वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । २०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से २३ अंकले बजार बढेर २७१४ अंकमा कायम भएको छ, जुन अंक हालसम्मकै उच्च हो ।

आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ । मंगलबार कारोवार रकममा सुधार हुँदै ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ ।

ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी नबिल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

वर्षको अन्तिम दिन सेयर बजारले नयाँ रेकर्ड कायम राख्दा लगानीकर्ताहरू उत्साहित भएका छन् । नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमान उनीहरूको छ ।

गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !

काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल रहेकी छन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् । उनलाई रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोराको हत्या आरोपमा सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको थियो । राति नै काठमाडौं ल्याएर प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सम्बन्धित समाचारः गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ? सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको बोहोराको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । यस्तो छ नालीबेली – मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको । – तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको । – मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको । – मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको । – मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको । – निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको । – मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको । – मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको । – मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको । – मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको । – मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको । – अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको । उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको । तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको । – धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको । – मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको । – अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको । – निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको । हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको । थप अनुसन्धान कार्य भईरहेको । घटनास्थलबाट बरामद भएका सामानहरु – घटनामा प्रयोग भएको धारिलो हतियार – हिर्काउन प्रयोग भएको ह्याम्मर – रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा – घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल – सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा – मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु – स्लिपीङ ट्यावलेटको खोल – मोबाईल सेटहरु

को हुन् ८० हजार प्रहरीको कमाण्ड सम्हाल्ने नयाँ आईजी थापा?

काठमाडौं : सरकारले नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्री नियुक्त भएका छन् । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् । को हुन् थापा ? वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ। इन्स्पेक्टर हुँदा उनले सिन्धुपाल्चोक, सल्यान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। उनी डीएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएपछि धादिङ र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। एसपी हुँदा उनी कास्की, झापा पुगेका थिए। एसएसपी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत थिए। २०७६ फागुन १५ गते क्रमशः दोस्रो नम्बरमा एआइजी बढुवा भएका उनी प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीको रुपमा थापा मानिन्छन्। प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्। नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ट, शालीन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन्। एआइजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता नभएको जस्ता आरोप भने उनले सामना गर्नुपरेको छ। हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ। प्रहरीको पछिल्लो बढुवामा रोल क्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्कनेसँगै आइजिपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन

सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको हो । उनी एक महिनाअघि उपचारका लागि काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई गाउँ फर्काइएको थियो । शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

मन्त्रिपरिषद्का ३० निर्णयहरूः यी हुन् आर्थिक राहत र सहुलियत (सूचीसहित)

काठमाडौंः विश्वभरि कोरोना भाइरस सङ्क्रमणको त्रासदीपूर्ण अवस्थाका कारण कडा बन्देजका माझ अर्थतन्त्र ठप्पजस्तै बनेको छ । हरेक देशका सरकारले एकपछि अर्को आर्थिक प्याकेजका घोषणा गरिरहेका छन् । अमेरिकाले त सबभन्दा धेरै २० खर्ब डलर बराबरको प्याकेज ल्याएको छ । भारत, तथा युरोपेली मुलुकहरूले पनि प्याकेज घोषणा गरिसकेका छन् । यसबीच आइतबार साँझ बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न शीर्षकमा थरीथरीका राहत र सहुलियतको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेका ३० निर्णय यसप्रकार छन्ः – स्थानीय तहले राहत दिनुपर्ने व्यक्तिहरुको सूचि तयार गर्ने र उनीहरुलाई राहात दिने – सुत्केरी, बालबच्चा, दीर्घरोगीको सुरक्षामा विशेष ध्यान दिने – पूर्ण रुपमा बन्द भएका उद्योगहरुले पनि कर्मचारीलाई चैत महिनाको तलव दिनुपर्ने – चैत महिनामा श्रमिक र रोजगारदाताले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने पैसा सरकारले हाल्ने – खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले बेच्ने खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट – इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा शुल्कमा २५ प्रतिशत छुट गर्नुपर्ने – मासिक १२५ युनिटसम्म विद्युत खपत गर्नेलाई २५ प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन – विद्युत, खानेपानी, फोनको पैसा बैशाखसम्म तिर्दा विलम्ब शुल्क र जरिवाना नलिने – उत्पादन मुलक उद्योगलाई ३० देखि ५० प्रतिशत विद्युत महशुलमा छुट दिन प्राधिकरणलाई निर्देशन – सामुहिक क्वारेन्टाइनमा बस्नेहरुलाई लाग्ने खाना खर्च बेहोर्ने – कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचारमा संलग्न, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी, एम्बुलेसन्स चालक, सुरक्षामा प्रत्यक्ष रुपमा संलग्न सुरक्षाकर्मीलाई २०७७ असार मसान्ससम्मको लागि निःशुल्क २५ लाख रुपैयाँसम्मको बीमा र क्षतिपूर्ति दिने व्यवस्था – निजी क्षेत्रका हस्पिटलहरुले चैत मसान्तसम्म विरामीलाई लिन शुल्कमा २० प्रतिशत छुट दिने – निजी विद्यालयले माविसम्मका विद्यार्थीहरुको लागि एक महिनासम्मको लागि आवासीय शुल्क बाहेकका अन्य सबै शुल्कमा मिनाह गर्नुपर्ने – सहरी क्षेत्रमा बसोबास गर्ने असंगठिन श्रमिकहरुलाई एक महिनाको घर बहाल कर छुट दिन घरधनीलाई अनुरोध । यसरी मिनाह गएिको रकममा वहाल कर नलिने – अत्यावश्यक स्वास्थ्य सामाग्री आयात गर्दा भन्सार कर माफि गर्ने – उद्योगी व्यवसायीलाई कर तिर्नु पर्ने समय सारिएको – चैत २५ गतेसम्म बुझाउनु पर्ने भ्याट रकम २०७७ बैशाख २५ गतेसम्म बुझाउन सक्ने गरी एक महिना समय थप – अग्रिम आय कर बुझाउने म्याद एक महिना थप गरी २०७७ बैशाख ३० गतेसम्म बुझाउदा हुने – कोरोना महामारी रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको रकमलाई निजी क्षेत्रले खर्चमा देखाउन पाउने र त्यसमा कर छुट पाउने व्यवस्था – पुर्नकर्जा कोष ६० अर्ब बनाइएको – कोरोना प्रभावित ऋणीले चैत मसान्तमा बुझाउनुपर्ने रकम असार मसान्तसम्म बुझाउन पाइने – औषधी तथा अन्य अत्यावश्यक सामाग्री आयात गर्दा टीटीमार्फत आयात गर्ने सामानको मूल्य सीमा ३० हजार डलरबाट १ लाख डलर बनाइएको – दैनिक सुन आयात २० किलोबाट १० किलोमा सीमित – ५० हजार डलरभन्दा बढी माथिको सवारी आयातमा रोक । मरिच, सुपारी, छोकडा, केराउ, मदिरा आयातमा रोक – कम्पनी रजिष्ट्ररमा बुझाउने रिपोर्ट बैशाख मसान्तसम्म बुझाउन पाउने गरी एक महिना थप । वाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभागमा बुझाउनु पर्ने रिपोर्ट पनि बैशाख ३० सम्म बुझाउन पाउने व्यवस्था – श्रम स्वीकृति लिएका, विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट परिचालिन गर्ने व्यवस्था – उखु किसानलाई दिन बाँकी रकम बैशाख मसान्त भुक्तानी गरिसक्नु पर्ने – ठेक्का पट्टा लगायत सार्वजनिक खरिदका प्रक्रिया सुरु भएका सबै कार्यको लागि थप एक महिना थप – उल्लेखित कार्य गर्न सरकराले बार्षिक बजेटबाट केही रकम रकमान्तर गर्ने भएको छ । त्यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोष लगायतका कोषहरुको रकम पनि प्रयोग गरिने छ । – विश्व बैंकबाट ३ अर्ब ४८ करोड ऋण, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ९ करोड निव्याजी ऋण लिने, एशियाली विकास बैंक ५० मिलियन डर सहयाता लिने ।

ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको भाऊ ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ८२ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ८१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार ८ सय ८० रुपैयाँमा कारोबार चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

पोलार्डले बनाए विश्व कीर्तिमान

काठमाडौंः वेष्ट इन्डिज क्रिकेट टीमका कप्तान किरण पोलार्ड नयाँ विश्व कीर्तिमान बनाएका छन् । स्टार अलराउन्डर पोलार्डले आज श्रीलंकासँगको टी–२० सिरिजको पहिलो म्याच खेलेसँगै नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनले टी–२० क्रिकेटमा ५०० म्याच खेल्ने कीर्तिमान बनाएका हुन् । पोलार्डले अन्तर्राष्ट्रिय र लिग खेल गरी ४ सय ९९ टी–२० म्याच खेलिसकेका छन् । आजको म्याचसँगै उनी टी–२० क्रिकेटमा ५०० सय खेल खेल्ने पहिलो क्रिकेटर बनेका छन् । श्रीलंकासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ । पोलार्डको टी–२० करियर पोलार्डले हालसम्म ४९९ टी–२० म्याचमा ६५० छक्का र ६४४ चौका हिर्काउँदै ९ हजार ९ सय ६६ रन बनाइसकेका छन् । जसमा उनको एक शतक र ४० अर्धशतक सामेल छ । टी–२० मा पोलार्डको उच्च स्कोर १०४ रन हो । यस्तै उनले टी–२० मा १७९ विकेट पनि लिइसकेका छन् । बलिङमा पोलार्डको उच्च प्रदर्शन १५ रन दिएर ४ विकेट लिनु हो । उनले ७१ अन्तर्राष्ट्रिय टी–२० म्याचमा एक हजार ८९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पोलार्डको उच्च स्कोर ६८ रन हो । ७१ म्याचमा उनले ३५ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा पोलार्डको उच्च बलिङ प्रदर्शन २५ रन दिएर ४ विकेट लिनु हो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि शल्यक्रिया शुरू

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण शुरू भएको छ । प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवाली, युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी छन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वकृति लिएका छन् । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नेछन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

रवि ओडको ‘एउटा कुरा हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः दोस्रो नेपाल आइडल रवि ओडको ‘एउटा कुरा हो’बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा रविलाई मिना विश्वकर्माले साथ दिएकी छन् । भिम विसीको संगीत रहेको गीतलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । गीतमा कविता नेपाली, विजु पार्कीलगायतको अभिनय देख्न सकिन्छ ।

एमएम कपः सुमितको ब्याट चल्यो आज, एमसीसीले पायो बलियो लक्ष्य

काठमाडौंः सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)ले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) इनरुवालाई २ सय ५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गरे । उनले १ सय ७ बलमा ७ चौका हिर्काउँदै ८३ रन बनाए । यस्तै शंकरन रानाले ३६, प्रदीप ऐरीले १९, सन्दीप जोरा र कप्तान बसन्त रेग्मीले १२–१२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनान सकेनन् । बलिङमा एमसीसीका सरजो बस्नेतले ४, भुपाल लुइँटेल, सोनु मन्डल र अफ्जल मनसरीले २–२ विकेट लिए । (फाइल तस्बिर)  

बीबीएलः होबार्टविरुद्ध स्टोइनिसको शानदार अर्धशतक

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सका ओपनर मार्कस स्टोइनिसले शानदार अर्धशतक बनाएका छन् । उनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । मेलबर्नले आफ्नो दोस्रो म्याचमा होबार्ट हरिकेन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मेलबर्नले १३ ओभरमा १ विकेट गुमाएर १ सय ११ रन बनाएको छ । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए । पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।

सरु र सुभाषको ‘जाउँन माया भागेर’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः पछिल्लो समय एकपछि अर्को चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बजारमा आएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् । भिडियोलाई ‘द कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रुलाई देखाइएको छ । शुक्रबार सार्वजनिक भएको ‘जाउँ माया भागेर’ ‘युट्युब ट्रेन्डिङ’मासमेत उक्लिएको छ । शनिबार साँझसम्म यो गीत ‘युट्युब ट्रेन्डिङ’को ३० नम्बरमा छ । यो अवस्थामासम्म गीतको भिडियोले ४ लाख ६२ हजार बढी भ्यूज पाइसकेको छ ।

ओलीलाई मृगौला दिने नातेदारको परीक्षण हुँदै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । दुवै महिलाबारे विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन । उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ । प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार मुलुकमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ । ‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ । विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगो हुन्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्‍याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ ।’ तर पनि दोस्रोपटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिला ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ । ‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए निःसंकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने, ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएका खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियो–गरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो, ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ । त्यो नै सुरक्षित तरिका हो ।’ प्रधानमन्त्री ओलीको प्रत्यारोपण कहाँ गराउने भन्ने यकिन भइसकेको छैन । विगतमा जटिल समस्या हुँदा सबै उपचार विदेशमै गरेका कारण दोस्रो प्रत्यारोपण पनि विदेशमै गर्ने सम्भावना थियो । त्यसका लागि सिंगापुर, अमेरिका थाइल्यान्डलगायतका विकल्पहरू प्रधानमन्त्री निकटहरूले अघि सारेका थिए । नेपालमै पनि प्रत्यारोपण सफलताको दर उच्च छ । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री ओली फेरि ग्रान्डी अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने आफुले यसवारे जानकारी पाइनसकेको भन्दै बुझेर मात्रै खवर गर्ने बताए । यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।

बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न ४ सदस्यीय अध्ययन समिति गठन

काठमाडौंः काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो । बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दिगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णयसमेत बैठकले गरेको छ । गत शनिबार बौद्धनाथ स्तुपभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्वलनमा आपसी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो ।

काठमाडौं आइपुग्यो चिनियाँ विशेष टोली, विमानस्थल २ घण्टा बन्द

काठमाडौं– चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आएको छ। बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आएको हो। विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ। आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो। टोली अवतरण गरेसँगै विमानस्थल बन्द गरिएको विमानस्थल सुरक्षा प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्। विमानस्थल प्रशासनका अनुसार त्रिभुवन विमानस्थलको सानो रनवेमा ठूलो विमान अवतरण गरेकाले अन्य विमानलाई अवतरण र उडानमा २ घण्टा रोकिएको हो ।