भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै
पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’
भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् ।
अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’
सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।
मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् ।
पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् ।
घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित
जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस
युएईमा एक बर्ष भित्र १०३ जना नेपालीको ज्यान गयो,३३ जनाले गरे आत्महत्या
युएई,पुष १७ । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स आएका १०३ जना नेपालीको एक बर्ष भित्र मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ। दुतावासले सन् २०१८ मा रोजगारिका लागि युएई आएर मृत्यु भएका नेपालीहरुको विवरण सार्बजनिक गरेको छ ।उक्त विवरणमा एक वर्षको अवधिमा कामका लागि युएई पुगेका १०३ जना नेपालीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। मृत्यु हुने कारणहरुमा सबैभन्दा बढि प्राकृतिक कारण रहेको छ जसमा महिलाको संख्या ३ जना र पुरुषको संख्या ४४ जना रहेको छ भने दोश्रो कारणमा आत्महत्या रहेको छ जसमा महिलाको संख्या ३ जना र पुरुषको संख्या ३० जना रहेको छ। त्यसैगरी दुर्घटनामा परि मृत्यु हुने महिलाको संख्या २ जना र पुरुषको संख्या २१ जना रहेको दुतावास द्वारा सार्बजनिक विवरणमा उल्लेख गरिएको छ। यस्तै हृदयघातका कारण मृत्यु भएका सुर्य बि.क,अमृत बहादुर कार्की ,हत्या गरिएको भनिएकि सृजना बराल तथा अशोक भट्टराईको शव नेपाल पठाउन बाकी रहेकोे र अनुसंधान चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ। यस्तो विवरण
कसरी गरे यी दम्पत्तीले २० महिलाको हत्या ?
मेक्सिको, असोज २३ । न्यान्सी नामक यी महिला आफ्नो शिशु भ्यालेन्टिनाका साथ सेप्टेम्बर ६ देखि हराइरहेकी थिइन् । मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन् । उनीहरूलाई गत हप्ता बिहीवार पक्राउ गरिएको थियो। हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको प्रामको खनतलासी गर्दा प्रहरीहरूले मानव अङ्ग भेट्टाएका थिए। पक्राउ परेका पुरुषले केही महिलाको बलात्कार पनि गरेको अनि तिनका हड्डी बेचिदिएको बताएका छन्। कहाँ कहाँ भेटिए मानव अंग ? अनुसन्धानकर्ताहरूले उक्त दम्पतीको कोठा तथा नजिकैको अर्को स्थानमा कैयौँ मानव अंग भेटेका छन् । सिमेन्ट राखिएका बाल्टिनहरू तथा फ्रिजभित्र ती अंग पाइएका छन् । अभियोजनकर्ताहरूले ती दम्पतीले मानव अंग बेचेको बताएका छन् । तर कसलाई बेचेको भन्ने प्रष्ट छैन । छिमेकीहरूले ती दम्पतीलाई जहिले देखे पनि प्राम गुडाइरहेको देखेको बताए। तिनै प्राममा पनि मानव अंग भेटिएको थियो । सेप्टेम्बरमा एक २८ वर्षीया महिला न्यान्सी र उनकी २ महिने शिशु भ्यालेन्टिना हराएपछि प्रहरीले ती दम्पतीलाई रोकेर सोधपुछ गरेको थियो । बीबीसीबाट
महिलाले पुरुषभन्दा दुई गुणा बढी मदिरापान गर्ने वैज्ञानिकहरुको सनसनीपूर्ण खुलासा
काठमाडाैं। पुरुषहरुमात्रै धारुवा हुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ १ भर्खरै वैज्ञानिकहरुले धेरैलाइृ चकित पार्ने अनौठो खुलासा गरेका छन् । उनीहरुका अनुसार अब यो छर्लङ भएको छ कि पुरुषको तुलनामा महिलाले दुई गुणा बढी मदिरा सेवन गर्दछन् । वैज्ञानिकहरुले गरेको शोधमा यो प्रमाणित भएको छ सन १९९१ देखि सन २००० काबीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिएका छन् जति पुरुषले पिउने गर्छन् । मदिरापान गर्ने होडमा महिलाहरुले पुरुषलाई धेरै पछाडि पारिसकेका छन् । शोधका अनुसार महिलाहरुमा सिरोसिसका कारण मृत्यु हुनेको संख्यमा ५७ प्रतिशतले बृद्धि भएको छ । पुरुषहरुमा भने सिरोसिसका कारण मृत्यु भनेकोसंख्या १० प्रतिशतले कम छ । सिरोसिस, हेपटाइटिस र क्यान्सरपछि सबैभन्दा गम्भीर रोग हो । यस्ता खालका विरामीको उपचार भनेको फोक्सो प्रत्यारोपणभन्दा अर्को छैन् । यस रोगमा कारणा शरीरका कोषिका ठूलो परिणाममा नष्ट हुँदै जान्छन् र उक्त स्थानमा फाइबर तन्तुको निर्माण हुँदै जान्छ । स्थिति ठिट्टै नाजुक बन्छ । हेपाटिकको बनावट पनि असामान्य बन्दै जान्छ र जसले पोर्टल हाइपरटैन्सनको अवसथा सृजना गरिदिन्छ । वैज्ञानिकका अनुसार, मदिराको ओवरडोजका कारण अस्पतालको आकस्मिक कक्षमा पुग्ने महिलाहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । उनीहरुका अनुसार महिलाहरुको शरीरबाट सीमित मात्रामा मात्रै अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाएम उत्पादन हुन्छ । यो फोक्सोमा उत्पादन हुन्छ र यसले शरीरमा रहेको अल्कोहललाइृ नष्ट गर्ने काम गर्दछ । हार्वर्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र मैकलीन अस्पताल मैसाच्यूटएसका एडिक्शन साइकोलजिस्ट डन सुगरमैनका अनुसार, ‘महिलामा मदिराको असरको आशंका बढी हुन्छ । मदिरा पिउने महिलामा पुरुषको तुलनामा धेरै गुणा बढी स्वास्थ्य समस्या हुने गर्छन् ।’ जुन महिलाले बढी मदिरा पिउँछन, उनीहरुमा पुरुषको तुलनामा मदिरापानको लत रस्वास्थ्य समस्या पनि धेरै हुन्छन् । लिभरर सिरोसिस भएमा व्यक्ति स्वयंले अस्वास्थता महसूस गर्दछ । शुरूवाती चरणमा कुनै खास लक्षण देखा पर्दैन् । जब रोग बढ्दै जान्छ लक्षणहरु एकपछि अर्को गर्दै देखा पर्न थाल्दछन् । तर त्यति बेलासम्म विरामीको स्वास्थ्य निकै नाजुक बनिसकेको हुन्छ । एजेन्सी
आहा कति मज्जा ! आजपनि घट्यो सुनचाँदीको भाऊ
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शिक्षक-विद्यार्थीबीचको रमाइलो सवाल-जवाफ
शिक्षकः म जे सोध्छु जवाफ पटाफट दिनु विद्यार्थीः हुन्छ सर शिक्षकःनेपालको राजधानी कहाँ हो ? विद्यार्थीःफटाफट जवाफ सुनेर शिक्षक तनावमा……!
म्याद नाघेको खाद्यान्न बिक्री गर्ने ७ व्यापारी पक्राउ
काठमाडौं, असार ७ । बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराख्ने र उपभोग्य मिति सकिएका खाद्यान्न बिक्री गर्ने सातजना व्यापारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका व्यापारीलाई काठमाडौं र ललितपुर प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई बुधबार थुनामा राख्ने र बिहीबार दिउँसो आवश्यक अनुसन्धान सुरु गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ‘पक्राउ परेका सबैलाई प्रहरीको जिम्मा लगाएका छौँ, बिहीबार आवश्यक कागजात झिकाएर थप अनुसन्धान गर्नेर्छौं’ उनले भने । पक्राउ परेकामध्ये चारजना थोक बिक्रेता, एक खुद्रा विक्रेता, एक डिपार्टमेन्ट स्टोरका कर्मचारी र एकजना सुपर मार्टका सञ्चालक हुन् । विभागको अनुगमन टोलीले बुधबार दिनभर २५ थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । त्यसमध्ये सात पसलमा मूल्यसूची नटाँसेको, मिति गुज्रिएको सामान राखेको, उत्पादन मिति उल्लेख नभएको सामान राखेकोलगायतका कैफियत भेटिएपछि तत्काल विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो । विभागको निर्देशनपछि सबै व्यापारी विभाग परिसरमा साँझ साढे चार बजेसम्म उपस्थित भएका थिए । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा विभागमै सबै अनुगमन निरीक्षकसहितको बैठक बसेको थियो । बैठकमा यादवले विभाग बोलाइएका सबैलाई एक रात थुनामा राखेर थप अनुसन्धान गर्न निर्देशन दिएका थिए । ‘दोषी सबैलाई कारबाही हुन्छ, कसको अपराध कस्तो छ भन्ने कुराको निक्र्यौल गरी अपराधअनुसारको कारबाही सबैले भोग्नेछन्’ उनले भने । मन्त्रीको निर्देशनपछि राति आठ बजे ललितपुर र काठमाडौंको प्रहरी परिसरलाई सात व्यापारी जिम्मा लगाइएको हो । यी हुन् पक्राउ परेका व्यापारी १- सागर मानन्धर, पञ्च स्टोर, बालकुमारी २- महेश तिमिल्सिना, तिमिल्सना किराना एन्ड खाद्य स्टोर, बालकुमारी ३- नरोत्तम फैजू, बंगलामुखी स्टोर, बालकुमारी ४- ध्रुवप्रसाद गुप्ता, शिवज्योति टे«डिङ ५- राजाराम तिवारी, भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर, कलंकी ६- सुरज श्रेष्ठ, सुरज स्टोर, जोरपाटी ७- नगेन्द्र पनेरू, रोसी सुपर मार्ट, गोंगबु नयाँ पत्रिकामा खबर छ ।
OMG ! चीन र भारतलाई पछिपार्दै नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी वेस्ट इन्डिजबाट
काठमाडौं, जेठ २९ । नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने शर्तमा राससलाई प्रतिक्रिया दिँदै भन्छन् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निक्र्यौल गर्न जरुरी छ ।” सेवा क्षेत्रमा मात्र उक्त देशबाट रु ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा त्यति रकम नेपालमा लगानी भएको हो । ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ शीर्षकमा केन्द्रीय बैंकले पहिलोपटक गरेको सर्वेक्षणमा भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता मुलुक बनेका देखाइएको छ । सोही अवधिमा भारतबाट औद्योगिक र सेवा क्षेत्रमा रु २७ अर्ब २५ करोड ४० लाख १० हजार र चीनबाट १० अर्ब ८४ करोड ४१ लाख लगानी भएको छ । नेपालमा सिंगापुर, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, नर्वे, पाकिस्तान, हङ्कङ, जापान, द नेदरल्याण्डस्, ताइवान, मलेसिया, बर्मुडा, स्विट्जरल्याण्ड, केम्यान आइल्याण्डस्, रसिया, श्रीलंका, संयुक्त अरब इमिरेट्स, फ्रान्स, मरिसस, थाइल्याण्ड, बु्रनाई, जर्मनी, टर्की, न्युजिल्याण्ड, स्विडेन, क्यानडा, बेलारुस, कजाकस्तान, ताजकिस्तान, साइप्रस, भुटान, सेसेल्स र इटालीबाट कृषि, औद्योगिक र सेवा क्षेत्रमा लगानी भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ती देशबाट दुई सय ५२ वटा कृषि, उद्योग र सेवासँग सम्बन्धित व्यापारिक प्रतिष्ठानमा लगानी भएको छ ।
राजपा प्रदेश सरकारबाट नबाहिरिने
काठमाडौं, जेठ १९ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए । यादवले भने, ‘उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ । यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन । जननताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।’ यो समाचार कान्तिपुरमा छापिएको छ ।
आज पनि फेरि ह्वात्तै घट्यो सुनको मूल्य !
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ । आइतबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँै कारोबार भएको छ ।
नयाँ विश्वकीर्तिमान, दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा
काठमाडौं, वैशाख ३१ । वसन्त ऋतुको आरम्भसँग शुरु भएको यसवर्षको हिमाल आरोहणका क्रम दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्। दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए। उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्। यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।’ ४० वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे। तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्। सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो। ६ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो। पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे। उनी अन्ततः सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८।३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए। बीबीसी
जर्मनीको कोलोन शहरमा २९ औँ ‘नेपाल दिवस’ सम्पन्न
काठमाडौँ । नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस वर्षको नेपाल दिवसको मुख्य विषय ‘अबको बाटो’ रहेको थियो । सो अवसरमा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले नेपालमा शान्ति र स्थिरतासँगै अब पर्यटनको विकास र वैदेशिक लगानी आकर्षित गर्न पहल गरिने बताउनुभयो । त्यस्तै कोलोन शहरका लर्ड मेयर हेनरिट्टे रेकर तथा नेपालका लागि जर्मन राजदूत रुडोल्फ सेफरले अब नेपालको विकास शीघ्र हुन सक्ने धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो । नेपालका लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले समारोहमा मैत्री संघमा आवद्ध थुप्रै सदस्यहरु डाक्टर, इन्जिनियर, राजनीतिक नेताहरु, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिले आगामी दिनमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशको सम्बन्ध विस्तारमा पुलको काम गर्ने यो संस्थाले नेपालको दुर्गम भेगमा विभिन्न विकासमूलक कामका साथै सांस्कृतिक उत्थानमा सहयोग पु¥याउदै आएको जानकारी दिनुभयो । समारोहमा नेपालबाट सहभागी हुन जानुभएका वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले नेपालको मुलुकी ऐनमा हालै भएको संशोधनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्राडा सीतु श्रेष्ठले नेपालको स्वास्थ्य अवस्था, प्राडा मल्लकराज श्रेष्ठले स्वास्थ्य पर्यटन, इन्जिनियर विमलराज गोसाइँले भूकम्पपछिको पुनःनिर्माणको अवस्था र डा चिरन पोखरेलले वन्यजन्तु पर्यटनका बारेमा अवगत गराउनुभएको थियो । जर्मनीमै कार्यरत दिल गुरुङ र सन्तोष भट्टराईले नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य मुलुकको रुपमा परिचित गराउनुपर्नेमा जोड दिनुभयो भने तथ्यांक विशेषज्ञ वसन्त थापाले नेपाल अब स्मार्ट मुलुकका रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो । जर्मनीको वैदेशिक सहायता मन्त्रालयको नेपाल डेस्क अफिसर आन्नेटे फ्रिकले प्राविधिक शिक्षा, ऊर्जा, स्वास्थ्य क्षेत्रमा जर्मनीबाट नेपालमा भएका विकास सहयोगका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यस किसिमको सहयोग बढाउँदै लैजाने बताउनुभयो । समारोहमा प्रा बियाट्रिस क्नेर, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्तलगायतका वक्ताहरुले आर्थिक विकाससम्बन्धी प्रस्तुति दिनुभएको थियो । सो अवसरमा जर्मनीका कानूनविद् प्राडा आस्त्री फुन्केको संयोजकत्वमा जर्मन नेपाल लयर्स फोरमको पनि गठन गरिएको थियो । सो अवसरमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य प्रस्तुत गरिनुको साथै नेपालसम्बन्धी पुस्तक प्रर्दशनी गरिएको थियो । कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपालीको सक्रिय सहभागिता रहेको थियो । जर्मन नेपाल मैत्री संघले नेपाल तथा जर्मनीबीच जनस्तरको सम्बन्ध अरू बलियो पर्ने उद्देश्यले गएको २९ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसरमा नेपाल दिवस मनाउँदै आइरहेको छ । करिब ४५ वर्षअघि स्व क्रेट्समारले आठ जना सदस्यबाट सुरु गरेको यो संस्थामा अहिले हजारभन्दा बढी सदस्य रहेका छन् । रासस
सवारी चालक अनुमतिपत्र नवीकरणमा सहजता
विराटनगर, वैशाख २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उहाँले जनताले घण्टौँ लाइनमा बस्नु पर्नेलगायतका अन्य महिनौँ लाग्ने कार्यमा झन्झटिलो कार्य अब घर छेउबाट पाउँदा सहजता प्राप्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विराटनगरस्थित सेवा कार्यालयले आगामी दिनमा यातायातसम्बन्धी थप सेवा सरल र सहज रुपमा सेवाग्राहीलाई प्रदान गर्ने विश्वास दिलाउनुभयो । विराटनगरस्थित कार्यालयबाट सेवाग्राहीलाई नवीकरण शुल्क बुझेको रसिद हस्तान्तरण गर्दै मन्त्री पण्डितले सेवा आरम्भ गर्नुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले आगामी साउन १ गतेदेखि प्रदूषण जाँचपासको काम सेवा कार्यालयमार्फत गर्नका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्था गरी सेवा विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले प्रदूषण न्यूनीकरणका लागि प्रदूषण जाँचपास नभएका सवारी साधन साउन १ गतेबाट महानगरपालिकाभित्र सञ्चालन नहुने बताउनुभयो । आजदेखि शुरु भएको विभागले सवारी चालक अनुमतिपत्र नवीकरण कार्य विराटनगर सेवा कार्यालयमार्फत गर्न थालिएको हो । विभागले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट आरम्भ गरेको छ । विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र ९ब्लु बुक० नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउनेलगायत छ प्रकारका काम गर्दै आएकामा अबदेखि सवारी अनुमतिपत्र नवीकरणको काम पनि हुने भएको छ । सेवा कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको काम शुरु भएपछि विराटनगर मोरङ र सुनसरी दक्षिण भेगका सेवाग्राहीलाई सहजता भएको छ । विसं २०७१ फागुन १४ गते स्थापना भएको सेवा कार्यालय विराटनगरबाट सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरणको काम शुरु भएको थियो । यातायात व्यवस्था विभागले आगामी केही दिनभित्र बर्दिवास, चितवन, सुर्खेतलगायतका सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरणको काम अघि बढाउने तयारी गरेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । कार्यालयले नवीकरणपछि स्मार्ट लाइसेन्स प्रदान गर्नेछ । त्यसका लागि तीन महिना समय लाग्ने बताइएको छ ।
सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने
काठमाडौं, वैशाख २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो । ‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।” नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् रु त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।” अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल ९स्वाभाविक० र अननेचुरल ९अस्वाभाविक० गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।” पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो । अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो । नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।” अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो ।
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
काठमाडौँ । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ । नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् । उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ । उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हँुदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्काे घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् । रासस
चीन पुगेर लत्रिए नरेन्द्र मोदी, मक्ख पर्दै यसरी गाए चीनको गुणगान
बेईजिङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिंगबीच चीनको बुहान सहरमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले चीनको विकास देखेर आफू दङ्ग भएको बताएका छन् । भारतीय मिडियामा दुवै नेताहरू बीच भेटवार्ताका बारेमा निरन्तर समाचार आइरहेका छन्। समाचारहरूमा दुवै नेताहरूले उत्सुकतापूर्वक हात मिलाएको र एकअर्काको हात समातेर धेरै बेरसम्म कुरा गरेको विवरण आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सि जिनपिङले एकसाथ हुबेइ म्युजियममा संस्कृतिक कार्यक्रम हेरेको समाचारहरूमा छ। दुवै नेताहरूले त्यसपछि द्विपक्षीय वार्ता गरेका थिए। राष्ट्रपति सिसंगको भेटमा भारतीय प्रधानमन्त्रीले चीनले वुहान सहरमा बनाउन लागेको तीन ठुला बाँधहरूको प्रशंशा गर्दै आफूले गुजरातको मुख्यमन्त्री रहेका बेला यसबारे सुनेको बताएका छन्। प्रधानमन्त्री मोदीले चीनले जुन गतिले यी बाँधहरूको निर्माण गरेको छ त्यसले आफूलाई साह्रै प्रभावित गरेको र आफू त्यसको अध्ययनका निम्ति पनि चीन आएको बताए। साथै भारतीय प्रधानमन्त्रीले आफूले एक दिन उक्त बाँधमा बिताउने निर्णय गरेको समेत बताए। भुटान र सिक्किमलाई चीनसँग छुट्याउने डोक्लाम क्षेत्रमा भारत र चीनका सेनाबीच भएको ७० दिन लामो तनावपछि पहिलो चोटी यी दुई देशबीच यो शीर्षस्थ भेटघाट हो। आउँदो २४ घण्टामा दुई नेता बीच ६ चोटी भेट हुने कार्यक्रम रहेकोछ।