :
आज प्रधानमन्त्रीको डिस्चार्ज हुने
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा। प्रेम कृष्ण खड्काले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शाक्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । प्रमुख सल्लाहकार रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको र दोस्रो भिजिटरका रूपमा प्रथम महिला राधिका शाक्यले भेटेको जानकारी दिएका हुन् । यसअघि पहिलो भिजिटरका रूपमा मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो । बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए । उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ” उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ । मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भने, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ” प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
दोलखा केन्द्र भएर भूकम्पको धक्का
काठमाडौंः बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प धक्का महसुस गरिएको छ । आज साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४. म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।
बीएस्सी दोस्रो बर्षको नतिजा सार्वजनिक (सूचनासहित)
काठमाडौंः भुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल श्रावण–भाद्रमा सञ्चालित ४ बर्षे बीएस्सी दोस्रो बर्षको परीक्षाफल आज सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
मध्यरात ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती अपहरणमा
काठमाडौंः दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको छ । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको जनाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले भने आफू जिल्लामा रहेको र उक्त जानकारी आएको बताइन् । उनले भनिन्, ‘म जिल्लामा रहेको हुनाले गाउँमा बुझ्दै छु, यस्तै खबर आएको छ ।’ जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भइनसकेको जनाएको छ ।
पीपीएलः खेल तालिका सार्वजनिक
काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्नेछन् । मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन र धनगढी ब्लुज सहभागि हुनेछन् ।
कुखुरा मारेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता !
काठमाडौंः आफ्नो छिमेकीले कुखुरा मारेकाे भन्दै भारतको विहारमा मुद्दा दर्ता भएको छ । दुर्गावती थाना क्षेत्रको तिरोजपुर गाउँ निवासी कमलादेवीको छिमेकीसँग कुनै अन्य विषयमा विवाद भएको थियो । दुई दिनदेखि विवाद चलिरहेपछि रिसै रिसमा कमलादेवीको एउटा कुखुरालाई उनको छिमेकीले समातेर मारिदिए । त्यसपछि कमलादेवी प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । उनले आफ्नो छोराको पनि कुटपिट भएको जाहेरी दिएकी छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने कोशिस गरिरहेको थानाका इन्चार्जले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । दुवै पक्ष नमिलेपछि प्रहरीले मुद्दालाई अदालत लैजाने तयारी गरिरहेको छ ।
कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै हानिकारक !
काठमाडौंः पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ–आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन् । प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो–कपडा वा कागजको झोला । तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो ? जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छन्, ‘ती सबै पर्यावरणका लागि खराब छन् ।’ विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन् । पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ । वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ । तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ। झोलाले पर्यावरणमा पर्ने प्रभाव जाँच्ने हो भने निम्न कुराहरूमा ध्यान दिनुपर्छः झोला बनाउँदा कति ऊर्जा खपत भयो? त्यसलाई कतिपटकसम्म पुर्नप्रयोग गर्न सकिन्छ? पुर्नप्रशोधन गर्न कति सहज छ? फ्याँकेपछि कति सहजै त्यो कुहिन्छ? ऊर्जा खपतको प्रश्न सन् २०११ उत्तरी आयरल्याण्डको संसद्को एउटा अध्ययनका अनुसार ‘कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ ।’ उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ । कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ । कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ । नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्, ‘कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ । तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ ।’ सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो । सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो । च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ । निष्कर्षमा उक्त वातावरणीय प्रतिवेदनमा भनिएको छः कागजको झोला कमजोर हुँदा धेरै प्रयोग गर्न सकिन्न, कपडाका झोलाको आयु भने लामो हुनेगर्छ, कागज कमजोर भएपनि छिट्टै कुहिने भएकाले त्यसले जनावरहरूमा पार्ने असर भने कम हुन्छ, र प्लास्टिकका झोला कुहिन चार सयदेखि एक हजार वर्षसम्म लाग्छ । त्यसोभए ठीक कुन हो त? जवाफ सरल छ । तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ । प्राध्यापक बेट्स भन्छन्, ‘जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो ।’ बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ । बीबीसी
सरकारले बजेट दिँदा पनि प्रहरीको रासनभत्ता बढेन !
काठमाडौं । नयाँ आर्थिक वर्षदेखि नयाँ दररेटअनुसार रासनभत्ता खुवाउन सरकारले नेपाल प्रहरीलाई बजेट विनियोजन गरिसकेको छ । तर, भदौ तेस्रो सातासम्म पनि प्रहरीले पाएका छैनन् । सरकारले औपचारिक निर्णय नगर्दा बजेट भएर पनि प्रहरीले मूल्यवृद्धि अनुसारको रासनभत्ता नपाएका हुन् । रासनभत्ता समायोजनका लागि अर्थ मन्त्रालयको समेत सहमतिपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने प्रावधान छ । गृह मन्त्रालयले नै हालसम्म यससम्बन्धी प्रस्ताव अघि बढाएको छैन । सुरक्षाकर्मीको रासनभत्ता समयानुकूल बनाउन पहल भइरहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । ‘हामीले गत वर्ष नै रासनभत्ता वृद्धि गर्न प्रस्ताव अघि बढाएका थियौँ, तर अर्थ मन्त्रालयले स्वीकृत दिएन,’ उनले भने, ‘यो वर्ष पनि अब प्रक्रिया अघि बढाउँछौँ ।’ राज्यलाई धेरै भार पर्ने भन्दै अर्थका कर्मचारीले मूल्यवृद्धिअनुसार रासनभत्ता बढाउने प्रस्ताव रोक्दै आएका छन् । ‘गाडी खरिदलगायत फजुल खर्चमा तत्कालै बजेट आउँछ,’ गृहका एक अधिकारी भन्छन्, ‘तर, सिपाहीलाई पेटभरि खान दिनुपर्छ भन्दा अर्थका कर्मचारी राज्यलाई भार बढ्ने बताउँछन् ।’ चालू आर्थिक वर्षका लागि नेपाल प्रहरीलाई चार अर्ब ६४ करोड ९४ लाख बजेट रासनभत्ताका लागि पठाइएको छ । यो नयाँ दररेटअनुसार रासनभत्ताका लागि भनेर विनियोजन भएको हो । सशस्त्र प्रहरीलाई त अहिले पनि पुरानै दररेटअनुसारको बजेट गएको छ । पछिल्लो पाँच वर्षमा मूल्यवृद्धि करिब ४० प्रतिशतले वृद्धि भइसकेको छ । तर, पाँच वर्षअघिको मूल्यअनुसारको रासनभत्ताबाट चल्न गाह्रो भएको प्रहरी, सशस्त्र र अनुसन्धानका कर्मचारीको गुनासो छ । सशस्त्रलाई बजेट बढेर नगए पनि दुवै निकायमा एकैपटटक रासनभत्ता वृद्धि हुने गृहका अधिकारी बताउँछन् । पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई रासन नै दिने गरिएकोमा पाँच वर्षयता रासनभत्ता दिन थालिएको हो । रासन ठेक्कामा अनियमितता भएपछि नगद नै दिन थालिएको हो । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक हुन्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष दररेट परिमार्जन गर्छ । सोही रेटअनुसार रासन खुवाउन प्रहरीले माग गर्दै आएको थियो । तीन वर्षअघि गृहका तत्कालीन सहसचिव चक्रबहादुर बुढा नेतृत्वको समितिले २–२ वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो । त्यो प्रतिवेदन पनि कार्यान्वयन गरिएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी
काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’ सापकोटाले भने । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एन.सी.सी पोर्चुगलको कार्य समिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह(कोषाध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले समप्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन् । मौजुदा कार्यसमितिमा निडर, क्रियाशिल र उद्देश्य प्राप्तिमा लाग्ने सापकोटा गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसका उद्देश्यमा केन्द्रित भएर लाग्ने थोरै व्यक्तिमा पर्छन् । संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए । वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन् । नेपालको पर्यटन प्रावधनमा पनि सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ । २५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पुरा गरेका छन् । उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए ।
चक्कीमा पिसिएको पात्र अर्थात् ‘बुवा’
बिहेपछिका केही दिन राम्रै बित्छन् । घर परिवारले बुहारी पाएको हुन्छ । गाउँलेका लागि नयाँ दुलही गाउँमा प्रवेश गरेकी हुन्छे । भुराभारीका लागि भाउजु, आन्टी भेटिएकी हुन्छे । सासुका लागि उसको जिम्मेवारी बाँडिदिने सहयोगी पाइएकी हुन्छे । र, बुवाका लागि छोराको भविष्यलाई एउटा मियोमा, एउटा साँचोमा ठिक्क पारिदिएको सन्तुष्टि हुन्छ । तर समय यसरी नै रहँदैन । समय बित्छ । सासुलाई बिस्तारै आफ्नो अस्तित्व चोरिन थालेको आभास हुन्छ । सासुको सत्ता या सासुको प्रभाव शक्ति कमजोर भएको आभास हुन्छ । यता अरुका लागि अब बुहारी पुरानी भइसकेकी हुन्छ । ऊ अब आफूहरुजस्तै बनिसक्छे । -रमेश भट्ट- यही बीचमा बच्चा हुन्छन् । श्रीमान् अर्थात् बच्चाको बुवाको जिम्मेवारी चुलिँदै जान्छ । नेपाली समाज हो, अहिले अलि फरक भएको छ । पारिवारिक जिम्मेवारीमा महिला र पुरुष दुबैको योगदान बराबरी हुने प्रतिशत केही उक्लिंदो छ । तर घरको धन्दा श्रीमतीले र बाहिरफेर धनको जोहो पुरुषले गर्नुपर्ने मुख्य प्रवृत्ति नेपाली समाजको छ । यो स्थितिमा परिवारमा सबै कुरा ठीकठाक चलिरहेको बेला श्रीमान भनिने बुवा बिस्तारै दुईवटा गम्भीर मानसिकतामा अल्झिन्छ । एकातिर जन्मदिने आमा बुवा हुन्छन् । विगतसम्म उनीहरुको सत्ता चलेको हुन्छ । उनीहरु मुली हुन्छन् । सबै अरनखटन उनीहरुको हुन्छ । अर्थात् छोरामाथि उनीहरुको पूर्ण स्वामित्व हुन्छ । सोच्नुपनि स्वभाविकै हो, नौ महिना कोखमा राखेर दुखसुख सहेर, आफू नसुतेर पनि, आफू भोकै प्यासै, थकित भएर पनि आँसु झार्न नदिने हजारौं कोशिस गरेर हुर्काएको छोरा पूर्णतः आफ्नो होस्, उससँग जोडिएका सबै कुरा प्राथमिक नबनुन भन्ने चाहना बा आमामा हुनु प्राकृतिक नै हो । र, अर्कोतर्फ घरमा थपिएका नयाँ मान्छे, अर्थात श्रीमती अर्थात् बुहारीका लागि श्रीमान नै सबैथोक हो । उसले आफूलाई माथि भनेजस्तै गरि हुर्काएका बा आमालाई सधैंका लागि छोडेर एउटा नव परिचितसँग जीवनको सम्झौता गरेकी हुन्छ । उसलाई पनि आफूले जीन्दगी सुम्पेको मानिससँग जोडिएका कुनै पनि कुरा प्राथमिक नबनुन, आफू मात्रै पहिलो रोजाई बन्न पाउँ भन्ने चाहना हुन्छ । यो पनि स्वभाविक रोजाई हो । कतिपय अवस्थामा यो दुबै पुस्ताबीच सन्तुलन हुन्छ । त्यहाँ समस्या देखिन्न । तर अस्तित्व र आफ्नो क्षेत्रमा अर्काको प्रवेशले निम्त्याउने मनोवैज्ञानिक तनाव एउटा लघु नै किन नहोस्, दूरीको रेखा कायमै हुन्छ । पुरुष हुनु पनि त्यति सजिलो छैन संसारमा । कतिपय कुरा मनमैं पचाएर पनि अरुलाई खुशी पार्नमैं बित्छ कतिको जीवन । अनि यो दुई चक्कीमा पिल्सिएको हुन्छ बुवा । एकातिर आफ्ना बा आमाको खुशी, अर्कोतर्फ आफूले जिन्दगी बिताउन खोज्ने मानसिको खुसी । सन्तुलनको अत्यन्तै जटील तरवार । दायाँ गए नि काटिन्छ, बाँया ढल्के नि ताछिन्छ । त्यसैपनि नेपाली समाजका मानकहरुले बुहारीसँग ढल्ेकेको मन पराएँदैन । अचेल केही परिवर्तन भयो । र पनि मनोविज्ञान उही हो । कुशलतापूर्वक यसलाई व्यवस्थापन गर्न सक्नेहरुले शक्ति सन्तुलनको यो बिन्दुमा अग्रज पुस्ता र आफूसँग जोडिन आएको पुस्ताबीच समन्वय गर्न सक्छन् । एकातिर मनोवैज्ञानिक यो अवस्था, अर्कोतर्फ बुवा हुनुको नव जिम्मेवारी । घरको व्यवस्थापन, परिवारको व्यवस्थापन र बच्चाहरुको व्यवस्थापन । यो त्रिपक्षीय चक्कीमा एकजना बुवाको मन कमैले बुझ्छन् । पुरुष हुनु पनि त्यति सजिलो छैन संसारमा । कतिपय कुरा मनमैं पचाएर पनि अरुलाई खुशी पार्नमैं बित्छ कतिको जीवन । उसले आँसु कमै झार्छ, किनभने आँस झार्ने हो भने जिम्मेवारीको पहाड छिचोल्न सक्दैन । नियती कस्तो छ भने यही बुवा, यतिविधि जिम्मेवारीको पहाड उठाएर अघि बढेको पुरुष पात्र, परिवारदेखि सबैथोक व्यवस्थापन गर्दै जीन्दगीका दुखसुखलाई चुपचाप मनभित्रै पचाएर अघि बढने यो मान्छे जीवनको उत्तरार्धमा फेरी माथिल्लो पुस्तामा रुपान्तरित हुन्छ । अनि उसको स्थानमा देखा पर्छ उसले नै मायापूर्वक हुर्काएको छोरा । तर अचम्म नै भनौं, अब उसले पनि छोराले बुहारी भित्र्याएपछि बुहारीसँग बढी हिमचिम गरेकोमा कता कता असहज मान्छ । जबकि हिजो उसलाई नै यो सन्तुलन मिलाउन हम्मे हम्मे परेको हुन्थ्यो । आज उसो छोरा त्यही सन्तुलनको संकटमा उभिएको हुन्छ । र, उ भने आफू बुवा हुनुको अस्तित्व खोज्न लागेको हुन्छ । अर्कोतर्फ मायालु छोरी अर्को घरमा गएर बुहारी बनिसकेकी हुन्छे । अनि उसले पनि परिवारमा बुवा र आमाको माया खोज्छे । सासु ससुरा नयाँ हुन्छन्, उसले लोग्नेबाट नै बाल्यकालदेखि पाएको बुवाको स्नेह र आमाको ममता खोज्छे । यहाँनेर एउटा ग्याप या खालीस्थानले स्थान लिन्छ । छोरीले यो माया र ममता सासु र ससुराबाट पाउने स्थितिमा त्यहाँ बेग्लै स्थिति सिर्जना हुन्छ, त्यो नहुँदा त्यसको चक्कीमा यही बुवा या पुरुष पात्र पर्दछ । जीवनमा छोरा र त्यसपछि बुवाको भूमिकामा देखा पर्दा यो पुरुष पात्रले कैयन उकाली ओराली झेलेको हुन्छ । कैयन दुख पचाएको हुन्छ । उसले आँसु कमै झार्छ, किनभने आँस झार्ने हो भने जिम्मेवारीको पहाड छिचोल्न सक्दैन । र, उसलाई सबैभन्दा बेसी दुख त्यतिखेर लाग्छ, जब उसको जिम्मेवारीमाथि प्रश्न उठछ, उसले परिवारका अनेकन इच्छा र रहर पुरा गर्न सक्दैन । छोराछोरीले राम्रो गरेपनि, नराम्रो गरेपनि, श्रीमतीले माया गरेपनि नगरेपनि उसले कोशीस जारी नै राख्छ, निरन्तर निरन्तर । बुवाको यो पीडा कसले बुझ्ने ? समय अहिले केही परिवर्तन हुन थालेको छ । अहिले बुवाको भूमिका केही सहज हुन थालेको देखिन्छ । समाजमा सासु, बुहारी, छोरा र बुवाबीचको सम्बन्ध खुकुलो बन्न थालेको अवस्था छ । त्यसले गर्दा परिवारको आर्थिक व्यवस्थापनमा कतिपय सजिलोपना नआएको होइन । तर मानसिकताको तहमा अहिले पनि उस्तै हो । परिवारका लागि आलोचनाको संसारमा बुवा केही होइन, कुनै सुख दिन सक्ने होइन तर जिम्मेवारी निर्वाहको संसारमा भने बुवा नै सबैथोक हो । यो अन्र्तद्वन्द्व अहिले पनि कायमै छ । आज बुवा दिवस । बुवाको मुख हेर्ने दिवस । बुवा हुनेहरुले बुवाको आर्शिवाद लिए । नहुनेहरुले पितृलाई सम्झना गरे । परिवारमा एक अर्काप्रतिको सहअस्तित्व र माया, जिम्मेवारीको समान बाँडफाँड र व्यवस्थापनमा सहकार्य हुने हो भने न बुवा रुनु पर्छ, न आमा नै कामको चक्कीमा पिसिनु पर्छ । आमाले बुवा बनेर सोच, बुवाले आमा बनेर सोचे अनि सासुले विगतको बुहारी हुँदाको नबिर्सिने मान्यता र मनहरु निर्माण हुन सके त्यो मात्रै साँचो अर्थमा यी दिवसहरु मनाउँदा खुसी पाइने क्षण हुन्छ । जे होस्, तर्क धेरै गर्न सकिन्छन् । तर बुवाको मुख हेर्ने दिनमा चक्रब्यूह चिर्दै जिम्मेवारी व्यवस्थापनमा लागिपर्ने सबै बुवा र त्यसमा साथ दिने आमा र श्रीमतीको भूमिकामा रहेका सबैमा हार्दिक शुभकामना । छोराछोरीले बुवा र आमाको माया, त्याग र संघर्ष नबिसुन बुवा र आमाले बुहारी पनि आफ्नै छोरी जस्तै कसैले औधी माया दिएर हुर्काएकी प्राणी हो र त्यो माया पर्यन्त खोज्छे भन्ने नबिर्सोस् । यो बीचको चक्कीमा पिसिएको प्राणीले पनि श्रीमतीसँग माया र बुवाआमासँग ममतापूर्ण कर्तव्य निर्वाह गर्न कदापी नचुकोस् । अनि परिवारले जिम्मेवारी व्यवस्थापनमा बुवाको भूमिका कहिल्यै उपेक्षा नगरोस् ।
प्रकाश दाहाल स्मृति पुरुष भलिबल भदौ २४ देखि, प्रचण्डले उद्घाटन गर्ने
काठमाडौंः प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी गरएको हो । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी स्थापना भर्खरै स्थापित भएको प्रगतिशल युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशि हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए । प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ । प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ । प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष उद्घाटनले गर्ने छन् ।
नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन
लहान, जेठ २४ । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उहाँले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन भने । प्रदेशलाई सुखी र समृद्ध बनाइने प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा शुक्रबार उनले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिएमात्र शहीदको सपना पूरा हुने भएकाले त्यही अनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताए । आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस
के छ पूर्व माओवादीको एक्काईसौं शताब्दीको जनवादमा?
महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशिल चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः सम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नयाँ चूनौती र नयाँ संभावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरि विश्वमा एउटा पनि वास्तविक समाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण’ र ‘उदारीकरण’, ‘सभ्यताको विस्तार’ र ‘आतंक विरोधी युद्ध’का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीमा राख्न अगाडि बढिरहेको वर्तमान संदर्भमा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेषरुपले जटील र अझ विशेषरुपले महान हुने कुरा निश्चित छ । पार्टीको दास्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसको प्रयोगको प्रक्रियासँगै जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा पर्यो । २१औँ शताब्दीको सँघारमा देखा परेको जनयुद्धको गुण र मात्राको ब्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तिव्रता दिन थाल्यो । दरवार हत्याकाण्ड मार्फत सर्वाधिक निरङ्कुश सामन्ती तत्वहरुलाई अगाडि बढाई महान जनयुद्धका विरुद्ध उनिहरुलाई सामाजिक, आर्थिक र राजनैतिक खुला सहयोगद्धारा साम्राज्यवादले नेपालमा आफ्नो दाह्रा, नंग्रा गाड्ने जमर्को गर्दै आएको छ । नेपालको भू—राजनैतिक स्थितिको रणनैतिक महत्व र जनयुद्धको विजयद्धारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चूनौतीकारुपमा बुझेर नै साम्राज्यवादीहरुले नेपालमा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् । ११ सेप्टेम्बरको घटनापछि तथाकथित आतंकवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताका विरुद्ध अत्यन्त क्रुर र जंगली युद्ध थोपर्दै आएको अमेरिकी साम्राज्यवादले अहिले नेपालमा भएको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यहि रणनीतिको अंग र विजयकारुपमा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादको सूचीमा राख्नुले जनयुद्धको विकासको स्तर र यसका अगाडिका चूनौतीहरुलाई स्पष्ट गर्दछन् । आज विश्व जनमतको जर्बजस्त विरोधका बावजूद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तवाह पार्न ‘सफल’ भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई, विद्रोहको कुरा गर्ने विश्वका साना—ठूला सबै शक्तिहरुका लागि एउटा चेतावनी भएको अहंकारयुक्त घोषणा गरिरहेको छ । देशभित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्किका सन्दर्भमा हामीले अत्यन्त गंभीरतापूर्वक पार्टीका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ । विश्व परिस्थितिबारेशीतयुद्धको समाप्तीपछि साम्राज्यवादीहरुले गरेको ‘इतिहासको अन्त्य’ र ‘नयां विश्व व्यवस्थाको उदय’को दाबीलाई पूर्णतः झुट्टो बकवास साबित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरु तिव्र भएका छन् । साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचको विश्वको प्रमुख अन्तरविरोध मात्र विष्फोटक भएको छैन अपितू अन्तरसाम्राज्यवादी अन्तरविरोध पनि झन चर्केर गएको छ । पूर्व सोभियत संघको पतनपछि सिंगो भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लूट, हस्तक्षेप र आतंक सँगै यो स्थितिको विकास भइरहेको छ । धर्तीको अत्याधिक मानवीय एवं प्राकृतिक संशाधनको शोषण, दोहन र लूटमा खडा भएको तथाकथित अमेरिकी सम्पन्नता र सभ्यातालाई आफैंले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुबेरहरुको वुश मण्डलीले उसको विरोधमा आवाज उठाउने राष्ट्र, संगठन, आन्दोलन र जनसमुदाय जो कसैमाथि हमला गर्ने विशेष अधिकारको दाबी र प्रयोग गर्दै आएको छ । मानव जातीलाई नै ध्वंस गर्न सक्ने महाविनासकारी हतियारहरुको निर्माण गर्ने युद्ध उद्योगमा टिकेको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बहानामा जनसमुदायमाथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मूल विशेषता बनिरहेकै छ । गत दशक देखिनै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएको छ । औद्योगिक पूँजीमाथि वित्तिय पूँजीको बर्चस्व कायम भएको र त्यस प्रकारको वित्तिय पूँजीमाथि ‘विश्व बैंक’, ‘अन्तराष्ट्रिय मुद्राकोष’ जस्ता संस्था मार्फत मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ । वित्तिय पूँजीको दबदबा र त्यसको असीमित संकेन्द्रणले असमान आय वितरण, असमान विकास, वेरोजगारी एवं धनि र गरिबका बीचको खाडललाई पनि भयानकरुपले चर्काएर लग्यो । विज्ञान, प्रविधिको विकास र पूँजीको संकेन्द्रणले साम्राज्यवादी आर्थिक इकाईहरुको उत्पादन क्षमता त असिमितरुपले वृद्धि भइरहेको छ तर, विकास र वितरणको असमानताकाकारण माग र बजार त्यहि अनुपातमा नबढेको मात्र होइन झन सीमित हुँदै गएको छ । साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशाणुगत नीयतीका कारण बजारका निमित्त साम्राज्यवादी गुटहरुका बीचमा टकराव हुन अनिवार्य हुन्छ । आज विश्व परिस्थितिमा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक युद्धको पृष्ठभूमीले उक्त कुरालाई स्पष्ट गर्दछ । अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएको हुनाले पाँच खरब भन्दा बढिको व्यापार घाटालाई अमेरिकाले मनपरी डलर छापेर पूर्ति गरिरहेको भयता पनि यदि झण्डै आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्ने युरोप लगायतका अन्य साम्राज्यवादी देशहरुले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने वित्तिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ । वस्तूतः अमेरिकाका कैयौँ ठूल्ठूला कम्पनि र बैंकहरु टाट पल्टिंदै जानुका पछाडि यहि स्थितिले काम गरिरहेको छ । यता केहि समयदेखि विकास हुँदै गएको ‘यूरो’को अवस्थाले ‘डलर’को भविष्यलाई चूनौती दिँदै गएको छ । यसमा खास गरि सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरो मार्फत गर्न थालेको थियो । भेनेजुएलाले यो काम झन पहिलेदेखि गर्दै गएको थियो । अमेरिकन डलरको सट्टा कैयौँ सामाज्यवादी देशहरुले आफ्नो विदेशी मुद्रा भण्डारलाई विस्तारै युरोमा बदल्न थाले । कतिपय अमेरिकाकै नजिकका मानिने देशहरु समेत युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए । त्यसमा पनि गत सात वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासकालागि कुनै पनि अमेरिकन कम्पनिलाई आमन्त्रित गर्न छोड्न थाले । यो समग्रस्थितिमा यदि तेलको विशाल विश्व व्यापारमा युरोको कब्जा भयो र डलर बाहिरीयो भने (जसको स्पष्ट संकेत देखा परि सकेको थियो) अमेरिकाको अर्थतन्त्र चौपट हुने र विश्वमा उसको एकछत्र दादागिरि नचल्ने निश्चित भयो । यसरि वस्तूतः ११ सेप्टेम्बरको घटना भन्दा पहिलै नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भइ सकेको थियो । त्यो अवस्थामा स्वंय नाटोका सदस्य देशहरु भित्रै अति उत्पादन र सिमित बजारको अन्तरविरोधको अनिवार्य अभिव्यक्तिकारुपमा आपसी टकराव देखा पर्नु स्वभाविक थियो । अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वकालागि एकमात्र अतिमहाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्रसहित युद्ध छेड्नु बाहेक अर्को उपाय देख्न संभव थिएन । ठिक यहि पृष्ठभूमिमा ११ सेप्टेम्बरको घटना घट्यो । यो घटना वस्तूतः संकटग्रस्त बन्दै गएको अमेरिकी साम्राज्यवादी धनकुबेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो । एक ध्रुवीय आर्थिक र सैनिक प्रभुत्वकालागि आफ्नो विशाल फौजी संयन्त्रसहित युद्धको बहाना खोज्न थालेका तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतंक विरोधी युद्धका नाममा दीर्घकालिन युद्धको घोषणा गर्यो । आफ्नो प्रमुख रणनैतिक लक्ष्य तेल कब्जा गरि आफ्ना प्रतिस्प्रधिहरुलाई पाखा लगाउनु र विश्व अर्थतन्त्रमाथिको पकड मजबुत पार्नु भएता पनि तत्काल त्यसलाई आतंकविरोधी युद्धको नाम दिएर अफगानिस्तानमाथि हमलाबाट शुरु गरियो । जब यो प्रक्रिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामुहिक विनासका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहिन आरोपमा हमलाको तयारी अमेरिकी र ब्रिटिश फौजबाट हुन थाल्यो तब विश्व परिस्थितिमा ठूलो उथल-पूथल र परिवर्तन देखा प¥यो र परिरहेको छ । युद्धको तयारीकै क्रममा मुख्यतः युरोप, अमेरिका लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जन-प्रदर्शनको लहर देखा पर्यो । साम्राज्यवादीहरुका गढमानै युद्धलाई ‘मानवता विरुद्धको अपराध’ र ‘वुश–ब्लेयरहरुलाई २१औँ शताब्दीका हिटलरसँग’ तूलना गरेर भएको युद्ध विरोधी विशाल र भव्य जनप्रदर्शनहरुले विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगतरुपले क्रान्तिकारी परिस्थितिलाईण् ठूलो मात्रामा तयार गरेको छ । यूरोप, अमेरिका र विश्वभरि विकास भएको जनसमुदायको युद्ध विरोधी एकता र पहलले तत्काल इराक युद्धलाई रोक्न सफल नभएता पनि यसले साम्राज्यवादका विरुद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेको छ । करौडौँ जनसमुदायको विश्वव्यापी विरोधका बावजूद छेडिएको युद्धले साम्राज्यवादीहरुको प्रजातन्त्रको नकाव च्यात्तिएर उनिहरुको असली सैन्य फासिवादी चरित्र एक पटक फेरी विश्वस्तरमा उदाउँदो भएको छ । इराक युद्धका सन्दर्भमा विकसित भएको विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो । इराक युद्धले अन्तर साम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन काफिहदसम्म त्यसलाई चर्काएर लगेको छ । फ्रान्स, जर्मनी र रुस मुखरित भएर नै अमेरिका र ब्रिटेनको युद्ध नीतिका विरुद्ध देखा परे । फ्रान्सले राष्ट्र संघमा युद्धका विरुद्ध भीटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको ‘एक ध्रुवीय विश्व प्रभुत्व सैन्य नभएको’ घोषणाले अन्तर साम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ । मुख्यतः आ-आफ्नो आर्थिक स्वार्थ र सहायकरुपमा सडकमा जनसमुदायको जवर्जस्त प्रदर्शनको दवाबका कारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेको कुरा स्पष्ट नै छ । तर, आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाइराख्न सक्ने एक मात्र तागत अमेरिका नै भएको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरुको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महशुस गर्न सकिन्छ । यो कुरा राष्ट्रसंघको वकालत र युद्धको विरोध गर्दा गर्दै पनि यी देशहरुले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेको मात्र होइन अप्रत्यक्ष रुपमा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ । जे भए पनि तेल र बजारका निमित्त साम्राज्यवादी प्रतिश्प्रधा बढ्दै गएको छ र इराक युद्धले त्यो अन्तरविरोधलाई झन तिब्र र गहिरो तुल्याएको छ । विश्व परिस्थितिमा विकास भएको यो अर्को महत्वपूर्ण परिवर्तन हो । शीत-युद्धको अन्तपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आशिवार्द प्राप्त गर्न प्रतिस्प्रधा गरिरहेको तेस्रो विश्वका प्रतिक्रियावादी शासकहरु गत दशकको अनुभवबाट आफ्नो स्थिति झन कमजोर भइरहेको महशुस गरिरहेका थिए । अहिले तस्रो विश्वका सबै प्रतिकृयावादी शासकहरु एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दबाव, धम्कीको दोहोरो चेपमा रहेका छन् । राष्ट्र संघको अस्वीकृती, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वका अधिकांश शासकहरुको अनुनय, विनयका वावजूद अमेरिका र ब्रिटिश साम्राज्यवादद्धारा एउटा सार्वभौम देश इराकमाथि गरिएको भीषण हमलाले झण्डै–झण्डै बिर्सिन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलन मार्फत युद्धको विरोध गर्न तेस्रो विश्वका शासकहरु बाध्य भएका छन् । तर, आफ्नो प्रतिकृयावादी चरित्रका कारण साम्राज्यवादका विरुद्ध उनिहरुले कुनै दृढ अडानलिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन । तेस्रो विश्वका कतिपय निरङ्कुश शासकहरु आफ्नो आयु र अस्तित्वका लागि नै साम्राज्यवादका दलाली गरिरहेका छन् भने, अन्य कतिपय आतंकित मानसिकता सहित सम्झौताको बाटो खोजिरहेका छन् । जे भए पनि अन्तर साम्राज्यवादी अन्तरविरोध चंर्कदै जानु र त्यहि अनुपातमा असंलग्न आन्दोलनले पूनर्जीवित हुने जमर्को गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई नै व्यक्त गर्दछ । इराक युद्धमा प्राप्त कथित फौजी सफलताबाट अमेरिकी साम्राज्यवादीहरुको विश्व प्रभुत्व कायम गर्ने अहंकार झन बढेर गएको छ । उनिहरुले त्यो ‘सफलता’लाई अमेरिकाका विरुद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरुद्ध एउटा चेतावनी भएको दम्मपूर्ण घोषणा गरेका छन् । पुरै अरब देशहरुमा आफ्ना अगाडि घुँडा टेक्न कठपूतली सरकार कायम गरि तेल मार्फत विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगायतका देशहरुमाथि धम्किमा केन्द्रित गरिरहेका छन् । अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तूल्यादै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एशियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ । यस क्षेत्रका देशहरुमा विद्यमान प्रतिक्रियावादी सरकारहरुको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनिहरु सफल पनि हुँदै गएका छन् । कश्मीर विवादलाई हतियारकारुपमा प्रयोग गरि भारत र पाकिस्तानका शासकहरुलाई विरालोले मुसा खेलाएझैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिलेको ध्यान जनयुद्धको माध्यमबाट तिब्र गतिमा एकपछि अर्को सफलता हाशिल गर्दै गएको नेपाली जनताको महान जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रीत भइरहेको छ । वैचारिक दृष्टिले २१औँ शताब्दिको अग्रगामी आन्दोलन भएको तथा नेपालको भ-रणनैतिक अवस्थिति (विशाल चिन र भारतका बीचमा हुनु) का कारण माओवादी आन्दोलनको सफलता विश्व साम्राज्यवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनिहरुले नेपालमा विगत करिब ३ वर्षदेखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाँउदै लगेका छन् । घोर प्रतिगामी सामन्ती निरङ्कुशवादी तत्वहरुलाई टिकाइराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक, भौतिक सहयोग बढाइरहेका छन् । युद्धविराम भएर औपचारिक वार्ताको संघारमा आइ पुग्दा अमेरिकी साम्राज्यवाद र नेपाली पुरानो सत्ताका बीचमा भएको कथित आतंकवादका विरुद्धको ५ वर्षे समझदारी (सन्धिले) र हालै नेपालको माओवादी आन्दोलनलाई समेत आतंकवादको सूचीमा राख्ने घोषणाले स्थितिको गम्भीरतालाई स्पष्ट गर्दछ । अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र पनि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतार–चढावका बावजूद साम्राज्यवादका आधारभूत विशेषता र बुसका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ । क्रान्तिद्धारा युद्धको विरोध बाहेक विश्व जनसमुदायका अगाडि अर्को विकल्प छँदै छैन् । इराक युद्धसम्मको स्थितिले २१ औँ शताब्दिमा विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तूगत परिस्थितिलाई परिपक्क बनाउदै लगेको छ । मालेमाका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक त्यो विश्व क्रान्तिको नेतृत्वका लागि आफैलाई तयार पार्ने महान ऐतिहासिक कार्यभार अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काधमा आएको छ । जनयुद्ध वाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन । विश्व परिस्थिति र नेपाली क्रान्तिबारे सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले आजको विश्वलाई आश्चर्य जनकरुपमा साँघुरो पारि दिएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता वा प्रतिकूलताले रणनैतिक महत्वको भूमिका खेलिरहेको हुन्छ । त्यसमाथि २१औँ शताब्दिको विज्ञान र प्रविधिको विकासले एउटा देशमा क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन गुणात्मकरुपले बढ्न गएको छ । आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतार-चढावहरु विश्व परिस्थितिमा आउने उतार-चढावसँग निरन्तर र अभिन्नरुपले गाँसिएका हुन्छन् । नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ । विश्व साम्राज्यवाद, आजको अवस्थामा मुख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाली क्रान्ति अहिलेको भन्दा केहि भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न संभव थियो । कुख्यात दरबार हत्याकाण्ड मार्फत सर्वाधिक क्रुर र निरङ्कुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउनेदेखि ११ सेप्टेम्बर पछि कथित आतंकवादका विरुद्ध युद्धको घोषणासागै नेपालमा आफ्नो हस्तक्षेप बढाउनेसम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ । हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवकासाथ भन्न सक्दछौँ कि विगत ‘संकटकाल’मा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालिम र निर्देशनमा प्रत्यक्ष सहभागिता नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिकृयावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन । साम्राज्यवादको प्रत्यक्ष सहयोग र निर्देशनमा सामन्ती सत्ताले संकटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतंकका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनैतिक सन्तूलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनैतिक एवं फौजी कार्यदिशाको महान विजयलाई नै प्रमाणित गर्दछ । ‘शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै’ र ‘असाधारण जटील स्थितिको सिर्जना गर्दै’ अगाडि बढ्नु माक्र्सवाद-लेनिनवाद-माओवादका अनुसार कुनै पनि क्रान्तिको नियम हो । नेपाली क्रान्तिको विकासको नियम त्यो भन्दा बाहिर हुन सक्तैन । आज नेपाली जनयुद्ध रणनैतिक सन्तूलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शंका छैन । नेपाली क्रान्तिका सम्पूर्ण जटीलता, संभावना र चूनौती यहि वस्तुगत स्थितिका अभिव्यक्तिहरु हुन् । सैद्धान्तिक र रणनैतिक दृष्टिले साम्राज्यवाद कमरेड माओले भने झैं कागजी बाघ नै हो । तर, तात्कालिन र कार्यनैतिक दृष्टिले उ मान्छे खांदै हिंड्ने साच्चैको बाघ पनि हो । इराक युद्धसम्म आइपुग्दा साम्राज्यवाद कागजको बाघ र सांच्चैको बाघ दुबै प्रमाणित भइरहेको छ । रणनैतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्वभरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकोले उ बागजी साबित भएको छ । तर, तात्कालिकरुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिइरहेको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लतपत्तिएको मुख देखाएर गर्जिरहेको छ, त्यसरि उ साँच्चैको बाघ बनेको छ । इराक युद्धले विश्वभरिनै क्रान्तिकारी परिस्थितिलाई अझ परिपक्व अवश्य बनाएको छ, तै पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको लहर भने चालिरहेको छैन । तर, नेपालमा भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरण जस्तो अत्यन्त संवेदनशिल चरणसम्म भइसकेको छ । विश्व परिस्थितिको यहि रणनैतिक अनुकूलता एवं तात्कालिक प्रतिकूलता र देश भित्रको रणनैतिक सन्तूलनको स्थितिमा नै पार्टीका आजका युद्धविराम, वार्ता, राजनैतिक विकासलगायतका कार्यनैतिक श्रृंखलाहरु आधारित रहेको यथार्थलाई बुझ्न जरुरी छ । चीनमा पूँजीवादको पूनस्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको, वस्तूगत परिस्थिति अनुकूल बन्दै गएको भएता पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विकास भइनसकेको, विश्व साम्राज्यवाद घाइते बाघझैं उदण्ड भएर जताततै जनतामाथि झंम्टदैं हिंडेको आजको परिस्थितिमा नेपाल जस्तो सानो र विशिष्ट भू-राजनैतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन संभव छ रु आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महतवपूर्ण प्रश्न हो । यो प्रश्नको समूचित माक्र्सवादी-लेनिनवादी-माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुने छ । विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । हिजो शितयुद्धको अन्तपछि पश्चिममा साम्राज्यवादले वैचारिक र भौतिक दुबै अर्थमा ‘विजयउत्सव’ मनाइरहेको तथा पेरुको जनयुद्धले समेत गम्भीर धक्का खाएको अत्यन्त प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीले जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ । देश भित्र र बाहिरका तमाम प्रतिकृयावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति बिनाको ‘उग्रपन्थी भड्काव’ भन्दै केही महिना भित्रै सखाप हुने भविष्यवाणी गरेका थिए । तर, ती तमाम आरोप र भविष्यवाणीका विपरीत ७ वर्षमा जनयुद्ध आजको चूनौतीपूर्ण अवस्थासम्म विकास भएको छ । यो अद्धीतिय विकासका पछाडी पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुरा स्वतः स्पष्ट छ । आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चूनौती खडा भएको छ । अन्ततः यो पनि सहि विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो । ठोस वस्तूको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्न असफल भएर, जडसुत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डोर्याउन असंभव हुनेछ । अहिलेको विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारका विचलनकाबारे यहाँ चर्चा गर्न आवश्यक छ । दुश्मनको शक्तिलाई अधिमूल्याङ्कन र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने पहिलो र मुख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्यक छ । यस प्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध संघर्षको अर्को मोर्चाकारुपमा नलिएर जसरी पनि सम्झौता गर्ने अर्थमा ग्रहण गर्ने, जनसेनाको सुदृढीकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य काम प्रति अरुची र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनैतिक सहकार्य र त्यसको परिणामप्रति अनावश्यक आशावादीता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दबावलाई देखाएर पार्टीका रणनैतिक लक्ष्यलाई कार्यनैतिक सिर्जनशिलताका नाममा परित्याग गर्न उद्धत रहने, विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भंग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ । उपरोक्त विचलनको ठीक विपरित अर्को विचलन दुश्मनको शक्तिलाई अवमूल्यन र जनताको शक्तिलाई अधिमूल्याङ्कन गर्ने ‘वामपंथी‘ दुश्साहसवादी विचलनकारुपमा देखा पर्न सक्दछ । यस प्रकारको विचलनले युद्धविराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहिन कसरत देख्ने, रणनैतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेका जटीलताहरुको सामना गर्न आवश्यक कार्यनैतिक धुमधुमाउलाई अस्वीकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनलाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकोहोरो सोच राख्ने, पार्टीका विचार, नीति, योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नु पर्ने कष्ट साध्य कामकारुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना र कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ । पार्टीले उपरोक्त दुई परस्पर विपरित देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावाद र पदलायनवादका रुपमा पनि देखा पर्न सक्दछ । यो प्रकारको विचलनले दक्षिणपन्थी, वामपन्थी र क्रान्तिकारी कुनै पनि दिशामा आफूलाई दृढतापूर्वकमा उब्याउन सक्तैन । अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ । पार्टी यस प्रकारका विचलनका विरुद्ध मालेमा र प्रचण्ड—पथका आधारमा निरन्तर विचारधारात्मक संघर्ष अगाडि बढाउन जोड दिन्छ । रणनैतिक, दृढता र कार्यनैतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको मांग अनुसार अर्को नयाँ उचाईमा उठाउन आवश्यक ठान्दछ । नेपाली जनयुद्धको विजय न दक्षिणपन्थी आत्मसमर्पणहरुले सोच्ने जस्तो असम्भव छ, न वामपन्थी दुश्साहसवादीहरु सोचे जस्तो सिधा र सरल नै हुनेछ । अफगानिस्तान र मुख्यतः इराक युद्धपछि निश्चितरुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोधि विश्व जनमत ९कम्युनिष्ट क्रान्तिकारीहरु समेत०को आँखा नेपालमा विशेषरुपले केन्द्रीत हुँदै गएको छ र भावी दिनमा अझ केन्द्रीत हुँदै जानेछ । तेस्रो विश्वका कुनै पनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिकृयावादी तानाशाहहरुले साम्राज्यावादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भइ सकेको छ । यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनु पर्दछ । पहिलो, त्यस प्रकारका प्रतिकृयावादी शासकहरु आफ्नै जनसमुदायबाट अलग—थलग रहेका हुन्छन् र प्रतिरोध युद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठीत गर्न असफल हुन्छन् । दोस्रो, त्यस प्रकारका शासकहरुले प्रयोग गर्ने युद्धशैली साम्राज्यवादी युद्धशैली नै हुने गर्दछ जुन शैलीमा अतिमहाशक्ति साम्राज्यवाद हजारौं गुणा बलियो हुने भएकोले तेस्रो विश्वका शासक वा धार्मिक कट्टरवादी गुटहरु युद्धमा लामो समय टिक्न सम्भव नै हुँदैन । तेस्रो, साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यस प्रकारका प्रतिकृयावादी शासक वा धार्मिक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिकासाथ र निरन्तर आन्दोलित हुन असम्भव हुन्छ । निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यस प्रकारकोस्थिति आधारभूतरुपले नै फरक हुनेछ । मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्धारा अकाट्यरुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्धारा मात्र सफलता हाशिल गर्न सम्भव छ । आज विश्व जनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेल्न सक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ । यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्नेछ । ७ वर्षको जवरर्जस्त विजय अभियान र रणनैतिक सन्तूलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नयाँ–नयाँ रणनीति अपनाउन वाध्य भइरहेका छन् । इन्डोनेशिया, चीली, भीयतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरि साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ । ती मध्ये सबै भन्दा प्रभावकारी उपायकारुपमा आतंकवादको आरोप स्थापित गरि भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन । तर, सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदै क्रान्तिलाई विजयसम्म डो¥याउन पुरै सम्भव छ । यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतार चढावहरु पार गर्नु पर्नेछ । यहाँ मुख्य प्रश्न २१ औँ शताब्दिको क्रान्तिको झण्डालाई झुक्न नदिने रणनैतिक प्रतिबद्धतामा दृढ रहने हो । अमेरिकी साम्राज्यवादीको विपरित र वैकल्पिक ध्रुवको रुपमा जनयुद्धको रणनीतिलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकता अनुसार अघि, पछि र दायाँ–बायाँ हुँदै अगाडि बढ्न जरुरी पर्दछ, यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ । सर्वहारा अन्तर्राष्ट्रियतावादको महान सिद्धान्त प्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ । साम्राज्यवादका विरुद्धको लडाईमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक प्रयत्न बिना कुनै खास देशको क्रान्तिको विजय विशेषरुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिम मार्फत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीब र आन्दोलनयुक्त तूल्याउन अझ पहल बढाउन आवश्यक छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गसँगको सम्बन्ध र उसको सामूहिक प्रयत्नमा संगठित र आन्दोलितरुप दिने कुरालाई पार्टीले पहिलो प्राथमिकता दिन आवश्यक छ । साम्राज्यवादका विरुद्ध विश्वव्यापिरुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीका अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो । पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधि विश्व जनमतसँग नेपाली क्रान्तिलाई जोड्नकालागि राम्रो वैचारिक र राजनैतिक आधार अवश्य तयार भएको छ । पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक र योजनाबद्ध पहल सहित त्यो सम्बन्धलाई सजीब, संगठित र आन्दोलनयुक्त तूल्याउन जोड दिनु आवश्यक छ । उपरोक्त दुई मुलभूत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ । यहाँ स्पष्ट हुनु सर्वहारा वर्ग र साम्राज्यवाद विरोधि विश्व जनमतसँगको सम्बन्धलाई प्राथमिकतासहित मजबूत तूल्याउने प्रयत्नको विकासको सापेक्षेतामा नै अन्तर साम्राज्यवादी र अन्तर प्रतिकृयावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ । यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डो¥याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्नेछौँ । वर्तमान घरेलु परिस्थितिबारेदेशको वर्तमान राजनैतिकस्थिति संक्रमणकालिन संकटको अवस्थाबाट गुज्रिरहेको छ । गृहयुद्धमा रणनैतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकांक्षा र वैदेशिक शक्तिकेन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेपसमेतलाई विचार गरि हाम्रो पार्टीले अत्यन्त गम्भीरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढंगले अग्रगामी राजनैतिक निकासका लागि प्रयत्न गर्दै आएको छ । जनता र जनयुद्धको व्यापक दबावका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिकरुपमा युद्धविराम र वार्ता प्रक्रियालाई स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षडयन्त्रको पनि शुरुवात गरियो । युद्धविरामको घोषणा देखिनै शाही सेना समेत पुरानो सत्तापक्षद्धारा गरिएका दमन, धरपकड र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइरहेको सैन्य सुदृढीकरणको अभियान तथा विभिन्न प्रतिकृयावादी संसदीय गुटहरुद्धारा गरिएको तथा कथित माओवादी र दरवारका बीचको गोप्य सांठगांठको सूनियोजित प्रचारवाजीले त्यसप्रकारको षडयन्त्रलाई स्पष्ट संकेत गरिरहेको थियो । हाम्रो पार्टीले प्रारम्भ देखिनै सबै प्रकारका षडयन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकंक्षा अनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको छ । यस सन्दर्भमा हाम्रो इमान्दारी, गम्भीरता र जिम्मेवारीवोध वार्ताटोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिकरुपले गरिएका विभिन्न राजनैतिक शक्ति, वौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन सत्तापक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूची र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन् । तर, हाम्रो राजनैतिक आचरण र शान्तिपूर्ण राजनैतिक निकास प्रतिको हाम्रो प्रतिबद्धता प्रति ग्रामिण मात्र होइन सहरीया मध्यमवर्गिय जनसमुदाय समेत जति व्यापकरुपले स्पष्ट र आकर्षित हुँदै गएकोस्थिति देखा पर्न थाल्यो, त्यत्तिनै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षडयन्त्रको मात्रा पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ । औपचारिक वार्ताकै मुखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतंकवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा ‘आतंकवादक विरुद्ध’ लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मूल्य बराबरको युद्धसामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतंकवादको सूचीमा राख्ने सार्वजनिक घोषणा, नेपालस्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारवाजीहरुले त्यो कुरालाई पुरै स्पष्ट गर्दछन् । युद्धविरामदेखि अहिलेसम्मको राजनैतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा मार्फत अग्रगामी राजनैतिक निकास खोज्ने हाम्रो न्यूनतम र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरंकुश राजतन्त्रको सपना देख्ने दरवारीया तत्वहरुलेमात्र होइन संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमुख संसदवादी गुटहरुले समेत अस्वीकार गरिरहेका छन् । वस्तूतः यो अस्वीकृतिले उनिहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनैतिक निकास नै चाहान्छन् भन्ने कुरामात्र प्रमाणित भइरहेको छ । रुपपक्षमा हेर्दा निरंकुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक संघर्ष चलेको देखिने राजनैतिक परिदृश्यको वर्गिय सारतत्वमा गएर हेर्दा दुई पक्ष (प्रतिकृयावादी र जनवादी वा प्रजातान्त्रिक शक्ति) का बीचको संघर्षमात्र देखा पर्दछ । निरंकुश राजतन्त्रवादी एंव संसदवादी गुटका बीचको अन्तर प्रतिकृयावादी पुरानो सत्तामा अंशवण्डाको झगडा बाहेक अरु केहि नभएको कुरा व्यवहारतः प्रमाणित भइरहेको छ । दरवारीयाहरु राष्ट्रियता (नक्कली) र संसदवादीहरु प्रजातन्त्र (नक्कली) को नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गिय प्रकृतिको घात गर्न चाहान्छन् भन्ने कुरा नेपालमा पटक पटक प्रमाणित भइरहेको छ । देशको वर्तमान संकटपूर्णस्थिति र हाम्रो गम्भीर पहलका बावजूद संविधानसभा जस्तो वुर्जुवा प्रजातान्त्रिक विधिमा आउन इन्कार गर्नुले उनिहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा एक पटक फेरी व्यापकरुपमा प्रमाणित भएको छ । यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक अर्काबाट अलग गर्ने नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन स्पष्ट भएको छ । वर्गिय र सैद्धान्तिकरुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ता प्रक्रियाका सन्दर्भमा विशेषरुपले कुन कुरा उदाउँदो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिकृयावादी गुटहरुका बीचको आपसी खिचातानी, कचिल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिकृयावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ । शाही सेना र दरवारीया तत्वहरुलाई पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवाद र प्रमुख संसदवादी गुटहरुलाई दक्षिण एशियामा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले सञ्चालन र संरक्षण गरिरहेकाले उनिहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ । अतः सिंगो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरवारीया र नेपालका संसदवादीहरु कसैलाई पनि एक अर्काका तूलनामा प्रजातान्त्रिक वा राष्ट्रवादी देख्ने सोच दरवार हत्याकाण्ड पछिको राजनैतिक विकासका सन्दर्भमा अझ विशेषरुपले गलत र हानिकारक हुन पुगेको छ । कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले सञ्चालन गर्ने भन्ने बाहेक दरवारीया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनैतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन स्पष्ट भइरहेको छ । घटनाक्रमले स्पष्ट गरिरहेको छ कि दरवारीयाहरु शान्तिवार्ताका नाममा हामीलाई उपयोग गरि आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादको आडमा हाम्रो आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध संघर्षका नाममा हामीलाई उपयोग गरि पुरानै सत्ताको कुर्सिमा पुगेर वैदेशिक प्रतिकृयावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत अगाडि बढिरहेका छन् । यो स्थितिमा उनिहरुको रणनैतिक षडयन्त्रको झण्डाफोर गर्दै जनसमुदायलाई व्यापकरुपमा गोलबन्द गर्नु तथा प्रतिकृयावादीहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाईमा उठाउन जोड गर्नु बाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुनै सक्तैन । के अन्तर्राष्ट्रिय शक्ति एवं देशका प्रतिकृयावादी तत्वहरुको यस प्रकारको षडयन्त्रपूर्ण रवैयाले युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो गम्भीर र जिम्मेवारीपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ रु कतिपय मानिसहरुलाई त्यस्तो लाग्न पनि सक्दछ । तर, वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षडयन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन व्यापकरुपले प्रमाणित गर्दछन् । सर्वप्रथमः हाम्रो यो पहलले ग्रामीणमात्र, शहरीया जनसमुदाय र देशभित्रमात्र होइन उल्लेखनिय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको राजनैतिक श्रेष्ठता स्थापित गर्न साम्राज्यवाद एवं उसका दलालहरुको सैन्य फाशिवादी निकृष्टतालाई न¨याउन महत्वपूर्ण भूमिका खेलेको छ । अझ ठोस रुपमा भन्नुु पर्दा वार्ता र राजनैतिक निकासको गंभीर पहल भईरहेको बेला अमेरिकी साम्राज्यवादद्धारा गरिएको युद्ध उन्मादि र अन्यायपूर्ण हस्तक्षेपले शहरिया बौद्धिक समुदायदेखि आम जनतासम्म र विश्व भरिका प्रगतिशिल जनसमुदायको नजरबाट समेत एकै चोटी अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रो संग गिर्न पुगेका छन । यसले भावि प्रत्याक्रमणका लागि ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक तयारीको भुमिका खेल्ने कुरालाई हामीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवाद को नां¨ो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्ने संभावनालाई धेरै हदसम्म बढाइदिएको छ । तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नां¨ो षडयन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संसोधनवादी गुटहरु भित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ । यस बाट प्रतिक्रियावादी एवं संशोेधनवादी गुटहरुको भ्रममा रहेका कार्यकर्ता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भईरहेको छ । वार्ता पनि एउटा संर्घषको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यता अनुसार हामीले यसलाई अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पु¥याउन जोड गर्नु पर्दछ । तर, यो कार्यनीति प्रत्याक्रमणको राजनैतिक तयारीको रणनीतिक सँग अभिन्न रुपले गासिएको यथार्थलाई हामीले दह्रोसँग पक्डनै पर्दछ । अन्तमा रणनैतिक र वर्गिय दृष्टिले दरवारिया एवं प्रमुख संसदवादी नेतृत्वगुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिक र कार्यनैतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेको दरवारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन् त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिकृयावादी एवं देश भित्रका प्रमुख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनु पर्दछ । यसरि नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारीढंगले अगाडि बढाउन सक्ने छौं । इतिहासका अनुभव र २१औँ शताब्दिमा जनवादको विकासबारे “Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action” -Lenin क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्धारा सम्वृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संस्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसुत्रका रुपमा होइन ‘कामको सजीव मार्ग दर्शक’ कारुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ । नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मा.ले.मा का शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान प्रक्रियामा हामीले दक्षिणपन्थी संसोधनवादका साथै जडसुत्रीय संसोधनवादका विरुद्ध समेत निरन्तर संघर्ष गर्दै आएका छौँ । वर्ग संघर्षको आवश्यकतासँग अभिन्नरुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छाल हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पुर्याएको छ । वर्ग संघर्ष र विचारधारात्मक संघर्षको यहि विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंङखलाकारुपमा ‘प्रचण्ड–पथ’को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ । यहाँ कुन कुरा विशेषरुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान बिन्दु, सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणकारुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउंदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारकारुपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मूलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर, यसको अर्थ २१औं शताब्दिको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ । महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर, क. माओको मृत्यु पछि चीनमा पूँजीवादको पूनस्थापना भयो र दुनियामा एउटा पनि समाजवादी सत्ता बांकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले व्योहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगतरुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्तिनै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नकारुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ । त्यसै गरि २१औँ शताब्दिमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताकासाथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मांग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापिरुपमा हुने आजको जस्तो तिव्र, घनिभूत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन । यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजको युगिन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तूगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थिति भएको छ । १. पार्टी २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरि सके पछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्तासंचालनमा मात्र सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तिव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । यो प्रक्रिया आफ्नो विकाशको एउटा निश्चित बिन्दुमा पुगि सकेपछि त्यो अनिवार्यरुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नकालागि दूई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टी भित्र चल्ने दुई लाईन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरि सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भ देखिनै पार्टीले र उसको नेतृत्व अन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुखकष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्धेश्यका निमित्त सम्पूर्णरुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शकारुपमा प्रस्तूत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगि एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा न¨याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्दर्भमा पार्टी भित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग गर्ने प्रवुत्तिलाई निरुत्साहित गर्ने तथा सहि र गलतको फैशला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टी भित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ । २. सेना २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गिय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब सु्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशालि सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पूर्वको कमजोर र कठिन घडिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्था अन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारा वर्गिय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झांगिदै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ । उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखिनै जनसेनामा वैचारिक र राजनैतिककामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औँ शताब्दिको जनसेना भनेको राज्यसत्ता कब्जा गरि सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाईनै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवागर्ने क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१औँ शताब्दिको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ । ३. राज्यसत्ताबारे सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिंजो र आज पनि महान र कष्टसाथ प्रश्न अवश्य रहेको छ । तर, २० औँ शताब्दिका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डोर्याउने प्रश्न अझ हजारौं गुना कठिन र जटील हुने गर्दछ । एकै शताब्दिमा विश्व थर्काउदैं रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशालि विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यर्थाथले विषयको महत्व र गम्भीरतालाई दर्शाउछन् । आखिर पूंजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजूद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजूद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तूलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन् रु जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तूतः औपचारिक, यान्त्रिक र संकीर्ण किन हुन पुग्यो रु यहां हाम्रो प्रश्न विश्वका तमामरुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिज्नायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फंस्ने गद्धारीसंग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रीत छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुनै सक्तैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे रु पार्टी भित्र संशोधनवाद हावी भएकोले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिंदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन् । एउटा नस्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नु पर्दछ भने महान सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठांउमा पुरै सहि रहेको कुरा स्पष्ट नै छ । तर, एक पटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै सर्वहारावादी भइराख्छ भने झै त्यसका विरुद्ध राजनैतिकरुपले जनसमुदायद्धारा स्वतन्त्ररुपमा जनवादी वा समाजवादी प्रतिश्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्ताशिन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनैतिक प्रतिश्पर्धा गर्नु नपर्ने हुँदा त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशिलता र गतिशिलताको उर्जा कुण्ठीत हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनु पर्दछ । यहाँ फेरी पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारीता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्धन्दात्मक ढंगले संगठित गर्र्ने प्रश्न नै हो । यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको सवैधानिक सिमा भित्र राजैतिक प्रतिश्पर्धा सगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिने छ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनिहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोगमात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्धन्दात्मक सम्बन्धमा जोड दिइनु पर्दछ । स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिकरुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ । एक पटक राज्यसत्ता कब्जा गरि सकेपछि पार्टीले नेतृत्वको हैशियत साबित गर्न आफ्नो विचारको सहि पना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनता प्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखिनै अन्त गर्न जोड दिइनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व—निर्णयको अधिकार कटौती गर्नेस्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनु पर्दछ । नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लिगिय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरि रहेका छौँ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवरुपले संगठीत गर्ने कुरामा जोड दिनु पर्दछ । यसरि पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समूचित विकासमा नै २१औँ शताब्दिको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ । तत्कालिन नेकपा (माओवादी) को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको वैठकमा पारित प्रस्ताव
लिविया युद्द : वार्ता असफल भएलगत्तै विद्राेहीकाे आक्रमकमा २१ जनाकाे मृत्यु, नेपाली शान्ति सेना सुरक्षित
लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली सेना सुरक्षित रहेको नेपाली सेनाले जनाएकाे छ । सोमबार अपरान्ह सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी त्यहाँ कार्यरत २ सय ३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए। त्यस यता भएको संघर्षमा सोमबार अपरान्हसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २७ जना घाइते भएका छन्। सेनाका अनुसार, विद्रोही समूह लिवियन नेसनल आर्मीले ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। यसको अर्थ विमानस्थल विद्रोहीको कब्जामा छ। ‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ’ सेनाको विज्ञप्तीमा भनिएको छ, त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ।’ नेपाली सेनाका अनुसार, संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। यद्यपी, विद्रोही समूह एलएनएले आक्रामक गतिविधि तीब्र पार्दै लगेपनि त्यहाँको सुरक्षास्थिति तनावपूर्ण बन्दै गइरहेको नेपाली सेनाले जनाएको छ।