काभा महिला भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ः ३० बजे सुरु हुनेछ ।
कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो। अर्को सेमिफाइनलमा भारतसँग उज्वेकिस्तान सोझो सेटमा पराजित भयो। सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।
काभा महिला भलिबलको उपाधिका लागि भने भारत र कजाकस्तान अपराह्न ४ बजे भिड्नेछन्। प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।
झापालीहरू पढ्न र परीक्षा दिन मन गर्दैनथे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताएका छन् । उनले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउँदै विश्वासघातीहरू जहिले र जहाँ पनि हुने गरेको बताए । ‘अदालतले पार्टी फुटाएको हैन, पार्टी दर्ता गर्न जानुपर्ने बेला नगएर पार्टी दर्ता नभएको हो’, ओलीले भने । प्रधानमन्त्री निवास बालुवाटारमा ऐतिहासिक बर्रे संघर्षका क्रममा लामो समय कारागर बसेका अर्घाखाँचीका क्रान्तिकारी बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा १३ वर्ष’ कृति लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अग्रजहरूले गरेका दुःखकष्ट बिर्सन नहुने विचार व्यक्त गरे । उनले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरुलाई उज्यालो दिने व्यक्तित्व भएको बताए । कारागार संगतका क्रममा आफूले रायमाझीलाई अध्ययनशील पाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बुद्धिबहादुर, नारद भारद्वाज, वेदुराम भुसाल र प्रभाकृष्ण पौडेलजस्ता केही साथी जेलमा पढ्नभयो र निस्कने बेला ज्ञानको खजाना लिएर निस्कनुभयो ।’ कारावासका अनेकौँ अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘जेलमा संख्यामा झापालीहरू बढी र बर्रे संघर्षका साथीहरू कम थिए, झापालीहरू पढ्नु र अझ परीक्षा दिनुलाई बुर्जुवा शिक्षामा मोह राखेको भनेर पढ्न मन गर्दैनथे तर बर्रे संघर्षका साथीहरू पढ्नमा विश्वास गर्थे । नारद वाग्ले र वेदुरामले पिएचडी नै गर्नुभयो । अहिले पनि राम्रो अंग्रेजीका लागि प्रभाकृष्णलाई सम्झिइन्छ ।’ रायमाझीको प्रस्तुत संस्मरणमा उनले कारागार जीवनमा आर्जन गरेको ज्ञान प्रतिविम्बन भएको जनाउँदै प्रधानमन्त्री ओलीले ती निबन्धमा पर्याप्त मात्रामा विम्ब, प्रतीक तथा अभिव्यञ्जना रहेको बताए । दृष्टान्तका लागि ओलीले बुद्धिबहादुरले नाम दिएको ‘काठमाडौंँको लोकप्रिय मासु’ को उल्लेख गर्दै उनले भने, यसमा एक जनावरविशेषको चित्र उपस्थित भइहाल्छ, साहित्यलाई प्रभावशाली बनाउन यस्ता विम्ब र प्रतीकको महत्वपूर्ण भूमिका हुन्छ ।’ ‘कोहीकोही नेता किन छोटो अवधिमै छुट्छ, कोही कार्यकर्ता किन वर्षौसम्म जेलमा बस्नुपर्छरु किनभने निस्कने ढोका सानो हुन्छ र नेता निहुरिएर त्यस ढोकाबाट बाहिरिन्छ, कार्यकर्ता निहुरिन नमानेर जेलमै बस्छ’, विश्वासघाती नेताहरूको चरित्र बताउँदै उनले भने, ‘कार्यकर्ताले त नेताबाट स्नेहको अपेक्षा गर्छन् ।’ ओलीले त्यागी र संघर्षशील नेताकार्यकर्ताका भुक्तभोगी परिवारलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूले चित्त बुझाउनुस्, त्यो त्याग हो, लगानी होइन । त्यागले लगानीको जस्तो प्रतिफल खोज्दैन । त्यो देश र समाजले हासिल गरेको उपलब्धिमा प्रतिविम्बित हुन्छ । तपाईंहरूले यसरी चित्त बुझाउनुपर्छ ।’
काठमाडौंमा सबै विद्यालयलाई पूर्णरुपमा सञ्चालन गर्न अनुमति
दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनीयरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इञ्जिनीयरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो । अनुमति दिइएका विद्यालयलाई कामपाले रु ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी वडा नं २६ सामाखुशीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेशन फाउन्डेशन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने निणय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।
कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित
काठमाडौंः विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । डा .सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ । यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । रासस
नेकपाबाट मालारानी-३ का खनाल सर्वसम्मत सिफारिस
काठमाडौंः मालारानी गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसम्मत सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपाको वडा कमिटी बैठकले खनाललाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । यस वडाका तत्कालिन अध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा परी निधन भएको थियो । गत मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत पुसमा निधन भएको थियो । नेकपाले वडा अध्यक्षको नाम टुंगो लगाएपनि कांग्रेस लगाएत अन्य दलले भने अझै उम्मेदवारको नाम टुंगो लगाएका छैनन् । मंसिर १४ गते यस वडामा उपनिर्वाचन हुँदै छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली
काठमाडौंः धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्ले(नार्क) गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
शनि विश्वकर्माले जिते नेपाल लोक स्टारको उपाधि, प्राप्त गरे ५० लाख
काठमाडौंः आइएमई नेपाल लोक स्टारको उपाधि शनि विश्वकर्माले जितेका छन् । जितसँगै उनले ५० लाख पुरस्कार प्राप्त गरेका छन् । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्न सफल भएका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पाए । विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरे । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रशारण भएकाे थियाे । पहिलो नेपाल लोक स्टारमा मुख्य निर्णयकमा जयनन्द लामा, राजमजी खाँण, बिबि अनुरागी र सुनिता दुलाल रहेका थिए । नेपाल लोक स्टारको अडिसन धनगढीमा फागुन १६, सुर्खेतमा फागुन २२, बुटवलमा फागुन २८, पोखरामा चैत्र ४, काठमाडौंमा चैत २२ र विराटनगरमा चैत्र ११ गते अडिसन भएको थियो । यो रियालिटी ‘शो’ चाहना मिडिया प्रा.लिले आयोजना गरेको हो ।
नर्वे सरकार द्धारा महाभूकम्पमा क्षति भएका २४ विद्यालय निर्माणमा ८० करोड सहयोग
काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेका २४ वटा शैक्षिक संस्था निर्माणका लागि नर्वे सरकारबाट करिब ८० करोड रुपैयाँभन्दा बढी सहयोग आउने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वे्जियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपीएस) बीच ती विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको हो । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने भएका छन् । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक÷एक वटा विद्यालय पुनर्निर्माण हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय र खानेपानीको सुविधा हुने बताइएको छ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । ती विद्यालय १४ मंसिर २०७८ सम्ममा बनिसक्नुपर्नेछ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नर्वे्जियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसे र यूनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
आइतबार ३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार ३ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज दोलखा, रौतहट र बारा जिल्लाको नतिजा प्रकाशित गरेको हो । दोलखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
सुदूरपश्चिममा ४.४ रेक्टर स्केलको भूकम्प
कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल–भारत सीमा क्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला,बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पवाट क्षति कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।
दक्षिण अफ्रिका विरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा
काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टेस्ट सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । विराट कोहलीको कप्तानीमा २ अक्टुबरदेखि हुने तीन खेलको सिरिजका लागि आज टिम घोषणा गरिएको हो । यो सिरिजमा केएल राहूल टिममा अटाउन असफल भएका छन् । उनको स्थानमा रोहित शर्मालाई स्थान दिइएको छ । र, उनले मयंक अग्रवालसँग ओपनिङ गर्ने छन् । यस्तै शानदार प्रदर्शन गरिरहेका २० वर्षीय युवा क्रिकेटर शुभमन गिलले पहिलोपटक टेस्टमा मौका पाएका छन् । विकेटकीपरका रुपमा ऋषभ पन्त र ऋद्धिमान शाहालाई टिममा समावेश गरिएको छ । हेर्नुस् दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेल्ने भारतीय टिम– विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, ऋषभ पन्त, ऋद्धिमान शाहा, आर अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रीत बुमराह, ईशान्त शर्मा, शुभमन गिल । दक्षिण अफ्रिका-भारतबीचको पहिलो टेस्ट खेल भारतको विशखापट्नममा हुनेछ । दोस्रो खेल पूणे र तेस्रो म्याच १९ अक्टुबरमा राँचीमा हुँदैछ ।
बिहीबार ७ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले बिहीबार थप ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, कैलाली, बाजुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । योसँगै सुदूरपश्चिम क्षेत्रको९ वटै जिल्लाको प्रा.वि नतिजा सार्वजनिक भएको छ । अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले हानी गर्छः अध्ययन
काठमाडौं । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोररकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थमा प्रकाशित छ। अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन्। सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ। सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ। युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनर भन्छन्, ‘सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन्।’ युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ। सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स-एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन। सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन्। सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको गर्ने तथ्याङ्ककमा देखाएको छ । स्वास्थ्य खबरपत्रिकाबाट साभार
शौचालयमा यौनजन्य गतिविधि बढेपछि रोक्न यस्तो पहल
काठमाडौँ । वेल्सको पोर्थकल भन्ने सहरमा शौचालयमा हुने यौन हिंसा रोक्न विशेष पहल गरिने भएको छ । संयुक्त अधिराज्यको दक्षिणवर्ती समुद्रीसीमामा रहेको यस सहरमा सार्वजनिक शौचालयमा हुनसक्ने यौनजन्य हिंसा र यौन क्रियाकलाप रोक्न दुई लाख डलरभन्दा पनि ठुलो धनराशी खर्च गरिने भएको छ । सीएनएनले जनाए अनुसार त्यहाँको स्थानीय प्रशासनले शौचालयहरूलाई सुरक्षित बनाउन र त्यहाँ हुनसक्ने कुनै पनि यौनजन्य अप्रिय गतिविधि रोक्न यस्तो कदम उठाउन लागेको हो । सुरक्षा अलार्म र पानीको फोहरा प्रशासनले शौचालयहरूभित्र कुनै पनि यौनजन्य हिंसाको सम्भावना हुनसाथ सुरक्षा लार्म बज्ने व्यवस्था गर्न लागेको छ । त्यसका साथै यस्तो समयमा शौचालयभित्र रहेको स्वचालित पानीको फोहरा आफैं खेल्ने र ढोका आफैं खुल्ने बताइएको छ । शौचालयभित्र असुरक्षाको स्थितिमा चर्को आवाज आउने अलार्म राखिनेछ जसले गर्दा नजिकै तैनाथ सुरक्षाकर्मीलाई त्यहाँ पुग्न सजिलो होस् । त्यस्तै शौचालयभित्र ‘वेट सेन्सर’ राखिनेछ यसले एक समयमा एकजनाले मात्र शौचालय प्रयोग गर्न सुनिश्चित गर्नेछ लामो समय ढोका बन्द रहेमा पनि अलार्म बज्ने शौचालयभित्र यौन हिंसा नहोस भन्नका लागि स्थानीय प्रशासनले लामो समय शौचालयको ढोका नखुलेको खण्डमा पनि अलार्म बज्ने व्यवस्था गर्न लागेको छ । यसका साथै शौचालयमा पानी र विद्युत आपूर्ति समेत स्वचालित रूपले बन्द हुने समेत व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासनका अनुसार केही व्यक्तिले शौचालयमा सुत्ने गरेकोले यस्ता काम उठाइएको हो । यसका साथै शौचालयहरूमा धुम्रपान रोक्न समेत उचित कदम चालिने भएको छ । केही सुरक्षा उपायहरू आलोचित नगरका प्रमुख काउन्सलर माइक क्लार्कले शौचालाय्हरूको अवस्थामा सुधार ल्याउन यी सबै कदम चालिन लागेको बताएका छन् । उनले यस्ता पप्रावधानले शौचालयहरू अझै सुरक्षित हुने बताएका छन् । केही व्यक्तिले भने धेरै जसो सुरक्षाव्यवस्थाहरूको आलोचना गरेका छन् । उनीहरूको भनाइमा केही धेरै थाकेका व्यक्तिले एक छिन् निदाउन शौचालयको रयोग गर्न सक्छन् यतोमा प्रविधिको प्रयोग गरेर यसमाथि रोक लगाउन खोज्नु उनीहरूमाथि प्रताडना सरह हो ।
आज दुई ग्रहको राशि परिवर्तन हुँदै, मेष, कर्कटको सबैभन्दा राम्रो, थाहा पाउनुस् अन्य राशीमा प्रभाव
राशीफल र ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुका लागि आज हुने ग्रहहरुको परिवर्तनले विशेष प्रभाव राख्ने देखिन्छ । पढनुस तपाईको राशीमा के कस्तो परिवर्तन हुँदैछ । आज साँझ चन्दं्रमा शुक्रको राशी वृषमा आउँदैछ । जबकि शुक्र बृष राशीबाट मिथुनमा पुगिसकेका छन् । ग्रहहरुको यो परिवर्तनबाट तपाईको जीवनमा के असर पर्छ त ? मेष मेश राशीले आज धन निवेश गर्न सक्नुहुन्छ । आर्थिक योजनाका लागि पनि शुभ दिन छ । निर्धारित कार्य पुरा हुनेछन् । परिवारमा सुख शान्तिको वातावरण बन्ने छ । यात्रा लाभप्रद रहनेछ । तपाईको पराक्रममा बृद्धि हुने योग छ । आज गरिएका कार्यहरु सफल हुने योग छन् । आशा अनुरुप लाभ पनि हुनेछ । कार्यक्षेत्रमा अधिकारी वर्गको सहयोग पाइनेछ । बिरोधी निर्बल रहनेछन् । भाग्य ९२ प्रतिशत सम्म साथ दिने छ । बृषभः प्रिय बस्तु प्राप्ति र धनको लाभ हुनेछ । मानसम्मान बढेगा । पारिवारिक वातावरणमा सुधार हुनेछ । व्यवहारिक कार्यमा पुरा गर्नका लागि आजको दिन शुभ हुनेछ । लामो समयदेखि जुन काममा तपाई लाग्नु भएको थियो । आज तपाईको प्रयासले सफलता पाउने संयोग जुटेको छ । नयाँ अवसर पनि पाइन सक्छ । परिवार सहित मित्रजनको सहयोग मिल्नेछ । आज भाग्य ८० प्रतिशत साथ दिने छ । मिथुन मनको एकाग्रता कम हुँदा बेचैनी हुन सक्छ । शारीरिकरुपमा शिथिलताको अनुभूति हुने सम्भावना छ । धन निवेश सोच विचार गरी गर्नुहोला । अत्यधिक खर्चबाट जोगिनुस । आज मन अशान्त रहन सक्छ । मानसिक उल्झनका कारण किसी काममा मन लाग्दैनथे । तनावका कारण मन खराब हुन सक्छ । योग गरेर तनावमा केही कमी ल्याउन सक्नुहुन्छ । बाहन सावधानीपूर्वक चलाए । स्वास्थ्य प्रति सावधानी अपनाउनुस । भाग्य ५८ प्रतिशत साथ दिने छ । कर्कट माता लक्ष्मीको कृपादृष्टि तपाईमाथि हुनेछ । उच्च अधिकारीहरुको शुभ दृष्टि पनि तपाईको कार्यक्षेत्रमा बन्ने छ । व्यवसायमा कार्य सफलता तथा मित्रहरुबाट लाभ प्राप्त हुने छ । रोकिएको धन पाइने छ । प्रयास गर्दा सबै काम सफल हुनेछन् । धन लाभ हुँदा यश मान सम्मानमा बृद्धिको योग बनेको छ । आज तपाई प्रसन्नताको अनुभूति गर्नुहुनेछ । प्रेम सम्बन्धमा मधुरता आउने छ । कुनै रोमान्टिक स्थानमा जाँदा राम्रो । भाग्य सत प्रतिशत साथ दिने छ । सिंह मनमा प्रसन्नता र शरीरमा स्फूर्तिको अनुभूति हुने छ । मान प्रतिष्ठा र उच्च पदको प्राप्ति सम्भव छ । काममा दिनभर व्यस्ता हुनुपर्नेछ । तर काम बन्ने भएकोले खुशी पाइनेछ । तपाईले बनाएका नयाँ सम्पर्कले लाभ दिनेछन् । जोखिमपूर्ण काममा रुचि बढने र महिला वर्गको सहयोगबाट लाभ हुने देखिन्छ । स्वास्थ्यको भने विचार गर्नुहोला । कुनै मांगलिक कार्यमा जान सक्नुहुन्छ । भाग्य ८७ प्रशित साथ दिने छ । कन्या सबै काममा तपाई आफ्नो भाग्यको सहयोग प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा रुचि बढला । यात्रा सुखद रहनेछ । उन्नतीको समाचार मिलेगा । पुरस्कार अथवा भेट पाउँदा हर्षको अनुभूति हुने छ। पारिवारिक वातावरण सामान्य रहला । बुवासँग सम्बन्ध राम्रो होला । परिवारमा स्त्री वर्गलाई विशेष सम्मान गर्नुहोला । लाभ पाइन सक्छ । आज भाग्य ८५ प्रतिशत साथ दिनेछ । तुला दिनको प्रारम्भव मानसिक तनावबाट हुनसक्छ । मनलाई शान्त राख्दा नै फाइदा होला । वाहन सावधानीपूर्वक चलाउनुहोस् । स्वास्थ्यप्रति विशेष सावधानी आवश्यक छ । कार्यमा बाधाको योग बनेको देखिन्छ । मनोबल कमजोर हुनसक्छ । तर यो अवस्था सधैं रहन्न । धैयबाट काम लिनुस र आउने कठिनाईसँग उच्च मनोबलले लडने साहस बनाउनुस । भाग्य ५५ प्रतिशत साथ दिने छ । वृश्चिक जीवनसाथीसँगको व्यवहार निकै मधुरतापूर्ण रहनेछ । मित्रहरुसँग यात्रामा जाँदा यादगार समय रहनेछ । भाई र स्नेहजनसँग राम्रो सम्बन्ध होला । जिम्मेवारी बढने दृेखिन्छ । खर्च बढने तर सुख समृद्धि पाइने योग छ । गुप्त शत्रुले दुख दिने सम्भावना भएकोले सावधान रहने आवश्यकता छ । खर्चमा नियन्त्रण गर्नुहोला । भाग्य ६८ प्रतिशत साथ दि ने छ । धनु मान सम्मानमा बृद्धि हुनेछ । प्रतिष्पर्धिमाथि विजय प्राप्त होला । अचानक कुनै शुभ समाचार पाइन सक्छ । धन लाभ हुने योग छ । अल्प प्रयासबाट यश पाइने र कुनै प्रियजनसँग भेट हुन सक्छ । सन्तान हुनेले सन्तानसँग समय बिताउँदा राम्रो । भाग्यले ९२ प्रतिशत साथ दिने छ । मकर मन सिर्जनात्मक प्रवृत्तितर्फ आकर्षित हुने छ। स्वभावमा प्रेम भावको बृद्धि हुने छ । विद्यार्थीका लागि आजको दिन शुभ छ । बिरोधी परास्त हुने छ। व्यवहार कुशल र शान्त रहेर गर्दाै अवसरको लाभ उठाउनु सक्नुहुन्छ । उन्नतीको मौका छ । आज शान्तपूर्वक बस्नुस र गरिबलाई केही बस्त्र दान गर्नुस । भाग्य ७७ प्रतिशत तपाईको साथमा छ । कुम्भ कुनै वादविवादमा नपर्नुस् । घरमा आमा या कुनै बयोबृद्द महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ला । साझेदारीमा लाभ नपाईने संकेत देखिन्छ । आफ्नै पनि पराई जस्तो व्यवहार गर्न सक्छन् । शारीरिक अस्वस्थता सम्भव छ । विवादबाट जोगिनुस । वाणीमा संयम राख्नुस् । भाग्य ४५ प्रतिशत साथ दिनेछ । मीन पराक्रममा बृद्धिको योग छ । उत्साहमा पनि बृद्धि होला । बुजुर्ग र मित्रहरुबाट लाभको अपेक्षा राख्न सकिएला । साझेदारीको व्यापार या मित्रबाट लाभको योग छ । अन्जान व्यक्तिबाट सहयोग पाइन सक्छ । जीवनसाथीसँगको मनमुटाव कम हुने योग छ । भाग्य ८५ प्रतिशत साथ दिने छ । –ज्योतिषाचार्य आशुतोष वार्ष्णेयले दैनिक भाष्करमा लेख्नुभएको भविष्यफल एभरेष्टदैनिकका लागि अनुवाद गरि साभार गरिएको हो ।
कसरी शान्त पार्ने रिस? जान्नुहोस् सरल उपाय
काठमाडौं । रिस एउटा सामान्य भावना हो। यद्यपी रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन्। झैझगडा, द्वन्द्व, कलह, आक्रमण, हत्या जस्ता गम्भीर समस्या पनि रिसकै कारणले हुन्छन्। रिसलाई नियन्त्रण गर्न नसकेपछि मानिस जे पनि गर्न उद्यत हुन्छ। र, पछि गएर पश्चाताप गर्नुपर्ने हुन्छ। रिस शान्त गर्न १० देखि उल्टो संख्यामा गन्नुहोस्। यदि धेरै रिस उठेको छ भने १०० बाट उल्टो गन्न सकिन्छ। यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वत रिस नियन्त्रण हुन्छ। लामो र गहिरो सास लिनुहोस्। जति छिटो सास फेर्यो त्यति मात्रामा रिस वढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ। यताउता हिँड्नुहोस्। एक्सरसाईजनले मांसपेशीमा चाल उत्पन्न हुन्छ। जसले गर्दा विस्तारै रिस कम हुँदै जान्छ। गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस्। जसले योगको काम गर्छ। जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो। शान्त ठाउँमा गएर बस्नुहोस्। आँखा बन्द गरेर मनपर्ने दृश्यहरु कल्पना गर्नुहोस्। सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एकछिन आराम गरेर कल्पना गर्न सकिन्छ। यसले पनि रिस नियन्त्रण गर्छ। रिस कम गर्न संगित सुन्न सकिन्छ। कतै शान्त ठाउँमा घुम्दा पनि रिस नियन्त्रण हुन्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।