इजरायलले गाजामा सहायता वितरणमा ठुलो अवरोध खडा गर्यो : गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् । इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् ।
गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरु गर्न आवश्यक रहेको बताए ।
करिव १९ लाख मानिस–गाजाको जनसङ्ख्याको ८५ प्रतिशत–आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
The way Israel is conducting this offensive is creating massive obstacles to the distribution of humanitarian aid inside Gaza.
An effective aid operation in Gaza requires security; staff who can work in safety; logistical capacity; and the resumption of commercial activity.
— António Guterres (@antonioguterres) December 23, 2023
नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत हो : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्ने हावा नफैलाउन आग्रह गरेका छन् । आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवमा मन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएर केही चुनौती रहेको बताए । नेपालको मिश्रित खालको अर्थतन्त्र भएको भन्दै चुनौतीमा छलफल हुनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रका सूचकांक सुधार उन्मुख छन् । हाम्रो अर्थतन्त्र संकटमा छैन,’उनले भने, ‘राजस्व उठ्न केही कमी भएको छ । यसलाई सुधार गर्नु छ । विकास निर्माणका काम घटेका कारण केही चुनौती आएको हो ।’ त्यस्तै, निजी क्षेत्रलाई साथमा लिएर यी चुनौतीको समाधान गर्नुपर्ने उनले बताए । ‘हामीले निजी क्षेत्रका कुरा सुनेका छौँ । तर, अर्थतन्त्र संकटमा छ भनेर अर्थशास्त्री र व्यवसायीले नभन्दिनुस्,’मन्त्री शर्माले भने ।
जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५७औंं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।आज सोमबार २१ मार्चमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको उल्लेख गर्दै २१ औं शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्र सङ्घको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानूनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्धि तथा प्रतिज्ञापत्रहरूको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व हुने बताए । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उनले तिनै विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरू भएको बताए। “आज मुलुकमा जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुव्र्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने स्थिति निर्माण भएको छ । यी कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री देउवाले भनेका छन् । उनले आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरण गराएका छन् । विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो । आज दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायहरूको व्यवस्था भइसकेको छ । दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेदलगायतका विभिन्न व्यवस्था गरिएको उनले अवगत गराएका छन् । प्रधानमन्त्री देउवाले यी कानुनी व्यवस्था तथा संरचनाहरूलाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्न सबैमा आग्रह गरेका छन् । उनले मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सबैलाई दिवसले अभिप्रेरणा दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
आज एमालेकाे जिल्ला अधिवेशन हुँदै, अधिकांश जिल्लामा चर्काे विवाद
काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । जिल्ला अधिवेशनका लागि सबै तयारी पूरा भएकाे एमालेले जनाएकाे छ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले भरसक सहमतिमै नेतृत्व चयन गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । तर अधिकांश जिल्लामा चर्काे विवाद देखिएकाे छ । केपी ओलि पक्षकै कतिपय समूह, माधव नेपालसँग नगएकाे समूह र पुर्व माओवादीबीच चर्काे विवाद देखिएकाे हाे । चिसोको कारण केही हिमाली जिल्लामा भने आज अधिवेशन नहुने भएको छ । यसैगरि प्रदेश २ का केही जिल्लामा सदस्यता विवाद रहेकोले ती जिल्लाहरुमा पनि आज अधिवेशन हुनेछैन । जिल्ला अधिवेशनपछि एमोलले आगामी माघ ८ गते प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।
एमाले नेता रामबहादुर थापा ‘बादल’ले रोचक चुटकिला सुनाएपछि…
काठमाडौं । बिहिबारका दिन नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका नेता रामबहादुर थापा बादलले बाग्मती प्रदेश इन्चार्जको सम्मान पाए । तत्कालिन माओवादी केन्द्रमा छँदा प्रचण्डपछि तेश्रो बरियतामा रहेका बादलले प्रदेश इन्चार्जको पद पाउन हम्मेहम्मे नै गर्नुपर्यो । उनलाई इन्चार्जको रुपमा मञ्चमा बोलाउन उदघोषकलाई प्रशिक्षित गरिएको थियो । कार्यक्रमअघि छलफलपछि मात्रै बादललाई इन्चार्जको रुपमा बोलाउने निर्णय भएको थियो । एमाले जेठ २ गतेमा फर्किएपछि स्वभाविकरुपमा अष्टलक्ष्मी शाक्य प्रदेश इन्चार्ज हुन । तर मध्यपन्थीहरुसँग दश बुँदे सहमति अघि नै अध्यक्ष ओलीले रामबहादुर थापाको योगदानको कदर गर्दै उनलाई प्रदेश इन्चार्ज बनाएका थिए । दशवर्षे युद्धमा प्रचण्डको समेत पर्यायवाची बनेका बादललाई पार्टीको माथिल्लो वरियतामा राखेर इश्वर पोखरेलदेखि आफ्ना अरु खास नेताहरुको समकक्षीमा राख्न ओलीले चाहने कुरा थिएन । प्रचण्डविरुद्ध बादलहरुलाई उपयोग गर्ने काम भइसकेको थियो । त्यसैले बादललाई प्रदेश इन्चार्जमा थन्क्याइएको थियो । तर दश बुँदेले बादल त्यहाँबाट पनि हटने अवस्था आएपछि बिहिबारको कार्यक्रममा उदघोषकलाई निर्देशन नै दिएर बादललाई इन्चार्ज भनेर मन्चमा बोलाउन भनिएको थियो । जे होस, बादलले इन्चार्जको उदघोषणसँगै मन्चमा आसन जमाए । अनि बादलको भाषण गर्ने पालो आयो । उनी माइकनेर उभिए । उनका अगाडि एमाले पंक्ति थियो । माओवादीप्रति असहिष्णु पंक्ति, माओवादी हत्यारा नै हुन भन्ने पंक्ति । र, तिनका अगाडि त्यही माओवादी र त्यही हत्यारा भनिने जनयुद्धकालका नायक बादल । अनि बादलले एउटा मज्जाको चुटकिला सुनाए । उनले सुनाएको चुटकिला थियोः ओली नेतृत्वको एमाले क्रान्तिकारी पार्टी हो । यसमा दुईवर्षदेखि दक्षिणपन्थी, पूँजिवादीहरुले कब्जा गर्न खोजे । अन्तमा दक्षिणपन्थीहरु पार्टीबाट बाहिरिए । चुटकिला यतिमा मात्रै रोकिएन । उनले प्रचण्डको नाम लिँदै भने, प्रचण्ड दक्षिणपन्थीसँग मिसिए । अब क्रान्तिकारी समाजवादी धार ओलीले प्रतिनिधित्व गरेका छन् । यो चुटकिलालाई बिट मार्दै उनले भने, अब एमाले वर्गसंघर्षको माध्यमबाट क्रान्तिकारी पार्टीको रुपमा उदाउँछ । इतिहासले गर्ने कतिपय मजाकहरुमा यो पछिल्लो समयको उत्कृष्ट मजाक थियो भन्न सकिन्छ । बादशाहको लुगा भन्ने कथा बादलले पक्कै पढे होलान् । कम्तिमा उनमा देखिएको यो विचलन अहिले चौतर्फी प्रहसनको विषय बनेको छ । अहिले सामाजिक सञ्जालमा बादलको यही चुटकिलाको चर्चा चलेको छ । अरे, एमाले पो क्रान्तिकारी, प्रचण्डहरु त दक्षिणपन्थी रे, हाहाहा । आदि इत्यादी । सत्तामा छँदा दलाल पूँजिवादको स्वार्थमा एकपछि अर्को निर्णय गर्दै एकाधिकारवाद लागु गर्ने ओली क्रान्तिकारी रे । अनि ओलीको प्रतिगमन र संविधानविरोधी कदमविरुद्ध सिँगो मिडिया र राजनीतिक दलहरु उभिनु चाहिँ दक्षिणपन्थी रे । जे होस्, बादलका यस्ता चुटकिला भविष्यमा पनि देखिँदै जानेछन् । त्यसो त प्वाँख पलाएपछि कमिलाले पनि मर्नुअघि उड्ने अन्तिम कसरत गर्छ नै ।
कैलास गिरीको नेतृत्वमा अखिल क्रान्तिकारीको कञ्चनपुर जिल्ला कार्यसमिति चयन
महेन्द्रनगर । अखिल क्रान्तिकारीको १३ औं जिल्ला सम्मेलनले कैलास गिरिको नेतृत्वमा ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । आज सम्पन्न १३ औं जिल्ला सम्मेलनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेश केन्द्रीय सदस्य तथा इन्चार्ज देवीलाल चौधरी, प्रदेश कमिटी सदस्यहरु ओमबिक्रम भाट, लोकेन्द्र ऐरी, टिकेन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो । सम्मेलनबाट चयन भएको कार्यसमितिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन । अखिल ९क्रान्तिकारी० कंचनपुरको १३ औं जिल्ला सम्मेलन ३कैलाश)गिरि लाई अध्यक्ष निर्वाचित गर्दै सभ्य र भब्य रुपमा सप्पन्न। सम्मेलन बाट निर्वाचित १३ सदस्यीय कार्यालय र ६५ सदस्यीय जिल्ला समितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना।
क्रान्तिकारीकाे २२ औं राष्ट्रिय सम्मेलन असोज ८-१० गते हुने, ११ उपसमिति गठन
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन असोज ८,९ र १० गते काठमाडौंमा हुने भएकाे छ । संगठनले आज पत्रकार सम्मेलन गर्दै सम्मेलन तयारिका बारेमा जानकारि दिएकाे हाे । सम्मेलन तयारिका लागि ११ ओटा उपसमित समेत गठन गरिएका छन् । सम्मेलनमा वितरित विज्ञप्तिका अनुसार, गत २९ गते बसेकाे केन्द्रीय समितिको पुर्ण वैठकले सम्मेलनकाे तयारिका लागि आवश्यक निर्णय गरिएकाे थियाे । यस्ता छन् निर्णयहरु १) २२औं राष्ट्रिय सम्मेलन (क) अनेरास्ववियू (क्रान्तिकारी ) को २२ औं राष्ट्रिय सम्मेलन यहि २०७८ असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ। (ख) राष्ट्रिय सम्मेलनको मुल नारा निम्न अनुसार रहनेछ : शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन (ग ) वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरुको जिम्मेवारी यथावत रहनेछ । (घ) सम्मेलन तयारीको सन्दर्भमा संगठनात्मक काम — भाद्र १५ गते सम्ममा – इकाई , क्याम्पस, पालिका भेला/सम्मेलन गरिसक्ने — भाद्र २५ गते सम्ममा – जिल्लाहरुको भेला / सम्मेलन गरिसक्ने — भाद्र २५ देखि असोज १ गतेसम्ममा – प्रदेश भेला /सम्मेलन गरिसक्ने — सबै तहका भेला /सम्मेलनहरु सहमतिका आधारमा गरिनेछ । — संगठनको विधानलाई थप ब्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिनेछ। च) राजनीतिक / वैचारिक काम — ‘जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धि र समाजवादी शिक्षा प्राप्तिको मार्गचित्र ‘ विषयक विशेष वहस कार्यक्रम गरिनेछ। — ‘वदलिंदो परिस्थितिमा विद्यार्थी आन्दोलनको कार्यदिशा ‘ विषयक विशेष बहस कार्यक्रम गरिनेछ। — ‘ राष्ट्रिय स्वाधीनता र शिक्षामा राष्ट्रियता ‘ विषयक अन्तर्क्रिया गरिनेछ । (ङ) कोभिड कहरलाई मध्यनजर गर्दै यस राष्ट्रिय सम्मेलनमा आयोजक सहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ । गत २१ औं राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि सहभागी भएका थिए । (च) राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उपसमिति १) मुल ब्यवस्थापन समिति – संयोजक – रञ्जित तामाङ , सदस्यहरु – सिङ्गो केन्द्रीय समिति। २) प्रतिबेदन लेखन :- संयोजक – रञ्जित तामाङ , सदस्यहरु -कार्यालय सदस्यहरु। ३) बिधान मस्यौदा :-संयोजक – उत्तम अधिकारी, सदस्यहरु – लक्ष्मी जोशी , प्रबिणा अधिकारी ,पवन कार्की , गजेन्द्र देव , मदन भूल । ४) प्रचार प्रसार तथा प्रकाशन :- संयोजक – सुरेन्द्र बस्नेत, सदस्यहरु – जिपि मैनाली, क्षितिज सापकोटा । ५) आर्थिक ब्यवस्थापन:- संयोजक – पञ्चा सिंह , सदस्य हरु – दिपेश पुन , मिलन एमसि , केशव रावल । ६) अथिति ब्यवस्थापन :- संयोजक – दिपक देबकोटा,सदस्यहरु – आशा तमु , नरेश रेग्मी । ७) प्रतिनिधि छनौट तथा अभिलेखिकरण :- संयोजक – तिलकराज भण्डारी, सदस्यहरु – नारायण खनाल, सुर्यनारायण शाह , मदन भट्टराई । ८ ) मेस तथा मञ्च ब्यवस्थापन :- संयोजक – बिजय गौतम, सदस्यहरु – दिपक जोशी , अमरजंग शाही । ९) स्वयंसेवक :- संयोजक – ईन्द्र भुषाल, सदस्यहरु – तुकमान महरा, राजकुमार लिम्बु , सञ्जय कालधन । १०) स्वास्थ्य :- संयोजक – दिपेश पुन, सदस्यहरु – डा. अच्युत भट्ट, कल्पना मियां । ११) कार्यालय तथा प्राबिधिक :- संयोजक – रबिकिरण यादव, सदस्यहरु – कार्यालय टिम । छ ) समसामयिक विषयमा वैठकका अन्य निर्णयहरु: १.चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी मात्र उतीर्ण गराइएको हुँदा तत्काल पुन: प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरूलाई देश भित्रै अध्ययनको वातावरण बनाउन जोडदार माग गर्दछौं । २) मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले उठाएका न्यायपुर्ण मागहरुलाई सार्थक वार्तावाट हल गर्नुको सट्टा प्रहरी र भाडाका लठैत परिचालन गरी विद्यार्थीलाई निर्ममतापुर्वक दमन गर्ने हर्कतले सिमा नाघेको छ। विश्वविद्यालयलाई महिनौंसम्म अस्तब्यस्त वनाउने नालायक उपकुलपतिलाई तत्काल वर्खास्त गर्दै खुल्ला प्रतिस्पर्धाका आधारमा नयाँ उपकुलपति नियुक्त गरेर अविलम्ब समस्या समाधान गर्न जोडदार माग गर्दछौं । ३)विभिन्न इन्जिनियरिङ क्याम्पसहरूमा शुल्कवृद्धिको विरुद्धमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै कोरोनाको समयमा असुल गरिएको शुल्क घटाउन र अहिले बढाइएको शुल्क तत्काल फिर्ता गर्न माग गर्दछौं। यस्तै इञ्जिनियरिङ कलेजहरुको शुल्क निर्धारण आयोग गठन गरी देशभरका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गर्दछौं । ४) पूर्वाञ्चल विश्वविद्यालय लगायतका विश्वविद्यालयमा अपारदर्शी ढंगले मापदण्ड मिचेर सम्वन्धन दिने चलखेल भइरहेको पाइएकाले त्यसलाई तत्काल रोक्न जोडदार माग गर्दछौं । ५ ) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्न उपकुलपतिलाई बर्खास्त गर्दै खुल्ला प्रतिस्पर्धाको आधारमा नयाँ उपकुलपति नियुक्त गरेर अविलम्ब समस्या समाधान गर्न माग गर्दछौं। ६) विदेशी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरेका शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरी विद्यार्थीमाथि लुट मच्याईरहेका छन् । त्यस्ता कलेजमाथि कडा अनुगमन गरी कारवाही गर्न र अवैधानिक रुपमा खोलिएका शिक्षण संस्था तत्काल बन्द गर्न माग गर्दछौं । ७) त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनियरिङ, मेडिकल, बाणिज्य, कानून लगायतका विषयमा कोटा थप गर्न माग गर्दछौं । ८) कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृत्ति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाई उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाई छात्रवृत्ति सहज बनाउन माग गर्दछौं । ९) सीटीइभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्न र छात्रवृत्तिलाई थप ब्यवस्थित र पारदर्शी वनाउन माग गर्दछौं । रञ्जित तामाङ अध्यक्ष
हालसम्म कतिको भयो कोरोना परीक्षण? यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक
काठमाडौंः सरकारले सोमबारसम्म देशभरी साढे साढे ३३ हजार भन्दा बढीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) (यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा। देवकोटाले बताए । सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् ।
टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित
काठमाडौंः यही वर्षको जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले जानकारी दिएका छन् । यसअघि अष्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने सम्भावना निकै कम रहेको बताएका थिए । ‘आईओसीसँग भएको सूचनाका आधारमा भन्नुपर्दा ओलम्पिक खेल स्थगित गर्ने निर्णय भइसकेको छ,’ पाउन्डले अमेरिकी सञ्चारमाध्यम यूएसए टुडेसँग भनेका छन्, ‘अगाडि के हुन्छ भन्ने विषयमा केही निक्र्यौल भएको छैन । तर जुलाई २४ मा ओलम्पिक सुरु हुनेछैन, मैले जानेको यति हो,’ उनले भने । यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार साताभित्र ओलम्पिक खेलको भविष्यबारे निर्णय लिने जनाएको थियो । तर पाउन्डले यस विषयमा निर्णय भइसकेकाले चाडै आधिकारीक घोषणा आउने बताएका छन् ।
अक्षय कुमारको नाममा बनेका तीन कीर्तिमान, जो आजसम्म कसैले तोड्न सकेका छैनन्!
काठमाडौंः बलिउडका लोकप्रिय अभिनेता अक्षय कुमार उनलाई नचिन्ने सायदै होला । अक्षयले अभिनय गरेका केही चलचित्र ब्लकबस्टरको सूचीमा सूचिकृत छन । उनले आफ्नो करियरमा यस्ता केहि रेकर्ड बनाउन सफल भएका छन जसलाई आजसम्म कुनै अभिनेताले पनि तोड्न सकेका छैनन् १०० करोडको रेकर्ड! अक्षय कुमारले १ बर्षमा लगातार ३ सय करोडको कमाई गर्ने रेकर्ड बनाएका छन। उनि अभिनित १० चलचित्रले १०० करोडको आँकडा पार गरेको छ। जसमध्ये ३ चलचित्रले २ सय करोडको व्यापार गरेको छ। उनी अभिनित २.० ले वैश्विक बक्स अफिसमा ८ सय करोड भन्दा बढी व्यापार गरेको छ। जुन बलिउडको सबैभन्दा बढी कमाई गर्ने तेस्रो चलचित्र हो। ५० हिट फिल्म अक्षय कुमारको नाममा बलिउडमा ५० भन्दा बढी हिट फिल्म दिने अभिनेताको रेकर्ड बनेको छ । जसको आसपासमा आजसम्म पनि कुनै अभिनेता पर्न सकेका छैनन् । १३,००० करोडको रेकर्ड अक्षयले आफ़्नो करियरमा अहिलेसम्म ११० चलचित्रमा अभिनय गरेका छन जसमध्ये उनको चलचित्रले कुल १३००० करोडको कलेक्सन गरेको छ। जुन कलेक्सनको पनि बलिउडमा रेकर्ड बनेको छ।
धनुषा बम विष्फोट, घाइते प्रहरी इन्सपेक्टर दाहालको मृत्यु
जनकपुरधामः धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
युएईमा ४ नेपाली अलपत्र
युएई,असोज १९।रोजगारीका लागि युएई आएका चार नेपाली कामदार करार अवधी पूरा गरेर पनि स्वदेश फर्किन नपाउदा भोकभोकै बस्न बाध्य भएका छन् । दुई बर्ष अघि युएईको शार्जहा स्थित मस्को इन्टरनेशनल टेक्निकल शर्भिस नामक सप्लाइ कम्पनीमा काम गर्न आएका उनिहरु सम्झौता अनुसारको करार अवधी पूरा गरेर पनि कम्पनीले स्वदेश नफर्काउदा अलपत्र परेका हुन्। हाम्रो भिषा सकिएको ३ महिना भयो कम्पनीले नयाँ भिसा पनि लगाउदैन बाकी तलब पनि दिदैन नेपाल जान्छौ भन्दा पैसा छैन जहिले पैसा हुन्छ त्यहिले पठाउछु भन्छ दसैंमा पनि घर जान सकिएन पीडित मध्यका एक डडेल्धुराका बहादुर खत्रीको गुनासो छ। यता पीडितहरुले अलपत्र परेको गुनासो गरेपछि इनास युएईका राम तामाङले केहि दिनको लागि रासनको ब्यबस्था गरेको र उनिहरुको समस्या गराउन पहलका लागी गैर आवासीय नेपाली संघ युएई र युएई स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको पीडितहरु बताउँछन् । तीन महिना देखि भिसा सकिएर अवैधानिक बनेका उनिहरुलाइ समस्या समाधान गरि तत्काल नेपाल फर्काउन सम्बन्धित कम्पनी संग कुराकानी चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ।
नवरात्रीको छैठौं दिन आज, कात्यानी देवीको पूजा गरिँदै
काठमाडौंः बडा दशैंको आज छैठौं दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ । दशैंको रमझममा रमाइ रहेकाहरुले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् । नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो । अमरकोषमा पार्वतीको अर्को नाम कात्यायनी भनिएको छ । स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । सिंहमा सवार भएर कात्यायनीले महिषासुरको बध गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले एसइईको ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पूरक परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । यस्तै, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ । ?????????????????????????????????????????????????????????
आइतबार ३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार ३ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज दोलखा, रौतहट र बारा जिल्लाको नतिजा प्रकाशित गरेको हो । दोलखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् । ‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’। ‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।