अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।
प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताए ।
“जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।रासस
रिगल नेपालगन्जबाट पक्राउ
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अफगानिस्तानमा एक हजार ५ सय मेगावाट विद्युतको आवश्यक : तालिबान
एजेन्सी । अफगानिस्तानलाई हाल एक हजार ५ सय मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ । अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् । सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन । “यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ’ स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए । अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आज देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो । गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो । गिरफ्तारीबाट आक्रोशित समर्थकहरुले सरकारी भवनहरुमा आगजनी गरेका थिए भने सडक अवरुद्ध गरेका थिए । उनीहरुले सेनाको सम्पत्तिमा क्षतिसमेत पु¥याएका थिए । “स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने । उनले समर्थकलाई आज साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आज बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए । महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् । गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो । पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रुपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय पुरुष पक्राउ
दाङ । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमही नगरपालिका–८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई पक्राउ गरेको हो । जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मेक्सिकोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु ३३ घाइते
एजेन्सी । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको छ ।” पर्यटक बस मध्य जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ प्रस्थान गरिरहेको समय दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।
मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको संकास्पद मृत्यु
दोहा । मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु भएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ निवासी रिन्जि सागर राईले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । काठमाडौँको शान्तिनगरस्थित मार्भलस इम्प्लोईमेन्ट म्यानपावरका सञ्चालक रहेका केही दिनअघि मात्र मलेसिया पुगेका उनी निलाई भन्ने स्थानमा डोरीले पासो लगाएको अवस्थामा भेटिएका हुन् । यद्यपि उनको खुट्टा भुईँमै टेकिएर अडिएको र डोरी समेत कमजोर क्लिपमा अड्काइएको देखिन्छ । परिवारले आत्महत्या नभई हत्या हुन सक्ने शंका गरेका छन् । मृतक राईले मृत्यु हुनु अघि श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुराकानी गरेका बताइएको छ । उनी पछिल्लो केही वर्षदेखि मनोरोग (डिप्रेसन) को सिकार भएको बताइएको छ । मलेसियन प्रहरीको समन्वयमा मृतकको शव अनुसन्धान र पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली दूतावासले जनाएको छ।
शिक्षालाई उत्पादन र रोजगारसँग जोड्न आवश्यक छ : शिक्षा मन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाम्रो शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त सभारोहमा सहभागी छात्रछात्राहरुलाई बधाई दिँदै उनले नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु स्थापित गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘आजको प्रतिस्पर्धाको युगमा नपाली मौलिक परम्परा र ज्ञान सीपलाई विश्वसामु विकसित भएका ज्ञान सीपसँग मेल गराउँदै नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु परिचित र स्थापित गराउनुपर्ने भएको छ ।’ मुलुकको जेठो र ठूलो त्रिविले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका खेलेको उल्लेख गर्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउन समय सापेक्षा यसको सुधार गर्नुपर्ने उनले बताए । त्यस्तै नेपाल सरकारको तर्फबाट त्रिविको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले दिएका छन् । उनले भने, ‘त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारीका प्रतिनिधिसहित सरोकार राख्ने अन्य विभिन्न पक्ष लगायत पदाधिकारीहरुसँग छलफल गरी त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि सहयोग गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ मन्त्री पौडेलले समारोहमा दीक्षित भएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको लागि शुभकामना समेत व्यक्त गरे ।
कतार पुग्यो विश्वकप ट्रफी
काठमाडौं । फिफा विश्वकपको ट्रफी सोमबार कतार पुगेको छ। फिफा विश्वकप २०२२ सुरु हुनुभन्दा एक साताअघि विश्वकपको ट्रफी पनि कतार पुगेको हो। एकमात्र सुनको वास्तविक फिफा वल्र्ड कप ट्रफी यसअघि विश्व भ्रमणमा थियो। यो ट्रफी विभिन्न ५१ मुलुकमा पुर्याइएको थियो। कोकाकोलाले सुरु गरेको विश्वकप ट्रफीको विश्व भ्रमण गत मे महिनामा दुबईबाट सुरु भएको थियो। यो ट्रफी सोमबार कतारको दोहा आउनुभन्दा पहिला साउदी अरेबियाको इथ्रा सहरमा देखाइएको थियो। कतार विश्वकप २०२२ की महाप्रबन्धक नाजिल बेबेरोग्लुले विश्वकपको ट्रफी कतार आइपुग्नु सबैको लागि खुसीको कुरा भएको बताइन्। अहिले कतार पुगेको विश्वकपको ट्रफी फाइनल खेलसम्म फिफा र डेलिभरी एण्ड लिगेसीका सर्वोच्च कमिटीको निगरानीमा राखिनेछ। फाइनल खेल जित्ने टोलीलाई उक्त ट्रफी हस्तान्तरण गरिनेछ।
वाग्मती नदीमा र्याफ्टिङमार्फत जल विहार
काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो । वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो । वागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले सोही कारण संरक्षणको आवाज मुखरित गर्न जल विहार गराइएको बताए । विभिन्न सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं शहरका साथै वागमती नदीको वातावरण पनि दूषित भएको भन्दै उनले सफाइ र सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताए ।
बाबुरामसँगै महेन्द्र राय पनि नेसपाकाे अध्यक्ष, यी हुन पदाधिकारी र १८९ केन्द्रीय सदस्यहरु
काठमाडौँ — नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । १ सय ८९ सदस्यीय केन्द्रीय समितिमा गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ । उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाइएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुविकरण र एकतासम्म गर्न सक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ । केन्द्रीय सदस्यहरूको नामावली : १) डा. बाबुराम भट्टराई (अध्यक्ष) २) महिन्द्र राय यादव (अध्यक्ष) ३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष) ४) हिसिला यमि (उपाध्यक्ष) ५) भक्तबहादुर शाह (उपाध्यक्ष) ६) दुर्गा सोव (उपाध्यक्ष) ७) रमेश प्रसाद यादव (महासचिव) ८) अक्कल बहादुर थिङ ९) अब्दुल रहमान मुसलमान १०) अस्मिता सिंह (मानुषी यमि भट्टराई) ११) अमृत कुमार पुरी १२) मृत बहादुर आचार्य १३) ईश्वर रिजाल १४) उपेन्द्रलाल कामी १५) उमाशंकर यादव १६) उर्मिला पाण्डे १७) उमेश साह १८) एकबहादुर राना मगर १९) एमपी रिजाल २०) एसबी स्याङ्तान २१) कर्णध्वज केसी २२) कर्णसिंह रतोकी २३) कमल प्रसाद खनाल २४) किस्मत बिक (रामदाम) २५) केशव राज अर्याल २६) कैलाश बानियाँ २७) कृति बहादुर भट्टराई २८) कृष्ण प्रसाद शर्मा २९) खुम्बराज खत्री ३०) गजाधर सुनार ३१) गजेन्द्र ठाकुर ३२) गोकर्ण बहादुर थापा क्षेत्री ३३) गोपालबाबु श्रेष्ठ ३४) गोविन्द प्रसाद चौधरी ३५) घमानसिं गुरुङ ३६) चित्र प्रसाद सापकोटा ३७) चिनक कुर्मी ३८) छन्द बहादुर पन्थी ३९) जनकराज शाह ४०) जीतमान पुन ४१) जेकेन्द्र कुमार श्रेष्ठ ४२) जेसिका तामाङ ४३) टीकाराम पौडेल ४४) टीकाराम रेग्मी ४५) टेकबहादुर बाठा मगर ४६) ढाकाराम गौतम ४७) तारादेवी शर्मा ४८) तेजबहादुर थापा ४९) तेजलाल कर्ण ५०) दलबहादुर लिम्बू ५१) दानबहादुर कुर्मी चौधरी ५२) दानबहादुर सहकारी ५३) दावा स्याङ्बो तामाङ ५४) दुर्गादेवी भट्टराई ५५) देवी बहादुर बुढाथोकी ५६) देवेन्द्र पाण्डेय ५७) देवेन्द्र थापा ५८) देवेन्द्र यादव ५९) धनबहादुर गुरुङ ६०) नहेन्द्र प्रधान ६१) नारायण प्रसाद खनाल ६२) नरेन्द्रनाथ योगी ६३) नारायणराज पाण्डे ६४) पवित्रा कुमारी तिमिल्सैना ६५) पंकज राई ६६) फणीन्द्र देवकोटा ६७) बन्दना श्रेष्ठ (सुवेदी) ६८) बालकृष्ण खनाल ६९) भक्तिप्रसाद आचार्य ७०) भरतराज दाहाल ७१) भीमबहादुर मल्ल ७२) भीमप्रसाद पराजुली ७३) भीमलाल तामाङ ७४) महम्मद कलाम अन्सारी ७५) महेन्द्र कुमार श्रेष्ठ ७६) महेन्द्र बहादुर शाही ७७) माधवराज गिरी ७८) मीनराज बडु ७९) मीनबहादुर दर्जी ८०) मुक्ति नारायण यादव ८१) मुहम्मद वकिल मुसलमान ८२) मोती प्रसाद पंगाली ८३) मोनिका सिंह (मिन्टु) ८४) मो. इजरायल अहमद ८५) यज्ञ प्रसाद पोखरेल ८६) रमेश पोखरेल ८७) राजदेव राम ८८) राजु नेपाल ८९) राजु थापा ९०) राजेन्द्र कुमार किराती ९१) राजेन्द्रप्रसाद देवकोटा ९२) राम रिझन यादव ९३) रामबहादुर बोहरा ९४) रामबाबु थापा ९५) रामकैलाश यादव ९६) रामकुमार पुरी ९७) रामबहादुर घले ९८) रिमबहादुर बस्येल ९९) रोशन पोखरेल १००) रोहिणी प्रसाद पाण्डे १०१) लालध्वज नेम्वाङ १०२) विनोद कुमार गुरुङ १०३) विमल गिरी १०४) विष्णुप्रसाद आचार्य १०५) वीरबहादुर तामाङ १०६) वीरेन्द्र हरिजन १०७) वेदप्रासद आचार्य १०८) शम्भु बहादुर परियार १०९) शरदमणी खरेल ११०) शिव सुन्दर शाही १११) शिवशंकर यादव ११२) सन्जय पासवान ११३) सरुण बाठा मगर ११४) साधु यादव ११५) सिर्जना रिजाल नेपाल ११६) श्रीचन्द मुखिया ११७) श्रीजना सुवेदी ११८) सुदर्शन खतिवडा ११९) सुनिता काफ्ले १२०) सुनिल खड्का १२१) सुनिल बिक १२२) सुभाष पाण्डे १२३) सुरेन्द्र कुमार पटेल १२४) सूर्यबहादुर राई १२५) सूर्यनारायण मण्डल १२६) सोनामसिं स्याङ्तान १२७) सोमबहादुर थिङ १२८) संजय कुमार साह १२९) संजिव गुरुङ १३०) हरिबहादुर श्रेष्ठ १३१) हरि प्रसाद रिजाल १३२) हरिशरआचार्य १३३) हिक्मत बिश्वकर्मा १३४) हेमबहादुर थापा (पराजुली) १३५) होम कुमारी तामाङ (दोङ) १३६) ज्ञानेन्द्र कुमाल १३७) दीपक लामिछाने १३८) विमला अर्याल १३९) तारा दवाडी १४०) सावित्री राई १४१) प्रमिला यादव १४२) तारा भण्डारी १४३) सलमा खातुन मिकरानी १४४) मीरा रानी १४५) सुनिता देवी १४६) नुरी मिकरानी १४७) सुनिता देवी यादव १४८) सवनम खातुन १४९) बबिता देवी १५०) फूलतारन कुमारी १५१) रौसनी खातुन १५२) सैरा बानु अन्सारी १५३) सुशीला देवी यादव १५४) सानी श्रेष्ठ १५५) शोभा माझी १५६) अनिता थिङ १५७) आशा लामा १५८) निकिता तामाङ १५९) दिलमाया लामा १६०) वसुन्धरा सापकोटा १६१) न्हुछेशोभा तुलाधर १६२) टीका कुमारी प्रज्ञा १६३) मन्जु थापा मगर १६४) देवी कुमारी क्षेत्री १६५) दुर्गा गुरुङ १६६) लक्ष्मी खाती परियार १६७) नारायणी अधिकारी १६८) धनमाया लामा १६९) ईश्वरी थापा १७०) ज्ञानीदेवी थापा मगर १७१) पूर्णमाया वन्त १७२) लक्ष्मी चौधरी १७३) धनेश्वरी चौधरी १७४) राधा थापा १७५) रमा आचार्य १७६) रेखा गुप्ता १७७) मन्जू चौधरी १७८) मीरा शाह १७९) सरस्वती पाण्डे १८०) मनिका जैसी १८१) सत्यदेवी चापागाईं १८२) कमला धामी १८३) शारदा भट्टराई १८४) ईन्दिरा बस्ताकोटी १८५) विमला पुरी १८६) सानू गुरुङ १८७) सरिता ढकाल १८८) मन्जु मिक
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहेको छ । संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो तथ्य प्रस्तुत गरेका हुन । आर्थिक ५.८ प्रतिशत हुने अनुमान छ । १३८१ अमेरिकी डलर प्रतिव्यक्ति आय । पहिलो नौ महिनासम्म औसत मूल्यवृद्धि ७.३ प्रतिशत रहेको छ । कोरोना र बेमौसमी वर्षाका कारण कृषि र पूर्वाधारमा पुर्याएको क्षतिका कारण लक्ष पुरा गर्न कठिन देखिएको छ ।
कतारमा किराँतीहरुले उभौलि चाड – ५०८२ मनाए
सन्तोष क्षत्री दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्। कतारमा स्थापित तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। कार्यक्रममा उपस्थित सम्पुर्ण लाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्त बारेमा कार्यक्रमका उप-संयोजक किराया शाखा, कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार-नासो, लिम्बू-फेदङ्वा र राई-नछुङ द्वारा प्रकृति पुजा गरिएको थियो। कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक सस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश एकका सबै जिल्ला संस्थाहरु, बग्मती प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले संचालन गरेका थिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो। साकेला सिलि बारे किराया शाखा कतारका पुर्ब अध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रस्टाउनु भएको थियो। कार्यक्रममा तिनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिलएका थिए । कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेका थिए।
स्थानीय तह निर्वाचन : भरतपुर महानगरको मतगणनास्थलमा फलामको तारजाली लगाइयो
काठमाडौं । स्थानीय तह निर्वाचनको भोलि शुक्रबार ३० गते देशभर एकैसाथ हुँदैछ । भोलि हुने निर्वाचनको तयारी पुरा भइसकेको छ । मतदानमा आवश्यक सामग्रीसहित कर्मचारीहरु पनि मतदानस्थल पुगिसकेका छन् । निर्वाचनमा काठमाडौं पछि चासोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ । मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो । उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ । मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए । ०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ । मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।
सुनको मूल्य एक लाख एक सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
अल्पमतमा परेपछि मध्यमार्गी बाटोमा विप्लव,फूट जोगाउन स्थानीय चुनावमा भाग नलिने
कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समितिको १२ ओं पूर्ण बैठकले निर्वाचन बहिस्कारका पक्षमा उभिने दबाब दिएपछि पार्टीले मध्यमार्गी बाटो तय गरेको एक केन्द्रीय सदस्यले बताए । पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको निर्वाचन उपयोगसम्बन्धी प्रस्ताव बैठकले अस्वीकृत गरेको छ । तर निर्वाचनमा भाग लिने या नलिने विषयमा पार्टीभित्र विभाजन हुने अवस्था देखिएपछि नेतृत्वले मध्यमार्गी बाटो लिँदै चुनावमा भाग नलिने तर बहिस्कारका कार्यक्रम समेत सञ्चालन नगर्ने निर्णय गर्ने भएको हो । नेतृत्वको नीतिविरुद्ध बहुमत पार्टी देखिएपछि विप्लव नैतिक संकटमा परेका थिए । स्थानीय निकायको निर्वाचनलाई रणनीतिक उपयोग गर्ने विप्लवको प्रस्ताव विरुद्ध दुई तिहाई केन्द्रीय सदस्यहरुले असहमति जनाएको थियो । केन्द्रीय समितिको बैठक आज सकिने छ । बैठकले स्थानीय निकायको निर्वाचनमा पार्टीले भाग नलिने तर पार्टी समर्थकहरुले निर्वाचन लड्न चाहेमा स्वतन्त्रबाट लड्न सक्ने आसयको परिमार्जित प्रतिवेदन पारित गर्ने सम्भावना बलियो छ । यसको अर्थ स्थानीय सन्दर्भ हेरेर पार्टीले कुनै दललाई समर्थन गर्ने या स्वतन्त्र उम्मेदवारका नाममा समर्थन माग्न सक्ने अवस्था कायम रहनेछ । पार्टीको आधिकारिक धारणा भने केन्द्रीय समिति बैठकपछि जारी गरिनेछ । मोहन वैद्धय नेतृत्वको क्रान्तिकारी माओवादीले भने यसअघि नै बहिस्कारको निर्णय गरिसकेको छ ।