किन पर्छ कपालमा चाया? जान्नुहोस् बच्ने उपाय

काठमाडौं, चैत १२ । जाडो र गर्मी दुबै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ। टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना वढी हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ।

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोग जस्ता कारणले पनि चाया पर्छ। तनाव, थकान, चिन्ता र एलर्जीको कारण पनि चाया पर्छ । चाया पर्न नदिन सरसफाई र सन्तुलित भोजनमा ध्यान दिनुपर्छ। भिटामिनयुक्त खाना खाने, नियमित रुपमा कपाल नुहाउने, स्याम्पु र तेलको प्रयोग गर्दा पनि ध्यान दिन सके चाया पर्ने सम्भावना रहँदैन। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

उर्जामन्त्री पुनलाई २ क्विन्टलको माला लगाएपछि…

रौतहट, मंसिर २८ । रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपाले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्। रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको स्थलगत निरीक्षण गर्न उनी त्यहाँ पुगेका थिए। मन्त्री पुनले बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास गरिरहेको बताए। उनले सरकारको ध्यान दुबै नदिको तटबन्ध निर्माणमा रहेको बताए। विगतको बाढीको क्रममा क्षतीग्रस्त भएका भौतिक संरचनाको यथासिघ्र पुनर्निर्माण हुने बताए। कार्यक्रममा नेकपाका प्रदेश २  का अध्यक्ष तथा सांसद प्रभु साहले बिगतको दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको भए पनि पछिल्लो दिनमा राजनीतिक द्वन्दले मानव विकास सूचकांकमा पछाडि परेको चिन्ता व्यक्त गरे। साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदिको मात्रै नभइ अन्य श्रोत बाट पनि सिँचाइको व्यवस्थापन गर्न मन्त्री पुन सित आग्रह गरे। नागरिक दैनिक अनलाईनबाट

रमाइलो चुट्किला : फेसबुक चलाएर के फाइदा ?

(बाबु छोरलाई सम्झाउँदै) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तँलाई खाना दिँदैन । छोरा : किन पीर गर्छौ बा ! फेसबुकले खाना नदिएपनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

कठै ! डिएनएको आस र त्रास, अब के होला ?

एभरेष्ट टिप्पणी, विज्ञानका विद्यार्थीहरुले चित्र बनाउन रमाउने डिएनए । पुस्ताको नासो स्थानान्तरण हुन्छ भनेर बुझेको विषय । अहिले भने विज्ञान पढेका मात्रै होइन, घाँस दाउरा गर्नेदेखि खेत गोठालोमा समेत यो डिएनए निकै चर्चित बनेको छ । कसैका लागि यो त्रास बनेको छ, कसैका लागि आस । र, कसैका लागि समय काट्ने साधन । कुनै बेला हिउँद लागेपछि आन्दोलन भए त टायर बालेर आगो ताप्न हुन्थ्यो भनेर सडक बालबालिकाले कुर्ने स्थिति जस्तो । सडक तताउने विषय । निर्मला हत्याकाण्डमा शुरुमा अनुसन्धान जसरी अघि बढ्यो, त्यसबाट यो डिएनएप्रतिको मोह बढेर गएको थियो । प्रहरीले अनुसन्धानलाई यान्त्रिक र मनोगत ढंगले अघि बढाएपछि सिर्जना भएको परिस्थितिलाई ‘हेण्डल’ गर्न डिएनएको विषयले प्रवेश पाएको थियो । अझ एकजनाको मात्र हो र ? आधा दर्जन व्यक्तिको डिएनए परीक्षण चानचुने कुरा थिएन । उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ । कसैको मनमा त्रास थियो होला (शायद) तर एउटा ठूलो जनसंख्यामा भने ठूलो आस थियो । र, केही यो सबै परिघटना देखेर हाँस्य पनि गर्दैछन् होला (अहिलेको अवस्था हेर्दा कतै टाढा लुकेको हत्यारा सम्भवतः) प्रहरीले शुरुमा एकजना मानसिक स्वास्थ्य ठीक नभएका दिलिप विष्टलाई अपराधी देख्यो । पत्रकार सम्मेलन गरेर दिलिप नै हत्यारा भएको जबर्जस्ती दलील (तर्क) दिइयो । दिलिपले पनि मैले नै बलात्कार गरेर मारेको भन्दिए । यो उनले के कारणले भने त्यो अझै खुलेको थिएन । एसएसपी डिल्ली विष्टले धम्कीकै भाषामा भने– हाम्रो अनुसन्धानबाट यही नै हत्यारा हो भन्ने पत्ता लाग्यो, अब तपाईहरुलाई लाग्दैन भने को हो खोजेर ल्याउनु न त । ठाडोे चुनौती थियो । जनताले पत्याएनन मानेनन । र, यो जनताको मनोविज्ञानलाई टायर बाल्न पर्खेकाहरुले ‘क्यास’ गरे । अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए । आन्दोलन चर्कियो । अझै चर्कियो । झनै चर्कियो । एकजनाको शहादत भयो । र, बल्ल केन्द्र तात्यो । एसएसपी र सिडिओ झिकाइए । जनताले एसएसपी, उनको छोरा र एकजना विष्ट थरका युवाले उक्त कुकृत्य गरेको हुनसक्ने चर्चा गरे । जनताको मनोविज्ञानलाई टायर बाल्नेहरुले झनै आगो बाले । यसरी प्रस्तुत गरियो, मानौं, एसएसपी विष्टले नै बलात्कार गरेका हुन । उनका छोरा र अर्को युवा पनि त्यसमा सहभागी थिए । अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए । नेपाल न हो, हल्लाका पछि दौडिने । राज्य पनि के कम, आफूमाथि बल्न खोजेको आगो छेल्न तत्कालै तिनैजनाको डिएनए परीक्षणका लागि नमूना लिइयो । यो सबै नाटक गर्नुको खासै अर्थ थिएन । कतिपय अवस्थामा अनुसन्धान सही ढंगले गर्ने हो भने अनुसन्धानले हो या होइनको अन्तिम किनाराको साक्षीका रुपमा हो डिएनए लिइने । अन्य तथ्यहरु करिब करिब पुगेको र अन्तिम निक्र्यौल गर्न हो डिएनए परीक्षण गरिने । यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ? तर, यहाँ गम्भीर अनुसन्धान भन्दा पनि तत्कालको जनताको संवेदनालाई सम्बोधन गर्ने होडबाजी थियो । प्रतिपक्ष र सरकारको । यी दुबैको निशाना बन्यो डिएनए । र, अन्तमा । न दिलिपको डिएनए मिल्यो, न एसएसपी विष्टको न त अन्य दुई जना आरोप लगाइएकाहरुको नै । जनता, पत्रकार, नेता र अनुसन्धानदेखि गृहसम्म एकअर्थमा मूर्ख नै भनौं । यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ? एकातिर उनले प्रमाण नष्ट गरे भन्ने चर्चा थियो, अर्कोतर्फ उनको डिएनए परीक्षण । यी विरोधाभाषबीच गृहले पनि जे सुकै होस, माग उठ्यो पुरा गरम न भन्ने शैलीमा अन्य अनुसन्धानको निष्कर्शसँग तादाम्यता या सूत्रहरु जोडनु अघि नै डिएनए परीक्षण गर्यो । कसैको मिलेन । मिल्ने कुरा पनि थिएन । घटनाको प्रकृति हेर्दा बरु मिलेको भए दिलिपकै मिल्थ्यो कि, किन कि निर्मलाको स्वाबमा दिलिपको बीर्य मिसाउनु प्रहरीका लागि त्यति असहज काम थिएन । डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ? यो प्रश्नको उत्तर कसैले दिँदैन । तर उनको पनि मिलेन । यदि डिएनएलाई नै स्वीकार्ने हो भने यी चार जना नै निर्दोष हुन त ? त्यसो भए हत्यारा को ? कसले गर्यो त्यो हत्या ? अहिले टायर तताउने देखि टायरदेखि डराउनेहरु सबै जिल्ल परेका छन् । एसपी विष्टले सुरुमा जुन गल्ती गरे, त्यो नै उनका लागि प्रत्युपादक बन्न पुग्यो । उनले गल्ती नगरी शुरुमा नै अनुसन्धानलाई गम्भीरतापूर्वक लिएका भए, दिलिप विष्टलाई अन्तिम अपराधी भनेर सार्वजनिक गर्ने दुस्साहस नगरेका भए, उनीविरुद्ध बलात्कारी र हत्याराको मनोविज्ञान नै निर्माण हुने थिएन । उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ । यदि उनको विवसता थियो, बाध्यता थियो, नियत थियो या के थियो ? त्यो कुरा अनि मात्रै स्पष्ट हुन्छ । र, सँगसँगै उनीलाई हत्यारा या बलात्कारी देखाएर वास्तविक बलात्कारी लुक्न खोजेका त होइनन ? कम्तीमा अहिले डिएनएको रिपोर्ट आइसकेपछि यो प्रश्नतर्फ पनि ध्यान जानु जरुरी छ । जबकि कतिपयले ठोकुवा गरेर नै उनीलगायतलाई बलात्कारी भनिरहेका थिए । अचम्म त के छ भने यता डिएनए रिपोर्ट आउँछ, उता जिल्लाका प्रहरी हाकिमले त्यसको सूचना पत्रकारलाई दिन्छन् । अनुसन्धान टोली गठन छ, उसको आदेश जिल्लाका प्रहरी हाकिमलाई आवश्यक पर्दैन । उनी नै अनुसन्धानका मुख्यकर्ता हुन जस्तो उनले सोझै भन्छन्– डिएनए मिलेन । डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ? यो प्रश्नको उत्तर कसैले दिँदैन । डिएनए विचरा । तर यहाँ यस्तो हुँदैन । भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं । यता गृहले गठन गरेको एउटा छानबीन समितिले प्रतिवेदन दिइसकेको छ । त्यो प्रतिवेदनको सुझाव र यो डिएनए परिणामबीच केही तादाम्यता छ । अनुसन्धानहरु चलिरहेको बेला बारम्बार जनतालाई भड्काउने गरी किन आउँछन् यस्ता विवादहरु ? किन एसपी कठायतले डिएनएको परिणाम बारे हतारमा बोल्छन् ? फेरी आन्दोलन चर्किसकेको छ । आन्दोलन चर्किन सरकार र प्रहरीले नै छूट दिएको छ । एउटा प्रक्रियागत ढंगबाट व्यवस्थित तरिकाले अनुसन्धान गर्ने र त्यसको टुंगोमा पुगेपछि मात्रै अनुसन्धानको नतिजा सार्वजनिक गर्नु अनुसन्धानको सामान्य सिद्धान्त हो । तर यहाँ यस्तो हुँदैन । भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं । नत्र विष्टको डिएनए परीक्षण गर्ने आधार के थिए भनेर सार्वजनिक गरिनुपथ्र्यो । उनको कुन गतिविधिले कहाँ के देखिएर बलात्कारमा संलग्न भएको हुनसक्छ भन्ने कुरा कुनै अन्य तथ्यले संकेत गर्नुपर्ने थियो । प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ । यसले विष्ट नै हत्यारा हुन भन्ने एउटा तप्काको स्वरलाई साथ दिँदै प्रहरीले उनको डिएनए गर्यो । यदि यो यो कारणले विष्टको डिएनए गर्नु जरुरी छ भनेर पछाडिका आधारगत तथ्यहरु सार्वजनिक गरिएको भए । तर त्यसो नहुँदा सबैलाई लौ यी ३ जना पक्कै पनि हत्यारा हुन र डिएनएबाट त्यो पुष्टि हुन्छ भन्ने आशा पलाउने थिएन । अहिले डिएनएलाई रामबाण बनाउँदा यसले झनै स्थिति बल्झेको छ । तर यो जरुरी ठानिएन । र, यसले निम्त्यायो निराशा । चर्को निराशा । एउटा सत्य के हो भने निर्मला पन्तको हत्या निकै निर्मम ढंगले गरिएको छ । प्रहरीले शुरुमा प्रमाण लुकाएको छ । प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ । गृहमन्त्री स्वयम्ले प्रहरीबाट अनुसन्धानमा लापरवाही भएको स्वीकारिन्छ भने यो लापरवाही के कति नियत र कारणले भयो भन्ने कुरा खोजेर अपराधीतर्फ लम्किन सकिन्न्थ्यो र ? त्यतिखेर भेटिएका कण्डमहरु नाटक मञ्चन गरिएको थियो भन्ने कुरा पुष्टि भइसकेपछि, दिलिपलाई फसाउन खोजिएको रहेछ भन्ने कुरा प्रमाणित भइसकेपछि त्यो कसले गर्न खोजेको रहेछ भन्ने कुरालाई आधार मानेर अघि बढ्ने हो भने हत्यारासम्म पुग्न नसकिएला र? समस्या के हो भने यो घटनामा विपक्षीलाई सरकारलाई निशाना बनाउनु छ । सरकारले व्यवस्थित ढंगले अनुसन्धान शुरु गर्नै सकेन । पछिल्लो दिनमा अनुसन्धान अलि गहन ढंगले अघि बढेको आभास नभएको होइन । तर यो डिएनएको रिपोर्ट यसरी हावा तालले सार्वजनिक गरिँदा नयाँ अनुसन्धान पनि कति गम्भीर छ भन्ने कुरामा शंका उत्पन्न हुने ठाउँ सिर्जना गरिएको छ । अब गृहका अगाडि तीनवटा मुख्य काम छन् गर्नुपर्ने । पहिलो, निर्मला पन्तका बारेमा अहिलेसम्म भए गरेका सबै अनुसन्धानका पक्षहरुको सिलसिलेवार जानकारी जनतासमक्ष सार्वजनिक गर्नु । तर अनुसन्धानलाई प्रभाव पार्नसक्ने जानकारी सार्वजनिक गर्नु जरुरी हुँदैन । एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो । तर अझै केही बिग्रेको छैन । दोश्रो, अहिले चलिरहेको अनुसन्धानलाई व्यवस्थित पार्नु । साँच्चिकै अनुसन्धान गर्नु । बाह्य पक्षले अनुसन्धानलाई हदैसम्म प्रभावित गर्न खोजिरहेको सत्य भएपनि त्यसलाई चिरेर सबै पक्ष समेटेर बृहत तवरले अनुसन्धानमा पुग्न । र, अनुसन्धानका क्रममा डिएनए रिपोर्ट सार्वजनिक गरिएजस्तो केटाकेटीपन नगर्नु । तेश्रो, आफ्नो प्रहरीलाई चेन अफ कमाण्डमा राख्नु । कसले कसलाई कसरी रिपोर्ट गर्ने हो त्यो स्पष्ट पार्नु । अराजकतामा प्रहरी चल्यो भने त्यसले दुर्घटना निम्त्याउँछ । गृहभित्रै एउटा विशेष सेल गठन गरेर सोझो रिपोर्टिङ लिने र सोही अनुरुप सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउनु । एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो । अनुसन्धानलाई घटनास्थलबाटै शुरु गरेर त्यो सँग सम्बन्धित सबै तथ्यहरुको गहन र सूक्ष्म अवलोकन गरेर, तथ्यहरुलाई एक अर्कासँग मिलान गरेर, सूत्रहरु पहिल्याउँदै सोही अनुरुपको प्राविधिक जाँच गरेर अघि बढाउनु यसको नियम हो । यसलाई सही ढंगले अगाडि बढाउने र सूक्ष्मरुपमा गरिने अनुसन्धानमा इमान्दारिता देखाउने हो भने प्राविधिक तथ्यहरुले धोका दिएको अवस्थामा समेत बस्तुगत तथ्यहरुले अनुसन्धान सफल हुन सक्छ । आरोप कसले कसमाथि लगाएका छन र कसले के कसरी प्रोभोक (उचाल्ने) गरिरहेका छन् भन्ने कुराले अनुसन्धान प्रभावित भए यसले सही परिणाम दिन सक्दैन । त्यसैले शंकामा दायरामा रहेका सबैमाथि सूक्ष्म अनुसन्धान गर्ने, सबै घटनाक्रमहरुलाई केलाउने, निर्मलाको जन्मदेखि मृत्युसम्मको सबै पाटाहरुसम्म पुग्ने अवस्थामा नेपाल प्रहरी जस्तो अपराध र अनुसन्धानमा अब्बल मानिने संगठनका लागि यो घटना असफलताको घटना बन्न सक्दैन । तर अझै केही बिग्रेको छैन । हत्यार पत्ता लाग्न सक्छन् । डिएनए मात्रै सबैथोक होइन । आवश्यकता मात्र गम्भीर अनुसन्धानको छ ।

निर्मलाका सहपाटीको प्रधानमन्त्री पत्र, निर्मलाका हत्यारालाई कारबाही कहिले हुन्छ ?

भीमदत्तनगर, भदौ १५ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् । शुक्रबार निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनी प्रश्न गरेका छन् । साथै उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गरिए मात्र उनीमाथि न्याय हुने र उनकाे आत्मले शान्ति पाउने स्मरण गराएका छन् ।

चुटकिला: अर्काे बुवा खोजिदिउँला !

बुवा, आमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आइस्क्रिम किनिदिएछन् । छोराले त्‍यो आइस्क्रिम खानै नपाई खसेछ । छिटो–छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनिछः छि खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि अगाडि जादैं गर्दा एकछिनपछि बाबु चाहीँ लडेछन् । आमाले हत्‍तपत्‍त उठाउन खोज्‍दा छोराले भनेछ खसेको चिजलाई नउठानुस् आमा म अर्कै बुबा खोजिदिउला ।

मन्त्री महासेठको सत्तापक्षकै सांसदले गरे आलोचना

काठमाडौं, भदौं १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् । उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका हुन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए । सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

तीजमा हरिदेवी कोइराला कतार आउने

दोहा, साउन ३१ । वरिष्ठ लोक गायिका हरिदेवी कोइराला यसपालीको तीजमा कतार आउने भएकी छन् । कास्की आदर्श सेवा समाज कतारले नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा सहाभागी हुन कोइराला कतार आउने भएकी हुन । तीजका गितसंगीतमा बिकृति बढी रहेको बेला लामो समयसम्म नेपाली लोक गीतको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको उपस्तिथिमा कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष बिश्वबन्धु थापाले बताए । अध्यक्ष थापाले गायिका कोइरालाको सम्मान तथा प्रावासमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षणको लागि आफुहरुले कार्यक्रम गर्न लागेको बताए । कर्णप्रीय स्वरकी धनी कोइरालाका ‘पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर’ लगाएतका दर्जनौ गित लोकप्रिय रहेका छन् । आगामी सेप्टेम्बर १४ तारिख कतारको दोहास्थित शालिमार दरबार रेस्टुरेन्ट बिन महमुदमा गर्न लागेको तिज बिशेष सा‌स्कृतिक कार्यक्रममा फेवा सा‌स्कृतिक परिवारसंगै विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ।

रक्सीको झोंकमा नेपालीले गरे नेपालीको घाँटी रेटी हत्या

मलेसिया, असार ४ । मलेसियामा नेपालीले नेपालीकै घाँटी रेटेर हत्या गरेका छन। मलेसियाको जलान इपो लेबस सिटीस्थित एक कम्पनीमा कार्यरत बर्दिया सूर्यपटुवा ओराली बजारका रोशन थापाको आइतबार राती सोहि कम्पनीमा कार्यरत अर्का नेपालीले घाँटी रेटि हत्या गरेको स्रोतले जानकारी दिएको छ। गैरकानुनि (अवैधानिक) रुपमा एकै ठाउँमा काम गरिरहेका उनीहरु आइतबार दिउँसोसंगै बसेर मदिरा सेबन गरेका थिए । मदिरा सेवनपछी काठमाडौ घर भएका सोनाम मगरसँग रोशनबीच सामान्य विवाद भएको थियो । विवादपछि हात हालाहाल हुँदा सोनाम मगरले घाटीमा तरकारी काट्ने चक्कु प्रहार गरेको र रोशनको घटना स्थलमै मृत्यु भएको स्रोतले बताएको छ। घटनापछि प्रहरीले चक्कु प्रहार गर्ने सोनाम मगरलाई नियन्त्रणमा लिइसकेको र शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा लगेको सोही कम्पनीमा कार्यरत मृतकका साथी बर्दियाकै दिनेश खड्काले जानकारी दिए। मृतक थापा बिबाहित हुन उनको घरमा एक छोरी र श्रीमती छन। घटनाबारे नेपाली दूतावासलाई जानकारी गरार्इ सकिएको र आवश्यक प्रक्रिया पूरा गरि मृतको शव नेपाल पठाउने तयारी रहेको खड्काले जानकारी दिएका छन।

आज पनि फेरि कतिले बढ्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ४ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज दुई रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ काराबोर भएको थियो । आइतबार भने चाँदीको मूल्य सात सय ८० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

एकताका नाममा माओवादी सिध्याउने भारतीय षडयन्त्र र एमाले प्रवृत्ति

गोकर्ण भट्ट, समाचार टिप्पणी । नयाँ वर्षको आगमनसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चारवटा महत्वपूर्ण कुरा अघि सारे । पार्टी एकताका लागि गत असोजदेखि निरन्तर क्रियाशील प्रचण्डको यो वर्षको शुरुआतमा देखिएको अभिव्यक्ति स्वभाविक भने थिएन । यसअघि एकताका बारेमा सबै कुरा सकारात्मक भन्दै आएका प्रचण्डले एभरेष्टदैनिकडटकमसँगको अन्तर्वार्तामा पहिलोपटक एकताका बारेमा आशंकायुक्त खुलासा गरेर यी कुरा अघि सारेका थिए । प्रचण्डले एकता इतिहासको अनिवार्यता र जनताको अभिमत भएपनि एकता प्रक्रियाले नेपाली समाजलाई एक खुडकिला माथि लैजान नसक्ने अवस्थामा, परिवर्तनका एजेण्डा संस्थागत नहुने अवस्थामा जबर्जस्ती एकता गर्नैपर्छ भन्ने छैन भन्ने कुरा सार्वजनिक गरे । ‘एकता अवश्य हुन्छ र हुनुपर्छ तर…’ भन्ने उनको भनाईको सार थियो । यो तर.. भित्र एउटा डरलाग्दो आशंका व्याप्त भएको उनका पछिल्ला अभिव्यक्तिहरुले पुष्टि गर्यो । यो आशंका थियो– कतै एकताले प्रतिगमनको या यथास्थितिवादको या संसदवादको सेवा नगरोस् । कतै यो एकता माओवादी आन्दोलनका उपलब्धि, बलिदान, संघर्ष र परिवर्तनका एजेण्डालाई भुत्ते बनाउने नहोस् । त्यसैले प्रचण्डले एकता र परिवर्तन, एकता र समृद्धि, एकता र बलिदान, एकता र संघर्ष, एकता र सम्मानलाई परिपूरकका रुपमा लिनुपर्ने बताउँदै अप्रैल ९ का दिन आयोजना गरिएको लेनिन जयन्तीमा समानताका आधारमा एकता हुनुपर्ने धारणा अघि सारे । प्रचण्डको भनाईको सार माथि भनेजस्तै यो एकताले अग्रगामी कदमको गोरेटो कोरोस् भन्ने देखिन्छ । यो अग्रगामी गोरेटोका लागि अहिले एमालेले समात्दै आएको बहुदलीय जनवादको परित्यागसँगै नयाँ परिवर्तनमुखी राजनीतिक कार्यदिशा र माओवादी आन्दोलनको स्वामित्व नयाँ पार्टीले लिनुपर्ने उनको भनाईको आशय देखिन्छ । यदि संसदवादकै गोलचक्करमा फस्ने हो, यदि समाजवादी क्रान्तिको कार्यदिशा निर्माण नगर्ने हो, हिजो संसदवादमा रुमल्लिएको एमाले र कांग्रेसलाई समेत सामन्तवादी राजतन्त्रकाविरुद्ध समावेशी संघीय गणतन्त्रसम्म ल्याइपुर्याएको माओवादीका एजेण्डा र संघर्षले स्थान नपाउने हो भने एकताको अर्थ छैन भन्ने स्पष्ट सन्देश प्रचण्डले यो बीचमा बिभिन्न कार्यक्रममा दिएको देखिन्छ । नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् । र, हिजो मात्रै प्रचण्डले रौतहट पुगेर एकता प्रक्रिया र समग्र यो परिवर्तनको प्रक्रियालाई ध्वस्त पार्न देशी विदेशी षडयन्त्रकारीहरु सक्रिय भएको खुलासा गरे । यसको अर्थ उनले बिस्तृतमा भनेनन् तर यो उनको पछिल्लो आशंका हो । र, यो षडयन्त्रभित्र एकता भाँड्ने षडयन्त्र मात्र छैन बरु परिवर्तनको नेतृत्वदायी भूमिकामा रहेको माओवादी आन्दोलन र राजनीतिक रुपमा उसले उठान गरेका एजेण्डाहरुको अन्त्य पनि हो भन्ने कुरा प्रचण्डको अभिव्यक्तिबाट स्पष्ट झल्किन्छ । प्रचण्डको भनाईबाट स्पष्ट छ, नेपाल समाजवादी क्रान्तिमा अघि बढ्दा त्यसबाट देश र विदेशमा झस्किनेहरु असंख्य छन् । उनीहरु शक्तिशाली छन् । उनीहरुले एकताको खोलभित्र र एकता भाँडेर (जसरी हुन्छ त्यसरी) माओवादी आन्दोलनको विलय या समापन गराउन खोजेका छन् । नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् । पहिलो, नक्सलवादसँग गम्भीर ढंगले आधा शताब्दीदेखि लडिरहेको भारत र अर्को विश्वभरी साम्यवादको भूतले पहिलो र दोश्रो विश्वयुद्धदेखि अहिलेसम्म झस्किदै आएको विश्व पूँजिवादी खेमा । भारतका लागि नेपालका वामपन्थीहरु मिल्दा समस्या छैन । पश्चिम बंगाल या केरला जस्तो माकपा या भाकपाको स्थिर सरकार नेपालमा बने पनि भारतलाई समस्या छैन । तर भारतको टाउको दुखाईको विषय फेरि पनि प्रचण्ड हुन । माओवादीले अहिले पनि जनवादी क्रान्तिको एउटा मुख्य कार्यभारका रुपमा रहेको नवउपनिवेशवाद/विस्तारवादबाट मुक्तिको जिम्मेवारी पुरा नभएको बताउँदै आएको छ । त्यसैले प्रचण्ड प्रभावी हुने एकता भारतलाई पच्य हुँदैन । उसका लागि प्रचण्ड मर्दन भएको, प्रचण्डको प्रभाव नरहेको, माओवादीको प्रभाव नरहेको र संसदवादी गोलचक्करमा फँस्ने पार्टी ठीक छ । त्यसैले भारतीय संस्थापन भित्रको एएटा पक्षले यो एकतालाई क्रान्तिकारी दिशामा जान दिँदैन । नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो । कतै प्रचण्डले यसतर्फ संकेत गरेका हुन ? विदेशी षडयन्त्रकारीहरुविरुद्ध अन्तिम संघर्ष भन्नुको अर्थ कतै न कतै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने कार्यनीति नै हो । र, बहुदलीय जनवादबाट एक बित्ता माथि उठेर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने हो भने अन्तरविरोध हल गर्ने सवालमा पहिलो संघर्ष यही विदेशी षडयन्त्रकारी या प्रतिक्रियावादी या विस्तारवादी हुने छन् । यसको अर्थ हो, भारतले भविष्यमा नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुले आफ्नो विस्तारवादविरुद्ध संघर्ष गरेको देख्न चाहन्न । उसलाई समर्पणवादी कम्युनिष्ट चाहिएको छ । अर्कोतर्फ यदि नेपाल समाजवादी बाटोमा अघि बढे यसले भारतभित्र सामाजिक न्यायका पक्षमा चलेको कैयन् आन्दोलनहरुले उर्जा पाउने निश्चित छ । यो उर्जाको आगो नक्सलवादीहरुसम्म पनि पुग्ने हुन्छ । नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो । त्यसमा पनि प्रचण्डको व्यक्तित्व र भूमिकाको आँकलन गर्न त्यति सहज नहुने भएकोले पनि कतै यो एकताले नेपालमा बलियो क्रान्तिकारी कम्युनिष्ट केन्द्र त बन्ने हैन ? भन्ने आशंकाका कारण पनि भारतको एउटा पक्षले क्रान्तिकारी ‘फ्लेभर’मा एकता हुन दिने छैन । उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ । अर्कोतर्फ विश्व पूँजिवाद, यसको धुरी रहेको अमेरिका, बिभिन्नि वित्तिय संस्थाहरुलगायत पँुजिवादको प्रभावकेन्द्रमा रहेका शक्तिहरुले समेत यो एकतालाई माओवादी केन्द्र भनौं या आन्दोलनको विघटनको अर्थमा सहयोग गर्ने देखिन्छ । यदि यसले क्रान्तिकारी परिवर्तन या चरित्र ग्रहण गर्न खोजेको अवस्थामा एकता हुन नदिन उनीहरुले भरमग्दूर प्रयास गर्ने छन् । कतै प्रचण्डले यो पक्षविरुद्ध संघर्ष गर्नुपर्ने भनेका त होइनन् । जे जसरी प्रचण्डले अभिव्यक्ति दिएपनि उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ । चालिसको दशकदेखि माओवादी आन्दोलनको वैचारिक धारको नेतृत्व गर्दै आएका प्रचण्डले शान्ति सम्झौतामा एकहदसम्मको वान स्टेप ब्याक हटेको भएपनि, त्यसपछि संगठनात्मक र वैचारिक क्षेत्रमा कैयन क्षणमा सम्झौता गर्नु परेको भएपनि समग्रमा उनको एजेण्डाले राज्यको पुनःसंरचना गर्न सफल भएको तथ्यलाई नकार्न मिल्दैन । त्यसैले आफैले नेतृत्व गरेको आन्दोलन, त्यसको उपलब्धिलाई यथास्थितिमा लगेर थन्क्याउनु पर्ने चिन्ता उनीभित्र देखिन्छ । र, यो सँगै जोडिन्छ उनको नेतृत्व । एभरेष्टदैनिकडटकममा प्रचण्डले भनेका छन्– मेरो स्वभावले मलाई पहिलो नेतृत्वबाहेक अरु हुन दिँदैन । म छँदासम्म मेरो नेतृत्व नै प्रधान हुन्छ । नेतृत्व भनेको व्यक्ति र विचारको सम्मिश्रण हो । प्रचण्डले व्यक्ति र विचारको सम्मिश्रणले नै प्रधानता पाउने दृढता व्यक्त गरेको अवस्थामा कार्यदिशा आफ्नो नहुने र त्यसको नेतृत्व पनि आफूले गर्न नसक्ने अवस्था सिर्जना हुने हो भने एकता के का लागि भन्ने चिन्ता उनीभित्र पलाउनु स्वभाविकै हो । इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ । यता नेकपा एमालेका लागि भने एकताको कुनै रणनीतिक महत्व देखिँदैन । एमालेभित्रका एकथरि इमान्दार र नेपाली समाजलाई अग्रगमनतर्फ लैजानुपर्छ, कम्युनिष्टहरुले आफ्नो आदर्श र लक्ष्य पछ्याउनु पर्छ भनेर विचार राख्ने तप्का बाहेक उनीहरुले एकतालाई तत्कालिन चुनाव जित्ने रणनीतिकारुपमा मात्रै उपयोग गरेको देखिन्छ । अन्यथा, एकताको स्पिरिटले समाजवादी क्रान्तितर्फ अघि बढ्ने स्पिरिट देखाउँथ्यो भने एमाले बहुदलीय जनवादमा मात्रै ‘स्टिक’ हुने थिएन । किनभने बहुदलीय जनवाद एउटा संक्रमणकालिन राजनीतिक कार्यक्रम हो भन्ने कुरा एमालेभित्रका नेताहरुले नबुझेका होइनन् । त्यसैगरि उनीहरुले संख्याको र चुनावमा पाएको भोटको दम्भ देखाउँदैनथे होलान् । इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ । अन्यथा, समाजवादी क्रान्तिको आधार तयार गर्ने संक्रमणकालिन कार्यदिशा निर्माण गर्न उनीहरुले आनाकानी गर्नुपर्ने थिएन । एकताबाट पछाडि हट्ने छूट र सम्भावना दुबै पार्टीसँग छैन । उनीहरु निकै अगाडि पुगिसकेका छन । तर यदि प्रचण्डको आशंका र एमालेको वर्तमान प्रवृत्ति कायमै रहेको अवस्थामा पार्टी एकता भयो भने यसले के साँच्चिकै जुन बाटोमा छलाङ मार्नका लागि एकता गर्न खोजिएको हो, त्यो प्राप्त होला र ? के यी आशंका र प्रवृत्ति अन्त्य नगरी एकता गर्दा देश स्थिरताको नाममा थप अराजकतातर्फ अगाडि नबढ्ला र ? तर प्रचण्डकै भाषामा दुबै पार्टी पुल भत्काएर अघि बढिसकेको अवस्थामा माओवादी नेता मणि थापा र वाइसिएल इन्चार्ज दीपशीखाकै शब्दमा, तलसम्म बहस गरौं, परिपक्व र क्रान्तिकारी स्पिरिटकासाथ विचार, संगठन र कार्यशैली निर्माण गरौं । कम्तिमा एकताका लागि हतारो नगरौं ।

ओस्कार विजेता निर्देशक मिलोसको निधन

काठमाडौं, वैशाख १ । ओस्कार विजेता फिल्म निर्देशक मिलोस फोर्म्यानको ८६ वर्षको उमेरमा निधन भएको छ। उनी हलिउड फिल्म ‘वान फ्ल्यु ओभर द कुक्कुज नेस्ट’ का लागि १९७५ मा ओस्कार जितेका थिए। चेकोस्लोभाकियामा जन्मेका फोर्म्यान १९८४ मा ‘आमाडेओस’ फिल्मका लागि उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड हात पारेका थिए। उनी १९३२ मा जन्मेका फोर्म्यानको शुक्रबार अमेरिकामा निधन भएको हो । १९६८ मा अमेरिका पसेका उनी ७० को दशकमा अमेरिकी नागरिक बनेका थिए। एजेन्सी

प्रगतिवादी साहित्यकार खनाल सम्मानित

काठमाडौँ, चैत १७ । नेपाल वाङमय परिषद्‍, धनगढीले शनिवार दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई ‘नेपाली वाङमय साधना सम्मान’ प्रदान गरेको छ । प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू. दस हजार एक नगद रहेको छ । कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए । भुवन बोहराको उद्‍घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष डा. पुष्करराज भट्टद्वारा गरिएको थियो । यसअघि दुई पटक उतै धनगढ़ीमै सम्मान प्रदान गरिएको थियो भने यो वर्ष नेपाल वाङमय परिषद राजधानी प्रवेश गरेको हो । खनाल विशेषतः नेपाली साहित्यमा कथाकारका रुपमा परिचित छन् । उनले रचनामार्फत सामाजिक परिवर्तन र संस्कृतिक रुपन्तरणका विषयहरुलाई दृढताका साथ प्रस्तुत गर्दै आएका छन् । प्रगतिवादी साहित्यको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाइसकेका खनाल हाल साझा प्रकाशनको सञ्चालक समितिका सदस्य रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पोखरा । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ । पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउनुहुन्छ । “पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।” उहाँका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा हुनुहुन्छ भने अभिषेक बास्तोला अमेरिकामा हुनुहुन्छ । पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ÷सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उहाँले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा पर्नुभएको बताउनुभयो । पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।” अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिनुभयो । पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उहाँले बताउनुभयो । निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् । त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ । पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् । पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउनुहुन्छ । “पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ”, उहाँले भन्नुभयो, “टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।” पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उहाँले बताउनुभयो । उहाँका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो । माछापुच्छ्रे पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउनुहुन्छ । “पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ”, विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आउनुभएका थापाले भन्नुभयो, “विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएका छन् ।” नेपालमा हुने आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक÷एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो । “पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्”, उहाँले भन्नुभयो, “सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।” पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् । रासस

एकल महिलालाई सन्तान हुर्काउनै सकस

काठमाडौं, फागुन २८ । मंगलसैन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन । जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन्, ‘छोराछोरीले भनेअनुसार पुर्‍याउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनैमुस्किल छ ।’ एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् । छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी पुर्‍याउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ उनलाई । ‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,’ उनले सुनाइन् । ४ छोराछोरी मंगलसैनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् । -कान्तिपुर दैनिकमा छ ।

रोल्पामा तीन सरकार ! विप्लवकाे जनसरकार र कांग्रेसको छायाँ सरकार पनि

रोल्पा, फागुन २४ । स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ । ‘कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो ।’ कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।