लिङ्ग घुमाउँदै फागूको बिदाई
भक्तपुर, चैत ६ । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पुर्याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व बुधबार साँझबाट सम्पन्न भएको छ। भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदाइ गरेका छन।
भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो। सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म होली मनाएका हुन। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको काठबाट निर्मित लिङ्गलाई आज साँझ मन्दिरबाट स्थानीयवासीले काँधमा बोकेर ब्रह्मायणी मन्दिर नजीकै हनुमन्ते खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन भएको हो।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउछन। चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु परम्परा रहेको छ। घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुण्ड्याइन्छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ।
चीर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन भएको छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेको प्रतिस्पर्धा चल्ने गर्दछ। रासस
समायाेजन फाराम नभर्ने कर्मचारीलाई ठाडाे कारवाहीकाे चेतावनी दिए मन्त्री पण्डितले
काठमाडौंँ, पुस १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उहाँले दिनुभयो । कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गर्नुभयो । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भन्नुभयो–‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’ कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।” समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै उहाँले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट पार्नुभयो । कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउनुहुँदै मन्त्री पण्डितले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभयो । “आवेदन नभर्ने कर्मचारी पनि सरकारका कर्मचारी हुनेछन्, जागीर खाँदा बुझाएको नागरिकताको ठेगानालाई आधार बनाएर समायोजनको काम गर्छौं” मन्त्री पण्डितले भन्नुभयो । सरकारी जागीर खाइसकेपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भन्ने कर्मचारीलाई छुट छैन भन्दै मन्त्री पण्डितले भन्नुभयो, “अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प रहँदैन ।” सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न अगाडि बढेकाले सो अभियानमा साथ दिन उहाँले सबै कर्मचारीलाई आव्हान गर्नुभयो ।
तपाईको कुनै शैक्षिक सुझाव छन्, राष्ट्रिय शिक्षा आयोगको अपिल (पूर्णपाठ)
काठमाडौं, पुस १८ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षा सम्बन्धी नयाँ व्यवस्थाका लागि प्रतिवेदन तयार पारी मन्त्रिपरिषदमा पेश गर्न लागेको जानकारी गराउँदै त्यसका लागि नागरिकलाई सुझावको अपील गरेको छ । आयोगले आफ्नो मस्यौदा प्रतिवेदन र वेबसाइटमार्फत् सुझावका लागि सर्वसाधारणलाई अपील गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएपछि सर्वसाधारणलाई सुझावका लागि आग्रह गरेको हो । यस्तो छ आयोगको अपील नेपालको संवैधानिक व्यवस्था र समाजवाद उन्मूख आर्थिक सामाजिक रुपान्तरणका लागि संघीय संरचनामा आधारित लोकतान्त्रिक, समावेशी एवं समानतामूलक समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसमेतलाई समेट्ने गरी शिक्षाको दूरदृष्टि, नीति, रणनीति र संरचना, समसामयिक सुझावहरु सहितको विस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रस्तुत गने उद्देश्यसहित नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।३।३२ को निर्णयबाट माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगको गठन भएको छ । आयोगबाट सम्पादन गर्ने कामलाई व्यवस्थित गरी आठवटा विषयगत समूहहरु (प्रारम्भिक वालविकास तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, उच्च शिक्षा, आजीवन सिकाइ र अनौपचारिक शिक्षा, सुशासन, शिक्षामा गुणस्तर र वित्त र साझेदारी, समावेशीकरण० गठन भई आ–आफ्नो कार्यादेशबमोजिम सरोकारवालाहरुसँग विभिन्न विधि र माध्यमहरुमार्फत् छलफल, अन्तर्राष्ट्रिय, स्थलगत अध्ययन भ्रमणसमेत गरी राय सुझावहरु संकलन गने कार्य निरन्तर रुपमा चलिरहेको छ । उक्त आठ विषय–क्षेत्रमा आधारित रही मूल प्रतिवेदनको ढाँचा तय भएको र सोबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको छ । आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्घान्त तयार गरिसकेको छ । राय सुझाव संकलनको खाका तयार गरेको छ । आयोगको प्रतिवेदनमा अधिकतम सरोकारवालाहरुका राय र सुझावहरु समावेश गरी यसको अपनत्व, गरिमा र सर्वस्वीकार्यतालाई अभिवृद्धि गर्ने कार्यको निरन्तरताकै रुपमा राष्ट्रिय स्तरमा राय सुझाव संकलन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । हालसम्मका छलफलका क्रममा उठाइएका मुद्दाहरु, समस्याहरु तथा प्राप्त सुझावहरुलाई एकत्रित गर्दै संक्षेपीकरण गरी तपाईहरुसमक्ष प्रस्तुत गररएको छ । कतिपय विषयहरु छुट पनि भएका हुन सक्छन् । प्रस्तुत मुद्दा एवं समस्याहरुमा केन्द्रित रहेर यहाँहरुका अमूल्य राय सुझावहरुको यस आयोग खुला हृदयले स्वागत गर्दछ । यो प्रारम्भिक मस्यौदा भएकाले भाषा र विषयवस्तुको सम्पादनमा समुचित ध्यान पुग्न नसकेको हुनसक्छ, यस पक्षमा समेत सुझावको अपेक्षा गरिएको छ । साथै आयोगको इमेल र वेवसाइटमार्फत् समेत सुझाव प्रश्तुत गर्न सक्ने व्यवस्था जानकारीको लागि अनुरोध छ । सुझाव इमेल ठेगानाः [email protected], वेभसाइटः www.moe.gov.np/aayog मा पठाउन सकिने छ ।
यी हुन सलमान खानका टप फाइभ दुश्मन, कसैसँग छैन बोलिचाली
मुम्बई । सलमान खानको क्रेज भारत र अन्य देशमा निकै छ । स्वभावले सोझो जस्तो लाग्छन उनी । तर उनको जीवनमा केही यस्ता व्यक्ति छन जोसँग उनको निकै कडा दुश्मनी छ । सलमान खानका बारेमा भनिन्छ– उनी परिवार साथीहरुको खुशीका लागि जे पनि गर्न सक्छन । तर कोहीसँग बिग्रियो भने उनको शत्रुता झनै खतरनाक हुन्छ रे । यस्तोमा सलमान खानसँग सम्बन्ध बिग्रेका केही कलाकार छन । आउनुस को को रहेछन त ? १. बिबेक ओबराय यो लिष्टमा सबैभन्दा पहिला बिबेक ओबरायको नाम आउँछ । यिनलाई सलमानको सबैभन्दा ठूलो दुश्मन मानिन्छ । यी दुईका बीच अभिनेत्री ऐश्वर्या रायलाई लिएर शत्रुता भएको थियो । सलमानको ऐश्वर्यासँग ब्रेकअप भएपछि विवेकले पत्रकार सम्मेलन गर्दै सलमानमाथि गम्भीर आरोप लगाएका थिए । त्यो बेलादेखि अहिलेसम्म दुबैको बोलचाल बन्द छ । २. सञ्जय लिला भन्साली ः चलचित्र निर्माता हुन सञ्जयलिला भन्साली । सलमान खानले भन्सालीसँग खामोशी, हम दिल दे चुके सनम जस्ता कैयन हिट फिल्म पनि गरे । तर चलचित्र हम दिल दे चुके सनम निर्माणका बेला यी दुई बीच केही कुरामा सम्बन्ध बिग्रिएको बताइन्छ । अहिले यी दुबै कुराकानी गर्दैनन । त्यसो त केहीले भने सलमानले छिटै भन्सालीसँग काम गर्न गइरहेको दावी पनि नगरेका होइनन । ३. अर्जुन कपुरः सलमान खान कुनै बेला अर्जुन कपुरका मेन्टर थिए । तर मलाइका अरोडाका कारण उनको सम्बन्ध अर्जुनसँग बिग्रियो । सलमान खानले उनका भाई अरबाज खानकी भुतपूर्व श्रीमती मलाइका र अर्जुन कपुरबीचको सम्बन्ध स्वीकार गरेका छैनन । ४. कोरियोग्राफर सरोज खान ः चर्चित कोरियोग्राफर सरोज खानसँग पनि सलमानको झगडा भएको छ । चलचित्र अन्दाज अपना अपनाको एउटा गीतमा सरोज खान कोरियोग्राफी गरिरहेकी थिइन । सलमानलाई सरोजले डान्सका राम्रा स्टेप नदिएको लागेपछि उनी रिसाएका थिए । त्यसपछि दुबैमा ठूलो झगडा भएको थियो । ५. अरिजित सिंहः गायक अरिजित सिंहसँग पनि सलमानको सम्बन्ध राम्रो छैन । एउटा पुरस्कार समारोहमा सलमानले अरिजितलाई के तपाई सुत्नु भएको थियो र ? भन्दै प्रन गरेपछि अरिजितले तपाईहरुले मलाई सुताई दिनुभयो भन्दै रुखो जवाफ फर्काएका थिए । त्यसपछि सलमानले चलचित्र सुल्तानबाट अरिजितको गीत नै हटाए । अरिजितले सलमान खानसँग माफी मागेपनि सलमानले भने माफ गरेका छेनन ।
बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजस्व संकलन ३०.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ । मुद्रास्फीति उपभोक्ता मुद्रास्फीति १. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २. २०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति ३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति ४. २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति ५. २०७५ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ६. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोलेसमग्र थोक मुद्रास्फीति बढ्न गएको हो । राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ । बाह्य क्षेत्र वैदेशिक व्यापार ८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ । ९. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । १०. भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ११. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो । सेवा १२. समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो । १३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो । विप्रेषण आप्रवाह १४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । १५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । १६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । चालु खाता एवम् शोधनान्तर स्थिति १७. समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । १८. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । १९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.४ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १७ करोड रहेको थियो । विदेशी विनिमय सञ्चिति २०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.८ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा रु.१०८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको छ । २१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा रु.४४ अर्ब ८६ करोडले कमी आई रु.९४४ अर्ब ५४ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरु २२. आर्थिक वर्ष २०७५/७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ प्रतिशत, ६५.८ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य २३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६१.१८ रहेकोमा २०७५ कात्तिक मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६५.२९ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८० रहेकोमा २०७५ कात्तिक मसान्तमा ४.५ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२२.४० कायम भएको छ । विनिमय दर २४. २०७५ असार मसान्तको तुलनामा २०७५ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भएको थियो । ट २०७५ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.८८ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । सरकारी वित्त स्थिति वित्त घाटा/बचत २५. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो । सरकारी खर्च २६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेकोथियो । २७. समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो । सरकारी राजस्व २८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेको थियो । सरकारको नगद मौज्दात २९. २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । मौद्रिक स्थिति मुद्राप्रदाय ३०. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । ३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५७ अर्ब ३३ करोड (५.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको थियो । ३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १५.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा सञ्चित मुद्रा ७.२ प्रतिशतले बढेको छ । कुल आन्तरिक कर्जा ३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ । ३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.३ प्रतिशतले बढेको छ । निक्षेप संकलन ३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । ३६. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको थियो । ३७. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो । कर्जा प्रवाह ३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ । ३९. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । ४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ । तरलता व्यवस्थापन ४१. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. २० अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१३५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको थियो । ४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ५ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु. ५ अर्ब ५० करोड यस्तो सुविधा उपयोग गरेका थिए । ४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८७ करोड ९५ लाख खूद खरिद गरी रु.१०१ अर्ब ८६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २७ करोड खूद खरिद गरी रु.१३० अर्ब ७४ करोड खूद तरलता प्रवाह गरिएको थियो । ४४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १६ अर्ब बिक्री गरी रु.१६३ अर्ब ३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड र यूरो ४ करोड बिक्री गरी रु.१४५ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । पुनरकर्जा ४५. उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ कात्तिक मसान्तसम्ममा यस बैंकको रु.१५ अर्ब ६३ करोड पुनरकर्जा लगानीमा रहेको छ । ४६. भूकम्प पीडितहरुलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ कात्तिक मसान्तसम्ममा रु.२ अर्ब २३ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १४०१ जना ऋणीले उपयोग गरेका छन् । ४७. २०७५ कात्तिक मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९७४९ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब ३८ करोड कर्जा बक्यौता रहेको छ भने रु.७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । अन्तर–बैंक कारोबार ४८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा वाणिज्य बैंकहरुले रु.४२१ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले रु.४८ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.३२१ अर्ब १० करोड र रु.७ अर्ब १८ करोड कारोबार गरेका थिए । ब्याजदर ४९. २०७४ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.५५ प्रतिशत रहेकोमा २०७५ कात्तिकमा २.२० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ कात्तिकको २.६८ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७४ कात्तिकको १०.११ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १०.२१ प्रतिशत कायम भएको छ । मर्जर/प्राप्ति ५०. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ कात्तिक मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । वित्तीय पहुँच ५१. ७५३ स्थानीय तहमध्ये २०७५ कात्तिक मसान्तसम्म ६८२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ । ५२. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ कात्तिक मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा ७२१८ पुगेको छ । पूँजी बजार ५३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकाङ्क १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो । ५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो । ५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ । एकतान्यूजबाट
आठौँ राष्ट्रिय खेलकूद १५ दिन पर सर्न सक्ने !
नेपालगञ्ज , पुस ११ । नेपालगञ्जमा आयोजना गरिने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन पर सर्न सक्ने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा बुधवार उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण प्रतियोगिता फागुनको मध्यतिर सम्मका लागि सर्न सक्ने बताए । आठौँ राष्ट्रिय खेलकूदका लागि तोकिएको मिति भने माघ २५ देखि फागुन ३ सम्म हो । प्रतियोगिताको तयारीबारे बताउँदै सदस्य सचिव बिष्टले भने, “आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ ।”, उनले भने, “मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।” प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुनसक्ने सदस्य सचिव बिष्टको भनाइ थियो । “अत्याधुनिक प्रविधिको रङ्गशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ तर, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ ।”, उनले भने, “सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौं ।” सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न आजैदेखि सचिवालय स्थापना गरिएको बताए । प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ । परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ । रासस
नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (हेर्नुस् नामावली)
काठमाडौं, पुष १० । नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्। प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा भएका हुन् । नामावली हेर्न यहाँ क्लिक गर्नुस्
यी स्मार्टफोनमा अर्को वर्षदेखि बन्द हुने, कतै तपाइको फोन त परेन ?
काठमाडौं, पुष ७ । कुराकानी र कागजात पठाउन निकै प्रयोग हुने मोबाइल एप्लिकेसन व्हाट्सएप अर्कोवर्षदेखि भने धेरै मोबाइल फोनमा नचल्ने भएको छ । नोकिएले एउटा सूचि जारी गर्दै केही फोनहरुमा व्हाट्सएप नचल्ने बताएको हो । समाचार जनाइए अनुसार, अहिले नोकिएका एस ४० अपरेटिङ सिष्टम प्रयोग गरिरहेका उपभोक्ताहरुका लागि नयाँ फिचर विकास गर्ने छैन । यति मात्रै हैन, नोकिया एस४० मा काम गरिरहेका मोबाइल फोनमा व्हाट्सएपका केही फिचर्स कुनै पनि बेला चल्न बन्द हुन सक्छन् । व्हाट्सएपका अनुसार, एन्ड्रोइड भर्जन २.३.७ र त्यसअघिका अपेरेटिङ सिष्टम, आइओएस ७ र पुराना अपरेटिङ सिष्टममा चलिरहेका आइफोनमा समेत सन २०२० देखि व्हाट्सएप चल्ने छैन । व्हाट्सएपले आगामी सात वर्षसम्म मानिसहरुले सबैभन्दा बढी प्रयोग गर्ने फोनहरुमा मात्रै ध्यान केन्द्रीत गर्ने जनाएको छ । कम्पनीले गत वर्ष ३१ डिसेम्बरदेखि ब्ल्याकबेरी ओएस, ब्ल्याकबेरी १० र विन्डोज ८.० लगायत कैयन अन्य अपरेटिङ सिष्टममा व्हाट्सएप बन्द गरेको थियो ।
हेर्नुस्, स्याङ्जाकाे प्रावि तहको नतिजा (नामसहित)
काठमाडौं, मंसिर २८ । शिक्षक सेवा आयोगले शुक्रबार ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज तनहुँ, कास्की, अर्घाखाँची, स्याङ्जा र पाल्पा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । –तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् स्याङ्जाको नतिजा हेर्नुस्-
नेपाल आइडलः पाठकको नजरमा बिक्रमभन्दा रवि अगाडि
काठमाडौं, मंसिर २३ । रवि ओड सुदूरपश्चिमेलीको मात्र होइन सबै नेपालीको मनमा बसेका छन् । यसको प्रमाणहरु सामाजिक सञ्जालमा पर्याप्त छन् । यति मात्र होइन विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुले पनि रवि धेरैको मनमा बसेको जनाउँ दिन्छ । यसैबीच, काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारमा पनि रविलाई धेरैले पढेका छन् । अर्थात् उनको समाचारलाई धेरैले पढेका र सेयर गरेका छन् । यसको मापन सहजै गर्न सकिन्छ । सेयर गरेको प्रत्यक्ष अंक नै देखिन्छ । अन्नपूर्णले रविकोभन्दा अगाडि बिक्रमको समाचार प्रकाशित गरेको थियो । तर, ‘पोखरामा माया बटुल्दै बिक्रम’ शिर्षकको समाचार आइतबार साँझ ६ बजेसम्म १०७१ जनाले मात्रै सेयर गरेका छन् । तर, ‘कैलालीमा रविलाई पञ्चेबाजाले स्वागत’ शिर्षकको समाचार बिक्रमको भन्दा केही समयपछि प्रकाशित गर्दा पनि आइतबार साँझसम्म ३७७४ जनाले सेयर गरिसकेका थिए । यसरी आंकलन गर्ने हो भने बिक्रमभन्दा रवि पाठकको आँखामा धेरै अगाडि छन् । अन्य मिडियामा रविबारे प्रकाशित समाचार पनि अत्यधिक सेयर भएको देखिन्छ । सेयर गरेको मापन गर्नुको मूल कारण पाठकमाझ को प्रतिस्पर्धी अगाडि छन् भन्ने केलाउन खोजिएको हो । अन्नपूर्ण पोस्ट् दैनिक र ‘नेपाल आइडल’ आयोजना गर्ने एपी वान टेलिभिजन एकै ग्रुपको संञ्चार माध्यम भएकाले पनि अन्नपूर्णमा प्रकाशित समाचारलाई मापनको आधार बनाइएको हो । अन्नपूर्णले रवि र बिक्रमबाहेक अस्मिता अधिकारी र सुमित पाठकको बारेमा भने समाचार प्रकाशित गरेको थिएन । यसकारण सुमित र अस्मिताबारे पाठकको साथ प्रकाशित गरेनौं । अहिले चारै प्रतिस्पर्धी गृह जिल्लामा व्यस्त छन् । रवि सुदूरपश्चिममा, बिक्रम पोखरा, सुमित र अस्मिता झापामा रहेका छन् । पत्रिकामा पाठकले साथ दिए पनि यात्रा भोटिङको भएकाले उपाधि भने यसले नै जित्न सक्छ भनेर ठोकुवा गर्न कठिन छ । अब हेरौं दोस्रो नेपाल आइडलको उपाधि कसले जित्छ ।
विदेशमा रहेका श्रीमानको शुक्रकीट जम्मा गरेर बच्चा जन्माउने सेवा नेपालमैं (अन्तर्वार्ता)
डा.उमा श्रीवास्तव निसन्तान केन्द्र बानेश्वरकी प्रमुख डा. उमा श्रीवास्तव २५ वर्ष देखि प्रजनन् तथा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै आएकी छिन् । चार हजार भन्दा बढी निसन्तान दम्पतीलाई कृतिम विधिबाट सन्तान जन्माउन सहयोग गरेकी श्रीवास्तवसँग निसन्तानको समस्याका बारेमा डा.उमा श्रीवास्तव संग गरियको कुराकानीः कहिल्यै पनि बच्चा नहुने हुन्छ कि हुँदैन ? यो एकदमै कममा मात्र हुन्छ । एक पाठेघरमा दीर्घ रोग लागेमा र अर्को कुनै पनि महिला महिलाको स्वरुप मात्र हुने तर उसको बृद्धि विकास पुरुषको भएको अवस्थामा मात्र बच्चा नहुने हुन्छ । नभए अरु कुनै पनि अवस्थामा महिलाको बन्चा नहुने भन्ने हुदैन । जो जो धेरै बर्ष देखि बच्चा भएन भनेर बस्नु भएको छ उहाँहरु भ्रममा हुनुहुन्छ । कतिको सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको कारण बच्चा नभएको हुन्छ । यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन । एकदुई बर्ष बच्चा भएन भने हामीकहाँ श्रीमानलाई भन्दा बढी श्रीमतीलाई जाँच गर्ने चलन छ । बच्चा पाउने बारेमा सल्लाह गर्न आउँदै हुनुहुन्छ भने पहिले श्रीमानले शुक्रकीटको जाँच गराउनुस् अनि मात्र श्रीमतीको उपचार सुरु हुन्छ । त्यसले उपचार छोटिन्छ । बच्चा नहुनुमा श्रीमतीको दोष देख्ने कुरा गल्ती हो । श्रीमान अथवा सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको अवस्थाले बच्चा नभएको हो भने शुक्रकीट बरो गरेर अथवा कसैको शुक्रकीट प्रयोग गरेर बच्चा बनाउन सकिन्छ । आमाकै पाठेघरको कमजोरीले हो भने केमा कमी छ त्यो हेर्नु पर्छ । पहिलो शुक्रकीट जाने नली थुनिएको छ कि वा सोे नली सानो छ कि जाँच गराउनु पर्छ । बच्चा आएर पनि पाठेघरमा बस्न नसक्ने अवस्था छ कि, यस्तै अन्य समस्या पनि हुन सक्छन् । समस्या पत्ता लागेपछि हामी त्यही अनुरुप काम गर्छौं । शुक्रकीट बरो भन्नु भयो यो कसरी गरिन्छ प्रक्रिया बताइदिनोस् न ? बच्चा चाहने दम्पतीको श्रीमानको शुक्रकीटले काम नगरेको र श्रीमतीको पाठेघर बच्चा राख्न तयारी रहेको अवश्थामा हामी यो प्रकृया अपनाउछौ । श्रीमान श्रीमतीको सहमतिमा उहाँहरुले चाहेको मान्छे या हस्पिटलमा नै स्टोरमा रहेको शुक्रकीट प्रयोग गर्ने गरेका छौं । उहाँहरुले नै भनेको मानिसको शुक्रकीट राख्नको लागि पनि पहिला त्यो मानिसमा केही रोग छ कि छैन परीक्षण गर्छौं । उ स्वस्थ्य भएको खण्डमा उसको शुक्रकीट लिएर सफा गर्छौं र शक्तिशाली तीन चार वटा तयार गरेर वा शुक्रकीट बैंकमा राखिएको शुक्रकीटलाई सुईको माध्यमबाट पाठेघरसम्म पुर्याउँछौ । नेपालमा निसन्तान कति प्रतिशत छन् ? र यसको कारण के के हुन् ? सरकारी तथ्याङ्कमा जनसंख्याको १५ प्रतिशतमा निशन्तान भन्ने देखिएको छ । तर त्यति धेरै हुनुमा सचेतना र स्वास्थ्य संस्थाको पहुँच नभएरर धेरैले उपचारमा नआएर यस्तो भएको हो । यो कुनै स साना कारणले हुन्छ समयमा चासो देखाए बच्चा हुन्न नै भन्ने हुँदैन । तर उपचार गर्न चाहिँ आउनु पर्छ । बाहिरी वातावरणले बच्चा हुने कुरामा कतिको असर गर्छ ? पुरुषहरुको हकमा कामको लोड, विषादियुक्त खाना, तातोमा काम गुर्न पर्ने आदि कारणले शुक्रकीट उत्पादन कम हुने र उत्पादन भएका शुक्रकीट पनि काम गर्न नसक्ने हुन्छन् । महिलाको हकमा पनि माथिका सबै कुराले असर गर्ने त हुन्छ नै त्यसमा पनि पहिलो बच्चा पाठेघरमा तयार हँुदा फाल्ने गर्दा त्यसमा दोस्रो पटक बच्चा नबस्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो बच्चा कुनै पनि हालतमा जन्म दिनु पर्छ । बच्चा जन्माउँदा आमा मात्र हैन श्रीमान देखि घरका अन्य सबै सदस्य तयारी अवश्थामा रहनु पर्छ । फेमेली प्लालिङ गरेर मात्र बच्चा जन्माउने गर्नुपर्छ । र पहिलो कोखमा आएको बच्चा कहिल्यै फाल्नु हुँदैन । पहिलो बच्चा जन्माउनु पर्छ भन्नुहुन्छ बिवाह गर्ने बितिक्कै बच्चा नबसोस् भनेर कति साधन अपनाउँछन् र बच्चा बसे पनि अहिल्यै नपाउने भनेर पहिलो बच्चा फाल्ने गर्छन् नि ? हेर्नुस, घरमा बच्चा नहुँदा एउटा परिवारले कति मानसिक पीडा भोगिरहेको छ बच्चा भएको परिवारले कल्पना मात्र गर्न सक्छ । म त भन्छु विबाहपछि कहिले बच्चा पाउने भनेर फेमेली प्लान बनाउनुस् र सोही अनुसार बच्चा जन्माउनुस् यो त धेरै राम्रो कुरा हो । बच्चा नराख्नलाई बिभिन्न औषधी प्रयोग गर्नाले भोलि बच्चा नबस्न सक्छ, त्यता ध्यान दिनुस् र यही बीचमा बच्चा आए पहिलो बच्चा कुनै हालतमा जन्म दिनोस् । किनकी पहिलो बच्चा नै फाल्नुभयो भने दोस्रो बच्चाका लागि पाठेघर तयार नहुन सक्छ । डिम्म बनाउन तयार हुनुपर्ने जुन हर्मोन्स् हो त्यो सक्रिय हुनुपर्छ । एक पटक बच्चा फ्याँकेपछि डिम्ब बनाउन तयार नै नहुने हुन्छ । बच्चा नहुने समस्या पुरुषहरुमा बढी छ कि महिलामा ? पहिला पहिला चाहिँ महिला धेरै आउनु हुन्थ्यो र हामी महिलामा बच्चा नहुने कुरा धेरै हो कि भन्ने ठान्थ्यौं । तर पछिल्लो समयमा महिला पुरुष दुबै आउन थालेपछि थाहा हुँदैछ कि यो समस्या महिला पुरुषमा बराबरी छ । के थाहा पछि पुरुषहरु खुलेरै आउनु थाल्नुभयो भने यसको संख्या पुरुषमा बढी हुने पो हो कि । बिदेशमा त शुक्रकीट बैंकमा शुक्रकीट बेचेर गुजारा चलाएका समाचारहरु आउँछन् नेपालमा कसरी सञ्चालनमा छ शुक्रकीट बैंक ? नेपालमा पनि अन्य देशमा जस्तो पैसा तिरेर शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहिएको बेला प्रयोग गर्नलाई हामीकहाँ स्टोर हुन्छ । त्यो पनि डक्टर, डक्टरका आफन्त र नजिककाहरुबाट लिएर राखेका हुन्छौं । र कसैले त्यहि कास्टको लिइदिनोस् भनेर माग गर्नुभयो भने त्यसै अनुसार तयार गरिदिन्छौं । श्रीमान बिदेसिनु पर्ने अवस्थामा श्रीमतीले चाहेको खण्डमा प्रयोग गर्ने गरी पनि हामीले श्रीमानको शुक्रकीट स्टोर गर्ने गरेका छांै । सञ्चालनमा रहेका हरेक निसन्तान केन्द्रको आ आफ्नै शुक्रकीट बैंक छन् । यो तयार नगरी नगरी काम गर्नै सकिंदैन । फेमेली प्लानिङ् भन्नुहुन्छ अहिले त बच्चा पाउने अघिल्लो दिनसम्म काममा जाने कामकाजी महिलाहरुको बाध्यता कम्ता पीडादायी छ त ? कामको जटिलता छ भनेर फेमेली प्लानिङ नगरी कामकै बीचमा बच्चा जन्माउने गर्नु हुँदैन । त्यो परिवारले बुझ्नु पर्छ । यो यस्तो जटिल अवस्था हो कि जुन बेला जे पनि हुन सक्छ । महिला बेला जस्तो नर्मल हुँदै हुँदैनन् यो बेला । एउटा सुन्दर महिला कुरुप नै बनेकी हुन्छिन् । उनको शरिरमा पुरै परिर्वतन भएको हुन्छ । खाना नरुच्ने, प्रेसर बढ्ने, जिउ सुन्निने, भोमिट हुने, पेट बढ्ने, फेसको चमक हराउँछ, अनेक परिवर्तन आउँछ । अरु त अरु, स्वास पनि नर्मल तरिकाले गर्न नसक्ने अवस्था हुन्छ । अनि त्यो बेला काम पनि गर्छु बच्चा पनि पाउँछु, कलेज पनि सक्छु भनेर कहिल्यै नसोच्नुस् । एउटै बच्चा पनि दूध खुवाउँदै खाना बनाएर खानु एकदमै गाह्रो कुरा हो । यो बेला खर्चको पनि आवश्यक पर्छ र दुबैको सामान्जस्यता पनि आवश्यक हुन्छ । सानो कुरा पनि चित्त दुख्ने हुन्छ किनकी शरिर एकदमै कमजोर भएको हुन्छ । हाम्रो नेपाली समाजको पो बिडम्बना नै छ कि बुहारी प्रेग्नेन्सी हँुदा सहयोग नै नगर्ने । बाहिरको समुदायमा, यहीँ नजिकै भारतमा पनि पेटमा बच्चा आए देखि नै खुसियाली मनाउने चलन छ । एक जना बच्चा जन्माउने हुदा बस्न , उठ्न समेत हात दिन्छन् र पो बच्चा पाउन सजिलो हुन्छ । मेरो यही सजेसन छ कि पहिलो पेटमा आएको बच्चा पनि नफाल्नुस् साथै फेमेली प्लान नगरी पनि बच्चा नपाउनुस् । खानपानले निसन्तानमा कत्तिको असर गर्छ ? खुवाउन सक्ने परिवारका केटीहरुले नखाइदिएर मालन्युट्रेसन बढेको छ । जसको असर आउने बच्चालाई पर्दैछ भने खान नपुग्ने परिवारमा खान नपाएर छोरीहरुमा मालन्युट्रेसन भएको छ र त्यसको असर पनि आउने पुस्ताले खप्दैछ । एउटा पुरुष स्वस्थ्य हुनु भनेको उसको लागि मात्र हो भने एउटी महिला स्वस्थ्य हुनु भनेको उसले पुस्तौ पुस्तालाई स्वस्थ्य राख्नु हो । किनभने यदि उ स्वस्थ्य भई भने मात्र उसले जन्माउने बच्चा स्वस्थ्य हुन्छ र तिनबाट जन्मने बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यसैले एउटी महिलाको स्वास्थ्यले एउटा परिवारको मात्र हैन पुस्तौं पुस्ताको स्वास्थ्य निर्धारण गर्छ । धुम्रपान मध्यपानले पनि शरिरमा असर गरेको छ । कामको बोझले बढेको स्ट्रेसले पनि प्रेग्नेन्सीमा धेरै ठूलो अशर गर्छ । बच्चा पाउन शरिर कतिको योग्य छ भनेर जान्ने कुरामा केही सचेतना चाहिँ बढेको हो ? हो । पछिल्लो पाँच बर्षमा त महिला मात्र हैन पुरुषहरु पनि आफ्नो शुक्रकीटले कत्तिको काम गर्न भनेर जचाउन आउने गरेकाछन् । ममा कमी छ कि भनेर प्राय विदेश गएर काम गर्ने भाइहरु बिर्य जाँच गराउन आउने गरेका छन् । अनिन्द्रा, कामको प्रेसर, धेरै तातोमा काम गर्नेहरु बिर्यको क्षमता घट्छ । बिर्यले बढी जाडोमा, रातको समयमा र शान्त वातावरण सशक्त हुन्छ र बिर्यले बढी काम गर्छ । आइभीएफ प्रविधि भनेको केहो ? यो कस्तो बेलामा कसरी प्रयोग गरिन्छ ? पहिलो महिलाको पाठेघरमा के समस्या छ भनेर हेरिन्छ । पहिलो एक समुहका महिलाहरुको डिम्ब विकास नभएर बच्चा नभएको हुन्छ । डिम्ब बिकास नभएर बच्चा नभएकाहरुको लागि डिम्ब बिकास गर्ने औषधी दिन्छौं र बच्चा हुन्छ । अर्को ग्रुप महिलाको चाहिँ डिम्ब बिकास गर्न सक्ने भए पनि डिम्ब बाहिनी नली नै बन्द भएको हुन्छ । त्यो कुनै सानो इन्फेक्सन या मासु बढेर हुन सक्छ । त्यो खुलाउने बितिक्कै बच्चा हुन्छ । खुलाउने बिभिन्न प्रविधिहरु छन् । जसको डिम्ब बाहिनी नली दुबै बन्द छ । डिम्ब र शुक्रकीट भेट हुन सक्ने अवस्था छैन र कुनैपनि प्रविधिले खुल्न सकेन या सुन्निएर काम गरेको छैन भने यो आइभीएफ अथवा टेष्टटुयुब बेबीमा जानु पर्छ । यस्तो अवस्थामा डिम्बहरुलाई बाहिर निकालेर श्रीमानको शुक्रकीटलाई भेटाइदिने काम अव कृतिम तरिकाले गर्ने काम हामी गर्छौ । यसमा पहिला महिलाको शरिरमा हार्मोनको मात्रा पुर्याएर राम्रो क्षमतावान डिम्ब उत्पादन गर्न सक्ने बनाउँछौं । अब ती डिम्बहरुले काम गर्न सक्छन् भन्ने भएपछि अल्ट्रासाउण्डद्वरा डिम्बहरु निकाल्छांै । निकालिएका डिम्बहरु सफा गरेर ट्युवमा राख्छांै । अनि त्यहि ट्युवमा शुक्रकीट राखेर दुबैको त्यहाँ भेट गराउँछौं र २४ घण्टा राख्छौं । भोलिपल्ट आएर हेछौ, हेर्दा बाबु र आमाको मिलेको फटिलाइज भएको रहेछ दुई वा तीन वटा भ्रुण निकालेर सुरक्षित तरिकाले आमालाई बोलाएर पाठेघरमा लगेर राखिदिन्छौं र घर पठाउँछौं । घर गएर चाहिँ हामी आराम गर्न भन्छांै । यदि मिलेन भने फेरि अर्को पटक गर्नु पर्ने हुन्छ । यसरी बाहिर ट्युवमा फटिलाइजेसन गर्ने भएकोले टेष्टट्युव बेबी भनिएको हो । यो निसन्तान केन्द्र संन्चालन गरेको २४ बर्ष भयो, अहिलेसम्म हामीले चार हजारको आमालाई बच्चा थमाएर पठाएका छौं । साभार : चक्रपथ अनलाइन बाट
सिद्धार्थ बैंकले कर्मचारी माग्यो
काठमाडौं, असोज १८ । सिद्धार्थ बैंकमा रिक्त रहेका पदपूर्तिका लागि आवश्यक कर्मचारीको लागि आवेदन खुला गरेको छ । निम्ति योग्य भएका उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा आफ्नो डकुमेन्ट पेश गर्नुपर्ने छ । आवेदकहरुले आफ्नो बायोडाटा बुझाउने अन्तिम मिति यही असोज ३१ गतेसम्म रहेको छ । छिटोभन्दा छिटो इच्छुक आवेदकहरुले आफ्नो बायोडाटा पेश गर्नुपर्ने छ । बाँकी विवरण तलको तालिकामा हेर्न सकिने छ–
ट्राफिकको नयाँ नियमः जुत्ता नलगाए लाइसेन्स खारेज !
काठमाडौं, असोज ११ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो । दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ । कान्तिपुरमा खबर छ ।
कविताः ‘प्रेम अनि संभोग’
जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ । कस्तो अटुट सम्बन्ध अनबरत सम्बन्ध… जुन एकपछी अर्को निश्चित छ ।। जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोही जन्मिन्छ त जन्मसँगै मृत्यु सङै जोडिएर आएको छ… हो त्यसरी नै, प्रेम र संभोग त्यस्तै उस्तै होलान दिन र रात अनि जन्म र मृत्युसँगै हो प्रेम दिन हो जहाँ बिहानीजस्तै हरेक आशाहरु लिएर आउँछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरुका टुसा जागृत हुन्छन् र संभोग रातजस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्युजस्तै जुन निश्चित छ तर भरोशीत छैन निश्चित छैन तर अमान्य छैन … जब प्रेमसँग संभोग जोडिएको हुन्छ त प्रेम दिन जस्तै बिलिन भएर जाने छ र मृत्युपछिको अस्तित्वहिन जन्मझै निरीह हुने छ र सायद त्यही समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ…
प्रदेश १ समन्वय परिसद कतारको पहिलो अधिवेशन, कार्की अध्यक्षमा निर्विरोध चयन
दोहा, भदौ १६ । प्रदेश नं १ समन्वय परिसद कतारको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चुडामणि काकीलार्ई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ‘समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार’ भन्ने मुलनाराका साथ समन्वय परिसद कतारको पहिलो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहाको रेडियसन होटलमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी एनआरएनए मध्यपूर्व संयोज आरके शर्माले देश अहिले संघीयता कार्यान्वयन गर्ने एतिहासिक मोडमा रहेको बताए । त्यसै अनुरुप प्रादेशिक सरकार स्थापनासंगै कामहरू भैरहेकोले प्रबासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीले व्यापार, पर्यटनमा सक्दो लगानी गर्नु पर्ने बताए । प्रवासमा दुख गरेर कमाएको पैसा स्वदेशमा विभिन्न क्षेत्रमा सक्दो लगानी गर्न उनले सबैमा अनुरोध गरे। कार्यक्रम एतिहासिक भएको भन्दै कतारमा रहेका प्रदेश न १ का सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरुलाई भब्य र सब्य एतिहासिक आयोजना गरेकोमा धन्यवाद दिए । कार्यक्रममा आइसीसी मानर्थ सदस्य नरेन्द्र भाट, कमलमणि गुरागाई, आइसीसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल प्रबासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपालि जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली जनप्रगतिशिल मंच अधिबेशन संयोजक रकमध्वज राई, तरार्इ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, संघीय समाजवादीका अध्यक्ष डिएन मगर, आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देबराज राई समाजसेवी सागर नेपाल, प्रदेश समन्वय समितिबाट प्रदेश ४ का आशबहादुर गुरुङ्ग लागायतले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश नं १ समन्वय परिसद कतारको तर्दथ समितिका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अशोक तामाङ र संचालन टेकनाथ बरालले गरेका थिए । यसैबिचमा समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार भन्ने बिषयमा जिल्लाका संस्थाहरुको सशक्तिकरण र प्रदेश समन्वय परिषदको भुमिका, समाज बिकास, ब्याक्तित्व बिकास सरकारसंग समन्वय र दिगो भबिस्यसँग सम्बधित विषयमा बिनोद भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । समृद्दिका लागि प्रवासीको सहभागिताः प्रदेश र स्थानीय सरकारको भुमिका, रेमिटेयान्स, ज्ञान र सीपको सदुपयोग र आर्थिक साथै सामाजिक सुरक्षासंग सम्बन्धित विषयमा कुमार कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का १४ जिल्लाको बारेमा छोटो परिचय बिनेश तामाङ ले दिएका थिए। नर्वनिर्वाचित कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सचिव रहने व्यवस्था छ । उपाध्यक्ष र सचिव निर्वाचित सदस्यहरू मध्येबाट मनोनयन गर्ने विधानमा व्यवस्था छ। कार्यक्रमका अध्यक्ष कार्कीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अथिति, उपस्थितसँग प्रदेशवासीलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
रोनाल्डो र सलाहलाई पछि पार्दै युइएफए वर्ष खेलाडी बने लुका मोड्रिच
काठमाडौं, भदौ १५ । रियल मड्रिडको क्रोएसियाली स्टार फुटबलर लुका मोड्रिच यस वर्षको युइएफए वर्ष खेलाडी बन्न सफल भएका छन् । उनले रियलका पूर्व स्टार खेलाडी क्रिष्ट्रियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै बिहीबार उक्त उपाधि हात पारेका हुन । मोड्रिचले भने, ‘यो ठूलो पुरस्कार जित्न सफल भएकोमा म धेरै खुशी छु । मैले यसका लागि कडा मेहनत गरेको थियो । र आज यो उच्च स्थान पाउन सफल भएको छु ।’ रियललाई तेस्रो पटक लीग च्याम्पियन बनाउन रर क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याउन लुकाको भूमिका महत्वपूर्ण रहेको थियो ।