‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो ३ चैत्रमा
कैलाली, फागुन ३० । नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने भएको छ । निर्माण पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सातको राजधानी धनगढीमा आगामी शनिबार चलचित्रको च्यारिटी सो हुने जनाकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका सह–निर्माता बिमला भट्टले आउ‘दो चैत्र ३ गते शनिबार दिउ‘सो १२ बजे जोशी टाकिजमा च्यारिटी सो हुने बताइन् ।
चलचित्र हास्यब्यङ्ग्य तथा सामाजिक विकृतीविरुद्ध निर्र्माण भएकाले एक पटक हेर्न आउन उनले दर्शकलाई आग्रह गरिन् । चलचित्रमा धनगढीका नवनायक सागर तिवारीको पनि मुख्य भूमिका रहेको छ ।
उनी सह–निर्माता भट्टका छोरा पनि हुन् । प्रदेश सात बाहेक मुलुकका विभिन्न क्षेत्रमा यो चलचित्र प्रर्दशन भइसकेको छ । पर्याप्त प्रचारप्रसार नपुगेकाले यो प्रदेशमा चलचित्र प्रर्दशन गर्न ढिलाइ भएको थियो ।
तर, आगामी शनिबार च्यारिटी सोसंगै केही दिनमै चलचित्र प्रर्दशन पनि गरिने सहनिर्माता भट्टले बताइन् । चलचित्रको च्यारिटी सोबाट उठेको रकममध्ये १५ प्रतिशत असाहय तथा गरिब बालबालिकालाई छुट्याइएको उनले बताइन् ।
पैंसा कमाउनलाई नभई यहिकै नवनायक चलचित्रको प्रमुख भूमिकामा रहेकाले दर्शकको माया पाउन च्यारिटी सो राखिएको सहनिर्माता भट्टको भनाई छ ।
उनले भनिन्,–टिकट काटेका सबै हलसम्म पुग्नुहोस् यहिकै नवनायकले चलचित्रमा खेलेका छन् । सागर मेरो छोरा र यहिकै स्थानीय पनि हुन् उनलाई यहॉका दर्शकले चिनुन् र आगामी दिनमा उसले राम्रो अभिनय गर्न यहॉका दर्शकबाट हौसला प्रदान होस् भनेर प्रर्दशनपूर्व फागुन ३ गते च्यारिटी सो राखिएको हो ।’
यहॉका दर्शकको सुझाव र माया पाउनका लागि च्यारिटी सोले महत्वपूर्ण सहयोग पुग्ने चलचित्रका नवनायक सागर तिवारीले बताए । च्यारिटी सो हेर्न आउन उनले सबै दर्शकलाई आग्रह गरेका छन् ।
यस क्षेत्रका दर्शकसंग घुलमिल हुने अवसर नमिलेकाले च्यारिटी सोले त्यो पूरा गर्ने उनले विश्वास व्यक्त गरे । चलचित्रमा तिवारी अलवा सौगात मल्ल, बर्षा रावत, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । चलचित्रका निर्माता रोज राणा हुन् । चलचित्र ‘मेरो पैसा खोइ रु’ झण्डै एक करोडको लगानी निर्माण भएको बताइएको छ ।
सेवा आयोगमा बढुवा पदका अावेदन खुला
काठमाडौं । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका प्रशासनिक पदका लागि बढुवाका लागि निम्न समय, मितिभित्र निम्न योग्यता भएका उम्मेदवारहरुलार्इ अावेदन भर्न सूचित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्-
सर्पको डरले ढोका नै हुँदैन यो गाउँमा
सर्पबाट जोगिन बलियोसँग झ्यालढोका लगाउँछन् मानिसहरु । तर भारतको उत्तरप्रदेशको एउटा गाउँमा भने सर्पकै कारण ढोका नै लगाउन नपाउने चलन छ । प्रतापगढको सुडेमऊ गाउँमा कैयन् दशकदेखि यही प्रथा कायम रहेको छ । यहाँ कसैले घरमा ढोका लगायो भने अपशकुन हुने उनीहरुको मान्यता छ । त्यसैले चोरी हुने या अरु कुनै डर नमानी उनीहरुले ढोका लगाउँदैनन् । नागदेवताले उनीहरुको रक्षा गर्ने गाउँवासीको विश्वास रहेको छ । यो गाउँ १ सय वर्षदेखि एउटा नागको श्रापमा परेको गाउँवासी बताउँछन् । एकजना गाउँवासीका अनुसार, निकै वर्ष अघि एउटा नागिन ढोकाको बीचमा च्यापिएर मरेपछि नागिनले जसले ढोका लगाउँछ, त्यो बर्बाद हुने श्राप दिएकी थिइन । त्यसैदिन देखि त्यो गाउँमा ढोका लगाउन कोही पनि चाहँदैनन् ।
पशुपति क्षेत्रलाई ध्यान र योग केन्द्रका रुपमा विकास गरिने
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि यो अभियान शुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ । गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ शुरु गरिएको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुयभयो । “राममन्दिर क्षेत्रका केही साधुको जटाबाट समेत गाँजा बरामद गरिएको छ, भष्मेश्वर अखडाका साधुलाई प्रहरी कारबाही भएको छ, यसक्रममा प्रहरीले धारिला चक्कु र तरबार बोक्ने एवं संकलन गरेर राख्नेलाई पनि कारबाही गरिएको छ, साधुको आडमा पशुपति क्षेत्रमा गाँजाको व्यापार हुन दिइन्न, यस्तो व्यापारले प्रत्येक वर्ष १० हजार युवा लागुऔषध जस्तो कुलतमा फस्ने गरेका छन्”–उहाँले भन्नुभयो । राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाएपनि शिवरात्रिमा गाँजा, भाङ, धतुरोजस्ता लागुपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषले जनाएको छ । श्रीपञ्चमीलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिएजस्तै शिवरात्रिलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवा वर्गलाई अनुरोध गरिएको छ । लागुपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम शुरु गरेको जनाइएको छ । यसका लागि ध्यान, योग क्षेत्रमा क्रियाशील संघ संस्थासँग सहकार्य गरेर पशुपति क्षेत्रलाई साधनास्थलका रुपमा विकास गर्ने कोषको लक्ष्य छ । यसबाट खराब लतमा लागेका युवालाई सत्मार्गमा ल्याउन सहयोग पुग्नेछ । युवालाई दुव्र्यसनमुक्त बनाउनका लागि कोषले यस्तो अभियान शुरु गरेको हो । साथै पशुपति क्षेत्रलाई धुम्रपान, मांस, मदिरा बिक्री वितरण एवं ओसारपसार गर्न समेत निषेध गरिएको छ । अभियान शुरु गरिएको डेढ महिनाको अवधिमा लागुपदार्थ सेवन, बेचबिखन र आपराधिक क्रियाकलापमा संलग्न २७९ व्यक्तिलाई पक्राउ गरिएको प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो । “पक्राउ परेकामध्ये ३६ लाई लागुऔषध ऐन, ८० लाई सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाइएको छ, लागुऔषधको प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका १० लाई पुनःस्थापना केन्द्रमा पठाइएको छ”–उहाँले भन्नुभयो । एचआइभी एड्स, हेपाटाइटिस जस्ता दीर्घ रोग लागेका २०, ३० बालबालिका, अशक्त २० र सेवनकर्ता ९३ लाई पक्राउ गरी सम्झाएर यस्ता गतिविधिमा नलाग्न प्रेरित गरिएको प्रहरीले जनाएको छ । यसक्रममा ३० ग्राम खैरो हिरोइन, पाँच केजी चरेश, २० केजी गाँजा, ५०० थान अन्य विभिन्न नामका लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस वर्षको शिवरात्रिदेखि पशुपति वनकालीमा मेला एवं बजार पनि नराखिने भएको छ । गत पुस ९ गतदेखि पशुपति क्षेत्रका महत्वपूर्ण स्थलमा सवारी साधन निषेध गरी वनकालीमा पार्किङ गरिएकाले बजार र मेला नराखिने भएको हो । कोष कार्य सञ्चालन समितिको गत पुस ३० गतेको बैठकले मेला एवम् बजार नराख्ने निर्णय गरेको सो अवसरमा जानकारी दिइयो ।
करारमा जागिर खुल्यो
काठमाडौं, माघ ३ । राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यालयमा रिक्त रहेका पदहरुमा आवश्यक न्यूनतम योग्यताअनुसार आवेदन खुलेको छ । इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र आवेदन बुझाउन सकिने छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्-
गतवर्ष लोकसेवाले परीक्षा लिइएको विद्यालय निरीक्षकको विषयगत प्रश्न
निम्न प्रश्नहरूको उत्तर खण्ड अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द गरिने छ खण्ड क विद्यालय निरीक्षकको उदेश्य स्पष्ट गर्दै नेपालको सन्दर्भमा उपचारात्मक निरिक्षनको उपयोगीताको सम्भाव्यताको समीक्षा गर्नुहोस रु ३ ं ७ ं १० कक्षा अवलोकन गर्दा लेकाजोखा गर्नुपर्ने मुख्य पक्षहरू के के हुन् रु विद्यार्थीका सिकाइमा सुपरीवेक्षण मार्फत कसरी सकारात्मक प्रभाव पार्न सकिन्छः चर्चा गर्नुहोस ? ३ं ७ं १० विद्यालय निरीक्षकलाई एउटा सफल पेसाकर्मी बन्न के कस्ता पेशागत गुणहरू आवश्यक पर्दछन रु त्यस्ता पेशागत गुणहरू लागी के कस्ता स्रोत र न उपलब्ध छन ? उदाहरण सहित व्याख्या गर्नुहोस ः २ ं ८ . १० खण्ड ख ४. नेपालको वर्तमान विद्यालय निरीक्षण प्रणालीका चुनौती हरू पहिचान गर्नुहोस ? ती चुनौती सामना गर्न निरीक्षकको सक्षमता अभिवृद्धि गर्न के कस्ता कार्यक्रमहरू अघि सारीएका छन् रु विवेचना गर्नुहोस् ः २ं८.१० ५. नेपालको वर्तमान संविधानले शिक्षाको अधिकार सम्वन्धमा गरेको व्यवस्थावारे उल्लेख गर्दै सो विषयमा भएको कार्यान्वयन पक्षको विवेचना गर्नुहोस : ५ं५.१० खण्ड ग ६. कक्षा कोठा व्यवस्थापन गर्दा शिक्षण सिकाइको व्यवस्थापनलाई प्रभावकारी वनाउन एउटा निरीक्षकले कक्षा शिक्षाका संग कस्तो सहकारी गर्न सक्छ रु उदाहरण सहित योजनाको खाका बनाउनुहोस्ः २ं८.१० ७. शिक्षा व्यवस्थापनमा हुने सम्प्रेषणको उदाहरणसहित उल्लेख गर्नुहोस्रु केंद्रदेखी विद्यालय तहसम्मको सम्प्रेषणमा विद्यालय निरीक्षकले खेल्न सक्ने भूमिकाको बुदागत विवरण तयार गर्नुहोस्ः ५ं५ . १० ८. विद्यालय स्तरीय व्यवस्थापनमा शिक्षा एन आठौ संसोधन अनुसार विद्यालय व्यवस्थापन समितीको भूमिकाबारे चर्चा गर्नुहोसः १० खण्ड घ ९.विद्यालय शिक्षक किताबखानाको प्रमुख कार्यहरू उल्लेख गर्दै सेवा निवृत शिक्षकहरूलाई उपादान तथा निव्रितिभरण सरल तथा सहजरूपमा उपलब्ध गराउन विद्यालय शिक्षक किताब खानाले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाब दिनुहोस्ः ४ं६ . १० १०. विद्यालय शैक्षिक विकेन्द्रीकरणको सवभन्दा तल्लो एकाइ भएकाले शैक्षिक योजना निर्माणमा यसको मुख्य भूमिका उल्लेख गर्दै यस भूमिका सम्पन्न गर्दा आइपर्ने चुनौती हरू औल्याउनुहोसः ६ं४.१०
कुन बार जन्मेका मानिसहरुको भाग्य र स्वभाव कस्तो हुन्छ ?
काठमाडाैं । धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले यी बार जन्मने व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः आइतबार १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । सोमबार सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु छन् १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । ३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । ४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । ५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ । मंगलबार १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । बुधबार १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । बिहिबार १. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । २. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । ५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । शुक्रबार १. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । २. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । ३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । ४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । ५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । ६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ । शनिबार १. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
जाडोमा छालालाई यसरी बचाउने
काठमाडौं, पुस १२ । जाडो मौसममा छालाको विशेष हेरचाह गर्नुपर्छ । किनकि, न्यून तापक्रम र सुख्खा हावाले छालालाई नोक्सान पुर्याउँछ । केही साधारण उपायबाट तपाईं आफ्नो छालाको सुरक्षा गर्न सक्नुहुन्छ। विशेषगरी जाडो मौसममा सुख्खा हावाले छालामा रहेको पानीलाई सुकाएर छाला खस्रो बनाउँछ। जसले गर्दा जाडो मौसममा हात–खुट्टा फुट्नुका साथै चिलाउने र छाला पोल्ने गर्छ। छाला सुख्खा हुँदा अनुहारमा पोतो आउने र टाउकोमा चायाँ पर्ने गर्छ । यस्तै, जाडो मौसममा छाला डढ्ने भएकाले छालालाई ढाक्नु नै एउटा उत्तम उपाय हो । यसले छालालाई सुख्खा र खस्रो हुनबाट बचाउँछ । यसबाहेक छालाको हेरचाह गर्न यी कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छः १. नुहाउनुको साटो फोहोरा (सावर) लिने । तातोपानीले नभई मनतातो पानीले सकेसम्म कम समय लगाएर नुहाउने । २. छालालाई कम नोक्सान पुर्याउने फेसियल क्लिनरको प्रयोग गर्ने । जोजोबा लगायत तेल, सी बटर भएको क्लिनरको प्रयोगमा जोड दिने । ३. मोइस्चराइजिङ क्रिमको प्रयोग सकेसम्म बिहानको समयमा गर्ने । बेलुकी सुत्नुअघि पनि यो क्रिम लगाउनुस् । दिउँसो पनि एक पटक यसको प्रयोग गर्नु उपयुक्त मानिन्छ । ४. शरीरमा पानीको कमी हुन नदिन अधिक मात्रामा पानी पिउने । सकेसम्म मदिरा तथा कैफिनको सेवन घटाउने । ५. तपाईं धेरै समय घरभित्र बस्नुहुन्छ भने सकेसम्म लामो समय हिटर नताप्नु राम्रो हुन्छ । हिटरले तपाईंको छालालाई सुख्खा बनाउन सक्छ । शरीरलाई न्यानो पार्न बाक्लो लुगा लगाउनु उपयुक्त मानिन्छ । ६. घरबाट बाहिर जाँदा सम्भव भएसम्म बढीभन्दा बढी शरीर ढाक्ने गरी लुगा लगाउनु उचित हुन्छ । यसले तपाईंको छालालाई सुख्खा हुन दिँदैन । ७. सकेसम्म छालामा प्रत्यक्ष टाँसिने गरी ऊनी लुगा नलगाउनु नै वेश हुन्छ । लगाउनैपरे भित्री भागमा सुतीको लुगा लगाएर त्यसमाथि ऊनी लुगा लगाउनु उचित हुन्छ । एजेन्सी
एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा
काठमाडौं, मंसिर २६ । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गतएनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियन पेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइलरिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंङगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थपअभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट–क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीनवटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्छन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेलएपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ(नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ ।एनसेलले ग्राहक अनुभवलाई अभिवृद्घि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै विभिन्न सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्विटर मार्फत पनि कम्पनीले ग्राहकका गुनासा तथा जिज्ञासाहरु तदारुकताका साथ समाधान गर्दै आइरहेको छ ।
सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र
यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददायी हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, यौन सम्बन्धमा संलग्न हुने महिलापुरुष दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । यौन समझदारीको विषय पनि हो । उक्त समयमा एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले आनन्दानुभूति गर्न सक्छन् । यौनमा सन्तुष्टि लिने १० सूत्र: १. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् । २. स्त्रीलाई पाकक्रिडाद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रीको मनोविज्ञान ख्याल गर्नसके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुखानुभूति गर्न थप सहयोग गर्छ । ३. सम्भोग गर्न पूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् । ४. स्त्रीले चरमआनन्दानुभूति पाकक्रिडा र वीर्यस्खलनको बेला कसिलो अंगालोमा बाँधिदा प्राप्त गर्ने अध्ययनले बताएको छ । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रीलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् । ५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रीको प्रशंसा गर्न विर्सनुहुँदैन् । ६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रीको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ । ७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ । ८. सम्भोग गर्नुअघि अटस्मटस् हुने गरी खाना खानु राम्रो होइन । यसले शरीरलाई असज बनाउँछ । ९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ । १०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।
शनिबार राति महिलाहरुले के गरे सेक्सी देखिने गर्छन् ? जानिराखौं
कार्तिक २५ । ‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाँभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्वेले देखाएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् । यस्तो छ सर्वेको परिणामः — २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए । — एक तिहार्इभन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो । —सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए । —अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् । एजेन्सीबाट
आधुनिक समयमा युवापुस्ताहरु गजल लेखनमा रमाउँदै
काठमाडौं, कार्तिक १८ । साहित्यमा रुचि राख्ने अधिकांश मानिसले आफ्नो साहित्यिक यात्रा कविताबाट सुरु गर्छन् । हुन त साहित्य सिर्जना गर्नु सहज पक्कै छैन । तर, अरु विधाभन्दा गजललाई अझ गाह्रो विधा मानिन्छ । भनिन्छ, ‘गजल सुन्दा जति आनन्द आउँछ त्यसको सिर्जना गर्न त्यतिकै कठिन छ।’ सुत्रभित्र रहेर प्रेमलाई केन्द्रमा राखेर समान वजन भएका तर स्वतन्त्र भाव बोकेका युगल पक्तिहरुको समूहलाई नै गजल भनिन्छ । गजल एउटा प्राविधिक विधा पनि हो । यसमा केही प्रावधिक शब्दहरु हुँछन् । जस्तै शेर, काफिया, रदिफ, मतला, मकता, तखल्लुस, बहर, रुक्न, आर्कान्, मिसरा, मुसलसल, गैर मुसलसल आदि। त्यस्तै गजल युगल पंक्तिहरुले बनेको हुन्छ जसलाई शेर भनिन्छ । कसैले आफ्नो शौखको लागि मात्र गजल लेख्छन् भने कसैले गजलकार कै रुपमा स्थापित हुन गजल लेख्छन् । युवा पुस्तामा पनि यसको मोह उत्तिकै बढ्न थालेको छ । कमल संर्घष गजल विधाको चर्चित नाम हो । १३ वर्षकै उमेरदेखि गजल लेख्न सुरु गरेका कमलले २०७० सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ प्रकाशित गरेका थिए । त्यसपछि २०७३ सालमा उनले आफ्नो गजल संग्रह ‘सडक’ प्रकाशित गरे । उनी भन्छन्– ‘मैले गजल संग्रह मलेसिया हुँदा नै लेखेको हुँ, इच्छा भयो भने ठाउँ र समयले रोक्दैन रहेछ ।’ लेख्नका लागि कुनै त्यस्तो उपयुक्त समय नभए पनि मनले जुनबेला अनुमति दिन्छ त्यही बेला गजल लेख्न बस्दा मिठो गजल लेख्न सक्ने उनी बताउँछन् । हरिशरण डोटेलले १७ वर्षको उमेरदखि गजल लेख्न सुरु गरेका हुन् । उनको ‘निर्दोष मन’ प्रकासोन्मुख गजल संग्रह हुन् । उनी भन्छन्– ‘गजल लेख्नलाई त्यस्तो समय कुनै हुँदैन तर म विशेषगरी रातको समयमा लेख्न रुचाउँछु ।’ कविता, कथालगायत विभिन्न विधामा कलम चलाउँदै आएका डोटेलले ‘सडकको सपना’ नामक कविता संग्रहका साथै ‘निर्दोष मन’ नामक गजल संग्रह प्रकाशित गरिसकेका छन् । नेपाल बस्ने युवापुस्तामात्रै नभई विदेशमा बस्नेहरुको पनि गजलप्रतिको लगाव उत्तिकै छ । विगत केही समयदेखि जर्मन बसोबास गर्दै आएकी अपेक्षा चन्दको पनि गजलप्रति विशेष लगाव छ । १६ वर्षको उमेरदेखि अलिअलि गजलतिर कलम चलाउन थालेकी अपेक्षा चन्दले आफ्नो कलेज स्नातक तह सम्मको अध्ययन गरिरहदा गजल लेखनमा उनले कलम चलाउन थालिन् । गजल लेख्दा विशेष गरी रदिफ र काफियामा ध्यान दिनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गजल लेख्ने मेरो त्यस्तो उपयुक्त समय छैन, कहिले बाटोमा हिड्दा हिँड्दै लेख्छु कहिले काम गरिरहेको बेला लेख्छु ।’ गजल नै लेख्छु भनेर बसेको समयमा भने दिमागमा गजल नै नआएको पनि उनको अनुभव छ । ‘पहिला पहिला साहित्यको सुरुआत गर्दा युवा पुस्ताहरुले कविताबाट गर्थे भने आजभोली प्रायजसो युवाहरुको साहित्यको सुरुआत नै गजलबाट हुने गरेको छ,” वरिष्ठ गजलकार रवि प्राञ्जल भन्छन् ‘आजभोलि गजलको कार्यक्रम सञ्चालन गर्नेपनि युवा वर्ग नै हुन्छन् ।’ अधिकांश गजलकारहरु गजल लेख्नको लागि उपयुक्त समय भन्दा पनि तनावमुक्त मन र मस्तिष्क चाहिने बताउँछन् । बाह्रखरीबाट साभार
गजलः सायद जीवनका कथा
रचना तथा लेखिकाः पुजा पराजुली जन्म सुरुवात हो र मृत्यु अन्त्य । र यही सुरुवातदेखि अन्त्यसम्मको पर्खाइ हो जीवन ।। हुन त जन्मअघि नै गर्भमै गरिएको पर्खार्इ । सायद जिवनका कथामा नसमेटिएका पानाहरुझै होलान् पक्कै ।। यहाँ हरेक चिजले हरचिजलाई पर्खिएको छ यहाँ हरेक कोहिले हर कोहिलाई पर्खेको छ ।। दिनले रात पर्खेको छ,रातले बिहान आजले भोलि पर्खेको छ ,भोलिले पर्सि । यहाँ बालापनले युवा पर्खेको छ अनि, युवाअवस्थाले बृद्धअवस्था ।। यहाँ मायाले मिलन पर्खेको छ अनि, मिलनले बिछोड । जीवन बहाना रहेछ पर्खाइको त्यसैले त तिमिले अन्तिम पटक ।। निधारमा केश पन्छ्याउदै चुम्दै छाडेर गएकै ठाउँमा । म तिमिलाई पर्खिरहेकी हुनेछु मेरो मृत्यु भन्दा अगावै तिमी छिट्टै फर्केर आउनु है ।।
छयानब्बे करोडको अदुवा निर्यात
इलाम, कात्तिक १६ । आर्थिक वर्ष २०७३–७४ मा इलामबाट रु.९६ करोडको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो । घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ । जिल्लामा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ । किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुल्ला भएपछि निर्यात हुनेमा किसान ढुक्क छन् । कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ । बीउमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । इलाममा उत्पादित अदुवा भारतीय बजारमाथि निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् । पछिल्लो समय रोगको संक्रमण बढेकाले अदुवा खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए ।
एक दुलहा दुई दुलही: विवाहको कार्ड बन्यो भाइरल
इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् । रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् । इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो । पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए । दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे । उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने । इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो । (राताेपाटीबाट साभार)
झोल चाउमिन र भौजी
ग्राहकः भौजी एक हाफ झोल चाउमिन बनाइ डिना ? साउनीः ठिक बा ! एक घच्ची बैठिना । ग्राहकः ठिक बा भौजी ! भौजी.. चाउमिन त बहुत मजा बनाइलबटी । यो संवाद हरेक दिन सुन्न पाइने ठाउँ हो कर्भड हल अगाडी । झोल चाउमिन धेरैको रोजाई । अमिलो, अजिना, बन्दा, हरियो खुर्सानी, मसला इत्यादि मिश्रण झोल चाउमिन । तयार भयो माग गरेको एक हाफ झोल चाउमिन । हरेक दिउँसो भीड नै लाग्छ भौजीको ठेलामा । झोल चाउमिनका पारखी धेरै छन् । भौजीका चाउमिनका नियमित ग्राहकको संख्या थपिदै छ । ठेला राख्नु अघि भौजीले एक सहकारीबाट २० हजार ऋण काढ्नुभयो । अनि खरिद गर्नुभयो एउटा ठेला, ग्यास र अन्य आवश्यक सामान । एल. बुङ्ली गत वैशाख २ गते देखि भौजीले ठेला व्यवसाय सुरु गर्नुभयो । शुरुको दिनमा पाच जना ग्राहकले मात्रै झोल चाउमिन खानुभयो । पाक्न त अरु नि पाछ । तर, ग्राहकको अरुमा रुचि जान्न । भौजीले ठेला राखेको दिन एक हाफ झोल चाउमिनको १५ रुपैया लिनुहुन्थ्यो । अरुले २० । तर, भौजीको ठेलाको झोल चाउमिन खान कमै ग्राहक आउथे । विस्तारै भौजीको ठेलामा नि ग्राहक आउन थाले । अहिले त उहाको ठेलामा थेगि नसक्नु भीड हुन्छ । प्रायः झोल छाउमिनमा रुचि राख्ने महिला आउछन् । भौजी अगाडी थप्छीन्– अझ भनौं सबैभन्दा बढि तपाई जस्तै युवा युवती आउछन् । भौजीको पृष्ठभूमि टिठ लाग्दो छ । ११ वर्षसम्म उहा कमैया बस्नुभयो । भौजीको विवाह पनि मालिकले नै गरिदिएका । विवाह हुदा उहाको उमेर १७ वर्षको थियो । विहे भएको पछिल्लो वर्ष छोरा पाउनुभयो । अहिले भौजीको छोरा पाच कक्षामा पढ्नुहुन्छ । भौजी विगतका क्षण निकै तिता छन् । उहाले ११ वर्षसम्म बन्दी जस्तै जीवन विताउनुभयो । कयौं चोटि मालिकको हिंसा खेप्नुभयो । अनि खेप्नुभयो पारिवारीक हण्डर र ठक्कर । तर, पनि भौजीले अचानो जस्तै सहनुभयो । यी कुरा गर्दै विगत सम्झीनुभयो । बाबु एक चोटी त सहनै नसक्ने गरि पीडा पाए । त्यो, बेला त झुण्डीएर मरौं भन्ने सोच पलायो । तर, मन दह्रो बनाए र सोचे मैले मेरा साना नानीहरुको लागि भए पनि बाच्नु पर्छ । अहिले त्यो विगत सम्झीए भने कथा जस्तै लाग्छ भौजीलाई । उहा भन्नुहुन्छ– मैले जति दुःख पाए अहिले ति सबै हराएर त्यति नै खुसी पाएको छु । अहिले ठेलाबाट पनि रामै्र आम्दानी भइरहेको छ । दिनमा त्यहि चानचुन ६ सयसम्म बचत हुन्छ । त्यहि रुपैयाबाट दुइ जना छोरा–छोरीलाई स्कूल पढाएको छु । पहिले जस्तो घर व्यवहार चलाउन मुस्कील छैन । बरु १५ हजार एक जनालाई व्याजमा ऋण दिएकी छु । श्रीमान् रक्सी बढि खान्छन् । बुढाले पनि अलिकति बचत गर्नुहुन्थ्यो भने राम्रै कमाई हुन्थ्यो । तर, के गर्ने श्रीमान मदिरा प्रेमी हुनुभयो । हरेक साझ कचकच हुन्छ रक्सीकै कारण । रक्सी खाए पनि अरुले देख्ने गरि झगडा चाहि भएको छैन । भौजीले सुनाउनुभयो– विहान ७ बजे ठेला लगाउछु । पानी ल्याउछु । चट्नी बनाउछु । चाउमिन उमाल्छु इत्यादि काम सबै सकाउछु । अनि सुरु हुन्छ बिक्री गर्ने कार्य । साझ ७ बजे मात्रै घर पुगिन्छ । अनि गनिन्छ दिनभर कमाएको पैशा । केहिले २ हजार हुन्छ । कहिले १ हजार । जेहोस् खर्च कटाएर मेहनत गरे अनुसार बचत हुन्छ । त्यहिमा सन्तुष्ट छु । यो सबै सन्तुष्ट केवल झोल चाउमिनकै कारण मिलेको छ । उहा खिस्स हास्नुभयो ।