इतिहासमै पहिलो पटक दोधारा र चाँदनीमा प्रधानमन्त्री
भीमदत्तनगर, मंसीर २२ । नेपालको इतिहासमै पहिलो पटक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिमानजिकै रहेको महाकालीपारिका दुई गाविसहरु दोधारा र चाँदनीमा पुगेका छन् ।
दोधारा र चाँदनीमा माओवादी केन्द्रका नेता लेखराज भट्टको पहलमा निर्माण सुरु भएको सुख्खा बन्दरगाहको निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले त्यहाँ स्थानीयवासीको नाममा संबोधनसमेत गरेका छन् ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो। आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारोबार भएको छ। शुक्रबार प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
चोरी गरेको अभियोगमा ६ जना पक्राउ
झापा । विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा झापाका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका(५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका ८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।अर्थमन्त्रीले भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
छुट्टाछुट्टै घटनामा ६ जना मृत फेला
काठमाडौं। देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत भेटिएका छन् । प्रहरीले धादिङ, बाजुरा, चितवन, काठमाडौं, खोटाङ र रुकुम पश्चिममा भएको घटनामा छ जनाको मृत्यु भएको हो । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका ३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका(२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । खोटाङ, साकेला गाउँपालिका(२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका ४ स्थित मखुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तेस्रो लगानी सम्मेलनको तयारी : विश्व बैंकका अध्यक्षलगायत ९२ बढी देशका प्रतिनिधि सभागी हुने
काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भएको छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिए । ‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो ।’ बैठकमा मन्त्री डा.महतले आउँदो जुन महिनामा विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्थाले (आईडी) को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको जानकारी दिए। उनका अनुसार औपचारिक पत्र केही दिनमा आउँदैछ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी हुने छन् । योभन्दा अगाडि अप्रिल २८–२९ ९बैशाख १६–१७० मा हामी लगानी सम्मेलन गर्दैछौं । यो सम्मेलनलाई उपलब्धीमूलक बनाइयो भने नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी बढ्ने सम्भावना छ । त्यसकारण हामीले छाती फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री डा. महतले बताए । बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निजी क्षेत्र समेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समेत समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित रहेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् ‘लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मन्त्रिपरिषद्को स्वीकृति पश्चात् अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्नेछ । कार्यदलले उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), विशेष आर्थिक क्षेत्र ऐन (२०७३), वन ऐन (२०७६), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९), भूमि सम्बन्धी ऐन (२०२१), जग्गा प्राप्ति ऐन (२०३४), वातावरण संरक्षण ऐन (२०७६), विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन (२०६३), नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन (२०५३), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (२०७७) तथा वन नियमावली (२०७९) का विभिन्न प्रावधानहरूमा संशोधन प्रस्ताव गरेको छ । त्यस्तै,बैठकमा तेश्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गरेका थिए । प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाहरूको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ । लगानी सम्मेलनसम्बन्धी समग्र तयारीबारे लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विस्तृत प्रस्तुतीकरण गरेका थिए । बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाई उद्योग, वाणिज्य तथा आपूर्तिस कृषि तथा पशुपंक्षी विकास संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहरी विकासस वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, अर्थ मन्त्रालयका सल्लाहकार, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका छाता संगठनहरू– नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा. महत
उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्। उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उहाँले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे। सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा। महतको भनाइ थियो । “व्यवस्थापनमा ध्यान दिनुपर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीबोध गर्नुपर्यो । कसैले पनि जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भएको हो । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ”, उनले भने । निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएका उल्लेख गर्दै मन्त्री डा.महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताए । उनले भने, “निजीक्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।” उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा रु। ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु। एक अर्बको सावाँब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा रु। ७५ करोडको दायित्व रहेको मन्त्री डा.महतले बताए । उनले भने, “सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यावसायिकतालाई हामीले महत्व दिएनौँ । व्यवस्थापनको नेतृत्व पनि कमजोर भयो, श्रमिकले आफ्नो जिम्मेवारी पूरा गरेनन्, सुविधा मात्र माग गर्नमा जोड दिए । त्यही कारणले उद्योगको अहिलेको अवस्था आएको हो ।” कोभिड–१९ भन्दा अगाडिदेखि नै समस्या थपिँदै आएका मन्त्री डा. महतको भनाइ थियो । “महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता देखिएन । यसैले सफलता प्राप्त गर्न सकिएन”, उनले भने– “उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले लगानी गर्यो, मित्रराष्ट्रहरुको पनि सहयोग रह्यो । यसलाई निरन्तरता दिन जरुरी छ ।” व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने मन्त्री डा। महतको भनाइ थियो । उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको उनले बताए । उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरे सरकारले सहयोग गर्ने मन्त्री डा.महतले बताए। काममा व्यावसायिकता देखिनुपर्ने भन्दै मन्त्री डा.महतले भने, “प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबर्जस्ती बचाउन सकिँदैन । यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनुपर्छ । अनि मात्र सरकारले हेर्छ ।” रासस
युक्रेनमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु
एजेन्सी । पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । उनले भने, हामी अहिले शहरमा घाइते र मृतकको संख्या निर्धारण गर्न काम गरिरहेका छौँ। यो शहरको केन्द्र हो। यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए, । अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ। हड्ताल सुरू भएलगत्तै आकस्मिक सेवाहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई सहयोग गरेका थिए। सन् २०२२ फेब्रुअरी, २४ मा सुरू भएको रुस–युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ।
जन्मसिद्धका सन्तानलाई सरकारले आजदेखि नागरिकता वितरण गर्ने
काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति पैदा भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै सो ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय बारा, सर्लाही, बाँके, बर्दिया, रौतहट, पर्सा, सर्लाही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सिरहालगायतले ऐनबमोजिम नागरिकता लिन संलग्न गर्नुपर्ने कागजात उल्लेख गरी, नागरिकताका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस गरी पठाउन शुक्रबार नै सार्वजनिक आग्रह गरेको थियो ।
आजको मौसम : न्यून चापिय प्रणालीको प्रभाव, यस्तो रहनेछ देशभरको मौसम
काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो भने देशभर सामान्य देखि पुर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।राती भने कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य दखि पुर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार आयोजित शपथ समारोहमा आयोगका सदस्य तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो । महिला सदस्यको रूपमा ढुङ्गानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुङ्गाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेत्री हुन् । यूनडिपीमा समेत काम गरेको अनुभव भएका ढुङ्गानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । यसअघि आयोगको सदस्यहरूमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भएका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् । यसअघि नियुक्त भएका सदस्यहरुमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा.राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।
सत्ता गठबन्धनको बैठक, आगामी आर्थिक वर्षको बजेटबारे छलफल
काठमाडौं । संसदमा आइतबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसद्को बजेट अधिवेशन, बजेटमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार बजेट अधिवेशनमा सांसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो । प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको पनि बताए । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सत्तारुढ दलहरूले सरकारसँग प्रस्ट बहुमत रहेकाले विश्वासको मत लिइरहनु नपर्ने तर्क गरेका छन् । बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको उनले बताए । पाण्डेले भने वैठकमा नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने र समिति पनि बनाउने भन्ने विषयमा छलफल भयो । बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको समस्या कसरी हल गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।
नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि
काठमाडौं । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।
माओवादी केन्द्र दाङको इन्चार्जमा आचार्य
दाङ । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बसेको प्रदेश बैठकले खाली रहेका जिल्लामा इन्चार्ज तोकेको छ ।
सिरिया जेलमा भएको आक्रमणमा १२० बढीको मृत्यु
सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ। अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो। हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ। जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल पनि रहेका छन्। यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो। युद्धमा थप सात जना आम नागरिक मारिएका छन्। जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ।