नेपालसँगै सिमाना जोडिएको दार्जिलिङमा कोरोना, एकजनाको मृत्यु

काठमाडौंः नेपालसँगै सिमाना जोडिएको भारतको दार्जिलिङमा कोरोका कारण एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्जिलिङको कालेबुङकी ५४ वर्षीया सरितादेवी सिंह रहेकी छन् । उनको मृत्युपछि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा पठाइएको छ ।

मृतक सरितादेवी छोरीको उपचारका लागि चेन्नईमा बसेर हालै मात्र घर फर्किएकी थिइन् । घर फिरेपछि बिरामी भएकी उनको स्वास्थ्य परीक्षणमा कोरोना पाइएको थियो । बिरामी भएपछि उनलाई नोर्थ बंगाल मेडिकल कलेजको आइसोलेशनमा वार्डमा भर्ना गरिएको थियो ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि १२ सय नजिक पुगेको छ ।

भारतसँगको वानडे सिरिजमा डेब्यू गर्दैछन् न्यूजिल्याण्डका सर्बाधिक अग्ला क्रिकेटर!

काठमाडौंः पछिल्लो समय न्यूजिल्याण्ड क्रिकेट टीम स्टार तिव्र गतिका बलर चोटका कारण समस्यामा छ । त्यसको असर भारतसँगको टी–२० सिरिजमा पनि अनुमान गर्न सकिन्छ । न्यूजिल्याण्डका अनुभवी फास्ट बलर लकि फर्गुसन र ट्रेन्ट बोल्ट चोटका कारण टीम बाहिर छन् । अब उनीहरुको स्थानमा न्यूजिल्याण्डको टीममा अर्का फास्ट बलरको आगमन भएको छ । न्यूजिल्याण्डले टी–२० सिरिज सकिएसँगै भारतसँग नै वानडे श्रृंखला खेल्दै छ । भारतसँगको वानडे सिरिजका लागि न्यूजिल्याण्डले टोली पनि घोषणा गरिसकेको छ । न्यूजिल्याण्डले पहिलोपटक फास्ट बलर काइल जेमिन्सनलाई टीममा मौका दिएको छ । ६ फिट आठ इन्च अग्ला कदका उनी भारतसँगको वानडे सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ । उनी न्यूजिल्याण्ड क्रिकेटका सर्बाधिक अग्ला क्रिकेटर हुन् । जेमिन्सनले न्यूजिल्याण्डका लागि यू–१० टीमबाट खेलिसकेका छन् । उनले हालसम्म २५ प्रथम श्रेणी म्याचमा ७३ विकेट लिएका छन् । यस्तै २६ लिस्ट ए म्याचमा जेमिन्सनको नाममा २५ विकेट छ । क्यान्टरबरीका लागि खेल्ने उनी इडन पार्कको मैदानमा ७ रन दिएर ६ विकेट लिएका थिए । टी–२० मा उनको यो सर्वश्रेष्ठ प्रदर्शन हो । भारत र न्यूजिल्याण्डबीचको तीन खेलको वानडे सिरिजको पहिलो म्याच म्याच ५ फेब्रुअरीमा हमिल्टनमा हुनेछ । दोस्रो म्याच ८ फेब्रुअरी र सिरिजको चौथो तथा खेल फेब्रुअरी ११ मा हुनेछ । भारतसँग वानडे सिरिज खेल्ने न्यूजिल्याण्डको टोलीः केन विलियमसन (कप्तान), रस टेलर, हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डी ग्रान्डहोम, मार्टिन गुप्टिल, काइल ज्यामिसन, कुग्लेन, टम लाथम, जिमी नीशम, हेनरी निकोल्स, मिचेल सान्टनर, ईश सोधी, र टिम साउदी ।

नेपालले पायो नयाँ एकदिवसीय र टी-२० वरियता, के छ स्थान ?

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा रहेको छ । तालिकाको शीर्षमा पाकिस्तान छ । त्यसपछि क्रमशः अस्ट्रेलिया, इङ्ल्याण्ड, दक्षिण अफ्रीका, भारत, न्यूजिल्याण्ड, अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल यस सूचीमा स्कटल्याण्ड, आयरल्याण्ड, यूएई, नेदरल्यान्ड्स र ओमानभन्दा माथि छ । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा शनिबार नै सार्वजनिक एकदिवसीय क्रिकेटको नयाँ वरियता क्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि सूचीमा १८ औं स्थानमा रहेको नेपाल शनिबार सार्वजनिक सूचीमा एक स्थान उक्लिएर १७ औँ स्थानमा झरेको छ। गत वर्षमात्र नेपालले एकदिवसीय क्रिकेट खेल्ने १६ औँ राष्ट्रको रूपमा मान्यता प्राप्त गरेको थियो । विश्वकप छनौटमा खराब प्रदर्शन गरे यता भने नेपालको वरियताक्रम लगातार ओरालो झर्ने क्रममा रहेको छ । आइसीसीको सूचीको शीर्षमा इङ्ल्याण्ड कायम रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपको उप विजेता न्यूजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेका छन्। सूचीको शीर्ष १० मा पर्ने टीमहरूमा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज र अफगानिस्तान क्रमशः पाँचौ, छैठौं, सातौं, आठौँ, नवौं र दशौँ स्थानमा रहेका छन्। सूचीमा आयरल्याण्ड, जिम्बाब्वे, स्कटल्याण्ड, युएसए र ओमान क्रमशः ११ औं, १२औं, १३औ, १४ औं, १५ औं र १६ औं स्थानमा नेपालभन्दा माथि छन् भने नामिबिया र यूएई क्रमशः १८ औं र १९ औं स्थानमा रहेका छन् ।

खतरनाक रूपमा अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याए ट्रम्पलेः पूर्वउपराष्ट्रपति

वासिङटनः अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन्। डेमोर्क्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रूपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन्। उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरू तथा अमेरिकी मित्रसँग सल्लाह नगरी इरानी सैन्य कमान्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा अनावश्यक तनाव बढेको बताएका छन्। ‘इरानबाट अमेरिकाका लागि कुनै खतरा भए त्यसविरुद्ध राष्ट्रिय रूपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नुपर्थ्यो’, बाइडेनले भने। अमेरिकाका विरुद्धमा त्यस्तो धम्की वा खतरा भए पनि त्यसको समाधानको बाटो नखोजी ट्रम्पले हत्याको बाटो रोजेको भन्दै विरोध गरे। ट्रम्पले इरान र उसका सहयोगी देशलाई फेरि अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको भन्दै उनले चिन्ता व्यक्त गरे। बाइडेनले भने, ‘हत्याबाट समस्याको समाधान खोज्नु हुँदैनथ्यो। अहिले फेरि मध्यपूर्वमा अमेरिकाविरुद्ध बडो आपत्तिजनक नारा लागेका छन्। त्यसको जिम्मेवारी को हुन्छरु ’एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिकाविरोधी भावना सिंगो मध्यपूर्वमा बढेको र यसले अमेरिकालाई भीषण युद्धमा होम्न खोजेको उनले आरोप लगाए। पूर्वउपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको भन्दै उनमा परिपक्वता नभएको पनि बताए। उनले भने, ‘विरोधीहरूलाई हराउने र उनीहरूलाई कूटनीतिक रूपमा तल पार्ने यसरी युद्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो।’ एजेन्सी

सरु र सुभाषको ‘जाउँन माया भागेर’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः पछिल्लो समय एकपछि अर्को चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बजारमा आएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् । भिडियोलाई ‘द कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रुलाई देखाइएको छ । शुक्रबार सार्वजनिक भएको ‘जाउँ माया भागेर’ ‘युट्युब ट्रेन्डिङ’मासमेत उक्लिएको छ । शनिबार साँझसम्म यो गीत ‘युट्युब ट्रेन्डिङ’को ३० नम्बरमा छ । यो अवस्थामासम्म गीतको भिडियोले ४ लाख ६२ हजार बढी भ्यूज पाइसकेको छ ।

हेर्नुस् लोक सेवा आयोगले आइतबार सार्वजनिक गरेका सूचना (सबै विवरणसहित)

काठमाडौं: लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगले आइतवार आयोगको काठमाडौं कार्यालयले स्थानीय तह अन्तर्गत पाँचौ तहको विभिन्न समूह र पदको एकमुष्ठ योग्यताक्रम सूचि सार्वजनिक गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुस्ः यस्तै, आयोगको सोही कार्यालयबाट पाँचौ तह, प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायक पदको सिफारिस सम्वन्धी सूचना निकालेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस्ः सूचना हेर्न यहाँ क्लिक गर्नुस्ः सूचना हेर्न यहाँ क्लिक गर्नुस्ः    

ओलीलाई मृगौला दिने नातेदारको परीक्षण हुँदै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । दुवै महिलाबारे विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन । उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ । प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार मुलुकमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ । ‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ । विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगो हुन्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्‍याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ ।’ तर पनि दोस्रोपटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिला ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ । ‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए निःसंकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने, ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएका खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियो–गरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो, ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ । त्यो नै सुरक्षित तरिका हो ।’ प्रधानमन्त्री ओलीको प्रत्यारोपण कहाँ गराउने भन्ने यकिन भइसकेको छैन । विगतमा जटिल समस्या हुँदा सबै उपचार विदेशमै गरेका कारण दोस्रो प्रत्यारोपण पनि विदेशमै गर्ने सम्भावना थियो । त्यसका लागि सिंगापुर, अमेरिका थाइल्यान्डलगायतका विकल्पहरू प्रधानमन्त्री निकटहरूले अघि सारेका थिए । नेपालमै पनि प्रत्यारोपण सफलताको दर उच्च छ । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

१३ हजार घुस रकमसहित वडासचिव प्रहरीको फन्दामा

बारा– वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् । उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिए । वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए ।

नाटकीय शैलीमा प्रहरीकै अपहरण, गाँजा तस्कर समात्‍न गोली प्रहार

मकवानपुरः हेटौँडाको चुरियामाई नयाँ बस्तीमा प्रहरीले गाँजा तस्करलाई गोली हानेर पक्राउ गरिएको छ । जाँच गर्न गाँजा बोकेको ट्रकमाथि चढेका प्रहरी समेतलाई लिएर भागेपछि मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारपछि एकजना गाँजा तस्कर र ट्रकमा रहेको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताए । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–२९ का अफ्रिका चौधरी रहेका छन् । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक्र भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली लागेको थियो । घटनामा दुई जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ट्रकको क्याबिनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

आकाशियो तरकारीः सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

काठमाडौं । २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ । केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’ तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ । ‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् । किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन् । किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् । संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् । संकलन केन्द्रका व्यापारी बजार क्षेत्रमा सटर भाडामा लिएर बसेका हुन्छन् । त्यहाँ एउटा ढक राखेर बस्छन् । उनीहरूकहाँ तरकारी लिन ट्रक, मिनीट्रक लिएर ढुवानीकर्ता पुग्छन् । ढुवानीकर्ताले कालिमाटीको पहिलो दर्जाका थोक व्यापारीलाई तरकारी दिन्छन् । पहिलो दर्जाका थोक व्यापारीकै हातमा तरकारीको भाउ निर्धारण गर्ने हैसियत हुन्छ । उनीहरूले तोकेकै भाउ बजारमा चल्छ । यस्ता थोक विक्रेताले ठूलो मात्रामा तरकारी भण्डारण गरी राख्छन् । यिनीहरूबाट साना थोक व्यापारीले तरकारी लिन्छन् । साना थोक व्यापारीले सामान्यतया पाँच–पाँच किलोका दरले उपत्यकाका साना बजारमा व्यवसाय गर्ने तथा पसल थापेर बिक्री गर्ने व्यवसायीलाई तरकारी बिक्री गर्छन् । साना थोक व्यापारीले आलू, प्याज भने प्रतिबोराका हिसाबले बेच्छन् । यस्ता व्यापारीबाट तरकारी खरिद गर्ने पसले तथा बजार–चोक क्षेत्रमा ठेला गाडा राखेर तरकारी बिक्री गर्ने साना व्यवसायीबाट उपभोक्ताले तरकारी खरिद गर्छन् । कालिमाटी बजारले निर्धारण गरेको खुद्रा मूल्यभन्दा पसल तथा चोकमा रहेका ठेलागाढाबाट तरकारी किन्दा प्रतिकिलो पाँचदेखि दश रुपैयाँ महँगो पर्ने गरेको छ । सोह्रश्राद्ध लागेसँगै खपत बढ्दा मूल्य आकासियो खोमप्रसाद घिमिरे, अध्यक्ष, फलफूल तथा तरकारी व्यवसायी महासंघ अहिले तरकारी उत्पादनको अफसिजन हो । अहिले नै सोह्रश्राद्ध छ । सोह्रश्राद्धमा माछामासुको प्रयोग कम हुँदा तरकारीको माग बढ्छ र मूल्यमा असर पार्छ । हाल काठमाडौंमा उपलब्ध तरकारीमध्ये तराईबाट करिब पाँच प्रतिशत मात्र आयात भएको छ । बाँकी सबै भारत, काठमाडौं उपत्यका र काठमाडौंआसपासका जिल्ला धादिङ, मकवानपुरको पालुङ र काभ्रेबाट आइरहेको छ । प्याज भने शतप्रतिशत भारतबाटै आएको छ । गोलभेडा धेरै देशभित्रैको उत्पादनले धानेको छ, भारतबाट थोरै आउँछ । यस वर्ष अब अदुवा, लसुन, प्याज र कागतीको मूल्य घट्ने देखिँदैन । खसीको मासु २०० बढ्यो, दसैँमा थप बढाउने व्यापारीको योजना करिब तीन महिना अघिसम्म खसीको मासु प्रतिकिलो अधिकतम् ११ सय रुपैयाँ थियो । अहिले १३ सय पुर्‍याइएको छ । सरकारले भारतबाट खसी, बोका आयातमा प्रतिबन्ध लगाएकाले मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाउनुपरेको चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए । उनका अनुसार सरकारले यसमा ध्यान दिएन भने दसैँसम्म अझै बढ्छ । ‘दसैँमा खसी, बोकाको माग उच्च हुन्छ र स्वदेशी उत्पादनले धान्न सकिँदैन भन्ने जान्दाजान्दै सरकारले आयात रोकेको छ,’ पाठकले भने, ‘त्यसैले मासुको मूल्य आकासिएको हो ।’ त्यस्तै, जिउँदो माछाको मूल्य पनि बढेको छ । चामल बोरामा ५० रुपैयाँ बढ्यो चामलको मूल्य पनि पछिल्लो एक सातामा प्रतिबोरा ५० रुपैयाँले बढेको छ । खुद्रा व्याापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य समान वृद्धि भएको छ । चामल आयात बिन्दुमै मूल्य बढेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए । बदाम र पेस्ता किलोमा सय बढ्यो, सुकमेलमा बढ्यो प्रतिकिलो २३ सय बदाम र पेस्ताको मूल्य प्रतिकिलो एक–एक सय रुपैयाँ वृद्धि भएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार असन क्षेत्रका सबै पसलमा बढेको मूल्यमा कारोबार भइरहेको छ । ‘बदाम १२ सयबाट १३ सय प्रतिकिलो पुगेको छ,’ उनले भने, ‘पेस्ता १७ सयबाट १८ सय रुपैयाँ पुगेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै सुकमेलको भाउ बढेको छ । २७ सय रुपैयाँ प्रतिकिलो रहेको सुकमेल दुई सातायता ५ हजार प्रतिकिलोमा बिक्री भइरहेको छ । अनुगमन टोलीका संयोजक कपिल रेग्मी भन्छन्,अनुगमनमा जाँदा व्यापारीले ‘यिनीहरूलाई चुट्नुपर्छ’ भन्दै झम्टिए बिहीबार दिउँसो १ः३० बजेतिर न्यूरोडको रञ्जना कम्प्लेक्समा अनुगमन गर्न पुगेका थियौं । भुइतलामा रहेको अन्तकुमारी श्रेष्ठको कपडा पसलबाट अनुगमन थाल्यौँ । त्यहाँ खरिद बिल देखिएन तर बिक्री बिल देखियो । हामीले जरिवाना तयारी गर्‍यौँ । त्यतिन्जेल पसल सञ्चालक भने बाहिरका मान्छे जम्मा गर्न थालिसकेका रहेछन् । माथिल्लो तलाका सबै पसलहरू बन्द गरेर व्यवसायी तल आए । एकैछिनमा करिब डेढ सय मान्छे जम्मा भए । ‘कम्तीमा ५० हजार जरिवाना गछौं’ भनेर हामी अघि बढ्न थालेपछि उनीहरूले फोहोरी गाली गरे । केहीले त ‘यी सरकारी कर्मचारीलाई चुट्नुपर्छ, छाड्नुहुन्न’ भन्न थाले । केही त ‘बोरामा हालेर झ्यालबाट फाल्नुपर्छ’ भन्दै हात हाल्न अघि सरिसकेका थिए । त्यहीं बेला प्रहरी र मलको सञ्चालक समितिका पदाधिकारी आएपछि जोगियौँ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

डेंगु परीक्षण कीटमा ठगी धन्दाः १८ सय रुपैयाँ परीक्षणका नाममा असुली

काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ । हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

अमेरिकाका ‘मोस्ट वान्टेड’ नाथन माकोब्स्की नेपालमा पक्राउ

काठमाडौं । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो । चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको छ । उनी अमेरिकामा ‘मोस्ट वान्टेड’को सूचीमा थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको थियो । उनलाई प्रक्रिया पूरा गरी अमेरिका निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । गत २८ अगस्टमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । अलास्का राज्यका बासिन्दा उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ । एक वर्षसम्म बालिकामाथि यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरिएको भएपछि उनी त्यहाँबाट भागेका थिए । यस्तो अपराधमा अमेरिकामा ९९ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । यसरी पक्राउ परेका अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । जसकारण निष्कासनको प्रक्रियामार्फत नेपालले उनलाई अमेरिका पठाउनेछ । अमेरिका पुगेलगत्तै उनी विमानस्थलमै पक्राउ पर्नेछन् । गत जुलाईमा उनी अमेरिकाबाट भागेर बेइजिङ पुगेका थिए । त्यहाँबाट नेपाल आएको खुलेपछि पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराइएको थियो । इन्टरपोलसँगको सहकार्यमा उनी पक्राउ परेका हुन् । पाँच वर्षअघि पनि पक्राउ परेका थिए अमेरिकी अपराधी अमेरिकामा फरार व्यक्ति लुक्नलाई नेपाल आएको यो पहिलो घटना भने होइन । पाँच वर्षअघि पनि नेपालमा लुक्दै आएका निल स्टेमर नामक अमेरिकी नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरी अमेरिका पठाएको थियो । उनी नक्कली पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा लुक्न उनले नेपाली युवतीसँग बिहे गरेका थिए । नेपालमा विदेशीमाथि नियमन प्रणाली कमजोर भएकाले पर्यटकको आवरणमा विदेशमा अपराध गरेर लुक्न आउने गरेका छन् । लामो समय बस्ने विदेशीहरू के गरेर बसेका छन् भन्ने निगरानी नहुने मात्र होइन, क–कसको भिसाको म्याद सकियो भनेर खोज्ने प्रणालीसमेत विकास हुन सकेको छैन । जसकारण ठूलो संख्यामा विदेशीहरू नेपालमा अवैध रूपमा बस्दै आएको आकलन गरिएको छ । त्यस्ता विदेशीलाई निगरानीका लागि सरकारले गत वर्ष मात्र ‘विदेशी नागरिक अनुमगन निर्देशिका’ बनाएको थियो । जुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । निर्देशका कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताउँछन्, विभागका महानिर्देशक पौडेल । ‘अध्यागमन व्यापक सुधारको पूर्वसन्ध्यामा छ,’ उनले भने, ‘अबको दुई महिनापछि अध्यागमनमा धेरै सुधार देख्नुहुनेछ । विदेशीहरू अवैध रूपमा नेपालमा लुकेर बस्ने समस्या पनि अब हट्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत फेला

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएका हुन् । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

क्रिकेट कमेन्टेटेर बन्दै अभिनेत्री सोनम कपूर

एजेन्सीः चलचित्र ‘जोया फैक्टर’ मा अभिनेत्री सोनम कपूर क्रिकेट कमेन्टेटेरको भूमिकामा देखिने भएकी छिन् । यो चलचित्र लेखक अनुजा चौहानको उपन्यासमा आधारित छ । उपन्यासको कथामा मूल चरित्र विज्ञापन प्रबन्ध निर्देशकको विषयमा रहे पनि फिल्ममा भने क्रिकेट कमेन्टेटेरको भूमिकामा रूपान्तरण गरिएको छ। फिल्ममा सोनमको नाम जोया रहेको छ। जोयाको पिताको भूमिकामा अनिल कपुरलाई लिने भनिए पनि सञ्जय कपुर फाइनल चयन भएका छन्। सञ्जय सोनमकै काका हुन्। क्रिकेट कमेन्टेटेरमा मन्दिरा बेदीले ख्याति कमाएकी छिन्। निर्माताहरूले फिल्ममा जोयाको चरित्रमा मन्दिराको प्रतिछाया देखाउने सोचमा छन्। यसमा दक्षिण भारतका दलकिर सलमान अभिनेता रहेका छन्।

उपत्यकामा डेङ्गु फैलनसक्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौं उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए । डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौं उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले भने, “काठमाडौं वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौंमा डेङ्गु सङ्क्रमित देखिएको थियो । महाशाखाका प्रमुख लालले गोरखापत्रसँंग कुरा गर्दै भने, “काठमाडौंको हावापानी, वातावरण, पानी, खाल्डाखुल्डी, पानी जम्ने ठाउँजस्ता विषयले काठमाडौं डेङ्गुको उच्च जोखिम रहेको पाइएको छ । ’’ उन्ले डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र अन्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी, खाल्डाखुल्डी जस्ता ठाउँमा अन्डा भित्तामा टाँसिएर रहने भएकाले सतर्क हुनुपर्नेमा जोड दिए । प्रदेश नं। १ को सुनसरीमा मात्र यस वर्ष तीन हजार ४२५ जनामा डेङ्गु देखा परेको छ । पाँच वर्ष अघिसम्म १२ जिल्लामा देखिएको डेङ्गु पाँच वर्षको बीचमा ५६ जिल्लामा फैलिइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कथाः गैरी खेत

नविन काफ्ले अभि ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो ठुल दिदी माथिल्ला गडाबाट कराइन्। जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो। रोपाइँका गडाबाट म दौडिंदै विउ गडामा गएर बिउका आँठाहरू रोपाइँ गडातिर हुर्राए। हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलिने पाथीको २० पाथी बिउ लाग्ने खोला खेत थियो। खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधैं सधैं जेठ महिनामै रोपिन्थ्यो। परम्परागत रोपाइँको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्लातिर। सबै रोपेपछि मात्रै अन्तिममा रोप्न पर्ने दाइँ हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ। अन्तिममा पालो त्यही गडाको थियो। तल्ला गडामा आलीलाई थपथपाइरहको कमलदाइलाई साइँली भाउजूले आएर हिलोमा चुम्लुङै डुबाइदिन, कमल दाइ पनि उठेर साइँली भाउजूलाई हिलोले पोत्न थाले। त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजूको हिलो हाना हान चल्न थाल्यो। वेठीका बाजाहरू पनि मज्जैले घन्किन थाले। म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरिरहेको थिए। पछाडिबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो। तब पछाडि फर्किएँ त हातभरि हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखें। लौ म त कराउदै भाग्न थालें, “ए मुसी काँ मलाई हान्दै छेस्, हेर् नचल है तँ, मैले भन्देको छु नि फेरि, राम्रो हुन्न नि १” किन रोकीन्थी र मुसी, हानी हाली मेरा कपडाभरि हिलो भयो। म पनि के कम र मुसीका हात समाएर रोपाइँ गडातिर ताने हलीले भरखरै बनाएको रोपाइँ गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिन्निने भई। सबै कराए, ए हेर त यो हरि र मुसीको हिलो कति रमाइलो १ भन्दै सबै हामीतिरमात्रै हेर्न थाले। मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागी परी। कसरी कसरी फेरि मुसी नै हिलोमा पछारिई, तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली। कस्तो अचम्म म उत्तानो परेको थिएँ, मेरो माथि मुसी थिई। सबैजना हाँस्दै हाँस्दै ताली बजाउन थाले। मुसी मलाई खाइस बल्ल खाइस हैन हर्यौ भन्दै मेरो अनुहार पढिरहेकी थिई। मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थालें, “ल खा त यै गडामा गाड्दिन्छु, यै बसेर धान खा मुसी।” गाउँका पाखाहरुबाट बिस्तारै निशृप्त भई झरेका खहरे खोलाहरुले रोपाइँका दृश्यहरू मजैले नियाली हरेका हुन्थे। रोपाइँका गडाहरुबाट एकै लयमा घन्कीले रोपाइँका गीतहरुले मनमा बेग्लै आनन्दको अनुभूति दिलाइरहेको हुन्थ्यो। मायामा जोडिएका ढुकुरका जोडीहरू पारि भीरमा टुक्कुर टुर टुर गर्दै कराइरहेका हुन्थे। गोठाला गएका गोठालाहरुले वनै थर्किने गरी शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरू शान्त पारेका हुन्थे। रोपाइँ सकेपछि सबै जना उकालोमा जिस्किंदै गाउँदै रमाउँदै गाउँ पुगिन्थ्यो। जीवनका ५० वर्ष यसै गरी बिताएका मेरा बाजस्ता धेरै बाहरू यो उकालो हामीभन्दा रमाएरै सक्काउँथे। मेरा जेठा(बाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने, ूहेर हरि, तेरा बाले तेरी आमालाई त्यही पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो । बाबै, कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई। म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराएँ। लगभग लगभग खोला खेतका सबै रोपाइँहरू सकिइसकेका थिए। कुलोको पालो अनुसारको रोपाइँ र खेतमा पानी लगाउने चलन मेरा बाले गाउँका सबै मानिसलाई बोलाएर नियम बनाइदिएका थिए। त्यसै अनुसार सबैले खेतमा पानी लगाउँथे। हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो। पहिले पहिले त सधैं बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थालें। कल्पनाका घरमा भने उसका दाइ नै आउथे। समयले कस्तो सन्जोक मिलाइदिंदो रहेछ जीवनका पलेटीहरुमा। मेरा बाले जब खेत धाउने समय पाएनन् त्यही समयमा कल्पनाको दाइ पनि इन्डिएन लाहुरे भर्ना भयो। अब उसका घरबाट पनि ऊ मात्रै भई खेत धाउनेमा। उसका घरमा ऊ र उसको दाइ मात्रै थिए सन्तानमा। उसका बा ठकुरी भएर होला, ऊ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो। अहिले पनि उसका बा पल्टनमै छन्। र अब दाइ पनि भयो। कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम। हामी सुरु सरुमा त एक्लाएक्लै गयौं। एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्किएँ, उसले पनि स्वीकार गरी। त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ। प्रकृतिको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिनासम्म गर्यौं। यस समयमा कल्पनाको मप्रतिको चाह सोह्रै आना बढेको थियो। एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी, हुरि, तँ कति राम्रो छस् है। मलाई नि त मन पर्न थालिसक्यो। कल्पनाको यो कुरा मैले खासै चासो दिएर सुनिन। ऊ फेरि उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली, हरि, सुन न के मैले साँच्चै भनेको हो । तैँले यत्तिकै नसोच् न है । ऊ अलि सिरियस भएर भन्दै थिई। उसको यो सिरियसपनले गर्दा म पनि साँच्चिकै सिरियस भएछु। उकालीको चुच्चे पिपलमा पुगेर मैले भनें, हेर मुसी, मलाई पनि तँ मन नपरेको हैन मन पर्छ। तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन्। हामी मात्रै एक भएर के हुन्छ र भन् त । मेरो यो जवाफमा ऊ केही बोलिन, मात्रै मायाले जितौंला नि! शिवाय। खाना खाएर ओछ्यानमा पल्टिएँ। दिनमा मुसीले भनेका एक एक कुराहरू पालै पालो दोहोरिए र मानस पटलमा आइरहे। मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ। अनि फेरि माया भन्ने शब्द नि मलाई साह्रै अमूल्य लाग्छ, त्यही भएर त होला नि अमूल्य चिजको प्राप्तिमा मानिस जति खुसी हुन्छ त्यही अमूल्य चिज गुमाउनु पर्दा त्यसभन्दा बढी दुखी भएको हुन्छ। मुसी साँच्चिकै राम्री भएर आई। कागजका सेता टुक्राहरुमा वर्णन गरी नसक्नु कलिलो सुन्दरता थियो उसमा। हावामा लहराएका उसका काला केशहरू जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनीय छ। गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौका बीचमा घरी दाँया घरी बाँया गर्ने ती नयनहरू जसको म पुरै फ्यान थिए। हाईटमा पनि अब्बल, बोलाइ त्यस्तै माधुर्यता, दाँत बिग्रिएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो। सुन्दरता, शहनशीलता, धैर्यता, साहस, बोली, हिडाइ सबै कुरामा मुसी युक्त र पोख्त लागी। रातभरि उसकै बारेमा सोचें। रातीको १ बजेसम्मको एउटै निष्कर्ष निकालें। उसलाई हुन्छ जीवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाइरहने। एक अर्काको सामिप्यताले जीवन चलाउने। भोलिपल्टनै उसलाई भन्ने निधो गरे। बिहानै बाले उठाएर मलाई लखनपुर फुपूको घरमा जाने उर्दी जारी गर्नुभयो। मैले बाको कुरा काट्नै सकिन। मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे, हो रहेछ। म पनि दोधारमै परे बाको भनेको मान्ने कि, मुसीलाई भेटेर जीवनको निर्णय गर्ने। सोचें बाको कुरा आजसम्म नकारेको छैन, कसरी नकारुँ बरु मुसीलाई भोलि गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपूको घरतिर लागे। बिचरी मुसी जीवनमा पहिलोपल्ट आएको मायाको उर्जावान तरङ्लाई त्यही रफ्तारमा हाक्ने सोचेर बसेकी हुँदी हो। सबै कुरा आफूले सोच जस्तै कसैको नहुने रहेछ। उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गएपछि उसको मामाको छोरा, दाइ, उसलाई शहर लिन भनी आएको थाहा पाइछ। उसले मलाई बोलाउन भनी आएकी पनि रहिछ, मेरा बाले घर छैन भन्देछन्। गाउँभरि साँझसम्म खोजिछे पनि। मेरा निष्ठुरी बाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जीवनकै विछोड गराइदिए। साँझ म घर आइपुगें। आमाले पानी दिदै भन्नुभयो, लाहुरेकी छोरी कल्पना आएकी थिई। भन्दै थिई, ुबजै हरि आएपछि भन्दिनु होला कल्पनाले जीवनभरि नै जवाफको प्रतिक्षा गरेकी छ भनेर। आँखाभरि आँशु टिलबिल बनाएकी थिई, बिचरी तँलाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाउँ छोडी । आमाको यो कुराले मेरो घाँटीको आधासम्म पुगेको पानी थपक्क रोकियो । खोकेँ, पानी बाहिर आयो। हातहरू एकाएक लुला भए। शरिरमा भएको उर्जा सबै आँशुलाई बाहिर निकाल्न लागी परे। कल्पनासँग रमाएका हिजोसम्मका ती मिठा पलहरू आँखाभरि झझल्को बनेर झल्किन थाले। आँखाबाट आँशुका लहरहरू पालै पालो निस्कन थाले। आमाले आँशु पुछ्दै भन्नुभयो, नरो, किन रुन्छस् पोइलै गएको जस्तै गरीरु दशैंमा त आइहाल्छे। तँ किन पीर गर्छस् ररु बरु बालाई भनेर कुरा चलाउँला। जात नमिले पनि केही हुन्न, तँ खुसी भए भैगो बाबु हामीलाई। तेरा ७ दिदीहरू आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन। आमाको कुराले ममा केही उर्जा ल्यायो । साँझ खाना खान मन लागेन। बालाई देखेर झनै रिस उठ्यो, खानै नखाई ओछ्यानमा गएँ। आमाले दिउसोको सबै कुराहरू बालाई भन्नुभएछ। तर बाले जातकै केटीसँग कुरा चलाएको सुनाए। आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो। बाको कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो। दिनभरिको थकाले होला सबै पीरलाई निद्राले जितेछ क्यार, आमाकै काखमा निदाएछु। भोलिपल्ट मुसीको खुब याद आयो। एक्लै गैरी खेत झरे, साह्रै न्यास्रो लाग्यो। जीवनबाट कोही हराए जस्तो अनुभूति भइरह्यो। गैरीखेतमा एक छिन पनि टिक्न सकिन। उकालो झनै गाह्रो भयो। दुई दिन अगाडि त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झिरहेकी होली। चुच्चे पिपल चौतारामा पुगेपछि सोचें, मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ। मुसीले बाध्यताले गाउँघर, गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाउँ छाड्छु। निधो गरे। साँझ बालाई सबै भनें, बाले पनि मान्नुभयो। म पनि शहर जाने पक्का पक्की भयो । आमाले झोला प्याक गरिदिनुभएपछि टीका ल्याएर अँगेनोमा आउनु भयो। बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो। टीकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकिएर बस्न सकेनन्, बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो। मलाई भने गैरी खेतको खुप माया लाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगें जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुगुन्जेल लिन मिल्थ्यो। मनभरि गैरी खेतलाई राखें, गैरी खेतसँगै मुसीलाई राखें, ऊसँगका हरेर पल, हरेक क्षण राखें, बाल्यकाल राखें, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखें, जीवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखें। जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडें। मनका कुनाहरुमा सबै यादहरू च्यापेर बाको पछाडि लागे। भनिन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमूल्य चिज गुमाएपछि त्यसको प्राप्तिमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ, चाहे त्यो मृत्यु नै किन नहोस्। मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फिर्ता गरेर जीवनका बाँकी वसन्तहरुलाई मुसीका साथ बितान सकु भन्ने सोच भएरै शहर पसेको थिएँ। शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे, गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाएँ पनि तर ती सबै मेरी मुसी थिएन्। हरेक पार्क, गल्ली, बगैचाहरू तथा कलेज सबै धाएँ तर मैले मेरी मुसीलाई पाइन। म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारिएको थिए, बाघ जस्तै शिकार नपाएर भन्भनिएको थिएँ, मरुभूमि जस्तै पानीको प्यासी भएको थिएँ मेरी मुसीको लागि। कहीं कतै नभेटाए छि सबै आश मारेर स्नातक प्रथम वर्षमा भर्ना भएको थिएँ मन नलाई नलाई। एक दिन आमाको खुब आद आयो, नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला(बाको घरमा आवा थियो। आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरू बिस्तारै बिस्तारै ढल्किदै ढल्किदै खस्न थाले। आमाले झन् मुसीलाई भेटाइस् तरुू भनेपछि मन थाम्नै सकिन डाको छोडेरै रोइदिएँ, लाजै लागेन आमासँग रुनलाई, आमा सम्झाउदै हुनुहुन्थ्यो, नरो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा केही समयपछि आमा म २, ३ दिन पछि कुरा गर्छु नि हैू भनेर फोन राखिदिएँ। आमाको आस्वासनले म शहर आएर पनि मुसीको जवाफ फिर्ता गर्न पाइन। त्यसपछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातिको कुरालाई सहजै स्वीकार्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो। त्यही अन्तरजातीयताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतिमा छु। निधो गरें, आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर। पढेर सरकारी जागीर खाने । समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ वर्ष पछि युवा अवस्थाको पारिवारिक मुडमा ल्याएर जिम्मेवार बनाएको छ। समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरें। अहिले मसँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जीवन साथी छ, तर मसँग एउटै कुरा छैन मेरी मुसी। जीवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर बिताएको थिइन। म शहरमा भए पनि मेरा यादहरू माया ममता गर्ने ती भीर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए। दशै तिहार उतै मनाउने भनेर पारिवारिक सल्लाह भयो। द्धन्द्धकालले शिथिल बनाएको मेरो गाउँले शान्ति स्थापनापछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो। गाउँका सबै घरका साथीभाइहरू गाउँ भित्रिसकेका थिए। म पनि मेरो परिवार लिएर गाउँ पुगिसकेको थिए। १५ वर्ष पछि आफ्नो जन्मभूमि देखेपछि मलाई स्वगै गए सरह भयो। मन उडेर पारि(पारि पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउँलाई नियाल्ने मालुका लहरामासँगै पिङ खेल्न थाल्यो। कति जङ्गल भएछ मेरो स्वर्ग। त्यति रमाइलो ठाउँ कति उजाड र उदासिन देखिएको। अजम्बरी झाडले जताततै भरिएको। साइँला काका पनि फुलेर सेतै भएका, बिचरा काका आजभोलि त राम्रोसँग हिडडुल पनि गर्न नसक्ने भए छन्। काकीको निधनपछि विरामी पर्न लागेका हुन् रे। प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन्। सधैं सधैं हाम्रो खेत पाखामा काम गर्ने हर्के दाइको पनि ऊ जमानाको जस्तो मुडे बल बिलाएर गएछ। मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियालें। बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको। मेरा बाले रोप्न छाडेकै १० वर्ष भएको थियो। उजाड मरुभूमि जस्तै लाग्यो। गैरी खेतलाई हेरेर मन भक्कानियो। एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिएँ। झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा। दशैको दिन नजिकिदै थियो, गाउँमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो। गाउँले पुरानै मुहार पाउदै थियो। जीवनका सबै पीडाहरुलाई बिर्सेर गाउँ फर्केका युवाहरुले रमाइलो गर्ने क्रम जारी थियो । सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए। आँखा अगाडि शहरिया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी। सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाएँ। हातबाट सानो गाग्रो फुत्कियो। उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारेँ। हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई मसँग भेटायौ। शहरका त्यति धेरै गल्लीहरू चहार्दा पनि नभेटिएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटिंदै थिई। उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन। उसैले बोली पहिला, “के छ त हाकीम सापको खबर ?” मैले “ठिकै छ” मात्रैले टारेँ । फेरि बोली, कि उही पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप ? ऊ मुसुक्क मुस्कुराई। उसको यो जवाफले मलाई उही बालापनमै पुर्यायो। मैले पनि जवाफ फर्काएँ, “हो त क्यारे मुसी ।” ऊ त्यसै गरी ठुस्की मैले त्यसै गरी फकाएँ। मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलिपल्ट दिउसो बोलाएँ । मानौं कि नमानौं पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरि भेट हुन्छ।“ म त्यो दिन त्यस्तै सोचिरहेको थिएँ। मुसीलाई देखेर पहिलेकाभन्दा कति राम्री भएकी मुसी। खाइलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी, आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा मभन्दा अगाडि नै पुगेकी थिई ऊ। चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरी खेतलाई नियाल्दै बस्यौं हामी। कुरा उसले नै सुरु गरी, ूहरि, हामीसँगै गैरी खेत पनि बुढो भएछ है। उसले भावुक हुँदै भनी, साँच्चिकै हरि, म यु।के।मा तिमी र यही गैरी खेतको मायाले बाँचेको थिएँ। हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरेपछि मात्रै मलाई निद्रा पर्थ्यो। जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुर्यायो । तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झिरहेको छ । थाहा छ हरि, त्यो साँझ दाइले शहर जाने कुरा गरेपछि म तिम्रो गएको थिएँ। तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छैन भनिदिनु भएको रहेछ। मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि। तर तिमी दशैमा पनि घर आएनौ। म पनि तिमी शहर गएको कुरा थाहा पाएपछि दशैंलगत्तै शहर गएँ। धेरैतिर तिमीलाई पाउने आशले भौतारिएँ तर पाइन। त्यसपछि बाबाले मलाई यु।के।मै बोलाउनु भयो। म उतै गएर पढें तर तिमी के गरिरहेका छौ सबै थाहा पाइराखेको हुन्थ्थे। तिमीलाई पाउने आशाले नै जीवन चलाएको थिएँ त्यहाँ। जब तिमीले बिहे गरेको कुरा सुनेँ, सबै आशाहरू एकै पटक ढले, कहिल्यै पनि नउठ्ने गरी। त्यसपछि त्यहाँ बस्नै सकिन, सधैं सधैं एक्लो महशुस भइरहन थाल्यो। त्यसपछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजूसँगै बस्दै आएको छु। हरि जीवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन। अब जीवनमा एउटै निर्णय लिएको छु, तिमीसँग बिताएका ती मीठा पलहरुलाई सँगालेर बस्ने। विवाह नगर्ने निर्णय गरेको छु। नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु, यति भन्दै ऊ आँखाका आँशुहरुलाई पन्छाउदै थिई। म ऊभन्दा पहिले नै रोइसकेको थिएँ। मलाई कसैको प्रवाह लागेन, मुसीलाई च्याप्प समातेर अगालो हालेँ, अगालोमा हामी धित मरुन्जेल रोयौं। एकछिनपछि उसका आँखाका आँशु पुछ्दै भनें, पीर नगर, अब हामी शारिरिक रुपले एक हुन नसके पनि मानसिक र हृदयले एक भएका छौ। घरको दबावमा आएर मैले बिहे गरें, अब उसलाई पनि छाड्न सक्दिन म। ऊ पनि एक तिमी जस्तै नारी हो, तिमी बुझ्छ्यौ नि मुसी यो कुरा। उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी। मैले थपें, थाहा छ मुसी त्यसको भोलिपल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जीवनलाईसँगै अगाडि बढाउन सल्लाह गर्ने निर्णय गरेको थिएँ। तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउँदाहरुले । मुसी खुब रोई मलाई पनि रुवाई। उसले गैरी खेत जाऊँ भनेर हात तानेर उठाई। दुवै गैरी खेत गयौ, उही बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झियौं। त्यहाँ हामीले पाएनौ ती गोठालाहरु, पाएनौ कालिज र चाखुराहरू कराएको, पाएनौ मुरलीका ती सुरीला मन छुने भाकाहरू, पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको। गैरी खेत हाम्रो पहिलो मायाको उर्वरभूमि थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौं । मझेरी डट कमबाट साभार तस्विर- स्कन्द गौतम