कथाः नारा
‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’
क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए ।
‘कुन मण्डलेले फेर्यो नारामा पिसाब रु’
उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे ।
‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’
‘विद्यार्थी हकहितको संरक्षण गर्न नसक्ने नालायक क्याम्पस प्रशासन मूर्दावाद !’
‘दोषीलाई कडाभन्दा कडा कारबाही गर !’
केही समयअघि अचानक सरकारले राजधानीमा भित्तेलेखनलाई कडाइका साथ बन्द गरिदिएको थियो । सत्तारुढ दलले विगतमा आफूले फोहोर पारेका भित्ता सफा गर्ने अभियान नै चलाएको थियो भने प्रमुख प्रतिपक्षी लगायतका दल र विद्यार्थी संगठनहरू त्यसको विरोधमा थिए । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गराइछाड्यो ।
त्यसपछि प्रतिपक्षी दल र विद्यार्थी संगठनहरूको ध्यान शौचालयका भित्ताहरूमा पर्न गएको थियो । ती स्थानहरू भोट माग्न र विचार प्रवाहमा प्रयोग हुन थालेका थिए । सार्वजनिक र क्याम्पसका शौचालयहरूको भित्ता कब्जा गर्नुलाई विद्यार्थी संगठनहरू आफ्नो सफलता ठान्थे, विजय मान्थे । उनीहरू शौचालयको भित्तो कब्जाका लागि मूठभेडमा उत्रन पनि पछि पर्दैनथे । भित्ताले जन्माएको झ्डप साम्य पार्न थुप्रै पटक क्याम्पस प्रशासनले प्रहरी गुहार्नु परेको थियो । पढ्न चाहने विद्यार्थी साँढेको जुधाइमा निर्दोष बाच्छा हुन पुगेका थिए ।
शौचालय उसै पनि साँघुरो ठाउँ भएकाले एउटा संगठनले लेखेको नारा मेट्न अर्को संगठन उद्यत हुन्थ्यो । विशेषगरी, राजनीतिक दल र विद्यार्थी संगठनहरूको चुनावताका यस्तो अवस्था आइपथ्र्यो । भित्तेलेखन पुरुष शौचालयमा बढी र महिलाका शौचालयतर्फ यदाकदा मात्रै हुन्थ्यो । दुर्गन्ध भने दुवैतर्फ उत्तिकै थियो ।
पटके भित्ता कब्जा र झ्डपपछि त्यो क्याम्पसका बलिया दुई संगठनले आइन्दा मिलेर नारा लेख्ने समझ्दारी गरे भने कमजोर संगठनहरू आफ्ना नारा मेटिएको रमिता हेरिरहन बाध्य भए । तर, ती दुई संगठनका नारामा कसैले निरन्तर पिसाब फेर्न थालेपछि क्याम्पसमा फेरि रडाको शुरू भएको थियो ।
‘हाम्रो महान वाणीमा पिसाब फेर्ने हिम्मत कसले ग¥यो रु’ दुवै संगठनको पारो चढिरहेको थियो । दुई संगठन समान समस्यामा परेकाले तिनीहरू ‘नारामा पिसाब फेर्ने मण्डलेको खोजी’ गर्न मिलेका थिए । दुई संगठनका माउ पार्टीका मध्यम तहका नेताहरू पनि यस विषयमा सँगै बसेर छलफल गर्न थालेका थिए । यसअघि राष्ट्रिय महŒवका कुनै पनि मुद्दालाई लिएर उनीहरू एकठाउँमा आउन सकेका थिएनन् ।
कचौरा आकारको राजधानी वर्षौंदेखि पानीको अभाव बेहोरिरहेको थियो । त्यो सरकारी क्याम्पसमा विद्यार्थीका निम्ति खानेपानी त थिएन भने शौचालयमा हाल्ने पानी कहाँ पाउनु १ यो समस्यालाई कुनै पनि विद्यार्थी संगठनले हडतालको विषय बनाएका थिएनन् । त्यसैले त्यो क्याम्पसको शौचालय अति दुर्गन्धित थियो ।
शौचालय र पुस्तकालयको झयाल आमनेसामने थिए । शौचालयको दुर्गन्धले पुस्तकालयमा पढ्ने विद्यार्थीलाई प्रभावित पाथ्र्यो । उनीहरू पुस्तकालयमा पनि रुमालले मुख छोपेर पढ्थे । तिनले क्याम्पस प्रशासनलाई कैयौं पटक शौचालयपट्टिको झयाल बन्द गरिदिन अनुरोध गरे, तर सुनुवाइ भएन । पुस्तकालयलाई नै अन्त सार्न तिनीहरूले गरेको अनुरोधमा कसैले चासो दिएन ।
परीक्षाका वेला भने कतिपय विद्यार्थी शौचालयमा लामो समयसम्म बस्थे । अति दुर्गन्धित भएका कारण शौचालयसम्म शिक्षक वा क्याम्पस प्रशासनका प्रतिनिधि जाँदैनथे । त्यहाँ बसेर चिट वा गाइड पल्टाउने वा प्रश्नका उत्तर कण्ठ पार्न सक्ने विद्यार्थीलाई कसैले डिस्टर्ब गर्दैनथ्यो । परीक्षा अगावै कुनाकाप्चामा गाइड लुकाएर राख्ने विद्यार्थीहरू शौचालय अझ् दुर्गन्धित होस् भनी कामना गर्थे ।
अध्ययनलाई नै सबथोक ठान्ने विद्यार्थीका लागि भने क्याम्पसको शौचालय जानु भनेको ठूलो सजाय काट्नुसरह हुन्थ्यो । आँखामा पीरो मुस्लो पसेजस्तो भएपछि उनीहरू आधा पिसाब फेरेर फर्कन्थे । एक पटक एक जना विद्यार्थी शौचालयमा बेहोशै भए । त्यसवेला विद्यार्थी संगठनहरूले तिनको उपचार क्याम्पसले गरिदिनुपर्ने मागसम्म राखेका थिए । अहिले तिनीहरू आफ्नो ‘महान नारामा पिसाब फेर्ने को हो ?’ भनेर चिन्तित थिए ।
यी दुई शक्तिशाली विद्यार्थी संगठनमध्ये कहिले यसले त कहिले त्यसले चुनाव जित्थ्यो । जसले जिते पनि मतान्तर झ्निो हुन्थ्यो । क्याम्पसमा अरू २० वटा विद्यार्थी संगठन भए पनि उनीहरू निरीह थिए । ठूला दुई संगठन आफूहरू विद्यार्थीहरूको विघ्नहर्ता भएको दाबी गर्थे । ती दुईको एउटा नारा पनि मिल्थ्यो– ‘उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर १’
विद्यार्थीहरू एउटालाई प्रजातान्त्रिक र अर्कोलाई प्रगतिशील संगठनका रूपमा चिन्थे । अर्थात्, तीमध्ये एउटा कम्युनिस्ट र अर्को कांगे्रस थियो । दुवै संगठनका पदाधिकारीको अधिकांश समय माउ पार्टीको कार्यालयमा बित्थ्यो । माउ पार्टीले जसलाई चाहन्थ्यो, विद्यार्थी चुनावमा उही उम्मेदवार हुन्थ्यो । जित–हारमा पनि माउ पार्टीको सहयोगमा भर पर्थ्यो ।
शौचालयको नारामा पिसाब फेरेको विषयले दुई पार्टी कार्यालयमा पनि गम्भीर बहसको शुरुआत गरायो । दुवै पार्टीले पिसाब फेर्नेमाथि कडा कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई पत्र लेखे ।
शौचालय उत्तर फर्किएर पिसाब फेर्नुपर्ने किसिमले निर्मित थियो । प्रगतिशीलले आफ्नो नारा दक्षिणपट्टि लेखेको थियो भने प्रजातान्त्रिकले पश्चिम भित्तामा । तर, कसैले गलत दिशातिर फर्किएर निरन्तर दुवै संगठनको नारामा पिसाब फेर्ने दुष्कार्य गरिरहेको थियो । सब चकित थिए १
शुरूमा त दुई संगठनले एकले अर्कोमाथि दोष लगाएका थिए । तर, दुवैका नारामा पिसाब परेकोले एजेन्डा समान हुन पुगेको थियो । उनीहरूबीच पिसाब फेर्ने पत्ता लगाउन ऐक्यबद्धता भएको थियो । तर समस्या ज्यूँकात्यूँ रह्यो, नारामा पिसाब फेर्ने क्रम पनि रोकिएन । राता र नीला रङका इनामेलले लेखिएका नारा लगातार पिसाब पर्नाले पहेंलिन थालेका थिए ।
‘कसले फेरिरहेको छ लगातार पिसाब उल्टो दिशाबाट नारालाई निशाना बनाएर १’ विद्यार्थी संगठनहरूको टाउकोदुखाइ बनेको छ । दुई हप्तामा पनि पिसाब फेर्ने ‘मण्डले’ अज्ञात छ ।
समस्या संसद्सम्म पुग्यो । दुवै विद्यार्थी संगठनका माउ पार्टीका सांसद्हरूले गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने अडान लिंदै संसदमा्मा अन्य विषयलाई प्रवेश गर्नै दिएनन् । क्याम्पसमा तालाबन्दी कायमै रह्यो । पढाइमा भविष्य देख्ने विद्यार्थीहरू हरेक दिन निराश बन्दै क्याम्पसबाट फर्कन्थे । आफ्नो मागमा अडिग विद्यार्थी नेताहरू पनि हरेक दिन क्याम्पस पुग्थे, शौचालयको भित्ता हेर्थे र नाराबाजीका साथ केही न केही तोडफोड गर्थे ।
नारा लेखिएको भित्तामा जहिल्यै आलो पिसाबको दाग देखिन्थ्यो । त्यसले मूर्दावाद लेखेको हो कि जिन्दावाद, नारालाई अस्पष्ट पार्दै लगेको थियो । शौचालयको दुर्गन्ध झ्नै बढ्दो थियो । नारामा पिसाब फेर्ने क्रम पनि रोकिएको थिएन ।
राजेन्द्र पराजुली
एजेन्सीको सहयोगबाट
जाडोबाट बच्नका लागि घरेलु उपाय अपनाउनुहोस्
सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ । जस्तो कि, मह र अदुवाको मिश्रण । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ । मह र अदुवा दुवै छुट्टाछुट्टै पनि लाभकारी वस्तुहरु हुन् । यी दुवैलाई मिसाउँदा झन् सुनमा सुगन्ध मिसाएझैं हुन्छ । यी दुईलाई उपभोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको एक चम्चा अदुवाको जुस र एक चम्चा महलाई राम्रोसँग घोलेर त्यसलाई पिउनु हो । यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सीडेन्ट गुण हुन्छन् जसले गर्दा हामीलाई विभिन्न किसिमका फाइदा प्राप्त हुन्छन् । यहाँ हामी अदुवा र महको जून पिउँदा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं। १. दमका रोगीलाई राहत यदि तपाईंमा दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले तपाईंलाई राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले तपाईंको फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ । २. श्वासप्रश्वासको समस्या न्यूनिकरण अदुवा र महको मिश्रण एउटा असाध्यै राम्रो एक्सपेक्टोरेन्ट हुन्छ जसले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याहरुको समाधान गर्छ । ३. उल्टी र वाकवाकी कम गर्छ यदि तपाईंलाई उल्टी हुने वा वाकवाक लाग्ने समस्या भएको छ भने कत्ति पनि नहिच्किचाइकन अदुवा र महको मिश्रण प्रयोग गर्नुस, तुरुन्त आराम मिल्नेछ । ४. क्यान्सरबाट बचाउ अध्ययनले देखाएको छ कि अदुवा र महको मिश्रणले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ । यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ । ५. पाचन प्रणाली ठिक राख्छ अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउन सहयोग गर्छ । एक चम्चा अदुवा र महको जूसले तपाईंको पेट सम्वन्धि समस्याहरुलाई ठीक गरिदिन्छ । ६. हृदयरोगबाट बचाउँछ यदि तपाईंले अदुवा र महले बनेको जूसको सेवन गर्नुभयो भने तपाईंलाई ब्लडप्रेसर, हार्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु आउँदैनन् । ७. महिनावारीमा आराम अध्ययनहरुबाट पत्ता लागेको छ कि मह र अदुवाको जुसले महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ । ८. माइग्रेनमा आराम यस मिश्रणले टाउकोमा हुने दुखाईलाई पनि कम गर्छ । यदि कसैलाई माइग्रेनको समसया छ भने मह र अदुवाको जुस सेवन गरेर फाइदा लिन सक्छन् । ९. स्ट्रोकमा राहत यो जुसले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ । मेडिकल सोधकर्ताहरुका अनुसार यस मिश्रणमा रगतसम्वन्धि समस्याहरुलाई ठीक पार्ने सबै गुण विद्यमान हुन्छन् । १०. प्रतिरोधक क्षमतालाई बढाउँछ अदुवा र महको मिश्रण मानव स्वास्थ्यका लागि हरतरहले उपयोगी हुन्छ । किनकी यसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसले शरीरको श्वेत रक्तकणिकाहरु बन्ने प्रक्रियालाई बढाइदिन्छ जसबाट शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।
‘लिंकन इन द बार्डो’ का लागि सान्डर्सलाई म्यान बुकर प्राइज
काठमाडौं, कात्तिक १ । अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ कृर्तीका लागि यस वर्षको म्यान बुकर पुरस्कार जितेका छन । उन पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएका छन । म्यान बुकर पुरस्कार पाउने सान्डर्स दोस्रो अमेरिकी नागरिक हुन । छोटा कथाका लागि चर्चित सान्डर्सको ‘लिंकन इन द बार्डो’ पहिलो उपन्यास हो । जसले साहित्यका लागि विश्वकै दोस्रो प्रतिष्ठित पुरस्कार पाएका हुन । उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ । बेलायतको लण्डनमा भएको एक विशेष कार्यक्रमका बिच डचेज अफ बार्नवालले पुरस्कार प्रधान गरेका थिए ।
३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज
३१ वर्षीय युवा रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका युवा अन्सारीले नेपालको मौलाउँदो भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन कै लागि आफ्नो उम्मेदवारी भनेका छन् । कुनै विवादमा नपरेका र वीरगन्जका युवा पुस्ताले रुचाइएका नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अन्सारीसंग के छन, त्यस्ता योजना ? एभरेष्टदैनिकका लागि रघुनाथ बजगाँईँले लिएको अन्तरवार्ता विरगञ्जको चुनावी माहोलबाटै सुरु गरौँ न कस्तो छ अहिले ? दलहरु आफ्ना उम्मेदवार छान्दैछन् । केहीले घोषणा गरिसके । हामी संगठन पुर्नगठनसंगै जनतासामु गैरहेका छौँ । वडा-वडामा कमिटि बनाएर परिचालन गर्ने काम भैरहेको छ । नागरिकहरुमा पनि छुट्टै आभाषको सञ्चार भएको पाएको छु । दुई दशकपछिको स्थानीय चुनाव त्यसमा पनि अन्यत्र सकाएर अन्तिममा दुई नम्बर प्रदेशमा हुँदैछ । समग्रमा वातावरण उल्लासमय, चाखलाग्दो यस्तै छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । चुुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ खास तपाँईको एजेण्डा चाहीँ के हो ? सर्वप्रथम त नागरिकको दैनिक जीवनलाई कसरी सहज बनाउने भन्ने नै हो । ठूला सपना यसअघि नै देखाइसकिएको छ । पुरा भएका छैनन् । म के भनिरहेको छु भने गर्न सक्ने बाचा मात्रै गर्नुपर्छ । मेरो प्राथमिकतामा युवा छन् । कृषि छ । यहाँको अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउनु छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । बहुतले पार्किङ भवन, झुत्रो होइन आधुनिक दमकल सेवा, कम्प्युटराइज्ड केन्द्रीय पुस्तकालय र भर्चुअल लाइब्रेरीका बिषयलाई प्रतिबद्धतापत्रमै उल्लेख गरेको छु । वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने योजना छ । अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब बनाउने छु । म निवाचित भएको खण्डमा घरघरमा बृद्ध भत्ता पुर्याउने छु । महानगरले वडालाई वितरण गर्छ र वडाले घरमै पुर्यार्इदिन्छ । अनलाइन प्रशासनिक सेवा उपलब्ध गराउने, उन्नत विऊ, खाद्य सहज उपलब्ध गराउने, निशुल्क एम्बुलेन्स सेवा, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृती जस्ता एजेण्डा नै प्रमुखताका साथ उठाएको छु । यहाँका कृषकको जिवनस्तर उकास्नका लागि जे गर्नुपर्छ त्यहि गर्नेछु । बर्षमा दुईपटक खेत जोतिन्छ त्यसमा महानगरपालिकाको तर्फबाट एकपटक जोतिदिने र एक पटक किसानले जोत्नेछन् । म निर्वाचित भएको खण्डमा यो तत्काल कार्यान्वयनमा आउनेछ । फोहोरमैलाको उचित व्यवस्थापनको बिषय पनि छ । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ । साधारण तर नागरिकको दैनिकिसंग जोडिने प्रकृतिका एजेण्डाहरु सुनाउनुभयो, भनेर मात्र हुँदैन नी आधार पनि चाहिएला ? नेपालमा युवालाई राजनीतिक हतियार बनाइयो तर विकासमा लगाइएन । यसलाई परिवर्तन गराउन जरुरी छ । मैलै युवापुस्ताको राम्रो साथ पनि पाईरहेको छु। यहाँका समस्यासँग परिचित छु । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेर आएको छु । त्यहाँ पढाईसंगै बाहिरि राजनीतिक सम्वन्ध विस्तार हुने मौका पनि मिल्यो । त्यसकारण म वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्न सक्छु । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, जुन मैले पढेर आएको छु । पछिल्लो समय पहाड र मधेसबीच दुरी बढाउन खोजीएको छ । मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ । विरगञ्जमा यति मतान्तरले जित्छु भन्ने आंकलन पनि गर्नुभएको होला नी ? युवा पुस्ता र शिक्षित वर्गले मलाई बुझेका छन् भन्ने लागेको छ । म सबैलाई कन्भिन्स गराउँदै छु । ६० प्रतिशत मत खस्छ भन्ने मेरो आंकलन छ । अन्य दलहरुले आर्थिक चलखेल सुरु गरिसके । चुनावका दिनसम्म के-के हुन्छ । मैले एजेण्डा लिएर जनतामा जाउँ गलत काम नगरौँ भनेको छु । यो मेरो परिक्षण पनि हो तर जित्छु भन्ने विश्वास छ । त्यहीत विरगञ्जमा माओवादीको संगठन राम्रो छैन भन्छन, फेरी चुनावमा १ भोटले मात्रै भएपनि जित्नु पर्यो ! ६० प्रतिशत मत खस्ने आंकलन गर्दा जित्नलाई त्यसमध्य ५० प्रतिशत आउनैपर्छ । मेरो ठम्याई पनि यहि हो । जहाँसम्म संगठनको कुरा छ हामी लागिरहेका छौँ । जनताले अहिलेको परिवर्तनलाई बुझेका छन् । यहिँको रैथाने भएकाले व्यक्तिगतरुपमा पनि मलाई राम्रैसंग चिनेका छन् ।
शुद्ध पिउने पानी पाएपछि स्थानीयवासी खुसी
पाल्पा, असार ६ । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् । बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए । स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ । खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् । यहाँका ४७ घरधुरीका स्थानीयवासीले रु एकलाख २० हजारको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिनुभयो । पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उहाँ बताउनुहुन्छ । फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताउनुभयो ।
रोल्पामा कांग्रेस र माओवादीबीच झडप
काठमाडौं, असार २ । रोल्पाको दुईखोली गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । निर्वाचन प्रचारप्रसारबारे भएको विवादका कारण झडप हुँदा वाईसीएलका केही युवा घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारार्थ जिल्लाबाहिर लगिएको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले प्रचार सकेर फर्कंदै गरेका वाईसीएल कार्यकर्तामाथि तरुण दलका युवाले आक्रमण गरेको बताएका कान्तिपुरमा खबर छ । कांग्रेसका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले तरुण युवामाथि माओवादी कार्यकर्ताल अभद्र व्यवहार गरेको जनाए ।
“चिरिप्पै तानी …फकाउला सानीलाई” भिडियोसहित
वैशाख १८ । दर्जनौं हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युबमार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ । क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् । लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ । रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् । गायक रोजल आफैले भिडियो डायरेक्सन गरेका हुन् ।
नेपालका लागि भारतीय राजदूत काठमाडौंमा, सोमबार राष्ट्रपतिसमक्ष पेश हुने
काठमाडौं, १२ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्। शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जनाएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्। निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए। आज काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।
आजको संसद बैठकमा कसले के भने ?
काठमाडौँ, पुस २९ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानकर्षण गराउनुभयो । नेपाली काँग्रेसका दीपकप्रसाद कुइँकेलले स्थानीय निर्वाचन यथाशीघ्र गराउने व्यवस्था हुनुपर्ने बताउँदै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन हुनुपर्ने माग गर्नुभयो । नेकपा ९एमाले०का भवानीप्रसाद खापुङले निजामती सेवाका कर्मचारीको सेवाकाल बढाउन नहुने अभिमत प्रकट गर्दै तेह्रथुमको सङ्क्रान्ति बजारका अग्निपीडितलाई सहयोग गर्न माग गर्नुभयो । नेपाली काँग्रेसका सीता गुरुङले पनि उक्त बजारका अग्निपीडितलाई पर्याप्त राहत सामग्री उपलब्ध गराउन र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था अविलम्ब गर्न माग गर्नुभयो । नेकपा माओवादी (केन्द्र)का सूर्यप्रकाश बालाराईले सरकार र विपक्षी मिलेर राष्ट्र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका शिवजी यादवले किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो । राप्रपाका सांसद कान्ता भट्टराईले नेपालको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको योगदानलाई राज्यले बिर्सन नहुनेमा जोड दिनुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नसच्याए तराईमा आन्दोलन हुने चेतावनी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १४ प्रदेश उपयुक्त हुने बताउँदै नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । तराई मधेस सद्भावना पार्टीका महिन्द्रराय यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै स्थानीय तहका समस्या उक्त प्रतिवेदनले समाधान नगर्ने बताउनुभयो । नेपाल परिवार दलका एकनाथ ढकालले बूढीगण्डकी जलविद्युत् आयोजनाका पीडितलाई मुआब्जा वितरणमा असमानता रहेको भन्दै त्यसलाई पुनरवलोकन गर्नुपर्ने बताउनुभयो । नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले विदेशी कूटनीतिक नियोगले नै नेपालीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नु मुलुकका निम्ति दुर्भाग्यको विषय भएकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने माग गर्नुभयो । नेकपा ९एमाले०का पाँचकर्ण राईले स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय जनताको भावना विपरीत प्रतिवेदन पेस गरेकामा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग गर्नुभयो । नेकपा माओवादी ९केन्द्र०का कर्णबहादुर विकले काभ्रेका अजित मिजार र लक्ष्मी परियारको शव शिक्षण अस्पतालमा राखिएको धेरै समय भएकाले अन्त्येष्टिको व्यवस्था र दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताउनुभयो । नेकपा ९एमाले०का गुरुप्रसाद बुर्लाकोटीले धादिङका वन क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणले दुःख पाएको भन्दै राज्यले तिनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । वनका कर्मचारीले स्थानीयवासी लाई दुःख दिएको उहाँको आरोप थियो । नेकपा माओवादी ९केन्द्र०का सुरेन्द्रप्रसाद जयसवालले जनतान्त्रिक तराई मुक्ति मोर्चालगायत भूमिगत समूहबाट तराई क्षेत्रमा मारिएकाहरुका परिवारजनलाई राहत दिनुपर्ने माग गर्नुभयो । रासस File photo
लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे
काठमाडौँ , मंसिर २७ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन। आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ। दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन्। आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन। यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन्। आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए। कोइरालाले भने, ‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो। ’ आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए। आयोगका अनुसार, दरखास्त नपरेका पदहरूमा नेपाल स्वास्थ्य सेवातर्फ ११ औँ तह तथा राजपत्राङ्कित तृतीय श्रेणीतर्फ नेपाल इन्जिनियरिङ सेवाका पदहरू धेरै छन्। राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत सबै पदमा निकटतम तल्लो पदमा कुनै उम्मेदवार नहुने कारणले आन्तरिक प्रतियोगितातर्फबाट पूर्ति हुने पदहरूमा कुनै दरखास्त नपरेको हो। यसैगरी, नेपाल स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूमा आवश्यक न्यूनतम योग्यता र सेवा अवधि तथा अनुभवको कमी एवम् केही पदको शैक्षिक योग्यताको जटिलताका कारणले कुनै दरखास्त नपरेको जानकारी आयोगले दिएको छ। नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियररिङ समूह, माइनिङ इन्जिनियरिङ पद, सिभिल एभियसन समूह, सिभिल एभियसन अपरेसन उपसमूहको सिभिल एभियसन इन्जिनियरको शैक्षिक योग्यताको जटिलताले दरखास्त नपरेको निष्कर्ष आयोगको छ। यसरी दरखास्त नपरेका पदहरूमध्ये अधिकांश पदमा आन्तरिक प्रतियोगिताका लागि विज्ञापन आह्वान गरिएको थियो। यस्ता पदमा फेरि विज्ञापन गर्दा पनि दरखास्त आएन भने ती पदहरूलाई खुलातर्फबाट पदपूर्ति गरिनेछ। राजपत्राङ्कित तृतीय श्रेणीका लागि रेखा विशेषज्ञ पद र नवौँ तहको कन्सलटेन्ट ग्यास्ट्रोइन्टोरोलोजिकल सर्जन पदका लागि गरिएको खुला विज्ञापनमा एउटा पनि दरखास्त परेन। यसैगरी, स्वास्थ्य सेवाका लागि कम्तीमा ४४ वटा विज्ञापन आन्तरिक प्रतियोगिताका लागि गरिएकोमा एउटा पनि दरखास्त नपरेको पाइएको छ। यस्तै, इन्जिनियरिङ, कृषि, शिक्षा सेवाका लागि आह्वान गरिएका विज्ञापनमा पनि कोही उम्मेदवारको दरखास्त परेन। आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन। यस्तो हुनुको कारणमा एउटै उम्मेदवार धेरै वटा विज्ञापनको लिखित परीक्षाको नतिजामा छनोट भएका, अन्तर्वार्तामा अनुपस्थित भएका, प्रयोगात्मक परीक्षामा सामेल नभएका, शैक्षिक योग्यता र अनुभव नभएका आदि कारणले ती पदमा सिफारिस हुन सकेन। यस आर्थिक वर्षमा आन्तरिक प्रतियोगितात्मक परीक्षा, खुला तथा समावेशीतर्फबाट पदपूर्ति हुन नसकेका विभिन्न श्रेणी÷तहतर्फका विभिन्न सेवा, समूहका २० पदहरूमा उम्मेदवारको सिफारिस हुन नसकेको जानकारी आयोगले दिएको छ। आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत पोखरेलका अनुसार, फाराम भर्ने विदेश जाने, परीक्षामा उपस्थित हुन नसक्नु, दुर्गम रहनुजस्ता विविध कारणले ती पदमा सिफारिस नभएको हो। खरिदार पदका लागि आन्तरिक प्रतियोगितातर्फ विज्ञापन भएको सङ्ख्याभन्दा सिफारिस हुने सङ्ख्या कम छ भएको पाइएको छ। यसो हुनुको कारण कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति भई तीन वर्ष नपुगेका वा सङ्ख्या नै थोरै भएकाले पनि यस्तो भएको हो। नेपाल सरकारले कार्यालय सहयोगी पदमा खुलातर्फबाट पदपूर्ति नगर्ने निर्णय गरेकाले पनि उम्मेदवारको सङ्ख्या कम भएको हो। यसैगरी, आयोगका क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरूबाट विभिन्न श्रेणी तथा तहअन्तर्गतका सेवा समूहका १८३ पदका लागि भएको लिखित परीक्षाबाट कुनै पनि उम्मेदवार छनोट हुन नसकेको जानकारी आयोगले दिएको छ। यस्तै, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुने पदहरूमा सम्भाव्य उम्मेदवार सङ्ख्याको कमी, बढुवा हुनेभन्दा निकटतम तल्लो श्रेणी÷तह तथा तह कायम नरहेको खुला तथा समावेशी दलहरूमा सङ्ख्याभन्दा न्यून सङ्ख्यामा लिखित तथा आन्तरिक अन्तर्वार्ताबाट छनोट हुने आदि कारणले राजपत्र अनङ्कित श्रेणीका ५१ पदमा कोही पनि सिफारिस भएनन्। आयोगले १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन गरेकोमा कोही पनि उम्मेदवार परीक्षा दिन नै आएनन्। यो पनि आन्तरिक प्रतियोगितात्मक परीक्षा थियो। यो खबर आजको गोरखापत्रमा छापिएको छ ।
राष्ट्रपति कार्यालय पुरानै स्वरुपमा नयाँ बनाइने
काठमाडौं, मंसिर २० । राष्ट्रपतिको कार्यालय शीतल निवास नयाँ बनाइने भएको छ । पुरानै स्वरुपमा नयाँ निर्माण सामग्री प्रयोग गरेर चार वर्षभित्र निर्माण गरिसक्ने गरी सरकारले आइतबार परामर्शदातासँग सम्झौता गरेको छ । उपराष्ट्रपतिको कार्यालय र निर्वाचन आयोगको भवन भने पुनः सबलीकरण मात्र गरिने भएको छ । यसका लागि सरकारले आर्थिक एवं प्राविधिक प्रस्ताव माग गरेको छ । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक सुरेश वाग्लेले राष्ट्रपति कार्यालय पुनर्निर्माणका लागि साझेदारीमा प्रस्ताव हाल्ने तीनवटा परामर्शदातालाई आइतबार छनोट गरिएको जानकारी दिए । एकाइले बिल्डिङ डिजाइन अथोरिटी, पेस इन्जिनियरिङ र डिजिकमलाई छनोट गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
बेहुली झै सिंगारियाे रामजानकी मन्दिर
मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार धुमधाम साथ मनाइँदै । तस्बिर : अजयकुमार साह, धनुषा
प्रहरी जवानसहित पाँचजना जेल चलान
वीरगन्ज, मङ्सिर १७। जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँचजनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरिएको छ । पर्सा जिल्ला अदालतका आठ नं बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले यस्तो फैसला गरेको हो । वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु चार लाख फिरौती लिएको कसुरमा उनीहरुलाई यस्तो सजाय गरिएको हो । पर्सा प्रहरीले २०७२ चैत २३ गते प्रहरी शाखामा कार्यरत अरविन्दकुमार सिंह र प्रहरी हवल्दार विनय सिंहले वीरगन्जका सुन व्यापारी राजेश साहलाई नियन्त्रणमा लिई एउटा होटलमा राखी फिरौती रकम असुल गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यसैगरी, अदालतले हरपतगन्ज–८ का भगवान सिंह र चोर्ली–२ का दीपकसिंह राजपुत, सर्लाही अर्नाहा–५ का प्रहरी जवान अरविन्द सिंह, वीरगन्ज उपमहानगरपालिका–१८ का वृजेशकुमार सिंह, तथा सर्लाही धनुराका प्रहरी जवान विनय सिंहलाई अपहरण मुद्दामा सातवर्ष कैद र सङ्गठित अपराधविरुद्ध गरी नौवर्ष कैद सजाय सुनाएको छ । अभियुक्तलाई हाल वीरगन्ज कारागारमा राखिएको छ । रासस
अनरत डा.केसीका मागप्रति सम्पादकहरूले जनाए ऐक्यबद्धता
काठमाडौं, मंसिर १६ । मेडिकल शिक्षाका बेथितिविरुद्ध आमरण अनसनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा.गोविन्द केसीका मागप्रति देशका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन्। बिहीबार दिउँसो केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर नेपालका दैनिक, टेलिभिजन, साप्ताहिक र अनलाईनका सम्पादकहरुले डा.केसीका आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। सम्पादकहरुले डा.केसीले निष्ठाको संघर्ष गरेको भन्दै उनको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे। अमरण अनसन १९ औं दिन पुग्दासम्म उनका मागको सुनुवाइ नभएपछि सम्पादकहरुले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेटेका हुन्।
सुनको भाउ घट्यो, तोलाको ५४ हजार
काठमाडौँ, मंसिर १६ । सुनको भाउ फेरि घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले घटेको छ । आज तोलाको ७ सय ८० रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
अनैतिकले नैतिकताको पाठ नसिकाउन प्रचण्डको सुझाव
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन्।प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए। “नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ।” निरन्तर आफ्नो राजिनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिए। “केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधै कमजोर हुने भएर हो, तर्सिरहनुभयो,” उनले भने, “आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो।” बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्दार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोशिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालिन असरका निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तपाईहरुले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।” विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए। “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन ।” पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नभइ डरले जोड्नु चिन्ताको विषय भएको बताए। उनले भने, “दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला।” प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने आफूलाई चिन्ता लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।”